काठमाडौं। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपति कार्यालयले सोमबार दिउँसो ४ बजे शपथको कार्यक्रम राखेको जानकारी दिए ।
Month: February 2022
नेकपा माओवादी पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउनका लागि निवेदन दर्ता
काठमाडौँ । नेकपा माओवादी केन्द्रलाई प्रधानमन्त्री बनाउनका लागि निवेदन दर्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा पुगेर ७ दलको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा निवेदन दर्ता भएको हो । निवेदनमा जसपाको समर्थन रहने भनिए पनि हस्ताक्षर भने रहेको छैन ।
‘उपरोक्त सम्बन्धमा सम्माननीय राष्ट्रपतिज्यूबाट २०७९ पुस ३ गते नेपालको संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन गर्नका लागि दाबी पेस गर्न आह्वान भएकोमा सोही समय सीमाभित्रै प्रतिनिधिसभा सदस्य तथा नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता श्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री पदमा हाम्रो समर्थन रहेको ब्यहोरा अनुरोध गर्दछौ । हामी हस्ताक्षरकर्ता दलहरूले प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य सङ्ख्या कुल प्रतिनिधि सभा सदस्य सङ्ख्याको बहुमत रहेको हुँदा उहाँलाई संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गरिदिनुहुन अनुरोध छ’, निवेदनमा भनिएको छ ।
निवेदनमा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठको हस्ताक्षर रहेको छ । संसदमा एमालेको ७८, माओवादीको ३२, रास्वपाको २०, राप्रपाको १४, जनमतको ६, नागरिक उन्मुक्ति पार्टीको ४ र जसपाको १२ सांसद रहेका छन् ।
त्यस्तै प्रभु शाह, अमरेश कुमार सिंह र किरणकुमार साह शीतलनिवासमा पुगेर प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन जनाएका छन् ।
अमेरिकामा हिमबर्षा : करौडौं मानिस प्रभावित
एजेन्सी अत्यधिक चिसो मौसमका कारण संयुक्त राज्य अमेरिका र क्यानडामा करोडौं मानिसहरू चिसोजन्य स्वास्थ्य जोखिमको सामना गरिरहेका अमेरिकी मौसमविद्हरूले जनाएका छन्।
लाखौं अमेरिकीहरू क्रिसमसको पूर्वसन्ध्यामा यात्रा गरिरहेका बेला शनिबार अमेरिका भित्रिने र बाहिरिने दुई हजार ३६० भन्दा बढी उडान रद्द गरिएको ट्र्याकिङ साइट फ्लाइटअवेयरले जनाएको छ।
अमेरिकाका १२ वटा राज्यमा हिमपातबाट सिर्जित समस्याहरूसँग जुध्न सङ्कटकालीन कदमहरू चालिएको छ। चिसोका कारण कम्तीमा १८ व्यक्तिले ज्यान गुमाएका छन्।
अमेरिकाको बफेलोमा तीन, ओहायोमा पाँच, मिसौरीमा एक चालकसहित चार, भर्मोन्टमा एकसहित अमेरिकाभरी १८ जनाको मृत्यु भएको सम्बन्धित राज्यको स्थानीय प्रशासनले पुष्टि गरेको छ।
मोन्टाना राज्यमा अहिलेसम्मकै कीर्तिमानी माइनस ४५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ भने करिब १५ लाख घर र व्यापारिक भवनहरूमा बिजुली आपूर्ति प्रभावित भएको छ भने हजारौँ उडानहरू रद्द भएका छन्।
चिसो आगामी हप्तासम्म कायम राख्ने पूवानुमान मौसमविद्हरूले गरेका छन्। खराब मौसमले मानिसहरूको व्यवस्थित क्रिसमस योजनालाई बिथोलेको छ।
अमेरिकी राष्ट्रिय मौसम सेवा एनडब्लूएसले गत शुक्रबार गरेको मौसमसम्बन्धी पूर्वानुमानअनुसार यो वर्ष अमेरिकामा लामो समयसम्म अत्यधिक चिसो रहने बताएको छ।
बुस्टर डोज लगाउन आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसका सङ्क्रमण बढिरहेकाले सबैलाई अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले सङ्क्रमण छिमेकी देश भारत र चीनमा बढिरहेकाले सबैलाई बुस्टर डोज लगाउन आग्रह गरेका छन् ।
नेपालमा हालसम्म नयाँ प्रजातिको बिएफ–७ नामक भाइरस देखिएको छैन । छिमेकी मुलुकमा देखिएको बिएफ–७ नामक प्रजातिको नयाँ भेरियन्ट खुला सिमानाको कारणले नेपालमा भित्रिन सक्ने सम्भावना भएकाले सजगता अपनाउनसमेत मन्त्रालयले आग्रह गरेका छन् ।
मन्त्रालयले पहिलो र दोस्रो मात्रा खोप लगाएका व्यक्तिले अनिवार्य रूपमा बुस्टर डोज लगाउन भनेको छ । सरकारले बुस्टर डोजका लागि भने खोप ल्याउने तयारी गरेको छ ।
बालुवाटारमा कुरा नमिलेपछि प्रचण्ड बालकोटतर्फ
माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले भने, ‘कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछाड्ने अडान लिएर गठबन्धन चाहिंदैन भनेजस्तो गरेपछि कुरा मिलेन ।’
बहुमतसहित सरकारको नेतृत्वमा दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सात दिनको समयसीमा आज साँझ ५ बजे सकिने भएकाले त्यसअघि नै शक्ति बाँडफाँटमा सहमति खोज्न नेताहरु प्रयासरत छन् । सहमति खोज्ने प्रयासमा शीर्ष नेताहरुबीच अलग–अलग र संयुक्त बैठक हुँदै आएको छ ।
नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री पद छाड्न नसकिने अडान लिएपछि नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग संवाद थालेको छ । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङलगायतका नेताले एमाले नेताहरुसँग संवाद सुरु गरेका छन् । एक पदाधिकारी भन्छन्, ‘राष्ट्रपति र प्रधानमन्त्री दुबै नछाड्ने कांग्रेसको अडानपछि गठबन्धन संकटमा देखिएको छ, त्यसैले एमालेसँग पनि संवाद सुरु गरेका हौं ।’
सरकारमा जाने, नजाने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक
काठमाडाै । संसदीय दलको विधान मस्यौदा र नयाँ सरकार गठन र समसामयिक राजनीतिक घटनाक्रमबारे धारणा बनाउन संसदीय दलको बैठक आज दिउँसो १ बजे बसुन्धारामा बस्न लागेको हो।
बैठकमा संसदीय दलको विधान तथा सरकारमा जाने वा नजानेजस्ता विषयमा छलफल हुने प्रवक्ता मुकुल ढकालले बताए। बैठक पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।
रास्वपाका अध्यक्ष रवि लामिछाने सरकारमा सहभागी हुने पक्षमा छन्। यसबारे औपचारिक निर्णयका लागि दलको बैठक बस्न लागेको हो।
सत्ता गठबन्धनको स्पस्ट बहुमत नभएको अवस्थामा रास्वपालाई समेत सहभागी गराउँदा सरकार र संसदको स्थायित्वमा सहयोग पुग्ने मत नेपाली कांग्रेसभित्र पनि छ।
ट्राफिक नियम पालनामा कडाइ गर्न भन्दै उपत्यकामा ट्राफिक प्रहरीले जरिवाना बढाए
ट्राफिक नियम उल्लंघनसम्बन्धी विभिन्न १६ कसुरमा १५ सय रुपैयाँसम्म जरिवाना लिन थालेको छ । ३ पुसदेखि ट्राफिक प्रहरीले जरिवाना बढाएको हो ।
सवारी चलाउँदा कागजपत्र साथमा नबोके (सवारीचालक अनुमतिपत्र ,लाइसेन्स तथा सवारी दर्ता किताब) लगायतका कसुरमा १५ सय तिराउन थालिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्टले बताए । ट्राफिक नियम पालना बढ्ने र यसबाट दुर्घटना घट्ने अपेक्षाले अधिकतम जरिवाना लिन थालिएको उनको भनाइ छ ।
त्यस्तै, रेड लाइटमा सवारी नरोक्दा, निषेधित ठाउँमा पार्किङ गर्दा, गलत ठाउँबाट सवारी मोडेमा, सडकको गलत साइडबाट चलाएमा, एकतर्फी सडकमा चलाएमा, अवस्था ठीक नभएको सवारी चलाउँदा अधिकतम जरिवाना १५ सय लिन थालिएको प्रहरी बताउँछ । रातिको समयमा बत्ती नबाली सवारी चलाउँदा, सवारी चलाउन निषेध गरिएको ठाउँ वा समयमा चलाएमा, नम्बर प्लेट नराखी चलाएमा, गाडी चालकले बेल्ट तथा मोटरसाइकल चालकले हेल्मेट नलगाई चलाएमा, सार्वजनिक सवारीका चालकले यात्रु लिन इन्कार गरेमा र लापरबाहीका साथ सवारी चलाउँदा पनि अधिकतम जरिवाना हुन थालेको छ ।
सवारीको वजनको हद निर्धारण गरिएको सडकमा बढी वजनको सवारी चलाएमा, ट्राफिक संकेत वा इसारा उल्लंघन गरी सवारी चलाउँदा र निषेधित क्षेत्रमा हर्न बजाउँदा पनि १५ सय जरिवाना हुने एसएसपी भट्टले बताए । यसअघि यस्ता कसुरमा ट्राफिकले हजार रुपैयाँ जरिवाना गर्दै आएको थियो । सवारी तथा यातायात व्यवस्था ऐनमा ट्राफिक प्रहरीले पाँच सयदेखि एक हजार पाँच सयसम्म जरिवाना गर्न सक्ने प्रावधान छ । जसमा ट्राफिकले अधिकतम जरिवाना गराउने निर्णय गरेको छ ।
लामो समयदेखि नेपालमा ट्राफिक जरिवाना नबढेकाले यसलाई बढाएर ट्राफिक नियम पालनामा कडाइ गर्नुपर्ने विज्ञहरूले बताउँदै आएका छन् । एक हजार पाँच सयभन्दा धेरै जरिवाना भने यातायात व्यवस्था विभागमा मात्र हुने गरेको छ ।
‘०७५ मा नै यातायात व्यवस्था विभागबाट अधिकतम जरिवाना गर्न सक्ने अधिकार ट्राफिक प्रहरीलाई प्रत्यायोजन भएको रहेछ,’ एसएसपी भट्टले भने, ‘त्यसलाई अहिले कार्यान्वयन थालिएको हो ।’
जरिवाना बढाइएकोमा यातायात व्यवसायीले भने असन्तुष्टि जनाएका छन् । तर, ट्राफिक प्रहरी अधिकारी भने जरिवाना न्यून हुँदा नियम उल्लंघन बढेको बताउँछन् । अन्य देशको तुलनामा नेपालमा ट्राफिक जरिवाना ज्यादै न्यून भएको उनीहरूको भनाइ छ । ट्राफिक नियम पालनामा कडाइ गराउन प्रहरीले एउटै कसुरमा पाँचपटकसम्म कारबाहीमा परेका चालकको लाइसेन्स निलम्बन गराउनसमेत थालेको छ ।
जरिवाना बढाइएका कसुर
१. रेड लाइटमा सवारी नरोक्दा ।
२. निषेधित ठाउँमा पार्किङ गर्दा ।
३. गलत ठाउँबाट सवारी मोडेमा ।
४. सडकको गलत साइडबाट चलाएमा ।
५. एकतर्फी सडकमा चलाएमा ।
६. अवस्था ठीक नभएको सवारी चलाउँदा ।
७. रातिको समयमा बत्ती नबाली सवारी चलाउँदा ।
८. सवारी चलाउन निषेध गरिएको ठाउँ वा समयमा चलाएमा ।
९. नम्बर प्लेट नराखी चलाएमा ।
१०. गाडीचालकले बेल्ट तथा मोटरसाइकलचालकले हेल्मेट नलगाई चलाएमा ।
११. सार्वजनिक सवारीका चालकले यात्रु लिन इन्कार गरेमा ।
१२. लापरबाहीका साथ सवारी चलाउँदा ।
१३. सवारीको वजनको हद निर्धारण गरिएको सडकमा बढी वजनको सवारी चलाएमा ।
१४. सवारीचालक अनुमतिपत्र (लाइसेन्स), सवारी दर्ता किताब साथमा नराखी चलाएमा ।
१५. ट्राफिक संकेत वा इसारा उल्लंघन गरी सवारी चलाएमा ।
१६. निषेधित क्षेत्रमा हर्न बजाएमा ।
ट्राफिक नियम पालना गर्ने प्रवृत्ति बढाउन खोजेका हौँ
राजेन्द्रप्रसाद भट्ट, एसएसपी, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय
०७५ मा नै यातायात व्यवस्था विभागबाट अधिकतम जरिवाना गर्न सक्ने अधिकार ट्राफिक प्रहरीलाई प्रत्यायोजन भएको रहेछ । त्यसैलाई अहिले कार्यान्वयन थालिएको हो । यसले ट्राफिक नियम पालना गर्ने प्रवृत्ति बढ्ने हाम्रो विश्वास छ ।
प्रधानमन्त्रीको टुङ्गो लगाउन गठबन्धन बैठक सुरु
काठमाडौँ । प्रधानमन्त्रीको पहिलो कार्यकाल टुङ्गो लगाउनका लागि बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ।
सरकारको नेतृत्व पहिले काँग्रेसले गर्ने वा माओवादी केन्द्रले भन्ने निर्णयका लागि पाँच दलीय गठबन्धनका शीर्ष नेतृत्व छलफलमा जुटेका हुन्।
बैठक केही बेर अघि सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले बताए।
राष्ट्रपति विद्यादेवी भण्डारी सरकार निर्माणका लागि दिएको सात दिनको समय आज पाँच बजे समाप्त हुँदैछ।
भेटन आउछु पर्खि………..
भेटन आउछु पर्खि बस है
समय नै यस्तै आयो दुःख नमान है
जिन्दगिले सुख,दुःख सबैको पाठ सिकाउछ
कहिले हसाउछ कहिले रुवाउछ
पर्खिबसेको छु आत्मा देखि मन पराएकि मायालाई
सपना त देखे लागेको छु पुरा गर्नलाई
पर्खि बस मनलाई अन्त कतै नमोड है
समय नै यस्तै आयो दुःख नमान है
बसेको छु तिम्रो मन फर्कन्छ कि आशामा
माया गर्ने मायालु आउछौ कि बाटोमा
केहि त बोल तिमिले बोल्नुपर्छ
समय नै यस्तै आयो दुःख नमान है
जिन्दगिले सुख,दुःख सबैको पाठ सिकाउछ
कहिले हसाउछ कहिले रुवाउछ
नाम:- गोबिन्द राज ओझा
आज सुनको मूल्य, यस्तो छ
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबारका लागि सुनचाँदीको दरभाउ सार्वजनिक गरेको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख पाँच सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख रुपैयाँ तोकिएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १३९० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।
चीनले अबदेखि दैनिक कोभिड १९ तथ्यांक सार्वजनिक नगर्ने
एजेन्सी । विगत तीन वर्षदेखि देशमा कोभिड १९ को तथ्यंक सार्वजनिक गर्दै आएको चीनको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी)ले आइतवारदेखि यस्तो तथ्यांक जारी नगर्ने जनाएको छ ।
‘सन्दर्भ र अनुसन्धानको लागि चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले सान्दर्भिक कोभिड जानकारी प्रकाशित गर्नेछ’, एनएचसीले एक विज्ञप्तिमा भनेको छ ।
परिवर्तनको कारण र सीडीसीले कोभिड जानकारी कति पटक अपडेट गर्नेछ भन्ने बारेमा भने केही उल्लेख गरेको छैन् । चीनमा लगभग ३ करोड ७० लाख मानिस यस हप्ता एकै दिन कोभिड–१९ बाट संक्रमित भएको हुन सक्ने सरकारको शीर्ष स्वास्थ्य निकायले अनुमान गरेको छ ।
डिसेम्बरको पहिलो २० दिनमा करिब २४ करोड ८० लाख मानिस वा जनसंख्याको झण्डै १८ प्रतिशतमा यो भाइरसको संक्रमण भएको हुनसक्ने चीनको राष्ट्रिय स्वास्थ्य आयोगको बैठकको छलफलमा संलग्न व्यक्तिहरूले पुष्टि गरेका थिए ।
वीरगञ्ज महानगरपालिकाका नाममा उच्च अदालतले अन्तरिम आदेश जारी
पर्सा । विद्यालयको स्तर वर्गीकरण तथा शुल्क निर्धारणको निर्णय तत्काल कार्यान्वयन नगर्न वीरगञ्ज महानगरपालिकाका नाममा उच्च अदालत जनकपुरले अन्तरिम आदेश जारी गरेको छ ।
राष्ट्रिय आवासीय तथा निजी विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) पर्साले महानगरपालिकाले जारी गरेको विद्यालय वर्गीकरण तथा शुल्क निर्धारणविरुद्ध रिट दायर गरेको थियो ।
उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश सुदर्शनदेव भट्टको एकल इजलासले रिटमाथि सुनुवाइ गर्दै निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
महानगरले गत मङ्सिर २३ गते वीरगन्जका ५८ वटा निजी विद्यालयको स्तर वर्गीकरण गर्दै शुल्क निर्धारण गरेको थियो । महानगरले छ वटा विद्यालय ‘क’ वर्गमा, २४ वटा ‘ख’ वर्गमा, २७ वटा ‘ग’ वर्गमा र एउटा विद्यालय ‘घ’ वर्गमा परेका थिए ।
यसका लागि महानगरपालिका प्रमुख राजेशमान सिंहको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको थियो । रिट निवेदनका तर्फबाट अधिवक्ता सुधीर कर्णले बहस गरेका थिए ।
नेपाली काँग्रेसले माओवादी केन्द्रलाई फकाउन अन्तिम कसरत
काठमाडौँ । आइतबार बिहान काँग्रेस नेता विमलेन्द्र निधि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई फकाउन खुमलटार पुगेका छन्।
राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार बहुमत पुर्याएर प्रधानमन्त्री दाबी गर्न आज ५ बजेसम्मको समय तोकेकी छन्। तर गठबन्धनको शनिबार बसेको बैठकमा काँग्रेस र माओवादी केन्द्रले सरकारको नेतृत्व पहिले आफूले गर्न पाउनुपर्ने दाबी दोहोर्याएकाले सहमति हुन सकेको छैन।
भेटमा निधि र प्रचण्डबीच नयाँ सरकार गठन, सत्ता समीकरण र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको छ। उनी द सभापति शेरबहादुर देउवाको सन्देश लिएर खुमलटार पुगेका हुन्।
निधिले प्रचण्डलाई प्रधानमन्त्रीको दाबी छोड्न आग्रह गरेका छन्। उनले गठबन्धन जोगाएर अगाडि बढ्न आफ्नो दाबी छोडेर सहमतिमा आउन दबाब दिएका छन्। स्रोतले भन्यो, प्रचण्डले प्रधानमन्त्रीको दाबी नछोडेको खण्डमा नेपाली काँग्रेसले एमालेसँग सहकार्यका गर्ने जानकारी गराएका छन्।
शनिबार माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुनमार्फत प्रधानमन्त्री नदिए गठबन्धन छोड्ने धम्की दिएपछि नेपाली काँग्रेसले एमालेसँग संवाद अगाडि बढाएको छ। गठबन्धनको बैठक लगत्तै प्रधानमन्त्री देउवाले काँग्रेस नेता विमलेन्द्र निधिलाई शनिबार साँझ बालकोट पठाएका थिए।
आज १० पुष, थाहा पाउनुहोस् तपाईंको राशिफल
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
स्वास्थ्यमा समस्या हुनसक्छ ख्याल राख्नुहोला । मनमा अनेक सोच र चिन्ता हुनसक्छ । मेष राशिका जातकले सकारात्मक सोच राख्नुहोला । आज आकस्मिक संकट आउनसक्ने छ । आर्थिक व्यय हुनेछ । आजको दिन नियमित कार्यबाहेक नयाँ काम नगर्दा वेश हुनेछ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
आजको दिन अर्थलाभ हुनेछ । व्यापार व्यवसायबाट अचानक आर्थिक लाभ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । स्वास्थ्यमा ख्याल राख्नुहोला । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
धनलाभ र नयाँ सुखद खबरले खुसियाली हुनेछ । आजको दिन नयाँ काम गर्दा सफलता प्राप्त हुनेछ । तपाईलेको सोचअनुसारको काम हुनेछ । बिहान सूर्यनारायणको दर्शन गरेर आज गरेका कार्य सफलता हुनेछ । कसैसँग विवाद नगर्नुहोला ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने यात्रामा बाधा आउनसक्छ । तपाईको सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । त्यसैले आजको दिन सोच विचार गरेर मात्र निर्णय गर्नु वेश हुनेछ । नियमित काम बाहेक अन्य नयाँ कामको लागि दिन उपयुक्त छैन ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
सिंह राशिका जातकले आइतबार सूर्योदयको दर्शन अवस्य गर्नुहोला । तपाईलाई अनावश्यक विवाद हुनसक्छ । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ । त्यसैले आजको दिन मौन रहेको आफ्नो कार्य गर्नुहोला ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
आजको दिन छोटो दुरीको यात्रा हुनसक्छ । नयाँ भेटले काममा उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ । कुनै कन्यालाई फल र दक्षिण दिनुभयो भने तपाईलाई उनको आशीर्वादले तपाईका लागि सकारात्मक सोच बढ्ने छ ।
तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
सोच अनुसारको काम नहुँदा चिन्ता हुनसक्छ । मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापार व्यवसायमा हुनुहुन्छ भने आजको दिन तपाईलाई हानीहुनसक्छ । यस्तो अवस्थामा धैर्यको आवश्यकता हुन्छ । आत्तिनु र दुःखी हुन भन्दा पनि सकारात्मक सोच राखेर अघि बढ्नु होला ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
आजको दिन सूर्योदयको दर्शन गरेर अघि बढ्नु होला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । तपाईले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट एक महिनाभित्र सफलता प्राप्त हुनेछ । कसैलाई पनि तपाईबाट हानी हुने काम र मनमा दोष लाग्ने काम नगर्नुहोला ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
सन्तानबाट सुख र स्त्रीको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । तपाईको सोचअनुसार काम हुनेछ । आजको दिन विहान सूर्योदयको दर्शन गरेर मात्र काम गर्नुहोला । सूर्यनारायणलाई जल अर्पण गर्नुहोला ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
ब्यापार व्यवसायबाट लाभ हुनेछ । परिवार र आफन्तजनको साथ सहयोगबाट नयाँ काम शुरुवात गरौं भन्ने सल्लाह आउनसक्छ । सकारात्मक सोच र मनमा उर्जा थपिने छ । आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ । आफ्नो कर्मयात्रामा हिडिरहेकाहरुलाई नसोचेको सम्मान मिल्नसक्छ । चन्द्रमाको साथ रहेको छ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । तपाईलाई हौसला दिनेछन् । सामाजिक काममा मन जानेछ ।
मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
बिहानै सूर्योदयको दर्शन गरेर आज दिनको शुरुवात गर्नुहोला । काममा सकारात्मक सोच आउने छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने मीन राशिका जातकले आजको दिन विहान अध्ययन अध्यापनको काममा लाग्नु भयो भने तपाईको उन्नती, प्रगति हुँदै जानेछ । आजको दिन साताभित्रको योजना बनाएर काम गर्नुहोला ।
गोली हानी एक युवकको हत्या
धनुषा । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा एउटा अज्ञात समूहको गोली प्रहारबाट एक युवकको मृत्यु भएको छ ।
शनिबार साँझ अज्ञात समूहको गोली प्रहारबाट सोही गाउँपालिका–२ बस्ने ४० वर्षीय धनुक दासको मृत्यु भएको छ । उनको बायाँ पाखुरामा गोली लागेको थियो ।
गोली प्रहारबाट गम्भीर घाइते भएका दासलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए ।
गोली प्रहार गर्ने व्यक्तिको पहिचान खुल्न सकेको छैन भने घटनाबारे अनुसन्धान भइरहेको धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदिप बहादुर क्षेत्रीले जानकारी दिए ।