प्रधानमन्त्री दाहालको सचिबहरुलाइ ३२ बुदे निर्देशन

कतिपय मन्त्रालयका सचिबको ब्रिफिङ फितलो

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रालय र विभिन्न निकायका नेतृत्वमा रहेका नेपाल सरकारका सचिवहरूले समस्या र योजनाबारे दुई दिन लगाएर ब्रिफिङ गरेका छन् । सोमबार ११ बजेदेखि सुरु भएको प्रधानमन्त्रीसँग सचिवहरूको ब्रिफिङको कार्यक्रम मंगलबार पनि जारी रहे सगै अन्तिममा प्रधानमन्त्रीले ३२ बुदे निर्देशन दिनु भएको छ।

प्रधानमन्त्री दाहालसँग सचिवहरूको पहिलो दिनको बैठकमा १८ मन्त्रालयका सचिवहरूसँग काम कसरी भइरहेको छ भन्नेबारे ब्रिफिङ लिनेकाम भएको थियो ।

मन्त्रालयका सचिवहरूको ब्रिफिङका लागि प्रत्येक सचिवहरूले ५/७ मिनेट समय छुट्याइएको थियो । मन्त्रालयका सचिवहरूले आआफ्ना कुरा राख्नुभएको छ । निकाय मन्त्रालय र आयोगहरूका सचिव सहित ७० जनाले ब्रिफिङ गरेपछि प्रधानमन्त्रीले मुख्य सचिब सामु ३२ बुदे निर्देशन दिनुभएको हो। भइरहेका प्रगति विवरण तथा समस्याबारे प्रधानमन्त्रीसँग सचिवहरूले ब्रिफिङ गर्ने कार्यक्रममा कतिपय मन्त्रालयका सचिबको प्रस्तुति अत्यन्तै कम्जोर रहेको थियो ।

बाणिज्य आपूर्ति ,कृषि तथा पशुपछी ,उर्जा ,शिक्षा ,स्वास्थ्य, बन ,शहरी ,खेलकुद मन्त्रालयका सचिबहरुको प्रस्तुति कम्जोर रहेको थियो भने अर्थ सचिब कृष्णहरि पुस्करले सैद्धान्तिक कुरा मात्रै राखेका थिए उनले समाधानका उपाय दिन सकेनन् ।

सचिवहरूले मन्त्रालय मातहतका कार्यक्रम र भौतिक पूर्वाधार तथा योजनाको प्रगति विवरणबारे पनि प्रधानमन्त्रीसँग भौतिक सचिब गोपालप्रसाद सिग्देलले अत्यन्तै प्रष्ट ढंगले सुझाव दिएको बताइएको छ।त्यस्तै श्रम तथा वैदेशिक रोजगार मन्त्रालय , रक्ष।,भुमि सुधारका सचिवहरूले राम्रो ब्रिफिङ गरेको बताइएको छ ।

सचिवहरूको ब्रिफिङ प्रस्तुत गर्ने क्रम सकिएपछि प्रधानमन्त्री दाहालले निर्देशनात्मक सम्बोधन गर्दै नतिजामुखी काममा निम्ति निर्देशन दिनुभएको थियो ।

तेस्रो पटक प्रधानमन्त्रीमा चयन भएपछि दाहालले पहिलो पटक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍ कार्यालयमा विभिन्न मन्त्रालयका सचिव र विभागीय प्रमुखहरूबाट काम र योजनाबारे ब्रिफिङ लिनुभएको हो।

सरकार प्रमुखको हैसियतले प्रधानमन्त्री दाहालले विभिन्न मन्त्रालय र निकायको कामकारबाही जानकारी लिने काम सुरु गरेको नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीको सचिवालय बाट जानकारी प्राप्त भएको छ।

बन मन्त्रालय सचिवको पर्खाइमा

काठमाडौं । मंसिर १४ बाट सचिव प्रेमप्रसाद कडेलको सेवा सकिए संगै नयाँ सचिबको प्रतीक्षामा रहेको बन तथा वतावरण मन्त्रालयले एक महिना बितिसक्दा समेत अहिले सम्म पनि मुख्य सचिब पाउन सकेन । ६ वटा महाशाखा रहेको मन्त्रालयले प्रसस्तै योजना बनाएको भएपनि देखिने काम गर्न नसक्दा सचिब कडेलको सेवा सकिए पछि घर गएका थिए।

महत्त्वपूर्ण मन्त्रालय भएपनि यसको मर्म अनुसारको काम हुनुपर्नेमा आज भोलि त सचिब बिहिन मन्त्रालय त हो जाडो मौसमको काम कहिले जाला घाम मातहतका कर्मचारी आआफ्नो धुनमा रहेको समाचार श्रोतले जानकारी गराएको छ ।

अर्को सचिब ले हाजिर नगरेसम्मका लागी प्रशासन कै सहसचिव शिवप्रसाद रेग्मी लाई निमित्त सचिबको जिम्मेवारी दिइएको छ । मन्त्रालय भित्र प्रशासनको भाषा बुझ्ने निमित्त सचिब रेग्मीलाई बनको प्राबिधिक बिषय बुझाउन नसक्दा बन सेवामा कार्यरत कर्मचारीले सास्ती खेप्नुपरेको यथार्थले नयाँ सरकार बने सगै अब हाम्रो सचिब कहिले आॐछ्न्, उनीहरुको निम्ति प्रतीक्षाको बिषय बनेको छ।

प्रत्येक महाशाखाले समेत आफनो काम गराउन सकेका छैनन् । जलबायु परिवर्तन हेर्ने महाशाखाले दातृराष्ट्रको सहयोग सक्ने काम भने तीब्र रुपमा भैरहेको बताइएको छ।

जलबायु परिवर्तन कार्यक्रम कतिपयका निम्ति बिदेश घुम्ने स्वदेशका जिल्लास्तरीय कार्यक्रमका नाममा रकम सक्ने अभियान भने नरोकिएको र आफ्नो बचाउका निम्ति केही निश्चित संचार स‌‌स्थालाइ प्रचारप्रसार गर्ने उद्देश्यले बजेट दिएको भएपनी सो सन्दर्भ समेत प्रभाव हिन बन्दै गएको बताइएको छ।

बन सेवाको तीन जना वरिष्ठ सहसचिवको को नाम एक सचिब बढुवाको निम्ति सिफारिस भैसकेको छ । तर अहिलेसम्म टुङिएको छैन यो बीचमा कृषि वा पशु पछी मन्त्रालयका सचिब लाई बनमा ल्याउने तयारी भएपनी अन्तिममा रोकिन पुगेको थियो।

आजदेखि १० लाख ७५ हजार कित्ता आइपीओ निष्काशन गर्दै मोलुङ्ग हाइड्रोपावर

मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले आज पुस १९ गते मंगलबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेका छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ बिक्रीमा ल्याएको हो।

कम्पनीले आफ्नो जारी पूँजी ८० करोड २५ लाख रुपैयाँको १० प्रतिशतका दरले हुने आउने ८ करोड २ लाख ५० हजार रुपैयँ बराबरको ८ लाख २ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो। त्यसैगरी, कम्पनीले वैदेशिक रोजगारीमा रहका नेपालीहरुका लागि २ लाख ७२ हजार ८५० कित्ता शेयर पनि निष्काशन गर्न लागेको हो।

पेलेलाई श्रद्धाञ्जलि दिन हजारौँ प्रशंसक

काठमाडौं । विश्व फुटबलका लेजेन्ड पेलेलाई श्रद्धाञ्जलि दिन हजारौँ प्रशंसकको साओ पाउलोस्थित सान्तोस क्लबको रंगशालामा पुगेका छन् ।

पेलेको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि सान्तोस क्लबको भिला बिलमिरो रंगशालामा लगिएको हो । तीन पटक फिफा विश्वकप जितेका पेलेको गत बिहीबार राति ८२ वर्षको उमेरमा निधन भएको थियो । आफ्ना प्रिय खेलाडीलाई अन्तिम पटक बिदाईमा हजारौँ समर्थक उपस्थित भएका छन् ।

३० डिग्रीभन्दा माथिको तापक्रमको वास्ता नगरी उनीहरुले दुई घन्टाभन्दा बढी लाइनमा बसेर पेलेलाई श्रद्धाञ्जलि अर्पण गरेको रोयटर्सले जनाएको छ ।पेलेको पार्थिव शरीरलाई श्रद्धाञ्जलि दिन पुगेका फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले कम्तीमा एउटा रंगशालाको नाम पेले राख्न आफ्ना दुई सय एघार सदस्य राष्ट्रहरुलाई आग्रह गरेका छन् । उनले पेले शाश्वत भएको भन्दै फिफाले पनि पेले प्रति उच्च सम्मान गर्ने जानकारी दिए ।

ब्राजिलका नेइमार, भिनिसियस जुनियर, रियाल मड्रिड क्लब लगायतले पुष्पाञ्जलि पठाएका थिए । २४ घन्टाको श्रद्धाञ्जलि सभापछि पेलेको आज निजी समारोहमा अन्तिम संस्कार हुनेछ ।

पुस १९ गते मंगलबार, यस्ताे छ तपाईंकाे राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ व्यापार व्यवसायमा प्रगति होला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) श्रमको उचित मूल्याङ्कन हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । धर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ कामको थालनी पनि हुनसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज लाभदायक यात्रा रहनेछ । लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको समय छ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सकिएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आत्मिक सन्तुष्टि मिल्नेछ । दानपुण्यका कार्यमा सहभागी भइनेछ । शुभकार्यको चर्चा रहला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज काममा सफलता मिल्नेछ भने मनमा भएको बोझ हट्नेछ । अरूले सापटी लगेको रकम फिर्ता पाइनेछ । मानसम्मानसमेत प्राप्त हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । घरायसी व्यवहारबाट टाढै बस्नु होला । सवारी चलाउँदा विपत्ति आइलाग्न सक्छ, सचेत रहनुहोला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफन्तसँग रमाइलो भेटघाट हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । मनोरञ्जनमा सहभागिता भइएला । प्रेममा सम्बन्धमा मधुरता छाउनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । रचनात्मक कार्यबाट अरूको मन जित्न सकिनेछ । प्रेममा सफलता पाइनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) चलाखीपूर्ण बलिको प्रभावले आँटेको काम हुनेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । वाहन लाभ पनि हुने समय छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्ला, तर साँझमा सहयोग मिल्ने र मन प्रसन्न रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । स्वास्थ्यमा सुधार पनि आउला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो पात्रो


खुकुरी प्रहार गर्ने ३ जना विद्यार्थीलाई क्याम्पसबाट निस्कासन

काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर)मा यहि पुस १३ गते कक्षा सञ्चालन भइरहेका बेला आरआर क्याम्पस परिसरभित्र विद्यार्थीहरूले खुकुरी प्रहार गरेका थिए।

खुकुरी प्रहार गर्न संलग्न रहेका विद्यार्थीहरू कृष्ण गिरी, सबिन निरौला र जलप तामाङलाई आरआर क्याम्पसले निस्कासन गरिदिएको छ।

क्याम्पस प्रमुख प्रा.डा.जीवनधर ज्ञवालीले खुकुरी प्रहारमा संलग्न तीन विद्यार्थीलाई निस्कासन गरिएको बताए। खुकुरी प्रहारबाट आरआरमा अनेरास्ववियूका अध्यक्ष मदन भण्डारी, उपाध्यक्ष लोकेश्वर खड्का र पवन खड्का, हर्क बोहरा घाइते भएका थिए।

काम प्रभावकारी बनाउन प्रचण्डले आज निर्देशनात्मक सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक सरकारको कामलाइ प्रभावकारी बनाउन सरकारका सचिवसँग उनले सोमबार छलफल गरेका हुन्।

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार प्रधानमन्त्री प्रचण्डले सचिवका कार्यविवरण सुनिसकेपछि आज आवश्यक निर्देशन दिने भएका हुन्। आज राष्ट्रपति, उपराष्ट्रपति, आयोगहरु, प्रधानमन्त्री कार्यालय तथा मातहतका निकायहरुको प्रस्तुतीकरण हुँदैछ ।

यही पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डल सुशासन र नागरिकलाई सरल र सहज रूपमा सेवा प्रदान गर्ने यसअघि नै घोषणा गरेका थिए।

पुस ११ मा उनले नागरिकलाई सेवा प्रदान गर्ने निकायमा भइरहेको बेथिति अन्त्य गर्ने घोषणा गरेका थिए।

विशेषगरी राहदानी वितरण, सवारी चालक अनुमतिपत्रलगायत सेवाग्राहीको बढी भीडभाड हुने कार्यालयको कामलाई सरल र सहज बनाउने प्रधानमन्त्रीको योजनाअनुसार सोमबार पहिलो चरणमा प्रधानमन्त्रीले सचिवहरूसँग छलफल गरेका हुन्।

केही सचिव र विभागका प्रमुखले आ-आफ्ना विभागको कार्यविवरणबारे प्रस्तुति दिन बाँकी छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा सचिवहरूले आ–आफ्नो मन्त्रालयको वस्तुस्थितिबारे प्रधानमन्त्रीलाई ‘रिपोर्टिङ’ गरेका थिए।

मन्त्रालयहरुको अवस्थाबारे जानकारी लिने र प्रभावकारी ढंगले काम गर्न निर्देशन दिने गरी छलफल गर्न भन्दै प्रचण्डले सचिव बैठक बोलाएका हुन् ।

कृषि मन्त्रालय सचिबका कारण गतिहीन बन्दै

काठमाडौ । देशको समग्र कृषि क्षेत्रको बिकासका निम्ति समर्पित कृषि तथा पशुपन्छी विकास मन्त्रालय वार्षिक ४५ अर्ब बजेट बोकेर बसेको छ तर गति सुस्त छ । मन्त्रालय भित्र विभिन्न महाशाखाहरु छ्न् । योजना बनाइएको छ, सयौ कर्मचारीहरु कार्यरत छन् तर पनि यसले परिणाम दिन सकेको छैन।

उन्नत जातका बीउ बिजनका कार्यक्रम अत्यन्तै राम्रो ढंगले योजना बनाइएको छ तर किसानले बीउ पाइएन भनेर गरेको गुनासो उतिकै वढेको सुनिन्छ । कृषि सामाग्रीहरुको आयात घटाउने भनिरहेका छौ तर आयात बढिरहेको छ। खेतमा सिजनल मल पाइएको छैन ।

सरकार भर्खरै गठन भयो यो मन्त्रालय कसैको प्राथमिकतामा परेन । देश बनाउने हो भने यो मन्त्रालय सबैको प्राथमिकतामा गनुपर्छ बिज्ञहरु भन्छ्न तर मन्त्रालय बाडफाड हुँदा ठुला दलहरूले यो अपजस आउने मन्त्रालयका रुपमा लिने गरेकाले पछिल्लो समयमा मधेस केन्द्रित पार्टीलाई जिम्मा लगाउने गरिएको छ जसको कारण आउने मन्त्रीले पाएको एउटा मन्त्रालय यसबाट कसरी कमाउने ? यस्तैयस्तै सोचाइको नेतृत्व ब्यहोरेको यो मन्त्रालय पछिल्लो समय सचिब गोबिन्दप्रसाद शर्माका कारण थप अन्योलमा परेको जानकारहरु बताउछ्न।

सचिब शर्मा संग नत भिजन छ, नत काम गर्ने तत्परता छ, नत समन्वय गर्ने क्षमता नै । आफै जान्ने सुन्ने मैले जति बुझेको कसैले छैन भनेर कर्मचारीलाई हप्किदप्की मा उत्रने सचिब शर्मा आफू भन्दा माथिल्लो निकायमा आफनो मन्त्रालयको समस्यालाई प्रस्तुत गर्न नै नसक्ने भएकाले यो मन्त्रालयमा क्षमता भएका दर्जनौं कर्मचारीहरु महिनामा तलब बुझ्ने र फिल्ड काज स्वीकृत गराउदैमा आफनो उर्जा खर्चिरहेका छ्न।
यो पेचिलो यथार्थ कसैले बुझ्ने कोशिस नै गरेको छैन तर बाहिर बाहिर कृषि क्षेत्रको बिकास नभै देश बिकास हुदैन भन्ने नेताका भाषणका प्रिय शब्द सुन्ने मन्त्रालय भित्रका कर्मचारीतन्त्र सचिबको लयमा लय मिलाउदै अन्योल मै समय बिताइरहेका छ्न।

यो आर्थिक वर्षको पाँच महिनामा पाँचौ पटक बिदेश हानिएका सचिब शर्मा अघिल्लो सरकारको चुरिफुरीमा काम गर्नु नपरे नि रमाएकै थिए सरकार परिवर्तन भएको छ । यो कृषि मन्त्रालयको दुरदसा बुझेर काबिल प्रशासक ले नेतृत्व नगर्ने हो भने समृद्धिको नारा नारा मै सिमित हुने जलगैडा तालमा रहेको मन्त्रालयको अवस्था बुझ्नेहरुले प्रतिक्रिया व्यक्त गर्न थालेका छन् ।

बलात्कारको आरोप लागेका वडाध्यक्ष पक्राउ

बारा। बलात्कारको आरोप लागेका निजगढ नगरपालिका २ का वडाध्यक्ष राजु भनिने राजन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उनी तीन महिना अघिदेखि फरार रहँदै आएका थिए ।

उनीमाथि गत असोज १९ गते छिमेकी किशोरीलाई घरमै बोलाएर बलात्कार गरेको आरोप लागेको थियो । पीडित किशोरीले वडा अध्यक्ष श्रेष्ठविरुद्ध गत असोज २५ गते इलाका प्रहरी कार्यालय निजगढमा किटानी उजुरी दिएकी थिइन् । आरोपित वडाध्यक्ष श्रेष्ठ घटना भएदेखि नै फरार बनेका थिए ।

उजुरी दिएपछि प्रहरीले किशोरीको असोज २५ गते नै कलैया अस्पतालमा स्वास्थ्य परीक्षण गराई जबरजस्ती करणी मुद्दा दर्ता गरेर बारा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरी खोजी गर्दै आएको थियो ।

प्रहरीले आरोपित श्रेष्ठको खोजी कार्यलाई तीव्र पारेपछि आफूलाई असुरक्षित महसुस गरेर उनी प्रहरीको सम्पर्कमा आएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सञ्जीव ओलीले बताउनुभयो । प्रहरीले श्रेष्ठको मोबाइलको फोन ट्यापिङ्ग गरेर उनी लुकेर बसेको हुनसक्ने सम्भावित क्षेत्रमा समेत निगरानी बढाएको थियो । श्रेष्ठलाई नियन्त्रणमा लिएर जबरजस्ती करणी मुद्दाअन्तर्गत अनुसन्धान थालिएको निरीक्षक ओलीले बताउनुभयो ।

वडा अध्यक्ष फरार बनेपछि वडाको कार्य भने वडा सदस्य पुष्कर खडकाले लिएर काम कार्यवाहक गर्दै आउनुभएको छ ।

यसैबीच इलाका प्रहरी कार्यालय निजगढले छिमेकी १५ वर्षीय किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले निजगढ नगरपालिका वडा नम्बर ९ स्थित एक घरमा डेरा गरी बस्दै आएका भारत मजफरपुर थाना सरहिया ग्राम घर भएका वर्षका ३७ का लालबाबु चौधरीलाई नियन्त्रणमा लिएको हो ।

चौधरीले कोठामा पुगेकी किशोरीलाई ललाइफकाइ जबरजस्ती करणी गरेको भनेर आफन्तले जानकारी दिएपछि शनिवार राति नै पक्राउ गरेको निरीक्षक ओलीले जानकारी दिनुभयो । चौधरीमाथि जबरजस्ती करणी मुद्दाअन्तर्गत अनुसन्धान थालिएको निरीक्षक ओलीले बताउनुभयो ।

३० जना कम्प्युटर अपरेटरको राहदानी तथा कन्सुलर विभागमा सरुवा गरिए

काठमाडौँ । ३० जना कम्प्युटर अपरेटरको आइतबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत अपरेटरहरूलाई राहदानी तथा कन्सुलर विभागमा सरुवा गरेको हो । 

राहदानीमा देखिएको भिडभाड कम गर्न ठूलो संख्यामा कम्प्युटर अपरेटरहरूकाे विभाग पठाइएको मन्त्रालयले जनाएका छन् । 

प्राप्त विवरण अनुसार ३० जना अपरेटर मध्ये १९ जनालाई राहदानी विभाग र बाँकी ११ जनालाई कन्सुलर विभाग पठाएका छन् । मन्त्रालयका अनुसार अर्थ मन्त्रालयमा कार्यरत विष्णु कुमार पौडेल, श्याममणि ढकाल, गणेश प्रसाद श्रेष्ठ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत फणेन्द्र राई र कृष्ण कुमार खड्का, ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयका ज्ञानेन्द्र भट्टराई र चन्द्रराज पाण्डेलाई राहदानी विभागमा सरुवा गरिएको छ । 

यस्तै कृषि तथा पशुपंछी विकाश मन्त्रालयमा कार्यरत जानकी राना, मनोज कुमार सिंह र महेश राई, खानेपानी मन्त्रालयका अरुण बुढा, विकाश तामाङ, गृह मन्त्रालयमा कार्यरत राज कुमार शाही, दिपेन्द्र दाहाल र प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यकालका कृष्ण प्रसाद गौतमलाई पनि राहदानी विभाग सरुवा गरिएको छ भने भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयका ओम प्रकाश आले मगर, परमेश्वर पौडेल, सुशील कुमार दास र भोजराज गौडेललाई पनि साही विभागमा सरुवा गरिएको छ । 

यता महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा कार्यरत कम्प्युटर अपरेटर आस्मा थपलिया, अञ्जली चौधरी थारु, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका चन्द्रशेर राना, राष्ट्रिय सतर्कता केन्द्रकी रीता कुमारी आचार्यलाई कन्सुलर विभाग पठाइएको छ । भने वन तथा वातावरण मन्त्रालयका विक्रम साउद, विद्या तामाङ र सुमन घिमिरेलाई पनि सोही विभागमा पठाएको छ । 

यस्तै मन्त्रालयले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका पप्पु कुमार साह, सार्वजनिक ऋण व्यवस्थापन कार्यालय नक्सालका राजकुमार श्रेष्ठ, भाषा आयोगका भूपेन्द्र प्रसाद जोशी र राष्ट्रिय महिला आयोगकी अस्मिता केसीलाई पनि कन्सुलर विभागमा सरुवा गरेको छ । 

शेयर बजारको वृद्धि कायमै

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज सोमबार दोहोरो अंकले बढेको छ । आज नेप्से १७.५६ अंकले बढेर दुई हजार ६३ दशमलब ८३ विन्दुमा बन्द भएको हो ।

त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.८८ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२८ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २५३ स्टकको ४८ हजार ५०३ पटकको कारोबारमा २ अर्ब ९६ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको ८२ लाख ७१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सोमबार ४ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन धौलागिरी लघुवित्त वित्तीय संस्था, श्रृजनशील लघुवित्त वित्तीय संस्था, खप्तड लघुवित्त वित्तीय संस्था र अजोड इन्स्योरेन्सको शेयरमूल्य सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन प्रभु इन्स्योरेन्सको शेयरमूल्य ९ प्रतिशत बढेको छ। यस दिन ५५ स्टकको मूल्य घटेको छ। यद्यपि, यी स्टकहरुको गिरावटदर ५ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन नबिल बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन १६ करोड ८४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरीको १६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने एनआईसी एशियाको ११ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ।यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.५२ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन उपसमूहको करिब ३ प्रतिशत बढेको छ। यस दिन उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक घटेको हो।

बाराही हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत

बाराही हाइड्रोपावर पब्लिक लिमिटेड (BHPL) को शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । सोमबार कम्पनीको २५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले सर्वसाधरणको लागि निष्काशन गरेको ७ लाख कित्ता र संस्थापकहरुले लगानी गरेको १८ लाख कित्ता सहित २५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको शेयरलाई नेप्सेले न्युनतम ६४ रुपैयाँ ९७ पैसा देखि १९४ रुपैयाँ ९१ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । उक्त ओपनिङ्ग रेन्जको आधारमा मंगलबार देखि कम्पनीको शेयर कारोबार खुल्नेछ ।

सन्दीप मानसिक रूपमा कमजोर बनेपछि वरिष्ठ मनोविद्को परामर्श सुरु

काठमाडौँ । सन्दीप लामिछाने मानसिक रूपमा कमजोर बनेपछि सोमबारदेखि वरिष्ठ मनोविद्को परामर्श सुरु गरिएको छ।

बलात्कार आरोपमा जेलमा रहेका सन्दीप पछिल्लो समय मानसिक रूपमा निकै शिथिल र कमजोर देखिएपछि उनलाई जेलरसँगको सल्लाहमा नै आवश्यक मानसिक परामर्श सुरु गरिएको हो।

सन्दीपलाई वरिष्ठ मनोविद् शुष्मा रेग्मीले सुनधारास्थित केन्द्रिय कारागारमा नै गएर आवश्यक परामर्श दिएकी थिइन्। सुनधारास्थित केन्द्रीय कारागारमा अन्य कैदी बन्दीसँगै सन्दीप पनि रहेका छन्।

सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले भने, ‘मानसिक रूपमा अलि डिप्रेसन देखिएकाले उनलाई सोमबारबाट मानसिक परामर्शमा राखेका हौँ।’ रेग्मीले पनि उनको अवस्था सामान्य नपाएको बताएको घिमिरेले जानकारी दिए। उनलाई आवश्यक परामर्श समय मिलाएर २,३ दिनमा दिइने जानकारी घिमिरेले दिए।

सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले भने ‘अन्य जघन्य अपराधमा संलग्न कैदी बन्दीहरूसँगै सन्दीप पनि रहेको छ। उनीहरूको सङ्गत र अनावश्यक कुराहरूले सन्दीप मानसिक रूपमा नै थकित देखिएको छ। त्यसैले उसलाई मानसिक रूपमा कमजोर हुन नदिन प्रयास गर्न लागेका हौँ।’

डेरी उद्योगले बढाएको दूधको मूल्य फिर्ता

काठमाडौं । डेरी उद्योग संघ र संघमा आवद्ध डेरी उद्योगले शनिबारदेखि लागू हुनेगरी प्रतिलिटर १४ रुपैयाँले बढाएको दूधको मूल्य घटाइएको हो । एक्कासी मूल्य बढाइएपछि चौतर्फी विरोध भएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरी वृद्धि गरिएको मूल्य तत्काललाई स्थगित गरिएको संघले जनाएको हो ।

राष्ट्रिय दुग्ध विकास नीति २०७८ ले  प्रत्येक दुई वर्षमा मात्रै मूल्य तोक्न पाउने व्यवस्था गरेको छ ।  सोहिअनुसार यसअघि २०७८ माघ १७ गते राष्ट्रिय दुग्ध विकास बोर्डको सिफारीसमा मन्त्रिपरिषदले दूधको मूल्य तोकेको थियो ।

शनिबार कृषि तथा पशुपंक्षि विकास मन्त्रालयका सचिवको नेतृत्व र बोर्डको अध्यक्षतामा सरोकारवालासँग भएको छलफलपछि अहिलेलाई स्थगित गर्ने सहमति भएको बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवले जानकारी दिए।

पुस २६ गते प्रधानमन्त्री दाहाल विश्वासको मत लिँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्रीले सोमबार संघीय संसदका महासचिवलाई पत्र लेख्दै उक्त जानकारी दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले २६ गते विश्वासको मत लिन चाहेको बताएका छन्। संवैधानिक प्रावधान अनुसार मिलिजुली सरकारका प्रधानमन्त्रीले प्रतिनिधिसभाको विश्वास लिनुपर्ने हुन्छ । २७५ सदस्यीय प्रतिनिधिसभाको विश्वास लिन प्रधानमन्त्रीले १३८ जना सांसदको समर्थन पाउनुपर्ने हुन्छ ।