कोशी अस्पतालकाे अनधिकृत संरचना माथी महानगरले चलायो डोजर

विराटनगर । कोशी अस्पताल अगाडि निर्माण गरिएका अनधिकृत संरचना विराटनगर महानगरपालिकाले बिहीबार भत्काएको छ। अस्पतालले पटक पटक सटर खाली गराउन आग्रह गर्दै आए पनि व्यापारीले अनधिकृत संरचनामा रहेका सटरहरु खाली गरेका थिएनन्।

बिहीबार महानगरले अनधिकृत रुपमा बनाइएको संरचना डोजर लगाएर भत्काएका थिए। अस्पताल परिसरमा रहेका ती भवनमा सात वटा होटलहरु चलिरहेका थिए। अस्पतालसँग सम्झौता गरेर सटरमा व्यापार गरिरहेका व्यवसायीहरुले अस्पताललाई सटरको भाडा भने लाखौं तिर्न बाँकी छ। अस्पतालले उनीहरुसँग भाडा उठाउने बताएको छ।

भरुवा बन्दुकसहित एक जना पक्राउ

मकवानपुर । गढी गाउँपालिका ७ सुकौरा दुम्सी बस्ने ५२ वर्षीय मंगल सिङ थिङलाई एक थान भरुवा बन्दुक सहितप्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट जितपुर भन्ज्याङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला परेकाे थियाे त्यस पछी विहीबार उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रभु बैंक र सेञ्चुरी बैंकले एकिकृत कारोबार सुरु गर्ने

काठमाडौं । प्रभु बैंक लिमिटेड र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले प्राप्ति प्रकृया पुरा गरी पुस २६ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएको छ । यी दुई कम्पनीबीच गत साउन २५ गते प्राप्ति सम्झौता भएको थियो । नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पाएसँगै यी दुई बैंकले एकिकृत कारोबार सुरु गर्न लागेका हुन ।

प्रभु बैंकले १ बराबर १ शेयर आदानप्रदान गर्ने सहमति अनुसार सेञ्चुरीलाई प्राप्ती गरेको हो । दुबै बैंकले पुस १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट प्राप्तीका लागि स्वीकृति प्रदान गरिसकेका छन् । सेञ्चुरीलाई प्राप्तिपछि बैंकको नाम प्रभु बैंकनै रहनेछ । प्राप्ति पश्चात् बैंकको केन्द्रिय कार्यालय हालको प्रभु बैंकको केन्द्रिय कार्यालय रहेको स्थानी, बबरमहल, काठमाडौंमै रहनेछ । 

प्रभु बैंकले यस वर्ष ६ दशमलव ५० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । बोनसपछि बैंकको चुक्तापूँजी रू. १३ अर्ब ५३ करोड ४७ लाख ६९ हजार पुग्नेछ । त्यस्तै सेञ्चुरी कमर्सियल बैंकले यस वर्ष ४ दशमलव ७५ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको छ । 

बोनस पछि सेञ्चुुरीको चुक्तापूँजी रू. १० अर्ब ७७ लाख १९ हजार पुग्नेछ । दुबै बैंकले गत पुस १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको बोनस शेयर धितोपत्र दोस्रो बजारमा भने सूचीकृत हुन बाँकी छ । यी दुई बैंक एक भएपछि चुक्तापूँजी रू. २३ अर्ब ५४ करोड २४ लाख ८८ हजार पुग्नेछ ।

एकिकृत कारोबारका लागि तथ्याङ्क मिलान प्रयोजनका लागि पुस २२ गतेदेखि २६ गते विहान ९ः४५ बजेसम्म दुबै बैंकको केन्द्रिय कार्यालयदेखि सम्पूर्ण कार्यालयबाट प्रदान हुने सेवा बन्द रहने बैंकले जानकारी दिएको छ ।

नेपाल टी-२० लिगमा पछिल्लो समय देखिएको विवाद बारे बुझ्न आइसिसी प्रतिनिधि नेपालमा

नेपाल टी–२० लिग क्रिकेटमा देखिएको विवादबारे बुझ्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का प्रतिनिधि नेपाल आएका छन्। आइसिसी प्रतिनिधिले विवादबारे बिहीबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङसँग छलफल गरेको छ।

आइसिसीका एन्ड्रयू इफग्रेभसहितको टिम बुधबार आएको  थियो।

यसअघि आइसिसीका प्रतिनिधिले बुधबार विमानस्थलबाट सोझै कीर्तिपुरस्थित त्रिवि मैदानमा गएर निरीक्षण गरेको थियो।

त्यसपछि नेपाल टी-२० का प्रतिनिधिसँग भेट गर्दै आवश्यक रिपोर्ट लिएको थियो। भेट गर्ने क्रममा प्रतियोगिताको एन्टी करप्सन युनिट, अम्पायर र खेलाडीसँग पनि भेट गरेको थियो।

यस्तै क्रिकेट प्रतियोगिताबारे छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० सँग पनि भेटघाट गरेको क्यान स्रोतले जानकारी दियो।

जारी प्रतियोगितामा खेल मिलेमतो र स्पट फिक्सिङको गतिविधि भएको आशङ्कापछि आइसिसीले दुई सदस्यीय टोलीलाई नेपाल पठाएको हो।

विवाद सतहमा आएपछि राखेपले बुधबार सत्यतथ्य छानबिन गरी १५ दिनभित्र परिषद् समक्ष प्रतिवेदन बुझाउन परिषद्को कार्यकारी समितिका सदस्य एकेन्द्रबहादुर कुँवरको संयोजकत्वमा ५ सदस्यीय छानबिन कार्यदल गठन गरेको थियो।

छानबिन समिति बनाएको जानकारी गराएपछि आइसिसी प्रतिनिधि सहयोग गर्न तयार रहेको राखेप स्रोतले जानकारी दियो।

पुस २२ गते शुक्रबार, यस्ताे छ तपाईंकाे राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन पनि हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज वैदेशिक क्षेत्रसँग सम्बन्धित कार्यबाट सफलता मिल्दै जानेछ भने वैदेशिक यात्रा तय गर्न सकिनेछ । साथीभाइबाट सहयोग पनि प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विद्या र बुद्धिको विकास हुनेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नुपर्ला । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ । विपक्षीको छलकपटबाट सावधान रहनुपर्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । रोकिएको धन पनि हात पर्ला । शुभकार्यको चर्चा चल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रोकिएका काम पुनः सुरु हुन सक्छन् । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ । साथीभाइबाट बढी फाइदा लिने समय छ । दानपुण्यका कार्यमा सहभागी पनि भइनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज गरेका काममा ढिलासुस्ती हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । आलस्य उत्पन्न भै दैनिक कार्यहरू पनि ओझेलमा पर्न सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज नयाँ काम सुरु गर्ने समय आएको छ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । राजनैतिक र समाजसेवामा सफलता मिल्नेछ । शुभयात्राको योजना बन्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । रचनात्मक काममा जुट्ने समय छ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । प्रेम सम्बन्ध कसिलो होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज कर्म प्रेमीहरूका लागि दिन बढी फलदायी रहनेछ ।उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । वैदेशिक कार्य र विद्यामा पनि सफलता मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) दिनको सुरुमा केही कठिन परिस्थितिको सामना गर्नुपरे पनि मध्य दिनपछि रोकिएका अधुरा कार्यले पूर्णता पाउनेछ । शिक्षामा पनि राम्रो नतिजा पाइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

सर्वदलीय बैठक आज बस्दै, संसद्को पहिलो बैठक पुस २५ गते बस्दै

काठमाडौँ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिसमेशर जबराले सभाको पहिलो बैठकका लागि एजेण्डा तय गर्न आज (शुक्रबार) सर्वदलीय बैठक बोलाएका छन् ।

दिउँसो १ बजे बस्ने बैठकमा दलका सचेतक र संसदीय दलबाट प्रतिनिधिलाई बोलाइएको छ । स्वतन्त्र सांसद पनि सहभागी हुने छन् ।

सभामुखको निर्वाचनको नहुँदासम्म बैठक सञ्चालन गर्ने प्रक्रिया, सभामुखको निर्वाचन प्रक्रियाका लागि प्रतिनिधि सभाको नियमावली अनुमोदन गर्ने लगायतका विषयमा छलफल हुनेछ । सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधनलगायतका एजेण्डामा पनि छलफल हुने बताइएको छ ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा छलफल हुने

काठमाडौँ ।  उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजबाट बहस सुरु हुँदैछ । यसअघि गत पुस ६ गते लामिछानेविरुद्ध परेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै दुवै पक्षबीच छलफलका लागि आदेश दिएको थियो । संवैधानिक इजलासमा पेशी चढेकाले आज लामिछानेविरुद्ध दर्ता भएको रिटमाथि बहस हुने सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बताउनुभयो ।

प्रारम्भिक सुनुवाइमा अन्तरिम आदेश जारी नभएपछि लामिछानेलाई शपथ लिनका लागि बाटो खुलेको थियो । उनी गृहमन्त्री नुयुक्त भइसकेका छन् ।

नागरिकता विवादसँग जोडिएका व्यक्तिलाई गृहमन्त्री बनाइएको भन्दै प्रश्न उठेको थियो । लामिछानेले आफूमाथि भइरहेको छानबिनमा कुनै हस्तक्षेप नहुने प्रष्ट्याइसकेका छन् । अमेरिकी पासपोर्ट रहेकै अवस्थामा पुरानो नेपाली नागरिकता प्रयोग गरेर नेपाली पासपोर्ट पनि बनाएको उनीमाथि आरोप छ ।

नेप्सेको वृद्धि कायमै

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पाँचौ दिन आज विहीबार नेप्से १८.०९ अंकले बढेर दुई हजार एक सय ४३ दशमलब ९३ विन्दुमा बन्द भएको छ । निरन्तर रुपमा बढेको शेयरबजारमा बुधबार पनि उच्च अंकको वृद्धि भएको थियो  ।

बुधबार नेप्से ६४.८७ अंकले बढेर दुई हजार एक सय २५ दशमलब ८४ विन्दुमा बन्द भएको थियो । मंगलबार नेप्से ३.०३ अंकले घटेर दुई हजार ६१ दशमलब ६ विन्दुमा बन्द भएको थियो  ।

त्यस्तै, आज शेयरबजार बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । आज पाँच अर्ब ४ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार तीन अर्ब भन्दाबढीको बराबरको कारोबार भएको थियो ।  

आज कारोबार भएका कम्पनीमध्ये १४७ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ६२ वटा कम्पनीको शेयरमूल्य घटेको छ । आज चार वटा कम्पनीको शेयर मूल्य यथावत रहेको छ ।  नेप्सेका अनुसार आज नौं कम्पनीको शेयरमूल्य ९.८९ प्रतिशतले बढेको छ । जसमध्ये पाँच वटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।  

आज पाँच कम्पनीको शेयरमूल्यमा सामान्य गिरावट भएको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यसको आज ४३ करोड १९ लाखभन्दा बढीको कारोबार भएको छ ।

अर्थ ,अख्तियार ,बाणिज्य र कानुन सहित ७ सचिब हेरफेर

काठमाडौँ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ, वाणिज्य, अख्तियार , प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत निकायहरूका ७ सचिवहरूको सरुवा गरेको हो ।नयाँ सरकार गठन संगै सरकारले पहिलो ठुलो संख्यामा सचिब सरुवा गरेको यो पहिलोपटक हो।

सरुवा हुनेमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव तोयम रायालाई अर्थ सचिवमा ल्याइएको छ भने अर्थ सचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । वाणिज्य सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव मधु मरासैनी गएका छन् ।

यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव धनराज ज्ञवालीलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कानुन सचिव उदयराज सापकोटालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।

सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव डा। राम प्रसाद घिमिरेलाई राजश्व सचिव र राजश्व सचिव रामेश्वर दंगाललाई अक्तियारमा पठाइएको छ ।लामो समय देखी रिक्त रहेको बन तथा वातावरण मन्त्रालयले सचिब पाएको छैन ।

 

कोटाभन्दा कम शिक्षक सिफारिस

काठमाडौँ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह (निमावि) को शिक्षक पदमा १ हजार ९५९ जना शिक्षक सिफारिस गरेको छ । आयोगले २ हजार ६०६ रिक्त पदमा शिक्षक माग गर्दै विज्ञापन आह्वान गरेका थिए तर, आयोगले माग गरेको भन्दा ६४७ कम शिक्षक सिफारिस भएका छन् । 

निमावि तहका लागि शिक्षक सिफारिस भएसँगै आयोगले अब प्राथमिक तह (प्रावि) को नतिजा सार्वजनिक गर्नेछ ।  सिफारिस भएका शिक्षकहरूलाई नियुक्ति पत्र लिएर आ–आफ्नो क्षेत्रमा खटाउन थालिएको छ । 

यसअघि मावि तहको नतिजा प्रकाशित गरेको थियो । मावि तहमा समेत कोटाभन्दा कम सिफारिस भएका थिए । आयोगले यो महिनाको अन्तिमतिरबाट प्रावि तहको नतिजा प्रकाशन गर्नेछ ।

यातायात कार्यालयबाट बिचौलियाहरु पक्राउ

काठमाडौँ । चन्द्रगीरी नगरपालिका स्थित गुर्जुधाराको यातायात कार्यालयबाट प्रहरीले २६ जना बिचौलियाहरूलाई पक्राउ गरेका छन् । मोटरसाइकलमा जाने सेवाग्राहीलाई काम छिटो गरिदिने बहानामा उनीहरूले रकम असुल्ने गरेको आरोप छ । 

सेवाग्राहीलाई हैरानी दिएर रकम असुल्ने २६ जना बिचौलियालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भरत बोहराले बताए । सबै बिचौलियाहरूलाई प्रहरी परिसर टेकुमा राखिएको छ । उनीहरुबिरुद्ध अभद्र व्यवहारको मुद्दा चलाइने एसएसपी बोहराले जानकारी दिए । 

नयाँ लाइसेन्स बनाउन र कागजपत्र नवीकरण गर्न जाने सेवाग्राहीलाई ‘छिटो काम गरिदिन्छौँ’ भनेर बिचौलियाहरूले रकम असुल्ने गरेका छन् । यातायातका कर्मचारीहरू पनि बिचौलियाहरूसँग मिल्ने गरेको आरोप छ ।

सर्वोच्चले अख्तियार लाई अगाडि बढने बाटो खोल्दियो

काठमाडौं । सर्वोच्च अदालतले ‘मन्त्रिपरिषदको नीतिगत निर्णय’माथि अनुसन्धान गर्न नमिल्ने कानूनी व्यवस्था किन खारेज नगर्ने भनी प्रश्न गरेको छ ।

अधिवक्ता राजुप्रसाद चापागाईंलगायतले दर्ता गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले संविधानसँग बाझिएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा ४९ख० किन खारेज नगर्ने भनी प्रश्न गरेको हो ।

सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, कानून मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महान्यायाधिवक्ता कार्यालय र राष्ट्रिय मानव अधिकार आयोगलाई यसवारेमा जवाफ दिन भनेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की सहित न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा। आनन्दमोहन भट्टराई, प्रकाश राउत र सपना प्रधान मल्लको संवैधानिक इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको दफा ४(ख)मा ‘मन्त्रिपरिषद् वा त्यसको कुनै समितिले सामूहिक रुपमा गरेको कुनै नीतिगत निर्णय र अदालतको न्यायिक काम कारवाहीका सम्बन्धमा आयोगले यस ऐन अन्तर्गत अनुसन्धान र तहकिकात तथा तत्सम्बन्धी कुनै कारबाही गर्ने छैन’ भन्ने व्यवस्था छ । यही कानूनी व्यवस्थाको आडमा तल्लो तहबाट हुने निर्णय समेत मन्त्रिपरिषदमा पुग्ने र नीतिगतको आवरणमा उन्मुक्ती मिलेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको हो ।

आम रूपमा सुशासन खोजिएको छ तर सबै क्षेत्र बाट अख्तियारलाई काम गर्न सहज बनाइएको छैन।धेरै काम गर्दैगर्दाको अवस्थामा यो निकायलाई सँकुचित गराउन खोजिनुले पनि अपेक्षा गरिए अनुसारको काम हुन नसकेको हो यो निकाय नियाल्नेहरुको विश्लेषण छ।

यतिबेला अख्तियरको नेतृत्वमा प्रेमकुमार राई जस्तो निष्ठावान अनि परिणाम दिन आतुर देखिनुभएका प्रमुख आयुक्त लाई सबै तहबाट सहयोग भएमा मात्र अपेक्षा गरे अनुरुप सुशासनको प्रत्याभूत हुने परिणाम दिन सक्छन् जानकारहरु बताउछन् ।

पुस २१ गते बिहिबार, यस्ताे छ तपाईंकाे राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
मेष राशिका जातकका लागि सामाजिक र धार्मिक कार्यबाट मानसम्मान मिल्नेछ । तपाईको स्वास्थ्यमा सुधार हुनेछ, आफूभन्दा उच्च व्यक्तिबाट प्राप्त हुने सम्मानले मनमा नयाँ काम गर्न मन लाग्नेछ । आजको दिन शुरुवात गरेको काम यसै साता भित्र सम्पन्न हुनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
आजको दिन आकस्मिक धनलाभ हुनेछ । व्यापार व्यवसायबाट नसोचेको अर्थ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । परिवार र दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । यात्राबाट फाइदा हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ । आजको दिन कुनै देवालय र शिवालयको यात्रा फलदायी हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
तपाईको मनमा खुसियाली छाउने छ । घरपरिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ । तपाईले गरेको कामअनुसारको फल प्राप्त हुनेछ । सकारात्मक सोच राखेर काम  गर्नु पर्नेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
कर्कट राशिका जातकका लागि आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने यात्राबाट फाइदा पुग्नेछ । तपाईको सोचअनुसारको काम गर्दा फाइदा हुन्छ । व्यापार व्यवसायमा नयाँ लगानी गर्नु पनि सकिन्छ । अध्ययन अध्यापनमा लागेका कर्कट राशिका जातकका लागि नयाँ अवसर प्राप्त हुनेछ । आजको दिन आफूले सम्मान गर्ने व्यक्तिसँगको फाइदा हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
सिंह राशिका जातकले हरेक बिहीबार सूर्योदयको दर्शन गर्नुहोला । तपाईलाई अनावश्यक विवाद हुनसक्छ । आजको दिन कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ । मौन रहेर आफ्नो नियमित कार्य गर्नुहोला । कसैसँग विवाद हुनसक्ने भएकाले नियमित काम बाहेक नयाँ कामका लागि दिन त्यति उपयुक्त छैन ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
आजको दिन यात्राका लागि अवसर आउनसक्छ । नयाँ मित्रमण्डलीसँगको भेटले कार्यगत उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोग प्राप्त हुनेछ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ । आजको दिन कुनै देवी मन्दिरको दर्शन गरेर काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते)
आजको दिन सोचअनुसार काम हुनेछ । व्यापार व्यवसायमा हुनुहुन्छ भने आजको दिन फाइदा हुन्छ । धैर्यको आवश्यकता हुन्छ । सकारात्मक सोच राखेर काम गर्नुहोला । परिवार र आफन्तजनबाट समेत सहयोग हुनेछ । कुनै शिवालय वा देवालयमा गएर अशक्तलाई खानेकुरा दिनुभयो भने उत्तम हुनेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
आजको दिन सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आजको दिन सुुरु गरेको कामबाट सफलता प्राप्त हुनेछ । तपाईमाथि अनावश्यक आरोप लाग्नसक्छ । नियमित काम गर्दा सकात्मक सोच राखेर काम गर्नुहोला । परिवारमा हुने विवादले समस्या हुनसक्छ त्यसैले धैर्य र मौन रहनु नै वेश हुनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
परिवार तथा आफन्तजनको सहयोगले कार्ययोजना सफल हुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन व्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थप हुनेछ । मित्रमण्डलीबाट असहयोग हुनसक्नेछ । साथ सहयोग कसैको नहुँदा पनि मनमा उर्जाका लागि देवालय र शिवालयको दर्शन गर्नु भएमा मनमा उत्साह थपिने छ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
आजको दिन सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्न सक्नुहनेछ । चन्द्रमाको साथ रहेकाले आफ्नो कर्मयात्रामा सफलता मिल्नेछ । मनमा निकै हर्ष छाइरहने छ । बिहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ । आजको दिन अध्ययन अध्यापनमा सफलता मिल्नेछ । मकर राशिका जातकको लागि रचनात्मक काममा मन लाग्नेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
आज मनमा खुसी छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापार व्यवसायबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुभयो भने मानसम्मान मिल्नेछ । सामाजिक काममा मन जानेछ । परिवारभित्र तपाईले गरेको कामबाट आफैमा खुसीयाली छाउने छ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने जातकले आजको दिन सूर्यस्तोत्र पाठ गर्दा सकारात्मक सोच बढ्नेछ । तपाईले गर्न खोजेको काममा पनि सफलता मिल्नेछ । मीन राशिका व्यक्तिका लागि बिहीबार विशेष दिन हो ।

शेखर-गगन समूहको बैठक बस्दै

काठमाडौं । शेखर–गगन समूहको बैठक आज बस्ने भएको छ । २२ पुसमा बोलाइएको केन्द्रीय समिति बैठक प्रतिनिधिसभा बैठक बस्ने भएको र विश्वासको मतका विषयमा संसदीय दल बैठक बस्नुपर्ने भन्दै कांग्रेसले २८ पुसमा बैठक सारिएको हो ।

नेपाली कांग्रेस सत्ताबाट बाहिरिएपछि पहिलोपटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । पार्टी नेतृत्वले समयमै सुझबुझ पुर्याउन नसक्दा सत्ताबाट बाहिरिनुपरेको भन्दै कांग्रेसमा तीव्र असन्तुष्टि बढेको छ ।

संस्थापन इतर समूहले सभापति शेरबहादुर देउवालाई सत्ताबाट बाहिरिनुपरेको आरोप डा.शेखर कोइराला–गगन थापा समूहले लगाउँदै आएको छ । शेखर–गगन समूहको बैठक आज बस्ने भएको छ ।

इतर समूहले गठबन्धन टुटेको तथा चुनावी समीक्षा गर्न भेला बोलाएको हो । बैठकले चुनाव र गठबन्धनबारे केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने एजेन्डा तय गर्ने बुझिएको छ ।

नयाँ सत्ता समीकरण बनेपछि यसअघि नै इतर समूहका नेताहरु शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, नेताहरू अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, मिनेन्द्र रिजाल, बलबहादुर केसी, रामकृष्ण यादव, सरिता प्रसाईंलगायत बसेर छलफल गरेका थिए ।

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

काठमाडौँ । सर्लाहीमा भारतीय नम्बर प्लेटको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री वृद्धाको मृत्यु भएको छ।

सर्लाहीको पर्सा गाउँपालिका-२ की ७५ वर्षीया नथुनी बैठाको मृत्यु भएको हो।

बुधबार साँझ पर्सा-२ संग्राम स्थित भित्री सडकखण्डमा बी.आर ०१ बी ५९१७ नम्बरको मोटरसाइलले ठक्कर दिँदा गम्भीर घाइते भएकी बैठाको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए।