आफ्नै जग्गामा अर्काको रजाइँ 

रौतहट ६  जेठ। आफनै नाममा रहेकाे पुस्तैनी सम्पती मध्ये मात्र १ कठा लम्मरि जग्गा बिक्री गर्न एक दम्पतीलाई धौधौ परेको छ। छोरीको विवाहका लागि लिएकाे ऋण तिर्नका लागि बेच्नलागेको जग्गा स्थानिय एक व्यक्तिले कब्जा गरेपछी उनको अगाडी प्रहरी प्रशासन देखि जनप्रतिनिधी सम्म निरीह देखिएका छन। रौतहटमा एक दम्पती करिब एकबर्ष देखी जग्गा बेचनको लागी भौंतारिरहेका छन। उनको जग्गा विक्री हुने क्रममा जनप्रतिनिधी देखी प्रशासन समेत बेवास्ता गर्दै आएको पीडितले दुःखेसो पोखेका छन। उनको ऋनको कथा ब्यथा सुन्ने र समस्या समाधान गर्ने निकाय भएपनि बेकामे किनभयो भन्दै प्रश्न समेत तेरसाईन।

स्थानिय कटहरिया ५ का शेख सम्सुदिन र उनकी श्रीमती खुश्बू खातुन आफनै जग्गा एकवर्ष देखि बिक्री गर्न गुजरा, कटहरिया नगरका जनप्रतिनिधी देखी, ईलाका प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय गौरमा १ चक्कर लगाई रहेकी  छन्। तर उनको ब्यथा सुनिदिने कोही भेटिएको छैन।

खुश्बू खातुनको नाउँमा साबिक प्रतापपुर पल्टुवा वडा ६ कित नम्बर  ७६९को १ कठा दर्ता कायम रहेको छ। उक्त जाग्ग केहीवर्ष अघि उनकी सासु तेतरी खातुनको नाउँ बाट नामसारीको भएर आएको हो। उनको सासू जिवित हुँदा उक्त जग्गा कटहरिया ३ का शेख मनिर ले खनजोत गर्दै आएको खुश्बू खातुन ले बताइन। सासूको मृत्यु पछि जग्गा खुश्बुको नाउँमा आएपछि कटहरिया ८ पोखरीयाका  दामोदर यादवको छोरा बिगन यादवले बलपूर्वक जोत्दै आएका छन। गतवर्ष खुश्बुले आफ्नो छोरिको बिवाह गर्दा कर्जा लागेपछी उक्त जग्गा बिक्री गर्न खोजेकी छिन्।

विगन यादवले बलपूर्वक उक्त जग्गा नियन्त्रणमा लिएर खनजोत गरी गरेकाे उनको भनाई छ। कालोपत्रे बाटो संग जोडिएको झन्डै १० लाख रुपैयाँ मूल्याङ्कन भएकाे उक्त जागा मात्र १ लाख रुपैयाँमा दिन बिगनले पटकपटक  दम्पती माथी दवाब दिंदै आएको बताएकी छन्। आफनै जग्गा नापजाँच गर्दा विभिन्न धमकी दिएको, जग्गा जोत्न नदिएको बिक्री गर्न नदिएको कारण आफूहरु विच्चलीमा परेको बताइन।

आफ्नो जग्गा छुट्याईदिन गुजरा नगरपालीका, कटहरिया नगरपालिका की उपमेयर रिता देवी यादव, वडा ५ का अध्यक्ष सार्फलाल, मेयर प्रत्यासी नसरुदिन अन्सारी लाई भनेर पटकपटक ईलाका प्रहरी कार्यालय कट हरीयामा छलफल हुँदा कसैको वास्ता नगरेको बताइन। वडा गुप्ताको भनाईमा ८ हजार लगाएर चपुर नापि कार्यालय बाट अमिन झिकाई नापी गराएर जग्गामा गाडेको किला खुटा दुईदिन भित्रै विपक्षी यादवले उखेलेर गालेको पीडित शम्सुदिनले गुनासाे गरेका छन।

त्यही समस्या लिएर जिल्ला प्रशासन कार्यालय गौरमा उजुरी दिएर पटकपटक जाँदा बेवास्ता गरेको बताए। छोरीको बिहेमा विभिन्न मानिस संग लिएको कर्जा सावाँ व्याज गरेर दिन प्रतिदिन बढ्दै गएको छ तर आफ्नै जग्गा बिक्री गर्न नपाउँदा देशका न्याय नै मरेकोहो की भन्ने चीन्ताले सताएको शेख दम्पतीले दुःखेसो पोखेको जनकपुर बाट प्रकाशित मधेश दृष्टि दैनिकमा समाचार छापिएको छ।

कांग्रेस महासमिति सदस्य गुरुङ साढे ९ कराेड ठगी प्रकरणमा पक्राउ

सिन्धुली । प्रहरीले नेपाली कांग्रेस महासमिति सदस्य कृष्ण मुरारी गुरुङलाई करिब साढे ९ करोड रुपैयाँ ठगी गरेकाे भन्दै पक्राउ गरेको छ ।

काठमाडौँ जिल्ला प्रहरी परिसर टेकुले सिन्धुली गोलन्जोर गाउँपालिका वडा नं. ४ घर भएका वर्ष ४३ वर्षीय गुरुङलाई विभिन्न व्यक्तिको नगद तथा सुनसहित करिब ९ करोड ६० लाख रुपैयाँ विभिन्न प्रलोभन देखाई ठगी गरेका आरोपमा पक्राउ गरेको एसएसपी दान बहादुर कार्कीले बताए । 

कार्कीका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरी ठगी, अपराधिक लाभ तथा आपराधिक विश्वासघात सम्बन्धी कसूरमा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

इन्डियन प्रिमियर लिग : राजस्थानले पन्जाबलाई ४ विकेटले हरायो

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले पन्जाब किंग्सलाई ४ विकेटले पराजित गरेको छ ।

गएराति हिमाञ्चल प्रदेशको धरमशालामा भएको खेलमा १ सय ८८ रनको लक्ष्य पछ्याएको राजस्थानले १९ ओभर ४ बलमा ६ विकेट गुमाएको थियो । देवदत्त पडिक्कल र यशस्वी जैसवालले अर्ध शतक बनाएका थिए । पडिक्कलले ५१ र जैसवालले ५० रन जोड्न सफल भएका थिए। शिमरोन हेटमारले ४६ रन बनाए ।

त्यस्तै, पन्जाबका कागिसो रवाडाले २ तथा साम करन, अर्शदिप सिंह, नाथन एलिस र राहुल चहारले समान १र१ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८७ रन बनाएको थियो । उसका साम करनले अविजित ४९ रन बनाए । त्यस्तै जितेश शर्माले ४४ तथा शाहरुख खानले अविजित ४१ रन जोडेका थिए ।

राजस्थानका नवदीप सैनीले तीन विकेट लिए । ट्रेन्ट बोल्ट र एडम जाम्पाले समान १/१ विकेट लिए । जितसँगै राजस्थानको १४ खेलमा १४ अङ्क भएको छ । राजस्थान तालिकाको पाँचौ स्थानमा छ । समान खेलमा १२ अङ्क रहेको पन्जाब आठौँ स्थानमा रहेको छ ।

भारतमा २ हजारको नोट नचल्ने

भारतले २ हजार रुपैयाँका नोट नचलाउने निर्णय गरेको छ। भारतको केन्द्रीय बैंकले शुक्रबार अबदेखि २ हजारका नोट बजारमा नपठाउने घोषणा गरेको छ।

सन् २०१६ मा नरेन्द्र मोदी सरकारले १ हजार र ५ सयका नोटमा प्रतिबन्ध लगाएपछि भारतीय रिजर्भ बैंकले २ हजारका नोट चलनमा ल्याएको थियो।

तर ७ वर्षमै उक्त नोट चलनचल्तीमा नरहने घोषणा गरिएको हो। रिजर्भ बैंकले सर्वसाधारणसँग भएका २ हजारका नोट बैंकमा जम्मा गर्न र बैंकहरूलाई २ हजारका नोट बजारमा नपठाउन भनेको छ।

२ हजारका नोट बैंकमा जम्मा गर्ने समय यो वर्षको सेप्टेम्बर ३० सम्म दिइएको छ। त्यतिञ्जेलसम्म २ हजारको नोटलाई वैधानिक मुद्राको मान्यता पनि रहनेछ।

यस्तो छ, ६ गते जेष्ठ २०८०, शनिवार तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
शुभारम्भको चर्चा चल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज श्रमको उचित मूल्याङ्कन हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाइएला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
प्रेममा बाधाका साथै मन कमजोर रहला । घर परिवारमा झैझमेलाको अवस्था आउला । घर परिवारमा आकस्मिक स्वास्थ्य बिग्रन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज पारिवारिक सद्भाव बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग पनि मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्ला । प्रेममा पनि सफलता प्राप्त हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

अरुलाई प्रभावित पारेर काम बन्नेछ । चलाखीपूर्ण कार्यले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पठनपाठनमा प्रगति हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज यात्रामा अवरोध र लेनदेनमा घाटा हुन सक्छ । पेटमा समस्या आउन सक्छ । दिनको उत्तरार्धमा भने मन आफन्तको साथ मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ । घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
माया प्रेममा सामीप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जानेछ । शुभ समाचार सुन्न पाइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
मन खिन्न हुने स्थिति आउनेछ । कार्य सम्पादनमा सहजता नमिल्ला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । स्वास्थ्यप्रति सजग रहनु होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोमाञ्चक यात्रा होला । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

अनुमतिबिना योगी नरहरिनाथका सामग्री प्रकाशन प्रसारण नगर्न परिषद्को चेतावनी

काठमाडौँ, ५ जेष्ठ । योगी नरहरिनाथद्धारा लिखित, सम्पादित,मुद्रित,प्रकाशित संग्रहित गोरक्ष ग्रन्थमाला आदि सबै प्रकारका सामाग्री (रेखा तथा छाँया चित्र सहित) को सर्वाधिकार योगीज्यूद्धारा स्थापित श्रीबृहद आध्यात्मिक परिषद एवम् अधिकृत उत्तराधिकारी शिष्यमा नै सुरक्षित रहेको परिषद्ले जनाएको छ । कुनै पनि ब्यक्ति,संघ,संस्थाद्वारा कुनै पनि सामाग्री उक्त संस्था तथा अधिकृत उत्तराधिकारीको  अनुमति र स्वीकृति विना पुस्तक,नाम,टाइटल,डिजाइन,चित्र आदि आंशिक या पूर्ण रुपले तोडमरोड गरी एवम् कुनै पनि भाषामा छाप्न वा प्रकाशन,प्रशारण  गर्ने काम नगरियोस् नगर्न परिषद्ले ध्यानाकर्षण गराएको छ ।
“यस परिषदको अधिकार अन्तर्गत रहेका सामाग्रीहरुको  अनधिकृत तरिकाले अनुमति बेगर अहिलेसम्म र अहिले पनि प्रकाशन तथा प्रसारण गरिएको पाइएकाले सो कार्य यथासिघ्र रोक्नका लागि सचेत गराइएकोछ ।” परिषद्द्वारा जारी विज्ञप्तिमा भनिएको छ– “अन्यथा प्रचलित कानुन अनुसार कडा कार्वाही गरिने कुरा यसै विज्ञप्तिद्वारा सम्बन्धित सवैलाई सूचना गरिएको छ । अन्यथा कडा कार्वाही  गर्न बाध्य नगराइयोस् ।”

कर्मचारीप्रति आमनागरिकको अविश्वास बढ्दो: पूर्वमन्त्री भुसाल

काठमाडौँ, ५ जेष्ठ । पूर्वमन्त्री पम्फा भुसालले सरकारी तथा सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीप्रति आम नागरिकको अविश्वास बढ्दै गएकोले जिम्मेवारपूर्ण ढंगले काम गरी जनताको विश्वास जित्नुपर्ने बताएकी छन् ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन, कर्मचारी सञ्चय कोषको शुक्रबार राजधानीमा सुरु भएको केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै पूर्वमन्त्री भुसालले कर्मचारी ट्रेड युनियनप्रति बढ्दै गएको नकारात्मक धारणा मेटाउन कर्मचारीवर्गले इमान्दारितापूर्वक कार्यसम्पादन गर्नुपर्ने बताएकी हुन् । भुसालले देश संघीयतामा गएपनि प्रशासनिक पुनर्संरचना हुन नसकेको औँल्याउदै कर्मचारी सञ्चय कोषको सेवाप्रवाहलाई आधुनिक प्रविधिको उपयोग गर्दै चुस्त दरुस्त बनाउनुपर्ने सुझाव दिइन् ।
महाधिवेशनमा बोल्दै कोषका प्रशासक जितेन्द्र धितालले कोषको समग्र विकासका निम्ति राज्य, व्यवस्थापन, कर्मचारी ट्रेड युनियन सबैबीच समन्वय भएमा मात्र संस्थामा सुमधुर कार्यवातावरण सृजना हुने बताए । प्रशासक धितालले कोषको सेवाप्रवाहलाई आधुनिकीकरण गर्दै कोषलाई नेपालको अग्रणी सामाजिक सुरक्षा संस्थाका रुपमा विकसित गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रमका संगठनका संरक्षक शंकर प्रसाद अर्यालले संगठनको तर्फबाट कर्मचारी सेवासुविधा, संस्थागत सुदृढीकरण लगायतका विषयमा व्यवस्थापनको ध्यानाकर्षण गराएका थिए । दुईदिने महाधिवेशनले संगठनको नयाँ नेतृत्व समेत चयन गर्ने संगठनका कार्यवाहक अध्यक्ष रामहरि गौतमले जानकारी दिए ।

निजी क्षेत्रलाई ऊर्जा व्यापारमा सहभागी गराइने, विपन्नलाई ५० युनिटसम्म बिजुली निःशुल्क

काठमाडौं । सरकारले खेरजाने बिजुली सस्तो दरमा उद्योगहरुलाई दिने घोषणा गरेको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले खरे जाने बिजुली उद्योगलाई सस्तो दरमा दिइने घोषणा गरेका हुन् ।

‘आन्तरिक खपत र निर्यातबाट बचेको बिजुली सहुलियत दरमा उद्योगहरूलाई उपलब्ध गराइनेछ,’ यस्तो बिजुलीले उद्योगहरूलाई प्रतिस्पर्धी क्षमतामा उत्पादन गर्न मद्दत पुग्नेछ,’ उनले भने ।

वर्षायाममा मासिक ५० युनिट र हिउँदमा मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्तालाई निःशुल्क विद्युत उपलब्ध घोषणा गरे ।

स्वच्छ छविका राईलाई किन जोडिँदै छ भुटानी शरणार्थी प्रकरणमा ?

नक्कली शरणार्थी खडा गरेर करिब ४० करोडभन्दा रुपैयाँभन्दा बढी रकम ठगीको आशंकामा नेपाल प्रहरीले हाई प्रोफाइल र बिचौलिया गरेर हालसम्म १४ जनाभन्दा बढीलाई पक्राउ गरिसकेको छ भने दुई जना फरार रहेका छन् । प्रहरीले पूर्व गृहमन्त्री बालकृष्ण खाँड, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई, संविधानसभा सदस्य आङटावा शेर्पा, बिचौलियाहरु केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, खाँडका स्वकीय सचिव नरेन्द्र केसी, रायमाझीका छोरा सन्दिप, सागर राई, सन्देश शर्मा, गोविन्द चौधरी, रामशरण केसीलाई पक्राउ गरिसकेको छ भने बादलका छोरा प्रतिक र अर्का अभियुक्त निरज हालसम्म फरार छन् ।
यसैगरी भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र समिम मियाँ पनि यसै आरोपमा पक्राउ परिसकेका छन् । २०७९ चैत १२ गतेदेखि शुरु भएको पक्राउको श्रृखंला हालसम्म जारी छ । लहरो तान्दा पहरो गर्जिएझैँ एकपछि अर्को रहस्यसँगै विभिन्न व्यक्तिहरुको संलग्नता पनि उजागर हुँदै गएको छ । यो मुद्धा जति पेचिलो बन्दै गएको छ त्यसले त्यती नै राष्ट्रिय राजनीतिमा पनि असर पारिरहेको छ ।
मुख्य ठूला दलका नेता, मन्त्री र जिम्मेवार सचिवको सँलग्नताको पुष्टिसँगै अनुसन्धानको सुई हरेक क्षेत्रमा सक्रिय रहेका व्यक्तितिर पनि सोझिएको छ । राज्यद्रोह नै गरेपछि आफू फसिने र करियर नै समाप्त हुने भएपछि कतिपयले आफ्नो बचावका लागि पनि अन्धाधुन्ध रुपमा अन्यको नाम पोलिरहेका छन् । पुष्टि हुन नसक्ने तर तथाकथित रुपमा बोलेर त्यस्ता व्यक्तिहरुको बदनाम गराउने चलखेल पनि शुरु भएको छ । पक्राउ परिसकेका व्यक्तिहरुलाई विभिन्न प्रलोभन देखाएर आफ्नो अभिष्ट पूरा गर्ने हेतुले इन्द्रजित राईलाई जबरजस्र्ती अन्यको नाम बोल्न दबाव दिइएको कुरा बाहिर आउनुले राज्य संयन्त्रमा रहेका उच्च तहका पदाधिकारी कुन हदसम्म जान सक्छन् भन्ने स्पष्ट भएको छ ।
गृह मन्त्रालयसँग सम्बन्धित नक्कली शरणार्थी मुद्धाले अन्तर्राष्ट्रिय रुपमै देशको छविलाई धुमिल बनाइरहेको छ,यसमा सँलग्न जोसुकैलाई विना दण्ड छोडिनु हुँदैन,छोडिए अक्षम्य अपराध हुने छ । अपराधीलाई कारवाहीको दायरामा ल्याउँदा यसमा सँलग्न नभएकालाई डाम्नु अपराध ठहरिन्छ । देशको प्रणालीलाई नै भताभुङ्ग पारेर स्वार्थसिद्ध गर्न पल्किने सदावहार बिचौलियाहरु अहिले प्रेमकुमार राई जस्ता क्रिम प्रशासकलाई बदनाम गराउन लागि परेका छन । यद्यपि यसमा कुनै सत्यता नभएको पुष्टि भइसकेको छ । नक्कली शरणार्थीको योजना बन्दा संयोगवश गृह मन्त्रालयको सचिव रहेका राई एक कुशल प्रशासक मात्र नभई निडर र स्वच्छ छवि भएका व्यक्तिका रुपमा परिचित छन् । उनले गरेका हरेक निर्णय पारदर्शी र प्रभावकारी भएको तथ्यलाई कागजातहरुले पुष्टि गर्दछन् । निजामती सेवाको विभिन्न तहमा रहेर सेवा प्रवाह गर्ने क्रममा उनको कार्य सम्पादन र निर्णय अझै पनि स्मरणयोग्य रहेको उनीसँग निकट रहेर काम गरेका राष्ट्रसेवक कर्मचारी मात्र नभई नागरिक समाजका अगुवाहरुले समेत बताउँदै आएका छन् ।
राष्ट्रसेवामा समर्पित रहँदा बिनास्वार्थ दत्तचित भएर काममा लागि रहने राई कालान्तरमा भ्रष्टाचार निवारण गर्ने सर्वोच्च निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्त हुँदा धेरैले सही व्यक्ति सही पदमा पुगेको भनेर प्रतिक्रिया जनाउनुले पनि उनको स्वच्छ छवि जनमानसमा झल्काउँछ ।
उच्च तहमा पुग्दा राईले राष्ट्रलाई हितको पक्षमा राई गरेका कतिपय निर्णय बिचौलिया र उच्च तहका नेताहरुलाई मन नपरेको जगजाहेरै छ । ललिता निवासको जग्गा प्रकरणको छानबिन लगायत गृह मन्त्रालयमा प्रणाली बसाल्ने जस्ता महत्वपूर्ण निर्णय गर्दा तत्कालीन गृहसचिव राई कतिपयको आखाँको कसिङ्गर नै बने । उनलाई बदनाम गराएर त्यहाँबाट हटाउन चलखेल नभएको पनि होइन तर “ न बिराउनु, न डराउनु” भनेझैँ उनी आफ्नो काममा इमान्दारीपूर्वक लागिरहे । यति मात्र होइन गृहसचिवको हैसियतमा पाउने सुरक्षालगायतका सेवा सुविधा नलिने निर्णय गरेर आफैँबाट सुशासनको शुरुवात गरेका थिए,जसले उनको कदलाई अझ अग्लो बनाएको थियो तर विडम्बना त्यो स्वच्छ छवि बनाएका राईलाई विचौलियाहरुले बाछिटा हान्ने प्रयास गरिरहेका छन् । तर उनको कार्यशैली र सादा जीवन बुझ्नेहरुलाई यो कुरा हास्यास्पद लागिरहेको छ ।
गृहसचिवको अवकाशसँगै अख्तियार प्रमुखको जिम्मेवारी पाएका राईलाई त्यहाँ जान नदिन धेरै तत्वहरु सक्रियतापूर्वक लागे । उनकै कर्मचारीतन्त्र मात्र होइन, निजी क्षेत्र, विचौलिया र दलका नेताहरु पनि उनलाई अख्तियार जान नदिन हात धोएर लागेको कतै लुकेको छैन । उनले निजामती सेवामा रहँदा गरेका कतिपय निर्णय नरुचाएकाहरु संगठित रुपमा लागेर उनलाई अख्तियार जानबाट रोक्न अन्तिमसम्म प्रयास गरे । अख्तियार पुगिसकेपछि समेत उनलाई हटाउन सर्वोच्च अदालतमा मुद्धा दायर गरेर सुशासन कायम गर्ने उनको हुटहुटीलाई रोक्ने प्रयास नभएको होइन,यद्यपि उनी देशमा भएका भ्रष्टाचार लगायतका बेतिथिलाई निर्मूल पार्ने काममा निरन्तर क्रियाशील भइरहे । सेक्यूरेटी प्रेस लगायतका ठूला मुद्धालाई उजागर गर्दै देशमा व्याप्त भ्रष्टाचारको जालोलाई उदाङ्गो पार्ने प्रयास गरे । सेटिङ्गमा देश चलाउँछु भन्ने ठूला विचौलियाहरुले उनलाई यी र यस्तै विषयमा रोक्न खोजेपनि निडरता एवं नैतिकबलका साथ अगाडि बढिरहे ।
यसैबीच नक्कली शरणार्थीको मुद्दामा उनको नाम जोडेर अनर्गल प्रचार गर्ने काम ती संगठित गिरोह र विचौलियाहरुले गरिरहेका हुन् । यसका लागि उनीहरुले मिडिया मात्र नभई सामाजिक सञ्जालमा करौडौँ खर्च गरेर यसको दुरुपयोग गरिरहेका छन् । यति मात्र होइन राईलाई फालेर त्यो ठाँउमा पुग्ने चाहना राख्ने आन्तरिक र बाह्य समूहहरु यतिबेला सक्रिय भएका छन् । राई जस्तो इमान्दार र स्वच्छ छविको व्यक्तिलाई बदनाम गराएर आफ्नो भरोसाका मान्छे त्यहाँ पुर्‍याउन सकिन्छ भन्ने प्रयास दलहरुले पनि गरिरहेका छन् । प्रेम राईलाई नजिकबाट चिन्नेहरुले उनको विषयमा गलत नबोलेपछि अत्तालिएका गिरोहले उनलाई दुई करोड गाडीको डिकीमा राखेको हावादारी र भ्रामक समाचार फैलाउने काम गरिरहेका छन् । सिंहदरबार जस्तो प्राविधिक र सुरक्षाका हिसाबले सुसज्जित ठाँउमा दुई करोड रुपैयाँ राखेको हल्ला फैलाउने, एकपटक सीसीटीभी छ भन्ने कुराको सामान्य हेक्का नराख्नुले यो अफवाह प्रायोजित रहेको पुष्टि गर्छ । दुई करोड तीस लाखका नोटका बिटा बोकेर सिंहदरबारको गृह मन्त्रालयभित्र सचिवको कक्षसम्म पुगेको र त्यो रकम लगेर पुनः गाडीको डिकीमा राखेको भन्नेजस्ता अपत्यारिला कुरालाई समेत अन्धाधुन्ध प्रचार गर्नु आफैँमा सुनियोजित षड्यन्त्र भएको कुरामा दुईमत छैन । राईलाई बदनाम गराउन जे जस्ता प्रपञ्च रचिए पनि नैतिक,आर्थिक र चारित्रिक रुपमा स्वच्छ छवि तथा अग्लो कदका राईलाई कुनै असर नपर्ने नागरिक समाजका अगुवाको दावी छ । राई र राईजस्ता स्वच्छ छवि भएका व्यक्तिको पक्षमा आम जनमानस नउठ्ने हो भने देशमा विचौलियाहरुको हालीमुहाली हुने कुरामा दुईमत छैन ।
राईलाई बदनाम गराएर संवैधानिक निकायको रुपमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि कमजोर बनाउने प्रयास हुँदैछ । यसमा नागरिक समाजका अगुवा र बौद्धिक जमात बोल्न जरुरी देखिन्छ ।
नक्कली शरणार्थी प्रकरणमा जोडिएकाहरुको बयान सकिएको छ । केही आरोपितलाई हिरासतमा यातना दिई साबिती बयान लिन खोजिएको भएतापनि कुनैपनि दृष्टिकोणमा यस प्रकरणमा प्रमुख आयुक्त राईको संलग्नता पुष्टि हुन सकेको छैन । यद्यपि प्रकरणमा नाम जोडिएका आरोपितहरुलाई पुनः दवाव र प्रभावमा पारी साबिती बयान लिनसकिने आशामा षड्यन्त्रपूर्वक दोश्रोपटक बयान दिनेगरी हाललाई बयान लिने क्रम स्थगित गरिएको छ ।एकातर्फ सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको र अर्कोतिर आरोपितहरुलाई दवाव दिई पुनः बयान लिने अवस्था सृजना गराउनु भनेको दुवैतिर तरबार देखाएर भ्रष्टाचार निवारणको जिम्मेवारी पाएको संवैधानिक अंगलाई निष्प्रभावी एवं थप कमजोर बनाउने षड्यन्त्रका रुपमा नागरिक समाजले लिएका छन् । यसबाट यो प्रकरणपश्चात् सदनमा छलफलका लागि प्रस्तुत भएका विधेयकमा भ्रष्टाचार सम्बन्धी मुद्दा पाँच वर्षपछि छानबिन गर्न नपाइने र मुद्दाको अनुसन्धान गर्नुपूर्व राजपत्रमा सूचना अनिवार्य रुपमा प्रकाशित गर्नुपर्ने जस्ता प्रावधान राख्न खोज्नुले अख्तियारलाई कमजोर बनाउने तथा राईमाथिको निर्मम प्रहारका रुपमा लिन सकिन्छ । समग्रमा यस प्रकरणको चुरो कुरो बुझी नागरिक समाजले सचेत हुँदै हाम्रा होइन राम्रा राईलाई हातोत्साहित होइन उनको अन्तस्करणको भावनालाई सम्मान गर्दै ठूला माछा समात्न उनलाई सहयोग गर्ने भूमिका निर्वाह गर्नुपर्छ । कुनै राजनीतिक शक्तिकेन्द्रको आडमा नियुक्त गरिएको भनेर प्रचार गरिएपनि राई आफ्नै दक्षता, योग्यता र क्षमताले संवैधानिक अंगका प्रमुखको रुपमा नियुक्त भएका हुन् । यसमा कसले नियुक्त गरेको भन्दापनि नियुक्ति पाइने व्यक्तिको पात्रता हेर्नु जरुरी छ । एक इमान्दार, कर्तव्यनिष्ठ र राष्ट्रभक्त राष्ट्रसेवक राईविरुद्ध भइरहेका सुनियोजित प्रहारको प्रतिकार गरी नागरिक समाजकै अभियानमा समर्थन जनाउने राईको नैतिक बललाई क्षीण हुन नदिने अभियानमा सबैको साथ र सहयोग अपरिहार्य देखिन्छ । अन्यथा सुशासनका साझा सवालमा क्रियाशील राई र नागरिक समाजको संयुक्त अभियानलाई निस्तेज पार्न लागिरपरेका तत्वहरुको प्रपञ्च बुझी सशक्त प्रतिकार गर्न ढिलाई गरेमा भविष्यमा पश्चात्तापसिवाय अन्य कुनै विकल्प रहने छैन ।
(जि.पी.सी.)

सम्बन्धित समाचार

अख्तियार प्रमुख राईको अनुकरणीय व्यक्तित्व

वडा कार्यालय निर्माणका लागि कुशवाहद्वारा २० लाखको जग्गादान

रौतहट, ५ जेठ। रौतहटको पूर्विभेज माधव नारायण नगरपालिकाका एकजना वडा अध्यक्षले वडा कार्यालय भवन निर्माणका लागी २० लाख रुपैयाँ पर्ने जग्गा दान गरेका छन। माधव नारायण ८ का वडा अध्यक्ष योगेन्द्र प्रसाद कुशवाहाले कार्यालय भवन निर्माणको लागि २० लाख रुपैयाँ पर्ने १६ धुर जग्गा दान दिएको प्रमुख प्रशासकीय अधिकृत देवनाथ यादवले बताएका छन।

दान दिईएको वडा ८ पिप्रा रजवाडामा वडा कार्यालयको भवन निर्माणका लागि शिलान्यास समेत भएको छ । माधव नारायण नगरप्रमुख बैजनाथ प्रसाद यादव र वडा  अध्यक्ष  कुशवाहाले ले संयुक्तिरुपमा  शिलान्यास गरेका छ्न । शिलान्यास समारोहमा नगर प्रमुख  यादव, वडा अध्यक्ष कुशवाहा, प्रमुख प्रशासकीय अधिकृत यादव , प्रशासन शाखा प्रमुख पृथ्वी यादव लगायतको उपस्थित रहेको थियो ।

एडिबीले दिए नेपाललाइ तीस करोड अमेरिकी डलर ऋण

काठमाडौं । एशियाली विकास बैंक (एडिबी)ले नेपालको अन्तरराष्ट्रिय व्यापार वृद्धिका लागि आवश्यक पर्ने यातायात सम्पर्क सञ्जाल सुधार गर्न तीस करोड अमेरिकी डलर ऋण प्रदान गर्ने भएको छ ।

भारत र बङ्गलादेशसँगको व्यापारिक मार्ग सुधारका निम्ति उक्त रकम ऋण उपलव्ध गराउने निर्णय भएको हो ।

दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहयोग करिडोरको हिस्साको रुपमा पूर्वपश्चिम राजमार्ग नजिक सडक परियोजना सञ्चालन हुने एडिबीका यातायात विशेषज्ञ सिन वाइ चोङले बताएका छन् ।

मनिलास्थित बैंकको प्रधानकार्यालयले बुधबार उक्त ऋण स्वीकृत गरेको हो । अब बन्ने अन्तरराष्ट्रियस्तरको उक्त सडकमा ट्राफिक सङ्केत, सडकबत्ती, पैदलमार्ग, प्रकाश प्रणाली, बस बिसौनी, पैदलयात्री क्रसिङलगायत सबै पूर्वाधार हुनेछन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेता रिजाल र मियाँलाई २ दिन हिरासतमा राखिने 

काठमाडैँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा बिहीबार पक्राउ परेका भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल र हज समितिका अध्यक्ष शमशेर मियाँलाई २ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनमा नेता रिजालले समेत मिलेमतो गरेको आशंका लागेपछि प्रहरीले उनलाई बिहीबार सोधपुछका लागि बोलाएको थियो।

बिहीबार दिउँसो शरणार्थी प्रकरणमा संलग्न नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेलगत्तै नेता रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा बिहीबार पक्राउ परेका हज समितिका अध्यक्ष मियाँ र नेता रिजाल दुवै जनालाई २ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज(शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, आज डलरको खरिद दर १३१ रुपैयाँ ८७ पैसा र बिक्री दर १३२ रुपैयाँ ४७ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ६२ पैसा र बिक्री दर १४३ रुपैयाँ २७ पैसा रहेको छ।

त्यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २० पैसा र बिक्री दर ३६ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची (सूचनासहित)

काठमाडौँ । राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ । बैठक संघीय संसद भवनमा आज दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

सो बैठकमा ‘सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली २०७५ संशोधन मस्यौदा समिति’ गठन सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी गराउने कार्यक्रम रहेको छ ।

यस्तो छ  ५ जेष्ठ २०८०, शुक्रबार आजको राशिफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । मङ्गल कार्यको योग छ ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । रोकिएका घरायसी काममा उन्नति र प्रगतिको वातावरण पनि बन्नेछ ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागीको अवसर मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । रमाइलो यात्राको योग रहेको छ ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । रमाइलो यात्राको योग रहेको छ ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नयाँ कार्यको थालनी हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) शुभ र मङ्गल कार्यको चर्चा चल्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । चिताएको कामले तीव्रता पनि लिनेछ ।

वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मित्रहरूले दिएको वचन फेरिन सक्छ । फजुल खर्चले चिन्ता बढाउनेछ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यवसायको सन्दर्भमा नयाँ योजना बन्नेछ । सन्तान सुख मिल्नेछ ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नसक्छ ।

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् ।

मकर : (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) काम बिग्रने डर छ । प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्न सक्छ । सौन्दर्यतामा धन खर्च हुनेछ । साँझपख शुभ समाचार आउन सक्छ ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । प्रेमीको सहयोग पाइनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । पारिवारिक साथ मिल्नेछ ।