अख्तियारद्वारा कञ्चनपुरमा चार सय बढी उजुरी फर्स्योट

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले चालू आवको पुस मसान्तसम्म आएका एक हजार २३४ उजुरी मध्ये ४०४ उजुरी फर्स्योट गरेको छ।

आयोगको कार्यालय कञ्चनपुरका सूचना अधिकारी नारायण प्रसाद ढकालका अनुसार चालू आवमा ५५६ र गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर ६७८ उजुरी आएका छन्।

गत आव मध्येको फर्छ्यौट हुन बाँकी उजुरी ५१८ र चालू आवको फर्छ्यौट हुन बाँकी उजुरी ३१२ रहेका छन्। गत वर्ष र चालू आवको गरी ८३० उजुरी फर्छ्यौट हुन बाँकी रहेका छन्।

चालू आवमा सबै भन्दा बढी कैलालीबाट १८५, कञ्चनपुरबाट ८८, बैतडीबाट ६९, डोटीबाट ४२ उजुरी आयोगको कार्यालयमा दर्ता भएका छन्। डडेल्धुरा ४१, बझाङ ३८, अछाम ३४, बाजुरा ३३ र दार्चुला २६ उजुरी दर्ता भएको सूचना अधिकारी ढकालले जानकारी दिए । आयोगको कार्यालयले आव २०७८/०७९ मा एक हजार ६२ उजुरी फर्छ्यौट गरेको छ। आव २०७८/०७९ मा ७०७ उजुरी दर्ता भएकोमा आव २०७७/०७८ बाट सरेर आएका एक हजार ३२ गरी एक हजार ७३९ उजुरी मध्ये एक हजार ६२ उजुरी फर्छ्यौट भएका हुन्।

चालू आवको पुस मसान्त सम्म कञ्चनपुरका ८२ उजुरी मध्ये ५० उजुरी फर्छ्यौट भएका छन् भने ३२ उजुरी फर्छ्यौट हुन बाँकी रहेका छन्।

सबैभन्दा बढी भीमदत्त नगरपालिकाका २० वटा उजुरी दर्ता भएकोमा १३ वटा उजुरी फर्छ्यौट भएका छन्। यसैगरी, शुक्लाफाँटा नगरपालिकाका १६ उजुरी मध्ये छ उजुरी,बेलौरी नगरपालिकाका आठ मध्ये सात, कृष्णपुर नगरपालिकाका सात मध्ये चार उजुरी फर्छ्यौट भएका छन्। बेदकोट नगरपालिकाका छ मध्ये चार, पुर्नवास नगरपालिकाका छ मध्ये छ, दोधारा चाँदनी नगरपालिकाका १० मध्ये तीन, लालझाडी गाउँपालिकाका सात मध्ये पाँच, बेलडाँडी गाउँपालिकाका दुई मध्ये दुई उजुरी फर्छ्यौट भएका छन्।

कार्यालयमा सार्वजनिक खरिद र निर्माण, उपभोक्ता समिति सम्बन्धमा, प्रशासनिक कार्य सम्बन्धी, तालिम र क्षमता विकास सम्बन्धी, प्राकृतिक श्रोत र साधनको उपयोग, सेवा प्रवाह सम्बन्धी, नक्कली शैक्षिक प्रमाण पत्र र लाइसेन्स सम्बन्धी उजुरी आउने गरेका छन्।

यसैगरी, सार्वजनिक जग्गाको अतिक्रमण, शिक्षा, दिवा खाजा, कृषि क्षेत्र, विषय क्षेत्रगत, राजस्व चुहावट, सामाजिक सुरक्षा भत्ता लगायतका उजुरी पनि आउने गरेका छन्।

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्धनका लागि पालिका स्तरमा छलफल र अन्तर्क्रिया लगायतका कार्यक्रमहरू सञ्चालन गरिँदै आएको सूचना अधिकारी ढकालको भनाइ रहेको छ।

सवारी दुर्घटनामा परि, एक जनाको मृत्यु

काठमाडौं– काठमाडौंको तीनकुने मुनिभैरवमा आज बिहान कुखुरा बोक्ने जीप र मोटरसाइकल एक आपसमा ठोक्किदाँ एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुरको सुर्यविनायक नगरपालिकाका २३ वर्षीय नोजन राई रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान साढे तीन बजे मृत्यु भएको हो।

मोटरसाइकलमा पछाडी सवार सुर्यविनायक नगरपालिका–२, बालकोटका २३ वर्षीय चन्द्र सिलवालको सोही अस्पतालमा उपचार भइरहेको छ।

आज बिहान तीन बजे बा ४९ प ५७७५ नम्बरको मोटरसाइकल र प्रदेश २–०३–००१ च ३९९८ नम्बरको जीप आपसमा ठोकिएको प्रहरीले जानकारी दिए।

नेपाली कांग्रेसका देउवाले प्रमुख प्रतिपक्षी नेताको सुविधा पाउने नपाउनेबारे आज सुनुवाइ हुँदै

काठमाडौं- नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्ष र संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिटमाथि आज सुनुवाइ हुँदैछ।

सर्वोच्च अदालतमा परेको रिटमाथि आज विहीबार सुनुवाइ हुन लागेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विस्वासको मत दिएकाले कांग्रेसलाई प्रतिपक्षी दल र देउवालाई विपक्षी दलको नेताको सुविधा नदिन माग गर्दै अधिवक्ता विमलप्रसाद पोखरेलले रिट निवेदन दिएका थिए।

यसअघि सर्वोच्च अदालतक रजिस्ट्रारले निवेदन दरपिठ गरेपनि न्यायाधी सपना मल्ल प्रधानको आदेशमा रिट दर्ता भएको हो।

जसपा र एकीकृत समाजवादीलाई  सरकारमा ल्याउन प्रधानमन्त्रीको प्रयास

काठमाडाै । सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी समर्थन कायम राख्दै सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादी र जसपासँग संवाद अगाडि बढाएका छन् ।

रास्वपा सरकारबाट बाहिरिएपछि बाँकी पाँच मन्त्रालयको जिम्मेवारी पनि प्रचण्डले सम्हालै आएका छन् । हाल गृह, शिक्षा, श्रम, वन र खेलकुद मन्त्रालय मन्त्रीविहीन छन् । माओवादी नेताहरूका अनुसार प्रधानमन्त्री राष्ट्रपति निर्वाचनपछि मात्रै मन्त्रिपरिषद् विस्तार र हेरफेरको तयारीमा छन् ।

भेटमा माओवादी, एकीकृत समाजवादी र जसपाले समाजवादी केन्द्र निर्माणबारे पनि छलफल भएको छ । निर्वाचनताका अगाडि बढेको समाजवादी केन्द्र निर्माणको प्रयास नयाँ गठबन्धन बनेसँगै रोकिएको थियो । ‘बीचमा हामी धेरै नजिक पुगेका थियौँ । नयाँ गठबन्धन बनेपछि ठोस रूपमा कुराकानी अगाडि बढ्न सकेको थिएन ।

सम्बन्ध सुधारको प्रयासस्वरूप भेटवार्ता भएको प्रधानमन्त्रीनिकट स्रोतको दाबी छ । प्रचण्डले पूर्वमाओवादीसहित एकीकृत समाजवादीसँग पार्टी एकता र जसपासँग मोर्चा बनाउन चाहेका छन् ।

मंगलबार माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच सहकार्य र राजनीतिक स्थायित्वका विषयमा छलफल भएको छ । सरकार गठन प्रक्रियामै सहभागी जसपा र समर्थन गरेको एकीकृत समाजवादी मन्त्रिपरिषद्मा भने सहभागी छैनन् । 

स्रोतका अनुसार तीन नेताबीच पछिल्लो राजनीतिक परिस्थिति, विकसित घटनाक्रम र सहकार्यबारे छलफल भएको छ । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले सरकारको स्थायित्वका लागि एकीकृत समाजवादी र जसपाको बलियो साथ खोजेका छन् । छलफलमा प्रचण्डले एकीकृत समाजवादी र जसपालाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । 

प्रचण्डले सत्तारूढ गठबन्धनमा समस्या आउनेतर्फ संकेत गरेको स्रोतले बतायो । ‘एकीकृत समाजवादी र जसपालाई सरकारमा सहभागी हुन औपचारिक आग्रह गरिएको हो,’ स्रोतले भन्यो, ‘भोलि अप्ठ्यारो स्थिति नआओस् भन्नेमा प्रधानमन्त्री सतर्क हुनुहुन्छ । त्यसैले उहाँहरू (एकीकृत समाजवादी र जसपा)लाई सरकारमा ल्याउन कोसिस भइरहेको छ ।’ शीर्ष तीन नेताबीच साँझ करिब दुई घन्टा भेटवार्ता भएको थियो । 

२५ फागुनमा राष्ट्रिय सभाको निर्वाचन हुँदै छ । संवैधानिक पदमा राष्ट्रिय सहमति खोज्ने प्रधानमन्त्री प्रचण्डको प्रस्तावपछि एमाले असन्तुष्ट छ । मन्त्रालय भागबन्डामा असहमति जनाउँदै जसपा सरकारमा सहभागी भएको छैन । एकीकृत समाजवादी प्रतिपक्षमा छ । प्रतिनिधिसभामा रास्वपाका १९, जसपाका १२ र एकीकृत समाजवादीका १० सांसद छन् । 

भावी राष्ट्रपतिमा राष्ट्रिय सहमतिमा जोड दिए पनि मुख्य सत्ता सहयात्री दल एमालेले आफ्नो उम्मेदवारको पक्षमा सहमति हुनुहुपर्ने बताउँदै आएको छ । विवाद बढ्दै जाँदा गठबन्धन नै तलमाथि पर्न सक्ने विश्लेषण भइरहँदा प्रधानमन्त्रीले अन्य दलसँग संवाद अगाडि बढाएका हुन् । 

माओवादी महासचिव देव गुरुङले प्रधानमन्त्रीलाई प्रायः सबै दलको समर्थन रहेकाले सबैलाई मिलाएर लैजान चाहेको बताए । ‘प्रधानमन्त्रीलाई ऐतिहासिक रूपमा समर्थन प्राप्त भएको छ । यो एक प्रकारले अवसर पनि हो । त्यसको सदुपयोग गरेर अगाडि बढ्नुपर्छ भन्ने नै हो,’ उनले भने, ‘विचार मिल्ने दलहरूसँग सहकार्य गरेर जाऔँ भन्नु नौलो कुरै भएन ।’ 

एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले तत्कालको प्राथमिकता सरकार नभई संगठन निर्माण, विस्तार र सुदृढीकरण भएको दाबी गरे । तर, परिस्थिति फेरिए नयाँ ढंगले अघि बढ्न तयार रहेको उनको भनाइ छ । ‘अहिले हाम्रो ध्यान सरकारमा छैन । परिस्थितिमा फेरबदल आयो र अस्थिरताको अवस्था देखियो भने सहजीकरण गर्न सक्छौँ ।’ जसपा जसपा अध्यक्ष उपेन्द्र यादवले सामान्य कुराकानी भएको बताए । ‘सामान्य हाई–हेलो भयो । खास त्यस्तो केही छैन,’ उनले भने । 

यस्तो छ माघ २५ गते आजको राशिफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रोकिएको धन हात पर्ला । धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अतिथिको रूपमा सत्कार पनि पाइनेछ ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज सरकारी निकायको भय रहला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । परिवारमा झैझमेलाको अवस्था आउन सक्छ ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज प्रविधि मार्फत आफन्तसँग भेट घाट हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज बन्न लागेको काम बिग्रिनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहला । स्वास्थ्य प्रति सजग र सचेत पनि रहनु पर्नेछ ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । कलकारखाना र बन्दव्यापारमा नयाँ योजना बन्नेछ ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लाभहानी, आयव्यय, सुख-दुख बराबरी मध्यम खालको दिन छ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । सामान हराउने भय पनि छ ।

वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो० सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । हिम्मत बढ्ने र आकस्मिक धन लाभ हुनेछ ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अरुलाई प्रभावित पारेर काम बन्नेछ । घर भित्रको मनोरञ्जनमा सहभागी भइएला । व्यापार, व्यवसायमा पर्याप्त लाभ पनि मिल्नेछ ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सामाजिक र पदप्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । प्रेमीको सहयोग प्राप्त हुने र शुभकार्यको चर्चा चल्नेछ ।

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ कार्यको थालनी हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । पदोन्नतिको सम्भावना छ ।

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज शुभ समाचार सुन्न पाइएला । राज्यबाट मान सम्मान पाइनेछ । सामाजिक र वैदेशिक क्षेत्रको काम पनि अघि बढ्नेछ ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ ।

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेटवार्ता शुरु भएको छ । आज (बुधबार) बिहान प्रचण्ड र ओलीबीच भेटवार्ता जारी रहेको छ ।

ओली निवास बालकोटमा भएको भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन, मन्त्रिपरिषद्लाई पूर्णता दिने लगायतका विषयमा छलफल भइरहेको स्रोतले बतायो ।

टर्कीमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ७ हजार ८ सय नाघ्यो

काठमाडौँ । टर्कीमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ७ हजार ८ सय नाघेको छ।

टर्की र सिरियाको सीमा क्षेत्रमा सोमबार गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

अमेरिकी जियोलोजिकल सर्वेका अनुसार सोमबार बिहान ७.५ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पले करिव ६ हजार भवनमा क्षति पुर्‍याएको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार टर्कीमा ५,८९४ र सिरियामा कम्तीमा १,९३२ जनाको ज्यान गएको छ। टर्की र सिरियाको सीमा क्षेत्रमा सोमबार गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

अहिले उद्धार तथा राहत कार्य जारी रहेको राष्ट्रपति एर्दोआनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

स्थानीय तहलाई अनुदान रकम सम्बन्धी विवरण बुझाउन अर्थ मन्त्रालयको निर्देशन

काठमाडौँ । अर्थ मन्त्रालयले देशभरका स्थानीय तहहरूलाई अनुदान रकम सम्बन्धी विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।

चालु आर्थिक वर्ष ०७९/८० मा स्थानीय तहबाट वितरण हुने वा भइसकेका अनुदान रकमको विवरण अर्थ मन्त्रालयको योजना अनुगमन तथा मूल्याङ्कन महाशाखामा पठाउन भनिएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले सबै तहका सरकारले दिने अनुदानको विवरण तयार पार्न अर्थ मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई भनेको थियो । सोही माग गरेबमोजिम सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई १० दिनभित्र अनुदान रकमसम्बन्धी विवरण पठाउन परिपत्र गरेको जनाएको छ ।

परिपत्र अनुसार स्थानीय तहहरूले अनुदान दिने निकाय, अनुदान रकम, अधिकतम र न्यूनतम अनुदान, अनुदान पाउने संस्था, अनुदानको प्रभावकारिता लगायतका विषयवस्तु समेटेर विवरण पठाउनु पर्नेछ ।

नक्सा परिवर्तन गरेको आरोपमा ४ जनामाथि भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, रुपन्देहीका तत्कालीन नापी अधिकृत घनश्याम दुवेसहित ४ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

विशेष अदालतमा दायर मुद्दामा दुवे र सर्भेक्षक ठाकुरप्रसाद गुरौसमेत ४ जनाले सरकारी कागजात सच्याउने कार्य गरी भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

उनीहरुले रुपन्देही  जिल्ला, साबिक सेमलार गा.वि.स. वडा नं. २(ग), कि.नं. ३५९४ कित्ताकाट गरी कि.नं. ४१९१ र ४१९२ कायम गर्दा कि.नं. ४१९१ लाई कि.नं. ३४३४ र कि.नं. ३५८८ को बीचमा घुसाई कि.नं. ३४८३ को क्षेत्रफल घटाई नक्सा परिवर्तन गरी सरकारी निकायको कागजातमा अनाधिकार वा गैरकानूनी तरिकाले सच्याउने वा हेरफेर गर्ने कार्यलाई प्रमाणित गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसूर गरेको अख्तियारको दाबी छ ।

रुपन्देही, बुटवल उपमहानगरपालिका वडा नं. १३ बस्ने शक्तिप्रसाद सापकोटा र पुष्पा सापकोटाले आफूहरुले फाइदा लिने उद्देश्यले कि.नं. ३४८३ को क्षेत्रफल घटाई दुबे र गुरौलाई नक्सा परिवर्तन गर्ने कार्यमा सहयोग गरेको भन्दै उनीहरुलाई पनि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

६ जनामाथि भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानको कालिमाटी सव-डिभिजन वन कार्यालयका फरेष्टर जय पृथ्वीराज वुढाथोकीसहित ६ जनाले सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मुद्दा दायर हुनेमा बुढाथोकीसहित, कालिमाटी सवडिभिजन वन कार्यालयका सहायक वन अधिकृत मनोज शर्मा लम्साल, सामुदायिक वन उपभोक्ता समूह कालिमाटी -३, सल्यानका अध्यक्ष भीमबहादुर कवर, कोषाध्यक्ष जुद्दकुमारी वली र सचिव पुष्पा वली खासु मगर तथा दुर्गा ट्रेडर्स एण्ड सप्लायर्स, बबई गाउँपालिका -४, दाङ्गका सञ्चालक दुर्गाप्रसाद वली छन् ।

तुल्सीपुर-पुरन्धारा-बोटेचौर सडक-खण्ड स्तरोन्नतिको क्रममा हटाइएको महिला सामुदायिक वन उपभोक्ता समूह कालीमाटी -३ को वन क्षेत्रभित्रका विभिन्न जातका रूखहरु कटान, मुछान लगायत विक्री वितरणमा अनियमितता गरेको अख्तियारको दाबी छ ।

अख्तियारले उनीहरुमाथि १ लाख ८७हजार ८७७ रुपैयाँदेखि २ लाख ६८ हजार ५६१ रुपैयाँसम्म दण्ड जरिवानाको माग गरेको छ ।

सरकारी बिदा धेरै हुँदा जनताका काम प्रवाहित भए

काठमाडाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताएका छन्। 

मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्। 

यसले जनताका काम गर्ने समय कम भएको छ, सेवा प्रवाहमा समस्या देखिएको छ। यसबारे पुनर्विचार आवश्यक छ भनेर हामीले मन्त्रिपरिषदमा पनि छलफल गरेका छौँ। गृहकार्य गरेर यसमा पुनर्विचार गर्नुपर्छ।’

प्रधानमन्त्रीले प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवसमा एकै प्रकृतिका कार्यक्रम गरिँदै आएकाले त्यसबारे समेत थप छलफल आवश्यक भएको बताए। उनले भने, ‘हामीले गणतन्त्र दिवस मनाउँछौँ, प्रजातन्त्र दिवस मनाउँछौँ, लोकतन्त्र दिवस मनाउँछौँ। तर, ती सबै कार्यक्रमको चरित्र एउटै छ। त्यसलाई कसरी एकीकृत गर्ने, राष्ट्रिय दिवसमा जनताको सहभागिता कसरी गर्ने भन्नेबारे पनि छलफल आवश्यक छ।’

बैठकले आगामी फागुन ७ गते विविध कार्यक्रमका साथ प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ। त्यसका लागि प्रधानमन्त्रीको संयोजकत्वमा मूल समारोह आयोजक समितिसमेत गठन गरिएको छ।

सुगरका बिरामीले नर्भिकमा निःशुल्क जाँच सेवा पाउने

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मधुमेह (सुगर) का बिरामीलाई लक्षित गरी वृहत निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको छ । 

अस्पतालले आगामी फागुन ७ गते अर्थात प्रजातन्त्र दिवसको अवसर पारी मधुमेहका बिरामी लक्षित वृहत निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको हो । नर्भिक अस्पतालको नर्सिङ ट्रेनिङ हलमा सो कार्यक्रम आयोजना हुनेछ । 

दिउँसो १ बजेदेखि कार्यक्रम सुरु हुने र त्यसमा सहभागी हुनेहरुका लागि अस्पतालले निःशुल्क सुगर लेभल जाँचको सेवा समेत उपलब्ध गराउने अस्पतालले जनाएको छ । सो क्रममा नर्भिक अस्पतालकी विशेषज्ञ चिकित्सक डा. मधु पाण्डेले जनचेतनामूलक कार्यक्रमको नेतृत्व गर्ने र निःशुल्क परामर्श सेवा समेत उपलब्ध गराउने छिन् । 

नर्भिक अस्पतालले बेला बेला आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ । अस्पतालले लामो समयदेखि प्रत्येक शनिवार यूरोलोजीको टिम परिचालन गरी निःशुल्क ओपिडी सेवा समेत सञ्चालन गर्दै आएको छ । विशेष अवसर पारेर विभिन्न विज्ञ चिकित्सकहरुलाई सहभागी गराई निःशुल्क स्वास्थ्य जाँचको सेवा समेत उपलब्ध गराउने गरेको छ । 

शेयर बजारमा उछाल

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको तेस्रो दिन आज (मंगलबार) नेप्से ७६.६४ अंकले बढेर दुई हजार एक सय ७७ दशमलव ३४ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज नेप्से परिसूचक बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ ।

आज नेप्सेमा तीन अर्ब ३६ करोड २२ लाख बराबरको कारोबार भएको छ । यसअघिको कारोबारमा दुई अर्बपनि भएको थिएन । आज कारोबार भएका कम्पनीमध्ये २१५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार ९ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज चार कम्पनीको शेयुमूल्य १० प्रतिशतले बढेको छ भने पाँच वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढिले बढेको छ । 

आज आएसीएफसी फाइनान्स डिबेञ्चरको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआईसी एशिया बैंकको भएको छ । यसको आज १२ करोड ९२ लाखभन्दा बढीको कारोबार भएको छ ।      

कारोबार रकमका आधारमा यस दिन एनआईसी एशिया शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन करिब १३ करोडको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन ङादी ग्रुप पावरको ११ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने अपि पावरको ९ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

मंगलबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये लगानी उपसमूहको परिसूचक सर्वाधकि ६.२५ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन विकास बैंक, वित्त र जलविद्युत उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ।

                          

आज माघ २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभकार्यको चर्चा चल्नेछ । लाभदायक योजना बन्नेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा पनि फाइदा होला ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज आफन्तको प्रगतिमा मन रमाउन सक्छ । विशिष्ट व्यक्तिको साथ र सहयोग पनि पाइनेछ । शेयर बजारले पनि साथ दिनेछ ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शुभकार्यको चर्चा चल्नेछ । चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) शत्रुमाथि विजय प्राप्त हुन सक्छ । श्रम मूलक वा कृषिक्षेत्रका काममा मन जानेछ । शुभकार्यको चर्चा चल्ने र योजना पनि बन्नेछ ।

वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पारिवारिक उल्झनमा परि आँटेको काम बिग्रनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । स्वास्थ्य प्रति सजग रहनु होला ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) वित्तिय संस्थाबाट सहयोग पाइनसक्छ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । मान प्रतिष्ठामा वृद्धि होला । समाजिक कार्यमा मन जानेछ ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज बन्न लागेको काम बिग्रिनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । सरकारी निकायको भय पनि उत्तिकै रहनेछ ।

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । धैर्य एवं लगनशीलताले अवसर पनि दिलाउनेछ ।

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज विवाद भाग नलिनुहोला । विद्यामा सोचेजस्तो प्रगति गर्न धेरै समय दिनुपर्ला, तर तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज दैनिक कार्यमा प्रगति हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । सञ्चार र प्रविधि मार्फत आफन्तसँग भेटघाट रहनेछ । 

देउवाविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलका नेता शेर बहादुर देउवालाई विपक्षी दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिट दर्ता भएको छ ।

अधिवक्ता विमलप्रसाद पोखरेलले संसद सचिवालयविरुद्ध रिट निवेदन दिएका हुन् । सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले उक्त रिट निवेदन दर्ता गर्न आदेश दिएकी हुन् । आदेशअनुसार आज रिट निवेदन दर्ता भएको हो । भोलि माघ २५ गते पेसी तोकिएको छ ।