मानव शरीरमा हुने सिमी आकारको दुई अंग नै मृगौला हो । प्रत्येक मृगौला हाम्रो मुठी बराबरको हुन्छ । यसको आकार ११ से.मि. लम्बाई, ६ से.मि.चौडाई ३ से.मि. मोटाई र तौल १५० ग्राम हुन्छ । मृगौला पेटको पछिल्लो भागमा मेरुदण्डको तल्लो भागमा सुरक्षित हुन्छ ।
मृगौलाको कार्य :
-मृगौला शरीरमा हुने धेरै गतिविधिको उर्जाघर मानिन्छ । मृगौलाको महत्वपूर्ण कार्यहरु यसप्रकार छन :-
-रगत छान्नु मृगौलाको एक महत्वपूर्ण काम हो । छानिएकाबाट आवश्यक तत्व पुनः सोस्ने गरी शरीरमा नै पठाउने तथा अनावश्यक दूषित पदार्थ पिसाव माफर्त बाहिर निष्कासन गरी शरीर स्वास्थ र सन्तुलित राख्ने काम गदर्छ ।
-शरीरमा आवस्यक तरल पदार्थको सन्तुलन कायम राख्दछ ।
-शरीरमा अम्ल र क्षारीय स्तर सन्तुलन कायम गरी शरीर स्वास्थ राख्दछ ।
-रेनिन इन्जाइमको उत्पादन गरी रक्त चापलाई नियन्त्रणमा राख्दछ ।
-हर्मोनको उत्पादन गरी रक्त कोषिका वृद्धि गर्न मद्वत गदर्छ ।
– भिटामिन डी लाई सक्रिय बनाई हड्डीलाई मजबुत बनाउँदछ ।
-शरीरको काम निरन्तर र सही तरिकाबाट हुनको लागि शरीरमा भएको खनिज र अन्य रसायनको मात्रालाई सन्तुलनमा राख्नु ।
मृगौला रोग भनेको के हो ?
स्वास्थ व्यक्तिका दुवै मृगौलाले संयुक्त रुपमा प्रति मिनेट १०० देखि १३० मिलीलिटर (मिली) सम्म रगत छान्ने काम ९ाष्तिचबतष्यल० गर्दछ । साथै पिसाब मार्फत अनावश्यक तथा दुषित पदार्थ शरीरबाट बाहिर निष्काशन गदर्छ । तर कुनै पनि कारणले गर्दा यसरी छान्ने क्षेमता ह्रास आएमा मृगौलाको रोग लागेको भन्नुपर्ने हुन्छ ।
मृगौला रोगलाई दुई भागमा विभाजन गरिएको छ
१. मृगौलाघात
२. दीर्घकालीन मृगौला रोग
१. मृगौलाघातः
मृगौलाको कार्य क्षमता अकास्मात वा तिब्र रुपले ह्रास आउँछ । जसमा पिसावको निष्काशन कम हुन्छ । (पिसावको निष्काशन कम वयस्कमा प्रति दिन ४०० m िभन्दा, केटाकेटीमा ०.५ m भन्दा कम हुन्छ ।) मृगौलाघात सामान्यतमा उपचार गर्न सकिन्छ ।
२. दीर्घकालीन मृगौला रोग
दीर्घकालीन मृगौला रोग भनेको मृगौलामा तीन महिना वा सो भन्दा बदी समयदेखि क्षतिको अवस्थामा हुनु अथवा मृगौलाको कार्यक्षमतामा
ह्रास हुुनु हो । मृगौलाको कार्य क्षमता १५५ भन्दा कम हुँदा दीर्घकालीन मृगौला रोगले विफल वा मृगौलाको अन्तिम अवस्था सिर्जना गर्न सक्छ ।
मृगौलामा खराबी आउनाका कारणहरु :
मृगौला कुनै एक वा अनेक कारणहरुले गर्दा खराब हुन सक्दछ । मृगौला खराब हुनु भनेको नै मृगौलामा रोग लागेको भन्ने बुझ्नुपर्ने हुन्छ । अकस्मात तीब्र रुपले रोगका कुनै लक्षण थाहा नै नपाईकन वा हेलचेक्राई गर्दागर्दौ दीर्घकालीन मृगौला खराब हुनु सक्दछ ।
(क) मृगौलाघातका कारणहरु
दुखाई कम गर्ने औषधिको अत्याधिक तवरले प्रयोग भएमा
– वंशानुगत रोग
– युरिक एसिडको मात्रा बढी भई बारम्बार बाथ भएमा
– मृगौलाको दुवैर्तफ रक्तनली साँघुरिएमा ।
– मृगौलामा भएका स-साना नलीहरु र वरिपरिको भाग सुन्निएमा
मृगौला रोगका लक्षणहरु :
मृगौलाको कार्यक्षमतामा ह्रास हुँदै आएपछि तत्काल देखापर्ने लक्षणहरु यस प्रकार छन् :
१. शुरुमा रातको समयमा धेरै पटक पिसाब गर्न उठिरहनु पर्ने ।
२. शरीरका अंगहरु खासगरी हात , खुट्टा, अनुहार सुन्निने ।
३. रक्तअल्पताले गर्दा,हिंड्दा सास बढ्ने र थकान महुसुस हुने ।
४. वाकवाकी लाग्ने तथा खानामा रुची कम हुँदै जाने ।
५. क्रमिक रुपमा वा अचानक पिसावको मात्रा कम हुँदै जाने ।
६. छाला सुख्खा हुने र चिलाउने ।
७. राती खुट्टाको मासु गल्ने र फर्किने ।
८. राती निन्द्रा नलाग्ने तथा कुनै काममा ध्यान नजाने ।
९. थकाई र कमजोरी महसुस गर्ने ।
१०. महिनाबारी गडबडी हुने ।
११. बेलाबखत बेहोस हुने वा काप्ने ।
१२. रक्तचाप बढ्दै जाने ।
मृगौला रोगको जोखिमका कारणहरु :-
– मधुमेह
– उच्च रक्तचाप
– मुटुरोग
– धुम्रपान
– मोटोपना
– उच्च कोलेष्टोल
– मृगौला रोगको पारिवारिक पृष्ठभूमि
– ६५ वर्ष वा सो भन्दा बढी उमेर भएका व्यक्ति
मृगौला रोगका जटिलताहरु
दीर्घकालीन मृगौला रोगले प्राय शरीरको सबै अंगहरुलाई असर गर्छ । सम्भावित जटिलहरु निम्न छन् ।
– तरल पदार्थ उचित मात्रामा निष्कासन नहुँदा पाखुरा र खुट्टा सुन्निने, रक्तचाप बढ्ने वा फोक्सोमा पानी जम्ने हुन सक्छ ।
– अचानक रगतमा पोटासियमको मात्रा बढ्नु , जसले तपाईको मुटुको कार्यलाई बिगार्छ र जीवन नै खतरामा पार्न सक्छ ।
– मुटु र रक्तबाहिनी रोग ।
– हड्डी कमजोर हुने, भाँचिने जोखिम बढ्नु ।
– रक्तअल्पता हुनु ।
– यौन क्षमता घट्नु वा दुर्वलता ।
– केन्द्रिय स्नायु प्रणालीमा क्षति जसले ध्यान गर्नमा समस्या, व्यक्तित्वमा परिवर्तन ।
– प्रतिरक्षा क्षमता घट्नु, जसले तपाईलाई कमजोर बनाउँछ र संक्रमणको खतरा बढी हुन्छ ।
– मुटुलाई ढाक्ने झिल्ली सुन्निनु ।
– गर्भावस्थामा हुने कठिनाईहरुले आमा र भु्रण जोखिममा हुन्छ ।
– मृगौलामा अपूरणीय क्षती गराउन सक्छ परिणामस्वरुप बाँच्नको लागि डायलाईसिस वा मृगौला प्रत्यारोपण गनुपर्ने हुन्छ ।
परीक्षण र रोग पत्ता लगाउनु
तपाईलाई दीर्घकालीन मृगौला रोग छ भनी निश्चित गर्नको लागि परीक्षण र कार्यविधिको आवश्यकता पर्छ, जस्तै :-
रगत परीक्षण :- अनावश्यक तत्वको मात्रा तपाईको रगतमा कति छ भन्न पत्ता लगाउनको लागि मृगौलाको कार्य परीक्षण गरिन्छ, जस्तै: क्रिएटिनिन र यूरिया ।
पिसाब परीक्षण :- तपाईको पिसाबको नमूना परीक्षण गर्दा केही असामान्य छ भने देखाउँछ जसले दीर्घकालीन मृगौला रोगको कारण पत्ता लगाउन पनि मद्दत पु¥याउँछ ।
इमेजिङ् परीक्षण:- तपाईको मृगौलाको बनाट र आकार निर्धारित गर्नको लागि अल्ट्रासाउण्ड गर्न सल्लाह दिइन्छ । कुनैकुनै स्थितिमा अन्य इमेजिङ् परिक्षणहरु पनि प्रयोग हुन्छ ।
मृगौला रोगको उच्च खतरामा रहेका व्यक्तिहरुलाई रोकथामका उपायहरुः
नियमित स्वास्थ्य परिक्षण
मधुमेह र उच्च रक्तचापका लागि दिइएको उपचारको अनुसरण गर्ने
अत्याधिक तौललाई घटाउने
धुम्रपान बन्द गर्ने
अनावश्यक औषधि सेवन नगर्ने
अत्याधिक मदिरापान नगर्न
नुनिलो र प्रोटिनयूक्त खाना कम खाने
दीर्घकालीन मृगौला रोगको डायलिसिस गर्नु अगाडिको उपचार
तपाई चिकित्सा अवस्था व्यवस्थित गर्न चिकित्सकको सहयोगमा लिने :- यदि तपाईमा रोग वा त्यस्तो कुनै अवस्था छ जसले मृगौला रोगको खतरा बढाउँछ भने नियन्त्रणको लागि चिकित्सकसँग परामर्श लिने ।
खाना
प्रोटिनयुक्त खानामा नियन्त्रण गर्ने,
रातो मासु (खसी, राँगा नखाने)
माछा वा कुखुरा दैनिक एक दुई सानो टुक्रा खाने
दूध तथा दूधबाट कनेका पदार्थ कम खाने
हरियो सागसब्जीबाट पोटासियम हटाउनको लागि उम्लेको पानीमा करिब आधा घण्टासम्म डुबाउने र निकाली पकाएर खाने
अत्याधिक पोटासियमयुक्त फल ( अंगुर,अनार,केरा,सुन्तला,मौसम ) नखाने