सामान्य अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज सोमबार कारोबार सुरु भएदेखि नै उत्तारचढाव आएको छ । तर, नेप्से अन्ततः झिनो अंकले बढेर बन्द भएको छ । आज नेप्से २.७१ अंकले बढेर एक हजार ८ सय ८८ दशमलब ३२ विन्दुमा बन्द भएको हो ।   

त्यस्तै, आज ७५ करोड १३ लाख ३० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका १२० कम्पनीको शेयरमूल्य बढेको छ भने ८५ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै १५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।         

नेप्सेका अनुसार एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज पिपुल्स पावर कम्पनीको शेयरमूल्य ८.११ प्रतिशतले बढेर प्रतिकित्ता ३०० रुपैयाँ पुगेको हो ।                  

नेप्सेका अनुसार कालिञ्चोक दर्शन लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कालिञ्चोक दर्शन लिमिटेडको भएको छ । यस कम्पनीको आज ८ करोड ८१ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । 

यस्तो छ आज ११ बैशाख २०८० साेमबारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शुभकार्यको चर्चा चल्नेछ । परोपकारमा रुचि बढ्नेछ । चलाखीपूर्ण बोलीले काम बन्न सक्छ र बन्धु बान्धवबाट सहयोग पनि मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आजको इच्छा र आकाङ्क्षा पूर्ण हुन सक्छ । जोशजाँगर र हिम्मत बढ्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । सन्तान सुख पनि मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज मन खिन्न हुने स्थिति आउन सक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । दबाब र तनाव र मानसिक चिन्ता बढेको महसुस हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । बौद्धिक विकास होला । धार्मिक यात्राको योग पनि छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) रमाइलो यात्राको योग रहेको छ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । नयाँ कार्यको योजना बन्नेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) समाज सेवामा मन लाग्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्ला । शत्रु पराजित पनि हुनेछन् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज सरकारी निकायको भय रहला । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कुनै कुराले मन प्रसन्न रहला । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । प्रेमीको सहयोग पनि पाइनेछ, तर स्वास्थ्य प्रति चैं सजग रहनु होला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । पुनर्मिलनको योग रहेको छ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आजको दिन प्रतिकूल समय छ, संयम रहनु होला । बोलीको विपरीत अर्थ लाग्न सक्छ । जिद्दीपनाले गर्दा काम बिग्रने र प्रेममा मनमुटाव आउला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) दाजुभाइ, दिदीबहिनीले तपाईँका सकारात्मक विचारलाई समर्थन गर्नेछन् । पुनर्मिलनको योग रहेको छ । बिनाप्रतिस्पर्धा फाइदा पनि हुन सक्छ ।

बजेट अभावको कारण २२ हजार पूर्वशिक्षकले पाएनन् पेन्सन

काठमाडौं । बजेट अपुगको कारण करिब २२ हजार  पूर्वशिक्षकले चैत महिनाको पेन्सन पाएको छैन ।

निवृत्तिभरण लिने ५० हजारमध्ये ३० हजार शिक्षकले मात्र चैत महिनाको रकम पाएका छन् । बाँकी २२ हजारको निवृत्तिभरणको लागि बजेट अपुग भएको निवृत्तिभरण व्यवस्थापन कार्यालयका प्रमुख विष्णुप्रसाद खरेलले बताए ।

अर्थ मन्त्रालय मातहतको निवृत्तिभरण व्यवस्थापन कार्यालयका अनुसार झण्डै २२ हजार पूर्व शिक्षकले चैत्र महिनाको पेन्सन नपाएका हुन ।
उनका अनुसार,पेन्सन थाप्ने ५० हजारमध्ये ३० हजार शिक्षकले मात्र चैत महिनाको रकम पाएका छन् । बाँकी २२ हजारको निवृत्तिभरणको लागि बजेट नपुगेका कारण रोकिएको हो ।

तनहुँ-१ मा १८ वडाको मतपरिणाम सार्वजनिक

तनहुँ । तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा ४२ मध्ये १८ वडाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेको फराकिलो मतान्तर कायमै छ ।

उनले ११ हजार ८४५ मत प्राप्त गरेका छन् । वाग्लेका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ७ हजार ५९ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा (एमाले)का उम्मेदवार सर्वेन्द्र खनालले ४ हजार ३३ मत प्राप्त गरेका छन् ।

बारा २ मा उपेन्द्र यादवलाई सुरुवाती अग्रता

बारा । बारा २ को उपनिर्वाचनको मतगणनामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सुरुवाती अग्रता लिएका छन् ।

सोमबार दिउँसो मतगणना सुरु भएपछि पहिलो पटक सार्वजनिक भएको मतपरिणाममा यादवले २२४ मतसहित अग्रता लिएका छन् ।

त्यस्तै जनमत पार्टीका शिवचन्द्र कुशवाहले १७०, नेकपा एमालेका पुरुषोत्तम पौडेलले १६६ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ८० मत पाएका छन् भने आम जनता पार्टीका अरुण ज्ञवालीले १२ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ 

बारा-२ मा मतगणना सुरु 

बारा – बारा-२ मा मतगणना सुरु भएको छ। बिहान बसेको सर्वदलीय बैठकले मतगणना बिहान ११ बजेबाट मतगणना गर्ने निर्णय गरे पनि करिब दुई घण्टा ढिलो गरी मतगणना सुरु भएको हो।

मतगणना सुरु गर्दा विवाद भएको थियो। सिके राउत नेतृत्वको जनमत पार्टीले मतपेटिका सिल तोडिएको भन्दै विरोध गरेपछि सुरु नहुँदै मत गणना केही समय रोकिएको थियो। 

उक्त क्षेत्रमा जनता समाजवादीका पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल, जनमत पार्टीबाट शिवचन्द्र प्रसाद कुशवाह र नेकपा एमालेवाट पुरुषोत्तम पौडेल उम्मेदाबार छन्।

यस्तो छ आज १० बैशाख २०८० आइतबारको राशिफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आँटेको र ताकेको कार्य पुरा होला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । सामान हराउने योग छ, तर विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दाम्पत्य जीवन सुखमय हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ, तर यात्रामा सावधानी अपनाउनु पर्नेछ र तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज सामाजिक र राजनैतिक कार्यमा बाधा आउनेछ । स्वास्थ्यमा पनि समस्या आउन सक्छ, तर अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सामाजिक कार्य सफल नै रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्ला ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रेम र मित्रताको बन्धन कसिने बेला छ । नयाँ कार्यको योजना बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज नयाँ कार्यको योजना बन्नेछ । बौद्धिक काममा सफलता मिल्ने र मन प्रसन्न रहनेछ । प्रेम जीवन सफल र लाभदायक यात्रा पनि हुनेछ ।

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज शुभ र मङ्गल कार्यको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । कुनै कुराले मन प्रसन्न रहला र शेयर बजार लगायत आर्थिक क्षेत्र राम्रै रहला ।

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज अधुरो काम पूरा होला । पारिवारिक सुखले प्रफुल्लित भइनेछ । कृषि कार्य अघि बढ्नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रेममा मनमुटावका साथै मन कमजोर रहला । आफ्नो अधिकार प्रातिका लागि संघर्ष गर्नु पर्ला । शिक्षामा वाधा आउनेछ । मन पनि विचलित रहनसक्छ ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज शुभकार्यको चर्चा चल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । सामाजिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ ।

पश्चिम र पूर्वी पहाडी भू-भागको थोरै स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं ।आंशिक मौसम बदली भइ आज देशको पश्चिमी तथा पूर्वी पहाडी भू-भागका केही स्थानमा हल्का तथा क्षणिक वर्षा हुनेछ ।

कोशी तथा मधेश प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ । तराईका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ ।

यसैगरी, राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिनिधि सभाका तीन वटा निर्वाचन क्षेत्रमा आज उपनिर्वाचन हुँदै

काठमाडौं । चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा आज आइतबार उपनिर्वाचन हुँदै छ । राष्ट्रिय स्तरमा चर्चित नेताहरू चुनावी मैदानमा रहेकोले यो उपनिर्वाचनमा सबैको ध्यान तानेको छ । निर्वाचन आयोगले उपनिर्वाचनको लागि व्यवस्थापन, सुरक्षा प्रबन्ध, जनशक्ति व्यवस्थापन लगायत सबै तयारी शनिबार नै पूरा भइसकेको जनाएका छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनको सुरक्षा व्यवस्थापनको लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी परिचालन गरिसकेको बताउनुभयो ।

बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि, चितवन २ बाट निर्वाचित रवि लामिछाने नागरिकता प्रकरणमा कसुरदार ठहर भएपछि र तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यी स्थानमा सांसद पद रिक्त भएकाले तीनवटै स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । मतदानका लागि तीन वटै क्षेत्रमा सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

तीन वटा क्षेत्रका साढे तीन लाख मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् ।

आयोगले कुनै पनि भय, प्रलोभन वा आग्रहमा नपरी आफ्नो मताधिकार प्रयोग गर्न मतदातालाई आग्रह गरेको छ ।

निर्वाचन सुरक्षाका लागि नेपाली सेनासहित सशस्त्र र नेपाल प्रहरीको तीन घेराको सुरक्षा लागू गरिने निर्वाचन आयोगले जनाएको छ । आइतबार दिनभर ती निर्वाचत क्षेत्रमा अत्यावश्यक बाहेक अरु सवैखाले यातायात रोकिएको छ ।

निर्वाचन आयोगले निर्वाचनसम्बन्धी प्रचलित कानुन, निर्देशिका, कार्यविधि तथा आयोगको निर्देशनविपरीतका यस्ता निर्णय बदर गरी प्रचलित कानुनबमोजिम मात्र हुने गरी प्रतिनिधि सभा सदस्य उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष गर्न आयोगले निर्देशन दिएको छ ।

यातायात रोकिँदा पर्यटकीय शहर पोखरा जाने र पोखराबाट मुग्लिनतर्फ आउने सवारी साधन पनि दिनभर रोकिने भएका छन् । यो निर्वाचनलाई परम्परागत पुराना राजनीतिक दल र एकाएक उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीबीचको शक्ति परिक्षणको रुपमा हेरिएको छ ।

पाकिस्तानमा सडक दुर्घटना हुँदा सात जनाको मृत्यु

इस्लामावाद– पाकिस्तानको पञ्जाब प्रान्तमा शनिबार बिहान भएको सडक दुर्घटनामा सात जनाको मृत्यु भएको छ ।

पूर्वीपाकिस्तानको पञ्जाब प्रान्तमा आज बिहान भएको सडक दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । दुर्घटनामा चार जना महिला र तीन जना बालबालिकाले ज्यान गुमाएका प्रहरीले जनाएको छ ।

पञ्जाब प्रान्तका लोधरान जिल्लामा उक्त दुर्घटना भएको हो । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । चालक निदाएका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । नियमित मर्मतसम्भार नभएका सडक र सवारी, सवारी नियमको पालनामा हेलचेक्र्याइँका कारण पाकिस्तानमा प्रायः सडक दुर्घटना हुने गरेका छन् ।

चन्द्रागिरि नगरपालिकामा भोलि सार्वजनिक बिदा

काठमाडौँ। काठमाडौँको चन्द्रागिरि नगरपालिकाले मातातीर्थ मेलाको अवसरमा बिहिबार सार्वजनिक बिदा दिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवनप्रसाद आचार्यले चन्द्रागिरि नगरपालिकाको नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार मातातीर्थ औँसीको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिए ।

नगरपालिकाले सार्वजनिक बिदा दिएसँगै भोलि चन्द्रागिरिभित्रका सबै वडा कार्यालय, विद्यालय र स्वास्थ्य संस्थाहरू बन्द हुनेछन् । मातातीर्थ औँसी (आमाको मुख हेर्ने औँसी)का दिन चन्द्रागिरि–६ महादेवस्थानमा रहेको मातातीर्थ कुण्डमा मेला लाग्ने गर्दछ ।

मातातीर्थ औँसीको दिनमा उक्त क्षेत्रमा आज साँझदेखि बत्ती बाल्ने तथा भोलि कुण्डमा स्नान गर्ने कार्यक्रम रहेको छ ।

बैशाख ९ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्नेछ ।

  • मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । सहकर्मीबाट विरोध आउनसक्छ । नियमित खर्चसमेत बढ्ने योग छ ।

  • सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । शेयर बजाको कारोबारमा पनि सफलता पाइएला ।

  • तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । ससाना समस्यामा अल्झनुपर्नेछ । स्वास्थ्यमा खर्च बढ्नेछ, तर नयाँ लगानीको अवसर भने मिल्नेछ ।

  • धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । धार्मिक / सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । घरमा अतिथिको आगमन हुनेछ ।

  • कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा बढी सतर्कता अपनाउनुहोला । आर्थिक क्षेत्रमा पनि सङ्कट र चिन्ता बढ्न सक्छ ।

  • वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

महत्त्वपूर्ण कामको थालनी हुनेछ । लक्ष्मी प्रसन्न हुने योग छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

  • कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

लाभदायक यात्रा हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।

  • कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

शुभारम्भको चर्चा चल्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । रोकिएको काम सुरु हुन पनि सक्छ ।

  • वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ, तर शेयर बजारको कारोबारमा सफलता नपाइएला ।

  • मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथिको आगमन हुनेछ । साथीभाइले सहयोग जुटाउनेछन्, शेयर बजारको कारोबार कमजोर रहला ।

  • मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आज धार्मिक क्षेत्रको भ्रमण हुनेछ । आफन्तसँग भेटघाट हुनेछ । साँझमा अधुरा काम बन्न सक्छ , तर नियमित खर्चसमेत बढ्ने योग पनि छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

कोरोनाबाट थप एक जनाको मृत्यु, १०६ जना संक्रमित थपिए

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। 

पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मृतक पुरूष ७८ वर्षका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्राबार मात्रै थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ८८३ नमुनामध्‍ये ५८१ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना र १ हजार ३०२ जनाको एन्टीजेन परीक्षण गर्दा ४२ जना गरी १०६ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै, कोरोना संक्रिय संक्रमितको संख्या ४१४ पुगेको छ भने संस्थागत आईशोलेशनमा २५ जना, आईसीयूमा ७ जना र भेन्टिलेटरमा ३ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

संक्रमण दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले कोरोनाविरुद्धको बुस्टर डोज लगाउन सबैमा आग्रह समेत गरेको छ

ओमानविरुद्ध नेपालको शानदार जित

काठमाडौँ । एसिसी मेन्स प्रिमियर क्रिकेट कपअन्तर्गत दोस्रो खेलमा पनि नेपालले शानदार जित हात पारेको छ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओमानमाथि ८४ रनको शानदार जित हात पारेको हो।

२ सय ४७ रनको लक्ष्य नेपालले ४४ ओभर ४ बलमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा अर्जुन साउदले ६७ तथा कप्तान रोहित पौडेलले ५८ रन बनाए । दीपेन्द्रसिंह ऐरी ५९ रनमा आउट भए । ओमानका लागि कप्तान जिशान मकसुदले २ विकेट लिए ।

यसअघि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४६ रन बनायो । ओमानका लागि शोएब खानले १ सय १० रन बनाए । ओपनर जतिन्दरसिंह ४२ रनमा आउट भए ।

नेपालका लागि किशोर महतोले ३ तथा प्रतिश जी.सी र सूर्य तामाङले समान २-२ विकेट लिए । एसीसी प्रिमियर कप मंगलबारदेखि सुरु हुनेछ ।

आगो निभाउने क्रममा बालकको मृत्यु

गुल्मी । गुल्मीमा आगलागीमा परी गम्भीर घाइते धुर्कोट गाउँपालिका–३ हाडहाडेका १३ वर्षीय दीपक मुखियाको आज बिहान उपचारका क्रममा मिशन अस्पताल, पाल्पामा मृत्यु भएको हो ।

गएराति आफ्नो परिवारका सदस्यका साथमा स्थानीय बर्दवास जङ्गलमा लागेको आगो निभाउने क्रममा मुखिया गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि राति नै गुल्मी अस्पताल तम्घास ल्याइएको थियो । यहाँ उपचार हुन नसेकपछि राति नै पाल्पा पठाइएको थियो ।

मुखियाको उपचारकै क्रममा बिहान मिसन अस्पताल पाल्पामा मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल, गुल्मीका सशस्त्र प्रहरी नायब उपरीक्षक निवनकुमार खड्काले जानकारी दिए । सोही ठाउँमा आगलागीमा परी घाइते भएका ५५ वर्षीय धनबहादुर जोगी कुँवरलाई पनि पाल्पामा उपचार हुन नसकेपछि बिहानै थप उपचारका लागि बुटवल पठाइएको छ ।