काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पुस महिनामा बजारमा तरलताको अभाव झनै बढ्ने बताइरहदा यस अघि कै राष्ट्र बैकको दुरदर्शिता नभएका कारण तरलता बढने भनेर आफनो कमजोरी लाई छोप्ने प्रयास गर्नुभएको छ।
ललितपुरमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पुस महिना देखी तरलता बढेने बताउनुभएको हो ।
आर्थिक तरलता बढेको बताउने गभर्नर अधिकारीले आफुले चढने गाडी हुदाहुदै पनि सेवा सकिए पछि लैजान मिल्ने गरि २ करोड ७८ लाखको गाडी खरिद गरि सेवा सकिए पछि लैजान अहिले त्रिपालले छोपेर राखेका छ्न। २०५८ को गाडी पाउने सुबिधालाई बढाउदै बिनिमय र कार्यबिधि बिपरित मुल्य बढाएर गाडी खरिद गरेको मेसो कसैलाई जानकारी नभएपनी सो तथ्य महालेखाले भर्खरै पत्ता लगाएको हो ।यो प्रतिबेदन अहिले तत्काल आउदैन चैतमा बाहिर आए पनि प्रतिबेदन धेरैले बुझ्दैनन यो बिषयले गभर्नर अधिकारीको नियत प्रष्ट भएको समाचार श्रोतले सम्पत्ति न्युजलाइ जानकारी गरायो।
गभर्नर अधिकारीले बजारमा अहिले तरलतामा केही सहज भइरहे पनि पुस महिनामा भने तरलतामा थप चुनौती आउने बताउनु भएको हो। उहाँले तरलताको चुनौतीलाई समाधान कसरी गर्ने भन्ने बारेमा राष्ट्र बैंक लागिपरेको बताएपनी महालेखाले भर्खरै सकेको अडिट रिपोर्ट हेर्ने हो भने गभर्नरको बास्तबिक रुप छर्लङ्ग हुन्छ। एक पटक अप्ठ्यारो भएका ब्यबसाय लाई बचाउन दिएको सुबिधा पटकपटक दिएर गभर्नर अधिकारीले अख्तियारको दुरुपयोग गरेका छन।महालेखाको प्रतिबेदन मसिनो ढंगले अध्ययन गर्ने हो भने नितिगत भ्रष्टाचार भएको भित्री रहस्य खुल्ने छ।
कार्तिकमा भएको फाइनल अडिट रिपोर्ट अगामी चैतमा राष्ट्रपतिलाई बुझाइने सो प्रतिबेदनका भित्री रहस्यमय भ्रष्टाचारका बारेमा अख्तियारले छानबिन गर्नुपर्ने देखिन्छ।
प्राप्त जानकारी अनुसार बिदेशी लगाएर गरिएको अडिट रिपोर्टले राष्ट्रबैक भित्र खैल्लाबैल्ला मच्चिएको छ भने महालेखाले यस्तो डरलाग्दो गभर्नरको कुकर्मका बारेमा सरकारका विभिन्न तहमा जानकारी समेत गराइसकेको समाचार श्रोत उल्लेख गर्दछ।
माफिया पोस्ने नितिले मुलुक थप संकटमा
गभर्नर अधिकारीले गत आर्थिक वर्षमा राष्ट्र बैंकले तरलता सहजताका लागि ९७ खर्ब बजारमा पठाएको बताएपनी सो रकम आफू अनुकुलका निश्चित स्वार्थ पुर्ती हुने सर्त राखेर पठाएको कुरो मिडिया छल्न यस्तो भनिरहेको जानकारहरु बताउ छन् ।
राष्ट्र बैंकले आवश्यक काम गर्न नसक्दा पछिल्ला केही दिनहरुमा रेमिट्यान्समा राम्रो भएकाले अहिले बजारमा उनको तजबिजको ब्याजदरले तरलता बढेको अर्थ बिद बताउछ्न।
तरलताको अभावलाई अझ सहज बनाउन बजारमा मनी रिसाइक्लिङको आवश्यक्ता हुने भनिरहे पनि यहि बाटोबाट अरबौ को ब्यतिगग नाफाघाटामा उनी लागेको देखिन्छ।
उनले बैंकबाट लगेको ऋण केही न केही कोषमा तिरेको खण्डमा भने बजारमा तरलताको अभाव कम हुने भनिरहदा उनले यस्तै मन्त्र जप्दै बजारमा असहज परिस्थिति उत्पन्न गराएको तर्फ धेरैको ध्यान पुग्न सकिरहेको छैन। यसबाट बचन फाइनान्सियल क्षेत्रमा भएको विकृतिहरुलाई अफ्ठ्यारो बेलामा सुधार्नु हुँदैन भन्न थाल्ने हो भने अर्थतन्त्रमा सुधार हुन नसक्ने भनेर उनी यतिबेला आफनो कमजोरी लुकाउनका लागी विभिन्न बहानाबाजी गर्दै छ्न्।
गभर्नर अधिकारीले राष्ट्र बैंक निजी क्षेत्रसँग खुला छलफल र सहकार्य गर्न तयार रहेको भन्दै अहिले आयात खुला गरिएको र अर्थतन्त्रलाई सन्तुलन गर्न विभिन्न नीति ल्याइएको भने पनि उनले ल्याएका सबै नितिहरुका बारेमा खुलेर छलफल र बहस गर्न जरुरी रहेको बताइन्छ।
निजी क्षेत्रलाई परेको समस्या भनेको तरलता र उच्च ब्याजदरको समस्या हो । २०७९ को वैशाख देखि तरलताको उच्च ब्याजदर र तरलताको अभावले र कोभिड १९ र रुस युक्रेन युद्धले निजी क्षेत्रको तरलताका काममा धेरै ठूलो वृद्धि भएको उनको दाबी कोभिडले २० प्रतिशत जति तरलता संकुचन देखिने भइरहेको तरलतामा झनै संकुचन भयो । पुसमा किस्ता तथा ब्याज तिर्न निजी क्षेत्रलाई थप पुँजी कहाँबाट ल्याउने भन्ने समस्या भएको देखाउने उनले यसैमा टेकेर ३२ खर्ब नोक्सानी हुने बाटो हिड्ने नितिले अब गभर्नरका थप योजना अगाडि बढे मुलुक थप संकटमा जाने बताइन्छ ।
सरकारले निजी क्षेत्रको संरक्षणका लागि बाटो निकाल्नु पर्छ भन्ने उनले माफिया पोस्ने काम किन गरिरहेका छन मेसो पाउन सकिएको छैन।
हाम्रो सरकारको निकायहरु, सरकारी निकायहरु, अर्थमन्त्रालय विभागको पनि समन्वय हुन सकेका छैन भन्ने उनले अर्थ मन्त्रालय कै कुरा मानिरहेका छैनन।विभागले गर्ने कामहरुको समन्वय हुन सकेको छैन । आगामी सरकारले साना-साना समस्याहरुबाट नेपालको आर्थिक विकासको सहकार्य गर्ने कुरामा प्राथमिकता दिनुपर्छ । निजी क्षेत्रले उठाएको चिजहरु निजी क्षेत्रका लागि मात्रै हो भन्ने गलत प्रचार भइरहेको बताउदै मिडियाको सहानुभूति बटुल्न खोजेको देखिन्छ उनले ठुला व्यावसायि पोस्ने ढंगले राष्ट्र बैकलाइ अगाडि बढाइरहेका छन।
यदि नेपालको अर्थतन्त्र सही हिसावले अघि बढेन भने प्रत्येक व्यक्तिको आम्दानीमा कमी हुनेछ । पर्यटन प्रबर्द्धनका कुराहरुमा समस्या देखिनेछ ।
बजारलाई अर्थतन्त्रको प्रमुख अंग बनाउने दिशातर्फ डोर्याउनलाई हामीले यसको परादर्शिता, व्यवसायिकता, प्रतिष्पर्धाको माहोल निर्धारण गरोस् भन्ने वातावरण सिर्जना गरिरहेका छौँ । यसो भन्ने गभर्नर अधिकारीले मर्जरका नाममा कर छुटकै निम्ति बिनोद चौधरीलाई बङलादेश बैकलाइ मर्जरको नाममा ६७ करोड कर छुट गराएर राम्रै शुभलाभ गरेको बुझिन्छ। यस्तै अन्य बैकहरुलाइ पनि मर्जर मर्जर को मन्त्र जपेर दुइवर्षको कर छुट गराइएको छ।