सुनको मूल्य एक लाख नाघ्यो

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु छ सयले बढेर रु एक लाख तीन सय पुगेको छ ।

बिहीबार प्रतितोला रु ९९ हजार सात सयमा सुनको कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार आठ सय छ ।

यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९९ हजार दुई थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला रु ३० ले बढेर रु एक हजार तीन सय ९० पुगेको महासङ्घले जनाएको छ ।

माया खोला हाइड्रोपावरको आईपीओ खुला

काठमाडौँ । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नागरिकका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा १२ लाख ४० हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)को निष्कासन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी रु एक अर्बको ३४ प्रतिशतले हुने ३४ करोड मूल्य बराबरको कूल ३४ लाख कित्ता साधारण शेयरमध्ये आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि कूल १० लाख कित्ता शेयर छुट्याएको छ । त्यस्तै सर्वसाधारणमा निष्कासन गरिने शेयरको १० प्रतिशत अर्थात् दुई लाख ४० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेकाहरुका लागि निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई निष्कासन गर्ने शेयरमध्ये ६० प्रतिशत अर्थात छ लाख कित्ता शेयर आयोजना अति प्रभावित क्षेत्र सङ्खुवासभाको चैनपुर नगरपालिका वडा नं. ८ र ९, धर्मदेवी नपा वडा नं.३, ४ र ५ तथा मादी नपा वडा नं. ४ र ६ का बासिन्दाका लागि छुट्याएको छ । त्यस्तै आयोजना अति प्रभावित क्षेत्र बाहेक सङ्खुवासभाको अन्य क्षेत्रमा बसोबास गर्नेका लागि ४० प्रतिशतले हुने चार लाख कित्ता शेयर निष्कासन गरिने सार्वजनिक आह्वानपत्रमा उल्लेख छ ।

निष्कासित शेयरमा आयोजना प्रभावित स्थानीयले छिटोमा आगामी पुस ८ गतेसम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे पुस २४ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता खरिदका लागि आवेदन दिन सक्ने छन् । त्यस्तै वैदेशिक रोजगारीमा रहेकाहरुले पुस ८ गतेसम्म अधिकतम ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

आवेदन अनलाइनबाट दिन सकिने

कम्पनीले निष्कासन गरेको शेयरमा स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीले अनलाइनबाट समेत आवेदन दिन सक्ने छन् । स्थानीय बासिन्दाले कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले निर्माण गरेको वेब पोर्टलमार्फत शेयरमा आवेदन दिन सकिने सार्वजनिक आह्वानपत्रमा उल्लेख छ । स्थानीयले प्राइम कमर्सियल बैंक, नेपाल एसबीआई बैंक, प्रभु बैंक, ग्लोबल आईएमई बैंक तथा हिमालयन बैंकले तोकेका शाखा कार्यालय र आयोजना निर्माण कम्पनीको कार्यालयबाट आवेदन दिन सक्ने छन् ।

त्यस्तै वैदेशिक रोजगारिमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट ‘सी–आस्वा’ प्रणालीमार्फत र ‘मेरो शेयर’बाट आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीलाई ईक्रा नेपालले ‘ईक्राएनपी आईआर बीबीबी माइनस’ प्रमाणपत्र प्रदान गरेको छ ।

कम्पनीले सङ्खुवासभाको धर्मदेवी नगरपालिकाको माया खोलामा १४ दशमलव नौ मेगावाट क्षमताको मायाखोला जलविद्युत् आयोजना निर्माण गरेको छ ।

सुशासनका निम्ति अख्तियार थप कठोर बन्नुपर्ने

काठमाडौं । नारामा भ्रस्टाचार गर्दिन हुन पनि दिन्न भने पनि समाजमा त्यस्तो हुन सकेको छैन।
लेखेर टाँस्ने, व्यवहारमा चाहिँ मिलेसम्म र भ्याएसम्म लामो हात गर्ने ।टंगालस्थित अख्तियारमा दर्ज भएका उजुरी खोतल्दा कर्मचारीमा घुस खोज्ने प्रवृत्ति झन् मौलाउँदो छ । गत आवमा घुस र रिसवतसम्बन्धी ३२ वटा मुद्धामा विभिन्न क्षेत्रमा कार्यरत ३० जना राष्ट्रसेवक डामिएका छन् । कर्मचारीले १ हजारदेखि ५० लाखसम्म घुस मागेको उजुरीउपर अख्तियारले पछ्याउँदा ती ३० राष्ट्रसेवक फन्दामा परेका हुन् ।

सबैभन्दा घुस्याहा प्राविधिक र त्यसमा पनि नायब सुब्बा तहका कर्मचारी रहेको उस्को प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रशासन सेवाका १२ जना कर्मचारी डामिँदा १४ प्राविधिकतर्फका छन् । २ बर्दिवाला पनि घुस्याहामा दर्ज भएका छन् । २ शिक्षकविरुद्ध घुस्याहा भएको भन्दै मुद्धा चलाइएकोमा निर्वाचित वा मनोनित ८ जना र सबैभन्दा धेरै विचौलिया १४ जना उपर मुद्धा चलाइएको छ ।

घुस लिनेमा निजामती प्रशासनतर्फ सम्भावना बोकेका शाखा अधिकृत वा सो सरहका ७ जना, नासु वा सो सरहका १७ जना,खरिदार वा सो सरहका ५,सहायक कर्मचारी १,मतियार वा विचौलिया १४ र निर्वाचित जनप्रतिनिधि ८ जना रहेका छन् ।

अघिल्लो वर्ष सम्पत्तिको स्रोत देखाउन नसक्दा अख्तियारले विशेष अदालतमा ५३ कर्मचारीविरुद्ध मुद्दा दर्ज गरेको छ । ती कर्मचारीले आर्जन गरेको र स्रोत देखाउन नसकेको रकमले एउटा परियोजना बन्न सक्छ । उनीहरूले एक अर्ब १० करोड आम्दानीको स्रोत देखाउन सकेका छैनन् ।यसरी राज्य दोहन गर्ने कर्मचारीले मनोपली गर्दै जाने दण्ड जरिवानाको दायरामा ल्याउन सबै नलाग्ने हो भने अन्तर्राष्ट्रिय क्षेत्र सामु देशकै छवि माथि गम्भीर प्रश्न उठने अवस्था आएको छ।यस कामका निम्ति अख्तियार मात्रै लागेर हुदैन सरोकारवाला सबै पक्षले आफ्नो मुल दायित्व सम्झेर लाग्न सकेमात्र हामी सबैले खोजेको सुशासन सम्भब देखिन्छ।

यस्तै गत आर्थिक बर्षमा मात्र १९ जना कर्मचारीले २३ करोडको सम्पत्तिको स्रोत देखाउन नसकेको भन्दै उनीहरुविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरिएको छ

आर्थिक र सामाजिक विकासमा ज्यापु समुदायको योगदान अनुकरणीय रहेको ‘प्रधानमन्त्री देउवा’

काठमाडौं । प्रधानमन्त्री शेरबहादर देउवाले नेपालको आर्थिक र सामाजिक विकासमा ज्यापु समुदायको योगदान अनुकरणीय रहेको बताएका हुन्। १९ औं राष्ट्रिय जापु दिवसका अवसरमा काठमाडौंको वषन्तपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले कृषि र कला क्षेत्रमा ज्यापु समुदायको महत्वपूर्ण योगदान रहेको बताए।

ज्यापु समुदायको संस्कृति र सभ्यताको संरक्षण गर्न सरकारले अक्षय कोष स्थापना गरेको भन्दै कांग्रेस सभापति समेत रहेका देउवाले यसले केही राहत पुग्ने विश्वास व्यक्त गरेका हुन्।

नेपालका विभिन्न समुदायमध्ये ज्यापु समुदाय आफ्नै मौलिक र विशिष्ट परम्परा, भाषा, संस्कृति र पहिचान बोकेका समुदायका रूपमा रहेको उनको भनाइ छ । आगामी दिनमा ज्यापु समुदायको संस्कृति र सभ्यताको संरक्षण तथा प्रवर्द्धनका लागि आवश्यक सहयोग गर्न सरकार सकारात्मक रहेको प्रधानमन्त्री देउवाले बताए।

उनले नेपाल भौगोलिक रुपमा सानो भएता पनि प्राकृति र सांस्कृति सम्पदाले धनी मुलुक रहेको र संस्कृति र सभ्यतालाई जीवन्त राख्नु साझा दायित्व रहेको बताए।

देउवाले चाडपर्वले सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गास्ने बताए ।

बस र ट्रक एक–आपसमा ठोक्किदा १७ जना घाइते

नवलपरासी । नवलपुरमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोलानजिक आज बिहान ५ बजे बस र ट्रक एक–आपसमा ठोक्किएका थिए ।

बाग्लुङबाट भैरहवाका लागि छुटेको लु।१ख ४६७० नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु।२ख ८९३ नम्बरको ट्रक एक–आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले जानकारी दिए ।

घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ । घाइतेको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको छ । बसमा ३० जना सवार रहेकोमा अन्य यात्रु भने सकुशल रहेको पाठकले बताए ।

बस र ट्रक ठोक्किएपछि अहिले उक्त स्थानमा एकतर्फी रूपमा मात्रै यातायात सञ्चालन भएको छ । दुर्घटनामा परेका सवारी हटाएपछि मात्र दुईतर्फी रूपमा सवारी सञ्चालनमा आउने प्रहरीले जनाएको छ ।

अटो व्यवसायीहरू धर्नामा

काठमाडौं । अटो व्यवसायीले बिहीबार माइतीघर मण्डलामा विभिन्न माग राख्दै धर्ना दिएका छन्। सवारीसाधनको आयात खुले पनि राष्ट्र बैंकको नीतिका कारण बिक्री गर्ने वातावरण नभएको भन्दै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजानमा अटो व्यवसायीले धर्ना दिएका हुन्।

उनीहरूले सरकारसँग व्यवसायीमैत्री नीति ल्याउन माग गरेका छन्। अटो व्यवसायीले अगाडि सारेका माग सरकार र राष्ट्र बैंकले पूरा नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्। धर्ना कार्यक्रममा बोल्दै नाडाका अध्यक्ष ध्रुव थापाले सवारी आयात खुला भए पनि एलसी खोली गाडी आयात गर्न ५० प्रतिशत नगद मार्जिन कायम रहेकाले मार्जिन हटाउनुपर्ने बताए। उनले गाडी आयात खुला गरे पनि ५० प्रतिशत मार्जिन, ५० प्रतिशत मात्रै फाइनान्सिङ गर्न पाइने व्यवस्थाले अटो व्यवसायी मारमा परेको बताए।

उनले सरकार र राष्ट्र बैंकले ५० प्रतिशत नगद मार्जिनलाई पुरानै अवस्थामा ल्याउनुपर्ने, ५० प्रतिशत मात्रै फाइनान्सिङ गर्न पाउने व्यवस्थालाई ८० प्रतिशत बनाउनुपर्ने माग रहेको उल्लेख गरे। सरकारले गाडीको आयात खुलाए पनि अहिलेकै बैंक ब्याजदरमा कसैले गाडी खरिद नगर्ने उनको भनाइ छ।

अध्यक्ष थापाले शान्तिपूर्ण धर्ना तथा दबाबमूलक कार्यक्रम गर्दा सरकारले अटो व्यवसायीका मागलाई सम्बोधन नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्। बजारमा तरलता अभाव, ब्याजदर वृद्धिजस्ता समस्या भएको अवस्थामा सहुलियत दिनुपर्ने ठाउँमा सरकारले व्यवसाय गर्ने वातावरण नदिएको उनको आरोप छ।

कैदीबन्दी भगाएको आरोपमा प्रहरीविरुद्ध मुद्दा दायर

काठमाडौँ । नेपाल क्षयरोग उपचार केन्द्रमा उपचारार्थ रहेका २ जना कैदीबन्दी भगाएको आरोपमा एक जना प्रहरीविरुद्ध मुद्दा दायर गरेको छ। असोज १५ गते विराटनगर-७ स्थित नेपाल क्षयरोग उपचार केन्द्रमा उपचारार्थ रहेका २ जना कैदीबन्दी भगाएको आरोपमा एक जना प्रहरीविरुद्ध मुद्दा दायर गरेको हो।

झापा कारागारबाट उपचारका लागि मोरङ कारागारमा स्थान्तरण गरिएका कैदी झापा गाउँपालिका-५ शरणामतिका २८ वर्षीय राजकुमार हेमरन र बन्दी झापा गाउँपालिका-३ का २८ वर्षीय मञ्जिल गुरुङ फरार भएका थिए। दुवै जना कैदीबन्दी क्षयरोगी भएपछि उपचारका लागि मोरङ कारागारमार्फत क्षयरोग उपचार केन्द्रमा भर्ना भएका थिए। उपचारकै क्रममा दुवै जनालाई भगाएको आरोपमा प्रहरी जवान कृष्णमणि मेहताविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

सुनसरी देवानगञ्ज घर भएका कृष्णमणि मेहतासहित फरार दुवै जना कैदीबन्दीलाई प्रतिवादी बनाएर मोरङ कारागारले ‘कैदीबन्दी भागे-भगाए’को शीर्षकमा मुद्दा दायर गरेको हो। जबरजस्ती करणी मुद्दामा अदालतले दोषी ठहर गर्दै १६ वर्ष कैद सजाए सुनाएका कैदी हेमरनलाई फरार भएको डेढ महिनापछि गत मंसिर १ गते पक्राउ गरेको छ भने लागुऔषध मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका बन्दी गुरुङ अझैसम्म फरार छन्।

कैदीबन्दीको सुरक्षामा प्रहरी सहायक हवल्दार अरुणकुमार चौधरी र जवान मेहतालाई खटिएका थिए। प्रदेश १ प्रहरी कार्यालय विराटनगरका एसएसपी जयराज सापकोटाको नेतृत्वमा छानबिन समिति बनेको थियो। छानबिन समितिले दुवै जना प्रहरीलाई निलम्बन गरी गरेको छानबिनमा प्रहरीकै कमजोरीले कैदीबन्दी भागेको प्रतिवेदन तयार पर्‍यो। त्यस प्रतिवेदनका आधारमा दुवै जनाविरुद्ध कारागार ऐनअन्तर्गत कारबाही अघि बढाउन सिफारिस गर्‍यो। कारागारमा कार्यरत प्रहरी नायब निरीक्षक ९सई०लगायतका प्रहरीविरुद्ध विभागीय कारबाहीका लागि गरेको छ।

कैदीबन्दी फरार भएको घटनाको छानबिन गर्न कारागार प्रशासनले मोरङ कारागारका निमित्त जेलर तुलसीराम भगतको नेतृत्वमा छानबिन समिति बनाएको थियो। छानबिन समितिले कैदीबन्दी भगाउन सहायक हवल्दार चौधरीको संलग्नता नदेखिएको जनाएको छ।

यस्तो छ तपाईको राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
तपाईलाई मानसम्मान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ, आफूभन्दा उच्च व्यक्तिबाट सम्मान प्राप्त हुने छ । आजको दिन तपाईको मनमा खुसी छाउने छ । आजको दिनमा परिवारका सदस्यलाई कुनै नयाँ अध्ययन सामग्री खरिद गरेर दिनुहोला ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
तपाईलाई आज आकस्मिक धनलाभ हुनेछ । व्यापारबाट सोचभन्दा बढी आर्थिकलाभ प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ । बंगलामुखी दर्शनले दाम्पत्य जीवनमा खुसियाली छाउने छ । चन्द्रमाको साथ रहेको छ । सूर्योदय दर्शन गर्नुहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
धनलाभ र नयाँ नयाँ खबरले तपाईको मनमा खुसियाली छाउने छ । घर परिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
कर्कट राशिका जातकका लागि तपाईले सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । अध्ययन अध्यापनमा मन लगाउनु होला । तपाईको सोच अनुसारका काम नहुँदा नकारात्मक धारणा आउनसक्छ । त्यसैले आजको दिन मौन रहनु, नियमित काम बाहेक अन्य काममा त्यति धेरै ध्यान नदिनुहोला ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
सिंह राशिका जातकले बिहान सूर्योदयको दर्शन गर्नुहोला । तपाईलाई अनावश्यक विवाद हुनसक्छ । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला । अध्ययनमा रुचि छ भने नयाँ पुस्तक अध्ययनको थालनी तपाईको लागि शुभ हुनसक्छ । आजको दिन मौन रहन उत्तम हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
तपाईको लागि आज यात्रा गर्नुपर्ने हुनसक्छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ । स्त्रीजातिको साथ र सहयोग लिएर कुनै काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
मानसिक असन्तोष र सोच अनुसारको काम नहुँदा मनमा चिन्ता थप हुनसक्छ । मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापारमा हुनुहुन्छ भने आजको दिन तपाईलाई फाइदा हुन्छ । धैर्यको आवश्यकता हुन्छ । आजको दिन गणेशको मन्दिरको दर्शन गरेर काम शुरु गर्दा शुभ हुन्छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । तपाईले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । तपाईको कामबाट सफलता प्राप्त हुनेछ । तपाईमाथि अनावश्यक आरोप लाग्नसक्छ त्यसैले आफ्नो नियमित काम गर्दा होसियारी, धैर्य आवश्यक छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन व्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । आजको दिन मित्रमण्डलीबाट असहयोग हुनसक्नेछ । साथ सहयोग कसैको नहुँदा पनि तपाईको मनमा उर्जाका लागि देवालय र शिवालयको दर्शन गर्नु जानुहोला । कसैसँग विवाद नगर्नुहोला ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
आजको दिन तपाईले सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ ।  धेरै खुसी र दुःखी नभइकन आफ्नो काम गरिरहनु होला । मनमा निकै हर्ष छाइरहने छ  विहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ । आजको दिन परिवारको सदस्यहरुबीच सम्बन्ध प्रकाढ हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
मनमा अति प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजय प्राप्ति हुनेछ । विहान सूर्योदयको दर्शन गर्नुहोला ।सामाजिक काममा मन जानेछ । तपाईले गरेको कार्यको परिवारका सदस्य समेत खुसी हुनेछन् । आजको दिन कुनै नयाँ काम गर्न सक्नुहुनेछ । नयाँ कार्यको थालनी गर्न सक्नुहुनेछ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
बिहीबारका दिन मीन राशिमा जातकले सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम हुनेछ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने मीन राशि भएका व्यक्तिले आजको दिन कुनै नयाँ पुस्तक खरिद र लेखनका काम गर्नसक्नुहुन्छ । विद्यार्थी बर्गको लागि विहीबारको दिन कुनै काम शुरु गर्दा सफलता प्राप्त हुनेछ ।

आयोगबाट समानुपातिकतर्फको परिणाम सार्वजनिक कसले कति सिट पाए (सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा र सात वटै प्रदेशसभाको समानुपातिकतर्फको परिणामसूची सार्वजनिक गरेका छन्।

आयोगले बुधबार समानुपातिकतर्फको सम्पूर्ण नतिजा सार्वजनिक गरेका छन् । आयोगले सार्वजनिक गरेको सूचीअनुसार प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा एमाले समानुपातिकतर्फको पहिलो दल बनेको छ।

सुदूरपश्चिममा एमाले र काँग्रेसको बराबरी मत आएको छ भने मधेस प्रदेशमा नेपाली काँग्रेस समानुपातिकतर्फ पहिलो दल बनेको छ।

धर्नामा बसेका कानुन व्यवसायीमाथि जुत्ता प्रहार

सर्वोच्च अदालतपरिसरमा अधिवक्तामाथि जुत्ता प्रहार भएको छ। सर्वोच्च फर्कन लागेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई रोक्न धर्ना बसेका अधिवक्ताहरूमाथि एक महिलाले जुत्ता प्रहार गरेकी हुन्।

जुत्ता प्रहार गर्ने तारा बराललाई प्रहरीले नियन्त्रणमा लिएको छ। जबराको पक्षमा नारा लगाउँदै उनले अधिवक्ताहरूमाथि जुत्ता प्रहार गरेकी हुन्

नेप्सेमा आज दोहोरो अंकको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चाैथाे दिन बुधबार दोहोरो अंकले घटेका छन् । आज नेप्से १६. ६१ अंकले घटेर एक हजार ९ सय १७ दशमलब २८ विन्दुमा बन्द भएका छन् ।

शेयर बजार घटेपनि कारोबार रकममा भने वृद्धि भएको छ । आज नेप्सेमा एक अर्ब ६५ करोड ४६ लाख रुपैयाँ बराबरको करोबार भएको छ । मंगलबार नेप्सेमा ९६ करोड ५२ लाख रुपैयाँ बराबरको करोबार भएको थियो । 

कारोबारमा आएका कम्पनीहरुमध्ये ३७ वटा कम्पनीको शेयरमुल्य बढेको छ भने १५९ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । खप्तड लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६.९ प्रतिशतले बढेर प्रतिकित्ता ४४०.५० रुपैयाँ पुगेको छ

नेप्सेका अनुसार आज नाडेप लघुवित्त वित्तीय संस्था र ग्लोबल आइएमई बैंकको शेयरमूल्यमा गिरावट भएको छ । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सानिमा बैंक लिमिटेड प्रोमोटर शेयरको भएको छ । यसको आज ६७ करोड २ लाख भन्दा बढीको कारोबार भएको छ ।

कर्मचारी संचयकोषमा जितेन्द्र धिताल नियुक्त

काठमाडौँ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यवाहक प्रशासक जितेन्द्र धिताललाई प्रशासकमा नियुक्त गर्ने निर्णय गरेको छ । यससँगै कर्मचारी संचयकोषको रिक्त नेतृत्वमा पदपूर्ति भएको छ ।

गत वर्ष कोषको प्रमुख प्रशासकबाट तुलसी गौतमलाई हटाएपछि सहप्रशासक रहेका धितालले निमित्तको जिम्मेवारी सम्हाल्दै आएका थिए । उनको कार्यकालमा केही सुधारका प्रयासहरू भएका छन् ।

कर्मचारी सञ्चय कोष ऐन, २०१९ अन्तर्गत स्थापना भएको कर्मचारी सञ्चय कोष नेपाल सरकारको तर्फबाट सरकारी, सार्वजनिक तथा निजी क्षेत्रका कर्मचारीहरूका लागि कोष व्यवस्थापन गर्दै आएको छ ।

आयकर ऐन, २०५८ अनुसार कोष एक अनुमोदित सेवा निवृत्ति कोष हो जसले सदस्यलाई उसको सञ्चय कोष र पेन्सन कोष खातामा योगदानमा वार्षिक आय कटौती लाभ र सेवा निवृत्ति पछि सञ्चय कोषको भुक्तानीको समयमा विशेष कर लाभ विशेषाधिकार अनुमति दिन्छ ।

कोषले सञ्चयकर्ताहरूलाई केही सामाजिक सुरक्षा लाभहरू पनि प्रदान गर्दछ, जस्तै सञ्चयकर्ता स्वास्थ्योपचार योजना, दुर्घटना क्षतिपूर्ति, सुत्केरी तथा शिशु स्याहार सुविधा, काजक्रिया अनुदान आदि ।

विष्णु पौडेलको जितविरूद्ध सर्वोच्चमा मुद्दा

काठमाडौँ । निर्वाचनमा धाँधली गरी नेकपा एमाले उम्मेदवार विष्णु पौडेललाई जिताइएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गणेश पौडेलले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।

पौडेलले आफूलाई मतगणनास्थलमा जान समेत नदिई निर्वाचन अधिकृतले एकतर्फी रुपमा आफ्ना प्रतिस्पर्धीलाई निर्वाचित गराएको आरोप लगाएका छन् ।

रुपन्देही क्षेत्र नं. २ बाट एमाले उम्मेदवार विष्णु पौडेल २७ हजार १४८ मत सहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्धोन्द्धी रास्वपाका गणेश पौडेलले २५ हजार ७८२ मत ल्याएका थिए ।

उनले रिट निवेदनमा नवनिर्वाचित विष्णु पौडेल, निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देही, निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं. २ र जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई समेत विपक्षी बनाएका छन् ।

मंगलबार दर्ता भएको निवेदनको पेशी तोकिएको छैन । चुनावसम्बन्धी विवाद सर्वोच्च अदालतको संवैधानिक इजलासले निरुपण गर्ने व्यवस्था छ ।

आजदेखि दुई हाइड्रोपावर कम्पनीकाे आईपीओ विक्रीमा

काठमाडौं । सुपरमाई हाइड्रोपावर र बाराही हाइड्रोपावर कम्पनीले आज देखी आईपीओ खुल्ला गरेका छन् । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ निष्कासन गरेको छ ।

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले मंसिर २१ गते (आज) देखि सर्वसाधारणमा आईपीओ जारी गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा आईपीओ बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो ।

पहिलो चरणमा आयोजा प्रभावित स्थानीयमा वितरण हुन नसकेको १ लाख ४ हजार कित्ता शेयर शेयर समेत जोडेर कम्पनीले सर्वसाधारणमा कुल कुल ५ लाख ५४ हजार कित्ता शेयर कम्पनीले सर्वसाधारणमा वितरण गर्न लागेको हो ।

सर्वसाधारणमा वितरण गरिने कुल कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात २७ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोषहरुको लागि बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात ११ हजार ८० कित्ता शेयर कर्मचारीका लागि छुट्याईएको छ । यी बाहेक बाँकी ५ लाख १५ हजार २२० कित्ता शेयर भने कम्पनीले सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा आएको हो ।

यो शेयर छिटोमा मंसिर २६ गतेसम्म विक्रीमा रहनेछ भने छिटो अवधिसम्म माग बमोजिम आवेदन नपरेमो ढिलो अवधि पुस ६ गतेसम्म विक्री लम्बिनेछ । तर, पछिल्लो समय सर्वसाधारण्मा आईपीओ जारी हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएको तथ्याङ्कलाई हेर्दा कम्पनीको आईपीओ छिटो अवधिसम्म मात्र विक्रीमा रहने निश्चित छ ।

लगानीकर्ताले यो शेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ते इक्रा एनपी इस्यूअर रेटिङ्ग बि माइनस रेटिङ्ग प्रदान गरेको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथैै सिडिएससीको मेरो शेयर वेबसाइट वा एपमार्फत पनि आवेदन दिन सक्ने व्यवस्था छ ।

यस कम्पनीले बाग्लुङ जिल्लामा १ दशमलव ५ मेगावाट क्षमताको ठेउले खोला जलविद्युत आयोजना निर्माण गरेको छ । उक्त आयोजनाबाट कम्पनीले २०७४ साल असार २४ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । आर्थिक वर्ष ०७७र७८ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी रू ५ करोड ८९ लाखभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ ।

सो अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी रू १ दशमलव ९३ र प्रतिशेयर नेटवर्थ रू ६४ दशमलव ९७ छ । गत असार मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार भने कम्पनी रू ४ करोड ७७ लाखभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ । अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी रू ६ दशमलव १९ र प्रतिशेयर नेटवर्थ रू ७३ दशमलव ४५ छ ।

त्यस्तै, सुपरमाई हाइड्रोपावर लिमिटेडले कम्पनीले आफ्नो जारी रू ५० करोड को १० प्रतिशतले हुन आउने रू ५ करोड बराबरको ५ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो भने ५० हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो ।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिने शेयरमध्ये ४० प्रतिशत अर्थात २ लाख कित्ता शेयर आयोजना अति प्रभावित क्षेत्रका बासिन्दाहरुमा र बाँकी ६० प्रतिशत अर्थात ३ लाख कित्ता सो क्षेत्र बाहेकका इलाम जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरुमा बाँडफाँट गरिने कम्पनीको भनाई छ ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ । आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीले छिटोमा पुस ६ गतेसम्म आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरिएको शेयरमा छिटो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा ढिलोमा पुस २१ गतेसम्म विक्री अवधि लम्बिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले गुडविल फाइनान्स, माछापुच्छ्रे बैंक, सानिमा बैंकका तोकिएका शाखा कार्यालय र सुपरमाई हाइड्रोपावर लिमिटेडको कार्यालयबाट आवेदन दिन सक्नेछन्

। वैदेशिक रोजगारमा गएका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

यस कम्पनीले ७ दशमलव ८ मेगाबाट क्षमताको सुपरमाई जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी २०७५ साल कात्तिक ११ गतेदेखि विद्युत उत्पादन गर्दै आएको छ । यस आयोजनाको कुल लागत र्निाण अवधिको ब्याज सहित रू १ अर्ब ४८ करोड ८६ लाख १६ हजार रहेको छ । आयोजनाको प्रति मेगावाट लागत भने रू १९ करोड ८ लाख ४८ हजार रहेको छ ।

आजको राशिफल कस्तो छ ?

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

तपाईले गर्नुभएको सत्कार्यबाट मानसम्मान मिल्नेछ । मेष राशिका जातकले आजको दिन गरेको काममा सफलता प्राप्त हुनेछ । आजको दिन देवालयमा पुगेर गरिब र भोका व्यक्तिलाई केही खानेकुरा दिनुभयो भने मनमा प्रसन्नता छाउने छ । मन प्रवल हुनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

दिन त्यति अनुकुल छैन । मनमा चिन्ता, असन्तुष्टी रहन सक्छ । लामो यात्राका लागि अवसर आउने छ । धार्मिक क्षेत्रको यात्रा गर्ने अवसर छ भने अघि बढ्नु वेश हुनेछ । यात्रामा निस्कनु भन्दा पहिले नजिकै रहेको कुनै पनि देवीदेवताको दर्शन गरेर मात्र यात्राको सुरुवात गर्नुभयो भने यात्रा फलदायी हुनेछ । चन्द्रमाको साथ रहेको छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथुन राशिका जातकका लागि आजको दिन आफन्तजनबाट सहयोग मिल्नेछ ।  मित्र र आफन्तलाई दिनुभएको सहयोग राशि फिर्ता हुनसक्छ । परिवारका सदस्यबाट कामको प्रशंसा हुनेछ । आजको दिन बिहान सूर्योदयको दर्शनपछि यात्रा गर्नुपर्नेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

धन लाभको योग बनेको छ । नयाँ वस्त्र खरिद गरेर परिवारका सदस्यलाई दिनुभएमा खुसी छाउने छ । नयाँ कार्ययोजना बनाउनुहोस सफलता मिल्नेछ । दाम्पत्य जीवनमा सुख र सहयोग प्राप्त हुनेछ । सामाजिक मानसम्मान समेत मिल्नेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

तपाईको मनमा प्रसन्नता छाउने छ । आजको दिन मौन रहनु नै वेश हुनेछ । एकाग्रताको आवश्यकता भएको हुनाले आफूले गरेको काममा दत्तचित्त भएर लाग्नु नै वेश हुनेछ । आजको दिन परिवारका सदस्यसँग वादविवाद नगर्नु नै वेश हुनेछ । सकारात्मक सोच राखेर काम गर्नुहोला।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

ब्यापार व्यवसायबाट लाभ हुनसक्छ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ भने रचनात्मक र कलाकारितामा मन जानेछ । तपाईलाई सन्तानबाट प्राप्त हुने सुखले मनमा खुसीयाली छाउने छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गरिहनु भएको सफलता मिल्नेछ । दाम्पत्य जीवनमा सुख र समृद्धि हुनेछ । आजको दिन सूर्योदयको दर्शन गर्नुहोला ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

आजको दिन सकेसम्म विवाद हुने काम नगर्नुहोला । विवाद गर्दा अनेक आरोप आउनसक्छ भने हानी पनि हुनसक्ने सम्भावना रहन्छ । व्यापार व्यवसायबाट केही फाइदा हुने काम हुनेछ । मनमा चिन्ता र भय हुनसक्छ, आत्मबल बलियो बनाउनु पर्नेछ । देवालय र शिवालय यात्रा गर्नुहोला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

व्यापार व्यवसायबाट फाइदा हुनेछ ।  छोटो यात्राले मनमा खुसी छाउने छ । शत्रुले समेत कार्यप्रशसा गर्ने छन् । समयले साथ दिएको छ, आजको दिन घर र व्यापारको नयाँ काम गर्दा पनि उत्तम हुनेछ । सकारात्मक सोच राख्नै अशक्तलाई भोजन र वस्त्र दान गर्नु निकै राम्रो हुनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) 

तपाईलाई साथ सहयोग दिने कुनै मित्र र आफन्तलाई आजको दिन भेट गर्दा सकारात्मक उर्जा भरिने छ । मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनुभयो भने तपाईलाई प्राप्त हुने आशीर्वादले उर्जा थपिने छ । आजको नयाँ वस्त्र खरिद गरेर परिवारका सदस्यलाई उपहार खरिद गर्दा खुसियाली छाउने छ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

आजको दिन आफ्नो आम्दानीको १० प्रतिशत भए पनि भोका, गरिबलाई केही खानेकुरा दान गर्नु उत्तम मानिछ । कन्यालाई केही नयाँ उपहार दिनुभयो भने मनमा प्रसन्नता छाउने छ । देवालय र शिवालयमा पुगेर दर्शन मात्र गर्नाले मनमा हर्ष छाउने छ । गौमाता र भोका जनावरलाई केही खाना दिनु भयो भने तपाईलाई फाइदा पुग्नेछ । चन्द्रमाको साथ रहेको छ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

स्वास्थ्यमा ध्यान दिनुपर्नेछ । यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गरेर मात्र यात्रा गरे बेश हुनेछ । आजको दिन अनावश्यक खर्च, समयको दुरुपयोग हुँदा मनमा आफूले गरेको गल्तीको महसुस हुनसक्छ । कुम्भ राशिका जातको लागि आजको दिन अनुकुल देखिदैन । आर्थिक हानी हुनसक्नेछ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

सन्तान र परिवारबाट सुख प्राप्त हुनेछ । आफन्त र मित्रमण्डलीको साथ सहयोग प्राप्त हुने भएकाले मनमा उत्साह थपिने छ । अध्ययन अध्यापनको क्षेत्रमा पनि आजको दिन सफलता मिल्नेछ । परिवारका जेष्ठ सदस्यलाई केही उपहार दिनु भयो भने आशीर्वाद प्राप्त हुनेछ । घर व्यवहारका लागि चाहिने सामान खरिद गर्न सक्नुहुनेछ ।