प्रमुख नापी अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले नापी कार्यालयका चाबहिलका तत्कालीन प्रमुख नापी अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मुद्दामा प्रमुख नापी अधिकृत महर्जन, नापी अधिकृत शंकर पाण्डेय, सर्वेक्षक रामनारायण यादव, मालपोत कार्यालय, चाबहिलका तत्कालीन मालपोत अधिकृत विष्णुप्रसाद काफ्ले, नायब सुब्बा उत्तम कुँवरसहित कागेश्वरी मनोहरा नगरपालिका–९ का सीताराम अधिकारी र काठमाण्डाै महानगरपालिका–९ का नवीन दाहालविरुद्ध मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

जग्गाको नक्सा आफूखुशी जोडेको र नक्सामा नभएको क्षेत्रफललाई कानूनविपरीत कित्ताकाट गरेको भन्‍दै नापी कार्यालय चाबहिलका तत्कालीन प्रमुख नापी अधिकृत दुर्गादास महर्जनसहित ८ जनाविरुद्ध विशेष अदातल काठमाडौँमा मुद्दा दायर गरीएको हो ।

अख्तियारले नापी कार्यालय चावहिलका तत्कालीन प्रमुख नापी अधिकृत दुर्गा दाश महर्जन, नापी अधिकृत रवि शंकर पाण्डेय र सर्भेक्षक रामनारायण यादवले मूलपानी १ ख कि.नं. ७०८, ७०९, ६६६ र ८१३ को कित्ताकाट गर्ने क्रममा सरकारी कागजातको रुपमा चिनिने नक्सामा अनाधिकृतरुपमा कित्ताहरुको आकारप्रकार परिवर्तन गरी नक्सा सच्याएको आरोप लगाएको छ । यो कार्यमा मालपोत चाबहिलका तत्कालीन मालपोत अधिकृत विष्णु प्रसाद काफ्ले र नायव सुब्बा उत्‍तम कुँवर तथा झापाको कमल गाउँपालिका-२ का योगेन्द्र आचार्य , काठमाडौँ कागेश्वरी मनोहरा-९ का सिताराम अधिकारी र काठमाडौँ महानगरपालिका-९ का नविन दाहालको पनि संलग्नता रहेको अख्तियारको दाबी छ ।

आचार्य, अधिकारी र दाहालले टायल चेकबाट क्षेत्रफल बढ कायम गरी नक्सा तयार गर्ने कार्यमा नापी कार्यालय, चावहिलका कर्मचारीहरुलाई परिवर्तित नक्साबमोजिमको क्षेत्रफल कायम गरी गलत लिखत पारित गर्न मतियारको रुपमा सहयोग पुर्‍याएको अख्तियारको आरोप छ ।

९ वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा ९ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । बैंक सुपरिवेक्षण विभागले नियामकीय व्यवस्था उल्लंघन गर्ने बैंकलाई नगद जरीवाना सहित कारबाही गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेकोले १० लाख रुपैयाँ नगद जरीवाना सहित कारबाही गरेको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै राष्ट्रिय वाणिज्य बैंकले सम्पत्ति सुद्धीकरणसम्बन्धी ऐन उल्लंघन गरेकोमा सो बैंकलाई १० लाख रुपैयाँ जरिवाना गरिएको छ । साउनमा कर्जा निक्षेप अनुपात कायम नगरेको नेपाल बैंकलाई १८ लाख ५९ हजार रुपैयाँ जरिवाना गरिएको छ । साउन, भदौ र असोजमा सो अनुपात कायम नगरेको नबिल बैंकलाई ६ करोड ४६ लाख जरिवाना गरिएको छ । भदौ र असोमा ग्लोबल आईएमई बैंकले सो अनुपात कायम नगर्दा ४ करोड ४२ लाख रुपैयाँ जरिवाना गरिएको छ भने सोही प्रकृतिको कारबाहीमा कृषि विकास बैंकलाई ६९ लाख ५८ हजार रुपैयाँ तथा हिमालयन बैंकलाई ७१ लाख ७२ हजार रुपैयाँ बराबर जरिवाना गरिएको छ ।

तत्कालीन एनसीसी (हाल कुमारीमा गाभिएको) र कुमारी बैंकलाई भने सचेत गराइएको छ । राष्ट्र बैंकका अनुसार कुमारीले सहुलियतपूर्ण कर्जा प्रवाह गर्दा औचित्य पुष्टि नहुनेगरी गरेको र तत्कालीन एनसीसीले सहुलियतपूर्ण कर्जासम्बन्धी एकीकृत कार्यविधिविपरित एकै समूहलाई एकभन्दा बढी सहुलियत कर्जा प्रवाह गरेका थिए । तत्कालीन एनसीसीका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले आफ्नो अख्तियारभन्दा बाहिर गई कर्जा स्वीकृत गरेकाले उनलाई ५ लाख जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ ।

पोखराको नया बिमानस्थलमा रात्रीकालिन उडान सुरु !

पाेखरा । बिहिबार पोखरामा पहिलो पटक रातको समयमा पनि विमान अवतरण भयो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको महिना दिनपछि पोखराले रात्रीकालिन उडान सुरु गरेको हो । रात्रीकालिन उडान सुरु भएपछि बुद्ध एयरले एकै रात ४ जहाज अवतरण गरायो । पहिलो जहाज भैरहवादेखी आयो । दोस्रो जहाज काठमाडौंदेखी आयो । त्यहि विमानमा स्पेनको बार्सिलोना सहरदेखी गोविन्द तिमिल्सिना पोखरा आए । बार्सिलोनाबाट काठमाडौं आउने वित्तिकै रात्रिकालिन उडानको टिकट काटी पोखरा आए । उनी विदेशबाट पोखरा आउने पहिलो याुत्र समेत बने । जुन कुरा उनले पोखरा अवतरण गरेपछि मात्रै थाहा पाए । ‘रात्रीकालिन उडान पहिलो भन्ने थाहा थिएन । काठमाण्डौंबाट मात्र होइन म आज ( बिहिबार) नै विदेशबाट आउँदै छु । त्यो भएर पनि मलाई थाहा भएन । पोखरा आएपछि मात्रै थाहा भयो’ उनले भने,‘ बार्सिलोनाबाट आएको हुँ । आफ्नो जन्मभूमीमा अवतरण गर्ने पहिलो यात्रुको सूचिमा पर्नु मेरो लागि गौरवको कुरा पनि हो ।’

सोही विमानमा पोखरा आएका नेपाल उड्डयन प्राधिकरण निर्देशक तथा राष्ट्रिय गौरव आयोजना निर्देशक समेत रहेका बाबुराम पौडेलले पोखरामा रात्रीकालिन उडानका लागि डिजाइन भएको बताए । उनले सन् १९५८ देखी पोखरामा जहाज चलेपनि रात्रीकालिन उडान नभएको बताए |

उनले अब २४ सै घण्टा उडान गर्न सकिने भएपनि अहिले १८ घण्टामात्र उडान गरिने बताए । उनले इस्टिमेट ल्याण्डिङ सिस्टम अनुसार ल्याण्ड भएको बताए । यस्तै बुद्ध एयरका ग्राउन्ड अप्रेसन प्रमुख दिलिप खड्काले आफ्नो ऐतिहासिक उडान भएको बताए । उनले तत्काल देशका चार क्षेत्रबाट पोखरालाई जोड्ने काम भएको सुनाउँदै भविष्यमा विराटनगरलाई जोड्ने जानकारी दिए । उनका अनुसार अब बुद्धले पोखरामा नियमित रात्रीकालिन उडान हुने बताए । बद्धले पहिलो जहाज भैरहवाबाट पोखरामा अवतरण गराएको थियो । दोस्रो जहाज काठमाडौंबाट तेस्रो सिमराबाट पोखरा आएको हो ।

नेपाली सेनामा चार हजार पाँच सयको जागिर खुल्यो (विज्ञापनसहित)

काठमाडौँ । नेपाली सेनाले आज (शुक्रबार) सूचना प्रकाशित गर्दै नेपाली सेनाले चार हजार ५०० जना सैन्य पदका लागि दरखास्त आह्वान गरेको हो ।

जसअन्तर्गत खुलातर्फ २ हजार ३५१ संख्या छ। यस्तै सैन्य परिवारलाई २२५, महिला ३९०, आदिवासी जनजाति ६१७, मधेशी ५४०, दलित २८७ र पिछडिएको क्षेत्रबाट ९० संख्या छुट्याइएको छ।

यीमध्ये सबैभन्दा धेरै काठमाडौँ, सुर्खेत, कास्की र बुटवलमा मा ३५०–३५० माग गरिएको छ। यस्तैगरी सुनसरीमा ३०० र बाँकेमा २५० जना माग गरिएको छ।

इच्छुकले अनलाइन मार्फत फारम भर्न सक्ने छनोट निर्देशनालय, कार्य रथी विभाग जङ्गी अड्डाले जनाएको छ ।

१८ वर्ष पूरा भई २२ वर्ष ननाघेका नेपाली नागरिकले जेठ ७ गतेसम्म आवेदन दिन सक्ने र दोब्बर दस्तुर तिरेर जेठ १४ गतेसम्म दरखास्त दिन सकिने सेनाले जनाएको छ। आठ कक्षा उत्तीर्ण व्यक्तिले पनि आवेदन दिन पाउनेछन्।

त्रिविले सार्‍यो वैशाख १० गतेको परीक्षा (सुचनासहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यही वैशाख १० गते निर्धारित स्नातक तह प्रथम वर्षका वार्षिक परीक्षाहरु एक साता पछि सारेको छ । वैशाख १० गते उपनिर्वाचन हुन लागेको भन्दै त्रिविले सो दिनका परीक्षा वैशाख १६ गतेलाई सारेको हो ।

वैशाख १० गते तनहुँ १, चितवन २ र बारा २ निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदैछ । यही दिन बिहान ७ बजे व्यवस्थापन संकायको फाइनान्स र दिउँसो १२ बजे मानविकी संकायको अंग्रेजी, नेपाली, हिन्दी, नेपाल भाषा, मैथिली र संस्कृतको परीक्षा त्रिविले तोकेको थियो ।

अब यी परीक्षाहरु वैशाख १० गते सन्चालन नगरी वैशाख १६ गते सन्चालन हुने परीक्षा नियन्त्रण कार्यालय बल्खुले जारी गरेको सूचनामा उल्लेख छ । सारिएका परीक्षाहरु यसअघि तोकिएकै समय र सेन्टरमा सन्चालन हुने सूचनामा उल्लेख छ ।

नेपालद्वारा ओमानलाई ३११ रनको विशाल लक्ष्य

काठमाडौँ । एसिसी मेन्स (Mens) प्रिमियर क्रिकेट कप अन्तर्गत ओमानविरूद्धको खेलमा नेपालले ३११ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ८ विकेटको क्षतिमा ३१० रनको योगफल तयार पारेको हो।

नेपालका लागि कुशल मल्लले कीर्तिमानी शतक प्रहार गरे। विस्फोटक ब्याटिङ गरेका मल्लले ६४ बलमा ९ चौका र १० छक्काको मदतमा १०८ रन बनाए। यो उनको एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा पहिलो शतक हो। यसअघि उनले सर्वाधिक ८१ रन बनाएका थिए।

यस्तै नेपालका लागि सोमपाल कामीले अर्धशतकीय पारी खेलेका छन्। उनले ४८ बलमा ९ चौकाको मद्दतमा ६३ रन बनाए। भीम सार्कीले ३३ रन जोड्दा आरिफ शेखले २९ रनको योगदान गरे। कप्तान रोहित कुमार पौडेलले २३ रन जोडे।

ओमानका लागि आयन खानले सर्वाधिक दुई विकेट हात पारे।

समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। प्रतियोगिताको विजेता टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि छनोट हुनेछ।

एसिया कपमा एसियाका ५ टेस्ट राष्ट्र र एसिसी प्रिमियर कपको विजेताबीच प्रतिस्पर्धा हुनेछ। एसिया कपको समूह ‘ए’ मा भारत, पाकिस्तान र प्रिमियर कप विजेता तथा समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ।

ओमानविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटमा ओमानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

टियु मैदानमा भएको टस ओमानले जितेको हो । ओमानले बलिङ रोजे पछि नेपालले पहिले ब्याटिङ गर्दैछ ।

समूह ‘ए’ मा रहेका दुई उपाधि दाबेदार नेपाल र ओमानबीचको खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केहीबेरमा सुरु हुँदैछ ।

दुवै टोलीले आफ्नो पहिलो खेल जितेका छन् । नेपालले उदघाटन खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो भने ओमानले कतारलाई ४० रनले हराएको थियो । दुवै टोली लगातार दोस्रो खेल जित्दै सेमिफाइनल यात्रालाई सहज बनाउने योजनामा छन् ।

कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ । यस प्रतियोगितामा १० राष्ट्रको सहभागिता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।

नेपाली टोलीमा एक परिवर्तन भएको छ । गुलसन झाको स्थानमा करण केसी टोलीमा फर्किएका छन् ।

टिकापुर घटनामा असक्षम ठहरिएका तत्कालिन सिडियो श्रेष्ठ गृह सचिवको दौडमा

काठमाडौ । कैलाली टीकापुर घटनाका बेला प्रजिअ रहेका राजकुमार श्रेष्ठ सम्भावित गृह सचिव बन्न चर्को लबिङमा लागेका छ्न‍्।
हाल लोकसेवा आयोगका सचिब रहेका श्रेष्ठ तत्कालीन प्रजिअको जिम्मेवारीमा रहँदा पदिय दायित्वमा बढी संबेदनसिल भईदिएको भए नेपाल प्रहरीले त्यति ठुलो क्षती ब्यहोर्नु पर्दैन्थ्यो जतिबेला सशस्त्र प्रहरीलाई अगाडि कमान्ड गर्न लगाइदिएको र संख्याको हिसाबले न्युन प्रहरी परिचालन गरेर हजारौंको भिड नियन्त्रण गर्न सम्भब हुदैन भन्ने सामान्य भन्दा सामान्य सिद्धान्तको हेक्का राख्न नसक्दा टीकापुरमा ठुलो क्षती ब्यहोरेको इतिहास एकातिर छ।

तर प्रजिअबाट त्यतिबेलाको गतिलो समन्वयको अभावले आधा दर्जन प्रहरीका परिवार आज टुहुरा बन्ने अवस्था आउदैन्थ्यो।
एउटा काबिल सिडिओ थियो भने २०७२ साल भाद्र ७ गते सोमबार एउटा प्रहरीको उच्च तहमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने सहित ८ जना सुरक्षाकर्मीले जलेर अनि भाला रोपिएर ज्यान गुमाउनु पर्ने अवस्था आउने थिएन पुर्व गृह सचिबहरुले त्यतिबेला नै प्रतिक्रिया दिएका थिए ।

बिगतमा दर्बिलो कमान्ड गरेका गृह प्रशासनको गहकिलो अनुभव भएकालाई गृह सचिब बनाउनेतर्फ चौतर्फी सोच्नुपर्ने र परिणाम दिनुपर्नेमा जिल्लाबासीको नाताले त्यत्रो घटनाको परिदृश्य बिर्सेर गृहमा भित्र्याउने हो भने प्रहरी प्रशासनसमक्ष कस्तो सन्देश प्रबाह होला र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले पटक पटक बोलेका कुरा कसरी पुरा होलान ? सचिब सरुवाको बेला यो सन्दर्भले विशेष गरि चर्चा पाएको छ।
पछिल्लोपटक बढी राजनीतिले गिजोलेको गृह प्रशासन भित्र प्रहरी संगठनलाई चलायमान बनाउन त्यस्तै पात्रको खोजि भैरहेको बेला उल्टै प्रहरीको हत्या हुँदा कम्जोर कमान्ड प्रस्तुत गर्ने पात्रलाई नै खोजेर ल्याउने हो भने प्रहरी संघ संगठनले कसरी सहयोग पुर्याउला समयमै सोचेर निर्णय लिन उपप्रधानमन्त्री श्रेष्ठलाई कतिपय शुभेच्छुकहरुले सुझाव समेत दिएको बुझिएको छ।
शुभेच्छुकहरुले दिएको सुझाव र आफुले बोलेका कुरा लाई पूरा गराउन मन्त्रीले कैलालीका तत्कालीन प्रजिअ श्रेष्ठलाई गृहमा हुल्ने मुडलाइ परिवर्तन गर्न मानवाधिकार क्षेत्रमा काम गर्नेहरुले समेत चासोका साथ राय दिन थालेका छन।
त्यसो त हालका गृह सचिब बिनोद प्रकास सिह समेत कार्यरत पदमा टिकिराख्न आरजु भाउजु देखी शक्त्तिकेन्द्र धाइरहेका छ्न्। सचिब सिहको यस पटकको दौडधुप तत्कालीन गृहमन्त्री रबि लामिछानेको राष्ट्रिय परिचयपत्र सम्बन्धी फास्ट ट्र्याकको टेन्डर प्रक्रियाले टिक्ने भन्दा नि नक्सालको रातो घरतिर बिक्ने संभावना बढेर गएको छ।श्रोतका अनुसार त्यो प्रक्रियामा सामेल हुनेहरुलाई नछाड्ने निति गृह मन्त्रालयले लिएको बुझिन्छ ।

नेप्से घटेसँगै दुई कम्पनीको सेयरमा नकारात्मक सर्किट

काठमाडौं ।आज सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आज सेयर बजार १५.७३ अंकले घटेर १९०४.४० को विन्दुमा कायम भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन विहीबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से १५.७३ अंकले घटेर एक हजार ९ सय ४ दशमलब ४० विन्दुमा बन्द भएको हो । बुधबार भने नेप्से १५.१३ अंकले बढेर एक हजार ९ सय २० दशमलब १२ विन्दुमा बन्द भएको थियो ।     

त्यस्तै, आज ९८ करोड ३३ लाख ६७ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । आज कारोबार भएका ३३ कम्पनीको शेयरमूल्य बढेको छ भने १७८ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

नेप्सेका अनुसार दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज कालिञ्चोक दर्शन कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ८०७.८० रुपैयाँ पुगेको छ भने मोलुङ हाइड्रोपावरको शेयरमूल्य पनि ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता २४९.५० रुपैयाँ पुगेको छ ।  

नेप्सेका अनुसार एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ का लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य १०.०४ प्रतिशतले घटेको छ ।

सामान्यतया एक दिनको कारोबारमा कुनै पनि कम्पनीको शेयरमुल्य १० प्रतिशत भन्दा बढीले घटबढ हुन पाउँदैन । तर, आज यसको मूल्य भने १०.०४ प्रतिशतले घटेको छ । यसबारे नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीले प्राविधिक समस्याका कारण यस्तो भएको हुनसक्ने बताए । यसबारे बुझेर सच्याइने उनले बताए । 

घुससहित अख्तियारको फन्दामा परेका दुई जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायब सुब्बा रामकृष्ण पण्डित र लेखापढी व्यवसायी सुभाष चन्द्र लाल कर्णविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

भूमिसुधार तथा मालपोत कार्यालय जलेश्वरमा कार्यरत नायब सुब्बा पण्डित र भू-सेवा केन्द्र जलेश्वरका कार्यरत कर्णविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार नायब सुब्बा रामकृष्ण पंडित र भू–सेवा केन्द्र जलेश्वर महोत्तरीका लेखापढी व्यवसायी शुभाष चन्द्र लाल कर्णले जग्गा नामसारी गर्ने क्रममा सेवाग्राहीसँग घुस÷रिसवत माग गरेको पाइएको छ । आयोगले नायब सुब्बा रामकृष्ण पंडित र लेखापढी व्यवसायी शुभाष चन्द्र लाल कर्णलाई सेवाग्राहीबाट नौ हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा गत फागुन १८ गते नियन्त्रणमा लिइएको थियो । 
अनुसन्धानको सिलसिलामा नायब सुब्बा रामकृष्ण पंडितले दाखिला खारेज गरी जग्गाधनी पुर्जासमेत दिलाईदिने प्रयोजनको लागि सेवाग्राहीसँग ९ हजार रुपैयाँ घुस/रिसवत माग गरी लिई लेखापढी व्यवसायी शुभाष चन्द्र लाल कर्णलाई राख्न दिएको पाइएको छ । जुन भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि भएको छ । 

उनीहरुसंग सोहि रकम बराबरको बिगो माग गरिएको छ । उनीहरु दुई जना विरुद्ध आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जानकारी दिएको छ । 

निजगढ विमानस्थल छिट्टै शिलान्यास गर्छौं : प्रधानमन्त्री

बारा

 प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निजगढ विमानस्थल छिट्टै शिलान्यास गरिने बताएका छन्।

बिहीबार दिउँसो जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा निर्वाचन क्षेत्र नं (२ का उम्मेदवार उपेन्द्र यादवलाई विजयी गराउन बाराको गडीमाइमा सत्ता गठबन्धन दलहरूद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनका बेला मैले भनेको थिएँ, निजगढ विमानस्थल छिट्टै अगाडि बढाउँछौँ । म तपाईहरूसामु प्रतिवद्धता व्यक्त गर्छु, निजगढ विमानस्थलको गृहकार्य सम्बन्धि काम सकेर छिट्टै यसको शिलान्यास गरिनेछ । गढीमाइलाई अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बनाउन पहल हुनेछ। गढीमाइ विकास समिति बनाएर यसको संरक्षण र प्रवर्धन गरिनेछ। कोभिडको बेला बन्द भएको नाका सुचारू गरिनेछ। विद्युतीय सिंचाइँ प्रणालीमार्फत् सिंचाइँको व्यवस्था गरिनेछ। उपेन्द्रजीको नेतृत्वमा यस क्षेत्रको विकासका लागि सरकारले विशेष ध्यान दिनेछ,’ उनले भने, ‘यसपटक गाँठो पार्ने होइन, गाँठो फुकाउने राष्ट्रपति पाएका छौँ“ प्रधानमन्त्रीले भन्नुभयो, “नागरिकता समस्या मधेशको मात्र समस्या होइन, देशको समस्या हो। यो समस्यालाई दीर्घकालीन रूपमा समाधान गरिनेछ ।’

प्रधानमन्त्री प्रचण्डले थप भने, ‘यसअघि राजस्व घटेको थियोे, चोरीपैठारी बढेको थियो। अर्थतन्त्र संकटमा थियो। तर अहिले अर्थतन्त्रमा सुधार आएको छ। पर्यटक आउने क्रम बढेको छ। विदेशी मुद्राको सञ्चिति बढेको छ। विदेशमा रहेका लाखौं नेपालीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरेका छौँ। समृद्धिको दिशामा यो निकै ठूलो फड्को हो ।’

उपेन्द्र यादव देशको नेता भएको र संसदका लागि चाहिने भन्दै उनले भने, ‘उपेन्द्र यादवले जित्नु भनेको मधेशले जित्नु हो। मधेशले मात्रै नभएर देशले जित्नु हो। संघीय लोकतान्त्रिक गणतन्त्रले जित्नु हो। समग्र परिवर्तनका मुद्दाले जित्नु हो। संविधान र लोकतन्त्रको रक्षा एवं समृद्धिका लागि यो गठबन्धन बनेको हो। त्यसैले उपेन्द्रजीले जिताएर लोकतन्त्र, संविधान र समृद्धिको बाटो फराकिलो पारौं ।’

सभामा पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा निर्वाचन क्षेत्र नं.–२ का उम्मेदवार उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेता जीतेन्द्र सोनाल लगायतले सम्बोधन गरेका थिए ।

आज १२ बजे रातिदेखि मौन अवधि सुरु हुँदै, कुनै पनि प्रचारप्रसार गर्न नपाइने

काठमाडौँ । आउँदो आइतवार उपचुनाव हुने क्षेत्रमा आज १२ बजे रातिदेखि मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ । मौन अवधिमा कुनै पनि प्रचारप्रसार गर्न पाइँदैन ।

प्रतिनिधि सभा अन्तर्गत बारा–२, चितवन–२ र तनहुँ–१ मा आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

यस्तै, मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका आ–आफ्ना चुनाव चिह्न तथा प्रचारप्रसारका सामग्री हटाएको हुनुपर्ने, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत् मत माग्न र प्रचारप्रसार गर्न नहुने, अनलाइन, छापा वा अरू कुनै पनि माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचारका सामग्री पोस्ट वा सेयर गर्न नहुने पनि आयोगको आचारसंहितामा उल्लेख छ ।

निर्देशिकाविपरीत मौन अवधिमा मतदाता प्रभावित पार्ने गतिविधि गरेमा १ लाख रुपैयाँ जरिबानादेखि उम्मेदवारी रद्दसम्मको कारबाही हुन सक्ने आयोगले जनाएको छ ।

यसैबीच, उपचुनाव हुने क्षेत्रका मतदान स्थल र मतदान केन्द्र रहेका विद्यालयमा भोलिदेखि ३ दिनसम्म बिदा दिन निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ।

चुनाव हुने दिन पनि सार्वजनिक गाडी समेत चल्नेगरी सुरक्षाको व्यवस्थापन गर्न र मतदानको दिनदेखि मतगणना सम्पन्न नभएसम्म जाँडरक्सी बिक्री वितरणमा रोक लगाउन पनि आयोगले गृह मन्त्रालयलाई आग्रह गरेको छ ।

उद्योगले अहिले सम्म पाएका छैनन् मागेजति बिजुली

काठमाडाै‌ । विभिन्न उद्योगले अहिले मागेजति बिजुली सम्म पाएका छैनन् । नेपाल विद्युत प्राधिकरणले बिहान र बेलुका गरी केही घन्टा ती उद्योगहरूमा बिजुली काट्न थालेको छ। आफूहरूले मागेजति बिजुली नपाएको उद्योगीहरूले गुनासो गरेका छन्।

केही समयअघि भारतलाई बिजुली बेचिरहेको प्राधिकरणले अहिले देशभित्रका उद्योगलाई मागेजति बिजुली किन दिन सकेको छैन?

केही दिन यता तराईका उद्योग मात्र नभई घरघरमा पनि बिजुली पुर्‍याउन कठिन भइरहेको स्वीकारे।‘उद्योग मात्र होइन, कहीँकतै त हामीले घरमा पनि बिजुली दिन सकेका छैनौं’ घिसिङले भने।

उनका अनुसार यस्तो समस्या हुनुका दुई कारण छन्। पहिलो, भारतबाट आयात गरिएको बिजुली वितरण गर्न समस्या छ। अहिले नेपालले सबैभन्दा धेरै बिजुली आयात गर्ने मुजफ्फरपुर-ढल्केबर प्रसारण लाइनबाट हो। भारतबाट अहिले दैनिक  ५ सय मेगावाटको हाराहारीमा बिजुली आयात भइरहेको छ।

‘उताबाट बिजुली ढल्केबरसम्म ल्यायो तर त्यहाँबाट पूर्व-पश्चिम पठाउन प्रसारण लाइन १३२ केभिएको मात्र छ,’ घिसिङले भने,‘दुबैतिर अहिले यति धेरै माग छ कि कति ठाउँमा ब्रेकर पड्किएको छ, ट्रान्समिसनको लाइन चुँडिएको छ।’

वैशाखको सुरूमै गर्मी अत्याधिक बढेकाले तराई क्षेत्रमा अहिले बिजुलीको माग ह्वात्तै बढेको छ। मागअनुसार बिजुली पुर्‍याउने संरचना नभएका कारण भारतबाट धेरै बिजुली ल्याएर पनि बाँड्न नसकिने घिसिङले बताए। नेपालले भारतको केन्द्रीय प्रसारण लाइनबाट बिजुली ल्याउने ढल्केबर-मुज्जफरपुरबाट मात्रै हो।

अर्को कारण देशभित्रको उत्पादन पोहोरभन्दा पनि कम हुनु हो। पोहोर यतिबेला नेपालमा ११ सय मेगावाट बिजुली उत्पादन भएको थियो, यसपालि ८ सय मेगावाट हाराहारीमा मात्र बिजुली उत्पादन भइरहेको छ।

‘काबेली करिडोरमा २ सय मेगावाट बिजुली उत्पादन हुने क्षमता छ तर त्यहाँबाट अहिले ३० मेगावाट मात्र बिजुली आइरहेको छ,’ घिसिङले भने,‘देशभरिका सबै परियोजनाको हालत यस्तै छ। बिजुली उत्पादनका हिसाबले यो हिउँद सबैभन्दा सुख्खा भएको छ।’

पूर्वदेखि पश्चिमसम्म सबै परियोजनाबाट अलि धेरै बिजुली उत्पादन हुँदा ती-ती क्षेत्रमा वितरण गर्न सजिलो हुन्छ। अहिले एक-ठाउँको बिजुली अर्को ठाउँमा पुर्‍याउन संरचना नभएकाले समस्या भएको घिसिङ बताउँछन्।

‘त्यही भएर ४०० केभिएको पूर्व-पश्चिम प्रसारण लाइन छिटो बनाउनु पर्नेछ,’ घिसिङले भने। अहिले देखिएको समस्या समाधान हुन १०/१५ दिन लाग्ने उनले बताए। त्यतिबेलासम्म हाम्रो आन्तरिक क्षमता बढ्छ, त्यसले धेरै सजिलो बनाउँछ,’ घिसिङले भने।

गठबन्धनका शीर्ष नेता चुनावी सभालाई सम्बोधन गर्न बारा जाँदै

काठमाडौँ । बारा–२ मा हुने उपनिर्वाचनका लागि तय गरिएको चुनावी सभालाई सम्बोधन गर्न सत्तारुढ दलका शीर्ष नेताहरू बारा जाने भएका छन् ।

कांग्रेसका नेता रमेश लेखकका अनुसार बाराको गढीमाई मन्दिरको प्राङ्गणमा हुने चुनावी सभालाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर बारा जाने कार्यक्रम छ ।

चुनावी सभाको तयारी पूरा भइसकेकाले गठबन्धन दलका सबै शीर्ष नेताहरूले गठबन्धनका उम्मेदवार उपेन्द्र यादवलाई जिताउन उक्त क्षेत्रमा पुग्ने लेखकले बताउनुभयो ।

चुनावी सभालाई जसपाका अध्यक्ष तथा उम्मेदवार उपेन्द्र यादवसहित पाँचवटै शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ । वर्तमान सत्ता गठबन्धन दलहरूले तीनवटै निर्वाचन क्षेत्रमा उठाइएका गठबन्धनका उम्मेदवारलाई जिताउन विज्ञप्तिमार्फत पनि सबैलाई आह्वान गरेका छन् ।

दश निर्माण व्यवसायी कम्पनी कालोसूचीमा (सुचनासहित)

काठमाडौँ । विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्ने दश वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ ।

खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो ।

‘विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम १ देखि ३ वर्षसम्म काम गर्न नपाउने गरी कालोसूचीमा राखिएको छ ।’


हेर्नुस् सूचना :