उप-निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्च निर्धारण

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने अधिकतम हद (सीमा) निर्धारण गरेको छ ।

आयोगको आज बसेको बैठकले उपनिर्वाचनका लागि गत असोज ३१ को नेपाल राजपत्रमा तोकिए बमोजिम नै हुने गरी चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ तथा बारा जिल्ला निर्वाचन क्षेत्र नं २ का लागि २९ लाख रुपैया र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १ का लागि ३१ लाख रुपैयाँ खर्च गर्न पउने गरी सीमा निर्धारण गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरे विज्ञप्तिमा उल्लेख छ ।

आयोगले तोकेको खर्चको हदभित्र रही निर्वाचनमा खर्च गर्न र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा ९४० बमोजिम निर्वाचन खर्चको विवरण उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिमार्फत निर्वाचन परिणाम घोषणा भएको मितिले पैँतीस दिनभित्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पेस गर्नसमेत आयोगले भनेको छ ।

शेयर बजारमा सामान्य अंकको सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारका चौथो दिन बुधबासामान्य अंकले बढेर बन्द भएको छ । आज नेप्से ८.३९ अंकले बढेर एक हजार ८ सय ७५ दशमलब ०७ विन्दुमा पुगेको छ । अर्थमन्त्री रामशरण महतको नियुक्ति पछि पहिलो पटक शेयर बजारमा सुधार देखिएको छ ।    

त्यस्तै, आज ८१ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।  आज कारोबार भएका १४६ कम्पनीको शेयरमूल्य बढेको छ भने ६४ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज कालिञ्चोक दर्शन कम्पनीको शेयरमूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता २८३.५० रुपैयाँ पुगेको छ ।      

नेप्सेका अनुसार सिटिजन्स म्युचुअल फण्ड १ का लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ७.१४ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम सिमेन्टको भएको छ । यस कम्पनीको आज ६ करोड ४३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।   

आयोजना कार्यान्वयन प्रभावकारी बनाउन अर्थमन्त्रीसँग विश्व बैंक र एडिबीको आग्रह

काठमाडौं । नेपालका दुई ठूला विकास साझेदार विश्व बैंक र एसियाली विकास बैंक (एडिबी) का प्रतिनिधिले अर्थमन्त्री डा प्रकाशशरण महतसँग छलफल गरेका छन् ।

विश्व बैंकको टोलीले मङ्गलबार र एडिबीको टोलीले आज बिहान उनीसँग छलफल गरेको हो । छलफलका क्रममा ती दातृ निकायले नेपालमा लगानी गरेका विभिन्न आयोजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि पहल गर्न अर्थमन्त्रीसँग आग्रह गरेका छन् ।

“उहाँहरू नेपाललाई सहयोग गर्न उत्साहित हुनुहुन्छ, उहाँहरूको चाँसो र चिन्ता भनेको दिइएको सहयोग समयमा खर्च हुन सकेन भन्नेमा छ”, आज बिहान एडिबीका देशीय निर्देशक अर्नौड काउसिससँगको छलफलपछि प्रतिक्रिया दिँदै अर्थमन्त्री महतले भने, “आयोजनाको जग्गा अधिग्रहण (साइट क्लियरेन्स) समयमा नभएर समस्या भएको छ, त्यसकारण ठेक्का प्रक्रिया अघि बढ्न नसकेको र कामले गति लिन सकेको छैन भन्ने उहाँहरुको चासो छ ।”

छलफलका क्रममा नयाँ विकास आयोजना र कार्यक्रमबारे पनि छलफल भएको उनले बताए । “उहाँहरूले विभिन्न क्षेत्रमा सहयोग गर्न चाहन्छौं भन्नुभएको छ, एसियाली विकास बैंकले दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना र विश्व बैंकले माथिल्लो अरुण जलाशययुक्त जलविद्युत् आयोजनामा चासो देखाइरहेका छन्, त्यस्तै सडक आयोजनाहरुमा पनि बजेटरी सहयोगका लागि उनीहरुको चासो छ”, अर्थमन्त्री महतले भने ।

नेपालले अनुदान र सहुलियतपूर्ण ऋणलाई बढी प्राथमिकता दिनेबारे ती विकास साझेदारलाई आफुले जानकारी गराएको पनि मन्त्री महतको भनाइ छ । “उहाँहरुले अझै धेरै सहयोग गर्न चाहेको बताइरहँदा हामीले पनि अनुदान र सहुलियतपूर्ण ऋणलाई प्राथमिकतामा राख्ने भनेका छौं, यसमा उहाँहरु पनि सहमत हुनुहुन्छ”, उनले भने ।

नेपालको समग्र आर्थिक अवस्था सुधारका लागि सरकारले चाल्ने कदमबारे पनि विश्व बैंक र एडिबीले चासो देखाएका छन् । तात्कालिन आर्थिक समस्या र सरकारको प्राथमिकताबारे अर्थमन्त्रीसँग चासो राखेका थिए । अर्थतन्त्रमा देखिएका समस्या समाधान र मुख्यगरी खर्च गर्ने क्षमतामा देखिएको समस्यालाई बिस्तारै हटाउँदै जानेबारे प्रतिवद्ध रहेको अर्थमन्त्री महतले बताए ।

अर्थमन्त्रीका रुपमा कार्यभार सम्हालेलगत्तै महतले नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्ड, निजी क्षेत्रका छाता सङ्गठनहरु, विकास साझेदारलगायत क्षेत्रसँग परामर्श थालेका छन् । तात्कालिन अवस्थामा अर्थतन्त्रमा खस्किएको मनोबल उकास्नु आफ्नो पहिलो काम हुने पनि उनले बताउँदै आएका छन् ।

राष्ट्रपति पौडेल अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभ गरेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाट शितल निवास फर्केका छन् । उनी पेटमा समस्या आएपछि गत शनिबार अस्पताल भर्ना भएका थिए । 

राष्ट्रपति  पौडेललाई केही समय पूर्णरुपमा आराम गर्न चिकित्सकहरुले सुझाव दिएको जनाइएको छ । यसैबीच राष्ट्रपति पौडेलले आफ्नो उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, त्रिवि शिक्षण अस्पताल परिवार तथा स्वास्थ्य लाभको कामना गर्नुहुने सबैमा धन्यवाद व्यक्त गरेका उनको सचिवालयले जनाएको छ ।

अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मरासेनी, लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरी र जिन्सी शाखा प्रमुख सुरेश प्रसाद यादवलाई १ लाख ९९ हजार ८९७ रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीहरूमाथि सफ्टवेयर खरिद गरी प्रयोग नै नगरी सरकारी सम्पत्ति बदनियत पूर्वक हानि नोक्सानी गराएको आरोप छ ।

पाण्डेसहित २१ जनालाई सफाइ दिने फैसलाविरुद्ध अख्तियारले दियो सर्वोच्चमा पुनरावेदन

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व मन्त्री विक्रम पाण्डेसहित २१ जनालाई सफाइ फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

राष्ट्रिय गौरवको सिक्टा सिँचाई आयोजनामा भ्रष्टाचार मुद्दामा पाण्डेसहित २१ जनालाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेको हो ।

१३ अर्ब लागतमा एक दशक लगाएर निर्माण गरिएको नहर परीक्षणका लागि पानी छाड्दा भताभुङ्ग भएपछि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विशेषमा दायर भएका मुद्दाहरूमा विभिन्न मितिमा फैसला भएकामध्ये गैर कानुनी लाभ तथा हानी सम्बन्धी मुद्दामा उनीहरुविरुद्ध आयोगले सर्वोच्चमा पुनरावेदन गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट दुईवटा विधेयक पारित भएको छ । राष्ट्रियसभाबाट ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७’ र ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७’ सर्वसम्मतिबाट पारित भएका छन् ।

राष्ट्रियसभामा आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको तर्फबाट कृषि तथा पशुपन्छी विकासमन्त्री डा वेदुराम भुसालले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

यी दुवै विधेयक राष्ट्रियसभामा उत्पत्ति भएका थिए । राष्ट्रियसभाबाट पारित भएका यी विधेयक अब प्रतिनिधिसभामा जानेछन् । राष्ट्रियसभाको अर्को बैठक यही चैत २७ गते सोमबार अपराह्न १ बजे बस्नेछ ।

रोकिएन नेप्सेमा गिरावट

काठमाडौं । गत साताको अन्तिम कारोबार दिनदेखि ओरालो लागेको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको छ। मंगलबार पनि नेप्से परिसूचक घटेर बन्द भएको छ। आज नेप्से ५.२० अंकले घटेर एक हजार ८ सय ६६ दशमलब ६८ विन्दुमा बन्द भएको हो ।    

त्यस्तै, आज ९१ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका ८६ कम्पनीको शेयरमूल्य बढेको छ भने ११६ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै १५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।  

नेप्सेका अनुसार एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज कालिञ्चोक दर्शन कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता २५७.८० रुपैयाँ पुगेको छ । केहि दिन यता यस कम्पनीको शेयरमूल्यमा निरन्तर वृद्धि भइरहेको छ ।      

नेप्सेका अनुसार ८.५ प्रतिशत प्रभु बैंक डिभेञ्चर लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ९.२९ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज ३ करोड ३६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

मधेश प्रदेशमा सरकारबाट बाहिरिँदै एमाले

जनकपुरधाम । मधेस प्रदेशमा सबैभन्दा ठूलो दल नेकपा एमालेका चारै जना मन्त्रीले आज केहीबेरमा राजीनामा बुझाउँदै छन् ।

एमालेबाट मन्त्री बनेकाहरू भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादव, गृह तथा सञ्चारमन्त्री शत्रुघनप्रसाद सिंह, कानून–न्याय तथा प्रदेशमामिला मन्त्री राजकुमार लेखी र महिला–बालबालिका, युवा तथा खेलकुद मन्त्री मो। जैद आलमले राजीनामा दिने भएका हुन् ।

चारै जनाले मुख्यममन्त्री सरोजकुमार यादव समक्ष केही बेरमा राजीनामा बुझाउने गृह तथा सञ्चारमन्त्री शत्रुघनप्रसाद सिंहले जानकारी दिएका छन् । केन्द्रमा सत्ता समीकरण फेरिएपछि काम गर्न असहज भएकाले राजीनामा दिन लागेको उनले बताए । मधेसमा एमालेका २३ सांसद छन् ।

नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको पञ्चपुरी नगरपालिकाका तत्कालीन प्रमुख उपेन्द्रबहादुर थापासहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेका छन् ।

नगरपालिकाले उद्यमशीलता साझेदारी परियोजनाअन्तर्गत नमुना गाउँ निर्माण कार्यक्रम सञ्चालनको लागि नमुना समाज सुर्खेतसँग २ करोड २० लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उक्त नगरपालिकाका तत्कालीन नगर प्रमुख थापाविरुद्ध ५० लाख, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पित्रीभक्त गिरीविरुद्ध ३० लाख, प्रशासकीय अधिकृत हरिप्रसाद देवकोटाविरुद्ध २० लाख, लेखा अधिकृत मोहनबहादुर बुढाविरुद्ध ५० लाख, लेखापाल लक्ष्मीप्रसाद अधिकारीविरुद्ध २० लाख, नमुना समाज सुर्खेतका कार्यकारी निर्देशक लालबहादुर जिएम, नमुना समाज सुर्खेतका अध्यक्ष भूमिसरा पुलामी र नमुना समाज सुर्खेतको हकमा ५० लाख रुपैयाँ बिगो कायम गरी सजाएँ हुन र बिगो रकम जफत गर्न अख्तियारले दाबी गरेको छ ।

सुचनाको माग गर्दै रौतहट वृन्दावन नगरालिकामा १६औं दिनपनि रिले अन्सन जारी

राैतहट । राैतहट जिल्लाको  वृन्दावन नगरपालिकामा सुचनाको माग गर्दै मेयर प्रत्याशी तथा नेताहरु लगातार रिले अनशनमा बसेका छन। नेपाली कांग्रेस,एमाले, माओबादीका मेयर प्रत्याशी तथा वडा अध्यक्ष हरु, आज १६औं दिनपनि अन्सन जारी राखेका छन्।

वृन्दावन नगरपालिकामा माग गरे अनुसारको सुचना पाउं भन्दै कांग्रेस मेयर प्रत्याशी रामस्नेही यादव, एमाले मेयर प्रत्याशी प्रेम शंकर यादव, माओबादी मेयर प्रत्याशी राम प्रसाद पटेल केही वडा अध्यक्ष सहित गत ६ गते देखी रीले अन्सन बसेका छन।

उनीहरूले वृन्दावन नगर प्रमुख विनाेद पटेल कुर्मिले थाेरै समयमा धेरै भ्रष्टाचार गरेको दाबी सहित आन्दोलन मा उत्रेका छन । वृन्दावन मा   विभिन्न कर्मचारीको नाममा करिब आठ करोड रुपैया पेश्की लिई भ्रष्टाचार गरेको आरोप लगाउदै नगर प्रमुख प्रत्यासि तथा जनता समाजवादी पार्टीका नेता शेख हकिम,नगर प्रमुख प्रत्यासि राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पवन यादव , रिले अनसन बसेका हुन । वडा नम्बर २का अध्यक्ष सिकिन्द्र पटेल ,वडा नम्बर ३ का अध्यक्ष हरिनारायण साह , वडा नम्बर ४ का अध्यक्ष  श्याम नन्दन प्रसाद यादव र वडा नम्बर ५ का अध्यक्ष फेकन दास सहितका निर्वाचित  वडा सदस्यहरु रिले अनसन बसि रहेका छन ।

अन्सनकारीहरुले  २०७९ चैत्र ४ गते संयुक्तरुपमा निवेदन दिई १७ वुन्दे सुचना माग गरेका थिए । सोही बमोजिमको सुचना नपाए सम्म आन्दोलन जारी राख्ने पुर्व नगर प्रमुख राम स्नेही यादवले बताए । वृन्दावन ले सुचना दिन अझै ढिल्ला सुस्ति गरे आमरण अनसन गर्ने आन्दोलन कारीहरुले चेतावनी  दिएका छन । 

तर वृन्दावन नगरपालिकामा मेयर विनोद पटेल पक्षले नगरपालिका बाट सेवा सुविधा न पाएकाले कैयौँ नेता कार्यर्ताहरु रिले अनशनको नाउँमा नगरवासीको कामना अवरोध गरेको टिप्पणी गरेका छन। 

यसैबीच वृन्दावन नगरपालिकाले सोमबार एक प्रेस विज्ञप्ति निकालेर रिले अनसन अन्त गरि वार्तामा आउन तथा वार्ताको माध्यमबाट मात्र सूचना उपलब्ध हुने बताएको छ। तर नेपाली कांग्रेसका मेयर प्रत्याशी रामस्नेहि यादवले  निर्वाचित ४ वडा अध्यक्ष विभिन्न राजनीति दलतथा सम्पुर्ण  नगरबासीले सूचनाकोहक मार्फत  नगर प्रमुख  बिनोद प्रसाद कुर्मी सग विभिन्न शिर्षक मा खर्च गरिएको रकम को बैंक स्टेटमेन्ट सहित को कागजात हरु माग गर्दा भ्रष्टाचार को ढाकछोप गर्न  रिले अनसन कर्ता लाई सम्मान गर्नु को साटो उल्टै  सूचना द्र्‍रा गैरजिम्मेवार तथा धम्की पुर्ण भाषा को प्रयोग गरि रिले अनसन तोडेर आएमा मात्र वार्ता तथा सार्बजनिक सुनुवाइ गर्ने भनेर निकालेको सूचना को घोर भास्ना गर्द्छौ भनेका छन।  जब सम्म जिम्मेवार पुर्ण भएर सूचना को हक दिन्न नआए सम्म हाम्रो  रिले अनसन जारी रहने उनले अडान राखेका छन्।

नेपाल बिधुत प्राधिकरण मौलापुरको प्रमुखमा दिनेश यादव

लामाे समय देखि विवादको घेरामा रहेको रौतहटको नेपाल  बिधुत प्राधिकरण वितरण केन्द्र मौलापुरको प्रमुखको दिनेश यादवले जिम्मेवारी सम्भालेका छन् ।

मंगलबार आज एक कार्यक्रमका बिच प्राधिकरण मौलापुरको प्रमुखको रुपमा यादवले जिम्मेवारी संभालेका हुन। । तत्कालीन प्रमूख अरूण कुमार साहको सरुवा भएपछि उनको ठाउँमा  यादव आएका हुन् । 

 वितरण केन्द्र मौलापुरको चौथो प्रमुखको रूपमा आएका दिनेश यादवले  बिधुत चुहावट नियन्त्रण पहिलो प्राथमिकता राख्ने बताउँदै  ३९ प्रतिशत बिधुत चुहावट लाई न्युन गर्न अहोरात्र खट्ने प्रतिबद्धता जनाएका छन।

  विद्युत प्राधिकरण मौलापुर क्षेत्रमा कतै विद्युत चुवाहट अथवा सेवा प्रवाहमा सुधारको आवश्यकता देखिएमा तत्काल खबर गर्न प्रमुख यादवले सम्पूर्ण ग्राहकवर्ग आग्रह गरेका छन।

रवि लामिछानेको राहदानीसम्बन्धी मुद्दामा आज प्रारम्भिक सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बिरुद्ध सर्वोच्च अदालतमा परेको मुद्धाको प्रारम्भिक सुनवाइ आजबाट हुँदैछ ।

लामिछानेबिरुद्ध नागरिकता दुरुपयोगसम्बन्धी मुद्दा चलाउन माग गर्दै दायर भएको रिटमा आजबाट प्रारम्भिक सुनुवाइ हुन लागेको हो । त्यही प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने भनी गरेको निर्णयलाई महान्यायाधिवक्ता कार्यालयले सदर गरेको थियो । नागरिकता दुरुपयोगको उजुरीमा लामिछानेलाई गैरकानुनी रुपमा उन्मुक्ति दिइएको दाबी अधिवक्ता सफलले गरेका छन् ।

अमेरिकी नागरिक रहेकै अवस्थामा नेपाली नागरिकता दुरुपयोग गरेर राहदानी लिएको भएपनि लामिछानेविरुद्ध मुद्दा नचल्ने भनी हालै महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णय बदर हुनुपर्ने र उनीमाथि अनुसन्धान गरी मुद्दा चलाउने आदेश हुनुपर्ने मागसहित युवराज सफलले सोमबार रिट दिएका थिए । सोही रिटका आधारमा सर्वोच्चले आज पेशी तोकेको हो ।

वृद्धको हत्याकाे आरोपमा रामेछापमा ४ जना पक्राउ

रामेछाप ।  एक वृद्धको हत्या गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय, रामेछापका अनुसार गोकुलगंगा गाउँपालिका–४ बेतालीका ८४ वर्षीय सम्शेरबहादुर थापामगरको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा ४ जनलाई पक्राउ गरिएको हो ।

थापामगरको हत्या गरेको आरोपमा प्रहरीले ६२ वर्षीय मानबहादुर मगर, ५२ वर्षीय नेत्रबहादुर थापामगर, ४५ वर्षीया रामपियारी खड्का र ४५ वर्षीया अनिता भनिने मनोमाया थापामगरलाई पक्राउ गरेको हो ।गत १३ चैतमा खुकुरी प्रहारबाट टाउकोमा गहिरो चोट लागेको थापामगरलाई उपचारका लागि मन्थली ल्याउँदै गर्दा अत्याधिक रक्तस्रावका कारण बाटोमै मृत्यु भएको थियो ।

पक्राउ परेकालाई चारैजनलाई हिरासतमा राखी थप अनुसन्धान पक्रिया अघि बढाईएको प्रहरीले जनाएको छ ।



यस्तो छ आज चैत २१ गते मंगलबारको राशिफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रोजगारको अवसर मिल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) विद्या र बुद्धिको विकास हुनेछ । मङ्गल कार्यको योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । रोजगारको अवसर पनि मिल्नेछ ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मङ्गल कार्यको योग छ । चिताएको कामले तीव्रता लिनेछ । व्यापार, व्यवसायबाट फाइदा लिन सकिनेछ । महिला मित्रबाट विशेष सहयोग मिल्नेछ ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज शुभकार्यको चर्चा चल्नेछ । नयाँ काम वा रोजगार पाइन सक्छ । सामाजिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत पनि बढ्ला ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । बौद्धिकताको विकास हुनेछ ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज लाभदायक यात्रा र वैदेशिक कार्य अघि बढ्नेछ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । उपकार गरेर अरुको मन जित्न सकिनेछ ।

वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज स्वास्थ्यमा समस्या आउँदा शरीर भारी र मन अस्थिर रहन सक्छ । मनमा चञ्चलता बढ्नेछ, तर साँझमा शुभ समाचार सुन्नमा आउला ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज शुभकार्यको चर्चा चल्नेछ । आफन्तसँग भेटघाट रहनेछ । सफल यात्रा र उपहार पाइने सम्भावना छ । मनमा शान्ति पनि पनि छाउला ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अनावश्यक ठाउँमा धन खर्च हुनेछ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । मनमा दुबिधा उत्पन्न हुनेछ । बुद्धिले काम नगर्न सक्छ, सचेत रहनु होला ।

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मानसिक चिन्ता बढेपनि कार्यक्षेत्रमा प्रगति हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । धन पनि हात लाग्न सक्छ ।

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) व्यर्थको यात्रामा जान बाध्य भइएला । मन खिन्न हुने स्थिति आउनेछ । नजिक व्यक्तिबाट धोका पाइन सक्छ । पेट सम्बन्धी समस्या आउनसक्छ ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज अचल सम्पत्ति हात पर्न सक्छ । धार्मिक कार्यमा रुचि बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।