विश्वकै प्रदूषित सहरको सूचीमा काठमाडौं अगाडि

काठमाडौं । विश्वका प्रदूषण शहरको सूचीमा काठमाडौं पहिलो बनेको छ ।केही दिन कम भएको नेपालको वायु प्रदूषण सोमबारदेखि पुनः बढेको छ । वायु प्रदूषण मात्रा नाप्ने आईक्युएयरका अनुसार प्रदुषण शहरको सूचीमा काठमाडौं पहिलो बनेको हो ।

आज (आइतबार) सबैभन्दा धेरै वायु प्रदूषण भएको शहरमा काठमाडौं रहको छ । काठमाडौंको एयर क्वालिटी इन्डेक्स २०८ छ भने दोस्रो स्थानमा थाइल्यान्डको चियाङ माई सहर छ । उक्त सहरको एयर क्वालिटी इन्डेक्स १८३ छ ।

वातावरण विभागको तथ्यांकअनुसार अहिले सबैभन्दा धेरै वायु प्रदूषण शंखपार्क क्षेत्रमा छ भने त्यसपछि भैंसेपाटी, खुमलटार, रत्नपार्क, कीर्तिपुरमा बढी वायु प्रदूषण छ ।

लुम्बिनी प्रदेशसभा सचिवालयको जिप सिकाउने क्रममा विद्युत पोलमा ठोक्कियो

लुम्बिनी । निवासका कर्मचारीलाई सिकाउने क्रममा लुम्बिनी प्रदेशसभा सचिवालयको गाडी दुर्घटनामा परेको छ। सरकारी निकायका गाडी चरम दुरुपयोग भइरहेको छ । यसको पछिल्लो उदारण हो लुम्बिनी प्रदेशसभा सचिवालयको शुक्रबार बिहान करिब ११ बजे सभामुखको सचिवालयका एक कर्मचारीलाई सिकाउने क्रममा दुर्घटनामा परेको बुझिएको छ।

लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती बसन्तको बुटवलस्थित निवासमा प्रयोग हुँदै आएको लु १ झ ४४७ नं को टाटा स्टोम जिप दुर्घटनामा परेको हो। प्रदेशसभा सचिवालयका चालक सिद्धराम चौधरीले सभामुखको सचिवालयका कर्मचारी पदम सोमैलाई सिकाउने क्रममा बुटवल १० र तिलोत्तमा नगरपालिकाको सीमा सडक योगिकुटीमा रहेको विद्युत पोलमा ठोक्किएको थियो।

अत्यन्त तिव्र गतिमा रहेको उक्त सरकारी गाडी योगिकुटीको सोमवार हाटबजार अगाडीको चोकमा पुगेपछि चालकले नियन्त्रण गर्न नसक्दा बुटवल पाल्पा ११ केभी प्रशारण लाईनको बिद्युत पोलमा ठोक्किएको थियो।

प्रत्यक्षदर्शीहरूका अनुसार विद्युत पोलमा जिप ठोक्किएपछि छेवैको सिटमा बसेर सिकाइरहेका जिप चालक सिद्धराम चौधरी भागेका थिए भने चलाउन सिकिरहेका चालक पदम सोमैलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए।

जिपले विद्युतको पोलमा ठोक्किँदा ढलेको पोलले स्थानीय डिल्लीराज अर्यालको घरमा समेत क्षति पुर्‍याएको छ।

मिटर ब्याजि बिरुद्ध अध्यक्ष नेपाल द्वारा आक्रोश व्यक्त

२०८० को क्यालेन्डर सार्वजनिक

काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी रौतहट-काठमाडौँ सम्पर्क मञ्चद्वारा चोभारमा बृहत बनभोज तथा नव वर्षको अवसरमा शुभकामना तथा २०८० को क्यालेण्डर बिमोचन कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आथित्यतामा सपन्न भएको थियो । प्रमुख अतिथि रहनुभएका माधवकुमार नेपाल ले नवबर्ष २०८० को शुभकामना दिदै मिटर ब्याज लिने लाइ कार्वाहि गर्नु पर्नेभन्दै आक्रोश पोख्दै त्यस्ता कार्यमा नलाग्न र पक्षपोषण नगर्न सम्पुर्ण कार्यकर्तालाइ आग्रह गर्नु भयो ।

सो कार्यक्रममा पार्टीका स्यायी कमिटी सदस्य एवम् पूर्व मन्त्री डा. बशिधर मिश्र, स्थायि कमिटी सदस्य कल्याणि खड्का , पाटी पोलिट्ब्युरो रामकुमार भट्टराइ, केन्दिय सदस्य एब जिल्ला इन्चाज सरला यादव, पार्टी अर्थ तथा योजना बिभागका उपप्रमुख तथा बरिष्ठ अर्थ बिद्व डा. चन्द्रमणि अधिकारी , सम्पर्क बिशेष प्रदेश कमिटीका उपाध्यक्ष एव कानुन बिभाग सदस्य नवराज तिमल्सिना, मधेश प्रदेश कमिटीका अध्यक्ष बेदनाथ कोइराला, जिल्ला कमिटी अध्यक्ष कमल यादव, मधेश प्रदेश स्दस्य एवं मधेस प्रदेश सासद कनिश पटेल , कानून बिभाग सदस्य गोपाल श्रेष्ठ, बिज्ञान तथा प्रविर्धि बिभाग सदस्य दीपक गुप्ता, सम्पर्क भौतिक पुर्बधार तथा यातायात बिभाग सदस्य ।

प्रताब खडका बिशेष प्रदेश कमिटीका सदस्य राजन उप्रेती, दलित मुक्ति संगठनका सचिव लिलबहादुर परियार, मधेश प्रदेश कमिटी सदस्य माधव रेग्मी, चिनकुमारी शिवाकोटी, इन्दिरा कोइराला संजय शाह मधेश प्रदेश कमिटी सदस्य हरिनारायण राय यादब , रौतहट जिल्ला कमिटी सदस्य तथा कार्यलय सचिब अनिल लाल दास रौतहट जिल्ला कमिटी सदस्य ।जयमङल प्रसाद यादब,क।देबेन्द्र पटेल, उच्च अदालत बार एसोसियसन का उपसचिव इन्दु कार्कि , महाप्रगती शिल लेखक सङ्घ का बालमुकुन्द कार्कि, पर्यटन ब्यवसायी महासंघका माहासचिब ।केशब धितल उपत्यका का स्वास्थकर्मी सङठन कोषाध्यक्ष तुफानी ठाकुर , युवा ब्यबसायी निरज कुमार झा एकीकृत कर्मचारी संगठन केन्द्रिय सदस्य संजय जयसबाल लगायतको आतिथ्य रहेको थियो ।

उक्त कार्यक्रममा पेन्टिङ प्रतियोगिता, घैँटो फुटाउने खेल, हाजिर जवाफ लगायतका खेल समेत खेलाइएको थियो ।

पेन्टिङ प्रतियोगिता प्रमुख अतिथि नेपालले सम्मान तथा पुरस्कार प्रदान गरेका थिए । हाजिर जवाफ तथा घैटो फुटाउने बिजेतालाई डा बशिधर मिश्रले सम्मान गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

पेन्टिङ प्रतियोगितामा प्रगति कोइराला, अनुरभ गुप्ता द्रोश्रो, साह तृतीय भएका थिए।

त्यस्तै हाजिरी जवाफतर्फ प्रथम क्षेत्र नं ३ ९प्रतिभा श्रेस्ठ, अमित चौधरी द्वितीय क्षेत्र नं ४ राजिब पटेल ,रमेश पटेल , तेश्रो क्षेत्र नं १ चन्दन कुमार झा निकि यादब आदित्य कुमार झा बलिराम शाह तथा सान्तवा पुरस्कार , सन्जुर आलम शेख साहिब विशाल कुमार शाहले पाएका थिए ।

कार्यक्रम अध्यक्ष सचित कुइकेलको अध्यक्षता मा तथा कार्यक्रम संचालन सचिब नमो नारयण झा ले गर्नु भयो भने कार्यक्रम अजय पटेल संयोजकत्वमा सम्पन्न भएको थियो ।

यस्तो छ प्रतिनिधिसभाको आजको सम्भावित कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आइतबार(आज) बस्दै छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आइतबार दिउँसो १ बजे बैठक बस्न लागेको बैठकमा तीन वटा विधेयक पेस गरिने र एउटा शोक प्रस्ताव पारित गरिने कार्यसूची रहेको छ । 

बालुवाटारमा गोली चल्दा वर्षमान पुनकी आमा घाइते, गोली चलाउने प्रहरी समातियो !

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चलेको छ । भीआईपी सुरक्षामा खटिएका एक सदस्यले शुक्रबार राति साढे ९ बजे गोली चलाएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

गोली लागेर नेता पुनकी आमा घाइते भएकी छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको खुट्टामा गोली लागेको उपत्यका प्रहरी कार्यालयका एक उच्च अधिकृतले जनाएका छन् । गोली चलाउने प्रहरीलाई राति १ बजे नियन्त्रणमा लिइएको छ ।

माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चलाउने व्यक्ति कामु प्रधानन्यायाधीशको सुरक्षामा खटिएका प्रहरी भएको खुलेको छ । सूचना प्राप्त भएलगत्तै प्रहरीले गोली चलाउने प्रहरी हवल्दार प्रकाश पुन मगरलाई नियन्त्रणमा लिएको छ । नेता पुन भने उपचारका क्रममा चीनमा छन् ।

गीतकार डा. दामोदर रेग्मीको गीत सार्वजनिक

काठमाडौं। गीतकार तथा कुशल प्रशासक डा. दामोदर रेग्मीको शव्द आनन्द कार्कीको स्वर तथा किरण कडेलको संगीत रहेको एक अञ्जुली मायाको उपहार छरिदेउ बोलको गीत आजवाट सार्वजनिक भएको छ । गीत सार्वजनिक हुनासाथ टिकटक लगायत सामाजिक संजालमा हजारौ भ्यू शेयर र लाइक भैसकेको छ ।

रोमान्टिक शैलीको गीत भएपनि यसअघिका गीतमा कम प्रयोग भएका शव्दहरु गीतमा प्रयोग गरिएको र ती शव्दहरुमा गायक र संगीतकारले गहनता बुझि कर्णप्रिय गीत बनेको गीतकार डा. दामोदर रेग्मीले बताए ।

नेपालको प्रशासन व्यवस्थापन र वित्त क्षेत्रको वारेमा नियमित कलम चलाउदै आएका डा. दामोदर रेग्मीको शव्द चयन अति आकर्षक रहेको र यसमा संगीतकार किरण कडेलले मेहनतपूर्वक संगीत भरिदिएकोले गीत धेरै राम्रो बनेको कुरा गायक आनन्द कार्कीले फेसवुक लाइभ मार्फत बताएका छन् ।

संगीतकार किरण कडेलले डा. दामोदर रेग्मी जस्तो कुशल लेखकको शव्दमा र चर्चित गायक आनन्द कार्कीको लागि संगीत भर्न पाउनु एउटा राम्रो अवसर भएको वताए ।

नेपाल सरकारका सचिब डा‍‍ रेग्मी बहुप्रतिभाका धनी मात्रै हुनुहुन्न उहाँ सरल सहज अनि सर्वसाधारणको हितमा निरन्तर लागिरहेका प्रशासकका रूपमा परिचीत हुनुहुन्छ ।

राष्ट्र सेवा सम्मानबाट उर्मिला श्रेष्ठ सम्मानित !

काठमाडौं । नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ `राष्ट्र सेवा सम्मान २०७९´ बाट सम्मानित हुनुभएको छ । नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष, नेपाल महिला चेम्बरकी अध्यक्ष, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत एवं सफल उद्यमी उर्मिला श्रेष्ठ ‘राष्ट्र सेवा सम्मान २०७९’ बाट सम्मानित हुनुभएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालबाट उहाँ सम्मानित हुनुभएको हो । कलाकार मदनकृष्ण श्रेष्ठ, संगीतकार तथा गायक शम्भुजीत बास्कोटा, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी तथा समाजसेवी डा.सुशीला मल्लले संयुक्तरुपमा राष्ट्र सेवा सम्मान २०७९ बाट सम्मानित गर्नुभएको थियो ।

महिलाहरुको हकहितका लागि सदैव लागिरहने, महिलाहरुलाई उद्यमी बन्न हौसला प्रदान गरिरहने श्रेष्ठले देशकै नमूना सार्वजनिक–निजी साझेदारीमा सञ्चालित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सफल नेतृत्व गर्दै आउनुभएको छ ।

जापानी प्रधानमन्त्रीमाथि आक्रमणको प्रयास

टोकियो । प्रधानमन्त्री फुमियो किशिदामाथि देशको पश्चिमी भाग वाकायामामा आक्रमणको प्रयास भएको छ । वाकायामा आयोजित एक चुनावी कार्यक्रममा मन्तव्य व्यक्त गर्न लागेका प्रधानमन्त्रीमाथि ‘स्मोक बम’ प्रहार भएको सरकारी समाचार समिति क्योदो तथा प्रसारण संस्था एनएचकेले जनाएका छन् ।

जापानका प्रधानमन्त्री फुमियो किशिदामाथि देशको पश्चिमी भाग वाकायामामा आक्रणको प्रयास भएको छ। 

वाकायामा आयोजित एक चुनाबी कार्यक्रममा मन्तव्य व्यक्त गर्न लागेका प्रधानमन्त्रीमाथि ‘स्मोक बम’ प्रहार भएको सरकारी समाचार समिति क्योदो तथा प्रसारण संस्था एनएचकेले जनाएका छन्। 

प्रधानमन्त्रीमाथि कुनै चोटपटक नलागेको तथा उनलाई सुरक्षितरूपमा सकुशल कार्यक्रमस्थलबाट निकालिएको छ। प्रतिनिधिसभाको उपनिर्वाचनको समर्थन गर्ने कार्यक्रममा मन्तव्य व्यक्त गर्न मञ्चमा पुग्न लागेका प्रधानमन्त्रीमाथि आक्रमण भएको हो। 

आक्रमणको आशङ्कामा प्रहरीले घटनास्थलबाट एक जनालाई नियन्त्रणमा लिएको छ।  यद्यपि प्रहरीले यसलाई पुष्टि गरे पनि थप जानकारी दिएको छैन। 

एक जना प्रत्यक्षदर्शीका अनुसार एक युवकले प्रधानमन्त्रीलाई लक्ष्य गर्दैै केही फ्याकेको देखेको तथा केही क्षण मै धुँवाको मुस्लो ठूलो आवाजमा त्यो वस्तु विष्फोट भएको थियो। बम विष्फोटपछि कार्यक्रमस्थलबाट सर्वसाधारण भागेका दृश्य एनएचकेको प्रसारणमा देखिन्छ।

प्रधानमन्त्री किशिदाको लिबरल डेमोक्र्याटिक पार्टीका सदस्य हिरोशी मोरियामाले लोकतन्त्रको आधारस्तम्भ सुदृढ बनाउने चुनावी अभियानमा यस्ता घटना हुनु खेदजनक भएको बताउँदै त्यसलाई उनले अक्षम्य अपराध भनेका छन्। 

जापानमा हिंसात्मक घटना विरलै हुने गरेका छन् तर गत वर्ष चुनावी अभियानका क्रममा पूर्वप्रधानमन्त्री शिन्जो आबेको गाली प्रहारबाट हत्या भएपछि राजनीतिक दलका नेतामा सुरक्षा चिन्ता बढेको छ। 

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

आज भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै, आज डलरको खरिद दर १३० रुपैयाँ ६७ पैसा र बिक्री दर १३१ रुपैयाँ २७ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ४२ पैसा र बिक्री दर १४५ रुपैयाँ ०९ पैसा रहेको छ।

यस्तैगरी बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ४४ पैसा र बिक्री दर १६४ रुपैयाँ १९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ६९ पैसा र बिक्री दर ३५ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

बैशाख २ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज बौद्धिक काममा सफलता मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज कार्य सम्पादनमा सहजता मिल्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । रमाइलो यात्राको योग रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रेममा मनमुटावका साथै मन कमजोर रहला । आफ्नो अधिकार प्रातिका लागि संघर्ष गर्नु पर्ला । शिक्षामा वाधा आउनेछ । मन विचलित रहला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । चलाखीपूर्ण बोलीले व्यवहारमा फाइदा हुनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज स्वइच्छा र स्वादिष्ट भोजन पाइनेछ । सामाजिक संस्थाबाट सहयोग पाइनेछ । बोलीको प्रभाव बढ्ने र नयाँ कार्यको योजना पनि बन्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । राजनैतिक कार्यमा र साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । घरायसी समस्या बढ्नेछ । मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नुपर्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज परिवारजनको साथले नयाँ आशा जगाउनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन पनि सकिनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज न्यायिक कार्यमा सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति होला । राज्यबाट मान सम्मान पाइनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आस मारेको काम बन्नेछ । अरुको मन जित्न सकिनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । सन्तान सुख मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ । आर्थिक कारोबारमा मन्दी आउनेछ । प्रेममा मनमुटावका साथै कार्य सम्पदनमा समस्या आउला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज पुराना र रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बैदेशिक कार्यमा सफलता मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन् ।

आजको मौसम : मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शनिबार केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार शनिबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी  भू–भागको मौसम आंशिक बदली रहनेछ ।

सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थान र बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का÷क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

शनिबार राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी  भू–भागको मौसम आंशिक बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङ्ग सहित हल्का-क्षणिक वर्षाको सम्भावना रहेको छ।

मधेसमा आज जुडशितल मनाइँदै

तराई–मधेसमा आज जुडशित पर्व मनाइँदै छ। नयाँ वर्षको दोस्रो दिन बुवाआमा, गुरु, मान्यजन एवं आफूभन्दा जेष्ठ व्यक्तिले आफूभन्दा सानालाई टाउकोमा पानी छर्किंदै आशीर्वाद दिएर जुडशितल पर्व मनाईने चलन छ।

यसरी टाउकोमा पानी छ्यापेर जुराउँदा वैशाखको प्रचण्ड तापसँगै सूर्यको किरणबाट मनमष्तिकमा हुन सक्ने असन्तुलनलाई रोक्ने र बर्षैभरी मस्तिष्क सितल रहने विश्वास रहिआएको छ। 

यसैदिन खेतबारीमा मलजल गर्ने र बोटबिरुवामा पानी हाल्ने गरिन्छ। यस पर्वमा आफ्ना बगैँचाका रुख, बिरुवा नजिकबाट नियालेर सहलाउँदा र सिञ्चित गरिँदा कहिल्यै खडेरीको चपेटामा परेर नमर्ने जनविश्वास रहेको छ।

जुडशितल पर्वमा एक दिन पूर्व पकाएको बासी भात चुल्हो देवतालाई चढाउने गरिन्छ। तराईका घर–घरमा मिष्ठान परिकार भात, दाल, तरकारी, करही बरी, तरुवा, भुजुवालगायतको भोजन बनाएर खाने परम्परा रहेको छ।

कुन मन्त्रालयको बेरुजु कति? अर्थ मन्त्रालय नै शीर्षमा

काठमाडौं। महालेखा परीक्षकको ५६ औं प्रतिवेदनले सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालयको देखाएको छ। महालेखा परीक्षकको ६०औं प्रतिवेदनअनुसार कुल बेरुजुको ५७ प्रतिशत बेरुजु अर्थ मन्त्रालयको देखिएको हो ।

विभिन्न मन्त्रालय र सरकारी निकायले ७६ अर्ब ७६ करोड रुपैयाँको हिसाब देखाउन सकेका छैनन् । गत पुससम्म ४२ वटा सरकारी निकायहरुले बेरुजुको रुपमा रहँदै आएको ८४ अर्ब रुपैयाँमा  ८.७६ प्रतिशतको हिसाब देखाउन सकेका छन् ।

यस्तै भौतिक पूर्वाधारमा १५.६२, सञ्चारमा ४.८१, कृषिमा ४.८१ प्रतिशत बेरुजु रहेको छ । यसैगरी गृहमा २.७९, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमा २.३८, ऊर्जा, जलस्रोत तथा सिँचाइमा २.३०, सहरी विकासमा १.९५ प्रतिशत बेरुजु रहेको प्रतिवेदनले देखाएको छ ।

खानेपानीमा १.५६, स्वास्थ्य तथा जनसंख्यामा ४.८८ र अन्यमा ४.८८ प्रतिशत बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ ।

संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह, अन्य समिति र संस्थागततर्फ लेखापरीक्षणबाट एक वर्षमा औँल्याइएको बेरुजु रु १ खर्ब १९ अर्ब ७७ करोड ७० लाख रहेको छ  ।

जसअनुसार यो वर्ष ६ हजार ५४६ निकायको ७१ खर्ब ३८ अर्ब १६ करोड ७४ लाखको लेखापरीक्षण भएको प्रतिवेदनमा उल्लेख छ ।

संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थागततर्फ लेखा परीक्षणमा औँल्याइएको कुल अद्यावधिक बेरुजु ५ खर्ब ८७ अर्ब ३३ करोड ९४ लाख रहेको छ । जुन गत वर्ष भन्दा २१.४५ प्रतिशतले बढी हो ।

राष्ट्रपतिसमक्ष महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेस गरिएको छ ।

महालेखा परीक्षक टंकमणी शर्मा दंगालले ६०औँ वार्षिक प्रतिवेदन आज पेस गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

नेपालको संविधानको धारा २९४ को उपधारा ९१० बमोजिम आर्थिक वर्ष २०७८र०७९ को महालेखा परीक्षकको प्रतिवेदन पेस गरिएको हो ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय

काठमाडौँ । सरकारले पुस १४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। 

बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका १४ निर्णय सार्वजनिक गरेका हुन्।

चैत २८ गते बसेको बैठकले लोक सेवा आयोगको सिफारिस बमोजिम विभिन्न समूहको तथा उपसमूहको राजपत्राङ्कित प्रथम श्रेणी सहसचिव (प्रा.) २ मा नियुक्ति गरी पदस्थापन गर्ने लगायत १४ निर्णय गरेको हो ।