सरकारी कर्मचारीका लागि खाजा खाने समय निर्धारण

काठमाडौं । सरकारले निजामती र सार्वजनिक सेवाका कर्मचारीहरुले खाना खाने बहानमा घण्टौँ बिताउन नपाउने भएका छन् ।

सार्वजनिक बिदा र बिदाका दिन कार्यालय खोल्ने प्रस्तावमा कर्मचारीहरुलाई खाजा सम्बन्धी समय व्यवस्थापन गरिएको छ ।

यसअघि सरकारी कार्यालयहरुमा खाजा खाने समयमा एकरुपता नभएको र कतिपय कार्यालयका कर्मचारीहरुले खाजा खाने बहानामा घण्टौँ समय बिताउने गरेको भन्दै सर्वत्र आलोचना भएको थियो ।

यो समस्या समधान गर्नकाे लागी सरकारले खाजा खाने समय व्यवस्थापन गरेको हो । गत सोमबार मन्त्रिपरिषद्बाट निर्णय भएको प्रस्तावमा भनिएको छ, ‘खाजा समय– दिउँसो १ः३० देखि २ बजेसम्म ।’

१० दिनभित्र अव्यवस्थित तार हटाउन निर्देशन 

काठमाडौँ । ललितपुर महानगरले सम्पदा क्षेत्रका अव्यवस्थित तार १० दिन भित्र हटाउन निर्देशन दिएको छ । ललितपुर महानगरले आयोजना गरेको तार व्यवस्थापन सम्बन्धी छलफल कार्यक्रममा सरोकारवालालाई त्यस्तो निर्देशन दिएको महानगरले जनाएको छ ।

नगर प्रमुख चिरिबाबु महर्जनले पहिलो चरण अन्तर्गत महानगरको सम्पदा क्षेत्रका तार १० दिनभित्र हटाउन निर्देशन दिए । अशोक स्तुपा, कुम्भेश्वर मन्दिर परिसर, पाटन दरबार र रातो मछिन्द्रनाथको रथ निर्माण गरिने ठाउँ पुल्चोकस्थित रथखेल क्षेत्रमा टाँगिएका अव्यवस्थित तार हटाउन महानगरले निर्देशन दिएको हो ।

तार हटाउन इन्टरनेट सर्भिस प्रोभाइडर  एसोसिएसन (आईएसपीए)लाई ललितपुर महानगरले जिम्मा दिएको छ । उक्त कार्यका लागि आईएसपीएलाई ललितपुर महानगरले आवश्यक सहयोग गर्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले बताए ।

सम्पदाको सहर ललितपुरको साख जोगाउन अन्य सरोकारवाला निकायसँग पनि सहकार्य गरिने उनले बताए ।

नगर प्रमुख महर्जनले गुजुल्टिएको तारमा आगो लागेको घटना धेरै सुनेको बताउँदै नगर र नगरबासीको सुरक्षाका लागि पनि अव्यवस्थित तार तत्काल हटाउनु पर्ने बताए । अव्यवस्थित तारका कारण सहर कुरूप बनेको उनको भनाइ थियो ।

राष्ट्रपति चुनावका लागि काँग्रेस पदाधिकारी खटिए

काठमाडौँ । राष्ट्रपति चुनावको प्रचारप्रसार र प्रदेश सभा सदस्यहरूसँग अन्तर्क्रिया गर्न नेपाली काँग्रेसले पदाधिकारीहरूलाई प्रदेशमा खटाएको छ।

सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बुधबार बसेको बैठकले पदाधिकारीहरूलाई सातै प्रदेशमा खटाउने निर्णय गरेको थियो।

कोशी प्रदेशमा महामन्त्री विश्वप्रकाश शर्मा, मधेस प्रदेशमा सहमहामन्त्री फरमुल्लाह मन्सुर, बागमती प्रदेशमा महामन्त्री गगन थापा, गण्डकी प्रदेशमा उपसभापति धनराज गुरुङ, लुम्बिनी प्रदेशमा सहमहामन्त्री किशोरसिंह राठौर, कर्णाली प्रदेशमा उपसभापति पूर्णबहादुर खड्का र सुदूरपश्चिम प्रदेशमा सहमहामन्त्री बद्री पाण्डेलाई खटाइएको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

यसैबीच काँग्रेसले सातै प्रदेशका पार्टी सभापतिहरूलाई पनि राष्ट्रपति चुनावमा खट्न जिम्मेवारी दिएको छ।

काँग्रेसले ८ दलको समर्थनमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाएको छ। राष्ट्रपतिमा पौडेललाई जिताउनका लागि काँग्रेससहित ८ दलले शुक्रबार सातै प्रदेशमा प्रदेश सभा सदस्यहरूसँग अन्तर्क्रिया गर्दै छन्।

स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्न प्रस्ताव

काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले स्रोत नखुलेको व्यक्तिको सम्पत्तिलाई राष्ट्रियकरण गर्नुपर्ने बताएका छन् ।

स्रोत नखुलेको सम्पत्तिलाई वैधता दिँदा आपराधिक क्रियाकलाप मार्फत जम्मा गरेको अवैध धन शुद्धीकरण हुन सक्ने भन्दै सांसद सापकोटाले त्यस्तो सम्पत्ति सोझै राष्ट्रियकरण गर्नुपर्ने प्रस्ताव राखेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कुनै कसुर पुष्टि नभएको तर स्रोत खुलाउन नसकेको सम्पत्तिमा कर निर्धारण गरेर नियमित बनाउने प्रस्तावसहितको विधेयक प्रतिनिधिसभामा दर्ता गरेको हो ।

२७ माघ २०७९ मा प्रतिनिधिसभामा दर्ता भएको ‘सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक’ को दफा ३० मा स्रोत नखुलेको सम्पत्ति कर तिरेर नियमित गर्न सकिने व्यवस्था छ ।

विधेयकमा सम्पत्तिको स्रोत खुलाउन नसकेको र अनुसन्धान गरिएको व्यक्ति उपर कुनै अरु कसुर र सम्पत्ति शुद्धीकरणको कसूरमा मुद्दा चल्ने अवस्था नदेखिएमा स्रोत खुलाउन नसकेको सम्पत्तिको कर निर्धारण गर्न सकिने व्यवस्था छ ।

विधेयकमा सम्पत्तिको कर निर्धारणका लागि पत्र आएमा आन्तरिक राजस्व विभागले कर सम्बन्धी कसुर गरे वा नगरेको यकिन गर्नुपर्ने प्रस्ताव गरिएको छ । कुनै कसुर नभेटिएमा त्यो वर्षको आय मानेर अधिकतम कर निर्धारण गर्नुपर्ने प्रस्ताव छ ।

अपराधिक क्रियाकलापमार्फत जम्मा भएको अवैध धन प्रमाणित गर्न नसकिने सामान्य व्यक्तिको नाममा जम्मा हुने औँल्याउँदै उनले भनेका छन्, ‘स्रोत नै खुलाउन नसक्ने त्यस्तो सम्पत्ति राष्ट्रियकरण एवं राज्यको ढुकुटीमा जम्मा हुने व्यवस्था विधेयकमा राख्ने ।’

आफूले व्यक्तिगत रूपमा संशोधन प्रस्ताव राखेको उल्लेख गर्दै सापकोटाले भने, ‘मैले पार्टीमा छलफल गरेको छैन । यो मेरो व्यक्तिगत धारणा संशोधनमा राखेको हुँ ।

ग्रिसमा रेल दुर्घटना हुँदा ३२ को मृत्यु, ८५ जना घाइते

जेन्सी । ग्रीसमा मंलबार राति दुईवटा रेल एक आपसमा ठोक्किँदा ३२ जनाको मृत्यु हुनुको साथै कम्तीमा ८५ जना घाइते भएका सीएनएनले जनाएको छ ।

ग्रीसको लारिसा सहरनजिकैको मध्य ग्रीसको टेम्पीमा मङ्गलबार साँझ तीन सय ५० भन्दा बढी यात्रु बोकेको यात्रुवाहक रेल एक मालवाहक रेलसँग ठोक्किँदा कम्तीमा ३२ जनाको मृत्यु हुनुका साथै ८५ भन्दा बढी घाइते भएका ग्रीसको फायर सर्भिसले जनाएको छ ।

उद्दारको प्रयास जारी छ र मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ

५५ उपसचिवको सरुवा तथा पदस्थापन को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । सरकारले ५५ उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार नयाँ बढुवा भएर आएकाको पदस्थापन र पुरानाहरूको सरुवा गरेको हो।

नयाँ पदस्थापन गरेका अधिकांश उपसचिवहरूलाई स्थानीयमा खटाएको छ । ४१ जनालाई नगरपालिकामा खटाएको छ ।

दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको चौथो दिनको कारोबार आज बुधबार दोहोरो अंकले घटेको छ । आज नेप्से २४.४४ अंकले घटेर एक हजार ९ सय ९५ दशमलव ४९ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज नेप्सेमा एक अर्ब २८ करोड ८३ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये २० वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १८९ कम्पनीको शेयरमूल्य घटेको छ । ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

नेप्सेका अनुसार आज कारोबार भएको कम्पनीमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १६६३.७० रुपैयाँ पुगेको छ ।  

।त्यसैगरी, यस दिन बाराही हाइड्रोपावरको शेयरमूल्य साढे ४ प्रतिशत बढेको छ। कारोबारमा आएको बोटलर्स नेपाल (तराई) को शेयरमूल्य यस दिन सर्वाधिक ९.६१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन अपर तामाकोशी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८ करोड ७२ लाख ३७ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्सको करिब साढे ८ करोडको शेयर कारोबार भएको छ।

यस दिन १३ वटै उपमूहको परिसूचक घटेको छ। जसमध्ये लघुवित्त र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा , निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

आज फगुन १७ गते बुधवार, यस्तो छ तपाईं को राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नसक्छ । अप्ठ्यारो र जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज धर्म‚ कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । जोशजाँगर र हिम्मत बढ्ला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज सामाजिक क्षेत्रमा हातहरू अघि बढ्नेछन् । आफन्तको सफलता र प्रगतिमा मन रमाउनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्यमा धन खर्च हुनेछ । शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । धार्मिक कार्यमा मन जानेछ । नयाँ योजना बन्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज मनोरञ्जन पूर्ण दिन रहनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज स्थान परिवर्तनका विशेष योग देखिन्छन् । अरुको मन जित्न सकिनेछ । शुभ कार्यको चर्चा चल्नेछ र सन्तान सुख पनि मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अनावश्यक खर्च हुने र मानसिक चिन्ता बढ्नेछ । शैक्षिक क्षेत्र कमजोर नै रहला । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज मन प्रसन्न रहने र स्वादिष्ट भोजन पाइनेछ । आम्दानी बढाउने योजना गर्न सकिनेछ । राजनैतिक कार्यमा बढी सफलता मिल्ला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आँटेको र ताकेको कार्य अघि बढ्नेछ । पारिवारिक सहयोग र सद्भाव बढ्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धर्म कर्म र सामाजिक कार्यमा मन जानेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । प्राविधिक क्षेत्रका कार्यमा सफलता पाइनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज धन हानी हुनसक्छ । शेयर बजारले पनि साथ नदेला आहार विहारमा सावधानी अपनाउनु पर्नेछ, तर साँझमा धन खर्च भने रहला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

२८ उपसचिवको पदस्थापन (सूचीसहित)

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै बढुवा भएका उपसचिवहरुको पदस्थान गरेको छ । मन्त्रालयले हिजो गरेको निर्णयानुसार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव वा सो सरहको पदमा बढुवा नियुक्ति भएका कर्मचारीहरुलाई विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको हो ।

२५ उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृत र बाँकी ३ जनालाई  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा खटाइएको छ ।

हेर्नुहोस् सूची

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज अपरान्ह १ बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बस्ने भएको हो ।

आज (बुधबार) बस्ने बैकठमा राष्ट्रपति कार्यालयबाट आएको सन्देशको ब्यहोरा सभामुखले जानकारी गराउने कार्यसूची छ ।

बैठकमा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त अनुगमन तथा मूल्यांकन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ लाई प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।