चिकित्सक र सरकारी टोलीबीच ६ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं । आन्दोलनरत् चिकित्सकहरूले सबै संघर्षका कार्यक्रम स्थगित गरेका छन् । सरकारी वार्ता टोलीसँगको ६ बुँदे सहमतिपश्चात चिकित्सकहरुले आन्दोलन रोकेको हो ।

गत शुक्रबार २७ गते ट्रमा सेन्टरका एक चिकित्सकलाई प्रहरीले घाइते बनाएको विरोधमा नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प गर्ने निर्णय गरेको थियो । लगत्तै आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरकारी प्रतिनिधि र चिकित्सकहरुबीच वार्ता भएको थियो ।

वार्तामा चिकित्सक कुटिएको घटनाको समग्र पक्षमा एक हप्ताभित्र छानबिन सम्पन्न गरी दोषीलाई कारबाही गर्ने, घाइते चिकित्सकको उपचारको व्यवस्था सरकारले गर्ने, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्ने र चिकित्सक संघले आन्दोलन स्थगित गर्ने सहमति भएको छ ।

सहमति पत्रमा सरकारको तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डे र चिकित्सकको तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले हस्ताक्षर गरेका छन् ।

सहमति पत्र हेर्नुहोस्:

मधेस प्रदेशमा भोलि सार्वजनिक बिदा

जनकपुरधाम । मधेस प्रदेश सरकारले जनयुद्ध दिवस मनाउने भएको छ। सोमबार जनयुद्ध दिवस मनाउनका लागि मधेस सरकारले सार्वजनिक बिदा समेत दिएको छ।

मधेस सरकारले राजपत्रमै जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने प्रकाशित गरेको छ।

राज्य कोष दुरुपयोगलाई अनुसन्धानको दायरामा ल्याइने छ: अख्तियार प्रमुख राई

काठमाडाै –  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले प्राकृतिक स्रोत उत्खनन र राज्यकोषको दोहन पछिल्लो समय बढेको बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसमा बोल्दै उनले राज्य कोषको दुरुयोग रोक्न आफूहरु सक्रिय भएको बताएका छन् ।

‘प्राकृतिक स्रोत, खासगरी ढुंगा, गिट्टी, बालुवाको अनुचित उत्खनन्तथा दोहन गर्ने कार्यलाई नियन्त्रण गर्न जरुरी छ’ उनले भने, ‘… यसरी यी क्षेत्रमा हुने र भइरहने अनुचित दोहन, अनियमितता र मस्यौट उपर आयोग निर्भिक तवरले लागि परेको व्यहोरा समेत जानकारी गराउन  चाहन्छु ।’

सरकारी कोषबाट नियमित अनुदान लिई कागजी रुपमा मात्र संचालन भएको देखाउने तर कार्यस्थलमा अस्तित्वसम्म पनि नभेटिने विषयको छानबिन र कारबाहीलाई अझै प्रभावकारी बनाउने राईले बताएका छन् ।

राजस्व चुहावट, चोरी, निकासी, पैठारी,न्यून विजकीकरण तथा राजस्व छली जस्ता घटना बढेको भन्दै प्रमुख आयुक्त राईले यसलाई रोक्न राजस्व प्रशासनमा सुधार र राजस्वका नयाँ क्षेत्रको पहिचान र विस्तारका लागि सम्बद्ध निकायहरु सक्रिय हुनुपर्ने बताएका छन् ।

तीनै तहका सरकारबाट स्रोतको सुनिश्चितता र पर्याप्त पूर्वतयारी नहुँदै ठेक्का लगाइएका कतिपय महत्वपूर्ण आयोजना अलपत्र परेको भन्दै प्रमुख आयुक्त राईले ती आयोजनाहरू बर्षौं वर्षसम्म पनि पूरा नभई रुग्ण हुनुमा जिम्मेवार अधिकारीलाई कारबाहीको दायरमा ल्याउनुपर्ने बताए ।

प्रमुख आयुक्त राईले विकास साझेदारहरुबाट प्राप्त वैदेशिक सहायताको प्रभावकारी परिचालन हुन नसकेको भन्दै विकासका पूर्वाधारहरुको निर्मांणमा बर्षेनी ठूलो रकम खर्च भएपनि गुणस्तर कायम हुन नसकेको र यिनीहरुको दिगो व्यवस्थापन गर्न नसक्दा स्रोतको दुरुपयोग बढेको बताएका छन् ।

सरकाररी निकायले हतारमा पूर्वाधार निर्माण गर्ने, विभिन्न यन्त्र उपकरण खरिद गर्ने, तर उपयोगमा नल्याउने कार्य गर्दा केही बर्षमै ती संरचना खण्डहरमा परिणत हुने र उपकरण काम नलाग्ने अवस्थामा पुगेको पाइएको पनि राईले बताएका छन् ।

‘आवश्यकताको अध्ययन नगरी, पूर्वतयारी विना पूर्वाधार निर्माण र यन्त्र उपकरण खरिद गर्दा राज्यकोषको दुरुपयोग र दोहन बढेको छ’ उनले भने, ‘तसर्थ, यस प्रकारका काम माथि आयोगले सुक्ष्म निगरानी र अनुसन्धान गरिरहेको हुँदा त्यस्ता कार्यमा संलग्न पदाधिकारीलाई समेत अनुसन्धानको दायरामा ल्याइनेछ ।’

स्थानीय तहमा संघीय सरकारी कोष र आन्तरिक श्रोतबाट भएको ठूलो रकम विनियोजन दुरुपयोग भएको भ्रष्टाचार बढेको गुनासो आएको अख्तियारले बताएको छ । ‘यस्ता अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्न आयोग र मातहतका कार्यालयहरुवाट छानबिन र अनुसन्धान कार्यलाई अभियानको रुपमा अघि बढाइएको छ’ उनले भने ।

हेर्नुहोस् अख्तियारका प्रमुख आयुक्त राईको मन्तव्यको पूर्णपाठ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसको अवसरमा आयोजित यस कार्यक्रममा हाम्रो आमन्त्रणलाई स्वीकार गरी प्रमुख अतिथिको रुपमा पाल्नु भएकोमा सम्माननीय राष्ट्रपतिज्यूप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु ।
साथै, यस अवसरमा पाल्नुहुने सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, सम्माननीय कायममुकायम प्रधानन्यायधिशज्यू, प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यू, राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू, माननीय उपप्रधानमन्त्रीज्यूहरू, राष्ट्रिय सभाका माननीय उपाध्यक्षज्यू लगायत अन्य सम्पूर्ण विशिष्ट अतिथिहरुको गरिमामय उपस्थितिका लागि समेत हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।
बत्तिसौं स्थापना दिवसको यस पुनित अवसरमा विशिष्ट व्यक्तित्व लगायत सरोकार पक्षहरुको गरिमामय उपस्थितिले भ्रष्टाचार विरुद्धको अभियानलाई आगामी दिनमा अझ सशक्त बनाउन र दृढ अठोट एवम् प्रतिबद्धताका साथ अघि बढ्न आयोगलाई थप उर्जा प्रदान गरेको मैले महसुस गरेको छु।
आर्थिक(सामाजिक विकासको प्रमुख बाधकको रूपमा रहेको भ्रष्टाचार नियन्त्रण गर्ने उद्देश्यले विक्रम संवत २०४७ साल माघ २८ गते स्थापना भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थापनाकाल देखि भ्रष्टाचार नियन्त्रणको संबैधानिक दायित्व निर्वाह गर्ने दिशातर्फ अनवरत् र सक्रियतापूर्वक कार्य गर्दै आएको कुरा सर्वविदितै छ।
मुलुकको विकासका लागि विकास साझेदारहरुबाट प्राप्त वैदेशिक सहायताको प्रभावकारी रूपमा परिचालन हुन नसकेको जनगुनासो छ। विकासका पूर्वाधारहरुको निर्मांणमा बर्षेनी ठूलो रकम खर्च भएपनि आवश्यक गुणस्तर कायम हुन नसकेको र यिनीहरुको दिगो व्यवस्थापन गर्न नसक्दा श्रोतको दुरुपयोग बढेको पाइएको छ।
नेपाल सरकारका तीनै तहमा शिक्षा, स्वस्थ्य, कृषि, खानेपानी, सरसफाई लगायतका संवेदनशील सेवा क्षेत्रमा तोकिएको मापदण्ड पूरा नगरी उद्देश्य विपरित सरकारी स्रोतको हानीनोक्सानी र दुरुपयोग गरिएको भन्ने उजुरीहरू आयोगमा पछिल्ला दिनमा प्राप्त हुने क्रम बढी रहेको छ । आयोगबाट तदारुकताका साथ त्यस्ता विषयमा छानविन तथा अनुसन्धान भईरहेका छन् । साथै, जलविद्युत, उद्योग तथा वस्तु र सेवाको उत्पादन र परिवहनमा अनुमतिपत्र सम्बन्धी व्यवस्थामा देखिएको एकाधिकार, कार्टेलिङ्ग र सिण्डिकेट जस्ता विकृतिहरुलाई निरुत्साहित गर्न आयोगले निगरानी र छानविन कार्यलाई तिव्रता दिएको व्यहोरा अनुरोध गर्दछु ।
प्राकृतिक स्रोत, खासगरी ढुंगा, गिट्टी, बालुवाको अनुचित उत्खनन् तथा दोहन गर्ने कार्यलाई नियन्त्रण गर्न जरुरी छ। प्राकृतिक श्रोतको व्यवस्थित र दिगो उपयोग अबको आवश्यकता हो। यसरी, यि क्षेत्रमा हुने र भइरहने अनुचित दोहन, अनियमितता र मस्यौट उपर आयोग निर्भिक तवरले लागि परेको व्यहोरा समेत जानकारी गराउन चाहान्छु ।
सरकारी कोषबाट नियमित अनुदान लिई कागजी रुपमा मात्र संचालन भएको देखाउने तर कार्यस्थलमा अस्तित्वसम्म पनि नभेटिने गरेका विषयहरुको छानविनको दायरालाई विस्तार गरी आफ्नो काम कारवाहीलाई अझ सक्रिय बनाउन आयोग गम्भिरतापूर्वक अघि बढिरहेको छ ।
राजस्व चुहावट, चोरी, निकासी, पैठारी, न्यून विजकीकरण तथा राजस्व छली नियन्त्रण गरी राजस्व प्रशासनमा सुधार र राजस्वका नयाँ क्षेत्रको पहिचान र विस्तारका लागि सम्बद्ध निकायहरु सक्रियतापूर्वक परिचालन हुनुपर्ने देखिन्छ। राजस्व प्रशासनमा देखिएका अनियमितता नियन्त्रणका लागि नियमनकारी निकायहरु सक्रियताका साथ अग्रसर हुन जरुरी छ । कानुन विपरितका क्रियाकलापमा संलग्न अधिकारीलाई कानुनी कार्वाहीको दायरामा ल्याउन आयोग थप सशक्त रुपमा अघि बढ्ने छ ।
तीनै तहका सरकारबाट स्रोतको सुनिश्चितता र पर्याप्त पूर्व तयारी विना ठेक्का लगाइएका कतिपय महत्वपूर्ण आयोजना तोकिएको समयमा गुणस्तरीय रुपमा सम्पन्न नभई अलपत्र परेका छन् । ती आयोजनाहरू बर्षौं वर्षसम्म पनि पूरा नभई रुग्ण हुने गरेको अवस्थामा जिम्मेवार पदाधिकारी मुकदर्शक भएर बस्ने गरेको हुँदा समयमा नै किन काम पूरा भएन भन्ने समेतका आधारमा संलग्न पदाधिकारी माथि अनुसन्धान अघि बढाइएको छ।
तीनै तहका सरकारबाट आवश्यक भएपनि, नभए पनि, विकास निर्माण वा अन्य कामका लागि परामर्श सेवा लिने, संभाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन ९म्एच्० तयार गर्ने, त्यसको कार्यान्वयन नगर्ने तर त्यस्तै प्रकारका अध्ययन अनुसन्धान पटक(पटक गराउने गरेको पाइएको छ । यसरी परामर्शदाताबाट प्रतिवेदन लिएपछि त्यसलाई प्रयोगमा नल्याइएमा त्यस्तो परामर्श सेवा लिने तर प्रतिवेदन प्रयोगमा नल्याउने पदाधिकारीलाई अनुसन्धानको दायरामा ल्याइनेछ ।
अधिकांश सार्वजनिक निकायले हतारमा पूर्वाधार निर्माण गर्ने, विभिन्न यन्त्र उपकरण खरिद गर्ने, तर उपयोगमा नल्याउने कार्य गर्दा केही बर्षमै ती संरचना खण्डहरमा परिणत हुने र यन्त्र उपकरण काम नलाग्ने अवस्थामा पुगेका छन् । यसरी, आवश्यकताको अध्ययन नगरी, पूर्वतयारी विना पूर्वाधार निर्माण र यन्त्र उपकरण खरिद गर्दा राज्यकोषको दुरुपयोग र दोहन बढेको छ । तसर्थ, यस प्रकारका काम माथि आयोगले सुक्ष्म निगरानी र अनुसन्धान गरिरहेको हुँदा त्यस्ता कार्यमा संलग्न पदाधिकारीलाई समेत अनुसन्धानको दायरामा ल्याइनेछ ।
स्थानीय तहमा संघीय सरकारी कोष र आन्तरिक श्रोतबाट ठूलो रकम विनीयोजन हुने गरेको भएपनि श्रोत साधनको दुरुपयोग, अनियमितता एवम् भ्रष्टाचार बढ्दै गएको जनगुनासो छ। स्थानीय तहमा हुने त्यस्ता अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्न आयोग र मातहतका कार्यालयहरुवाट छानवीन र अनुसन्धान कार्यलाई अभियानको रुपमा अघि बढाईएको छ।
राज्य अन्तर्गतका सबै निकायहरुले कानुनतस् प्राप्त आ(आफ्नो अधिकार र दायित्वलाई जिम्मेवार र दृढतापूर्वक निर्वाह गरेमा भ्रष्टाचार स्वतस् घट्नेछ । कानुनको परिधिभित्र रही नागरिकलाई सुशासनको प्रत्याभूति दिन मूलतस् राज्यका नियामक निकाय नै क्रियाशील रहनुपर्दछ। यसका लागि विभिन्न निरोधात्मक उपायहरुमार्फत सम्बन्धित निकाय र पदाधिकारीहरुलाई नै जिम्मेवार र जवाफदेही बनाउनेतर्फ आयोगले उजुरीको छानवीनका क्रममा देखिएका तथ्य र प्रमाणको आधारमा आफ्नो बार्षिक प्रतिवेदनमार्फत विभिन्न सुझावहरू दिंदै आएको व्यहोरा स्मरण गराउँदै उक्त सुझावहरू ढृढतापूर्वक कार्यान्वयन गर्न हार्दिक आग्रह समेत गर्दछु । प्रस्तुत सुझावहरू मुलतस् सार्वजनिक क्षेत्रमा हुने भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन गर्ने, जिम्मेवारी, जवाफदेहिता र उत्तरदायित्व बढाउने, सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज र प्रभावकारी बनाउने तथा समाजमा भ्रष्टाचार बिरोधी संस्कृतिको विकास गर्ने विषयसँग सम्वन्धित रहेका छन् ।
कानूनले निर्दिष्ट गरेको जिम्मेवारी र आफूमा निहित अधिकार प्रयोग नगरी मन्त्रिपरिषदबाट निर्णय गराउने प्रवृत्तिलाई निरुत्साहित गर्नेतर्फ आयोगले पटक(पटक नेपाल सरकारलाई ध्यानाकर्षण गराईसकेको छ। आगामी दिनमा यस्तो विषयमा नेतृत्वले सुझबुझ र दूरदृष्टिका साथ उपयुक्त नीति, विधि र पद्धतिको अवलम्बन गर्नेमा आयोग विश्वस्त छ।
भ्रष्टाचार विरुद्धको अभियानलाई थप ससक्त र प्रभावकारी बनाउन नीतिगत र संस्थागत सुदृढिकरण तथा सरोकार पक्षहरुबीच समन्वय, साझेदारी र सहकार्य आवश्यक पर्दछ। भ्रष्टाचार नियन्त्रणका लागि आयोगको एकल उपस्थिति, सक्रियता र भूमिकाले मात्र सम्भव नहुने हुँदा सरकारी निकाय, निजी क्षेत्र, गैरसरकारी क्षेत्र, नागरिक समाज, सञ्चार जगत र सर्वसाधरण नागरिकको समेत सक्रिय भूमिका र सहकार्यले निरन्तरता प्राप्त गर्ने मैले विश्वास लिएको छु ।
वस्तुगत र तथ्यपरक सूचनाले मात्र भ्रष्टाचार विरुद्ध आयोगको काम कारवाहीलाई सशक्त र सफल बनाउन मद्दत गर्ने हुँदा प्रत्येक सचेत नागरिक र सम्बद्ध पक्षले भ्रष्टाचारको विषयमा तथ्यपरक सूचना उपलब्ध गराई आयोगको कार्यसम्पादनमा सहयोग पुर्‍याउन अपिल गर्दछु।
सार्वजनिक हित र सरोकारका विषयमा अनियमितता र अधिकारको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरेको जानकारी पाउनासाथ त्यस्ता कार्यलाई अनुसन्धानको दायरामा ल्याउन आयोग अझ सक्रियताका साथ परिचालित हुनेछ ।
आयोगमा प्राप्त हुने उजुरीलाई विना पूर्वाग्रह तथ्य र प्रमाणका आधारमा अनुसन्धानको प्रक्रियामा लैजाने गरिएको छ । अनुसन्धानको दायरामा ठूलो सानो वा अरु कुनै पनि आधारमा विभेद हुनै नसक्ने स्वचालित प्रणालीलाई आयोगले अवलम्बन गरेको व्यहोरा म अवगत गराउन चाहन्छु।
आयोगले भ्रष्टाचार नियन्त्रणका लागि प्रवर्द्धनात्मक रणनीति समेत अवलम्बन गरेको छ। संघ, प्रदेश तथा स्थानीय तहका सरकार, नागरिक समाज, समुदाय र सञ्चार जगतसँगको सहकार्यलाई उच्च महत्व दिइएको छ। नागरिकहरुको अगुवाईमा भ्रष्टाचार विरुद्धको सचेतना कार्यक्रम संचालन भैरहेका छन् । सुशासन प्रवर्द्धनका लागि “सुशासन सवाल” नामक टेलिभिजन कार्यक्रम नेपाल टेलिभिजनवाट साप्ताहिक रुपमा प्रशारण भैरहेको छ ।
आयोगलाई सूचना प्रविधिमैत्री बनाउँदै लैजाने प्रयास स्वरूप मौजुदा इााष्अभ ब्गतयmबतष्यल क्थकतझ लाई स्तरोन्नति गरी सघन रूपमा प्रयोगमा ल्याइएको छ।
आयोगको चौंथो संस्थागत रणनीतिक योजना ९२०७६र७७(२०८०र८१० को मध्यावधिक समिक्षा गरी तत्काल र क्रमशस् गर्नुपर्ने सुधारका क्षेत्र पहिचान गरी कार्यान्वयनमा ल्याइएको छ।
चालु आर्थिक वर्षमा नेपाल सरकारका मुख्य सचिवसहित २२ वटा मन्त्रालयका सचिवहरू तथा नियामक निकायका प्रमुखहरूको सहभागितामा सार्वजनिक खरिद, विकास निर्माण र सेवा प्रवाहका सम्वन्धमा छलफल कार्यक्रम आयोजना गरी देखिएका समस्या समाधानका लागि सबै मन्त्रालय र नियामक निकायहरूमा सुझाव लेखी पठाइएको छ।
पछिल्लो स्थानीय तहको निर्वाचनवाट निर्वाचित पदाधिकारीहरुका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आयोजित अभिमूखीकरण कार्यक्रममा स्थानीय जनप्रतिनिधिको क्रियाशीलताले कसरी भ्रष्टाचार नियन्त्रण गरी सदाचार संस्कृति प्रवर्द्धन गर्न सकिन्छ भन्ने विषयमा आयोगको तर्फवाट समेत छुट्टै प्रस्तुतीकरण गरी स्पष्ट पारिएको छ।
सम्माननीय प्रधानमन्त्रीज्यू तथा मुख्य सचिवको उपस्थितिमा भएको बैठकमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीले विकास निर्माणका आयोजनाको खरिद प्रक्रिया कै चरणमा आयोगले अनुसन्धानका नाममा हस्तक्षेप गरी काम रोक्का राख्ने तथा सक्कलै फाइल मगाई लामो समय राख्ने गरेका कारण विकासका आयोजना प्रभावित भएको भनि असन्तुष्टि व्यक्त भएको विषयमा आयोगको ध्यानाकर्षण भएको छ । आयोगले नेपाल सरकारका उच्च पदस्थ अधिकारी तथा नियामक निकायका प्रमुखसँगको छलफलमा यस विषयमा पटक(पटक स्पष्ट पारिसकेको व्यहोरा म पुनस् स्मरण गराउन चाहान्छु । विगत लामो समयदेखि आयोगले कुनै पनि उजुरीको छानवीनका क्रममा सक्कल कागजात मगाउने, उजुरी पर्नासाथ काम रोक्का राख्न आदेश दिने, खरिद प्रक्रियामा रहेकै अवधिमा अनुसन्धान अगाडि बढाउने वा आयोजनाको निर्माण अवधिमै काममा बाधा पुर्याउने कार्य नगरेको र आगामी दिनमा समेत यस्तो कार्य नगर्ने व्यहोरा स्पष्ट पार्न चाहान्छु । तसर्थ, सार्वजनिक पदाधिकारीले आयोगलाई कारण देखाई कुनैपनि विकास निर्माण तथा सेवा प्रवाह गर्ने आफ्नो पदीय जिम्मेवारीवाट विमुख नहुन म सबैलाई अनुरोध गर्दछु ।
नेपाल भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिको अनुमोदन गरी पक्ष राष्ट्र बनिसकेको सन्दर्भमा यसबाट सिर्जित दायित्व निर्वाह गर्न विद्यमान कानुनी संरचनामा समयानुकुल सुधार र परिमार्जनको खाँचो देखिएको छ। विद्यमान संविधान र कानुनले आयोगको क्षेत्राधिकार सार्वजनिक क्षेत्रमा मात्र सीमित गरेकोमा अनुचित कार्य, स्वार्थको द्वन्द, निजी र गैरसरकारी क्षेत्रमा हुने भ्रष्टाचारजन्य कार्यको अनुसन्धान गर्न सक्ने गरी आयोगको क्षेत्राधिकार विस्तार हुने गरी महासन्धिका प्रावधानहरू कार्यान्वयन गर्न कानुन निर्माताहरुबाट आवश्यक नीतिगत र कानुनी व्यवस्था हुनेछ भन्ने मैले विश्वास लिएको छु ।
भर्खरै प्रकाशित त्चबलकउबचभलअथ क्ष्लतभचलबतष्यलब िल्भउब िको सन् २०२२ को प्रतिवेदनअनुसार नेपालले भ्रष्टाचार अनुभूति सूचकांकमा कुल ३४ अंक प्राप्त गरी ११० औं स्थानमा रहँदा विगत बर्षको तुलनामा केही सुधार देखिएतापनि भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका सन्दर्भमा नेपाल अझै जोखिमपूर्ण स्थानमा नै रहेको हुँदा सबै सरोकार निकाय, व्यक्ति र पक्ष जिम्मेवार भई अगाडि बढ्न आवश्यक रहेको मैले महसुश गरेकोछु ।
आयोग स्थापना दिवसको यस अवसरमा प्रेरणादायी मार्गदर्शनसहितको सारगर्भित मन्तव्यका साथै, उत्कृष्ट कार्यसम्पादन गर्ने राष्ट्रसेवक कर्मचारी र सञ्चारकर्मीलाई पुरस्कार वितरण गर्ने कार्यक्रममा सरिक हुन लाग्नुभएकोमा सम्माननीय राष्ट्रपतिज्यूप्रति हार्दिक आभार व्यक्त गर्दछु ।
आयोगको “स्मारीका २०७९” को लोकार्पण सम्माननीय राष्ट्रपतिज्यूबाट गराउन पाँउदा हामी हर्षित भएका छौं।
आयोगको यस कार्यक्रममा राष्ट्रव्यापी खुला कविता प्रतियोगितामा पुरस्कृत हुने कविहरूलाई पुरस्कार वितरण तथा शुभकामना मन्तव्य व्यक्त गर्ने कार्यक्रममा सहभागी हुन लाग्नु भएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष हार्दिक आभार व्यक्त गर्न चाहान्छु।
पुरस्कृत हुने कर्मचारी, पत्रकार, कवि, सबैलाई बधाई ज्ञापन गर्दछु । आगामी दिनमा सञ्चार क्षेत्र लगायत सबै सरोकारवालावाट भ्रष्टाचार विरुद्धको अभियानलाई अझ सशक्त बनाउन सहयोग पुग्नेछ भन्ने अपेक्षा राखेको छु।
आयोगको कार्यसम्पादनका लागि आवश्यक स्रोत साधन, जनशक्ति परिचालन तथा ऐन कानुन तर्जुमा गरी सहजीकरण तथा हौसला प्रदान गरेकोमा नेपाल सरकारप्रति आयोगका तर्फवाट हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा समेत यस प्रकारको सहयोगको निरन्तरताको अपेक्षा गर्दछु ।
अन्त्यमा, सदाचार पद्धतिको विकास र भ्रष्टाचार विरुद्धको शून्य सहनशीलताको नीतिलाई मूर्त रूप दिनको लागि आगामी दिनमा समेत सबैको सहकार्य, साझेदारी, समन्वय र सक्रियता रहनेछ भन्ने अपेक्षाका साथ सम्माननीय राष्ट्रपतिज्यू, सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, सम्माननीय कायममुकायम प्रधानन्यायाधिशज्यू, प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यू, राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू, माननीय उपप्रधानमन्त्रीज्यूहरू, राष्ट्रिय सभाका माननीय उपाध्यक्षज्यू तथा अन्य सम्पूर्ण विशिष्ट अतिथिजनप्रति पुनस् आभार व्यक्त गर्दै मेरो मन्तव्य यही टुङ्गयाउँछु।

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

काठमाडौँ ।

सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज (आइतबार) बिहान ९बजे बस्ने तय भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए।

गत शुक्रबार पनि संयन्त्रको बैठक बसेको थियो।

बैठकमा राष्ट्रपति, उपराष्ट्रपति र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। रास्वपा सरकारबाट बाहिरिएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा पनि छलफल हुने बताइएको छ।

निर्वाचन आयोगले फागुन २५ गते राष्ट्रपतिको निर्वाचन मिति तोकिसकेको छ। सत्ता साझेदार दलहरू राष्ट्रपतिको उम्मेदवारलाई लिएर एकमत हुन सकेका छैनन्।

नेकपा एमालेले राष्ट्रपतिमा दाबी गर्दै आइरहेको छ। राष्ट्रपतिलाई लिएर सत्तारूढ दलहरूबीच किचलो बढेको छ।

निमावि तहमा १ हजार ५६ शिक्षकको माग

काठमाडौँ । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह, तृतीय श्रेणी शिक्षक पदको लागि १ हजार ५६ रिक्त पदमा विज्ञापन खुलाएको छ ।

आयोगले शुक्रबार खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि विज्ञापन खुला गरेको हो ।

आयोगले नेपाली विषयको लागि ६५ रिक्त पदमा, अंग्रेजी विषयको लागि ११६ रिक्त पदमा, गणित विषयको लागि १४४ रिक्त पदमा, विज्ञान विषयको लागि २८२ रिक्त पदमा देशभरबाट आवेदन माग गरेको छ ।

त्यस्तैगरी सामाजिक विषयमा ८९ जना शिक्षक, गणित/विज्ञानमा ३५१ जना शिक्षक, शुक्लयजुर्वेद विषयका लागि एक जना, संस्कृत व्याकरणको लागि तीन जना, संस्कृत भाषाका लागि ४ जना र संस्कृत कर्मकाण्ड विषयका लागि १ जना रिक्त दरबन्दीमा शिक्षक माग गरेको छ ।

इच्छुक उम्मेदवारले फागुन २८ गतेसम्म नियमित दस्तुरमा र चैत ५ गतेसम्म दोब्बर दस्तुरमा आवेदन दिन सक्नेछन् । परीक्षा २०८० साल बैशाख ९ गते सञ्चालन हुनेछ ।

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बित

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन उड्डयन मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीका अनुसार ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामग्री प्राप्त भएको छ ।

सोबारे जाँचबुझ गर्ने सिलसिलामा पदबाट निलम्बन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धकलाई लेखी पठाइएको उनले बताए ।

यस विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पठाइने भएको छ । ठाकुर पछिल्लो दुई वर्षयता विमानस्थलको प्रमुख पदमा आबद्ध छन् ।

मोटरसाइकलको कर तिर्न भाग छ ? फागुन मसान्तसम्म कर बुझाएमा पाँच वर्षको जरिवाना छुट (सुचनासहित)

राजधानी। लामो समय मोटरसाइकलको कर्न तिर्साइक सवारी धनीका लागि यातायात व्यवस्था कार्यालय मोटरसाइकल, पाँच वर्षको जरिवाना छुटाउन सकिन्छ ।

आर्थिक वर्ष २०७०/७१ देखि वर्ष २०७५/७६ सम्म सम्म तोकिए बमोजिको कर तथा नवीकरण आर्थिक नगरका सवारी धनीले यही २०७९ फागुन मसान्त कर बुझाएमा जरिवाना छुट दिनु भयो । बिहीबार एक सूचना प्रकाशित गरिदिनुहोस्।

कार्यालयले विगत वर्ष देखे कर तिर्न लाभ उठ ​​सवारी धनी तथा नवीकरण समयमै छ भने लिन आग्रह गर्न । प्रयोग इब्का सवारी साधनहरू चालु आर्थिक वर्ष सम्मिलितीकरण तथा जरिवाना रकमको गरीबी विधिवत् लगतकट्टा गर्न पनि विभागले छ ।

सुचनासहित :-

अब ३ लाखसम्मको क्रेडिट कार्ड र ५ लाखको डिजिटल ऋणमा कर्जा सूचना नचाहिने

२६ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ लाखसम्मको क्रेडिट कार्ड कर्जा र ५ लाख रुपैयाँसम्मको विद्युतीय माध्यमबाट स्वीकृत हुने कर्जाको कर्जा सूचना लिन अनिवार्य नहुने व्यवस्था गरेको छ ।

यसअघि सुनचाँदी, मुद्दती रसिद र सरकारी सुरक्षणपत्र धितो कर्जा, २ लाखसम्मको क्रेडिट कार्ड कर्जा र संक्षिप्त प्रक्रिया पूरा गरी विद्युतीय (डिजिटल) माध्यमबाट स्वीकृत हुने २ लाखसम्मको कर्जामा कर्जा सूचना लिनु नपर्ने व्यवस्था थियो ।

अब क्रेडिट कार्ड र संक्षिप्त प्रक्रिया पूरा गरी विद्युतीय माध्यमबाट स्वीकृत कर्जाको कर्जा सूचना लिनुनपर्ने सीमा वृद्धि भएको छ । यस्तै राष्ट्र बैंकले १ करोड ५० लाख भन्दा माथिको आवासीय घर कर्जा मात्रै रियल स्टेट कर्जामा गणना हुने र त्यसभन्दा कमको कर्जा भने रियल स्टेट कर्जामा गणना नहुने व्यवस्था गरेको छ ।

वैदेशिक रोजगारीमा जाने नेपालीको विप्रेषण (रेमिटयान्स) बचत खातामा बैंक तथा वित्तीय संस्थाका तर्फबाट जम्मा गरिएको प्रति खातामा १०० रुपैयाँसम्म राख्न सक्ने र त्यस्तो रकम संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत गणना गर्न सक्ने व्यवस्था गरेको छ ।

यसअघि औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउन प्रोत्साहन गर्न भन्दै रेमिट्यान्स निक्षेपमा १ प्रतिशत अतिरिक्त ब्याज दिनुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

आज माघ २७ गते शुक्रबार तपाईंको राशिफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ हुनेछ । सामाजिक कार्यमा सफलता हात पर्ला । प्रेमको डोरो पनि कसिलो हुनेछ ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज नाक तथा घाँटीमा समस्या आउला । राजनैतिक कार्यमा बाधा आउनेछ, तर अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्य सम्पादनमा केही सहजता मिल्नेछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ । प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मन खिन्न हुने स्थिति आउनसक्छ । खानपानमा ख्याल गर्नुपर्नेछ । नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ सचेत रहनुहोला ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आतिथ्यपूर्ण सम्मान पाइन सक्छ ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज आफन्तसँग मनमुटाव सिर्जना हुने योग रहेको छ । प्रेममा एक अर्कालाई शंका गर्नाले छुट्टिनुपर्ने बाध्यता आउनसक्छ ।

वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । प्रविधि मार्फत आफन्तसँग भेटघाट हुनेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज दानपुण्यका कार्यमा सहभागी भइनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । व्यावसायिक नयाँ योजना बन्नेछन् ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ । अध्ययनमा रुचि जाग्नुका साथै स्मरण शक्ति बढ्ने योग पनि रहेको देखिन्छ ।

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज कुनै कुराले अनुहारमा चमक र मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ, तर भीडभाडबाट बचेर हिँड्नु होला ।

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज राजनैतिक कार्यमा सफलता मिल्नेछ । नयाँ योजना र शुभकार्यको चर्चा चल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनसक्छ ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज अनुहारमा चमक र मन प्रसन्न रहला । घरमा शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य विस्तारै अघि बढ्ला ।

राष्ट्रपति भण्डारीले आज संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी छन् । आज (शुक्रबार) दिउँसो ३ बजे भण्डारीले संसद्को संयुक्त बैठकलाई विशेष सम्बोधन गर्ने भएकी हुन् ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । राष्ट्रपतिले गर्ने विशेष सम्बोधनको प्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गर्ने संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए ।

दुई कार्यकालसम्म राष्ट्रपति भएकी भण्डारीको आज हुने विशेष सम्बोधनलाई ‘बिदाइ सम्बोधन’को रूपमा हेरिएको छ । नेपालको संविधानले एक व्यक्ति दुई पटक भन्दा राष्ट्रपति हुन नसक्ने प्रावधान राखेको छ । निर्वाचन आयोगले पनि मुलुकको तेस्रो राष्ट्रपतिका लागि आगामी २५ फागुनका लागि नयाँ निर्वाचनको कार्य तालिका सार्वजनिक गरिसकेको छ । जसअनुसार नयाँ राष्ट्रपतिको निर्वाचनका लागि तयारी सुरु गरिसकेको निर्वाचन आयोगले जनाएको छ । 

दुई कार्यकालको जिम्मेवारी सम्हालेकी राष्ट्रपति भण्डारीले शनिवार साँझका लागि साँझ रात्रि भोजको समेत आव्हान गरिसकेकी छिन् । उक्त रात्रि भोजमा उपराष्ट्रपति, प्रधानमन्त्री, सर्वोच्च अदालतका प्रधानन्यायाधीश, मन्त्रीहरू, सुरक्षा निकायका तीनै प्रमुखहरू, मुख्यमन्त्री, सांसदहरू, संवैधानिक निकायका प्रमुख र उच्च अधिकारीहरू, कूटनीतिक नियोगका अधिकारीहरूलाई निम्तो गइसकेको छ । 

उनी नेपालको पहिलो महिला राष्ट्रपतिको रूपमा नाम दर्ज गरेर २५ फागुनबाट औपचारिक रूपमा बिदा हुँदै छिन् । 

त्यसपछि संयुक्त बैठकले धन्यवादको प्रस्ताव पारित गर्ने कार्यसूची छ । नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले आज दिउँसो ३ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई भण्डारीले सम्बोधन गर्न लागेकी हुन् ।

संविधानको धारा ९५ मा राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ भन्ने व्यवस्था छ ।

टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या २० हजार नाघ्यो

सिरिया र टर्कीमा भूकम्पमा परी ज्यान गुमाउनेको संख्या २० हजार नाघेका छन् । गएको सोमवार टर्की र सिरियाको सीमा क्षेत्रमा भएको भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या २० हजार जना नाघेको बीबीसीले जनाएको छ ।

ज्यान गुमाउनेमध्ये झण्डै १५ हजार जना टर्कीका रहेका छन् । अझै पनि केही मानिस जीवितै भेटिने आसामा उद्धारकर्ताले कठ्याङ्ग्रिँदो रातमा समेत उद्धार कार्य जारी राखेका खबरमा उल्लेख छ ।

यसैबीच, सिरियाको उत्तर पश्चिममा रहेको भूकम्प प्रभावित क्षेत्रमा पहिलो पटक राहत सामग्री पुगेको छ । विद्रोहीको कब्जामा रहेको उत्तर पश्चिम क्षेत्रमा संयुक्त राष्ट्र सङ्घले ४ वटा लरीमार्फत राहत सामग्री पठाएको छ । यसअघि विद्रोही समूहले अनुमति नदिँदा र सडक भत्किएका कारण भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री पुग्न सकेको थिएन ।

टर्कीमा उद्धार र राहतको कामले केही तीव्रता पाए पनि सिरियामा भने अवस्था निकै दयनीय रहेको छ । यसैबीच, विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले टर्की र सिरियामा भूकम्पपछिको स्वास्थ्य सङ्कटको चेतावनी दिएको छ । शवको उचित व्यवस्थापन नहुनु, स्वच्छ खाना र पानीको अभाव तथा माइनसमा रहेको तापक्रममा पनि उचित बासस्थान र ऊर्जा नहुँदा स्वास्थ्य सङ्कट आउन सक्ने डब्ल्यूएचओले चेतावनी दिएको हो । गम्भीर सङ्कट आउनुअघि नै गाँस, बास र कपासको उचित व्यवस्थापनमा लाग्न डब्ल्यूएचओले सुझाव दिएको छ ।

एकैपटक २६ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सोमबारको मन्त्रिपरिषद बैठकको निर्णय अनुशार विभिन्न मन्त्रालय, विभाग, प्रदेश तथा निकायमा कार्यरत २६ सहसचिवहरूको सरुवा गरिएको हो ।

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त सूची अनुसार यातायात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डेयलाई सत्य निरूपण तथा मेलमिलाप आयोगमा सरुवा गरिएको छ भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव इन्द्रमणि पोखरेललाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा सरुवा गरिएको छ । 

सरकारले अर्थ मन्त्रालयका सहसचिवहरु भूपाल बराललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, केदारनाथ शर्मालाई गृह मन्त्रालय, रमेश कुमार के.सी.लाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र बाबुराम सुवेदीलाई राष्ट्रिय योजना आयोगको सचिवालयमा सरुवा गरेको छ । 

यसैगरी सबैभन्दा धेरैको संख्यामा सरुवा पर्ने सहसचिवहरुमा अर्थ मन्त्रालय रहेको छ । अर्थ मन्त्रालयमा सरुवा गरिएका सहसचिवहरुमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव श्रीकृष्ण नेपाल, राष्ट्रिय योजना आयोगका धनीराम शर्मा रहेका छन् । यसैगरी मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी प्रदेश पोखराका राम प्रसाद आचार्य, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रमेश अर्याल र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव झक्क प्रसाद आचार्यको पनि अर्थ मन्त्रालयमा भएको छ ।

यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव बाबुराम भण्डारीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र उनको ठाउँमा सामाजिक विकास मन्त्रालय धनगढीका प्रदेश सचिव दीपक लामिछानेलाई ल्याइएको छ । वातावरण विभागका महानिर्देशक नमराज घिमिरेलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, निर्वाचन आयोगका विश्व प्रसाद अर्याललाई बेपत्ता पारिएको छानबिन आयोग, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकी सहसचिव सुशीला अर्याललाई राष्ट्रिय कितावखाना, शहरी विकास मन्त्रालयका मोहनराज चापागाईँलाई सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय प्रदेश नं. १, र त्यहाँका अशोक कुमार साहलाई सहरी विकास मन्त्रालयमा सारिएको छ । 

आन्तरिक मामिला तथा कानून मन्त्रालय कर्णाली प्रदेशका प्रदेश सचिव दिनेश सागर भुसाललाई गृह मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालयका सहमहालेखा नियन्त्रक जितेन्द्र बस्नेतलाई गृह मन्त्रालय, सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । 

त्यसैगरी राजश्व अनुसन्धान विभागका महानिर्देशक मदन दाहाल र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव उत्तर कुमार खत्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशका प्रदेश सचिव नेत्र प्रसाद सुवेदीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयका यज्ञ कोइराला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएका छन् ।

सरकारले निकै लामो रस्साकस्सी पछि सहसचिवको सरुवा गरेको छ । करिव दुई हप्ताको प्रयास पछि गरिएको सरुवाले कर्मचारीलाई कौतुहलतामा मात्रै राखेन, फेरबदलको सूचीले दौडधुपसमेत बढायो । 

यसै दौडधुपका बिच कैयन् सहसचिवहरूले आफ्नो सरुवा रोकाउन, रोजाउन तथा परिवर्तन गर्न सफल भएका छन् । यसैबिच राजश्व अनुसन्धान विभागका महानिर्देशक मदन दाहालको निकै छोटो अवधिमा सरुवा भएको छ । 

नियमित प्रक्रियाका रूपमा लिइने सरुवामा यति धेरै दौडधुप भने पहिलो पटक भएको कर्मचारीहरू बताउँछन् । 

राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव वा सो सरह)का कर्मचारीको सरुवा प्रधानमन्त्रीसँग परामर्श गरेर मात्रै गर्ने माघ ४ को मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आइतबार मात्रै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रस्तावसहितको सूची प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको थियो । त्यसपछि धेरै चरणमा छलफल भएको थियो । 

दुई सहसचिवको सरुवा

काठमाडौँ । सरकारले थप दुई सहसचिवको सरुवा गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका दुई सहसचिवको सरुवा गरेको हो । 

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार अर्थ मन्त्रालयका सहसचिव कमल भट्टराईलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र त्यहाँका सहसचिव रघुराम विष्टलाई अर्थमा सरुवा गरिएको छ । भट्टराईलाई कर्मचारी महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ । 

राष्ट्र बैंकको नियम नमान्ने नौ बैंक परे राष्ट्र बैंकको कारवाहीमा, ४ वटा बैंकलाई ५०–५० लाख नगद जरिवाना

काठमाडौं । नेपालको केन्द्रिय बैंक नेपाल राष्ट्र बैंकले ९ वाणिज्य बैंकका अध्यक्ष, सञ्चालक तथा सीईओलाई कारबाही गरेको छ ।

जसमध्ये मध्ये ४ वटा बैंकलाई भने ५०–५० लाख नगद जरिवानासमेत गराएको छ । यसरी कारबाहीमा पर्ने बैंकहरुमा प्रभु बैंक, कुमारी, ग्लोबल आईएमी र प्राइम बैंकहरु रहेका छन ।

नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण सम्बन्धी निर्देशन नमानेको, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतलाई नियम विपरित सेवा सुविधा दिएको, नियम विपरित प्रिमियम बढाएको, पुँजी पर्याप्तता ढाँचा अनुसारको विवरण नबुझाएकोलगायतका कसुरमा कारवाही गरेको हो।

यस्तै पुँजी पर्याप्तता ढाँचा अनुसार पुँजी कोषको यथार्थ विवरण रिर्पोटिङ नगरेको भन्दै माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले सचेत गराएको छ । भने खाता रोक्का राख्न निर्देशन दिँदा पनि नयाँ खाता खोलेको भन्दै नबिल बैंकलाई सचेत गराएको छ । राष्ट्र बैंकले राष्ट्र बैंकको नियम विपरित प्रमुख कार्यकारी अधिकृतलाई थप सुविधा दिएको भन्दै सानिमा बैंकलाई पनि सचेत गराएको छ ।

यस्तै, नियम बिपरित बढी प्रिमियम लिएकोले नेपाल इन्भेस्टमेन्ट बैंक, माछापुच्छ्रे र सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृतलाई पनि राष्ट्र बैंकले सचेत गराएको छ । प्रभु बैंकलाई भने कर्जा सूचना तथा कालोसूची सम्बन्धी नीतिमा भएको व्यवस्था पालना नगरेको भन्दै सचेत गराएको छ।

सामान्य अंकले घट्यो नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा साताको कारोबारको चौथो दिन आज बुधवार नेप्से ७.१३ अंकले घट्दा दुई हजार एक सय ७० दशमलव २१ विन्दुमा बन्द भएको हो । 

मंगलबार नेप्से ७६.६४ अंकले बढ्दा दुई हजार एक सय ७७ दशमलव ३४ विन्दुमा बन्द भएको थियो । सो वृद्धिको गतिले निरन्तरता पाउने अपेक्षा विपरीत आज नेप्सेमा गिरावट देखिएको हो। 

बुधवार नेप्से परिसूचक घटे पनि कारोबार रकममा भने वृद्धि भएको छ । आज नेप्सेमा तीन अर्ब ६९  करोड १९ लाख बराबरको कारोबार भएको छ । अघिल्लो दिन पनि ३ अर्ब माथिको कारोबार भएको थियो। आज कारोबार भएका कम्पनीमध्ये ६७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने एक सय ४२  कम्पनीको शेयर मूल्य घटेको छ । सात कम्पनीको शेयर मुल्यमा भने कुनै परिवर्तन आएको छैन। 

नेप्सेका अनुसार बुधवार कुनै पनि कम्पनीको शेयर मुल्यमा उच्च वृद्धि भएको छैन । त्यसै गरी कुनै कम्पनीको शेयरमा उच्च गिरावट समेत छैन। त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल रि इन्स्योरेन्स कम्पनीको भएको छ । यसको आज ११ करोड २८ लाखभन्दा बढीको कारोबार भएको छ । 

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। कम्पनीको यस दिन ११ करोड २८ लाख ६७ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन अपि पावरको १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

यस दिन तेह्रथुम पावर कम्पनी र धौलागिरी लघुवित्तको शेयरमूल्य ३ प्रतिशतभन्दा बढी बढेको छ। पछिल्लो १० कारोबार दिनदेखि सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको आदर्श लघुवित्तको शेयरमूल्य यस दिन सर्वाधिक ५.१४ प्रतिशत घटेको छ। लघुवित्तले नाफा घटेको वित्तीय विवरण प्रकाशित गरेसँगै शेयरमूल्यम घट्न पुगेको हो। त्यसैगरी, यस दिन पोखरा फाइनान्सको शेयरमूल्य यस दिन करिब ५ प्रतिशत घटेको छ।