चैत्र ७ गते आज यस्तो छ राशिफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ । नयाँ कार्यको योजना बन्नेछ । शत्रुमाथि विजय मिल्ने समय छ । रमाइलो यात्राको योग पनि छ ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन सुखमय रहला । नयाँ व्यक्तिसँग भेटघाट पनि हुनेछ । विश्वासपात्रले काममा साथ दिनेछन् ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्राविधिक काममा सफलता प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । प्रेमीको सहयोग पनि प्राप्त हुनेछ ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) रमणीय र सुखद् यात्राको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज रमाइलो यात्राको योग रहेको छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेममा मधुरता छाउनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । आफ्नो कार्य सम्पादनमा सहजता मिल्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ ।

बृष

वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् शुभकार्यको चर्चा चल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज सानातिना समस्यामा अल्झनुपर्नेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । व्यापार व्यवसायमा पनि मन्दी आउनसक्छ ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज लक्ष्मी प्रसन्न हुने योग छ । सामाजिक, धार्मिक कार्यमा रुचि बढ्नेछ । प्राविधिक क्षेत्रमा रुचि बढ्नेछ । राज्यबाट मान सम्मान पनि पाइनेछ ।

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकायको भय रहला । पुँजी बजारको लगानी कमजोर हुनसक्छ ।

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सौन्दर्यतामा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । गरेका काममा ढिलासुस्ती हुनेछ । यात्रामा मालसामान हराउन सक्छ ।

कर्मचारी, जनप्रतिनिधि र बिचौलियाको कनेक्सन “अख्तियार दुरुपयोग”

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष राजस्व हिनामिना गरेको भन्दै ५ वटा मुद्दामा ४२ जनालाई प्रतिवादी कायम गर्‍यो । त्यसरी प्रतिवादी कायम भई भ्रष्टाचारको आरोप लाग्नेमा सरकारी कर्मचारी, जनप्रतिनिधि र निजीक्षेत्रका केही व्यापारीसमेत रहेको अख्तियारले ठहर गरेको छ । जसमध्ये सरकारका सहसचिवस्तरका २, उपसचिव तथा शाखाअधिकृत स्तरका ४ कर्मचारी थिए भने ५ जना स्थानीय तहका र १५ जना जनप्रतिनिधिहरू राजस्व हिनामिना गरेको आरोपमा भ्रष्टाचारमा मुछिए । यसै गरी सो प्रकरणमा मुछिनेमा ६ जना उद्योगी व्यापारी थिए भने बाँकी १२ जना बिचौलिया तथा अन्य थिए ।

अख्तियारका अनुसार यसरी राजस्व छलीमा परेका प्रतिवादीहरू केलाउँदा राजस्व हिनामिनाको मामलामा राष्ट्रसेवक कर्मचारी, निजी क्षेत्र, बिचौलियाको मिलेमतोमा राजस्व छली हुने गरेको छ । अख्तियारका अनुसन्धान अधिकृतहरू भन्छन्, ‘राज्य सञ्चालन गर्ने अत्यावश्यक र अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको राजस्व संकलन गर्ने संवेदनशील जिम्मेवारी बहन गर्ने व्यक्तिहरूबाट नै उठाउनुपर्ने राजस्व नउठाउने, उठाउनुपर्ने भन्दा कम राजस्व उठाउने, विभिन्न बहानामा छुट दिने र सरकारी कोषमा राजस्व जम्मा नगरी हिनामिना गर्ने क्रम देखिन्छ ।’

अख्तियार स्रोतका अनुसार राजस्व, भन्सार र कर कार्यालयका उच्च कर्मचारीहरूले व्यापारीहरूबाट बुझेका करोडौं रकम हुन्डीमार्फत दिल्ली र अस्ट्रेलिया लैजाने गरेका सूचनाहरूसमेत आउने गरेका छन् । यद्यपि, अख्तियारले स्रोतसाधनको अभावमा विदेशमा नै गएर त्यस सम्बन्धमा छानबिन भने गर्न सकेको छैन । स्रोतका अनुसार राजस्वका कर्मचारीहरूले बिचौलियामार्फत ठूलो रकम उठाउने गरेका छन् । अर्थ मन्त्रालयका अधिकारीहरू पनि राजस्व छलीको क्रम घट्नुको साटो बढ्दै गएको बताउँछन् । ‘राजस्व छली हुने क्रम बढेको छ, यसलाई निरुत्साहित गर्न सकिएको छैन, राजनीतिक नेतृत्वकै मिलेमतो हुँदा समस्या हुने गरेको छ’ –अर्थ मन्त्रालयका एक सहसचिवले भनेका छन । व्यापारीसँग सेटिङ गरेका कर्मचारीहरूले ठूलै रकम टिप्सस्वरूप पाउने गरेको बताइन्छ ।

अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार राजस्व, भन्सार र कर कार्यालयका कर्मचारीहरूले व्यापारीबाट करोडौं रुपियाँ बुझेर सो रकम हुन्डीमार्फत बाह्य देशमा पठाउने गरेका गुनासाहरू आउने गरेका छन् । ‘त्यस्तो रकम भारतको नोयडा र गुडगाउ तथा अस्ट्रेलियासम्म पठाउने गरेको भन्ने सूचना आउने गरेको छ’ –अर्थ मन्त्रालयका ती अधिकारीले भनेका छन । अख्तियारले राजस्व चुहावट, चोरी, निकासी, पैठारी, न्यून बीजकीकरण जस्ता कार्यहरू भइरहेकाले त्यस्ता कार्य तत्काल रोक्न सम्बन्धित सरकारी निकायलाई निर्देशन दिँदै आए पनि अख्तियारको सो निर्देशनको खासै सुनुवाइ हुन सकेको देखिँदैन ।

कर्मचारी, एजेन्ट तथा मालसामान धनीको मिलेमतोमा आयातीत सामानको नक्कली प्रज्ञापनपत्र प्रयोग गर्ने गरिएको छ । यसै गरी गुणस्तर, परिमाण र मूल्य फरक पारी भन्सार जाँचपास गर्ने, न्यून बीजकीकरण गर्ने र राजस्व छली गर्ने प्रवृत्ति रहेको अख्तियारको ठहर छ ।

यसै गरी संकलन भएको राजस्वसमेत समयभित्र बैंकमा दाखिला नगर्ने प्रवृत्ति रहेको छ भने गैरकानुनी तवरका कारोबार गर्ने एवं राजस्व बक्यौता दाखिला नगर्ने प्रवृत्ति रहेको अख्तियारको दाबी छ ।

प्रधानमन्त्री प्रचण्डले संसद्बाट विश्वासको मत लिँदै “११ दलको समर्थन”

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्बाट विश्वासको मत लिँदैछन् । उनले संसद्बाट दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

सोमबार दिउँसो १ बजे बस्ने संसद् बैठकबाट उनले विश्वासको मत लिने संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

एमाले र राप्रपा सरकारबाट बाहिरिएसँगै समर्थन फिर्ता लिइसकेका छन् । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । सोही व्यवस्थाअनुरुप प्रधानमन्त्रीले यही चैत १२ गतेसम्ममा विश्वासको मत लिइसक्नुपर्ने हुन्छ ।

माओवादी केन्द्रसहित नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा लगायत ११ दलको समर्थन रहेको छ ।

शेयर बजारमा दोहोरो अंकले सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको दोस्रो कारोबारको दिन सोमबार दोहोरो अंकको वृद्धि भएको छ । पछिल्लो तीन कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको नेप्से, यस दिन बढेर बन्द भएको हो।

आज नेप्से २२.६५ अंकले बढेर एक हजार ९ सय ४९ दशमलब ०६ विन्दुमा पुगेको हो । आइतबार नेप्से ६.९० अंकले घटेर एक हजार ९ सय २६ दशमलब ४० विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज नेप्सेमा एक अर्ब २९ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा एक अर्ब ६ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज कारोबार भएका १७८ कम्पनीको शेयरमूल्य बढेको छ भने ३३ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै तीन कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

नेप्सेका अनुसार घटेको बजारमा एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १९४१ रुपैयाँ पुगेको छ  । 

नेप्सेका अनुसार सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी आईएमई जनरल इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज ७ करोड ६३ लाख भन्दा बढीको कारोबार भएको छ ।      

एकै महिना ६१ हजारले लिए श्रम स्वीकृति

काठमाडौं । सरकारले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गरी स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउने जनाएपनि गत फागुन महिनामा वैदेशिक रोजगारीमा जानका लागि ६१ हजार बढीले श्रम स्वीकृति लिएका छन् । फागुनमा नयाँ श्रम स्वीकृति, पुनःश्रम स्वीकृति र व्यक्तिगत गरी ६१ हजार आठ सय ४५ ले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ । 

फागुनमा सबैभन्दा बढी मलेसियाका लागि १९ हजार आठ सय २४ ले श्रम स्वीकृति लिएका छन् । कतारका लागि ११ हजार तीन सय तीन, संयुक्त अरब इमिरेट्सका लागि नौ हजार सात सय ९५, साउदी अरेबियाका लागि नौ हजार पाँच सय तीन, कुवेतका लागि दुई हजार चार सय ६२, दक्षिण कोरियाका लागि दुई हजार दुई सय २७ र रोमानियका लागि एक हजार ७० जनाले श्रम स्वीकृति लिएका वैदेशिक रोजगार विभागले जनाएको छ । 

वैदेशिक रोजगारीका लागी श्रम स्वीकृति लिनेमा अदक्ष कामदारको सङ्ख्या उल्लेख्य रहेको छ । फागुनमा १३ हजार पाँच सय ८० अदक्ष कामदारले श्रम स्वीकृति लिएका छन् । ४२ हजार सात सय १८ दक्ष, पाँच हजार चार सय ४९ अर्धदक्ष, ६८ व्यावसायिक र ३० उच्च दक्ष श्रमिकले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । 

रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय

काठमाडौं । सरकारले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने निर्णय गरेको छ ।

आज (सोमबार) बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरी यथावत् राख्ने निर्णय गरेको हो।

बैठकले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निर्णय गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णयसमेत गरेको सरकारकी प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यसअघि कृषि तथा पशुपक्षी विकास मन्त्रालयको मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो ।

एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

काठमाडौं । संघीय संसद्‌को दोस्रो ठूलो दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ।

सोमबार बसेको पार्टी संसदीय दलको बैठकमा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन नसकिने जनाउँदै बिपक्षमा रहने जनाए । ‘एमालेलाई प्रचण्डप्रति विश्वास छैन। हामी विश्वासको मत दिँदैनौं,’ संसदीय दलको बैठकमा ओलीले भने।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एउटै कार्यकालमा आज दोस्रो पटक विश्वासको मत लिदैछन् । एमाले, राप्रपालगायतले समर्थन फिर्ता लिए पछि प्रधानमन्त्री प्रचण्डले आज दोहोरयार विश्वासको मत लिन लागेका हुन्  ।

राहदानी विभाग घोडेजात्राको दिन (भोलि) पनि खुल्ने

काठमाडौं । राहदानी विभागले भोलि (मंगलबार) पनि सेवा दिने भएको छ। सार्वजनिक विदा भए पनि विभाग बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म खुल्ने जनाइएको छ।

मंगलबार घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा छन्।

पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने निर्णय

काठमाडौं । मन्त्रिपरिषद्ले नेपाल प्रहरीका ५ जना नायब महानिरीक्षकलाई अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको छ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले डिआइजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआइजीमा बढुवा गरेको एक मन्त्रीले जानकारी दिए।

उनीहरूलाई गृह मन्त्रालयले एआइजीमा बढुवा गर्न सिफारिस गरेको थियो।

बढुवा भएकाहरूमध्येबाट एक जना प्रहरीका नयाँ महानिरीक्षक हुनेछन्।

उद्योग बिभागका महानिर्देशक तिवारीले के सम्म गरे

काठमाडौ । गर्न खोज्दा छोटो समयमा धेरै काम सम्पन्न गर्न सकिन्छ भन्ने कुरालाई व्यबहारमा उद्योग बिभागले पुष्टि गराएको छ। बहानाबाजी गर्दै काम नगर्नेहरुका निम्ति उद्योग बिभागका महानिर्देशक रामचन्द्र तिवारी यतिबेला उदाहरण बन्न सफल हुनुभएको छ ।

बर्षौ देखी रोकिएर बसेका बिभागका धेरै कामहरु महानिर्देशक तिवारीले सम्पन्न गराउनुभएको छ। गर्न खोज्दा विभिन्न बाधा ब्यबधान आउछ्न नै तर चुनौतीलाई धर्यता र बिबेकपुर्ण ढंगले सामना गर्ने महानिर्देशक तिवारीको स्वभाव नै यो सफलता भित्रका मुख्य विशेषता भएको छ। आफनो कार्यसम्पादनले कसरी सबैलाई न्याय दिन सकिन्छ ? भन्ने भाबबाट आफुलाइ अगाडि बढाउनुभएका महानिर्देशक तिवारीले आफू जहाँ जहाँ बस्यो त्यहा केही न केही नयाँ पन छोडेर आउनुभएको उहाँका बिगतलाइ हेर्दा बुझ्न सकिन्छ ।

सूचना प्रबिधिको ब्यापकता लाई सेवाग्राही सग जोडेर प्रभाबकारी सेवा दिन सफल उहाँका बिगतका कामका फेरिस्त हेर्दा बुझ्न सकिन्छ ।

उद्योग प्रशासनमा पछिल्लो समयमा महानिर्देशक तिवारीका तहबाट भएका सुधारका कार्यहरु निम्न छन् :-

उद्योग प्रशासनलाई क्रमश पेपरलेश बनाउँदै लैजाने योजना मुताविक सूचना प्रणालीको विकास गरी कार्यान्वयनमा ल्याइएको र हाल बैदेशिक लगानी स्वीकृत्ति भिसा सिफारिस लगायतका कार्यहरु पूर्ण रुपमा अनलाइन मार्फत प्रदान गर्न थालिएको देखिन्छ ।

यस प्रणालीमाथि सबै उद्योगलाई छुट्टाछुट्टै लग इन (Log In) दिने र प्रणालीमार्फत नै सञ्चार हुने व्यवस्था मिलाइएको छ । यो प्रणालीलाई भन्सार विभाग कम्पनी रजिष्टार वाणिज्य विभाग, अध्यागमन विभागका प्रणालीहरुसँग अन्तरअवद्दताको कार्य समेत भईरहेको छ ।

उद्योग विभागमा रहेका पुराना आठ हजार फाइलहरु डिजिटाइज्ड गरी अभिलेख व्यवस्थापन गरिएको देखिन्छ ।

त्यसैगरी भिसाको लागि मात्र विदेशी लगानी स्वीकृत्ति गर्ने कार्यलाई निरुत्साहित गर्न कार्य प्रगतिसँग आवद्ध गरिएको पाइन्छ। जसको कारण व्यावसायिक भिसाको दुरुपयोग धेरै हदसम्म नियन्त्रण भएको देखिन्छ।

उद्योगलाई आवश्यक पर्ने बाहेक विदेशिले जग्गाको कारोबारमा लगानी गर्न प्रतिबन्ध भएता पनि सरकारी निकायको ध्यान नपुग्दा विदेशी लगानीका उद्योगहरुले विभिन्न स्थानमा जग्गा खरिद गरेको समेत पाइयो ।

यस्तो कार्यलाई नियन्त्रण गर्न विदेशी लगानीका उद्योगहरुले जग्गा खरिद गर्न आउँदा अनिवार्य रुपमा उद्योग विभागबाट स्वीकृत्ति स्कीम रुजु गरी खरिद गर्न दिन मन्त्रालयमार्फत सबै मालपोत कार्यालयहरुलाई पत्राचार गरिएको देखिन्छ ।


कानुनी अपर्याप्तका कारण लामो समयदेखि सञ्चालन म्याद थप हुन नसकी समस्यामा रहेका उद्योगहरुको म्याद थपको लागि मन्त्रिपरिषद्बारा निर्णय भई कार्यान्वयनमा आएको छ। जसको कारण प्राविधिक त्रुटीका कारण अन्यौलमा रहेका उद्योगहरुले राहत महसुस गरेका छ्न् ।

यस वर्षको बजेट वक्तव्यमा घोषणा भएअनुसार १० करोड सम्मको विदेशी लगानी स्वीकृत्तिलाई सञ्चालित प्रक्रियामार्फत हुने गरी कार्यान्वयनमा ल्याउन नियमावली संशोधनका लागि पेश भएको र प्रणाली विकासको कार्य अन्तिम चरणमा रहेको देखिन्छ ।

गैर आवासीय नेपालीका स सानो लगानीलाई समेत प्रोत्साहन गर्न नेपाल सरकार र गैर आवासीय नेपालीको लागनीमा स्थापना भएको इनभेष्टमेन्ट कम्पनीले गर्न पाउने लगानीका क्षेत्र सहितका शर्तहरु परिमार्जन गरी राजतन्त्रमा सुचना प्रकाशित भएको पाइन्छ । यसले गैर आवासीय नेपालीको स-सानो लगानीलाई एकीकृत गरी पूर्वाधार विकासमा लगानी गर्ने बाटो सहज भएको छ ।

सेवा प्रवाहलाई छिटो छरितो बनाउन विदेशी लगानी स्वीकृत्ति र लगानी फिर्ताको लागि सिफारिस गर्न गठित प्राविधिक समितिका बैठक हप्ताको दुई पटक बस्ने र तुरुन्त स्वीकृत्ति दिन थालिएको छ ।

मदिरा उद्योगको अनुमति तथा क्षमता विस्तारलाई मापदण्डमा आधारित बनाउन मन्त्रालयका सहसचिवको नेतृत्वमा अध्ययन कार्यालय गठन भई काम भईरहेकोले पनि छोटो समयमा महानिर्देशक तिवारीले यतिसम्म महत्त्वपूर्ण काम गर्न सफल भएको देखिन्छ ।

लोसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

लोसपाको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको लोसपा वरिष्ठ नेता शरत् सिंह भण्डारीले जानकारी दिए।

प्रधानमन्त्री ‘प्रचण्ड’ले भोलि विश्वासको मत लिँदै छन्। यसअघि लोसपा प्रतिपक्षी बेन्चमा बस्दै आएको थियो।

नेप्सेमा ६.९० अंकको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको पहिलो कारोबारको दिन आज आइतबार सामानय अंकको गिरावट आएको छ । आज नेप्से ६.९० अंकले घटेर एक हजार ९ सय २६ दशमलब ४० विन्दुमा पुगेको हो । 

त्यस्तै, आज नेप्सेमा एक अर्ब ६ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका ७४ कम्पनीको शेयरमूल्य बढेको छ भने १२७ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै १२ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

नेप्सेका अनुसार घटेको बजारमा दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८४७ रुपैयाँ पुगेको छ भने युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १७६४.६० रुपैयाँ पुगेको छ । यसका साथै आज शुभम पावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ५६७.६० रुपैयाँ पुगेको छ ।    

नेप्सेका अनुसार सानिमा ग्रोथ फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन शिवम् सिमेन्ट्स र एनआईसी एशियाको ४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन, जलविद्युत, लगानी, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक बढेको हो। घटेका उपसमूहमध्ये यस दिन उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

            

घनश्याम भुसाल बने एकीकृत समाजवादी पार्टीको महासचिव

काठमाडौं । घनश्याम भुसाल नेकपा एकीकृत समाजवादी पार्टीको महासचिव बनेका छन् ।

आइतबार बिहान बसेको सचिवालय बैठकले भुसाललाई महासचिव बनाउने निर्णय गरेको हो । भुसालले मंसिर ४ को निर्वाचनअघि नेकपा एमाले छाडेका थिए ।

यस्तै, यसअघि महासचिव रहेका बेदुराम भुसाललाई उपाध्यक्षको जिम्मेवारी दिइएको छ।

कोशी नाम खारेज गर्न माग गर्दै प्रदर्शन “प्रहरी द्वारा अश्रुग्याँस र हवाई फायर”

विराटनगर । प्रदेशको नाम कोशी राखेको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । प्रदेशको नाम कोशी खारेज गर्नुपर्ने मुख्य माग लिएर विराटनगरमा भएको प्रदर्शनका क्रममा प्रहरीले अश्रुग्याँस र हवाई फायर गरेको छ ।
प्रदेश नं. १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिको आयोजनामा महेन्द्र चोकबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय छेउ रोड शेषमा प्रदर्शनकारी पुगेका थिए । जिल्ला प्रशासन कार्यालयले मुख्यमन्त्री कार्यालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको थियो । उक्त क्षेत्रमा प्रदर्शनकारी जान खोजेपछि अश्रुग्याँस प्रहार गरिएको प्रहरीको दाबी छ । सो क्रममा केही राउन्ड हवाई फायर समेत भएको प्रदर्शनमा सहभागीले बताएका छन् ।

विराटनगरमा आज दिउँसो १ बजेदेखि प्रदर्शन सुरु भएको हो । प्रदर्शनमा माओवादी नेता गोपाल किराँती, लिम्बुवानका नेता तथा पहिचान पक्षधरहरू कुमार लिङ्देन, सञ्जुहाङ पालुङ्वा, प्रेम एक्तेन, ज्ञानबहादुर राई, डकेन्द्रसिंह थेगिम, गेल्जे लामा शेर्पा, आङ्दावा शेर्पा, दिलराम राई, मिशेकहाङ्ग थाम्सुहाङलगायतले सम्बोधन गर्ने बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले भने विराटनगरका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको थियो । प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोड शेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरिपरि ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म प्रशासनले निषेधित क्षेत्र तोकेको छ ।

सुरक्षा स्थितिलाई सहज एवम् सामान्य तुल्याई राख्न जिल्ला सुरक्षा समितिको मोरङको निर्णयअनुसार चैत ५ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निषेधित स्थानमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्याली, धर्नाजस्ता कार्य गर्न रोक लगाइएको जनाएको छ ।

नवनिर्वाचित उपराष्ट्रपतिको शपथ भोलि

काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले सोमबार (भोलि) पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएका छन् ।

निर्वाचन आयोगले आज दिउँसो ४ बजे उपराष्ट्रपति निर्वाचनबारेको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएपछि भोलि कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले यादवलाई सपथ गराउनेछन् ।

यादव गत चैत ३ गते एमाले र जनमतका प्रतिस्पर्धीलाई हराउँदै उपराष्ट्रपति निर्वाचित भएका थिए ।