छलफलमै छौं : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अहिलेको परिस्थितिलाई नजिकबाट हेरिरहेको बताएका छन् ।

उनले भने, ‘हाम्रो एजेण्डा सम्बोधन हुने अवस्था आया भने एउटा अवस्था होला, नभए सरकारमा जानका लागि जानुको अर्थ हुँदैन भनेर छलफलमा छौं ।’

निर्वाचन आयोगले सोमबार राखेको जलपान कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै संसदीय दलका नेता समेत रहेका लामिछानेले मुद्दा सम्बोधन हुने निश्चितताका आधारमा सरकारमा जाने नजाने निर्णय गर्ने बताए ।

मुलुक अनिर्णयको बन्दी बन्न नहुने उनले बताए । आफूहरुको सहभागिता विना सरकार नै नबन्ने अवस्था नरहेको, तर सहज हुनसक्ने भन्दै उनले भने, ‘हामी छलफलको क्रममा छौं र यसलाई तीव्र बनाएका छौं ।’

जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, पाँच जना घाइते

उदयपुर । उदयपुरमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । उदयपुरको कटारी नगरपालिका १० मा सोमबार भएको बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका हुन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उदयपुरकै ताप्ली गाउँपालिका १ का ६५ वर्षीय मिनबहादुर सार्कीको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । अन्य घाइतेहरूलाई उपचारको लागि कटारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रदेश २–०१–००१ च ००५० नम्बरको बोलेरो जिप अनियन्त्रित भएर सडकबाट करिब एकसय मिटर तल खसेको थियो । बोलेरो चालक नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ  ।

पाँच अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं । विकास ऋणपत्र २०८३ ज’ नाम दिइएको सो ऋणपत्रको अवधि चार वर्षको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियामार्फत यही पुस ६ गते बुधबार उक्त ऋणपत्रको बिक्री गर्नेछ ।

अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने र त्यसमा कुनै पनि ब्याजकर लाग्ने छैन । बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था र नेपाली नागरिकले ऋणपत्र खरिद गर्न सक्ने प्रावधान छ । ऋणपत्र धितोमा राखेर कर्जा लिन वा दिनसमेत पाइनेछ ।

इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धीलाई निष्काशित रकमको ८५ प्रतिशत अर्थात रु चार अर्ब २५ करोड र अप्रतिस्पर्धीलाई १५ प्रतिशत अर्थात् रु ७५ करोड बराबरको रकम छुट्याइएको छ । ऋणपत्र घटीमा रु ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाइ रु पचास हजारले भाग गर्दा निशेष भाग जाने अङ्क बराबरको सीमामा खरिद गर्न सकिनेछ ।

ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । यस बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’  वर्गका बैंक तथा वित्तीय संस्थाले अप्रतिस्पर्धीको रुपमा भाग लिन नपाउने प्रबन्ध गरिएको छ । ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत्मात्र हुने केन्द्रीय बैंकले जनाएको छ । 

उकालो यात्रा शुरु : लिङ्देन

काठमाडौँ । सोमबार पार्टीको केन्द्रीय सचिवालयले आयोजना गरेको पार्टीबाट निर्वाचित सांसदहरुलाई स्वागत तथा बधाई कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका हुन् ।

उनले आफूहरूले सरकारमा नजाने भनेर कसम पनि नखाएको भन्दै आगामी दिनमा के गर्दा आफ्नो मान्यताहरू स्थापित हुन्छन् सोही गर्ने बताए । उनले आफूहरू मन्त्री खानको लागि कसैको घर नधाउने स्पष्ट पारे । अध्यक्ष लिङदेनले राप्रपा कुनै दलको पुच्छर नबन्ने पनि बताए । उनले सरकारमा जानु परेमा वा कसैलाई समर्थन गर्नु परेमा कारणसहित गर्ने उल्लेख गरे ।

लिङ्देनले राप्रपाको उकालो यात्रा शुरु भएको बताए । उनले आगामी दिनमा सतर्कतापूर्वक अगाडि बढ्दै पार्टीलाई पहिलो बनाउने बताए । उनले पार्टीले अझै मत ल्याउनुपर्ने भन्दै प्राप्त भएको मत परिणाम बाट आफू सन्तुष्ट नभएको उल्लेख गरे ।

पार्टीलाई ठिक ढङ्गले परिचालन गर्न नसक्दा प्राविधिक रूपमा धेरै मत नआएको भन्दै उनले जनताको मन भने जितेको बताए । लिङ्देनले राप्रपा सुध्रिएको हो कि होइन भनेर जनताले परीक्षण गर्नका लागि यस पटक यति मत दिएका उल्लेख गरे ।

अध्यक्ष लिङदेनले नवनिर्वाचित सांसदहरुलाई विदेशी दूतावासहरूले कार्यक्रमहरूमा बोलाएमा पार्टीको अनुमति बिना नजान निर्देशन दिए । दूतावासले बोलाएर रक्सी मासु खुवाउने भन्दै उनले त्यस्तो नगर्न आग्रह गरे । उनले सांसदहरुलाई अनुशासन र मर्यादामा बस्न निर्देशन दिए ।

उनले पार्टीमा योगदान गरेका र क्षमता र सम्भावना भएका नयाँ व्यक्तिहरूलाई सांसद बनाइएको बताए । पार्टीमा नयाँ मानिसहरूलाई पनि अवसर दिनुपर्ने र फराकिलो दृष्टिकोण राख्नुपर्ने उनको भनाई छ । पार्टी सदस्यहरूले पनि कडाइपूर्वक पार्टी अनुशासनको पालना गर्नुपर्ने उनले बताए ।

नेप्सेमा सामान्य अंकको सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज सोमबार ३.८३ अंकले बढेर एक हजार ८ सय ५८ दशमलब ८९ विन्दुमा बन्द भएको हो । आइतबार नेप्से २७.५४ अंकले घटेर एक हजार ८ सय ५५ दशमलब ०६ विन्दुमा बन्द भएको थियो ।  

त्यस्तै, आज नेप्सेमा सुधार भएपनि कारोबार रकम भने एक अर्ब रुपैयाँ पनि पुगेको छैन । आज ८८ करोड ६० लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १२५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ७२ वटा कम्पनीको शेयरमूल्य घटेको छ । १४ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।   

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आइतबार धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ५४५.७० रुपैयाँ पुगेको छ भने खप्तड लघुवित्त वित्तीय संस्थाकोे शेयरमूल्य पनि ६.०८ प्रतिशतले बढेर प्रतिकित्ता ५८०.६० रुपैयाँ पुगेको हो ।   

आज इष्टर्न हाइड्रोपावर कम्पनी र ग्लोबल आईएमई ब्यालेन्स फण्डको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी प्राइम कमर्शियल बैंकको भएको छ । यसको आज ६ करोड ९३ लाख भन्दा बढीको कारोबार भएको छ ।  

एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक आज दिउँसो १ बजे बस्दै छन् ।

उपमहासचिव प्रकाश ज्वालाका अनुसार संसद दलको नेता, उपनेता, प्रमुख सचेतक चयन लगायतका विषयमा बैठकमा छलफल हुनेछ ।

एकीकृत समाजवादीमा सर्वसम्मतीले दलको नेतामा अध्यक्ष माधव नेपाल नै चयन हुने सम्भावना ।

वैदेशिक रोजगारीमा मौसमी श्रमिक पठाउने कार्यविधि स्वीकृत 

काठमाडौँ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यविधि स्वीकृत गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले जानकारी दिए। 

अब सरकारले बेलायत, क्यानडा, दक्षिण कोरिया लगायत श्रमिकहरूका आकर्षक गन्तव्य मुलुकमा मौसमी श्रमिक पठाउने मन्त्री कुँवरले जानकारी दिए। 

हालसम्म सरकारले मौसमी श्रमिक भनेरै वैदेशिक रोजगारीमा पठाएको छैन। म्यानपावर कम्पनीमार्फत वैदेशिक रोजगारीमा जानका लागि न्यूनतम दुई वर्ष करार अवधि तोकिएको छ। 

तर व्यक्तिगत श्रम स्वीकृति लिएर जाँदा करार अवधि यतिनै भनेर नतोकिएका कारण मौसमी कामदारका रूपमा पनि श्रम स्वीकृति लिएर कतिपय गन्तव्य मुलुक पुगिरहेको वैदेशिक रोजगार काठमाडौँ कार्यालय ताहाचलले जनाएको छ। 

कार्यालयका अनुसार यसरी श्रम स्वीकृति लिएर मौसमी कामदारका अधिकांश बेलायत जाने गरेका छन्। 

तर मौसमी श्रमिक श्रम स्वीकृति लिएर भन्दा पनि कन्सल्टेन्सीहरू, ट्राभलएजेन्सी तथा दलालमार्फत् ठूलो संख्यामा पुग्ने गरेको आशङ्का गरिएको छ। उनीहरूलाई पठाउने बहानामा निकै ठूलो रकम ठगी भइरहेको आशङ्का पनि अधिकारीहरूको छ।

बेलायत, जर्मनी, दक्षिण कोरिया, क्यानडा लगायत अन्य थुप्रै युरोपियन मुलुकहरूमा मौसमी श्रमिकका रूपमा पुगेर राम्रो कमाइ गर्न सकिने भनेर लोभ्याइएको हुन्छ। 

त्यहाँ ६ महिनाको अवधिमा १२ देखि २० लाखसम्म कमाइ गर्न सकिने भन्दै लोभ देखाइएका भिडिओहरूका कारण धेरै युवाहरू प्रलोभनमा परी गइरहेका पनि भेटिन्छन्। 

सरकार आफैँले नपठाउँदा मौसमी श्रमिकको प्रलोभनमा शैक्षिक परामर्श संस्था (कन्सल्टेन्सीहरू), ट्राभल एजेन्सी लगायतले फाइदा उठाउँदै ठगी गरेका घटना पनि बाहिरिइरहेका छन्। 

यस्ता कन्सल्टेन्सी र ट्राभल एजेन्सीहरूले मौसमी श्रमिकका रूपमा पठाइदिने बहानामा एक जना व्यक्ति बराबर पाँच लाख रूपैयाँभन्दा बढी रकम असुलेर अलपत्र पारेका घटना पनि बढिरहेका छन्।

मौसमी कामका लागि युवाहरूको आकर्षण बढेसँगै ठगीको जोखिम बढ्न थालेपछि सरकार आफैँले शून्य लागतमा मौसमी श्रमिक पठाउने तयारी गरेको हो।

सरकारले बेलायत, दक्षिण कोरिया, जर्मनी, क्यानडा लगायत आकर्षक अन्य मौसमी श्रमिकहरूको माग हुने मुलुकमा नेपाली श्रमिक शून्य लागतमा पठाउने तयारी गरेको हो। 

नेप्सेमा आज दोहोरो अंककाे गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आइतबार २७.५४ अंकले घटेर एक हजार ८ सय ५५ दशमलब ०६ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज एक अर्ब १५ करोड ७१ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये २५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १८० वटा कम्पनीको शेयरमूल्य घटेको छ । ५ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आइतबार इस्टर्न हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता २८७.४० रुपैयाँ पुगेको छ भने ग्लोबल आइएमई ब्यालेन्स फण्ड १ कोे शेयरमूल्य पनि ९.३५ प्रतिशतले बढेर प्रतिकित्ता ८.४२ रुपैयाँ पुगेको हो ।

आज रु रु जलविद्युत परियोजना र पिपुल्स हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कृषि विकास बैंकको भएको छ । यसको आज ६ करोड २५ लाख भन्दा बढीको कारोबार भएको छ ।

कतार फिफा विश्वकप २०२२ विजेताले कति रकम पाउँछन् ?

काठमाडौं  । कतार फिफा विश्वकप २०२२ को फाइनल आज आइतबार हुँदैछ तर कति रकम विश्वकप विजेताले पाउँछन् ? दोहास्थित लुसेल मैदानमा हुने फाइलनमा अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । सन् १९३० बाट हरेक चार वर्षमा आयोजना भएको विश्वकपमा दुबै टोली दुई पटक च्याम्पियन भएका छन् ।

अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप ट्रफी उचालेको थियो । यसैगरी फ्रान्सले सन् १९९८ र २०१८ उपाधि जितेको हो ।

कतार विश्वकप खेलमात्रै हैन, यसबाट विजयी हुनेले ठूलो आर्थिक पुरस्कार रकम समेत प्राप्त गर्छन् । विश्वकपमा झन्डै ४४ करोड डलर पुरस्कारका छुट्ट्याइएको छ ।

विजेताले ४ करोड २० लाख डलर पाउने फिफाले जनाएको छ । यसैगरी उपविजेताले ३ करोड डलर, तेस्रो हुनेले २ करोड ७० लाख  डलर र चौथो हुनेले २ करोड ५० लाख डलर प्राप्त गर्ने छन् ।

क्वार्टरफाइनलसम्म पुग्ने टोलीले १ करोड ७० लाख डलर, अन्तिम १६ सम्म पुग्ने टोलीले १ करोड ३० लाख डलर र समूह चरणबाटै बाहिरिनेले बाँकी १६ टोलीले ९० लाख डलर पाउनेछन् ।

केपी ओली र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । लामिछाने र ओलीबीच शनिबार राति बालकोटमा भेटवार्ता भएको हो ।

भेटका क्रममा एकर्कामा बधाई साटासाटका साथै आगामी दिनमा के गर्न सकिने राजनीतिक सहकार्यका विषयमा छलफल भएको बताइएको छ ।

उनीहरूबीच भावी सत्ता समीकरणका विषयमा पनि छलफल भएको थियो ।

पेट्रोलियम ढुवानी गर्ने ट्याङ्करको भाडामा १०% ले वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले वार्षिक ८० करोड व्ययभार थपिने गरी पेट्रोलियम ढुवानी गर्ने ट्याङ्करको भाडा वृद्धि गरेका छन् ।

शुक्रबारदेखि लागू हुने गरी इन्धन ढुवानी गर्ने करिब १९ सय ट्याङ्करको भाडा वृद्धि गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

दुई वर्षअघि निगमले गरेको भाडा समायोजन सम्बन्धी अध्ययनमा १० प्रतिशतसम्म भाडा बढ्दा निगमलाई ८० करोड हाराहारी व्ययभार थपिने निष्कर्ष निकालिएको थियो ।

सञ्चालक समितिले कात्तिक २७ मा गरेको निर्णयअनुसार निगमले १ पुसमा भाडा वृद्धि कार्यान्वयन गरेको प्रवक्ता उपाध्यायले बताए । उनका अनुसार ढुवानी भाडा कम्तीमा पाँचदेखि १० प्रतिशत सम्मले बढेको छ ।

देशभरका आन्तरिक र बाह्य गरेर ३६ वटा गन्तव्यमा इन्धन ढुवानी गर्ने ट्याङ्करले बढेको भाडा निगमबाट पाउँछन् । स्थानीय १५ किलोमिटरसम्म न्यूनतम ३८२ रुपैयाँ १८ पैसाले भाडा बढ्दा अधिकतम वीरगन्जदेखि थानकोट र सिनामंगलस्थित डिपोसम्मको ढुवानी भाडा क्रमशः ६ हजार ६ ३० रुपैयाँ २० पैसा र ६ हजार ६९० रुपैयाँ ५५ पैसाले बढीको छ ।

पटकपटक म्याद थपिन्छन्, तर लाखौँ खर्चेर काठेपुल

हुम्लाको नाम्खा गाउँपालिकाका विभिन्न खोलामा चारवटा पक्की पुल निर्माण हुन थालेको पाँच वर्ष बित्यो। पाँच वर्ष बितिसक्दा पनि ठेकेदारको चरम लापरबाहीले हेप्का, तागु, सल्ली र याङगार खोलाको पुल अलपत्र छन्।

सिमकोट गाउँपालिका– ७ र नाम्खा गाउँपालिका– १ मा पर्ने हेप्का खोलामा पक्की पुल निर्माणको जिम्मा एमएस जेबी धुलिखेल, काठमाडौंले लिएको छ। यसका प्रोप्राइटर तेजबहादुर महत हुन्। ०७४ साउन ६ मा दुई वर्षभित्रै सक्ने सम्झौता भएको हेप्का खोला पुलका ठेकेदार महतले पाँच वर्षसम्म पुल निर्माण नगरी अलपत्र बनाएका छन्।

महतले नाम्खा– १ मा पर्ने तागु खोला पुल निर्माणको पनि ठेक्का लिएका छन्। तर, उनले यो पुल पनि अलपत्र पारेका छन्। यता नाम्खा गाउँपालिका– ४ मा पर्ने सल्ली खोलाको पुल निर्माणको जिम्मा स्वच्छन्द काग्री जेबीले पाएको थियो। उक्त कम्पनीका प्रोप्राइटर छिरिङउटुप लामाले पाँच वर्ष बितिसक्दा पनि पुल निर्माण पूरा गरेका छैनन्। 

सोही वडामा पर्ने याङगार खोलामा पुल निर्माणको ठेक्का पाएको धुलिखेल निशान जेबीले पनि काम गरेको छैन। अकिल बुढा प्रोप्राइटर रहेको उक्त कम्पनीले १० माघ ०७६ मा ठेक्का सम्झौता गरेको थियो। तीन वर्ष बितिक्दा पनि ठेकेदार बुढाले काम नगरी अलपत्र पारेका छन्।

ठेकेदार कम्पनीले समयमा काम नगर्दा गाउँपालिकाका खोलामा काठेपुल निर्माण गरिएको छ। हेप्का खोलामा पूर्वाधार विकास कार्यालयले २३ लाख खर्चेर चारपांग्रे सवारीसाधन गुड्ने काठेपुल निर्माण गरेको छ। सल्ली खोला र याङगार खोलामा पनि काठेपुलकै सहायतामा गाडी गुड्ने गरेका छन्। तागुखोलामा भने काठेपुलसमेत नहुँदा खोलाबाटै ओहोरदोहोर गर्नुपर्ने बाध्यता छ।

वर्षौँदेखि पुल निर्माण कार्य अलपत्र पारेका ठेकेदारहरूले भने विभित्र बहाना बनाएर म्याद थपको माग गरिरहेका छन्। यसअघि कोरोना महामारीलाई कारण देखाएका उनीहरूले हिमपात र ढुवानी समस्याजस्ता बहानामा म्याद थप्न माग गरेका छन्।

हिल्सा–सिमकोट सडक योजना कार्यालय, हुम्लाले दुई वर्षभित्रै सम्पन्न गर्ने सम्झौता भएका हेप्का, सली र तागु खोलामा पुल निर्माणका लागि चारपटक म्याद थप गरिसकेको छ। याङगार खोला पुल निर्माणमा दुई वर्ष म्याद थप भएको छ।

योजना कार्यालयका प्रमुख जिल्लामा नबस्दा पुल निर्माण अलपत्र परेको स्थानीयको आरोप छ। ठेकेदारलाई ताकेता नगर्दा पुल र सडक निर्माणको काम अलपत्र परेको चंखेली गाउँपालिका– ५ का भियाले तामाङले बताए। 

सडक योजना कार्यालय प्रमुख वीरेन्द्रकुमार यादव भने यस विषयमा आफूले केही गर्न नसक्ने बताउँछन्। आफूले बोलेर केही नहुने भन्दै उनी कलम चलाएर ठेकेदारलाई कारबाही गर्न उल्टै चुनौती दिन्छन्।

कृषि विकास बैंकको सञ्चालकमा रमेश दुवाडी

काठमाडौं । कृषि विकास बैंकको अध्यक्षमा रमेश दुवाडी नियुक्त भएका छन् । यसअघि संचालक सदस्य रहेका दुवाडी अध्यक्षमा नियुक्ति भएका हुन् ।

बिहीबार बसेको संचालक समितिको बैठकले दुवाडीलाई अध्यक्ष पदमा नियुक्ति गरेको हो । उनले आजै पद तथा गोपनियताको सपथ ग्रहण गर्ने बताइएको छ ।

गत वर्षको कात्तिक १२ गतेको मन्त्रीपरिषदको निर्णय अनुसार बैंकको संचालक सदस्यमा दुवाडी नियुक्ति भएको थिए ।

नेपाली सेना र भारतीय सेना बिच संयुक्त सैन्य अभ्यास सुरु

काठमाडौं । नेपाली सेना र भारतीय सेनाको युद्धकला र विपद् व्यवस्थापनका लागि संयुक्त सैन्य अभ्यास आज (शुक्रबार) रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक व्याट्ल स्कुलमा शुरु भएको हो ।

मध्यपश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी यामप्रसाद ढकालले एक विशेष कार्यक्रमकाबीच दुई देशका सेनाहरुको संयुक्त सैन्य अभ्यास आजबाट शुरु गरेको सेनाले जनाएका छन् ।

विपद् व्यवस्थापनको समयमा उद्दार र स्वास्थ्य उपचारलगायत प्रतिविद्रोह तथा प्रतिआतंकवाद जस्ता विषयहरु समावेश गरि संचालन भएको उक्त संयुक्त अभ्यासको यो १६ औं संस्करण हो । नेपाली सेनाबाट प्रमुख सेनानी विमलकुमार वाग्लेको नेतृत्वमा ३३४ जना र भारतीय सेनाबाट कर्णेल हिमांशु बाहुगुनाको नेतृत्वमा ३३४ जना सहभागी गराई सञ्चालन भएको उक्त संयुक्त अभ्यास यहीँ महिनाको १४ गते सम्पन्न हुनेछ ।

यसअघि नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास सूर्य किरणको १५औँ संस्करण मित्रराष्ट्र भारतको पिथौरागढमा सम्पन्न भएको थियो ।विक्रम संवत् २०६७ सालबाट नेपाल र भारतमा वार्षिक रुपमा आलोपालो गरि सञ्चालन हुँदै आएको यस संयुक्त अभ्यास हालसम्म दुवै देशमा गरी १५ पटक सफलता पूर्वक सञ्चालन भई सकेको छ ।

यस संयुक्त अभ्यासमा फौजहरुले प्रतिव्रिदोह तथा प्रतिआतंकवाद लगायत जंगलमा गर्नुपर्ने युद्धकला र विपद् व्यवस्थापन सम्बन्धि सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा अभ्यास गर्ने छन् । यस अभ्यासमा नेपाली सेना र भारतीय सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान हुनेछ ।

यस किसिमको सैनिक अभ्यासले दुई देशबीच सदियौँदेखि रहेको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउने तथा दुवै देशका सेनाहरु बीच आपसी समझदारीमा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ ।

मागे ३ जनप्रतिनिधिकाे राजिनामा:मेयर हर्क साम्पाङ

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले शुक्रवार बिहान धरानमा पत्रकार सम्मेलन गर्दै कार्यपालिका सदस्यको राजिनामा माग गरेका हुन् । मेयर साम्पाङले आफूले भनेको नमान्ने कार्यपालिका सदस्याहरुलाई राजिनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् ।

धरान उप महानगरका ३ जना कार्यपालिका सदस्यले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको अभिव्यक्तिले दलित समुदायको मौलिक हक र अधिकार नै कुण्ठित पार्ने मनसाय भएको बताएका छन । साम्पाङले दलित समुदायमाथि दुव्र्यवहार भएको भन्दै कानुन अनुसारको कारबाही गर्न उनीहरुले माग गरेका छन् ।

मेयर साम्पाङले ‘मङ्सिर २७ गते आफ्नो फेसबुक वालमा कसैप्रति कटाक्ष गर्दै ‘जोडी खोज्नेहरूको बास उठ्न सक्छ । बल होइन बुद्धि लगा चमारे बुद्धि ।’ भनेपछि साम्पाङ थप विवादमा तानिएका छन् ।