प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बैठक बस्ने संसद सचिवालयले जानकारी दिएको छ। 

आजको बैठकमा ‘अख्तियार दुरूपयोग अनुसन्धान आयोग (तेस्रो संसोधन) विधेयक २०७०’ र ‘भ्रष्टाचार निवारण (पहिलो संसोधन) विधेयक, २०७७’का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुने कार्यसूची छ। 

त्यस्तै सभामुखले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘सुरक्षण मुद्रा’ सम्बन्धी विधेयक २०७७ माथि छलफल गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ।

त्यस्तै पूर्वसांसद तेजमान तुम्वाहाम्फेको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ। 

मलेसियाविरुद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौं– एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कप पुरुष क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले बलिङको निम्तो पाएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर मलेसियाले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। 

प्रतियोगितामा १० राष्ट्रको सहभागिता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ए मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह बी मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् ।

हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल खेल्ने छन् । फाइनलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ ।

यस्तै शीर्ष तीनमा रहने टोली एसीसी ईमर्जिङ कपका लागि छनोट हुनेछन् ।

कुशल भुर्तेल, भिम सार्की, आसिफ शेख, ललित राजवंशी,रोहित पौडेल(कप्तान),कुशल मल्ल, आरिफ शेख,दीपेन्द्र सिंह ऐरी, गुलशन झा,सोमपाल कामी,सन्दीप लामिछाने

५९ जिल्लामा पुग्यो पाठ्यपुस्तक, बाँकी १८ जिल्लामा वैशाख १५ सम्म पुग्ने

नयाँ शैक्षिक सत्र सुरु भएसँगै देशभरका ५९ जिल्लाका विद्यालयमा पाठ्यपुस्तक पुगेको छ। गत चैत २४ गतेदेखि वैशाख ३ गतेसम्म देशभरका ५९ जिल्लाका विद्यालयमा पाठ्यपुस्तक पुगेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ।

पाठ्यपुस्तक बिक्री-वितरण र छपाइका विषयमा सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकारीले जनक शिक्षा सामग्री केन्द्रको अनुगमन गरेका थिए ।

अनुगमनपश्चात् जनक शिक्षाका प्रबन्धक अनिलकुमार झाले नयाँ शैक्षिकसत्रमा सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्‍याउने गरी काम भइरहेको बताए । 

पुस्तक छपाइ गर्ने मेसिन, जनशक्ति, बजेट र कच्चा पदार्थको व्यवस्थापन समयमा नै गर्न सकेकाले यो वर्ष विद्यालय सञ्चालन हुनुभन्दा पहिले नै विद्यालयमा पुस्तक पुर्‍याउन सफल भएको झाको भनाइ छ।

‘मेसिनको संख्या दुई थियो, तीन थप्दा पाँचवटा भयो । ८० हजार प्रतिदिन छपाइ क्षमता भएकोमा मेसिन थपिएसँगै प्रतिदिन दुई लाख ४० हजार छपाइ गर्ने क्षमतामा पुगेका छौँ । कागज खरिदमा समस्या नहुँदा पुसपछि निरन्तर रूपमा मेसिन सञ्चालन गरिरहेका छौँ,’ उनले भने, ‘प्रधानमन्त्री कार्यालयबाट भएको सहयोगले पनि थप सहज भयो।’

दोहोरो अंकले घट्यो नेप्से, तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन सोमबार (आज) नेप्से २३.६४ अंकले घटेर एक हजार ९ सय ८ दशमलब ४ विन्दुमा बन्द भएको हो ।   

त्यस्तै, आज ९२ करोड ७८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका २३ कम्पनीको शेयरमूल्य बढेको छ भने १८८ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।     

नेप्सेका अनुसार तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १५७३.७० रुपैयाँ पुगेको छ । यसका साथै कालिञ्चोक दर्शन कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ६०७ रुपैयाँ पुगेको छ भने आज मोलुङ हाइड्रोपावरको शेयरमूल्य पनि ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता १८७.६० रुपैयाँ पुगेको छ ।          

नेप्सेका अनुसार सनराइज ब्लुचिप फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ६.२५ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज ७ करोड २ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।  

समयमै भर्ना, समयमै ज्ञानः गुणस्तरीय शिक्षा, सबैको अभियानमा भिड्दै शिक्षा मन्त्रालय

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिकसत्र २०८० का लागि यही वैशाखभित्र विद्यालय तहको भर्ना सम्पन्न गर्ने गरी अभियान सञ्चालन गर्न स्थानीय तह, र विद्यालयहरूलाई आह्वान गरेको छ ।

बर्षौ देखि पाठ्यसामग्री नपुगेको इतिहास ब्रेक गर्दै हिजोआज समयमै पाठ्यसामग्री पुर्याउन सफल मन्त्रालयका सचिब रामकृष्ण सुबेदिले सानो मेहनत गर्नुभएन सचिब सुबेदिको सक्रियता नियाल्दा बुझ्न सकिन्छ ।

यसैबीच ‘समयमै भर्ना, समयमै ज्ञानः गुणस्तरीय शिक्षा, सबैको अभियान’ भन्ने आदर्श वाक्यसहित शैक्षिकसत्र २०८० को विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गर्न मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पत्राचार गरेको हो ।

केन्द्रले यसका लागि गत चैत २६ गते सबै शिक्षा विकास तथा समन्वय एकाइ, स्थानीय तह र विद्यालयलाई पत्राचार गरिसकेको छ ।

अभियानका सन्दर्भमा गत चैत ३० गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको उपस्थितिमा मन्त्रालयमा जिल्ला समन्वय समिति महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ, गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका प्रमुख एवं पदाधिकारी र मन्त्रालयका अधिकारीहरूबिचको छलफलले सङ्घ, प्रदेश एवं स्थानीय तहबाट संयुक्त रूपमा शैक्षिकसत्र २०८० को मा विद्यालय उमेर समूह (पाँच वर्षमाथि) का सबै बालबालिकालाई विद्यालयमा ल्याउन विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गर्न निर्णय गरेको हो ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले शैक्षिक सत्रमा सुरुमै सबै सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन जनक शिक्षा सामग्री केन्द्र र निजी क्षेत्रका छनोट भएका छापाखानालाई आग्रह गरिएको बताउनुभयो । सोको अनुगमन स्थानीय तहबाट हुनेछ । निजी विद्यालयको शुल्क निर्धारण पनि स्थानीय तहबाट हुनेछ ।

गृह प्रशासनको गहकिलाे अनुभव सँगालेका शिक्षा मन्त्रालयमा सुवेदी सचिब भएर आएपछि रोकिएका धेरै कामहरुले गतिलिएको जानकारहरु बताउछन् ।

वीर अस्पतालमा भिसी नियुक्त नहुदा परिक्षा र रिजल्ट नै प्रभावित

काठमाडौ । मुलुक कै सबैभन्दा जेष्ठ अस्पताल वीर र ट्रमा अस्पताललाई नेतृत्व प्रदान गर्ने चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा भिसी पद खाली भएको झन्डै एकमहिना बितिसक्दा पनि नियुक्त हुन नसक्दा रिजल्ट र परिक्षाकार्य अबरुद्ध बन्न पुगेको छ।

 स्वास्थ क्षेत्र त्यो पनि दुई दुई वटा अस्पतालको  नेतृत्वदायी भुमिका खेल्ने भिसी  नहुनुले धेरै कार्य रोकिएको बताइएको छ। भिसि  सहित, रेक्टर ,रजिस्ट्रार ,डिन चार पद फाल्गुन ३०गते एकैपटक  सकिएको  हो। तर चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा सबै महत्त्वपूर्ण पद सेवा सकिए संगै एकैपटक खाली हुदा समेत समयमा नियुक्ति नहुदा सेवा प्रभावित बन्न पुगेको छ।             

  भिसी पद खाली भएको झन्डै एकमहिना बितिसक्दा पनि नियुक्त हुने कुनै संकेत देखिएको छैन। भिसिको नियुक्ति संगै मातहतका निकायले नियुक्त गर्ने बाकी पदहरुले गर्नुपर्ने कामहरू समेत  हुन नसक्दा रिजल्ट र परिक्षाकार्य नै  अबरुद्ध बन्न पुगेको छ। प्राप्त जानकारी अनुसार हाल सम्म नियुक्त नभएकोले परिक्षा जाच भएको तर रिजल्ट हुन नसकेकोले सबैकार्य प्रभावित  बनेको छ। भिसी देबनारायण साहको सेवा अबधि सकिएकोले  सो पद रिक्त रहेको हो।

ओलीलाई भेट्न प्रचण्ड, देउवा र सभामुख घिमिरे बालकोटमा

काठमाडाै‌ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार (आज) भेटवार्ता भएको छ।

प्रधानमन्त्री प्रचण्ड, सभामुख घिमिरे र कांग्रेस सभापति देउवा सोमबार बिहान एमाले अध्यक्ष ओलीको बालकोटस्थित निवास पुगेका थिए।

एमाले अध्यक्ष ओली केही दिनदेखि भाइरल ज्वरोका कारण बिरामी परेका छन्। उनलाई भेटेर स्वास्थ्य लाभको कामना गर्न र संसदमा रहेका विधेयकबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्ड, सभामुख घिमिरे र सभापति देउवा बालकोट पुगेका हुन्।

सभामुखसहित तीन नेताहरूबीच संवैधानिक परिषद् सम्बन्धी विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिनसम्बन्धी विधेयकलाई अघि बढाउने विषयमा छलफल भइरहेको छ।    

रविका गाडी चालकको अवस्था गम्भीर

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका गाडी चालक तीन तला माथिबाट खसेको अवस्थामा फेला परेका छन् ।

भरतपुरस्थित एक घरको तीन तला माथिबाट खसेको अवस्थामा उनी फेला परेका हुन् ।

सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–३ घर भएका ३९ वर्षीय शम्भु भन्ने दिलबहादुर थापा आज (सोमबार) बिहान ४ बजे भाडामा लिएको घरको छतबाट खसेको अवस्थामा भेटिए ।

थापाको टाउको र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा उपचार भईरहेको छ ।

यस्तो छ आज बैशाख ४ गते सोमबारको राशिफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज विशिष्ट व्यक्तिको साथ पाइनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । दैनिकी कार्य सहज हुँदै जानेछ ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज प्रतीक्षा गरिएको काम पूरा हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । शुभ कार्यको चर्चा पनि चल्नेछ ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । धार्मिक कार्यमा रुचि बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज भाग्यले विभिन्न अवसर जुराउनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । नयाँ कामको थालन होला । मान प्रतिष्ठामा पनि वृद्धि हुनेछ ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । श्रमको उचित मल्याङ्कन हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । पुनर्मिलनको योग पनि रहेको छ ।

वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाव बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पढाइ लेखाइमा प्रगति हुनेछ ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) निर्णायक क्षमतामा कमी आउनेछ । स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । चुनौतीको सामना गरी गलत निर्णय लिन पुगिएला सचेत रहनुहोला ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । आदर्श व्यक्ति सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पारिवारिक उल्झनमा परि आँटेको काम बिग्रनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । यात्रा गर्दा सचेत रहन पर्नेछ । सामान हराउने पनि सक्छ ।

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) शुभकार्यको चर्चा चल्नेछ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । धार्मिक कार्यमा मन लाग्नेछ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) गरेको काममा ढिलासुस्ती हुनेछ दबाब र तनाव बढेको महसुस हुनेछ । पारिवारिक समस्या आइपर्ला । विचार गरेर निर्णय लिनु उचित होला ।

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । सोमबार (आज) राष्ट्रियसभा बैठक बस्दैछ।

बैठक संघीय संसद भवनमा आज दिउँसो एक बजे बस्ने संसद सचिवालयले जनाएको छ । 

बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६,०७६/७७ र ०७७/७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनका लागि अनुगमन एवं मूल्याङ्कन प्रतिवेदन २०७९ माथि छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

परराष्ट्र मन्त्री एनपी साउदले लिए शपथ

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री साउदलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

कांग्रेस नेता साउदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार आठौं पटक विस्तार गर्दै परराष्ट्रमन्त्री नियुक्त गरिएको हो। यस्तै, नेकपाएकीकृत समाजवादी की नेत्री नन्दा चपाई परराष्ट्र राज्यमन्त्री नियुक्त भएकी छन्। चपाइलाई प्रधानमन्त्री दाहालले सोही समारोहमा पद तथा गोपनीताको शपथ ग्रहण गराए।

नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो कारोबारको दिन आइतबार (आज) नेप्से २.८०  अंकले घटेर एक हजार ९ सय ३१ दशमलब ६८  विन्दुमा बन्द भएको हो । बिहिबार  भने नेप्से दोहोरो अंकले घटेको  थियो ।     

त्यस्तै, आज ९७ करोड ४५ लाख ९ ९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका ७०  कम्पनीको शेयरमूल्य बढेको छ भने १३९  कम्पनीको शेयरमूल्य घटेको छ । यसका साथै १०  कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।    

नेप्सेका अनुसार तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९  प्रतिशतले बढेर प्रतिकित्ता १४३०.७० रुपैयाँ पुगेको छ । यसका साथै मोलुङ हाइड्रोपावर को शेयरमूल्य ९.९९  प्रतिशतले बढेर प्रतिकित्ता १७०.६ ० रुपैयाँ पुगेको छ भने आज मोलुङ हाइड्रोपावरको शेयरमूल्य पनि ९.९८  प्रतिशतले बढेर प्रतिकित्ता ५५१.९० रुपैयाँ पुगेको छ ।        

नेप्सेका अनुसार एसियन हाइड्रोपावरका  लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य  ७ प्रतिशतभन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सोल्टी होटलको कारोबार  भएको छ । यस कम्पनीको आज ३  करोड ८९  लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।  

६९ करोड भ्रष्टाचार प्रकरण : कार्यकारी निर्देशक पौडेलसहित ९ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ६९ करोड बढी रकम भ्रष्टाचार गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित ९ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।

पौडलसहित सीडीआई इन्जिनियरिङ मार्केटिङ कन्सर्न प्रालि, मेपटेक विल्डिङ सर्भिसेस प्रालि, परामर्शदाता वास्तुशिल्प एसोसिएट्सका निर्देशकसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो।

आयोगले पौडलविरुद्ध ६९ करोड ८ लाख ८१ हजार ८५४ रुपैयाँ मागदाबी गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट सुरक्षण मुद्रण केन्द्रमा प्रतिनिधि बनेका तथा हाल वन तथा वातावरण मन्त्रालयमा कार्यरत नवीनकुमार पोखरेलविरुद्ध ४९ करोड ४६ लाख ३५ हजार ९४५ रुपैयाँ मागदाबी गरिएको छ।

त्यस्तै, सहायक निर्देशक तथा तत्कालीन सुरक्षण मुद्रण केन्द्रका प्रतिनिधि तथा हाल राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कार्यरत रमेशप्रसाद पोखरेलविरुद्ध २० करोड ३८ लाख ९३ हजार ८२७ रुपैयाँ बिगो मागदाबी गरिएको छ।

तत्कालीन सुरक्षण मुद्रण केन्द्रका शाखा अधिकृत हाल राष्ट्रिय समावेशी आयोगमा कार्यरत मनिकमान महर्जनविरुद्ध ३ करोड ४४ लाख ६८ हजार ७२९ रुपैयाँ मागदाबी गरिएको छ।

हाल लेखा अधिकृतबाट अवकाश पाएका तत्कालीन सुरक्षण मुद्रण केन्द्रका रामबहादुर बुढाविरुद्ध १९ करोड ८८ लाख ९४ हजार २८९ रुपैयाँ, तत्कालीन सुरक्षण मुद्रण केन्द्र तथा हाल जिल्ला समन्वय समिति काठमाडौंमा कार्यरत शाखा अधिकृत शिरिष उपाध्यायविरुद्ध ४० करोड १ लाख ३९ हजार ७३६ रुपैयाँ मागदाबी गरिएको छ।

इन्जिनियरिङ मार्केटिङ कन्सर्न प्रालिका प्रबन्धक निर्देशक रोहितमान प्रधानविरुद्ध २३ करोड ४४ लाख ९६ हजार ९२१ रुपैयाँ, मेपटेक विल्डिङ् सर्भिसेस प्रालिका निर्देशक भुवन महर्जनविरुद्ध ४३ करोड ५७ लाख ४२ हजार ३६८ रुपैयाँ र परामर्शदाता वास्तुशिल्प एसोसिएट्सका प्रबन्ध निर्देशक मित्रलाल गुरौंविरुद्ध ८ लाख ६९ हजार ९७ रुपैयाँ मागदाबी गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा मिलेमतो गरी कमिसन लिएर ठेक्का दिएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान गरेको थियो। अस्वाभाविक लागत राखेर मिलेमतोमा खरिद गरी करोडौ घोटाला गरिएको पुष्टि भएपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

सम्झौता विपरित गुणस्तहीन ट्रान्सफर्मर स्वीकार गरेको, सम्झौतामा उल्लेख भएभन्दा फरक कन्ट्री अफ ओरिजिन भएको जेनेरेटर स्वीकार गरी करोडौं घोटाला गरिएको अख्तियारको ठहर छ।

प्रधानमन्त्री प्रचण्ड वैशाख तेस्रो साता भारत भ्रमणमा जाने

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही महिनाको तेस्रो सातातिर भारत भ्रमण जाने भएका छन् । केही दिन पहिला भारतीय राजदूत नवीन श्रीवास्तवले भेटेर प्रचण्डलाई भारत भ्रमणको निम्ता दिएका थिए । प्रचण्डले यही महिनाको तेस्रो साता भारत भ्रमण गर्ने योजना बनाएको बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको मिति चाँडै नेपाल र भारतको विदेश मन्त्रालयले घोषणा गर्ने जनाइएको छ। गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डको यो पहिलो औपचारिक भ्रमण हुन लागेको हो। प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्ड स्वयम्‌ले आफनो पहिलो विदेश भ्रमण भारत हुने सार्वजनिक अभिव्यक्ति दिएका थिए। 

पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्ड घरेलु राजनीतिक ‘उचार–चढाव’का कारण करिब ४ महिनापछि पहिलो विदेश भ्रमणमा जाने भएका हुन्। 

पुस १० गते नेकपा एमालेसहित दलहरुको समर्थनमा प्रधानमन्त्री भएका प्रचण्डले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेललाई समर्थन गर्ने निर्णय गरेपछि तत्कालीन सत्ता गठबन्धन फेरिएको छ। एमाले र राप्रपा समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएका थिए। 

अहिले प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी लगायत १० दलको समर्थन छ। 

प्रधानमन्त्री प्रचण्डको भ्रमणको लागि परराष्ट्रमन्त्री नियुक्त गर्न आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको बताइएको छ। प्रधानमन्त्रीको भारत भ्रमण र भ्रमणका अजेन्डाहरुको विषयमा १ तहको संवाद अगाडि बढेको बताइए पनि परराष्ट्रमन्त्री नियुक्त भएपछि मात्रै औपचारिक रुपमा संवाद अगाडि बढ्ने बताइएको छ। 

नेपाली कांग्रेसका नेता एनपी साउद परराष्ट्रमन्त्री हुने पक्का भएको छ। साउदले परराष्ट्रमन्त्रीको पद्‌भार सम्हालेपछि दुवै देशका परराष्ट्रमन्त्रीको स्तरमा भ्रमणका अजेन्डा तय हुने बताइएको छ। 

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको गृहकार्य सुरु भइसकेको छ। 

 शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार बारे चासो

रौतहट । रौतहटको गरुडा नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। पूर्व निर्धारित कार्यक्रम अनुसार गरुडा बाजार स्थीत माध्यामिक विद्यालयको प्रांगणमा एक समारोहका बीच सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो।

  कार्यक्रममा गरुडा नगरपालिकाको भवन निर्माण,देखि,शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधार निर्माण बारे सहभागीहरुले चासो राखेका थिए। गरुडा ५ स्थित अधुरो, विद्यालय भवन, नगरेको सबै ९वटै वडामा सामुदायिक भवनको योजना,र पूर्व नगरप्रमुख ईन्दु यादवको कार्यकालमा ट्युवेल जडानको विनियोजित बजेट बारे,नगरभित्र निशुल्क वाईफाईसेवामा देखिएकाे समस्या, एम्बुलेन्स, बारुण यन्त्रको खरीद, जथाभावी तेलको खर्च बारे ,। नगरालिकाका बाट कस्तो सुचना दिन मिलने कस्ताे सुचना दिन नमिल्ने समेत जिज्ञासा उठेको थियो। सार्वजनिक सुनुवाई कार्यक्रमका प्रमूख अतिथि तथा जिल्ला समन्वय समितिका सभापती रामअयोध्या यादवले नगरपालिका गाउँ पालिका आफैमा स्थानिय सरकार रहेकाले नगरका सम्पूर्ण जनताकाे आवश्यकता तथा जनचाहना अनुसारको विकास निर्माणको काम गर्नुपर्ने बताएका थिए। पछिल्लाे समय गरुडा नगरपालिकामा देखिएको विवाद प्रति लक्षीत गर्दै निर्वाचित जनप्रतिनिधि झैझगडामा अड्किनु भन्दा विकाश निर्माण लाई प्राथमिकता दिएर नियम कानुनले मिल्नेगरी माग हुन आएमा नगरपालिकाले  सुचना दिनलाईघटस्थापना कन्जुस्याई गर्न नहुने सुझाव दिएका थिए। सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका प्रश्नको जवाफमा गरुडा नगरपालिकामा मेयर कन्थमनी जैसवालले नगरपालिकाको भवन निर्माणका लागि डिपीआर भएर प्रक्रियाहरू अगाडि बढिसकको बताउँदै आउँदो साउन महिनामा सिलान्यास हुने स्पष्ट पारेका थिए। त्यसैगरी गरुडा नगर भित्र शिक्षा र स्वास्थ्यको अवस्था बिगतको तुलनामा निकै राम्रो रहेकाे दाबिगर्दै गरे। उनले आफू निर्वाचन भएपछी नगरको सम्पूर्ण विद्यालय, तथा स्वास्थ संस्था को आवश्यकता बारे जानकारी आएको छ आउँदो आर्थिक वर्षदेखि

  शिक्षा र स्वास्थ्यसेवामा आमूल परिवर्तन हुने सार्वजनिक सुनुवाई कार्यक्रममा मेयर जैसवालले प्रतिबद्धता जनाएका थिए। नगरको प्रत्येक वडामा निसुल्क वाईफाई भएपनि केही स्थानमा देखिएकाे कमीलाई केहीदिन भित्रै पुरा गराउने बाचा गरेका थिए। आगामी १५ दिनभित्र ५ हजार लिटर पानी अटाउने क्षमता भएकाे बारुण यन्त्र खरिद गर्ने बताउँदै अगामी आर्थीकवर्षभित्र थप एमाबुलेन्स खरीद हुनलागेको मेयर जैसवालले जानकारी दिएका छन। नगरालिकामा भित्रका जनताको लागि निशुल्क एम्बुलेन्स सेवा गरुडा नगरपालिकाले दिंदै आएको बताउँदै एमनुलेन्स सेवामा चालकको लापरवाही तथा कमीकमजोरी देखिएमा सीधा आफूलाई फोनगर्न मेयर कन्थमनी जैसवालले सार्वजनिक सुनुवाई कार्यक्रममा आग्रह गरेका थिए। नगरालिकाकाका यस अघिका प्रमुख प्रशासकीय अधिकृतको लापरवाहिले जथाभावी तेल वितरण भरको स्वीकार्दै अब त्यो अवस्था नरहेकाले बताएका थिए। गरुडा ५ स्थित दूर्गा माविमा भएको अधुरो निर्माण,गरुडाका ९वटै वडामा सामुदायिक भवन निर्माणको योजना तथा  ट्युवेल जडानको ८० लाखको योजना पूर्व मेयर ईन्दु यादवको कार्यकालमा रहेकाले सो सम्बन्धमा कर्मचारीहरु संग जानकारी लिएर आउँदो कार्यक्रममा सार्वजनिक गर्ने मेयर जैसवालले जानकारी दिएका थिए। उक्त अवसरमा गरुडा नगरपालिकाका वडा अध्यक्षहरुले आफ्नो वडाको अवस्था तथा आवश्यकता बारे जानकारी दिएका थिए। त्यस्तै कैयौँ वक्ताले गरुडा नगरपालिकामा पहिलो पटक सार्वजानिक सुनुवाई कार्यक्रममा सहभागी भएर आफ्नो जिज्ञासा राख्दा खुसी महसुस भएको बताउँदै अघिललो मेयर ईन्दु यादवको कार्यकालमा कहिल्यै सार्वजनिक सुनुवाई कार्यक्रम हुननसकेको बताएका थिए। सार्वजनिक सुनुवाई कार्यक्रममा जिल्ला समन्वय समितिका सभापती रामअयोध्या यादव, मेयर कन्थमनी जैसवाल, तत्कालीन समाजवादीका मेयर प्रत्याशी शेख कलिमुल्लाह, सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष रामजी साह, माबि गरुडाका प्राचार्य प्रभु पटेल, डिएसपी छेदीलाल कामती, उद्योग वाणीज्य संघ गरुडाका अध्यक्ष हरेन्द्र साह, सम्पूर्ण वडा अध्यक्षहरु, विभिन्न राजनीतिक दलका नेताहरु, नागरीक समाज, ब्यापारी, तथा गरुडा नगरपालिकाका सैयौ मानिसको सहभागीता रहेको थियो।