शिक्षा क्षेत्रको रुपान्तरण गर्नका लागि अग्रज तथा विज्ञहरुसँग छलफल र समन्वय गर्ने: शिशिर

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले शिक्षा क्षेत्रको रुपान्तरणका लागि सबैसँग सहकार्य गरी अघि बढ्ने बताउनुभएको छ ।

काठमाडौं तारकेश्वर–११ स्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पसका संस्थापक व्यवस्थापन समितिका अध्यक्ष स्वर्गीय ढकालध्वज थापाको प्रतिमा अनावरण तथा सम्मान कार्यक्रममा बोल्दै उनले नेपालको शिक्षा जटिल अवस्थामा रहेको र यसलाई रुपान्तरण गर्नका लागि अग्रज तथा विज्ञहरुसँग छलफल र समन्वय गर्ने बताउनुभयो ।

मुलुकको शिक्षा जटिल अवस्थामा छ, शिक्षा क्षेत्रमा ठूलो संरचना निर्माण गर्नुपर्नेछ’, उहाँले भन्नुभयो, ‘विद्यालयमा समयमै पाठ्यपुस्तक पुर्याउन र गुणस्तर बढाउने विषयमा काम गर्ने छु ।’ उहाँले शिक्षाको गुणस्तरीयतासँगै ८० लाख विद्यार्थी र ४र५ लाख शिक्षक व्यवस्थापन चुनौतिपूर्ण रहेको बताउनुभयो ।

टिपर दुर्घटना हुँदा एककाे मृत्यु

पाल्पा, पाल्पामा टिपर दुर्घटना हुँदा टिपर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्गजाको गल्याङ्ग नगरपालिका–१ राम्दीका २२ वर्षीय सरोज न्यौपाने रहेको प्रहरीले जनाएको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका–५ केराबारी नजिकै पाल्पाबाट बुटवल तर्फ जाँदै गरेको ना ८ ख ७९२४ नम्बरको टिपर बुधबार राति करिब साढे ११ बजे दुर्घटना हुँदा उनको मृत्यु भएको हो । टिपर सडकबाट करिब ३ सय मीटर तल खसेको थियो ।

दुर्घटना पश्चात खोततलास गर्ने क्रममा न्यौपानेको शव बिहीबार बिहान करिब पौने ८ बजे तिनाउ खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए।

facebook sharing button
email sharing button

राष्ट्रिय परिचयपत्र विवरण दर्ता अभियान सुरु

लमजुङमा राष्ट्रिय परिचय पत्रका लागि स्थानीय तहबाटै विवरण संकलन अभियान सुरु भएका छन् । जिल्लाको दोर्दी गाउँपालिकाबाट वडास्तरीय घुम्ती शिविर आयोजना गरी विवरण लिने काम सुरु भएको छ । अभियानअन्तर्गत पहिलो दिन दोर्दी गाउँपालिकाभित्र वडा नम्वर १, २, ३ र ४ मा आइतबारदेखि शिविर सुरु भएको हो ।

राष्ट्रिय परिचयपत्र विवरण संकलनका लागि आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गरी पहिलो दिन चारवटा वडाबाट अभियान सुरु गरिएको लमजुङ प्रशासनले जनाएको छ । दोर्दी गाउँपालिकाअन्तर्गतका बाँकी वडामा सोमबारदेखि शिविर सुरु हुनेछ । दोर्दी गाउँपालिकाका लागि मात्रै प्रत्येक वडामा दुईवटा स्टेसन रहनेगरी १८ वटा स्टेसन तयार गरिएको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।

भारतले ७४ औं गणतन्त्र दिवस मनाउँदै

एजेन्सी, छिमेकी देश भारतले बिहीबार ७४ औं गणतन्त्र दिवस मनाउँदै छ । सन् १९४७ मा बेलायती उपनिवेशबाट मुक्त भएपछि सन् १९४९ जनवरी २६ मा संविधान सभाबाट संविधान जारी भएको दिनलाई भारतले गणतन्त्र दिवसको रुपमा मनाउने गर्दछ ।

यस अवसरमा राजधानी नयाँदिल्लीमा विशेष समारोह आयोजना गरिएको छ । राष्ट्रपति भवन अगाडिको सडकमा आयोजना हुने विशेष परेड समारोहमा भारतीय सैनिकको शक्ति प्रदर्शन पनि गर्ने गरिन्छ ।

आज माघ १२ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । सरकारी निकायको भय रहला । परिवारमा चिन्ता बढ्न सक्छ, तर विद्यामा सफलता पाइनेछ ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक पद र प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । बन्न लागेको काम बिग्रनसक्छ । प्रेममा बाधाका साथै मन कमजोर रहला ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रेमीको सहयोग प्राप्त हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको योग छ ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । सामान हराउने भय पनि छ ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । पारिवारिक मनोरञ्जन हुने र सद्भाव बढ्नेछ । व्यापार, व्यवसायमा चैं लाभ नमिल्ला ।

वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज लगनशीलताले गरेका कामहरू अगाडि बढ्नेछन् । सामाजिक संस्थाबाट सहयोग र पदोन्नतिको सम्भावना प्रबल रहेको छ ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) गरेको कार्यबाट नपत्याउँदो सफलता र फाइदा हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शुभ समाचार सुन्न पाइएला । कृषि क्षेत्रको काम अघि बढ्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज रोकिएको धन पाइएला । धर्मकर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अतिथिको रूपमा सत्कार पाइनेछ ।

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज आफन्तसँग सहकार्यको अवसर मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । एउटै कामबाट दोहोरो लाभ पनि मिल्नेछ ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेम र दाम्पत्य जीवन सुखमय हुनेछ । जोशजाँगर र हिम्मत पनि बढ्न सक्छ ।

नेपालको तेस्रो राष्ट्रपति काे बन्लान् ?

काठमाडौं । अब नेपालको तेस्रो राष्ट्रपति बन्ने भाग्य कसको चम्किएला भन्ने निकै चासो देखिएको छ । एमालेभित्र केही नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै तेहोर्‍याउन सकिन्छ कि भनेर पनि कानूनी परामर्श गरेको स्रोत बताउछ । संविधानले दुईपटकभन्दा बढी राष्ट्रपति हुन रोक लगाएका कारण त्यो संभावना देखिएन ।

त्यसपछि राष्ट्रपतिका लागि केही पात्रहरु चर्चामा रहन थालेका छन् । २०७९ माघ ७ गते शनिवार राष्ट्रपति विद्यादेवी भण्डारीले नारायणमान विजुक्छेलाई भेट गरेपछि थप बहसको विषय बनेको छ । एमालेले आफ्नो भागको राष्ट्रपति उम्मेदवारमा विजुक्छेलाई अगाडि सार्न सक्नेसम्मको विश्लेषण हुन थालेको छ । एकथरी मानिसहरुले विजुक्छेलाई राष्ट्रपति बनाउनुपर्ने तर्क पनि गरिरहेका थिए ।

त्यसो त, अहिले चित्रबहादुर केसीको नाम पनि राजनीतिक बजारमा चर्चा हुन थालेको छ । संघीयताको ठाडो विरोध गर्दै आएका केसीलाई राष्ट्रपति बनाउनुपर्ने धारणा अगाडि सारिएका छन् । यी दुईबाहेक राजनीतिक तहबाट सुुवास नेम्वाङ र अष्टलक्ष्मी शाक्यको नाम निकै अगाडि आएको छ ।

अष्टलक्ष्मी शाक्यलाई चाहिं सबै क्षेत्र, वर्गका साथै जनस्तरबाट पनि समर्थन रहेको पाइन्छ । एमालेका उपाध्यक्षद्वयको नाम खासमा निकै चर्चामा रहेको छ । त्यही क्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाममा पनि एमालेभित्र चर्चा भइरहेको छ । तर, नेपालको राष्ट्रपतिमा नेपाली सेनाको पनि चासो रहने भएका कारण पोखरेलको विपक्षमा अप्रत्यक्ष रुपमा सेना पनि उभिन सक्ने संभावना रहेको बताइन्छ ।

त्यसो त, नेम्वाङको पक्षमा पनि सेना नउभिने चर्चा एमालेभित्र भइरहेको छ । त्यसबाहेक एमालेबाट डोरमणि पौडेल, गुरु बराल, गोमा देवकोटाको नाम पनि चर्चामा आएका छन् । एमाले अध्यक्ष केपी ओलीले कसैले नसोचेको नाम प्रस्ताव गर्न सक्ने अनुमान भइरहेको छ । सभामुख चयनको बेलामा पनि धेरैले अनुमान नगरेको पात्र देवराज घिमिरेलाई अध्यक्ष ओलीले प्रस्ताव गरेका थिए ।

एमालेका अन्य नेताहरुले केही नबोलेपछि घिमिरे सर्वसम्मत निर्णयमा पुगे र सभामुख निर्वाचित भए । त्यसरी नै ओलीले नसोचिएको व्यक्तिलाई राष्ट्रपतिमा प्रस्ताव गर्न सक्ने बताइएको छ । कांग्रेसबाट पनि रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलाको नाम चर्चामा आएको छ । बाबुराम भट्टराई र माधव नेपालको नाम पनि चर्चामा आउन थालेको छ ।

यी नामहरु भने एमाले र माओवादी केन्द्रको गठबन्धन भत्काउने रणनीतिसंग जोडिएको छ । साथै, अहिलेका उपराष्ट्रपनि नन्दकिशोर पुन र पूर्वसभामुख अग्नि सापकोटाको नाम पनि चर्चामा छन् ।

यी नामहरु पनि गठबन्धन भत्काउने रणनीतिसँग जोडिन्छन् । प्रचण्डले एमालेलाई कुनै हालतमा राष्ट्रपति नदिने निचोडमा पुगेका बेलामा मात्रै यी नामहरु अगाडि सारिने अवस्था हुन सक्छ ।

माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीकाे बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बोलाइएको हो।

समसामयिक राजनीतिक घटनाक्रमबारेमा छलफल गर्न बैठक बोलाइएको महासचिव देव गुरुङले बताएका छन् ।

पार्टी सङ्गठन विकास र विस्तारको विषयमा पनि छलफल हुने उनले बताए । केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धि पनि बैठकका एजेण्डा छन् ।

डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकताबारे माओवादीसँग सहमति भइसकेको छ । यस्तै माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग एकताको चर्चा छ ।

आजको बैठकले पार्टी केन्द्रीय समितिको बैठकको मिति तोक्नेछ ।

कार्यालयका प्रमुख लुइँटेललाई कालो मोसो दलियो

 यातायात व्यवस्था सेवा कार्यालय धनकुटाका प्रमुख बाबुराम लुइँटेललाई नेकपा बहुमतका कार्यकर्ताले कार्यकक्षमै मोसो दली दुर्व्यवहार गरेकाे छ ।

घुस लिएर मात्र लाइसेन्स निकालिदिने गरेको र आफ्नो मान्छेलाई लाइसेन्स नदिएको आरोप लगाउँदै लुइँटेललाई कार्यकक्ष भित्र पसेर मोसो दली दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ । 

कार्यकक्षमा बसिरहेको बेला आएका नेकपा बहुमतका कार्यकर्ताले मोसो दलेर दुर्व्यवहार गरेको प्रहरीको भनाइ छ ।

मोसो दलेर दुर्व्यवहार भएको सूचना पाएपछि पुगेको प्रहरीले आरोपित फेला नपारेको र खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले बताए । मोसो दलिएको ठाउँबाट नेकपा बहुमतको पर्चा फेला परेको उनले जानकारी दिए ।

वामपन्थी एकता प्रयासलाई असफल बनाउने ओलीको दाउ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीच एकताको प्रयास भइरहँदा नेकपा एमालेले त्यसलाई असफल बनाउने रणनीति अबलम्बन गरेको चर्चा चुलिएको छ ।

पार्टी एकीकरणपूर्व एक अर्काको दस्तावेज अध्ययनमा लागेका दलहरूबीच सरकारमा सहभागिताको विषय उठाएर ओलीले एकता असफल बनाउन खोजेको टिप्पणी गर्दै एकीकृत समाजवादीका एक नेताले भने– ‘नेकपा एससँग पार्टी एकताका लागि छलफल गरेर दस्तावेज अध्ययनमा लागेका जसपाका अध्यक्ष उपेन्द्र यादवलाई बोलाएर शनिबार एमाले अध्यक्ष ओलीले सरकारमा सहभागिताका विषयमा किन छलफल गर्नुभयो ?’ एकीकृत समाजवादीसँगको एकता वार्ताकै कारण जसपालाई सरकारमा सहभागी गराउन नसकिएको ओलीको भनाइ रहेको अध्यक्ष यादवले पार्टी नेताहरूलाई जानकारी गराउनुभएको थियो । ‘सरकारमा सहभागी हुने वातावरण हुँदाहुँदै पनि तपाईंहरू आफैंले बिगार्नुभयो’, ओलीले अध्यक्ष यादवलाई भनेको कुरा उद्धृत गर्दै जसपाका एक नेताले नेपाल समाचारपत्रसँग भने– ‘एकीकृत समाजवादीसँग एकता वार्ताले तपाईंहरूलाई सरकारमा लाने वातावरण बिथोलियो ।’

प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत एकीकृत समाजवादीलाई पनि सरकारमा सँगै लिएर जान चाहेको भए पनि ओलीले त्यसमा आपत्ति जनाएपछि प्रचण्ड पछि हट्नुपरेको माओवादी श्रोतको दाबी छ । यद्यपि, प्रचण्ड पार्टी एकीकरणलाई राष्ट्रपति निर्वाचनअगावै पूर्णता दिन कसरतमा रहेको र यसैका लागि प्रचण्डले गत आइतबार पनि नेता माधव नेपालसँग एक्लै कुराकानी गरेको माओवादी नेताहरू बताउँछन् । माओवादीले १२ गते बोलाएको स्थायी कमिटी बैठकले समेत पार्टी एकीकरणका बारेमा छलफल गर्ने बताइएको छ ।

जनता समाजवादी पार्टीले उपराष्ट्रपति वा उपसभामुखमध्ये एक दिन गठबन्धनमा प्रस्ताव राखेको थियो । प्रधानमन्त्रीले जसपालाई सरकारमा सहभागी गराउन चाहे पनि एकीकृत समाजवादीसँगको एकीकरण वार्ताकै कारण एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीको उक्त प्रस्ताव अस्वीकार गर्दै आउनुभएको छ । समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी एकताका लागि जसपा सरकारमा जान नहुने शर्त राख्नुभएको छ । यही स्थितिमा जसपा सरकारमा सहभागी नहुने भएपछि एकीकृत समाजवादी र जसपाबीचको एकता वार्ता अघि बढिरहेको बताइएको छ ।

गत मंसिर ४ को निर्वाचनलगत्तै यी तीनवटै दलले एकीकरणको विषयमा संवाद गर्न वार्ता समिति गठन गरेर अघि बढेका थिए । पछिल्लो केही दिनयता यी दलका वार्ता समितिले एकअर्कासँग संवाद अघि बढाएको बताएका छन् । आइतबार माओवादी र एकीकृत समाजवादीका वार्ता समितिबीच दुईपटक संवाद भएको थियो । त्यसअघि शनिबार माओवादी केन्द्रको वार्ता समितिले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग समेत छलफल गरेको जनाएको छ । गत २९ पुसमा पनि छलफल गरेका एकीकृत समाजवादी र जसपा नेपालका वार्ता समितिबीच शनिबार पनि छलफल भएको थियो । उक्त छलफलपछि एकीकृत समाजवादीका डा. विजय पौडेल र जसपाका गोविन्द चौधरीलाई १५ दिनभित्र दुवै पार्टीका सबै दस्तावेज अध्ययन गरेर एकीकरणको सैद्धान्तिक अधार खोज्न जिम्मा दिइएको छ । एकीकृत समाजवादीका उपाध्यक्ष डा. विजय पौडेलले नेपाल समाचारपत्रलाई दिनुभएको जानकारीअनुसार एकीकृत समाजवादीले जसपा नेपाल र माओवादी केन्द्र दुवैसँग समानान्तर रूपमा संवाद अघि बढाएको जनाएको छ ।

माओवादी केन्द्रले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा अन्य दलहरूसँग संवाद गर्न वार्ता समिति गठन गरेको छ । एकीकृत समाजवादीले महासचिव वेदुराम भुसाल र जसपाले राजेन्द्र श्रेष्ठको नेतृत्वमा अन्य पार्टीहरूसँग एकीकरणका लागि वार्ता समिति बनाएका छन् । गत संसदीय निर्वाचनमा माओवादीकै चुनाव चिह्नमा भाग लिएको बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पनि गंगा श्रेष्ठको नेतृत्वमा वार्ता तथा संवाद समिति गठन गरेको छ । पछिल्लो राजनीतिक घटनाक्रमअनुसार माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा नेपाल र नेपाल समाजवादी पार्टीबीच एकीकरणलाई मूर्तरूप दिने प्रयासमा दलहरू लागेको देखिन्छ । यीसँगै बाँकी रहेका सबै वामपन्थी दलहरूलाई समेत सँगै लौजाने प्रयास भइरहेको नेकपा माओवादी केद्रका उपाध्यक्ष एवं वार्ता समितिका संयोजक कृष्णबहादुर महराले जानकारी दिनुभयो । एकीकृत समाजवादी, जसपा, विप्लब समूहको नेकपा, नेकपा समाजवादीलगायत ६ वटा वामपन्थी दलहरूसँग पहिलो चरणमा छलफल भइसकेकोे जानकारी दिंदै उहाँले भन्नुभयो– ‘अहिलेसम्मको अवस्थामा सकारात्मक संकेत देखिएको छ । निरन्तर छलफल भइरहेकोले केही समयमा निष्कर्ष निस्कन्छ ।’उहाँले नेपाल समाजवादी पार्टीसँग त नयाँ पार्टीको नामसहितको छलफल निकै अघि बढिसकेको पनि बताउनुभयो ।

माओवादी, एकीकृत समाजवादी, जसपा र नेपाल समाजवादी पार्टीबीच एकीकरण भएमा सत्ता समीकरणको शक्तिमा समेत परिवर्तन आउन सक्ने डरले एमालेलाई पोल्न थालेको टिप्पणी गर्दै एकीकृत समाजवादीका प्रवक्ता जगन्नथा खतिवडाले भन्नुभयो– ‘हामी वामपन्थी एकताका लागि पहिलादेखि नै प्रयासरत थियौं । विविध कारणले ढिला भए पनि एकताका प्रयासमा पछिल्लो समय प्रगतिहरू देखिएका छन् । वामपन्थी प्रगतिशिल शक्तिहरू एक ठाउँ हुँदा एमाले खुम्चने डरले पोलेको होला, त्यसैले नेताहरूलाई ओलीले भड्काउने तरिकाले भेटघाट गर्न थालेको बुझिएको छ । तर, हामी अघि बढिसकेका छौं ।’

उल्लेखित पार्टीहरू एक ठउँमा भए प्रतिनिधि सभामा ५४ सिटको पार्टी बन्नेछ भने राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल बन्नेछ । संघदेखि प्रदेशसभासम्मको शक्ति सन्तुलनमा परिवर्तन आउने खतरालाई संकेत गर्दै ओलीले एकता अवरोध गर्न नेताहरू परिचालन गर्ने रणनीति लिएको एकीकृत समाजवादीका सांसदहरूले आरोप लगाएका छन् ।

सुपर मादी हाइड्रोपावरको आइपीओमा झण्डै साढे १० लाखले गरे आवेदन,कहिलेसम्म दिन पाइन्छ आवेदन?

सिडिएसिका अनुसार कम्पनीको आइपीओमा बुधबार साँझसम्ममा १० लाख २७ हजार ८४३ जना आवेदकले १ अर्ब १९ करोड २ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड १९ लाख २ हजार ५०० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ।

कम्पनीले जारी पूँजीको १० प्रतिशत अथार्त २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्न छुट्याएको थियो। सोमध्ये २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि र १ लाख ५ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुको बाँडफाँट गरिएको छ। त्यसका साथै ४२ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी १७ लाख ४३ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

सो आईपीओमा लगानीकर्ताले माघ १२ गतेसम्म आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरी सम्पूर्ण आस्वा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सि आस्बा प्रणालीबाट आवेदन दिन सकिनेछ।

यस कम्पनीले कास्की जिल्लाको मादी गाउँपालिकाको सिमाना भएर बग्ने मादी नदीको बहाव सदुपयोग हुने गरी ४४ मेगावाट क्षमताको सुपार मादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ। यस आयोजनाको अनुमानित लागत ८ अर्ब ३५ करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १८ करोड ९७ लाख ७२ हजार रुपैयाँ रहेको छ।

कम्पनीले २०७८ जेठ २८ गतेदेखि व्यवसासिक उत्पादन सुरु गर्ने लक्ष्य लिएको थियो। यद्यपि, कोभिड र बाढी पहिरोका कारण सो सफल हुन नसकेको कम्पनीले बताएको छ। कम्पनीले २०७३ चैत १७ गते विद्युत उत्पादन गर्ने अनुमति प्राप्त गरेको थियो। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ६.२८ वर्ष रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ११.१० वर्ष रहेको छ।

अवैध क्रसर बन्द गर्ने निर्णयबाट सरकार पछि हटे

आज बसेको मन्त्रिपरिषद् बैठकले क्रसर प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको हो । 

क्रसर प्रतिबन्धका कारण देशभर निर्माणका गतिविधि ठप्प भएपछि अन्ततः सरकार पछि हटेको हो । हाललाई केही समय दिएर प्रबिवन्ध फुकुवा गर्ने निर्णय गरिएको हो । 

गत २० पुसमा गृह मन्त्रालयले अवैध क्रसर बन्द गर्ने निर्णय गरेको थियो । त्यही निर्णयका आधारमा देशभरका सबै क्रसर बन्द गरिएका थिए ।

आगामी असारसम्म दर्ता गर्ने समय दिएर त्यसअघि चल्न दिने निर्णय मन्त्रिपरिषद्ले गरेको हो ।

नेपाल स्वास्थ्यकर्मी युनियनको महाधिवेशन आगामी बैशाखमा

काठमाडौं । नेपाल स्वास्थ्यकर्मी युनियनको केन्द्रीय कार्यसमिति बैठकले २०८० बैशाख २२ र २३ गते काठमाडौमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ । चितवनको सौराहामा माघ ७ र ८ गते बसेको बैठकले विभिन्न १६ वटा निर्णय गरेको छ ।

बैठकले स्वास्थ्य सेवालाई संघ अन्तरगत राखी सरुवा, बढुवा तथा वृद्धिविकासको कार्य संघबाटै गर्न माग गर्ने निर्णय गरेको छ । अलग्गै स्वास्थ्य सेवा ऐन ल्याउन पहल गर्ने र स्वास्थ्य सेवाका कर्मचारीहरुलाई स्वास्थ्य सेवा ऐनमा भएको व्यवस्था लागूगर्न पहल गर्ने बैठकले निर्णय गरेको छ ।

युनियनका अध्यक्ष अज्ज्वल कुमार शर्माको अध्यक्षतामा बसेको बैठकले स्तरवृद्धि पश्चात समायोजन ग्रेड काटीएको, निवृत्तिभरणमा समायोजन ग्रेड नजोडीएको लगायतका कुराहरु सुधार गर्न पहल गर्ने पनि निर्णय गरेको छ ।

बैठकको निर्णयहरु यसप्रकार रहेकाछन् :

—स्वास्थ्य सेवा जनतासंग प्रत्यक्ष सरोकार राख्ने अनि संबेदनशिल र विशिष्टीकृत सेवा भएकोले संघ अन्तर्गत राखी दरबन्दी पुनरसंरचना गर्ने र सरुवा, बढुवा तथा बृद्धिविकासको कार्य संघले नै गर्ने व्यवस्था मिलाउन राजनैतिक तथा प्रशासनिक लविङ् गर्ने ।

—स्वास्थ्य सेवा ऐन अलग्गै ल्याउन पहल गर्ने र स्वास्थ्य सेवाका कर्मचारीहरुलाई स्वास्थ्य सेवा ऐनमा भएको व्यवस्था लागू गर्न पहल गर्ने ।

—संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलले श्रेणिगत प्रणालीमा रहेका कर्मचारीहरु समायोजन गर्न बनाएको सफ्ट वयरमा तहगत प्रणालीमा रहेका स्वास्थ्य सेवाका कर्मचारी– हरुलाई हाली भद्रगोल बनाएको हुँदा उक्त समायोजन नीति संगत नभएको हुँदा उक्त समायोजन बदर गरिनुपर्ने ।

—समायोजन गर्दा प्रशासन लगायत अन्य सेवाका कर्मचारीहरुलाई एक तह दिएको र स्वास्थ्य सेवालाई उक्त अवसरबाट बचित गरिएको हुँदा त्यसतर्फ सम्बन्धित निकायमा पहल गर्ने ।

— स्तरवृद्धिपश्चात समायोजन ग्रेड काटीएको, निवृत्तिभरणमा समायोजन ग्रेड नजोडीएको लगायतका कुराहरु सुधार गर्न पहल गर्नुका साथै २०५७ साल पश्चात नियुक्ति भई आउने सबै कर्मचारीलाई प्राविधिक ग्रेड खुवाउन सम्बन्धित निकायमा पहल गर्ने ।

—मूल समायोजन एवं समायोजन मिलान तथा कामकाजमा खटिएका कर्मचारीहरु फाजिलमा परेको साथै विभिन्न स्थानीय तहहरूले तलब भत्ता खुवाउन नसक्ने कारण जनाई उनीहरुलाई धमाधम फिर्ता पठाएको हुँदा उक्त कार्य तत्काल बन्दगरी दरबन्दी पुनसंरचना गरी दरबन्दी मिलान र तलब भत्ता तत्काल उपलब्ध गराउन यथासिघ्र पहल गर्ने ।

—स्थानीय तहले कर्मचारी समायोजन भई अन्यत्र जाने सहमति सहज अवस्थामा उपलब्ध गराउने र दरबन्दी विना नै समायोजन मिलान भई आउन पनि सक्ने सहमति दिने गरेकोले उपत्यका विभिन्न जिल्लाका सदरमुकामहरू तथा तराइका सबै जिल्लाहरूमा दरबन्दी भन्दा कर्मचार बढी हुने र हिमाली तथा पहाडी जिल्ला खाली हुने अवस्था आई प्रदेश लोकसेवाबाट आयोगबाट उक्त रिक्त दरबन्दी पूर्ती गर्ने गलत अभ्यास भएकोले हाल दरबन्दी भन्दा कर्मचारी बढी भएको हुँदा उक्त कार्य तत्काल बन्द गराई दरबन्दी पुनरसंरचना गरि फाजिल मिलाना पश्चात मात्र लोकसेवा खोला सम्बन्धीत निकायमा यथासिघ्र पहल गर्ने ।

—अलग अलग प्रावधान राखी विभिन्न प्रदेशहरुले स्थानीय तहको गठन् तथा व्यवस्थापन गर्न अध्यादेश जारी गरेको र उक्त अध्यादेश संघिय ऐनसंग बाझिएको हुँदा संघीय ऐनसँग नबाझिने र सातै प्रदेशमा समान सेवा सुविधा एवं समान वृद्धि विकासको अवसर हुनेगर अध्यादेश संसोधन गर्न सम्यायत निकायमा पहल गर्ने ।

—प्रदेश लोकसेवा आयोगबाट सिफारिस भई आएका स्वास्थ्यकर्मीलाई हालसम्म निजामती किताबखानाले दर्ता नगरेको र निजामती अस्पतालले सहुलियत कार्डसमेत नदिएको हुँदा तत्काल दर्ता र उपचार कार्डको व्यवस्थाका लागि आवश्यक पहल गर्ने ।

—स्वास्थ्य सेवा विभागबाट भएको स्तरबृद्धिमा देखिएको विभेद र ढिलासुस्ती अन्त गरी समान अवसर तथा प्राकृतिक न्यायको सिद्धान्तको ग्यारेन्टीका लागि आवश्यक पहल गर्ने ।

—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट हुँदै गरेका अध्ययन तथा असाधारण बिदा, राजिनामा, तलब
भत्ता उपदान, विशेष बढुवा, फैसला कार्यान्वयन, कामकाज, निवृत्तिभरण औषधि उपचार खर्च दीर्घरोगी तथा विपन्न नागरिकले पाउने सुविधा तथा अन्य प्रशासनिक ढिलासुस्ती अन्त गर्न यथासिघ्र पहल गर्ने ।

—स्थानीय सरकारबाट स्वास्थ्यकर्मीमाथि हुने सबैखाले बैचारिक र राजनैतिक विभेद अन्त गर्न पहल गर्ने ।

—स्थानीय सरकारले समयमै परिषद सम्पन्न नगरि श्रावणदेखि हालसम्म तलब भत्ता खान नपाएका स्वास्थ्यकर्मीलाई तत्काल तलव भत्ता खुवाउन पहल गर्ने। स्वास्थ्य सेवा संचालन तथा व्यवस्थापन कार्यमा हुँदै आएका प्रशासन तथा अन्य समूहको हस्तक्षेप अन्त्य गरी औषधि तथा उपकरण खरिद, मन्डारण एवं स्वास्थ्य सेवाको शाखा प्रमुखको हस्ताक्षरमा स्वास्थ्य सेवाको खाता संचालन गरि स्वास्थ्य सेवा सहज आपुर्ती गर्ने व्यवस्था मिलाउन आवस्यक पहल गर्ने ।

—२०६९ साल चैन मसान्तसम्म सातै प्रदेशको स्थानीय तह कार्यसमिति, जिल्ला कार्यसमिति तथा प्रदेश कार्यसमिति अधिवेशन सम्पन्न गरी २०८० साल बैशाख २२ र २३ गते काठमाडौमा राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने ।

—सुर्खेत दुर्घटनामा दिवंगत भएका चारजना स्वास्थ्यकर्मीप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्ने साथै दिवंगत स्वास्थ्यकर्मीका परिवारले पाउने सुविधा उपलब्धताका लागि आवश्यक पहल गर्ने ।

जुनसुकै बेला सरकार ढाल्ने र बनाउने क्षमता राख्छ प्रतिपक्ष: शेखर

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले जतिबेला पनि सरकार ढाल्ने र बनाउने सामर्थ्य प्रतिपक्षले राख्नुपर्ने बताएका छन् । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार ढाल्न काँग्रेस लागेको बताएकै बेला उनले विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

‘हामी प्रतिपक्षमा छौँ । प्रतिपक्षकै भूमिका हामी खेल्छौँ र प्रतिपक्ष भनेको गभर्मेन्ट इन वेटिङ हो । केपी ओलीले बोलेको कुरा मलाई किन सोध्नु हुन्छ ? हामी कुनै पनि बेला सरकार गिराउने क्षमता राख्नुपर्छ र हामीले सरकार बनाउनुपर्छ त्यही हो नि १ विश्वमै हुने खेल नै यही हो पार्लियामेन्टको,’ कोइरालाले भने । 

मन्त्रिपरिषद् बैठक शुरु, केही सचिवको सरुवा हुन सक्ने सम्भावना

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको मन्त्रिपरिषद्को बैठक शुरु भएको छ ।

बैठक सवा ४ बजेबाट सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुरु भएको हो ।

आजको बैठकमा नियमित निर्णयसँगै केही सचिवहरूको सरुवा हुन सक्ने उच्च स्रोतले जानकारी गरायो ।

आचार्यको परिवारलाई भेटेर सहानुभूति प्रकट गरे : गृहमन्त्री रवि लामिछाने

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेको प्रेमप्रसाद आचार्यको परिवारलाई भेटेर बचाउन नसकेकोमा क्षमा मागेका छन् । 

नयाँबानेश्वरस्थित संसद् भवनअगाडि मंगलबार आफ्नो शरीरमा आगो लगाएका प्रेमप्रसादको बुधबार निधन भएको छ । उपचारका लागि उनलाई लगिएको किर्तिपुरस्थित अस्पतालमा पुगेर गृहमन्त्री लामिछानेले मृतक आचार्यको परिवारका सदस्यलाई भेटेर बचाउन नसकेकोमा क्षमा मागेका हुन् । 

उनले मृतक प्रेमप्रसादले उठाएका विषयमाथि छानबिन आश्वासन पनि दिएका छन् । मृतकको आफन्तलाई भेट्नुअघि बुधबार बिहान सामाजिक सञ्जालमार्फत उपप्रधान तथा गृहमन्त्री लामिछानेले राजनीतिमा आफूहरूको आगमनले पनि युवामा उत्साह थप्न नसकेको बताएका थिए । 

आफूहरू जस्ता नयाँहरुको आगमनले समेत उत्साह थप्न, आशा जगाउन नसक्दा आत्मदाहको निर्णय फेर्न नसक्नुमा आफूसमेत दोषी रहेको गृहमन्त्री लामिछानेले भनेका थिए ।

‘अहिले दुःखको बेला, अहिले धेरै भन्ने पक्षमा म पनि छैन, यही कुराहरूबाट दिक्क भएर नै केही गर्नुपर्छ भनेर म राजनीतिमा आएको हुँ, नयाँ छु, समय लाग्न सक्छ, उहाँले भन्नुभएको सबै चिजमा म तुरुन्त छानबिन गर्नेछु। हामीबाट भएका कमी कमजोरी पनि हामी हेर्नेछौँ, हामीले छानबिन गर्ने विषयमा छानबिन गर्नेछौँ। म गम्भीर भएर काम गर्नेछु, म भएकै काममा भाग बन्न आएको होइन,’ गृहमन्त्री लामिछानेले भने।

मृतककी श्रीमती नानुका आचार्यले आफ्ना छोराछोरीको भविष्य सुनिश्चित गरिदिन, शिक्षा सुनिश्चित गर्न, आफूलाई सक्ने रोजगारी दिन र श्रीमानले लिएको आर्थिक ऋण सरकारबाट तिरिदिन आग्रह गरिन्। उनले देशमै केही गरौँ भन्ने मान्छेलाई भ्रष्टाचारमा लिप्त प्रशासन र सरकारकै कारण मर्नुपरेको बताइन्।