काठमाडौं । प्रतिनिधिसभाको बैठक शनिबार बस्ने भएको छ ।
बिहीबार बसेको बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले प्रतिनिधिसभाको अर्काे बैठक ७ माघ शनिबार दिउँसो १ बजे बस्ने जानकारी दिएका हुन् । सोही बैठकले उपसभामुख चयन गर्ने कार्यक्रम छ ।
काठमाडौं । प्रतिनिधिसभाको बैठक शनिबार बस्ने भएको छ ।
बिहीबार बसेको बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले प्रतिनिधिसभाको अर्काे बैठक ७ माघ शनिबार दिउँसो १ बजे बस्ने जानकारी दिएका हुन् । सोही बैठकले उपसभामुख चयन गर्ने कार्यक्रम छ ।
जनमत पार्टी संसदीय दलका नेता चन्द्रकान्त राउत (सिके राउत)ले पुराना विमान चलाउन अनुमति दिनेलाई कारबाही गर्नुपर्ने बताएका छन् ।
बिहीबार जारी प्रतिनिधिसभाको बैठकमा उनले पुराना विमान चलाउन अनुमति दिनेलाई कारबाही गर्न कुन कानुनले रोकेको भन्दै प्रश्न गरे ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रक्रियामात्र सीमित नरहन सुझाव दिँदै उनले भने, ‘साइकल वा मोटरसाइकल दुर्घटना भयो भने तत्कालै पक्राउ गरेर छानबिन थालिन्छ । तर, पुराना विमान चलाउने, चलाउन अनुमति दिनेलाई किन कारबाही हुँदैन ?’
गत १ माघमा काठमाडौंबाट पोखरा उडेको चालक दलका चार सदस्यसहित ७२ जना सवार यती एयरलाइन्सको विमान दुर्घटनामा परेको थियो । उक्त दुर्घटनाका विषयमा जारी प्रतिनिधिसभाले विशेष प्रस्ताव पारित गर्ने भएको छ ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहिबार आज नेप्से ५.७१ अंकले बढेर दुई हजार एक सय ७८ दशमलब ८१ विन्दुमा बन्द भएको हो ।
त्यस्तै, आज तीन अर्ब चार करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ८५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १०८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । १४ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८४८.२० रुपैयाँ पुगेको छ भने मैलुङ खोला जलविद्युत कम्पनीको शेयरमूल्य ९.५४ प्रतिशतले बढेर प्रतिकित्ता ४९८.४० रुपैयाँ पुगेको छ ।
समूहगत उप-सूचकतर्फ बैंकिङ क्षेत्र ०.६६ प्रतिशत, हाइड्रोपावर क्षेत्र १.०३ प्रतिशत, लगानी समूह १.७८ प्रतिशत, म्युचुअल फण्ड १.४७ प्रतिशत, निर्जीबन बीमा समूह ०.२१ प्रतिशत तथा व्यापार समूह २.६८ प्रतिशले बढेका छन् । भने बाँकी समूह सूचक घटेका छन् ।
आज कुमारी धनवृद्धि योजनाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआइसी एसिया बैंकका भएको छ । यसको आज १८ करोड ४ लाखभन्दा बढीको कारोबार भएको छ ।
आर्मेनियाको सैनिक ब्यारेकमा आगजनी हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने आगजनीमा केही घाइते भएका छन् ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । देशको पूर्वी गेघरकुनिक क्षेत्रको एक गाउँमा आगलागी भएको हो । आगजानीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। ।
काठमाडौँ । सभामुखका लागि सत्ता गठबन्धनबाट नेकपा एमालेका देवराज घिमिरे र विपक्षी गठबन्धनबाट काँग्रेसकी ईश्वरीदेवी न्यौपाने प्रतिस्पर्धामा छन्।
घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङदेन र रवि लामिछाने छन्। यता न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा, समर्थकमा प्रकाश ज्वाला छन्।
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच
प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भएको हो । दुई नेताबीच सभामुख निर्वाचनको पेरिफेरीमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दियो ।
सभामुखको निर्वाचन आज हुँदैछ । सत्ता गठबन्धनले एमाले नेता देवराज घिमिरेलाई र विपक्षी गठबन्धनले कांग्रेसकी नेतृ ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएका छन् ।
गत पुस २६ गते कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो। प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि सभामुख निर्वाचनमा भने कांग्रेसले आफ्नै सांसद न्यौपानेलाई उम्मेदवार बनाएको छ।
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले निजामती ऐन छिट्टै ल्याउने बताएका छन् । मंगलबार पदभार ग्रहणपछि मन्त्री मोदीले सरोकारवालाहरुसँग छलफल गरेर निजामति ऐन ल्याउने बताएका हुन् ।
मन्त्री मोदीले प्रदेश र स्थानीय तहमा भएका कर्मचारीहरुको कार्यसम्पादनबारे मौजुदा समितिको मूल्यांकनलाई मान्ने निर्णय गरेका छन् ।
प्रदेश र स्थानीय तहमा अन्य सेवाबाट गएर कर्मचारी समायोजन भएर जानेहरुको गएकाहरुको कार्यसम्पादन मूल्यांकनमा द्विविधा भएको थियो । त्यसको लागि मौजुदा समितिले नै मूल्यांकन गर्ने निर्णयमा मन्त्री मोदीले हस्ताक्षर गरेको मन्त्रालयले जनाएको छ ।
काठमाडौँ । बढुवा सिफारिस समितिको बुधवार बसेको बैठकले राजपत्राङ्कित तृतीय श्रेणी(शाखा अधिकृत)बाट राजपत्राङ्कित द्वितीय श्रेणी(उपसचिव)मा बढुवाका लागि ती अधिकृतहरूको नाम सिफारिस गरेको हो ।
ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवाका लागि सिफारिस अधिकृतहरूमध्ये ६ जना शिक्षा प्रशासन र एक–एक जना पुरातत्त्व र पुस्तकालय समूहका रहेका छन् ।
हेर्नुस् सूची
काठमाडौँ । आज दिउँसो १ बजे प्रदेश सभा बैठकमा मुख्यमन्त्रीले गिरीले विश्वासको मत लिन लागेको प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए। आज मुख्यमन्त्रीले विश्वासको मत लिने मात्र एजेन्डा रहेको उनले बताए।
सात दलीय गठबन्धनमा मन्त्रालय भागबन्डाको सहमति हुन न सकेका बेला मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिन लागेका हुन्। सात दलका ५६ जना र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा गत पुस २७ गते गिरी मुख्यमन्त्री नियुक्त भएका थिए।
पुस २८ गते गिरीले प्रदेशको राजधानी देउखुरीमा पद तथा गोपनियताको शपथ ग्रहण गर्दै दुई सदस्य विना विभागीय मन्त्रिपरिषद् गठन गरेका थिए। संविधानको धारा १६८ को उपधारा ४ अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
गिरीलाई नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जनाको समर्थन छ।
मुख्यमन्त्री गिरीले विश्वासको मत लिएपछि मन्त्रीपरिषद् विस्तार गर्ने छन्।
काठमाडौँ । डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे-फोक्सुण्डो गाउँपालिकाले माथिल्लो तहमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति दिएर लोक सेवा पढाउने भएको छ । एसइई र कक्षा १२ मा साधारण वा प्राविधिक विषय लिई उत्तीर्ण गरेका गाउँपालिकाभित्रका बासिन्दालाई निजामती सेवामा प्रवेश गराउन गाउँपालिका कोषबाट छात्रवृत्ति दिएर लोकसेवा पढाउने भएको हो ।
निजामती सेवामा प्रवेश गर्ने चाहाना भएर पनि आर्थिक अभावले पढ्न नसकेका गरिब, दलित, द्धन्द्धपीडित, आदिवासी, जनजाति, सीमान्तकृतलगायतका लक्षित वर्गलाई माथि उठाउन छात्रवृत्ति दिएर लोकसेवा पढाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत केशवराज शर्माले जानकारी दिए ।
१५ दिने सूचना खोलेर आवेदन खोलिएकाले उत्तीर्ण गरेको तहमा ल्याएको अङ्क तथा ग्रेडका आधारमा छात्रवृत्तिका लागि छनोट गरिने शर्माले बताए ।गाउँपालिकाको कार्यविधि अनुसार राम्रो ग्रेड ल्याएका २७ जना व्यक्तिलाई मात्र छात्रवृत्ति लागि छनोट गरिने उनको भनाइ छ ।
प्रथम र दोस्रोपत्रको तयारी गरुञ्जेल लाग्ने खर्च सबै गाउँपालिकाले व्यहोर्ने बताइएको छ ।गाउँपालिकाले अघिल्लो पटक पनि छात्रवृत्ति दिएर लक्षित वर्गलाई लोकसेवा पढाएको थियो ।दुर्गमबाट पनि निजामती सेवामा प्रवेश गर्ने मौकासँगै आफ्नो भविष्य बनाउन चाहने विद्यार्थीका लागि सुनौलो अवसर समेत भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको यस्तो कार्यको सबैले प्रशंसा समेत गरेका छन् ।
काठमाडौँ । मन्त्रिपरिषद् विस्तारपछि पहिलो बैठक बसेका छन् । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको हो ।
मङ्गलवार मात्रै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेर २३ सदस्यीय बनाएका थिए । प्रचण्डले १२ मन्त्री र ३ राज्यमन्त्री थपेका हुन् । सबैको कार्य विभाजन समेत भइसकेको छ ।
तनहुँ जिल्ला अदालतले अभिनेता पल शाहलाई सफाइ दिएको छ। बालिका बलात्कार आरोपमा जेलमा रहेका पललाई अदालतले मंगलबार सफाइ दिएको हो।
जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको एकल इजलासले पलमाथि लगाइएको बलात्कारको दाबी नपुगेको भन्दै सफाइ दिएको हो। पलसँगै उनका म्यानेजर कृष्ण जोशीलाई पनि अदालतले सफाइ दिएको छ।
यसअघि बालिकालाई बलात्कार गरेको अभियोगमा पललाई तनहुँ र नवलपरासी जिल्ला अदालतले २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो।
काठमाडौं । मंगलबार धितोपत्र बोर्डले एक सूचना जारी गर्दै तीन शेयर ब्रोकरले समयमा विवरण नबुझाएकाेले कम्पनीलाई कारबाही गरिने जनाएको छ । दलाल व्यवसायी सनी सेक्यूरिटिज कम्पनी लिमिटेडले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा (१) बमोजिम कारबाही गरेको समेत सूचनामा उल्लेख छ ।
उक्त कम्पनीले तोकिएको समयभित्र बार्षिक प्रतिवेदन पेश नगरेको तथा तोकिएको समयभित्र म्याद थपका लागि निवेदन समेत पेश नगरेकोले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा (२) बमोजिम बोर्डले दश हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ ।
त्यसैगरी, धितोपत्र दलालव्यवसायीहरु त्रिशुल सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट लिमिटेड र इम्पेरियल सेक्यूरिटिज कम्पनीले धितोपत्र व्यवसायी धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली उलंघन गरेकाले कारबाही गरेको छ । उनीहरुले २०६४को नियम ३५ को उपनियम (२) बमोजिम तोकिएको समयभित्र बोर्डमा आर्थिक बर्ष २०७९।८० को पहिलो त्रैमासिक प्रतिवेदन समयमै पेश नगरेको आरोप लगाएको छ ।
त्यस्तैे धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (४) बमोजिम समयमा विवरण पेश नगर्ने उल्लेखित धितोपत्र दलाल व्यवसायीहरु प्रत्येकलाई बोर्डले पचहत्तर हजार रुपैंयाका दरले जरिवाना समेत गरेको छ ।
काठमाडौं । पुसमा सात दलीय गठबन्धनबाट संघीय प्रधानमन्त्री बनेका पुष्पकमल दाहाललाई विश्वासको मत दिएको नेपाली कांग्रेसले प्रदेशमा पनि त्यसलाई निरन्तरता दिँदै आएको छ। हालसम्म सात दलीय गठबन्धनको नेकपा माओवादी केन्द्रको कोटा मुख्यमन्त्री भएका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलाई विश्वासको मत दिएको कांग्रेसले मधेस प्रदेशमा पनि सोही प्रक्रिया अपनाउने भएको छ।
जसपाबाट मधेस प्रदेशको मुख्यमन्त्री भएका सरोजकुमार यादवलाई कांग्रेसले विश्वासको मत दिइने बताएको हो। आजै मुख्यमन्त्री यादवले प्रदेशसभाबाट विश्वासको मत लिन लागेका छन्।
प्रदेशसभा बैठकमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले मुख्यमन्त्रीलाई विश्वासको मत दिइने बताए। जसपा नेतृत्वको सरकारलाई विश्वासको मत दिएर कांग्रेस प्रतिपक्षमा बस्ने उनको भनाइ छ।
बुधबार बिहान जसपा अध्यक्ष उपेन्द्र यादवले कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराही पुगेर मधेस प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिन आग्रह गरेका थिए।
काठमाडौं । केहि दिन यतादेखि नेपाली बजारमा सुनचाँदीको मूल्यमा निरन्तर घटेको छ । मंगलबार सामान्य अंकले घटेको सुनको भाउ आज पनि तोलामा ६ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगबार सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार एक सय रुपैयाँमा कारोबार भइरहेको थियो । तर, आज उक्त मूल्य घटेर छापावाल सुनको मूल्य प्रतितोला एक लाख चार हजार पाँच सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख चार हजार रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ७५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।