काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धनले नै जित: नेपाली कांग्रेसका नेता प्रकाशमान

काठमाडौँ । शुक्रवार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ को घरदैलो कार्यक्रममा उनले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा गठबन्धनको जित सुनिश्चित रहेको बताए।

उनले आफूले पार्टीलाई भन्दा पनि गठबन्धनलाई अघि राखेर र आधार मानेर हामी अघि बढिरहेको पनि उल्लेख गरे । उनले संविधान जारी गरेपछि संविधानलाई कार्यान्वयन गर्ने अवसर दिन गठबन्धनलाई जिताउन आवश्यक भएको बताए । नेता सिंहले आसन्न निर्वाचनले संविधानलाई रक्षा गर्दै प्राप्त गरेका अधिकारहरूलाई सुरक्षित राख्दै, संस्थागत गर्दै, विकास निर्माणका प्रक्रियाहरूलाई अघि बढाउने दाबी गरे ।

उनले आम मतदाताले विगतमा र अहिलेको शासन पद्धतिमा फरक के छ भन्ने प्रश्न गरिरहेको बताउँदै त्यसलाई सम्बोधन गर्न बिरलिएका मुद्दाहरूमा तीन तहकै सरकारले पूर्ण रूपमा काम गर्न पाउने काम गर्न चाहेको बताए । उनले केन्द्रीकृत एकात्मक व्यवस्था र सङ्घीयतामा फरक के हो रु भन्ने कुरा जनताले महसुस हुने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

नेता सिंहले आफ्नो निर्वाचन क्षेत्र काठमाडौँ १ मा स्वच्छ खानेपानी, शिक्षाको गुणस्तरमा सुधार र निस्शुल्क र गुणस्तर स्वास्थ्य प्रणालीको विकास गर्न आम मतदाताहरूले माग गरेको भन्दै त्यसलाई पूरा गर्ने बताए ।

नेता सिंहको घरदैलो कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा ।बाबुराम भट्टराई पनि भोट माग्नका लागि सहभागी बनेका थिए । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ सहित देशभर नै यति बेला आसन्न निर्वाचनमा जित सुनिश्चितता लागि मत माग्दै विभिन्न राजनीतिक दलहरू प्रचारप्रसारमा व्यस्त छन् ।

पटक ११ हजार कर्मचारी कटौती गरे फेसबुक

काठमाडौँ । अमेरिकी प्रविधि कम्पनी फेसबुकले एकै पटक ११ हजार कर्मचारी कटौती गरेका छन् ।

कम्पनीले आर्थिक वर्षको तेस्रो त्रैमासमा आम्दानी घटेपछि कर्मचारी कटौती गरेको हो ।​ फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको प्यारेन्ट कम्पनीका रूपमा रहेको मेटाले १३ प्रतिशत कर्मचारी निकालेको हो ।

यसअघि, विश्वभर मेटाका ८७ हजार कर्मचारी थिए । यीमध्येबाट एकै पटक ११ हजार जनाले जागिर गुमाएको बीबीसीले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले यति बेला मेटाको खराब समय चलिरहेको बताएका छन् ।

उनले कर्मचारी कटौती गर्नेक्रममा मेटाको इतिहासकै सबैभन्दा समस्याग्रस्त समय रहेको बताएका हुन् । यस्तै, जुकरबर्गले कम्पनीबाट निकालिएका सबै कर्मचारीसँग माफीसमेत मागेका छन् । कम्पनीले कर्मचारी निकालेसँगै थप लगानीमा जोड दिने जुकरबर्गले बताएका छन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दिए यस्तो निर्देशन

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दृष्टिविहीन, शारीरिक अशक्तता वा अन्य कारणले मतदान गर्न नसक्ने मतदाताहरूका वारिस बनेर मतदान गर्नेप्रति चनाखो हुन निर्देशन दिएका छन् । अशक्तताहरूको नाममा कुनै उम्मेदवार वा राजनीतिक दलको प्रतिनिधिले वारिस बनी मतदान गरिदिएकोप्रति चनाखो हुन उनले निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएका हुन् ।

उनले गत स्थानीय तहको निर्वाचनमा दृष्टिविहीन वा शारीरिक अशक्तता भएका अथवा अन्य कारणले मतदान गर्न नसक्ने मतदाताहरूको नाममा कुनै उम्मेदवार वा राजनीतिक दलको प्रतिनिधिले वारिस बनी मतदान गर्दा भनेअनुसार मतदान नभएको गुनासो आएको भन्दै त्यसप्रति चनाखो हुन आवश्यक रहेको बताए । गत स्थानीय तहको निर्वाचनमा आफैँ मतदान गर्न सक्ने मतदाताहरूले समेत आफू अशक्त भएको बहाना बनाइ अरुमार्फत मतदान गराएका केही उदाहरण आएकाले त्यसप्रति सचेत रहन उनले आग्रह गरे ।

कुनै मतदाताले आफू मतदान गर्न सक्षम हुँदाहुँदै विभिन्न बहाना बनाएर अरुमार्फत् मतदान गराउने किसिमको कार्य गरेमा निर्वाचन कसुर तथा सजाय ऐन अन्तर्गत कारबाही हुने चेतावनी दिए ।

नेपाल स्टक एक्सचेञ्जले दोहोरो अंकको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम कारोबारको दिन आज बिहिबार सामान्य दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से २३.५२ अंकले घटेर एक हजार ८ सय ९३ दशमलब ७० विन्दुमा बन्द भएको हो । बुधबार नेप्से ३९.१५ अंकले घटेर एक हजार ९ सय १७ दशमलब २२ विन्दुमा बन्द भएकोे थियो । 

त्यस्तै, नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । आज नेप्सेमा एक अर्ब ११ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा एक अर्ब ४० करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

कारोबारमा आएका कम्पनीहरु मध्ये १३ वटा कम्पनीको शेयरमुल्य बढेको छ भने १७१ वटा कमपाीको शेयरमूल्य घटेको छ । एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । मन्दाकिनी हाइड्रोपावर कम्पनीको शेयरमुल्य ३.९२ प्रतिशतले बढेर प्रतिकित्ता ३३१.५० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार अपर हेवाखोला हाइड्रोपावरको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य १० प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट भएको छ । यसको आज १० करोड २२ लाख भन्दा बढीको कारोबार भएको छ ।  

धनुषा क्षेत्र नम्बर १ मा पुरानै उम्मेदवार प्रतिस्पर्धीमा देखिए

जनकपुरधाम, २४ कात्तिक । धनुषा क्षेत्र नम्बर १ मा पुरानै उम्मेदवार प्रतिस्पर्धीमा देखिएका छन् । सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृकाप्रसाद यादव र एमाले–जसपा गठबन्धनबाट जसपाका दीपक कार्कीले उम्मेदवारी दत्र्ता गराउनुभएको छ । मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उहाँहरुबीच मूख्य चुनावी प्रतिस्पर्धा हुने सो क्षेत्रमा चर्चा छ । उहाँहरु दुबै जना गत २०७४ सालको निर्वाचनमा पनि प्रतिस्पर्धी हुनुहुन्थ्यो । गत २०७४ सालको निर्वाचनमा यादव २६ हजार चार सय १८ मत प्राप्त गरी विजयी हुँदा कार्कीले १७ हजार दुई सय ९६ मत प्राप्त गर्नुभयो । यादव गत २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।

यसपटकको निर्वाचनमा भने यादव र कार्कीसँगै जनमत पार्टीबाट किशोरी साह९कमल० पनि चुनाबी प्रतिस्पर्धामा हुनुहुन्छ । गत २०७४ सालको निर्वाचनमा नेकपा एमालेका तर्फबाट धनुषा क्षेत्र नं १ ९१० बाट प्रदेशसभा सदस्यमा निर्वाचित साहलाई यसपटक एमालेले टिकट नदिएपछि उहाँ एमाले परित्याग गरेर जनमत पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिनुभएको छ । गत २०७४ सालको निर्वाचनमा माओवादी नेता यादवलाई नेकपा एमालेको साथ थियो भने तत्कालीन सङ्घीय समाजवादी फोरमबाट उम्मेदवार बन्नुभएका कार्कीलाई तत्कालीन राष्ट्रिय जनता पार्टी ९राजपा० ले पनि साथ दिएको थियो ।

तर पनि कार्की यादवसँग करिब नौ हजार एक सय २२ मत अन्तरले पराजित हुनुभएको थियो । अहिले राजनीतिक दलको गठबन्धन फेरिएकाले चुनावी परिणाम कसको पक्षमा जान्छ भन्ने अनुमान गर्न गाह्रो रहेको धनुषाको गणेशमान चारनाथ नगरपालिका– ४ का रवीन्द्र साहले बताउनुभयो । ‘‘दुई वटा छुट्टाछुटै गठबन्धनबाट यादव र कार्की चुनावी मैदानमा हुनुहुन्छ, उहाँहरुबीच रोचक प्रतिस्पर्धा हुने हाम्रो अनुमान छ”, साहले भन्नुभयो,‘‘यादव राजनीतिका पुराना खेलाडी हुनुहुन्छ र उहाँलाई अन्य दलको साथ छ भने अघिल्लो निर्वाचनमा निकटतम् प्रतिद्वन्द्वी कार्की पनि एमालेको समर्थन पाउनुभएको छ ।” जसका कारण ती दुईमध्ये कसले बाजी मार्ला भन्ने अनुमान गर्न सहज नभएको उहाँको भनाइ छ । यतिबेला यादवलाई माओवादीसँगै नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी लगायतका दलको समर्थन छ भने कार्कीलाई जसपासँगै एमालेले साथ दिएको छ ।

गत २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा विभिन्न पार्टीबाट वडाध्यक्ष पदमा उम्मेदवार बनेकाको मतलाई जोड्दा कांग्रेसले १७ हजार पाँच सय ५०, एमालेले १५ हजार आठ सय १७, माओवादीले १२ हजार दुई सय ९२ र जसपाले नौ हजार १० मत प्राप्त गरेको थिए । त्यस्तै लोसपा उम्मेदवारले छ हजार ६ सय २४, राप्रपाले चार हजार नौ सय ३०, जनमत पार्टीले तीन हजार तीन सय २०, एकीकृत समाजवादीले दुई हजार नौ सय ३७ र स्वतन्त्र उम्मेदवारले तीन हजार तीन सय २४ प्राप्त गरे । सो क्षेत्रमा सबैला नगरपालिका, गणेशमान चारनाथ र धनुषाधाम नगरपालिकाको सबै वडा तथा हङ्सपुर नगरपालिका–२, ३, ५, ७ र ८ गरी पाँच वडा, मिथिला बिहारी नगरपालिका– १, ३, ४ र ५ गरी चार वडा, क्षिरेश्वरनाथ नगरपालिकाका ८ र ९ गरी २ वडा र मिथिला नगरपालिकाको ४ नम्बर वडा गरी ४५ वडा पर्दछ ।

पाँच दलीय गठबन्धनको उम्मेदवार, पार्टीको बलियो पकड, पाँच वर्षमा गरेको विकासका कामले चुनाव आफूहरुकै उम्मेदवारले जित्ने नेकपा माओवादी केन्द्र धनुषाका अध्यक्ष दीपक यादवले बताउनुभयो । प्रतिनिधिसभामा आफ्नो पार्टीको उम्मेदवार भए पनि दुबै प्रदेशसभा क्षेत्रमा कांग्रेका उम्मेदवार भएकाले कांग्रेसबाट अन्तरघात नहुने र गठबन्धनको जित सुनिश्चित रहेको उहाँको दावी छ । ‘‘जित्नलाई हाम्रो गठबन्धनको आफ्नै ३९ हजार भन्दा बढी मत छ”, उहाँले भन्नुभयो,‘‘विगतमा एमालेबाटै जितेका साह एमाले छाडेर जनमत पार्टीबाट उम्मेदवार बन्नुभएको छ, यसको फाईदा हामीलाई हुन्छ ।”

अघिल्लो चुनावमा निकटतम प्रतिद्वन्द्वी बनेको र यसपटक एमालेको साथ तथा निर्वाचन क्षेत्रमा लामो समयदेखि जनताको निस्वार्थ काम गरेकोले आफूले जित्ने जसपाका उम्मेदवार दीपक कार्की दाबी गर्नुहुन्छ ।‘‘यो जिल्ला र क्षेत्रमा मैले लामो समय काम गरेको छु”, उहाँले भन्नुभयो,‘‘त्यसैले मतदाताले मत दिन्छन भन्ने मलाई विश्वास छ, मेरो कामको मूल्याङ्कन गरेर जनताले मलाई अवश्य जिताउँछन् ।”

यता दल बदलेर प्रदेशबाट प्रतिनिधिसभामा फड्को मार्ने आकांक्षा राख्नुभएका साहले आफू विजयी हुने दाबी गर्नुहुन्छ । ‘‘अब जनता विगत जस्तो झुक्किँदैनन्, म एमालेमा छँदा पार्टीको मतदाताभन्दा धेरै मत मलाई परेको थियो”, साहले भन्नुभयो,‘‘ यो मेरो व्यक्तित्व र समाजमा गरेको निस्वार्थ सेवाको कारणले हो ।” त्यसैले यसपटक पनि आफू नै चुनाव जित्ने उहाँको दाबी छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दत्र्ता गराएका उम्मेदवार यतिबेला धनुषामा प्रचारप्रसार तथा घरदैलो अभियानलाई तीव्रता दिएका छन् । विभिन्न पार्टीका केन्द्रीय नेता चुनावी प्रतिस्पर्धामा रहेकाले धनुषामा यतिबेला चुनावी माहौल तातेको छ । चुनावी तयारीलाई तीव्र पारेको सत्तारूढ पाँच दलिय गठबन्धन र एमाले–जसपा गठबन्धन छुट्टाछुटै बैठक, भेला र घरदैलोलाई तीव्रता दिएका छन् ।

धनुषामा दुई लाख ५२ हजार नौ सय १५ पुरुष, दुई लाख २१ हजार ६ सय ६५ महिला र अन्य सात गरी कूल चार लाख ७४ हजार पाँच सय ८७ जना मतदाता रहेको मधेस प्रदेश निर्वाचन कार्यालय जनकपुरधामले जनाएको छ । धनुषामा तीन सय २२ मतदानस्थल र ६ सय पाँच मतदान केन्द्र तोकिएका छन् ।

ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुईजनाको मृत्यु

काठमाडौँ । काठमाडौँको बसुन्धरामा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

काठमाडौँ महानगरपालिका–३ बसुन्धरा चक्रपथ क्षेत्रमा नारायणगोपाल चोकबाट बसुन्धरातर्फ जाँदै गरेको ना८ख १८४१ नम्बरको ट्रकले बागमती प्रदेश ०२–०३२ प २२२७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुईजनाको गए राति मृत्यु भएको हो । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–९ का ४७ वर्षीय बेलबहादुर रानामगर र ४७ वर्षीया कल्पना रानामगर रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते दुवैजनाको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । तीव्र गतिका कारण सवारी दुर्घटना भएको प्रवक्ता भट्टले बताउनुभयो । प्रहरीले ट्रक चालक चितवनका २५ वर्षीय राम हमाललाई नियन्त्रणमा लिएर अनुन्धान गरिरहेको छ ।

राष्ट्रपति भण्डारीसमक्ष विभिन्न देशका महिला नेताहरूले शिष्टाचार भेटघाट

राष्ट्रपति भण्डारीसमक्ष आइसल्याण्डका प्रधानमन्त्री एवं विश्व महिला नेतृत्व परिषद्का अध्यक्ष क्याट्रिन याकोब्सडोटिरले शिष्टाचार भेट गर्नुभयो । उक्त अवसरमा नेपाल र आइसल्यान्डबीचको सम्बन्ध, लैङ्गिक समानता, जलवायु परिवर्तनलगायत विषयमा विचार आदानप्रदान भएको थियो ।

उक्त भेटमा आइसल्यान्डका प्रधानमन्त्रीले नेपालले महिला सहभागिताको क्षेत्रमा गरेको प्रगति उदाहरणीय रहेको उल्लेख गर्दै महिला नेतृत्वको क्षमता विकास, जलवायु अनुकूलन तथा अन्य पारस्परिक हितका विषयलाई प्राथमिकतामा राखी सम्बन्ध विकास गर्नुपर्नेबारे छलफल भएको थियो ।

त्यसैगरी राष्ट्रपति भण्डारीसमक्षम ‘वुमन पोलिटिकल लिडर्स’का संस्थापक तथा युरोपेली संसद्का पूर्वउपाध्यक्ष सिल्भाना कोक–मेहरिन तथा विश्व महिला नेतृत्व परिषद्का महासचिव लाउरा लिजउड र युएन वुमनका कार्यकारी निर्देशक सीमा बाहोसले पनि शिष्टाचार भेट गर्नुभएको थियो । सम्मेलनका क्रमममा नै राष्ट्रपति भण्डारीसँग आइसल्याण्डबाट सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने पर्वतारोही महिलाहरुले भेट गर्नुभयो ।

यसैगरी आइसल्याण्डमा बसोबास गर्ने नेपाली समुदायलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्नुभएको उहाँका सञ्चारविज्ञ टीका ढकालले जानकारी दिनुभयो । विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स्’ को कार्यक्रममा सहभागी हुन दुई दिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति भण्डारी मङ्गलबार आइसल्यान्ड पुग्नुभएको हो । उहाँ विभिन्न कार्यक्रममा सहभागी भएर यही कात्तिक २६ गते शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।

सबै भेटघाटमा परराष्ट्र सचिव भरतराज पौडेल, राष्ट्रपति कार्यालयका सचिव यादव कोइराला, राष्ट्रपतिका सञ्चारविज्ञ ढकाललगायतका अधिकारी सहभागी हुनुहुन्थ्यो ।

चुनावमा खटाइएको मतदान केन्द्रमा नजाने कर्मचारीलाई कारबाही

बागलुङ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक सूचनामार्फत चुनावका लागि खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारीलाई अनिवार्य रूपमा खटाइएको ठाउँमा जान अनुरोध गरेको छ ।

आफू खटिएको मतदान केन्द्रमा नजाने कर्मचारीलाई विभागीय कारबाही गरिने कार्यालयले जनाएको छ ।

जिल्लाभर रहेको दुई सय ३१ मतदान केन्द्रमा एक हजार आठ सय ५७ कर्मचारी र नौ सय ३० स्वयंसेवक खटिने भएका छन् ।

सङ्घतर्फ दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा कूल एक लाख ९२ हजार दुई सय २६ मतदाता रहेका छन् । १ नं क्षेत्रमा ९६ हजार छ सय ६५ र २ नं क्षेत्रमा ९५ हजार पाँच सय ६१ मतदाता छन् ।

यसकारण आवश्यक छ, रौतहटबाट माधबकुमार नेपालको जित

जनताको बीचमा सुख दुःख बुझ्दै अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

उम्मेदवारी दिएसगै चुनावी चटारोले सबै नेताहरू ब्यस्त छ्न । मतदाता बीचमा एउटै धारणा छ, नेता सबै एउटै हुन, कसलाई जिताउने भन्ने अन्योलताले सबैलाई गाँजेकै छ । यस्तै अन्यौलताको बीच मतदाताहरुको मन आकर्षित गर्न उम्मेदवारहरु आ आफ्नै शैलीले लागि परेका छन् । यसैबीचमा नेकपा एकीकृत समाजवादिका अध्यक्ष पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो जन्मभुमिप्रतिको अगाढ मायाले हुनुपर्छ रौतहट क्षेत्र नम्बर एकबाट उम्मेदवारी दिनुभएका नेता नेपाल सिंगो रौतहटका जनताले माया गरेको नेताका रुपमा चिनिनुहुन्छ ।

रौतहटको मात्र सवाल होइन नेता नेपालको व्यक्तित्वको बारेमा राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमै बुझाई एउटै छ । उहाँ सरल अनि सबैको पहुँचमा पुग्न सक्ने निष्कलंक नेताका रुपमा आफ्नो छवि बनाउनु भएको छ । यस अघिको निर्वाचन पछि नेता नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीबाट पटक पटक अपमानित मात्रै हुनु परेन एमालेलाई यो अवस्थामा पुर्‍याउने नेता नेपालको योगदानलाई चटक्कै भुलेर बिधि अनि पद्धति कुल्चेर निरन्तर अगाडि बढ्दै आफ्नो स्वार्थसिद्ध नहुने भएपछि दुइ पटकसम्म निर्वाचित संसदलाई विघटन गरेसँगै नेपालले त्यसपछि अन्याय नसहने निष्कर्षमा पुग्नुभएको हो । जनताको संसदीय प्रणाली मै धावा बोलेपछि न्यायको लडाईंमा अगाडि बढ्दै जाँदा अहिले फरक पार्टीको अस्तित्व कायम राख्न सफल हुँदै सो पार्टीको नेतृत्वको हैसियतमा नेतृत्व गर्दै रौतहट क्षेत्र नम्बर एक मा उम्मेदवारी दिएका नेपालको उम्मेदवारीलाई राष्ट्रिय रुपमै अर्थपूर्ण रुपमा हेरिएको छ ।
पार्टी अध्यक्ष नेपालको उम्मेदवारी मात्रै नभएर उहाँले कम्युनिष्ट आन्दोलमा पुर्‍याउनुभएको योगदानको सही मुल्यांकन गर्ने बेला यस्तो अवसर रौतहटका जनताले प्राप्त गरेका छन् । देशभर उम्मेदवारहरु घरदैलो गरिरहेका छन् । यस्तो अवस्थामा नेता नेपाललाई मतदान गर्नु र उहाँको विजयको निम्ति मत माग्नु नेपालको लोकतान्त्रिक आन्दोलनलाई स्थापित गराउन सहयोग पु¥याउनु मात्रै होइन निरंकुश शासनका निम्ति गृहकार्य गर्ने प्रवृत्तिका विरुद्ध मत जाहेर गर्ने महत्वपूर्ण अवसरका रुपमा हेरिएको छ ।

स्व. गिरिजाप्रसाद कोइराला समकालीन मै रहेर कम्युनिस्ट आन्दोलन सगसगै लोकतान्त्रिक सघर्षको जगले प्राप्त गणतान्त्रिक अहिलेसम्मकै अवस्थामा आइपुग्दा राजनीतिक मियो बन्नुभएका नेता नेपालले नेतृत्व गरेको पार्टीले गठबन्धन गरेका क्षेत्रहरुमा बिजय हुनेमात्र होइन सबैमा झन्डा फर्फराउने अवस्था आउनुपर्ने नेता नेपालको हक नै भएको राजनीतिबारे भबिस्यबाणी गर्नेहरूको धारणा छ।रौतहटमा जन्मेका नेपालको उम्मेद्बारी एमाले उमेदवार अजय गुप्ताका निम्ति पहाड बन्न पुगेको छ।एमाले अध्यक्ष ओलिले क्षेत्र नम्बर एकमा उमेदवार नभेटेपछि ठुली मेहनत पश्चात् डेन्टिङ पेन्टिङ गर्दै गौर नपा को मेयर मा एकीकृत समाजवादिका उमेदवार शम्भु साह सग ठुलो मत अन्तरले पराजित गुप्तालाई अगाडि सारेका छन् । तर भर्खरै भित्र्याइएका एमाले उमेदवार गुप्ता गुमनाम छ्न ।

नेता नेपालले वषौं ब्यहोरेका ओलीको व्यबहारबाट आजित भै जनताको शक्तिबाट ओली र यस्तो प्रवृत्तिलाई तह लगाउने अभियानमा होमिसक्नु भएको छ तर ओली सुधार्न एमाले मै फर्कनुभएका नेता डा. भिम रावल र घनश्याम भुसाल लगायतका पार्टीका प्रभावशाली नेताहरुलाई टिकट नदिई ओलीको दास बन्न तयार हुने र भजन मण्डली गर्नेहरु बाहेकलाई टिकटमा विभेद गरिसकेपछि अब एमाले पार्टी नभई ओली कम्पनी भएको आम मतदाताले निर्वाचनको संघारमा बुझिसकेकाले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले ओलीको षड्यन्त्रकारी नियत बुझेर नेतृत्व गरेको पार्टी साँचो अर्थमा सबैलाई समेट्न सक्ने, देशमा संकट पर्दा समाधान दिन सक्ने समाजवादी चिन्तन बोकेको कम्युनिष्ट पार्टी नेकपा (एकीकृत समाजवादी पार्टी )नै जनताको अभिभावकीय पार्टी भएको बुझाई आम जनतामा छ ।

रौतहट जिल्लामा नेता नेपालको प्रतिस्पर्धामा यतिबेला कोहि नभएकोले पछिल्लोपटक मतदाता बीचमा अब गुप्ताले पनि मैदान खाली गर्दिँदा ओलीलाई रौतहटवासीको तर्फबाट रामै झापड हुने थियो यस कोँणबाट पनि छलफल अगाडि बढेको देखिन्छ । एमालेले नेता नेपाल लगायतका नेता कार्यकर्तालाई पाखा लगाएर कमल थापा राजेन्द्र महत्तो एकनाथ ढकाल लगायतलाई भित्र्याएर त्यो क्षती पूरा गराउन खोजेको देखिन्छ तर ओलीको यो आत्मघाती खेल मतदान परिणामपछि पुष्टि हुने देखिन्छ ।
नेता नेपालका विरुद्ध प्रायोजित प्रचार गर्ने राष्ट्रियताको मुखुन्डो भिरेका ओलीले एमालेबाट होली वाइनको एकनाथ ढकाललाई एक नम्बर समानुपातिक उम्मेदवार बनाएर पक्षपोषण गरेपछि होली वाइनको मुख्य डिनाजर को रहेछ सबैलाई बुझ्न सजिलो भएको छ । नेता नेपालले वषौं ब्यहोरेका ओलीको व्यबहारबाट आजित भै जनताको शक्तिबाट ओली र यस्तो प्रवृत्तिलाई तह लगाउने अभियानमा होमिसक्नु भएको छ तर ओली सुधार्न एमाले मै फर्कनुभएका नेता डा. भिम रावल र घनश्याम भुसाल लगायतका पार्टीका प्रभावशाली नेताहरुलाई टिकट नदिई ओलीको दास बन्न तयार हुने र भजन मण्डली गर्नेहरु बाहेकलाई टिकटमा विभेद गरिसकेपछि अब एमाले पार्टी नभई ओली कम्पनी भएको आम मतदाताले निर्वाचनको संघारमा बुझिसकेकाले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले ओलीको षड्यन्त्रकारी नियत बुझेर नेतृत्व गरेको पार्टी साँचो अर्थमा सबैलाई समेट्न सक्ने, देशमा संकट पर्दा समाधान दिन सक्ने समाजवादी चिन्तन बोकेको कम्युनिष्ट पार्टी नेकपा एकीकृत समाजवादी पार्टी नै जनताको अभिभावकीय पार्टी भएको बुझाई आम जनतामा छ ।

विभिन्न पार्टी परित्याग गरी नेता नेपालको पक्षमा यसरी जोडिँदै र जुट्दैछन् जनता ।

नेकपा (एकिकृत समाजवादीे)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल गृह जिल्ला रौतहटको क्षेत्र नं १ मा गठबन्धनका तर्फबाट प्रतिनिधी सभाको उम्मेदवार बन्नुभएको छ । नेपालले आगामी मंसिर ४ को निर्वाचनमा सर्वाधिक अन्तरको रेकर्ड कायम गराउने अभियानमा शुभेच्छुकहरु जुटिरहेका छ्न । गृह जिल्लाको मायाले तानिएका नेपालको रौतहटमा आफ्नै बलियो पकड छ । गत स्थानीय तहको निर्वाचनमै रौतहट क्षेत्र नम्बर १ मा नेपालको पार्टीले सर्वाधिक मत ल्याएको थियो । कलम चुनाव चिन्हधारी एकिकृत समाजवादीका वडा अध्यक्षहरुले सो क्षेत्रमा १९ हजार ६ सय ९८ मत प्राप्त गरेका थिए ।
काँग्रेसका वडा अध्यक्षहरुले १६ हजार ९ सय २८ मत प्राप्त गरेका थिए । तेश्रो भएको लोसपाका वडा अध्यक्षहरुले १२ हजार ६२ मत प्राप्त गरेका थिए । चौथो स्थानमा रहेका जसपाका वडा अध्यक्षहरुको ८ हजार २ सय ४१ मत आएको थियो । अर्थात नेपालसँग गठबन्धनको ४४ हजार ८ सय १७ मत छ । उता, नेपाल विरुद्ध उम्मेदवारी दिएका एमालेका अजय गुप्तासँग एमालेको ७ हजार ३ सय ८३ मत र जसपाको ८ हजार २ सय ४१ मत गरि कुल १५ हजार ६ सय २४ मत रहेको छ । माधव नेपालको राष्ट्रिय व्यक्तित्वका कारण अझै उनको मत बढ्ने देखिन्छ । उता, मेयर हुँदा गतिलो कार्य सम्पादन गर्न नसकेका अख्तियारमा पटक पटक भ्रष्टाचारका मुद्दा खेपेका गुप्ताले एमाले र जसपाले स्थानीय तहमा पाएको सबै मत समेत जोगाउन नसक्ने बताइन्छ । आगामी मंसिर ४ गते सम्पन्न हुने निर्वाचनमा सम्भवतः माधव नेपाल नै सर्वाधिक मतान्तरले चुनाव जित्ने नेतामा पर्न सके जुनसुकै क्षेत्रमा अगाडि बढ्न खोज्ने रौतहटेली जनतालाई जिस्काउनु हुँदैन भन्ने सिङ्गो जिल्लाको राष्ट्रिय रूपमा सन्देश प्रवाह गर्नका निम्ति पनि यतिबेला पार्टी भन्दा माथि उठेर नेता नेपालको पक्षमा मतदान गर्नुपर्ने देखिन्छ ।
जनताको हक दितको पक्षमा निरन्तर लागिरहने नेता कहिले काँही प्राविधिक हिसाबले कमजोर देख्दा सबैले हेप्छन् भन्ने कुरा निर्वाचन आयोगले पार्टी अध्यक्ष नेपालाई पत्र काटेर प्रष्ट्याएको छ । जबकि सरकारले गरेको काम जनताको बीचमा जाँदा विदेश जाँदा अब भिषा लगायतका शुल्कमा आएको सहुलियतलाई सहज ढँगले बुझाउन खोज्दा केही निहुँ नपाएर आचारसंहिता उल्लंघनको पत्र पठायो । यो पत्र काटेको सन्दर्भले आयोगले लोक हसाउने काम मात्र गरेन, आफ्नै निष्पक्षमा समेत प्रश्न खडा गराउने काम गरेको छ ।

एकीकृत समाजवादीका पार्टी अध्यक्ष तथा रौतहट क्षेत्र नं. १ का उम्मेदवार नेपाल विधि, पद्दति र नैतिकतालाई सदैव शिरोपर गर्ने र सोही अनुसार अनुशरण गर्ने कम नेतामध्येमा चिनिनुहुन्छ । तर, निर्वाचन आयोगले नेता नेपालले ग्रहण गरेको इमान्दारितालाई कमजोरीको रुपमा ठानेर कतिपय नेताहरुलाई खुसी पार्ने काम गरिरहेको देखिन्छ । तत्कालिन एमालेबाट २०५१ सालमा सरकारमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री भएका बेला नेता नेपालकै पहलमा जेष्ठ नागरिक लगायतका असक्त, फरक क्षमता भएकाहरुलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने र आफ्नो गाउँ आफैँ बनाऊँ भन्ने लोकप्रिय अभियान सञ्चालनमा ल्याउने मुख्य पात्र नेता नेपाल नै हुनुहुन्छ । तर, ‘काम गर्ने कालु मकै खाने भालु’ भनेजस्तै यस्ता लोकप्रिय अभियान विना योगदान एमाले अध्यक्ष ओलीले भजाइरहेका छन् । जनताका सामू प्रश्न पेचिलो छ । निर्वाचनमा मत आर्जन गर्नका लागि अध्यक्ष ओलीले यी विषयहरुलाई हामीले ल्याएको योजना भनेर पटक पटक चर्का भाषण गरिरहेका छन् निर्वाचन आयोगको आचारसंहिता त्यता लाग्छ कि लाग्दैन ?
पछिल्लो समय वर्षेनी लाखौं युवाहरु बैदेशिक रोजगारमा विदेशिईरहेका छन् । त्यसरी विदेशिने युवाहरु एजेण्ट र म्यानपावर कम्पनीबाट ठगिरहेका छन् । यस्तो अवस्थामा सरकारले विदेशिने युवाहरुलाई सुरक्षा प्रदान गर्नका लागि ‘फ्रि भिसा फ्रि टिकट’ आवश्यक छ । अध्यक्ष नेपालले रोजगारका लागि विदेशिने युवाहरुलाई आफूँ ठगि रोक्छौं र राम्रो सुविधा दिइरहेका छौँ र दिन्छौं भन्नु निर्वाचन आचारसंहिता विरुद्ध कार्य कसरी भयो ? पक्कै होइन । यस विषयमा निर्वाचन आयोग पूर्वाग्रह देखिन्छ । यसरी निर्वाचन आयोगले एउटा पार्टीको पक्षपोषण लिनु गलत हो । कतै प्रमुख निर्वाचन आयुक्तले आफूँलाई पदमा पुर्‍याउने दलका नेताहरुलाई खुसी बनाउन लागेका त होइनन् भन्ने प्रश्न आयोगसामू उब्जिएको छ ।

निर्वाचनको मिति नजिकिँदै छ यसबीचमा नेता नेपाललाई भारी मतान्तरका साथ विजय गराउनका निम्ति अपिल गर्दै जिल्लाका प्रतिष्ठित नेताहरुले धमाधम उम्मेदवारी फिर्ता लिइरहेका छन् । जसपाका केन्द्रीय सदस्य एवं रौतहट क्षेत्र नं. १ का प्रतिनिधिसभाका उम्मेदवार रेवन्त झाले आफ्नो उम्मेदवारी फिर्ता लिएर अध्यक्ष नेपाललाई जिताउन घरदैलो अभियानमा जुटिसक्नुभएको छ । लोसपा केन्द्रीय सदस्य एवं सोही क्षेत्रका प्रतिष्ठित व्यक्तित्व प्रतिनिधिसभाका उम्मेदवार शम्भु सुप्रिमले समेत आफ्नो उम्मेदवारीलाई सार्वजनिक रुपमै फिर्ता लिएर सयौं कार्यकर्ताहरुको जुलुससहित नेता नेपाललाई जिताउन नगर परिक्रमा समेत गर्नुभएको छ ।

निर्वाचनको मिति नजिकिँदै छ यसबीचमा नेता नेपाललाई भारी मतान्तरका साथ विजय गराउनका निम्ति अपिल गर्दै जिल्लाका प्रतिष्ठित नेताहरुले धमाधम उम्मेदवारी फिर्ता लिइरहेका छन् । जसपाका केन्द्रीय सदस्य एवं रौतहट क्षेत्र नं. १ का प्रतिनिधिसभाका उम्मेदवार रेवन्त झाले आफ्नो उम्मेदवारी फिर्ता लिएर अध्यक्ष नेपाललाई जिताउन घरदैलो अभियानमा जुटिसक्नुभएको छ । लोसका केन्द्रीय सदस्य एवं सोही क्षेत्रका प्रतिष्ठित व्यक्तित्व प्रतिनिधिसभाका उम्मेदवार शम्भु सुप्रिमले समेत आफ्नो उम्मेदवारीलाई सार्वजनिक रुपमै फिर्ता लिएर सयौं कार्यकर्ताहरुको जुलुससहित नेता नेपाललाई जिताउन नगर परिक्रमा समेत गर्नुभएको छ । त्यसैगरी नेकपा एमालेलगायतका अन्य मधेशकेन्द्रीत पार्टीका कार्यकर्ताहरुले आफ्नो पार्टी परित्याग गरी नेता नेपालको पक्षमा उर्लिएका छन् ।

यो माहोल त्यत्तिकै बनेको होइन । उहाँले विगत लामो समयदेखि रौतहट जिल्ला र जिल्लाबासीका हितमा एकाग्र भएर समर्पित हुनुको परिणाम हो क्षेत्र नं. १ का तमाम् बुद्धिजीविहरुले धारणा राख्दछन् । उहाँलाई जिताउन रौतहट क्षेत्र नं. १ मा एकखालको सर्वदलीय माहोल नै तय भएको छ भन्दा अनर्थ नहोला । रौतहट जिल्लाका विभिन्न पार्टीमा आवद्ध भएका कयौं नेता तथा कार्यकर्ताहरु नेता नेपालको पक्षमा माहोल बनाइरहेका छन् । यसले पनि नेता नेपालको जित सुनिश्चित मात्रै होइन ठुलै मतान्तरले हुने जितको जस रौहतटबासीले राष्ट्रिय रुपमै पाउने भएका छन् । उहाँसगै गठबन्धनमा रहेका प्रदेश उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति कृष्ण यादव र प्रदेशका अर्का उम्मेदवार नागेन्द्र साहको पनि माहोल त्यत्तिकै बन्दै गएको छ ।

माधवकुमार नेपाललाई नै किन भोट ?
 गौर बरहवा पुल र ताल व्यवस्थापनको काम गरेको कारण ।
 बागमति, बकैयालगायतका ठाउँहरुमा तटबन्ध गरिएको कारण ।
 झाझ नदीमा ५ वटा पुल निर्माण एकै पटक निर्माण गराएका कारण ।
 गौर चन्द्रपुर सडक चौडा गरी ४२ किलोमिटर कालोपत्रे गराएको कारण ।
 क्षेत्र नं. १को गौर र ३ को धरहरीमा नर्सिङ कलेज निर्माण, जहाँबाट पढेका हजारौंले रोजगारी प्राप्त गरिसकेको कारण ।
 छात्राहरुलाई विद्यालय जान प्रेरित गराउन साइकल दिई विद्यालय जान उत्प्रेरित गराएको कारण ।
 गौरलाई पूरा शहरीकरण गर्न महत्वपूर्ण भूमिका खेलेको कारण ।
 गौरमा विवाह मण्डप, राजदेवी मन्दिर लगायतका मठमन्दिर निर्माणमा सहयोग गरेको कारण ।
 गौरबाट प्रिपा हुँदै समानपुर, चेतनगर, सिन्दुरेघारी सन्तपुर जोड्ने सडकमा निर्माणमा महत्वपूर्ण भूमिका खेलेको कारण ।
 आफूँ प्रधानमन्त्री हुँदा जिल्लाका दर्जनौँ सडक योजनाहरु अगाडि बढेको कारण ।
 रौतहटबासीलाई भेटघाटमा सहज रुपमा उपलब्ध भई रौतहटका जोसुकैले भने पनि तत्काल काम गरेको गर्ने तत्परता देखाएको कारण ।
 प्रधानमन्त्री भएका बखत रौतहटको जुडीबेला जाने बाटोमा पार्क निर्माण गरिदिएको कारण ।
 गौर बर्गनियाँबीचमा पर्ने पुल निर्माण गरिदिएको कारण ।
 जिल्लाका दर्जनौं विद्यालयको भवन निर्माणका लागि बजेट उपलब्ध गराएको कारण ।
 बाढीले कटान र डुबानका बेला हजारौं परिवारलाई राहतका सामाग्रीहरु उपलब्ध गराएको कारण ।
 शितलहरबाट प्रभावित भएका हजारौं रौतहटबासीलाई प्रत्येक वर्ष जस्तो न्यानो कपडालगायतका खाद्यान्नहरु उपलब्ध गराएको कारण ।
 हजारौं रौतहटका युवाहरुलाई रोजगारी प्रदान गरेको कारण ।

राष्ट्रिय राजनीतिमा सँधै महत्वपूर्ण योगदान दिएका कारण
 केपी ओलीले दुई पटक संसद विघटन गरेर जनताको आवाज बन्द गर्न खोजेको सो कार्यलाई दृढताका साथ उभिँदै ओलीको संविधान विरोधी कार्य रोक्नका लागि अन्य राजनीतिक दलहरुलाई पनि एक ठाउँमा सहमतिमा ल्याउन सफल भई संसद बचाएको ।
 आफूँ प्रधानमन्त्री भएको बेला देश द्धन्द्धमा धकेलिईरहेको बेला नेपालमा बसेर अन्तर्राष्ट्रिय चलखेल गर्ने अनमिनलाई देश छोड्न २४ घण्टे पत्र थमाएको र देश छोड्न बाध्य बनाएको कारण ।
 शान्ति प्रक्रियालाई टुँगोमा पु¥याउन र २०६२/६३ सालको जनआन्दोलनलाई सफल तुल्याउन विशेष भूमिका खेलेको । जबकि एमाले अध्यक्ष केपी ओली आन्दोलनका विरोध गर्दै बयलगाढा चढेर अमेरिका पुगिँदैन भनेर आन्दोलनको विरोध गरिरहेका थिए । तर, पार्टीभित्र रहेर ओली लगायतका समूहले गरेका विरोधलाई चिर्दै जनआन्दोलनलाई सार्थकता प्रदान गर्दै मुलुकमा गणतान्त्रिक लोकतन्त्र ल्याउन महत्वपूर्ण भूमिका खेलेको कारण ।
 मुलुकमा ओली र राजावादीहरुको समूहले लोकतान्त्रिक व्यवस्थालाई असफल बनाउन खोजिरहेका बेला लोकतान्त्रमा विश्वास गर्ने नेपाली कांग्रेस लगायतका दलहरुको गठबन्धन गराएर सरकार बनाउन र निर्वाचनको परिणाम नआउन्जेल गठबन्धनलाई जोगाउन महत्वपूर्ण भूमिका खेलेको कारण ।
 निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने निर्णय गरी विमानस्थल निर्माणका निम्ति शिघ्र सम्पन्न गर्न पहल गरिरहँदा चौतर्फी चुनौतीका सामू पनि यो निर्णयलाई पुनः अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्दै आउनुभएको कारण ।
 फास्ट ट्रयाक निर्माणमा महत्वपूर्ण भूमिका खेलेको कारण
 हुलाकी राजमार्ग निर्माणमा विशेष भूमिका खेलेको कारण ।
 प्रधानमन्त्री रहँदा धन्सार पुल निर्माण गरिदिएको कारण ।
 भ्रष्टाचारको विरोधी अभियानलाई साथ दिँदै आएको र राष्ट्रियताको सन्दर्भमा सँधै दृढताका साथ उभिँदै आएको कारण ।

गोविन्दप्रसाद चौलागाईंबाट

आचारसंहिता विपरीत गतिविधि नगर्न निर्वाचन कार्यालयको आग्रह

काठमाडौं । मङ्सिर ४ गते हुनगइरहेका प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन आचारसंहिता विपरीतका गतिविधि गरेका पाइएका छन् ।
राजनीतिक दल र उम्मेदवारले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारंहिता पूर्णपालना गर्ने प्रतिबद्धता जनाए पनि अनुगमनका क्रममा आचारसंहिता विपरीत प्रचारप्रसार गरेको पाइएको छ ।

प्रदेश निर्वाचन कार्यालय पोखराले जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा आचारसंहिता अनुगमन गर्दा आचारसंहिताको पालनामा दलहरु र उम्मेदवार गम्भिर नभएको प्रदेश निर्वाचन अधिकारी हुमनाथ पराजुलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार विभिन्न राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन प्रचारप्रसारमा प्रयोग गरेको सवारी साधन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा अनुमति नलिइकन प्रयोग गरेको, सवारी साधनमा ब्यानर, फ्लेक्स बोर्ड, लोगो, निर्वाचन चिन्हको स्टिकर तथा साउण्ड सिस्टम प्रयोग गरेको, पोल तथा सार्वजनिकस्थलमा फ्लेक्स बोर्ड राख्ने लगायतका आचारसंहिता विपरीतका गतिविधि पाइएको छ ।

पराजुलीले भन्नुभयो,“निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा कार्यान्वयनका लागि विभिन्न संयन्त्रमार्फत गहनरुपमा अनुगमन भइरहेको छ । आचारसंहिता उल्लङ्घन गर्ने राजनीतिक दल तथा उम्मेदवारलाई सो कार्य नगर्न प्रत्यक्ष कुराकानी र टेलिफोनबाट निर्देशन दिएका छौँ ।” निर्वाचन कार्यालयका अनुसार अर्को पटकका लागि सो कार्य नदोहोराउन, निर्वाचन आचारसंहिता पूर्ण पालना गर्न र आचारसंहिता विपरीत प्रयोग भएका सामग्री हटाउन राजनीतिक दल तथा उम्मेदवारलाई सजग गराएको छ ।
कार्यालयले आगामी दिनमा आचारसंहिता विपरीतका कार्य दोहोरिएमा प्रचारप्रसारमा प्रयोग भएका सवारीसाधन तथा अन्य सामग्री जफत गरी निर्वाचन आयोग ऐन २०७३, निर्वाचन ऐन २०७३ तथा प्रचलित निर्वाचन कानुन बमोजिम कारबाही हुने जनाएको छ ।

राजनीतिक दल तथा उम्मेदवारले प्रचारप्रसारमा प्रयोग गर्ने सवारी साधनको अनुमति सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट लिनसमेत आग्रह गरिएको छ ।
प्रतिनिधिसभाका तीन र प्रदेशसभाका छ निर्वाचन क्षेत्र रहेको कास्कीमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् ।

सुनसहित एक जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका ९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध रूपमा लुकाई छिपाई भन्सार छलि लैजान लागेको अन्दाजी ६५ ग्राम तौलको सुन जस्तो देखिने पहेंलो धातुको बेरूवा औंठी ३ थान सहित काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका ४ घर भएका ३१ वर्षीय सुरेश तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

हिमालय एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका तामाङको गतिविधि शंकास्पद देखिएकोले उनलाई अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा उक्त परिमाणको धातु भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्‍यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।

नेप्से दोहोरो अंंकले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथौ कारोबारको दिन आज बुधबार सामान्य दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से ३९.१५ अंकले घटेर एक हजार ९ सय १७ दशमलब २२ विन्दुमा बन्द भएको हो । मंगलबार नेप्से २.५७ अंकले घटेर एक हजार ९ सय ५६ दशमलब ३६ विन्दुमा बन्द भएको थियो । 

त्यस्तै, नेप्से घटेपनि बारोबार रकम भने बढेको छ । आज नेप्सेमा एक अर्ब ४० करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा एक अर्ब ५ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयरमुल्य ७.४२ प्रतिशतले बढेर प्रतिकित्ता ३९१ रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको  भएको छ । यसको आज ६ करोड ७८ लाख भन्दा बढीको कारोबार भएको छ ।  

प्रदेश १ का वनमन्त्री शेखरचन्द्र थापाको डेंगुबाट निधन

काठमाडौं- प्रदेश १ का वन, वातावरण तथा भू-संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको छ। केही दिनअघि डेंगुबाट संक्रमित भएका मन्त्री थापाको बुधबार बिहान निधन भएको हो। उनी ५६ वर्षका थिए।

विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा बिहान साढे १० बजे निधन भएको अस्पतालका निर्देशक नारायण दाहालले जानकारी दिए।

डेंगुबाट संक्रमित थापाको यसअघि काठमाडौंका ह्याम्स लगायतका अस्पतालमा उपचार गरिएको थियो। मंगलबार मात्रै उनलाई नोवेल अस्पतालमा भर्ना गरिएको अधिकृत दाहालले जानकारी दिए। 

मोरङ क्षेत्र नम्बर ३(१) मा कांग्रेसबाट प्रदेशसभा उम्मेदवार रहेका थापा उम्मेदवारी दर्ताको भोलिपल्ट असोज २४ गते काठमाडौंको ह्याम्स अस्पताल भर्ना भएका थिए।

काठमाडौँमा आमसभा गर्दै: राप्रपा

काठमाडौँ । पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार कात्तिक २५ गते वसन्तपुरमा आमसभा गर्ने तयारी छ। आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्।

आमसभामा काठमाडौँ उपत्यकाभित्र रहेका प्रतिनिधि सभा र प्रदेश सभामा राप्रपाबाट उम्मेदवारी दिएकाहरूले पनि बोल्नेछन्।

राप्रपाले देशभर एक सय ४२ प्रतिनिधि सभा क्षेत्र र दुई सय ८६ प्रदेश सभा क्षेत्रमा उम्मेदवारी दिएको छ। अध्यक्ष लिङ्देनले देशका विभिन्न क्षेत्रमा भएका चुनावी सभालाई सम्बोधन गर्दै आएका छन्।

राप्रपाले गोरखा, नवलपुर, नवलपरासीलगायत ठाउँमा आमसभा गरिसकेको छ।

राज्यकोषबाट भएको खर्चमाथि अनुसन्धान सुरु

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्वाचन प्रचारप्रसारका दौरान राज्यकोषबाट भएको खर्चमाथि अनुसन्धान सुरु गरेको छ ।

निर्वाचन आयोगले पठाएको पत्रका आधारमा आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट कागजात मगाएको हो ।

‘निर्वाचन आयोगबाटै पत्र आएपछि हामीहरूले त्यसलाई सूचना मानेर थप कागजात मगाएका छौँ’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले भने, ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्र पठाइएको छ । अरू थप विवरण पनि मगाइएको छ । सबै कागजात आएपछि अरू विस्तृत थाहा होला ।’

केही साताअघि प्रधानमन्त्री शेरबहादुर देउवा लगायत सत्तारुढ दलका शीर्ष नेताहरू नेपाली सेनाको स्काइट्रक लिएर कञ्चनपुर पुगेका थिए । नेपाली सेनाको विमान प्रयोग भएकाले राज्यकोषको प्रयोग भएको हुनसक्ने आशङ्कामा आयोगले अनुसन्धान गरिदिन भन्दै अख्तियारमा पत्र पठाएको थियो । आयोगमा सम्बन्धित दलका नेताहरुले भने सरकारी नभई दल र उम्मेदवारको खर्चमा विमानको भाडा तिरिएको बताएका थिए ।

अख्तियारले संघीय तह बाहेक सबै प्रदेशमा सरकारी स्तरबाट निर्वाचनका दौरान हुने खर्च र राज्यको स्रोतसाधनको प्रयोगबारे समेत निगरानी थालेको दाबी गरेको छ ।

सबै प्रदेशस्तरीय कार्यालयहरूमा उजुरी सङ्कलन र त्यसका आधारमा कागजात मगाएर थप छानबिन गर्न निर्देशन गएको आयोगका एक महाशाखा प्रमुखले बताए । उनले भने, ‘राज्यकोषकै रकम खर्चेर निर्वाचन प्रचारप्रसारमा संलग्न भएको भेटिए सरकारी अधिकारीलाई कारबाही गर्ने र सम्बन्धित उम्मेदवारको बारेमा निर्वाचन आयोगमा विवरण पठाउने तयारी छ ।’

राज्यकोषको दुरुपयोगको विषयमा भने निजामती वा सम्बन्धित निकायका कर्मचारीमात्रै छानबिनका दायरामा पर्छन् । निर्वाचन वा मनोनयनबाट नियुक्त संघीय तथा प्रदेश तहका जनप्रतिनिधिलाई सरकारी रकम खर्च गर्ने अधिकार हुँदैन । सम्बन्धित कार्यालयको लेखा उत्तरदायी अधिकारीहरूले नै यसको जिम्मेवारी लिनुपर्ने नियम छ ।