सबै जातजातिको संस्कृति संरक्षण गर्नुपर्छ

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सबै जातजाति, समुदायका परम्परागत पर्व र संस्कृति संरक्षण गर्नुपर्ने बताएका छन्।

सोनाम ल्होछारको अवसरमा आइतबार शुभकामना सन्देश जारी गरी उनले फरक विशेषता बोकेका पर्व संस्कृतिले नेपाली समाजलाई एकापसमा एकताबद्ध गर्न सहयोग पुर्‍याउने बताएका छन्।

अध्यक्ष नेपालले मुलुकमा बसोबास गर्ने सबै जातजातिका समुदायका मौलिक चाडपर्व तथा संस्कृति नेपालको विशेषता रहेको उल्लेख गर्दै बहुसंस्कृतिले सम्पन्न नेपाल र नेपालीको गौरव अन्तर्राष्ट्रिय तहमा बढाएको तर्क गरेका छन्।

सोनाम ल्होछारका सन्दर्भमा उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आईतबारको लागि विनिमय दर सार्वजनिक गरेको छ । आइतबार अमेरिकी डलरसँगै सबै विदेशी मुद्राहरुको मूल्य स्थिर छ ।

आज अमेरिकी डलर एकको खरिददर १२९ रुपैयाँ ५० पैसा र बिक्रीदर १३० रुपैयाँ १० पैसा कायम गरिएको छ । यसअघि शनिबार पनि अमेरिकी डलर १२९ रुपैयाँ ५० पैसा र बिक्रीदर १३० रुपैयाँ १० पैसामा कारोबार भएको थियो ।

युरोपियन युरो एकको खरिदमा १४० रुपैयाँ २६ पैसा र बिक्रीमा १४० रुपैयाँ ९१ पैसा पाइन्छ। त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १६० रुपैयाँ ५६ पैसा तोकिएको छ।

विश्वासको मत दिएर गल्ती गरे

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर गल्ती गरेको बताएका छन् ।

संस्थापनइतर पक्षका नेताहरूको बत्तिसपुतलीमा जारी बैठकलाई सम्बोधन गर्दै कोइरालाले प्रचण्डलाई विश्वासको मत दिएर पार्टीले गल्ती गरेको बताएका हुन् । आफूले तटस्थ बसौ भनेर प्रस्ताव राखेको तर सुनुवाइ नै नगरी बहुमतले निर्णय गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिइएको उनको भनाइ छ ।

सभापति शेरबहादुर देउवाको प्रस्तावमा कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको थियो । कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालगायत चार जना नेताले उक्त निर्णयमा असहमति जनाएका थिए ।

आज सोनाम ल्होसार मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं । तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइने सोनाम ल्होछार यो वर्ष पनि देशभर विविध कार्यक्रम गरी मनाउन लागिएको हो ।

ल्होसार मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ ।

तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरुपमा मनाइन्छ । सोनाम ल्होछार २८५९ का अवसरमा काठमाडौंको टुँडिखेलमा नेपाल तामाङ घेदुङले आज बृहत् तामाङ सांस्कृतिक महोत्सव आयोजना गरेको छ ।

महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम रहेको छ । ल्होसार मनाउन आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

एक दुर्घटनामा चार जनाको मृत्यु

 सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ११ झुप्राखोलास्थित रत्न राजमार्गमा अनियन्त्रित भएर जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा जिप चालक वीरेन्द्रनगर नगरपालिका–७ का २७ वर्षीय सागर शाही, दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतिमाई गाउँपालिका– ५ का ३१ वर्षीय बविन शाही र दैलेख गुराँस गाउँपालिका–३ का ३६ वर्षीय राजेन्द्र बिसी रहेका छन् ।

दुर्घटनामा घाइते भएका उनीहरूको कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दैलेख भैरवी गाउँपालिका– ५ का २५ वर्षीय वीरेन्द्रराज शाही दुर्घटनामा घाइते भएका छन् ।  जिप अनियन्त्रित भएर सडकबाट अन्दाजी ८० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

सत्ता गठबन्धनलाई बलियो बनाउन आग्रह

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई बलियो बनाउन आग्रह गरेका छन्।

जसपाका अध्यक्ष उपेन्द्र यादवसँगको भेटमा उनले त्यस्तो आग्रह गरेका हुन्। यादव शनिबार ओलीलाई भेट्न निवास बालकोटमा पुगेका थिए।

ओलीले जसपा अध्यक्ष यादवलाई सरकारमा सहभागी भएर अहिलेको गठबन्धन बलियो बनाउन आग्रह गरेको ओलीको सचिवालयले जानकारी दिएको छ।

यसअघि निर्वाचनमा पनि मिलेर गएको र अब सरकारमा पनि मिलेर अगाडि बढ्नुपर्ने बताउँदै ओलीले यादवलाई सरकार गठनका क्रममा समस्या आउँदा सबैलाई मिलाएर लैजाने आश्वासन दिएका हुन्।

जसपाले सरकारलाई समर्थन गरे पनि सरकारमा सामेल भएको छैन। जसपाका लागि २ मन्त्रालय खाली राखिएको छ। तर जसपाले असन्तुष्टि जनाउँदै सरकारमा सहभागी भएको छैन।

दर्जनौं सिडिओको सरुवा ,कार्यबिधी अनुसार सरुवा भएन (सूचीसहित)

काठमाडौँ । गृह मन्त्रालयले एकैपटक ठुलो सङ्ख्यामा सिडिओको सरुवा गरेको छ ।

मन्त्रालयले अन्तर्गतका कार्यालयमा कार्यरत नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहमा कार्यरत प्रमुख जिल्ला अधिकारी, सहसचिव, सहायक प्रमुख जिल्ला अधिकारी, उपसचिव, निर्देशक, जेलरलगायतका कर्मचारीहरूको सरुवा गरेको भएको छ।

नेपाल सरकारको प्रतिनिधिका रूपमा जिल्लामा रहने प्रमुख जिल्ला अधिकारीलाई वैज्ञानिक ढङ्गले खटाउन भन्दै मन्त्रालयले प्रमुख जिल्ला अधिकारीको पदस्थापना, सरुवा वा काज सम्बन्धी कार्यविधि तर्जुमा कार्य अघि सारेको थियो ।
मन्त्रालयले दुई दिन अघि मात्रै सार्वजनिक गरेको कार्यविधिमा प्रमुख जिल्ला अधिकारीको सरुवा, पदस्थापन तथा कामकाजमा खटाउँदा विभिन्न चार वटा प्राथमिकता तय गर्ने उल्लेख गरिएको छ।

कार्यविधि ल्याएसँगै सोही अनुसार नै कर्मचारी खटनपटन हुने भन्दै मन्त्रालयको टिम केही दिनयता सूची तयारीमा लागेको थियो । आजको सरुवा कार्यबिधी बनाए पनि पहाडी जिल्लामा लामो समय काम गर्ने प्रथम श्रेणीका प्रमुख जिल्ला अधिकारीले क श्रेणीको जिल्ला पाउन सकेनन् ।

सूची

कर्णालीका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिँदै

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज (शुक्रबार) विश्वासको मत लिँदैछन्। मुख्यमन्त्री शर्माले प्रदेश सभा सचिवालयमा विश्वासको मत लिने पत्र गत मंगलबार दर्ता गरेका थिए। शर्माले दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकबाट विश्वासको मत लिने कार्यक्रम तय गरिएको छ।

आज बिहान ११ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची सार्वजनिक गरिने कर्णाली प्रदेशकी उपसभामुख यशोदा न्यौपानेले जानकारी दिइन्। 

हाल मुख्यमन्त्री शर्माले नै प्रदेश सरकारका आठवटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्। यद्यपि दुईजना विना विभागीय मन्त्रीको रूपमा विनोदकुमार शाह र मंगल शाही नियुक्त भएका छन्।

राजविराज भन्सारमा ‘सुविधा पास’मा लुट

राजविराज । सप्तरीस्थित राजविराज भन्सार कार्यालयका कर्मचारीदेखि बैंकका कर्मचारीसम्मले लुट मच्चाएको खुलेको छ । सेवाग्राहीबाट आएको गुनासोअनुसार बिहीबार नेपाल समाचारपत्रले गरेको ‘स्टिङ अप्रेसन’ बाट भन्सारका कर्मचारीदेखि बैंकका कर्मचारीसम्मले लुट मचाएको विषय खुल्न आएको हो ।

भन्सार कार्यालयले निजी प्रयोजनका भारतीय नम्बर प्लेटका सवारीसाधनलाई नजिकको राजविराज र हनुमाननगर बजारसम्म आवतजावत गर्न ‘सुविधा पास’ उपलब्ध गराउँदै आएको छ । यो ‘सुविधा पास’ पाउन भारतीय सवारीधनीले कुनै पनि शुल्क बुझाउनु पर्दैन । तर, भन्सार कार्यालयका कार्यालय सहयोगी कैलु यादव र प्रभु बैंकमा कार्यरत सानुकुमार चौधरीले प्रति मोटरसाइकल २० भारु र चारपाङ्ग्रे सवारीमा ५० भारुसम्म असुल्ने गरेको पाइएको हो ।

बिहीबार दिउँसो रकम लिएर ‘सुविधा पास’ जारी गरिरहेको अवस्थामा फेला परेका चौधरीले आफू कार्यालय सहयोगी यादवको अनुरोधमा सुविधा पास जारी गरिरहेको बताउनुभयो । आफू भन्सारसँग सम्बन्धित कर्मचारी नभई बैंकमा कार्यरत रहेको बताउँदै उहाँले भन्नुभयो– ‘अहिले कार्यालय सहयोगी यादवले अनुरोध गरेपछि पास जारी गरिरहेको छु तर यसबापत आएको पैसा मेरो होइन, उहाँले नै लिनुहुन्छ ।’

केही बेरको लागि मात्रै पास जारी गर्ने कक्षमा बसेको दाबी गरेका चौधरीले दैनिक ४–५ सयसम्म रुपियाँ मात्रै आउने गरेको बताउन भने भ्याउनुभयो । ‘दिनभरिमा यहाँ ४–५ सय मात्रै हुन्छ सर, मैले त उहाँले भनेअनुसार नै गरेको हुँ, मेरो कुनै दोष छैन ।’ चौधरी प्रभु बैंकले भन्सार कार्यालयमै सञ्चालन गरेको काउन्टरमा जुनियर असिस्टेन्ट पदमा कार्यरत हुनुहुन्छ ।

केही बेरमै पास जारी हुने कक्षसम्म आइपुगेका कार्यालय सहयोगी यादवले पास जारी गर्दा निःशुल्क नै दिने गरेको दाबी गर्नुभयो । तर, उहाँको टेबुलमै पैसा देखेपछि भने कुरा मिलाउँदै यादवले भन्नुभयो– ‘पारिबाट आएकाहरूले आफैं खुसी भएर दिनुहुन्छ । हामीले जबरजस्ती गरेका छैनौं ।’ यादवले त्यहाँबाट दैनिक कति सुविधा पास जारी हुँदै आएको र आउने रकम कसले लिने गरेको विषय खुलाउन चाहनुभएन ।

श्रोतका अनुसार राजविराज भन्सार भएर दैनिक ६० वटाभन्दा बढी मोटरसाइकल र १० वटा जति चारपाङ्ग्रे सवारी धनीले ‘सुविधा पास’ लिएर नजिकको बजारसम्म आवतजावत गर्ने गर्छन् । सोही अनुपातमा हिसाब गर्दा मासिक झन्डै १ लाख रुपियाँ उठाउँछन् र सो रकम हाकिमसम्म पुग्ने गरेको बताउँदै स्रोतले भन्यो– ‘निःशुल्क पास दिनुपर्नेमा खुलेआम रकम उठाइरहेको विषय हाकिमसम्मलाई थाहा छ । तर, कहीँ कतै सुन्नुभयो कारबाही भयो भनेर ?’

भन्सार कार्यालयका निमित्त प्रमुख अजय प्रकाश भगतले रकम लिएको पुष्टि भएको खण्डमा पहिलो पटकलाई सचेत गराइने जिकिर गर्दै भन्नुभयो– ‘रकम उठाइरहेको विषयमा आफूलाई जानकारी छैन तर पुष्टि भयो भने पहिलोपटकलाई सचेत गराउँछु र पनि अटेर गरेको पाइए कारबाही हुन्छ । रकम लिएकै हो भने त्यसमा कुनै पनि हिसाबले मेरो संलग्नता छैन ।’

प्रभु बैंक राजविराज शाखाका प्रबन्धक अशोक निरौलाले आफ्ना बैंकका कर्मचारीमाथि छानबिन गरी माथि रिर्पोटिङ्ग गर्ने बताउनुभएको छ ।

जिम्मेवारी बहनमा उदाहरणीय डा. फुयाँल

काठमाडौ । मुलुकको समृद्धिका लागि राष्ट्रिय योजना आयोगको महत्वपूर्ण योगदान हुन्छ । यतिबेला नेपाल अर्थतन्त्र भद्रगोल र कमजोर अवस्थामा छ । नेपाली जनताले राजनीतिक परिवर्तनका लामो समय खर्चिइसकेको छ । फलस्वरुप अहिले मुलुकमा आम नेपाली जनताले खोजेको जस्तो संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था सञ्चालनमा आएको छ । अब जनताले आर्थिक समृद्धि र विकास खोजेको छ । समृद्धि र विकासबाट मात्र आम नेपाली जनता खुसी र सुखी हुन सक्दछ । त्यसका लागि राष्ट्रिय योजना आयोगले महत्वपूर्ण भूमिका खेल्नुपर्ने टड्कारो आवश्यकता रहेको छ ।

आम नेपाली जनता ‘सुखी नेपाली समृद्ध नेपाल’ भन्ने नाराले जतिसक्दो चाँडो सार्थकता पाओस्् भन्ने चाहान्छन् । तर जनताको चाहना चाँडो पुरा हुनेमा आशंका ज्यूँका त्युँ रहेको छ । मुलुकमा  संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको शासन सञ्चालनमा आएको झण्डै ५ वर्ष पार गर्र्दै गर्दा तहगत शासन प्रणालीप्रति पनि नेपाली जनताले चित्त बुझाउन सकेका छैनन् । यो समयमा आम जनताको जीवनस्तर उकासिन सकेको छैन । यस्तो अवस्थामा राष्ट्रिय योजना आयोगले सान्दर्भिक योजनाहरु तर्जुमा गरी फास्ट ट्रयाकबाट भएपनि सम्बन्धित क्षेत्रमा लैजानु जरुरी देखिएको छ ।   

यसबीच रामकुमार फुयाल राष्ट्रिय योजना आयोगको सदस्य पदमा रहेर जिम्मेवारी बहन गरिसक्नुभएको छ । उहाँ आफूँले पाउनुभएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहनुभएको छ । उहाँले आबधिक योजना निर्माण, बजेट तर्जुमा तथा मध्यमकालिन खर्च संरचनाको तयारी, आयोजनाहरुको अनुगमन तथा मूल्यांकन लगायत नियमित रुपमा सम्पादन गर्नुपर्ने बिभिन्न महत्वपूर्ण जिम्मेबारीका कामहरुमा संलग्न भई आफुले हेर्ने बिषयमा सक्रियता देखाईरहनुभएको छ । उहाँले आयोगको मातहतमा रहेका निकायहरुबाट उठान गरिएका, निरन्तरता दिइएका र बिभिन्न तहबाट सम्पादन गरि पूर्णता पाएका महत्वपूर्ण नीतिगत कार्यहरु यसरी प्रस्तुत गर्नुभएको छ ः

आ.ब. २०७८\७९ देखि आ.ब.२०७९\८० पौषको दोस्रो हप्तासम्ममा सम्पादन गरिएका मुख्य कामहरु

तथ्य तथ्यांकसँग सम्बन्धित

१. राष्ट्रिय जनगणना–२०७८ (१२ औं राष्ट्रिय जनगणना) को प्रारम्भिक नतिजा  सार्वजनिकीकरण गरी लागू गरिएको । अन्तिम प्रतिबेदन छिट्टै सार्वजनिकीकरण गर्ने तयारी भएको ।

२. राष्ट्रिय कृषि गणना २०७८ को स्थलगत तथ्याङ्क सङ्कलन कार्य ७७ वटै जिल्लामा सम्पन्न भई भरिएका प्रश्नावलीहरु विभागमा प्राप्त भएको र प्रारम्भिक नतिजा सार्बजिक गर्न तयारी गरिएको ।

३. नेपाल जीवनस्तर सर्वेक्षण–२०७८ (चौथो संस्करण)को अधिकृत, सुपरिवेक्षक र गणकस्तरीय तालिम सम्पन्न गरी स्थलगत तथ्याङ्क सङ्कलन कार्यका लागि गणक टोलीहरुलाई गणना क्षेत्रहरुमा परिचालन गरिएको ।

४. GISM आवश्यकताको आधारमा करिव ३५ हजार जति गणना क्षेत्र नक्सा तयार गरी राष्ट्रिय जनगणना–२०७८ तथा राष्ट्रिय कृषि गणना–२०७८ को कार्यक्रमलाई सहयोग पुर्यान विभिन्न गणना क्षेत्र विभाजन गरी नक्शा निर्माण गर्ने कार्य सम्पन्न गरिएको ।

५. राष्ट्रिय औद्योगिक सर्वेक्षण–२०७८ को नतिजा सार्बजिक गरिएको ।

६. Solid Waste Account for Urban Municipalities of Nepal, 2022 को नतिजा सार्वजनिक गरिएको । जलवायु परिवर्तन सर्वेक्षण–२०७९ को प्रश्नावली तयार गराइएको ।

राष्ट्रिय विकास समस्या समाधान तथा नीति निर्माणसँग सम्बन्धित

सम्माननिय प्रधानमन्त्रीज्यूको अध्यक्षतामा सम्पन्न हुने राष्ट्रिय विकास समस्या समाधान समितिको वैठकको निर्णय बमोजिम  संयोजकको भूमिकामा :

७. ४६ औं वैठकको निर्णय बमोजिम अध्ययन गरिएको “एकीकृत राष्ट्रिय सामाजिक सुरक्षा संरचना–२०७७” लाई थप परिस्क्रित गरि सा.सु. संरचनाको नया प्रतिबेदन–२०७९ तयारी गरिएको ।

८. ४७ औं वैठकको निर्णय बमोजिम नेपालमा वैदेशिक लगानी–प्रतिबद्धता, देखिएका समस्या र लगानी आकर्षित गर्नको लागि आवश्यक व्यवस्था सम्बन्धी अध्ययन प्रतिवेदन–२०७८ तयारी गरिएको ।

९. ४८ औं वैठकको निर्णय बमोजिम राष्ट्रिय तथ्यगत विवरणको एयचतब िलाई व्यवस्थित बनाउने सन्दर्भमा गठित समितिबाट, “राष्ट्रिय तथ्यगत विवरणः वर्तमान अवस्था र भावी कार्यदिशा सम्बन्धी अध्ययन प्रतिवेदन–२०७८ तयारी गरिएको ।

१०. ४९ औं वैठकको निर्णय बमोजिम एकीकृत राष्ट्रिय रोजगार प्रणालीको ढााँचा सम्बन्धी अध्ययन प्रतिवेदन–२०७९ तयार गरिएको ।

बिषय क्षेत्रगत नीतिहरुको पुनरावलोकनमा संयोजकको भूमिकामा

११. औद्यौगिक नीति २०६७, नीति पुनरावलोकन अध्ययन प्रतिवेदन–२०७८ तयार गरिएको ।

१२. पर्यटन नीति २०६५, नीति पुनरावलोकन अध्ययन प्रतिवेदन–२०७८ तयार गरिएको ।

१३. राष्ट्रिय रोजगार नीति २०७१, नीति पुनवालोकन अध्ययन प्रतिवेदन–२०७८ तयार गरिएको ।

१४. वाणिज्य नीति, २०७२ कार्यान्वयनको प्रभावकारिता अध्ययन प्रतिवेदन–२०७९ तयार गरिएको  ।

१५.  पन्ध्रौं आवधिक योजनाको समिक्षा प्रतिवेदन –२०७९ तयार गरिएको ।

अन्य भूमिकामा

१६. बजेट तर्जुमा तथा मध्यमकालिन खर्च सम्ररचनाको निर्माण लगायत आयोगबाट नियमित सम्पादन गर्नुपर्ने कामहरुको अलवा विभिन्न समयमा विषयगत मन्त्रालयहरुबाट उपयुक्त सुजावको लागि भनी पठाइएका ऐन, नीति, विनियम, नियमावली, निर्देशिका तथा कार्यविधिको मस्यौदाहरुको अध्ययन र परामर्श गरी नेपालको संबिधानको मर्म र आबधिक योजनाको स्पिरिट अनुसार संस्थागत राय सुजावहरु सम्प्रेषण गरिएको ।

१७. संघ, प्रदेश र स्थानीय तहको बजेट तर्जुमा र विकास सम्बन्धी नीति तथा योजना तर्जुमामा सकृयतापूर्वक कार्यहरु सम्पादन गरिएको ।

तहगत समन्वय, अनुगमन एवं मूल्याङ्कनसँग सम्बन्धित

१८. नेपाल सरकार उद्योग मन्त्रालय अन्तर्गत संचालित ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) को आन्तरिक मूल्याङ्कन गरी त्यस आयोजनाको सुधारको लागि आवस्यक सुझाव सहितको अध्ययन प्रतिवेदन–२०७९ तयार गरिएको ।

१९. विकास सम्बन्धी नीति तथा योजना तर्जुमा र कार्यान्वयनमा समन्वय, सहयोग र सहजीकरण गर्न नेपाल सरकार राष्ट्रिय योजना आयोगबाट वागमति प्रदेशको संयोजकको भूमिकामा रही कार्य सम्पादन गरिएको ।

२०. समपुरक र विशेष अनुदान मार्फत प्रदेश र स्थानीय तहबाट कार्यानवयन गर्ने आयोजना÷कार्यक्रमहरुको छनौट र बजेट विनियोजनको नियमित कार्य सम्पादन गरिएको ।

२१. नेपाल सरकारबाट संचालित राष्ट्रियगौरबका, रुपान्तरणकारी तथा प्रमुख प्राथमिक्ता प्राप्त आयोजना÷कार्यक्रमहरु र सङघिय सरकारको सहकार्यमा वाग्मति प्रदेश तह र स्थानिय स्तरमा सन्चालित केही महत्व्पूर्ण समपुरक एवं विशेष अनुदान मार्फत संचालित आयोजनाहरुको कार्यान्वयनको अवस्थाबारे नियमित स्थलगत निरीक्षण एवं अनुगमन गरिएको ।

बिषय क्षेञगत नीति निर्माणसँग सम्बन्धित अध्ययन एवं अनुसन्धानहरु

२२. रसिया–युक्रेन युद्धले नेपालको उद्योग, वाणिज्य र आपूर्ति क्षेत्रमा पर्ने प्रभाव न्यूनीकरण गर्ने उपायहरु सम्बन्धी अध्ययन प्रतिवेदन–२०७९ 

२३. तहगत सरकारहरुका बीच आयोजना वर्गिकरणको आधार तथा मापदण्ड सम्बन्धी अध्ययन प्रतिवेदन–२०७९ 

२४. अनौपचारिक क्षेत्रमा कोभिड–१९ को प्रभाव न्यूनीकरणका सम्भाव्य रणनीतिको अध्ययन प्रतिवेदन–२०७९

२५. नेपालको कुल ग्रहस्थ उत्पादनमा महिलाले पुर्याएको योगदान सम्बन्धी अध्ययन प्रतिवेदन–२०७९

२६. नेपालमा लेखा परिक्षण र वेरुजु फर्स्यौटको स्थिति अध्ययन प्रतिवेदन–२०७९

२७. वैदेशिक रोजगारीले गरिबी निवारण र सामाजिक सुरक्षामा पारेको प्रभाव सम्बन्धी अध्ययन प्रतिवेदन –२०७९

२८. सरकारी कोषको संरचना, अवस्था र खर्च प्रवृत्ति अध्ययन प्रतिवेदन– २०७९

२९.विदेशी विनियम दर निर्धारण प्रणाली अध्ययन प्रतिवेदन –२०७८

३०. नेपालमा वित्तिय समावेशीकरण सम्बन्धी अध्ययन प्रतिवेदन–२०७८

३१. निर्यातमा नगद अनुदान सम्बन्धी व्यवस्थाको प्रभावकारिता अध्ययन प्रतिवेदन २०७८

३२. कोभिड–१९ महामारीले पर्यटन क्षेत्रमा परेको आर्थिक असरको  विश्लेषण–२०७९

३३. नेपालमा सामाजिक सुरक्षा कार्यक्रमः नीतिगत नक्सांकन तथा संक्षिप्त विश्लेषण–२०७८

३४. Employment Recovery Strategies and Plan of Action-2021

Nepal Multidimensional Poverty Index– Analysis Towards Action-2021

३५. Study on the effective rate of protection in major industrial productions in Nepal-2022 (Initial draft finalized)

३६. National industrial strategy to promote domestic production and consumption in Nepal (work in progress)-2022

37. Nepal’s graduation strategy: smooth transition, resilience and productive transformation of the economy (Initial draft finalized)-2022

38. SDG-aligned input-output table leading to social accounting matrix (initial draft finalized)

39. Study on doing business in Nepal-2022

40. A study on the contribution of major informal sectors in SDGs in Nepal-2022

41. Contribution of informal sector on selected SDGs in Nepal (initial draft finalized)-2022

42. Review of selected indicators of SDGs 8,9 and10(work in progress)-2022

43. Promoting Decent Employment for Women through Inclusive Growth Policies and Investments in the Care Economy (work in progress)-2022

44. Media and Cultural Industry, its Contribution to Employment and Policy Recommendations for Gender-Equitable Inclusive Growth and Recovery in Nepal (work in progress)-2022

45. Nepal Child Labour Report 2021 (Based on the data drawn from Nepal Labour Force Survey 2017/18)

46. Extending social protection for all in Nepal-2022.

47. COVID 19 Impacts on Foreign Migration and Foreign Employment of Nepali Labor Forces: Evidence from Labor Migration and Reintegration (manuscript for a peer reviewed journal)

48. Effects of COVID-19 Pandemic on Remittance’s Inflow and Its Impact on the major Macroeconomic Sectors in the Nepal (manuscript for a peer reviewed journal)

महत्वपूर्ण अन्तरराष्ट्रियस्तरका संवोधन एवं प्रस्तुतिकरण सँग सम्बन्धितः

49. Participated as a speaker (virtual) and presented” Synopsis of Nepal Multidimensional Poverty Index 2021″ on 8th Annual High Level Meeting of Multi-Dimensional Poverty Peer Network(MPPN) on 4-5 October2021. The conference was hosted by University Oxford and government of Chile.

50. Participated(virtual) and provided remarks on High-Level Side Event to the UN General Assembly 2-4 pm; Friday 23rd September 2022, New York, United States on the theme of “DRIVING MULTIDIMENSIONAL POVERTY REDUCTION TO SECURE WELL-BEING FOR ALL”.

51. Participated as a speaker of “2022 Sustainable Development Transformation Forum (SDTF)”, 25 – 28 October 2022 Lily Hall, Orakai Songdo Park Hotel, Incheon, Republic of Korea. And spoke in the plenary session on “Geopolitical realities and COVID-19 impact on the implementation of the 2030 Agenda and achievement of SDGs in Nepal”.

आज माघ ६ गते, हेर्नुस् तपाईंको राशिफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रोकिएका कमहरूले चिन्ता बढाउनेछ । मनमा उत्साह र उमङ्गको कमी हुनसक्छ । पठनपाठन र चिन्तन मननमा ध्यान केन्द्रित नहुनसक्छ ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफूलाई कमजोर भएको अनुभूति हुनेछ । सामान हराउन सक्नेछ । आफन्तसँग मनमुटाव बढ्ला । खानपिनमा सावधानी अपनाउनु पर्नेछ ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आजको दिनमा दिन भोजभतेरमा सहभागी हुनुपर्ला । हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निराशा आउन सक्छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक भेटघाटलाई नकार्न सकिदैन ।

वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो० आज कुनै कुराले मनमा शान्ति छाउनेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । चिताएको कामले तीव्रता लिनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) लामो समयदेखि रोकिएका अधुरा कामहरूको पुन योजना बन्नेछ । रमाइलो र खानपिनको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । सभा समारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको काम सम्पादन हुनसक्छ ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धर्मकर्ममा रुचि, शुभ समाचार सुन्न पाइएला । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । नयाँ कार्य योजना पनि बन्नेछ । -हाम्रो पात्रोबाट 

मौसम पूर्वानुमान : कर्णाली र सुदूरपश्चिममा पानी पर्ने सम्भावना

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज पनि मौसममा बदली भएको छ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली भएको छ भने लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान माशाखाले जनाएको छ ।

मध्य तथा पूर्वी तराईका एक-दुई स्थानमा हुस्सु/कुहिरो लागेको छ । बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहेको छ ।

आज दिउँसो भने सुदूरपश्चिम र कर्णाली प्रदेशका केही भागमा हिमपात र वर्षाको सम्भावना रहेको छ । हिमपात गण्डकीको उच्च पहाडी र हिमाली क्षेत्रमा पनि हुने महाशाखाले जनाएको छ । राति पनि हिमपातको सम्भावना हरेको छ ।

महाशाखाका अनुसार शनिबार पनि कर्णाली र सुदूरका केही ठाउँमा हिमपात भए पनि बाँकी भू-भागमा आंशिक बदली वा मौसम सफा रहनेछ । आइतबार भने सामान्य बदली भए पनि हिमपात र वर्षाको सम्भावना देखिएको छैन ।

सिग्देल र शर्मा दुई सचिबको हेरफेर

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारले दुई सचिबको जिम्मेवारी फेरबदल गरेको छ। भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिब गोपालप्रसाद सिग्देल लाई उर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयमा र सो मन्त्रालयका सचिब केशवकुमार शर्मा लाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरेको छ।

सिचाइ बिभाग बाट जागिर सुरु गरेका सचिब सिग्देलले सो मन्त्रालयको नेतृत्व गर्ने अवसर प्राप्त गर्नुभएको छ भने सडक बिभाग बाट जागिरे जिवनको सुरुवात गर्नुभएका शर्माले भौतिक मन्त्रालय कै नेतृत्व गर्ने अवसर प्राप्त गर्नुभएको छ। फेरबदलमा परेका दुबै सचिबले सडक बिभागको महानिर्देशकको जिम्मेवारी पुरागर्दै सचिब हुनुभएको हो।

सिचाइ बिभाग बाट जागिर सुरु गरेका सचिब सिग्देलले सो मन्त्रालयको नेतृत्व गर्ने अवसर प्राप्त गर्नुभएको छ भने सडक बिभाग बाट जागिरे जिवनको सुरुवात गर्नुभएका शर्माले भौतिक मन्त्रालय कै नेतृत्व गर्ने अवसर प्राप्त गर्नुभएको छ। फेरबदलमा परेका दुबै सचिबले सडक बिभागको महानिर्देशकको जिम्मेवारी पुरागर्दै सचिब हुनुभएको हो।

केही समय पहिला नै सचिब बढुवामा पर्नुभएका सिग्देल नेपाल ट्रस्ट हुँदै भौतिक मन्त्रालयको सचिबको जिम्मेवारीमा रहनु भएको थियो। हाल उहाँलाई सिचाइ मन्त्रालयमा सरुवा गरिएको छ। यसैगरी सचिब बढुवा सगै उर्जा सिचाइ मन्त्रालयको नेतृत्व गर्ने अवसर प्राप्त गर्नु भएका सचिब शर्मा लाई यहाँ बाट भौतिक मन्त्रालयको सचिबका रुपमा सरुवा गरिएको छ।

उर्जा र सिचाइमा दुई सचिबको जिम्मेवारी छ भने भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा एकै सचिबले जिम्मेवारी पूरागर्दै आउनु भएको छ। सडक बिभागको तत्कालीन महानिर्देशक बनिसक्नु भएका सचिबद्धय सिग्देल सामान्य अवस्थामा महानिर्देशक हुनुहुन्थ्यो भने शर्मा लकडाउन भएको कोरोनाको त्रास बीचमा महानिर्देशक बन्नुभएको थियो ।

सचिव केशवकुमार शर्माले विगतमा गर्नुभएको कार्यसम्पादन

लामो समयको लकडाउन, कोरोनाको त्रासका समयमा सडक विभागको महानिर्देशक पदमा जिम्मेवारी पुरा गरिसक्नु भएका शर्माले त्यस्तो अवस्था समेत झण्डै ६० प्रतिशत आफ्नो लक्ष्य हाँसिल गरेको काबिल प्रशासनको परिचय बनाइसकेका उहाँलाई भौतिक मन्त्रालयमा सचिबका रुपमा पाउदा धेरैले खुशी व्यक्त गरेका छ्न भने कतिपय मफियाहरु अनि कालोसूचीमा रहेकाहरुलाई थप तनाव बढेको बताइन्छ । सचिब शर्माले त्यतिबेला बिभागको नेतृत्व लिदा कोभिड–१९ को त्रासपूर्ण अवस्थामा समेत सरकारले लिएका लक्ष्यहरु पूरा गराउन महानिर्देशक शर्मा रातदिन नभनी फिल्डमा खटिईरहनुभएको चर्चा अहिलेसम्म पनि बिभागमा हुने गरेको छ।

तत्कालीन महानिर्देशक शर्माले गरेका अनुमगनका सन्दर्भ सरकार प्रमुखले दिएका निर्देशनहरु सहित आफ्नो लक्ष्य पुरा गराउन सबै एक भएर लाग्नुको विकल्प छैन भन्दै आफ्नो टिमलाई इमान्दारिपूर्वक परिचालन गर्नुभएको सबैको सामू आज पनि स्मरणीय छ। स्वच्छ छविका महानिर्देशक शर्माले ढिला सुस्ती काम गर्ने कन्ट्रक्सन कम्पनीहरुलाई कालोसूचीमा मात्र राखेनन् शसक्त रुपमा कारबाहीमा उत्रनुभएको थियो ।

उपत्यकाका सडकहरु देखि लिएर भित्री बाटाहरु समेत चिल्ला र फराकिला बन्दै गएको थियो भने सुविधा सम्पन्न सडक उपभोग गर्न जनताले पाएका थिए । त्यतिबेला झट्ट हेर्दा लाग्थ्यो , विकसित मुलुक नै पुगिए जस्तो झल्को दिने अवस्था सम्म पुगेको थियो तर यस्तो यथार्थका बाबजूत केही कालो सुचीमा निर्माण कम्पनी र केही माफियाहरु उहाँका सामु कसिङगर त बनिरहे ।

उपत्यकाका सडकहरु देखि लिएर भित्री बाटाहरु समेत चिल्ला र फराकिला बन्दै गएको थियो भने सुविधा सम्पन्न सडक उपभोग गर्न जनताले पाएका थिए । त्यतिबेला झट्ट हेर्दा लाग्थ्यो , विकसित मुलुक नै पुगिए जस्तो झल्को दिने अवस्था सम्म पुगेको थियो तर यस्तो यथार्थका बाबजूत केही कालो सुचीमा निर्माण कम्पनी र केही माफियाहरु उहाँका सामु कसिङगर त बनिरहे ।

उहाँ जानु अगाडि उपत्यकाका अधिकांश सडकहरु जिर्ण अवस्थामा रहेको हामी सबैसामु अवगत नै थियो । छोटो समयमा सडक विभागले आफ्ना सम्पूर्ण जनशक्तिलाई केन्द्रित गराई विभागको तत्कालीन महानिर्देशक शर्माको सक्रियताका कारण उपत्यकाका सडकहरु चिल्ला र हिड्न लायक भएको घामजत्तिकै छर्लङ्ग को अनुभुति गरिएकै हो। धुलाम्ये र खाल्डाखुल्डीका कारण मानवीय स्वास्थ्यमा परेको प्रभाव उहाँ आउनु अगाडिको अवस्था यतिबेला सम्झने हो भने कहाली लाग्दो अवस्था आम मानिसले भोगेकै हो ।सचिब शर्माको पालामा देशभरका धेरै योजनाहरुले कामको लय समातेको कारण बिभागले गरेको कामको प्रभाव पछि सम्म देखिएको बताइन्छ ।

एक जना पुरूषले गरे अत्मदाहकाे प्रयास

काठमाडौं, । काठमाडौंमा एक जना पुरूषले आफैंमाथि पेट्रोल छर्किएर आगो लगाएका छन्।

बिहीबार पौने १२ बजे काठमाडौं महानगरपालिका ११ सुन्धारास्थित सिभिल मलको भुइँ तलामा एक पुरूषले आफैंमाथि पेट्रोल छर्किएर आगो लगाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।

अन्दाजी ३० वर्षीय विशान लामिछानेले आफैंमाथि आगो लगाएका हुन्। उनले आगो लगाउँदै गरेको अवस्थामा प्रहरीको टोलीले फेला पारी उनको उद्धार गरेको एसपी मैनालीले बताए।

उनको उद्धार गरी राष्ट्रिय ट्रमा सेन्टर अस्पतालमा उपचार रहेको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान प्रहरी वृत्त जनसेवाबाट भइरहेको छ।

समर्थन जुटाउने प्रयासमा लाग्छौँः सांसद पौडेल

काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले राष्ट्रपति निर्वाचनको लागि समर्थन जुटाउने प्रयासमा आजदेखि नै लाग्नेछ । उनले अहिलेसम्म राष्ट्रपतिको लागि सहमति नभएकाले नेपाली काँग्रेसले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने बताए ।

उनले गठबन्धन कायम रहि रहेको अवस्थामा काँग्रेसले आफ्नो उम्मेदवारहरूलाई जिताउन मुस्किल भएपनि उम्मेदवारी दिएर समर्थन जुटाउन खोज्नु स्वाभाविक भएको बताए ।

उनले भने, ‘गठबन्धन कायम रहिरहेको अवस्थामा काँग्रेसले आफ्नो उम्मेदवारहरूलाई जिताउन मुस्किल छ । त्यस कारण नयाँ सिराबाट हामीले जाने कुरा स्वाभाविक हो । निर्वाचनमा उम्मेदवार खडा गरेपछि जिताउनको निम्ति मतदाताहरूसँग मत माग्नु स्वाभाविक हो । हामीले प्रतिपक्षमा नै बसेर विश्वासको मत दिने भनेका हौं । हामीले सत्ता पक्ष भएर विश्वासको मत दिएको होइन । प्रधानमन्त्रीले सहमतिको आधारमा अगाडि बढ्ने अभिव्यक्ति भयो । त्यही अनुसार काँग्रेसले विश्वासको मत दिएको अवस्था हो । नेपाली काँग्रेसले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिन्छ । अहिलेसम्मको अवस्थामा सहमति हुने अवस्था देखिँदैन । तर राष्ट्रपतिको लागि प्रयास गर्ने उम्मेदवारलाई जिताउनको निम्ति समर्थन जुटाउने आजदेखि प्रयास गर्छौं ।’

उनले नेपाली काँग्रेसले प्रधानमन्त्रीले सहमतिको आधारमा अगाडि बढ्ने अभिव्यक्ति अनुसार काँग्रेसले विश्वासको मत दिएको पनि बताए ।