आरोपै आरोप लागेका साह भए मन्त्रालयका सचिब

काठमाडौँ । सरकारले सहसचिव राम आधार साहलाई सचिवमा बढुवा गरेको छ ।
आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् आकस्मिक बैठकले बढुवा समितिले पहिलो नम्बरमा सिफारिस गरेका साहलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको बताइएको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा गत मङ्गलवार बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक सहसचिवत्रय राम आधार साह, विश्वबाबु पुडासैनी र अर्जुन जङ्ग थापाको नाम सिफारिस गरेको थियो

यद्यपि साहलाई निजामतीमा भ्रस्टाचारका शिरोमणिका रूपमा मात्रै हेरिदैन । छ महिना जेल जीवन बिताएर पनि सचिब हुने भाग्यमानी कर्मचारीका रूपमा चित्रण गरिएको छ। यिनलाई नापतौल बिभागमा कार्यरत रहदा एक महिला कर्मचारीलाई जवर्जस्ती गरेको आरोप समेत लागेको थियो यस्तो अतित बोकेका साहको सचिब बढुवा सगै निजामती र प्राबिधिक प्रशासन क्षेत्र भित्र खैल्लाबैला मच्चिएको छ।सामान्य गाउपालिकामा समेत सचिबमा फिट नहुने यस्ता पात्र कसरी भए मन्त्रालयका सचिब प्रश्नै प्रश्न उब्जिएको छ।
बिज्ञान मन्त्रालयमा कार्यरत साह दिनभर कार्यलयमा भिटिदैनथे भेटिहाले कहिले चुरोट खाएर बस्थे कहिले खैनी मोलेर बस्थे यस्ता पृष्ठभुमिका सहसचिब साह सचिब भएपछि के गर्लान प्रतीक्षाको बिषय भएको छ।
यसैबीच शहरी विकास मन्त्रालयका सचिव डा। रमेश प्रसाद सिंह मङ्सिर पहिलो साता अनिवार्य भएसँगै रिक्त एक प्राविधिक सचिव पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरिएको थियो ।

३ आरोपित ९२ किलो गाँजासहित पक्राउ

सिराहा प्रहरीले जिल्लाको उत्तर वर्ती धनगढीमाई नगरपालिका– १२ कुसमाहा खुट्टीखोलाक्षेत्रबाट प्रतिबन्धित गाँजासहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिराहा भगवानपुर गाउँपालिका– ४ का ४४ वर्षीय शिवनाथ मण्डल, ५५ वर्षीय बेचु मण्डल र सप्तरीको बोदेबर्साइन नगरपालिका– ९ का ४८ वर्षीय रामकुमार साह छन् ।

सिराहा प्रहरीका अनुसार उनीहरूले चार वटा प्लास्टिकको बोरामा प्याक गरिएको ९२ किलो गाँजा बोकेर उत्तरबाट दक्षिणतिर आउँदै थिए ।

पक्राउ परेकाहरू विरुद्ध प्रहरीले लागू औषध मुद्दामा सिराहा जिल्ला अदालतबाट अनुसन्धानका लागि सात दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाइएको सिरहा प्रहरीले जनाएको छ ।

मंसिर २६ गते साेमबार, यस्ताे छ तपाईंकाे राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

आजको दिन अर्थलाभको योग रहेको छ । व्यापार ब्यबसायबाट सोचेभन्दा बढी लाभ मिल्नेछ । परिवार र दाम्पत्यजीवनमा साथ सहयोग र यात्रा गर्दा कष्ट हुनेछ । यात्रा गर्दा सूर्योदयको दर्शन र पूर्व तर्फको यात्रा गर्नुहोला । स्वास्थ्यमा केही समस्या हुनसक्छ ध्यान दिनु होला । सकारात्मक सोच राखेर काम गर्नुपर्ने छ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

आज तपाईले विगतमा गरेको कामबाट अर्थलाभ हुनेछ । त्यसो त मनमा निरासा  छाउने छ  आज । पारिवारिक समस्याका कारण आय भन्दा ब्यय बढी हुने भएकाले सोच पूर्वक खर्च गर्नुपर्ला । आजको दिन मौन रहनु तपाईहरुको लागि शुभ मानिन्छ । कसैसँग विवाद गर्नु हानी मात्र हुनेछ ।

 मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

आजको समय र दिन अनुकुल रहेको छ । नयाँ बस्त्र, आभुषण र परिवार, दाम्पत्य जीवनमा सुखप्राप्त हुनेछ । चन्द्रमाको साथ रहेको छ,व्यापार ब्यबसायमा तपाईले सोचेभन्दा बढी फाइदा हुनेछ । मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ । तपाईलाई मानसम्मान मिल्नेछ । सामाजिक सेवाको भाव बढ्ने छ । विहान सूर्योदयको दर्शन गर्दा राम्रो हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

आजको दिन तपाईको मनमा निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेक चिन्ता छाउनेछ ।  आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन विहान शिलालय दर्शन र नवग्रह दर्शन गर्दा तपाईको समस्या समाधान हुनसक्छ । चन्द्रमाको साथ रहेको छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्नेछ । यात्रा गर्दा उपलब्धी हुनसक्छ । मित्रमण्डली र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यहरुसँग सामान्य विवाद हुनसक्छ त्यसैले आजको दिन सिंह राशिका जातकले कम बोल्नु र मौन रहनु नैं बुद्धिमानी हुनेछ । दाम्पत्य जीवनमा सुख, समृद्धिका काम हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशिका जातका लागि आजको दिन शुभ रहेको छ । तपाईले गर्दै आउनुभएको क्षेत्रमा मानसम्मान मिल्नसक्छ । आजको दिन नयाँ काम गर्दा भने सोच विचार गरेर काम गर्नुहोला । कन्या राशिका पुरुष र महिलाहरुले आजको दिन कसैसँग विवाद नगर्नु नैं वेश हुनेछ । शिवालयमा गएर केही खानेकुरा वितरण गर्नु निकै उत्तम हुनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तपाईले आजको दिन शुरु गरेको काम सफल हुनेछ । ब्यापार ब्यबसायमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । यात्राका लागि प्रस्ताव आउनसक्छ । अध्यात्मयात्राले तपाईलाई मनमा उर्जा थप गर्नेछ । आजको दिन सतपात्रलाई दान र भोका व्यक्तिलाई भोजन दिनुभयो भने मनमा खुसियाली छाउने छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

तपाईलाई अनावश्यक यात्राको लागि प्रस्ताव आउनसक्छ । आजको दिन यात्रा नगर्दा तपाईको भलो हुनेछ । त्यसैले आज नियमित काम बाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला । आजको दिन तपाईले गरेको कामको प्रसंसा हुनेछ । सरकारी कार्यालयका अधिकारीहरुलाई उच्च अधिकारबाट धन्यवाद प्राप्त हुनसक्छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

आकस्मिक धनलाभ हुनेछ । त्यसैले आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्ताबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । त्यसैले आजको दिन विहान कन्यालाई दान र केही भोजन दिनु भयो भने दिन सफल हुनेछ । देवालय र शिवालयको यात्रा तपाईको लागि आज फलदायी हुनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

आज कसैलाई सापटी दिनुभएको दिन पनि प्राप्त हुनसक्छ । तर, मनमा अशान्त हुनेछ । स्वास्थ्यमा निकै ध्यान दिनुहोला । कसैसँग विवाद हुने कुरा नगर्नुहोला । परिवारका सदस्यहरुसँग लेनदेनमा विवाद हुनसक्छ त्यसैले होस गर्नुहोला । आजको दिन विवाद हुने काम नगर्नुहोला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

तपाईको मनमा प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापार प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । परिवार र दाम्पत्य जीवनमा खुसियाली छाउने छ । स्वास्थ्यमा सामान्य समस्या हुनसक्छ । धैर्य र मन शान्त हुने काम गर्नु वेश हुन्छ । सूर्योदयको दर्शन गर्नु होला । आज तपाईको सोच अनुसार काम हुनेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

शिवालयको यात्रा र अध्ययन अध्यापनमा निरन्तरको प्रयासले सफलता प्राप्त हुनेछ । मीन राशिका जातकले सोमबार शुरु गरेका काम साताभित्र सकिने छ । त्यसैले आजको दिन कुनै शुभ कामको शुरुवात गर्नुभयो भने त्यो काम यही साताभित्र सकिने छ । आजको दिन तपाईले सिर्जनात्मक काममा ध्यान दिनुहोला ।

चोलेन्द्रशम्शेर जबराको निलम्बन निष्प्रभावी

काठमाडौं । संघीय संसद् सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको निलम्बन निष्प्रभावी भएको भनी पत्र पठाउनुको कारण सात दिनभित्र सर्वोच्च अदालतको संवैधानिक इजलासमै पठाउने भएको छ ।

सचिवालयका महासचिव डा। भरतराज गौतमले आइतबार सर्वोच्च अदालतका न्यायाधीशहरूलाई जवाफ पठाउ“दै सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठकले सोधेका चार वटा प्रश्नको उत्तरसहित अरू लिखित जवाफ संवैधानिक इजलासमा पठाउने जानकारी दिनुभएको हो ।

शुक्रबार इजलासले सो विषयमा परेको रिटको सुनुवाई गर्दै सो पत्रको कार्यान्वयनमा रोक लगाउनुको साथै सात दिनभित्र कारण देखाउ आदेश जारी गरेको थियो । यसैलाई मध्यनजर गरी महासचिव डा। गौतमले पूर्ण बैठकले सोधको प्रश्नको जवाफ पनि इजलासमै पठाउने जवाफ दिनुभएको थियो ।

पत्रमा भनिएको छ– ‘सर्वोच्च अदालतको पूर्ण बैठकको २०७९/०८/२१ को निर्णयअनुसार सोधिएको विषयहरूको जानकारी पनि अन्तरिम आदेशको लिखित जवाफको क्रममा नै समावेश हुने व्यहोरा पूर्ण बैठकसमक्ष सादर अनुरोध गर्दछु ।’न्यायाधीशहरूको पूर्ण बैठकले सचिवालयलाई २०७८ फागुन १ मा दर्ता भएको महाअभियोग प्रस्तावका सम्बन्धमा ‘महाअभियोग सिफारिस समितिबाट प्रतिनिधिसभामा पेश भएको भनिएको प्रतिवेदन उपरको कारबाहीको निरन्तरता अहिले कायम छ वा छैन ? नयाँ प्रतिनिधिसभामा सो प्रस्ताव पेस हुन्छ वा हुन्न ?

महाअभियोग प्रस्ताव तत्कालीन प्रतिनिधिसभाको कार्यकाल सम्माप्त भएको मितिले निष्प्रभावी भएको हो वा निर्वाचनको मितिले अथवा प्रधानन्याधीश राणाको निवेदन दिएको मितिले रु र नवनिर्वाचित प्रतिनिधिसभाले कार्य प्रारम्भ नगर्दैको अवस्थामा कुन संवैधानिक वा कानुनी व्यवस्थाको आधारमा महासचिवले महाअभियोग निष्प्रभावी भएको भनी उल्लेख गर्नुभएको हो ? ’ – भनी प्रश्न सोधेको थियो ।

संघीयताको सफल कार्यान्वयनका लागि सबै तहको सरकारलाई एकजुट हुन आह्वान: प्रधानमन्त्री देउवा

काठमाडौं । आइतबार काठमाडौंमा आयोजित गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले संघीयताको सफल कार्यान्वयनका लागि सबै तहको सरकारलाई एकजुट हुन आह्वान गरेका छन्।

संघ, प्रदेश र स्थानीय तहको निर्वाचन निष्पक्ष ढंगले सम्पन्न भएको दाबी गर्दै उनले अब नागरिकमा सुशासन र विकासको अनुभूति गराउने कामलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरे। उनले संघीयताको सफल कार्यान्वयनका लागि स्थानीय तहको सबलीकरण हुने गरी कानुनको निर्माण गर्ने काममा ढिलाइ गर्न नहुने पनि स्पष्ट पारे।

उनले भ्रष्टाचारशून्य नीति लिएर अघि बढ्न पनि स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरे। ‘दिगो विकास लक्ष्यअनुरूप योजना तर्जुमालाई प्राथमिकतामा लिएर लक्ष्य प्राप्तितर्फ उन्मुख भएर देशको शिक्षित युवा जनशक्तिलाई रोजगारीको अवसर सिर्जना गर्न आवश्यक छलफल हुन आवश्यक छ,’ उनले भने, ‘स्थानीय निकायले सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाएर भ्रष्टाचारशून्य नीति लिएर अघि बढ्न म विशेष अनुरोध गर्दछु।

नेप्से १८ सय विन्दुमा झर्यो

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक साढे १ प्रतिशतभन्दा बढी घटेको छ। गत साताको दोस्रो कारोबार दिनदेखि ओरालो लागेको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से १.६७ प्रतिशत अर्थात ३१.९७ अंक घटेर १८८५.३१ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ६.२८ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.७२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०९ अंक घटेको छ।

यस दिन २५३ स्टकको २४ हजार ६४४ पटकको कारोबारमा १ अर्ब १० करोड ३४ लाख ४ हजार रुपैयाँ बराबरको ३५ लाख १२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से ओरालो लागेपनि यस दिन दुई स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सिवाईसी लघुवित्त र समिट लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य साढे ९ प्रतिशत बढेको छ। कारोबारमा आएको नाडेप लघुवित्तको शेयर यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, पाँचथर पावर कम्पनीको शेयरमूल्य यस दिन करिब ७ प्रतिशत घटेको छ

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १० करोड ९३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नबिल बैंकको साढे ७ करोडको शेयर कारोबार भएको छ भने हिमालयन डिष्टिलरीको ५ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक २.३० प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

बढ्यो सुन चाँदीको मूल्य

काठमाडौं, २५ मंसिर । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार नेपाली बजारमा आइतबार छापावाल सुनको मूल्य २०० रुपैयाँले बढेको छ । जसअनुसार छापावाल सुन प्रतितोला एक लाख पाँच सय रुपैयाँ पुगेको हो ।

गत शुक्रबार दिन तोला एक लाख तीन सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजाबी सुनको मूल्य प्रतितोला एक लाखमा कारोबार भइरहेको छ । गत शुक्रबार यसको मूल्य तोला ९९ हजार आठ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य तोला १० रुपैयाँले बढेको छ । जसअनुसार प्रतितोला एक हजार चार सय पुगेको महासंघले जनाएको छ । शनिबार भने चाँदीको मूल्य  १३ सय ९० रुपैयाँमा बारोबार भएको थियो ।

लुम्बिनी प्रदेश लोक सेवा आयोगले ठूलो संख्यामा कर्मचारी माग्यो (सूचनासहित)

। लुम्बिनी प्रदेश लोक सेवा आयोगले विभिन्न पदमा कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेका छन् । खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने भन्दै आयोगले योग्यता पुगेका उम्मेदवारलाई दरखास्त आह्वान गरेका हुन् ।

कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ को व्यवस्था बमोजिम प्रदेश सरकार तथा स्थानीय तह अन्तर्गत रिक्त रहेका पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भन्दै आयोगले कर्मचारी माग गरेको छ ।

पुस १४ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सकिने आयोगले जनाएको छ । दोब्बर दस्तुर तिरेर पुस २१ गतेसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।

समानुपातिक सांसदको नामावलीमा छानबिन सुरु

काठमाडौँ । दलहरुले बुझाएको समानुपातिक सांसदहरुको सूची सच्याउन समानुपातिक सिद्धान्त र क्लस्टर अनुसार नमिलेको नाम सच्याएर बुझाउन आयोगले आइतबार र सोमबार दुई दिनको समय दिएको छ ।

आयोगको तालिका अनुसार दलहरुले शनिबार सामानुपातिक तर्फको बन्दसूचीमा उल्लेख भएका नामावली निर्वाचन आयोगमा बुझाएका थिए । ती नामावली भित्रैबाट दलहरुले समानुपातिक सांसदको सूची बुझाउनुपर्छ । दलहरुले शनिबार बुझाएको नामावलीले आयोगले छानबिन गरेर प्रमाणित भएपछि मात्रै मान्यता पाउँछ ।

निर्वाचन आयोगका अनुसार नामावलीमा आजैबाट छानबिन सुरु भएको छ । यदि क्लष्टर नमिलेको भए सच्याएर पुनः पेस गर्न दलहरुलाई आजै पत्राचार गर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

निर्वाचन आयोगका सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईका अनुसार दलहरुले यसअघि बुझाएको समानुपातिक उम्मेदवारहरुको बन्दसूचीभित्रैबाट नाम परेरनपरेको र महिला, अल्पसंख्यक तथा पिछडिएका वर्गको प्रतिनिधित्व भएरनभएको छानबिन गरिने छ ।

समानुपातिक सिद्धान्त अनुसार भएरनभएको छानबिन गरी प्रमाणित गर्ने काम सकेर अन्तिम प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरिने बताए । निर्वाचन आयोगका अनुसार २९ मंसिरमा राष्ट्रपतिलाई प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सबै परिणामको प्रतिवेदन बुझाउने तयारी गरिएको छ ।

चलचित्र विकास बोर्डले फिल्म हलमा विश्वकपका खेल प्रदर्शन गर्न रोक

काठमाडौँ । चलचित्र विकास बोर्डले फिल्म हलमा विश्वकपका खेल प्रदर्शन गर्न रोक लगाएको छ । बोर्डले चलचित्र सबै हलहरूलाई पत्राचार गर्दै नियमानुसार चलचित्र मात्र प्रदर्शन गर्न निर्देशन दिएको हो । 

सञ्चारमाध्यमहरूमा कतिपय फिल्म हलमा विश्वकप प्रदर्शन गर्न लागिएको भन्ने समाचार सार्वजनिक भएपछि बोर्डले एक्सन लिएको हो ।

बोर्डका अध्यक्ष भुवन केसीले गरेको पत्राचारमा विभिन्न चलचित्रघरले नियमित चलचित्र प्रदर्शनको सो समयमा विश्वकप फुटबल प्रतियोगिताको प्रसारण गर्न लागेको बुझिएको तथा कतिपय चलचित्र घरहरूले आफ्नो वेबसाइट मार्फत सो समय समेत खुलाएको देखिएको ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । 

सबै हललाई गरिएको पत्राचारमा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा चलचित्र प्रदर्शन गर्न दिइने इजाजतपत्रको अनुसूची ७ मा व्यवस्था भएको चलचित्र प्रदर्शन गर्न दिइने इजाजतपत्रको खण्ड ७ मा इजाजतपत्रवालाले पालना गर्नुपर्ने सर्त बमोजिम मात्र चलचित्र घरमा चलचित्र प्रदर्शन गर्नुहुन सूचित गरिन्छ । अन्यथा नियमानुसारको कारबाही भैजाने ब्यहोरा जानकारी गराइन्छ ।’

बोर्डको यसको बोधार्थ जिल्ला प्रशासन कार्यालय र नेपाल चलचित्र सङ्घलाई पनि गराएको छ । 

कोभिडविरुद्धको नि:शुल्क खोप दिने कोभ्याक्स परियोजना बन्द हुँदै

विकासोन्मुख देशहरूमा कोभिड महामारी नियन्त्रणका लागि निःशुल्क खोप दिने कोभ्याक्स गाभी बोर्ड र अन्तर्राष्ट्रिय खोप एजेन्सीले खोपको माग घट्दै गएका कारण कोभ्याक्स परियोजना बन्द गर्ने निर्णय गरेको गाभीले जनाएका छन् ।

कोभ्याक्स कार्यक्रमले अत्यन्तै चुनौतीपूर्ण परिस्थितिमा विकासोन्मुख देशहरूमा एक अर्ब ७० करोड डोज खोप अनुदानमा दिएको थियो । खासगरी धनी राष्ट्रहरूको पहुँचमा मात्रै रहेको खोपलाई गरिब राष्ट्रहरूमा समेत पुर्‍याएर महामारी नियन्त्रणमा भूमिका खेलेको थियो ।

गाभीले कोभ्याक्स परियोजना तत्कालका लागि बन्द गरे पनि ५४ गरिब राष्ट्रहरूले बालबालिकाका अन्य खोपमा भने सहयोग गर्नेछ । यस्तै, वृद्धवृद्धाहरूमा बुस्टर डोज पनि निस्शुल्क दिने जनाएको छ । यसबाहेक मध्यम आय भएका अन्य ३४ देशमा आफ्नै कोभिड भ्याक्सिन परियोजना स्थापना गर्न आर्थिक सहयोग गर्ने गाभीले जनाएको हो ।

खोपको विषयमा छलफल गर्न हालै जेनेभामा बसेको बैठकले ग्लोबल कोभिड १९ खोप कार्यक्रम चर्चामा ल्याएको हो । यही क्रममा कोभ्याक्स परियोजना बन्द गर्ने निर्णयबारे गाभीका प्रमुख डा। सेठ बार्कलीले भनेका थिए, ‘आवश्यक ठाउँमा अझै केही समय खोप अनुदानमा दिइनेछ । कोभ्याक्स परीयोजना पूर्णतया बन्द गरिने होइन, आपतकालीन सहयोगबाट मात्रै हटाइएको हो । निम्न आय भएका देशहरूले गाभीअन्तर्गत अन्य अनुदान पाउनेछन् । हाललाई कोभ्याक्स परियोजना गाभीअन्तर्गत रहनेछ ।’ कोभ्याक्सले सहयोग गरेका देशमा हाल औसत ५२ प्रतिशत जनसंख्याले खोप लगाएका छन् ।

कोभ्याक्स परियोजनामा सहयोग गरिरहेको विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले भने गाभीको निर्णयमा कुनै टिप्पणी गरेको छैन । डब्लुएचओले कोभ्याक्सअन्तर्गत कम्तीमा ७० प्रतिशत जनसंख्यालाई खोप वितरण गर्ने लक्ष्य लिएको छ ।

गाभीको निर्णयप्रति असन्तुष्टि
कोभिड खोप नीतिका सल्लाहकारहरूले गाभीको निर्णयप्रति असन्तुष्टि जनाएका छन् । उनीहरूले परियोजना बन्द गर्ने गाभीको निर्णय धेरै छिटो भएको बताएका हुन् । अफ्रिकी देशहरूमा अझै भ्याक्सिन आवश्यक रहेको बताइरहेको छ । विश्वभर कोभिडका बिरामीले अस्पताल भरिँदा र मृत्युदर उच्च हुँदा अफ्रिकाका केही देशमा संक्रमण सुरु मात्रै भएको थियो । कोभ्याक्स परियोजनाले सबै देशलाई समान खोप उपलब्ध गराउने लक्ष्य लिए पनि शक्ति राष्ट्रहरूले समयमा खोप उपलब्ध नगराउँदा महामारी नियन्त्रणमा ल्याउन कठिन भएको आरोप छ ।

बीमा प्राधिकरणले माग्यो कर्मचारी

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा विभिन्न पदमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । आज एक सूचना जारी गर्दै सहायक प्रथमदेखि उपनिर्देशकसम्मका पदहरुमा दरखास्त आह्वान गरेको हो। प्राधिकरणले आन्तरिक, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा ३६ जना कर्मचारी भर्ना गर्न लागेको छ।

प्राधिकरणले सहायक प्रथममा १० जना तथा प्रशासन कानुन, चार्टर्ड अकाउन्टेन्ट र सूचना प्रविधितर्फ सहायक निर्देशक पदमा क्रमशः १५ जना, २ जना, ३ जना र १ जना कर्मचारी पदपूर्ति गर्ने भएको छ।
यसैगरी प्रशासन, चार्टर्ड अकाउन्टेन्ट र सूचना प्रविधितर्फ उपनिर्देशक पदमा क्रमशः ३ जना, १ जना र १ जना कर्मचारी भर्ना गर्न प्राधिकरणले दरखास्त आह्वान गरेको छ।

इच्छुक उम्मेदवारले आउँदो पुस २४ गतेसम्म र दोब्बर दस्तुर तिरी माघ २ गतेसम्म दरखास्त पेस गर्न सक्नेछन्। दरखास्त अनलाइनबाट दिनुपर्नेछ ।

विज्ञापनसहित

यस्ताे छ तपाईंकाे राशिफल

मेष : दिन सामान्य राम्रो छ। आम्दानी बढ्नेछ। वैदेशिक क्षेत्रमा धेरै राम्रो नतिजा मिल्ने योग रहेको छ।

वृष : दिन राम्रो छ। बोल्दा ख्याल गर्नुहोला। शत्रु बढ्नेछन्। अरु सबै क्षेत्र यथावत छन्। व्यापार व्यवसायमा धेरै राम्रो नतिजा मिल्नेछ।

मिथुन : दिन सामान्य राम्रो छ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। आफ्नो प्रभाव बढ्नेछ। राजनीति, सामाजिक, आर्थिक क्षेत्र सामान्य रहेपनि शिक्षाको क्षेत्र धेरै राम्रो छ। मानसम्मान पाउने योग रहेको छ।

कर्कट : दिन सामान्य राम्रो छ। धार्मिक क्षेत्रमा मन जानेछ। भगवान रामको सम्झना गरेर सुरु गरेको काममा सफलता मिल्नेछ। मानसम्मान बढ्नेछ। रोग बढ्ने भएकाले सचेत हुनुपर्नेछ।

सिंह : दाम्पत्य जीवन सुखमय रहला। राजनीति, सामाजिक, धार्मिक क्षेत्र यथावत रहेपनि वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीले राम्रो प्रतिफल मिल्नेछ। आम्दानी पनि बढ्ने दिन रहेको छ। पठनपाठनमा भने आलश्य बढ्नेछ। सामाजिक क्षेत्रमा मानसम्मान पाउने योग रहेको छ।

कन्या : दिन सामान्य राम्रो छ। आफ्नो प्रभावले गर्दा कुरा काट्नेहरु निस्तेज हुनेछन्। पठनपाठनमा रुची बढ्नेछ। प्रेममा सफलता मिल्नेछ। आत्मबल बढ्नेछ।

तुला : आर्थिक, सामाजिक, राजनीतिको क्षेत्र सबल छ। पठनपाठनमा रुची बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीले राम्रो नतिजा मिल्नेछ। पारिवारिक सम्बन्धमा झपडा हुने देखिएको छ। धार्मिक क्षेत्रमा मन जानेछ।

वृश्चिक : दैनिकी चलाउनेभन्दा अरु केही पनि नसोच्नुहोला। सोचेर मात्र बोल्नुहोला।

धनु : आफूले गरेका कामबाट सन्तोष मिल्नेछ। राजनीति, आर्थिक, सामाजिक क्षेत्रमा अब्बल ठहरिनुहुनेछ। शिक्षाको क्षेत्रमा भने आलस्य बढ्नेछ। व्यापार व्यवसायमा निकै राम्रो नतिजा आउनेछ। रोगबाट छुटकारा मिल्नेछ। प्रेममा धोका पाइनेछ।

मकर : बोलीको प्रभावले ठूलो फाइदा हुनेछ। अन्य क्षेत्र यथावत छन्। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा मिल्नेछ। खुसी बढ्नेछ। परिवारिक सुख प्राप्त हुनेछ।

कुम्भ : दिन सामान्य राम्रो छ। बोलीमा मिठास आउनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट उल्लेखनीय नतिजा हात लाग्नेछ। स्वास्थ्यमा समस्या हुनेछ।

मीन : प्रशंसा पाउने दिन छ। खुसी बढ्नेछ। वैदेशिक मामिलामा सफलता मिल्नेछ। प्रेममा भने संघर्ष गर्नुपर्नेछ।

महिलामैत्री भए पनि व्यवहार अझै भेदभावपूर्ण रहे : प्रमुख आयुक्त थपलिया

काठमाडौं । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा आज आयोगले आयोजना गरेको ‘निर्वाचन व्यवस्थापनमा लैङ्गिकता र समावेशीता’ विषय अन्तक्र्रिया कार्यक्रममा सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले निर्वाचनसम्बन्धी कानुनहरू तुलानात्मकरूपमा महिलामैत्री भए पनि व्यवहार अझै भेदभावपूर्ण रहेको बताउनुभयो ।

उहाँले निर्वाचन आचारसंहिता र आयोगका नीति एवं निर्णयबमोजिम मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा कुनै महिलामाथि हिंसा भएमा उजुरी दिन भनिएकामा औपचारिकरूपमा उजुरी प्राप्त नभएको बताउयनुभयो । यद्यपि राजनीतिमा लागेका महिलामाथि हिंसा कायम रहेको उहाँको भनाइ छ ।

“हामीले राजनीतिक दललाई ध्यानाकर्षण गराउँदा पनि उम्मेदवारी चयनका क्रममा विभेद भएको हामीले पाएका छौँ”, उहाँले भन्नुभयो, “महिला नेतृत्वको सक्षमता र योगदानलाई बेवास्ता गरेर उहाँहरूको अधिकार र अवसरलाई राजनीतिक दल वा कुनै पक्षबाट वञ्चित गरिनु हुँदैन भन्ने आयोगको भनाइ हो ।” उहाँले राजनीतिक दलहरुले कोटा पु¥याउनका लागि मात्रै उम्मेदवारी दिएको देखिएको बताउनुभयो ।

सञ्चारमाध्यमले पनि पुरुष उम्मेदवारलाई ‘हेभी वेट’ भन्ने र महिला उम्मेदवारलाई कम महत्व दिएकाले यसमा सुधार ल्याउन जरुरी भएको बताउनुभयो । प्रमुख आयुक्त थपलियाले निर्वाचन कानुनमा देखिएका सुधारात्मक पक्षलाई संसद्को आगामी अधिवेशनमा मस्यौदा प्रस्तुत गरिने बताउनुभयो ।

उहाँले आगामी निर्वाचनमा लैङ्गिक हिंसा अनुगमन संयन्त्र खडा गरिने जानकारी दिनुभयो । कार्यक्रममा निर्वाचन आयुक्त डा जनकीकुमारी तुलाधरले संविधान, कानून र नीतिहरू बमोजिम निर्वाचन व्यवस्थापनमा महिला सहभागिता र लैङ्गिक समानता कायम गर्न आयोगले कुनै कसर बाँकी नराख्ने स्पष्ट गर्दै प्राप्त सुझावका आधारमा कानुनको परिमार्जनका लागि पहल गर्ने बताउनुभयो ।

प्रतिनिधिसभाका नवनिर्वाचिन सांसद शोभिता गौतमले आफूले निर्वाचन प्रचारका क्रममा महिला भएका कारणले खासै विभेद व्यहोर्नु नपरेको तर आम महिला, युवा र यौनिक अल्पसङ्ख्यकका अवाजलाई निरन्तर उठाउनुपर्ने बताउनुभयो । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि र स्थानीय तहका जनप्रतिनिधिले निर्वाचन व्यवस्थापनमा आफ्ना अनुभव र समीक्षा प्रस्तुत गर्नुभएको थियो ।

गाँजासहित मकवानपुर र सर्लाहीबाट पाँचजना पक्राउ

काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट अवैध लागूऔषध गाँजाको धुलो ३८ केजीसहित सोही गाउँपालिका–७ बस्ने ३५ वर्षीय हरिकृष्ण अधिकारीसमेत दुईजनालाई प्रहरीले पक्राउ गरेका छन् ।

अपरिचित मानिसले बोरामा शंकास्पद सामान बोकी हिँडेरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई बिहीबार दिउँसो पक्राउ गरेको हो ।

सर्लाहीको कबिलासी नगरपालिका–१० सलेमपुर बस्ने ४५ वर्षीय शिवनारायण रायसमेत तीनजनालाई अवैध लागूऔषध गाँजा तीन सय ग्राम र नगद एक हजार पाँच सय ८० रूपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

रायले आफ्नै भैसी फर्ममा गाँजा बिक्री गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कबिलासीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा र नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।