यस्तो छ तपाईंको २७ चैत्र २०७९ आज साेमबारको राशिफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मन खिन्न हुने स्थिति आउनेछ । शरीर भारी र मन अस्थिर रहने संकेत पनि देखिन्छ ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) समाजसेवामा मन लाग्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । महत्वपूर्ण कामको थालनी हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज स्वास्थ्यमा समस्या आउनसक्छ । सहकर्मीबाट विरोध आउला । गरेका काममा ढिलासुस्ती हुनेछ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज महिला वर्गबाट विशेष साथ र सहयोग मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । सामाजिक क्षेत्रबाट पनि राम्रो सहयोग पाइनेछ ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । अल्छीपना पनि बढ्नेछ ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) राजनैतिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । घरमा अतिथिको आगमन हुनेछ, तर स्वास्थ्यको ख्याल गर्नु पर्नेछ ।

वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) चलाखीपूर्ण बोलीले सिद्ध हुनेछ । साथीभाइसँग समय बित्नेछ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज रमाइलो यात्राको सम्भावना छ । रोकिएको धन हात पर्ला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ ।

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज छोटो दुरीको लाभदायक यात्रा रहला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । मनोरञ्जनको क्षेत्रमा सफलता मिल्नेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) श्रमको उचित मूल्याङ्कन हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । जोशजाँगर र उमंग बढ्ला । आर्थिक कारोबारमा सफलता पाइएला ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज शुभ कार्यमा सरिक भइनेछ । चिताएको कामले तीव्रता लिनेछ । कलासाहित्यमा रुचि बढ्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएका छन् । बैठक दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवन बस्नेछ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

त्यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

नेपालमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६७१ जनामा पिसिआर परिक्षण गर्दा ५० जना र ५४५ जनामा एन्टीजेन परिक्षण गर्दा ५ जना गरी जम्मा १२१६ नमुनाको परीक्षण गर्दा ५५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ जनाले कोरोना जितेर निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।

हाल देशभर ३९६ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । काठमाडौं उपत्यकामा २४ जना कोरोना संक्रमितहरु रहेकोमा संस्थागत आइसोलेशनमा १३ जना, आईसीयुमा ७ जना र भेन्टिलेटरमा ४ जना रहेका छन् ।

प्रशासकीय अधिकृतविरुद्ध डेढ करोड भ्रष्टाचारको अभियोग

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले रौतहटको ईशनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुप्ताविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको हो ।

उनीविरुद्ध विशेष अदालतमा एक करोड ४९ लाख ९७ हजार ८६३ रुपैयाँ बिगो दाबी गरिएको भ्रष्टाचार मुद्दा दायर भएको हो । उनले पदीय दुरुपयोग गरेर कमाएको अकुत सम्पत्ति श्रीमतीको नाममा घरजग्गामा लगानी गरेको समेत पाइएको अख्तियारको दाबी छ ।
सार्वजनिक सेवा प्रवेश गरेको मिति २०५१ वैशाख २९ गतेदेखि २०७९ जेठ २५ गतेसम्म आर्जन गरेको सम्पत्ति जाँच गर्दा १ करोड ४९ लाख ९७ हजार ८६४ रुपैयाँ गैरकानूनीरूपमा आर्जन गरेको पाइएको हो ।

गुप्ताले जाँच अवधिमा गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति आफ्नो तथा श्रीमती उषा गुप्ताको नाममा राखेको अभियोगपत्रमा उल्लेख छ ।

रौतहटमा भिषण आगलागी हुँदै २० घर जलेर नष्ट दमकल जाँदै

रौतहट २६ चैत। रौतहटको पूर्विभेग माधव नारायण नगरपालिका ४ बिशुनपूर्वा मानपुरमा भिषण आगलागी भएको छ।

सामाचार तयार पार्दा सम्म २० भन्दा बढि घरहरू पूर्णरुपमा जलेर नष्ट भएको स्थानीय समाजसवी पारस भण्डारीले जानकारी दिएका छन। आगलागीमा परेर घर, चौपाया अन्न, लताकपडा जलेर नष्ट भएको तथा पूर्ण बिवरण साउन बाँकी रहेको छ।

आगलागी भएको लगतै गौर, चन्द्रनिाहपुर, तथा प्रहरी लाई खबर गरेको भएपनि अढाई घण्टा पछि भर्खर दमकल आईपुगेको समाजसेवी भण्डारीले जानकारी दिए।

नेपाल प्रहरी सशस्त्र प्रहरी तथा स्थानिय मिलर आगलागी नियन्त्रणको प्रयास गरेपछि तिब्ररुपमा चलेको चश्चिमा हावाको कारण कठिनाई भइरहेको बताएको छ।

राष्ट्रपतिकाे प्रेस सल्लाहकारमा पोखरेल नियुक्त

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलको प्रेस सल्लाहकार किरण पोखरेल नियुक्त भएकाे छ।

आइतबार सूचना आयोगका पूर्वआयुक्त तथा नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष पोखरेललाई राष्ट्रपति पौडेलले  प्रेस सल्लाहकारमा नियुक्त गरेकाे हाे।

राष्ट्रपतिले यसअघि राजनीतिक सल्लाहकारमा सुनीलबहादुर थापा, कानुनी सल्लाहकारमा बाबुराम कुँवर, परराष्ट्र सल्लाहकारमा डा. सुरेशचन्द्र चालिसे, आर्थिक सल्लाहकारमा डा. चिरञ्जीवी नेपाल, निजी सचिवमा चिरञ्जीवी अधिकारीलाई नियुक्त गरेका छन्।

रोकिएन नेप्सेमा गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आइतबार आज नेप्से २८.३१ अंकले घटेर एक हजार ८ सय ३८ दशमलब ४८ विन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ८.२८ अंकले घटेर एक हजार ८ सय ६६ दशमलब ७९ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, शेयर बजार घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । आज एक अर्ब १५ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा  ९२ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको भएको थियो । आज कारोबार भएका १५ कम्पनीको शेयरमूल्य बढेको छ भने २०१ कम्पनीकोे शेयरमूल्य घटेको छ ।

नेप्सेका अनुसार एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज कालिञ्चोक दर्शन कम्पनीको शेयरमूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता ३४२.९० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज माछापुच्छ्रे बैंक डिबेञ्चरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ७.७५ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको आज ५ करोड ७८ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।  

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक

२६ चैत, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग आर्थिक लेनदेनको ‘फोन टेप’ बाहिरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद डा. ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेको छ ।

समानुपातिक पद्धतिबाट सांसद बनेका श्रेष्ठले स्वास्थ्य मन्त्री बन्ने चर्चा चलेको थियो ।

आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई साढे २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै सांसद श्रेष्ठले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईंसँग रकम मागेका हुन् । कपुरबोट डटकमले सार्वजनिक गरेको अडियोमा सांसद ढकालले आफ्नो दलले स्वास्थ्य मन्त्रालय पाउने भएको र मन्त्री बन्नका लागि नेताहरुले आफूसँग साढे २ करोड मागेको बताएका छन् ।

उनका अनुसार श्रेष्ठलाई सांसद वा पार्टी सदस्यका रूपमा कुनै पनि काम गर्न नमिल्ने गरी निलम्बन गरिएको छ । ‘हाम्रो पार्टीको अनुशासन आयोगले उहाँमाथि एक साता लगाएर अनुसन्धान गर्छ । उहाँ दोषी देखिए कारबाही गर्छौँ । हाललाई भने उहाँलाई सांसद वा पार्टी सदस्यका रूपमा कुनै पनि काम गर्न नमिल्ने गरी निलम्बन गरेका छौँ,’ महामन्त्री ढकालले भने । 

समानुपातिक सांसद श्रेष्ठले अडियोमा प्रसाईंसँग पार्टीले आफूलाई स्वास्थ्य मन्त्री बनाउन दुई करोड रुपैयाँ मागेको, तर साे रकम आफूसँग नभएको भनिरहेको सुन्न सकिन्छ । प्रसाईंले पैसा जुटाइदिए मन्त्री बनेपछि आफूले सहयोग गर्ने प्रतिबद्धता श्रेष्ठले गरिरहेका छन् । अडियोमा प्रसाईं उनको प्रस्ताव मान्न तयार भएको पनि सुन्न सकिन्छ । 

तर, पार्टीले श्रेष्ठसँग कुनै पनि रकम नमागेको र उक्त कुरा झुटो भएको महामन्त्री ढकालले जिकिर गरे ।

चेतावनीसँगै उठेन सिंहदरबारको फोहोर

काठमाडौँ-  शनिबार बिहान काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले फेसबुकमा स्टाटस लेखे,’ आजबाट सिंहदरबारको फोहोर उठ्दैन ।‘ ‘साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नु पर्ने’ साहले चेतावनी दिएका थिए । 

हिजो बिदा भएकाले सिंहदरबारबाट फोहोर उठ्ने कुरै भएन । तर, आज (आइतबार) भने कार्यालय समयअगावै उठ्नुपर्ने फोहोर अहिलेसम्म उठाइएको छैन । बालेनले घोषणा गरेको २४ घण्टामै सिंहदरबारको फोहोरको फोहोर उठ्न छोडेको हो । सिंहदरबारको फोहोर पुतली बगैचामा थुपारिएको छ ।

सिंहदरबार परिसरको फोहोर उठाउने जिम्मा काठमाडौँ महागनरपालिकाले निजी कम्पनीलाई सुम्पेको छ । परिवर्तन सेवा प्रालिले महानगरको आदेश आएपछि मात्र फोहोर उठाउने संकेत गरेको छ ।

परिवर्तन सेवाका अध्यक्ष मित्र घिमिरेले सिंहदरबारको फोहोर आजदेखि उठाउन छोडिएको बताए । उनका अनुसार सिंहदरबारबाट दैनिक चार टन फोहोर संकलन हुने गर्छ । विभिन्न मन्त्रालय र क्यन्टिनबाट फोहोर उत्पादन हुने गर्छ । ‘सिंहदरबारबाट दैनिक २ टन फोहोर सिसडोल जाने गर्छ,’ घिमिरेले भने,’ दुई टन कुहिने फोहोर र २ टन नकुहिने फोहोर सिंहदरबारबाट संकलन भइरहेको छ ।‘

महानगरको आदेश आएपछि मात्र सिंहदरबाट फोहोर उठाउने घिमिरेको भनाइ छ । आदेशविपरीत फोहोर उठाएर लगेमा सिसडोलमा महानगरले सबै गाडी रोकिदिने उनले जानकारी दिए ।

‘फोहोर उठाउन नपाएको जानकारी प्रधानमन्त्री कार्यालय, सहरी विकास मन्त्रालय र काठमाडौँ महानगरपालिकामा जानकारी दिइसकेको छ,’ उनले अगाडि थपे,’  कतिपय ठाउँमा हामीले मौखिक जानकारी पनि दिएका छौँ ।‘ 

धौलागिरी बेसक्याम्पमा हेलिकप्टर दुर्घटना

२६ चैत, पोखरा । म्याग्दीको धौलागिरी बेस क्याम्पमा हेलिकप्टर दुर्घटना भएको छ । सामान लिएर गएको हेलिकोप्टर अवतरणका क्रममा दुर्घटना भएको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा नागरिक उड्डयन प्राधिकरणका पोखराका प्रमुख विक्रम गौतमका अनुसार धौलागिरि बेसक्याम्पमा ल्याण्ड गर्ने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो तर यसको पूर्ण विवरण आइसकेको छैन ।

पाइलट प्रिया अधिकारीले कार्गो हेलिकप्टर लिएर गएकी थिइन् । बेसक्याम्पमा ल्याण्डिङ गर्ने क्रममा दुर्घटनामा परेको र पाइलट सकुशल रहेको पोखरा विमानस्थलका टावर कन्ट्रोलर योगेन्द्र केसीले जानकारी दिए । प्रियाको उद्धारका लागि गएको एयर डाइनेस्टी फर्केपछि मात्र थप विवरण प्राप्त हुने उनको भनाइ छ ।

क्षतिकाे विवरण आउन बाँकी छ ।

दुई वर्षदेखि निष्क्रिय प्रधानमन्त्री कार्यालयको फेसबुक पेज पुनः सञ्चालनमा

काठमाडौं, २५ चैत्र । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक फेसबुक पेज पुनःसञ्चालनमा आएको छ । प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा उक्त पेज पुनःसञ्चालनमा आएको हो ।

‘भेरिफाइड’ उक्त पेज विगत दुई वर्षदेखि अवरूद्ध रहँदै आएको थियो । सरकारका कामको एकीकृत प्रचार र सूचना संयन्त्रलाई व्यवस्थित गर्न प्रधानमन्त्रीको सचिवालयले सबै सामाजिक सञ्जाललाई सञ्चालनमा ल्याउने योजनाअनुरूप आधिकारिक फेसबुक पेज पुनःसञ्चालनमा ल्याइएको प्रधानमन्त्रीका प्रेस विज्ञले जानकारी र्दिए ।

प्रधानमन्त्री कार्यालयले नेपाल सरकारको मातहतमा रहेका सबै कार्यालयले फेसबुक, ट्वीटर, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जाल प्रयोग गर्नेगरी निर्देशिकाको मस्यौदासमेत तयार गरिसकेको छ । उक्त निर्देशिका मन्त्रिपरिषद् बैठकबाट पारित भएसँगै कार्यान्वयनमा आउनेछ ।

‘सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्नेसम्बन्धी निर्देशिका २०८०’ नाम दिइएको उक्त प्रस्तावमा सङ्घ, प्रदेश र स्थानीय तहसम्म सामाजिक सञ्जालको व्यवस्थित प्रयोग गर्ने र सोका लागि सबै तहका सामाजिक सञ्जालको एकीकृत भेरिफाइड गर्ने पनि प्रस्ताव गरिरहेको छ ।

निर्देशिका सञ्चालनमा आएपछि नेपाल सरकारका तीनै तहका सबै कार्यालय र निकायले तोकिएका सामाजिक सञ्जालको अनिवार्य प्रयोग गर्नेछन् । यसबाट सरकारी कामकाज र सेवाको सेवाग्राहीमा व्यवस्थित प्रचार र सूचना सम्प्रेषण हुने अपेक्षा गरिएको छ ।

५ घरमा आगलागी,१७ लाख बढीको क्षती संगै रौतहटको सम्पुर्ण पालिकामा दमकल खरिद गर्न पहल 

रौतहट २५  चैत। रौतहटको दक्षिणिभेग राजपुर नगरपालिका ९ बैरिया गाँउमा ५ वटा घरमा आगलागी हुँदा लाखौं को क्षति भएको छ। स्थानिय रुपनरायन साह कानुको घरदेखि शुक्रवार अपरान्ह सुरुभएको आगलागी बाट गणेश साह कानु,उधो साह कानु,महेन्द्र साह कानु,राजेन्द्र साह कानु  घर पूर्णरुपमा जलेको थियो।

आगलागीमा अन्न,लताकपडा धान, जलेर १७ लाख ३४ हजार ७०० रुपैया बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। आगलागी हुँदा गौर बाट दमकल आउँदा ढीलो भएकाले समयमा नियन्त्रण हुन नसकि पूर्ण क्षति भएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी,नेपाली सेनाको टोली र गाउँले मिलेर झन्डै ४ घण्टामा आगलागी नियन्त्रणमा लिएका थिए।

यस्ताे अवस्था राजपुरको मात्र नभई रौतहटको १८ मध्ये १६ स्थानियतहको रहेको छ। सदरमुकाम गौर,र चन्द्रपुर नगरपालिकामा मात्र बारुणयन्त्र दमकल रहेको छ। गौर चन्द्रपुर बाहेक अन्य कुनै पालिकामा आगलागीको घटना हुँदा ३० किलोमिटर टाढा बाट दमकल नपुगदै घरहरु जलेर खरानी भएकोे घटना दर्जनौं पटक भएकोे पीडितहरुले गुनासो गर्दैआएका छन ।

जिल्लाको समस्यालाई विचार गर्दै दैवि प्रकोप उदार समितीका अध्यक्ष सिडियाे धर्मेन्द्र कुमार मिश्रको  अध्यक्षतामा शुक्रवार बसेको बैठकले सबै स्थानीय तहमा वारुणयन्त्र दमकल खरिदका लागि पहल गर्ने निर्णय गरेको  छ। एउटा पालिकाले दमकल खरिद तथा सञ्चालन गर्न सक्षम नभए दुईवटा पालिकाले मिलेर खरिदका लागि पहल गर्ने, बारुण यन्त्र खरिद नहुन्जेल सम्म टयांकरमा  पानी बोकी तयारी अवस्थामा राख्न सबै जसो पालिकालाई अनुराेध गर्ने बैठकले निर्णय भएको थियो।सो बैठकमा गाैर नगरपालिकाका नगर प्रमुख शम्भु साहले आगलगीका घटना नियन्त्रण गर्न नेपाल आर्मीको ठुलो सहयोग भएको बताए । 

बैठकमा नेपाल रेडक्रस सोसाइटी का जिल्ला अध्यक्ष राजकिशोर यादवले आगलगी पिडित ५० जना परिबारलाई सहयोग गर्ने समान २४ सै घण्टा हामी संग स्टोक रहेको बताएका थिए।  रौतहट प्रहरी प्रमुख एसपी वीर बहादुर बुढामगरले विपतबाट यस आर्थिक वर्षमा हाल सम्म ८ करोड ४६ लाख, गत आबमा ६ करोड ५७ लाख रुपैया बराबरको धनमाल क्षेती भएको बताए।

राष्ट्रिय अनुसन्धानका एसपी चन्दन झाले विपद्व पछिको अवस्था कसरी टैकल गर्ने, राहत वितरणमा समस्या हुन नदिन अपनाउनु पर्ने रणनीतिक तयारीका बारे सुझाव राखेका थिए । त्यसैगरी बैठकमा प्रादेशिक अस्पताल गाैरका डा .मुरारी ठाकुरले ईमेर्जेन्सीमा डिजाष्टर मैनेजमेन्टबाट सपोर्ट मागेको सहभागि नेपाल पत्रकार महासंघ रौतहट शाखाका सभापति प्रेमचन्द्र झाले बताउनु भयो।

औषधि व्यवसथा विभाग द्वारा ४ औषधि पसलमा सिलबन्दी , विभागको पैसा खाने दाउमात्र भएकोे गुनासो

रौतहट २४ चैत। औषधी व्यवस्था विभाग शाखा कार्यालय विरगंज र जिल्ला प्रशासन कार्यालय रौतहटको संयुक्त निरीक्षण टोलीले स्थानिय मौलापुर बजारमा ४ औषधि पसलामा  सिलबन्दी गरेको छ। तर शिलबन्दी गरेर विभागको पैसा खाने दाउमात्र भएकोे गुनासो सुनिएको छ।
औषधी व्यवस्था विभाग कार्यालय प्रमुख मुकेंद्र पंजियार ,  फार्मेसी अधिकृत सरफराज अहमद खाँ र जिल्ला प्रशासन कार्यालय एवं जिल्ला प्रहरी कार्यालय प्रतिनिधि सहितकाे  टोलिले बिहीवार साँझ अनुगमन निरीक्षणको क्रममा मापदण्ड विपरित संचालन भएको भन्दै उक्त औषधि पसलहरुमा सिलबन्दी गरेको थियो।
महादेव सेन्ट्रल हस्पिटल , शान्ति सेन्ट्रल हस्पिटल ,मौलापुर पोलिक्लिनिक  र रोशनी सर्जिकल फार्मेसीमा सञ्चालन रहेको औषधि पसलमा दर्ता नभएको औषधिहरु भेटिएको , समयमा नविकरण नगर्दा विभागले रद्द गरिसकेको फार्मेसीको नाउँमा सञ्चालन तथा , विभागमा दर्ता भएको व्यवसायीको सट्टा खेतालाले  संचालन गरेकाे देखिँदा ती चारवटै पसलमा सिलबन्दी गरिएको फार्मेसी अधिकृत खाँले जानकारी दिएका छन।

उक्त औषधि पसलहरुमा बरामद अबैध औषधिहरू  बिक्री वितरण नगर्न उनले निर्देशन दिएका छन। औषधि व्यवस्था विभागले मौलापूर स्थित ४ औषधी पसलमा शिलबन्दी गरेको यो पहिलो घटना होईन। यस अघी कटहरीयामा पनि २ वटा मेडिकलमा शिलबन्दी गरेका थिए। तर कार्वाही गर्नुको साटो भित्रभित्रै लेनदेन गरेर मुद्दालाई राफादफा गरिएको थियो। रौतहटको मौलापूरमा मात्र नभई रौतहटको प्रायः सबै १८ वटै स्थानिय तहमा दर्जनौं मेडिकल, दर्जनौं अस्पताल मापदण्ड विपरित सञ्चालनमा रहेका छन। तर औषधी व्यवस्था विभाग वीरगंजले कहिलै स्थलगत अनुगमन गर्दैन।

कारण बिशेष अथवा कूनै घटना भएपछी बिभिन्न मिडियामा अस्पताल अथवा अवैधरुपमा संचालन भएको फार्मेसी बारे समाचार प्रशारण प्रकाशन भएपछी मात्र औपचारिकता पूरा गर्न औषधी व्यवस्था विभाग वीरगंजको टोली गएर शिलबन्दी गरेर आर्थिक लेनदेनको बाटो खोल्ने गरेकाे जानकारहरुले दाबी गरेका छन।

विभागको प्रमूख तथा जिम्मेवार अधिकारीले रौतहट लगायत मधेश प्रदेशमा निजि अस्पताल अथवा फार्मेसीमा देखिएकाे बेथिती बारे प्रश्न गर्दा जनशक्ति को अभावमा कार्वाही नियन्त्रण गर्न नसकेको भन्दै पन्छिने गरेका थिए। स्रोतका अनुसार प्रदेशको अधिकांस स्थानमा अवैधरुपमा संचालन रहेकाे फार्मेसी तथा निजिअस्पताल सञ्चालक संग विभागको साँठगाँठ रहेको छ। यस सम्बन्धी प्रतिक्रिया लिन विभागको टेलिफोन नम्बर ०५१५२७७५३ मा पटकपटक फोन गर्दा रिसिभ गरेन।

नाबालिकालाई बलात्कार गर्ने भारतीय नागरीक प्रहरीको फन्दामा 

रौतहट २६ चैत। रौतहटको कटहरीयामा एकजना नाबालिकालाई बलात्कार गरेको आरोपमा भारतिय नागरीक प्रहरीको फन्दामा परेका छन्। पक्राउ पर्नेमा भारत बिहार घोडासहन बजार घर भएका ३० वर्षिय धर्मेन्द्र साह सोनार रहेको प्रहारीले जनाएको छ। आरोपी सोनारको ससुराली कटहरीया बजार छेउमै रहेको छ।

शनिबार उनि ससुराली कटहरीया आएका थिए। ससुरालीको छिमेकीको घरका अभिभावक महिला पुरुष बाहिर भएको मौका छोपी दिउसो साढे दुई बजे एकजना ८ वर्षीया बालिकाको मुख थुनेर धर्मेन्द्र साहले बलात्कार गरी फरार भएका थिए।

पिडीत बालिका रोईकराई गर्दै घटना बारे आफ्नो काका र काकीलाई सुनाउँदा काकाले भाग्दैगरेका सोनार लाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय कटहरीयाको जिम्मा लगाएका थिए। ईलाका प्रहरी कार्यालय कटहरीयाका प्रमुख सई अशोक कुमार महतोले बलात्कारका आरोपी भारतिय नागरीक सोनार नियन्त्रणमा भै आवश्यक कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय गरुडा पठाइएको बताएका छन।

शनिबार दिउसो घटना पछि पीडितका काकाले आरोपी भारतिय नागरीक सोनारालाई कार्वाहिको लागि प्रहरीमा बुझाउँदा कानूनी कारवाहीमा न जान उनीमाथि धेरै दवाब आएको उनले बताएका छन। पीडितको स्वास्थ परिक्षण लगायतका प्रक्रिया सुरु गरिने ईलाका प्रहरी कार्यालय गरुडा ले जनाएको छ।

घरको छत खस्दा एकै परिवारका सात जनाको मृत्यु

एजेन्सी । फगानिस्तानको पूर्वी लघमान प्रान्तको अलिसिङ जिल्लाको ग्रामीण भेगमा अवस्थित एउटा घरको छत खस्दा एकै परिवारका सात जनाको मृत्यु भएको छ ।

प्राकृतिक प्रकोप व्यवस्थापन तथा मानवीय मामिलासम्बन्धी प्रान्तीय निर्देशक खैर मोहम्मद गाजीका अनुसार आज अपराह्न माटोको घरको छानो खस्दा एकै परिवारका सात जनाको ज्यान गएको हो । दुर्घटनामा बाबुआमासहित पाँच जना बालबालिकाको मृत्यु भएको छ ।

छतले किचेर एक आठ वर्षीया बालिका मात्र बाँच्न सफल भएकी तर उनको अवस्था पनि गम्भीर रहेको निर्देशक गाजीले बताएका छन् । घाइते ती बालिकाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

वर्षौँको युद्धले तहसनहस भएको अफगानिस्तानका ग्रामीण क्षेत्रका घरहरू प्रायः माटोले बनेका छन् । भूकम्प, वर्षा र आँधीबेहरीलगायत प्राकृतिक प्रकोप झेल्न नसक्ने त्यस्ता घरमा बस्नेहरूको जीवन सधैँ जोखिमपूर्ण हुने गरेको छ ।

यसैबीच, अफगानिस्तानको राष्ट्रिय सुरक्षा बलले पूर्वी पक्तिमा प्रान्तमा लुकाएर राखिएका धेरै घातक हातहतियार फेला फेला पारेको छ । देशको गुप्तचर निकायले तीन थान एन्टिएयरक्राफ्ट गन, ११ थान एके ४७ राइफल, सात थान आरपिजी र हजारौँ गोली फेला पारिएको बताएको छ ।

हालै सोही सुरक्षा बलले गस्तीका क्रममा पूर्वी नान्गाहार प्रान्तको कामा र गोश्ला जिल्लाबाट एके ४७ राइफलसहित विभिन्न किसिमका सानाठूला गरी एक सय ९७ थान हतियार बरामद गरेको थियो ।