१८ जना सहसचिवको सरुवा

काठमाडौँ । १८ जना राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिवं)को सरुवा गरिएको छ । केही दिन अघिको मन्त्रिपरिषद् निर्णय अनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घ तथा प्रदेश मन्त्रालयमा कार्यरत सहसचिवहरूलाई कामकाज तथा सरुवा गरेको हो ।

समचार स्रोत अनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका रामकृष्ण लामिछाने, विन्देश्वर प्रसाद लेखक, बद्रीनाथ गैह्रे, पार्वती अर्याल र शिवकुमार कार्कीलाई क्रमशः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय९अतिरिक्त समूह० बुटवल उपमहानगरपालिका, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायण प्रसाद रेग्मीलाई सामाजिक विकास मन्त्रालय सुदूर पश्चिमको प्रदेश सचिव, अस्मान तामाङलाई श्रम, रोजगार तथा यातायात मन्त्रालय बाग्मती प्रदेश, सुरेश र त्यहाँका सुरेश राउतलाई गृह मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाका डा। नरहरिप्रसाद घिमिरेलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कर्णाली प्रदेश र त्यहाँ कार्यरत डा. लेखराज दाहाललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा ल्याइएको छ ।

प्रशासनलाई प्राप्त विवरण अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी डा. सुधा देवकोटालाई स्वास्थ्य मन्त्रालय कोसी प्रदेश, विराटनगर, र त्यहाँका अनुज भट्टचनलाई मन्त्रालय, राष्ट्रिय दलित आयोगका नारायण प्रसाद शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेश, कृष्ण प्रसाद सापकोटालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोसी प्रदेशबाट राष्ट्रिय दलित आयोगमा सरुवा गरिएको छ ।

त्यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेशका प्रदेश सचिव बद्रीराज ढुङ्गानालाई वन तथा वातावरण मन्त्रालय, आर्थिक मामिला मन्त्रालय, लुम्बिनी प्रदेश(फाजिल) का प्रदेश सचिव दीपकराज नेपाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेश, वन तथा वातावरण मन्त्रालयका सहसचिव विनोद प्रसाद देवकोटालाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेश र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कर्णाली प्रदेशका प्रदेश सचिव नवराज पुडासैनीलाई वन तथा वातावरण मन्त्रालयमा पठाइएको विवरण सम्पती न्यूजलाई प्राप्त भएको छ ।

पछिल्लो समय सरकार र कर्मचारी सरुवामै अलमल्लिएको देखिन्छ । विगत केही वर्षयता हरेक जसो सरकार गठन लगत्तै कामको थालनी नै कर्मचारी सरुवाबाट गर्ने गरेका छन् तर त्यसअनुसार उल्लेख्य काम तथा फरक भने केही देखिँदैन । जसले कर्मचारीतन्त्रलाई अस्थिर बनाएको छ भने कामकारबाही ढिलासुस्तीका कारणमध्ये एक प्रमुख कारण सरुवा बन्दै गएको छ । यसलाई व्यवस्थित गर्न जरुरी छ ।

अमेरिकामा आँधीका कारण मृत्यु हुनेको संख्या २१ पुग्यो

काठमाडौं :  अमेरिकामा आएको शक्तिशाली आँधीबाट कम्तीमा २१ जनाको मृत्यु भएको भने कयौँ राज्यलाई असर पुग्ने गरी आएको आँधीबाट घरहरु भत्किएको र बिद्युत अवरुद्ध भएको अधिकारीहरुले जनाएका छन्।  

अर्कान्ससमा तीव्र रुपमा चलेको हावाले एउटा गाडी पल्टिँदा ५ जनाको मृत्यु भएको छ। यस्तै टेनेसीमा ७, इलिनोइसमा ४ तथा इन्डियानामा ३ जनाको मृत्यु भएको छ। यस्तै अलबामा र मिसिसिपीमा पनि मानवीय हताहति भएको छ। 

अर्कान्ससमा गभर्नर सारा हुकाबी स्यान्डर्सले संकटकाल घोषणा गरे। अमेरिकाको राष्ट्रिय मौसम सेवाले अझै तीव्र गतिमा हावा चल्ने र खराब मौसमले थप प्रभाव पार्ने सम्भावना रहेको चेतावनी दिएको छ। 

अमेरिकाको पावरआउटेज वेबसाइटका अनुसार ओहियो र पेन्सिलभेनिया राज्यसहित कयौँ राज्यमा झण्डै ६ लाख मानिस विद्युतविहीन भएका छन्। रुखहरु ढल्दा सडकसमेत अवरुद्ध भएका छन्।

रसुवागढी–केरुङ नाका : आजदेखि पूर्णरूपमा सञ्चालनमा आउँदै

काठमाडौँ । रसुवागढी-केरुङ नाका पूर्ण रूपमा सञ्चालनमा आएको छ। 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार शनिवारबाट उक्त नाका पूर्ण रूपमा सञ्चालनमा आएको हो । 

गत बुधबार बसेको नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको बैठकले रसुवागढी–केरुङ निकास र प्रवेशद्वारलाई दुईतर्फी व्यापार र मानव आवतजावतका लागि पूर्णरूपमा सञ्चालन गर्ने सहमति गरेको थियो, जसअनुसार आजबाट तातोपानी–झाङ्मु हुँदै दुईतर्फी व्यापार र यारी–पुलाङबाट मानव आवागमन खुला हुनेछ। 

कोरोना महामारीपछि लामो समय बन्द रहेको यो नाका अहिले आंशिक रूपमा सञ्चालन भइरहेको छ। सिन्धुपाल्चोकको तातोपानी नाका पनि मे (may) १ देखि पूर्ण रूपमा सञ्चालन गर्ने सहमति भएको छ। 

चीनसँगका यी दुई नाका पूर्णरूपमा नचल्दा चीनबाट नेपालमा हुने आयातका लागि तेस्रो देशको बाटो प्रयोग गर्नुपरेको थियो, जसले समय र मूल्य बढेर व्यवसायी र उपभोक्ता मारमा परेका थिए।नेपाली पक्षले काठमाडौं– ल्हासा सिधा उडान सकेसम्म चाँडो पुनः सञ्चालन गर्न पनि अनुरोध गरेको छ। 

यस्तो छ आज तपाईंकाे राशिफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनेछ कष्टकर यात्राका साथै मन कमजोर रहला । आँटेको काममा अवरोध आउनसक्छ ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । अल्छीपना पनि बढ्नेछ ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । अरुलाई प्रभावित पारेर काम बन्नेछ । लाभदायी यात्रा पनि हुनेछ ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज कुनै कुरामा वैचारिक मतभेद सिर्जना हुनसक्छ । सानातिना समस्यामा अल्झनुपर्नेछ । पारिवारिक समस्या पनि बढ्न सक्छ ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आँटेको र ताकेको कार्य पुरा होला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज समयलाई मध्यनजर गर्दै काम गर्नुपर्छ नत्र समस्या बढ्न सक्छ । नियमित खर्चसमेत बढ्ने योग छ, तर साँझमा मन प्रसन्न रहनेछ ।

वृष ९इ, उ, ए, ओ, वा, वि, वु, वे, वो० आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । अरूको भर नपरी सही निर्णय लिन सके थप सफलता र अवसर प्राप्त होला ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । साङ्गीतिक क्षेत्रमा रुचि पनि बढ्नेछ ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ ।

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवन पनि सफल रहनेछ ।

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) भाग्यले साथ दिनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आफन्तसँग भेटघाट पनि हुनेछ ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज रमाइलो यात्राको योग रहेको छ । आफन्तबाट सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ ।

आज प्रतिनिधि सभा बैठकको, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (आइतबार) दिउँसो १ बजे बस्ने भएको छ ।

उक्त बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन २०७८/०७९०’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यसैगरी प्रतिनिधि सभा नियमावली मस्यौदा प्रतिवेदन दफावार छलफल पछि पारित गर्ने अर्को कार्यसूची पनि छ ।

प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले त्यसको प्रस्ताव गर्नेछन् । त्यसमा परेका संशोधन प्रस्तावहरु निर्णयार्थ प्रस्तुत गर्ने र पुनः सभापति केसीले प्रतिवेदन पारित गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।