नेपाल भेटेरिनरी एसोसिएसनमा नयाँ नेतृत्व

काठमाडौँ । पशुचिकित्सकहरूको संस्था नेपाल भेटेरिनरी एसोसिएसनको राष्ट्रिय सम्मेलन तथा साधारण सभा काठमाडौँमा सम्पन्न भएको छ । साधारणसभाले डा. रामकृष्ण खतिवडाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा डा. अशेष भट्टराई, महासचिव डा. केदार सुवेदी, सचिव डा. शंकर न्यौपाने, कोषाध्यक्ष डा. माननन्धर सिकेस निर्वाचित हुन भएको छ । सदस्यमा डा. सुमित शर्मा पौडेल, डा. शत्रुघन शाह, डा. नवीन पन्थी, डा. निकेश खनाल डा. मलिशा श्रेष्ठ र डा. लोकेन्द्र न्यौपाने रहनुभएको छ ।

सार्वजनिक स्वास्थ्य, शिक्षा, रेफरल अभ्यास, संरक्षणमा औषधि वा भेटेरिनरी व्यवसायमा संलग्न पशु चिकित्सकको सहभागिता रहेको सम्मेलनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय विशेषज्ञहरूले पशु चिकित्सा सम्बन्धी नवीन जानकारी दिएका थिए । अधिवेशनले नेटवर्किङ जारी राख्न विशेष सम्मेलन प्रस्ताव पारित गरेको छ ।

गोरखापत्रको सम्पादक सल्लाहकारमा उपेश महर्जन नियुक्त

काठमाडौं । गोरखापत्र संस्थानको सम्पादक सल्लाहकारमा उपेश महर्जन नियुक्त भएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले महर्जनलाई सम्पादक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो ।

कीर्तिपुर ७ काठमाडौं स्थायी घर भएका महर्जन २ वर्षका लागि नियुक्त भएका हुन । प्रेस सेन्टर नेपालका उपाध्यक्ष रहेका उनले पत्रकारिता क्षेत्रमा २४ वर्ष बिताइसकेका छन् । महर्जनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा एमफिल समेत गरेका छन् ।

कानून बाहिरबाट निर्णय गरेको छैनौँ: रेशमबारे सरकार

काठमाडौं । सरकारले रेशम चौधरीलाई आममाफी दिने निर्णय कानुनभन्दा बाहिरबाट नगरेको बताएको छ ।

आइतबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले टिकापुर घटनाका प्रमुख दोषी रेशम चौधरीलगायतलाई कानुनसम्मत माफीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको प्रष्टीकरण दिएका हुन् ।

‘रेशम चौधरीबारे बाहिर आएका विषयलाई सरकारले गम्भीरता रुपमा लिएको छ । हालै सर्वोच्च अदालतको जुन फैसला आएको छ, त्यसले उच्च अदालतको फैसलालाई सदर गरिसकेको छ। यसमा सर्वोच्चले थप निर्णय पनि गरेको छैन’, उनले भने, ‘कानुनविदहरुसँगको राय सल्लाहमै यो निर्णय भएको हो। कानुनविदहरुको राय फरक फरक हुने नै भयो। तर हामीले अहिले कानुनभन्दा बाहिरबाट गएर निर्णय गरेका छैनौँ।’

सरकारले टीकापुर घटनामा जन्मकैदको सजाय भएका रेशम चौधरीलाई माफी दिन सिफारिस गरेको छ।

आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले चौधरीलाई माफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना, प्रविधि मन्त्री रेखा शर्माले सेतोपाटीलाई जानकारी दिइन्। 

यसअघि सरकारले चौधरीलाई माफी दिने प्रस्तावबारे राय माग गर्दै राष्ट्रपति कार्यालयमा निवेदन पठाएको थियो। उक्त निवेदन अध्ययन गरी राष्ट्रपति कार्यालयले ‘प्रचलित कानुन, यस सम्बन्धमा अदालतबाट भएको फैसला र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तविपरीत नहुने गरी कानुन बमोजिम हुने गरी गर्न’ भनेर गृहमा फिर्ता पठाइएको थियो।

गृहले चौधरीबारे मन्त्रिपरिषदमा प्रस्ताव लगेपछि माफीका लागि मन्त्रिपरिषदले सिफारिस गरेको हो।

२०७२ भदौ ७ गते टीकापुरमा भएको प्रदर्शनले हिंसात्मक रूप लिँदा ८ जना प्रहरी र १ जना दूधे बालकको ज्यान गएको थियो।

जनज्योति बहुमुखी क्याम्पसको अध्यक्षमा पत्रकार कार्की निर्विरोध

रौतहट १४ जेठ। रौतहटको चन्द्रनगाहपुर स्थित जनज्योति बहुमुखी क्याम्पसको अध्यक्षमा पत्रकार सञ्जय कार्की निर्विरोध चयन भएका छन्।

  चन्द्रपुर ६ स्थित जनज्योती बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरमा व्यवस्थापन समितिको लागी निर्वाचन प्रक्रियामा अगाडी बढिसकेको समय सहमति भएको हो।  सहमति अनुसार व्यावस्थापन समितिको अध्यक्षमा संजय कुमार कार्की निर्विरोध निर्वाचित भएका छन् ।

अध्यक्ष कार्की सहित सदस्यहरुमा बालकृष्ण श्रेष्ठ ,नारायण बहादुर न्यौपाने ,श्यामलाल ठोकर ,तारादेवी सापकोटा ,चिरन्जिवी गौतम ,राजेन्द्र तिवारी,श्रृजना सुनुवार र फुलचन राई निर्विरोध निर्वाचित भएको निर्वाचन संयोजक मिश्रीलाल साहले जानकारी दिएकाछन् । कार्की चन्द्रनिगहपुर घरभई लामाे समय देखि पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका छन्।

यस्तो छ जेठ १४ गते आइतबारको राशिफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । छोटो यात्राको सम्भावनालाई नकार्न पनि सकिँदैन ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक सुख मिल्नेछ ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । लाभदायक नसोचेको ठाउँ बाट धन हात पर्नेछ । शुभारम्भको चर्चा पनि चल्नेछ ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज शुभकार्यको चर्चा चल्नेछ र मनमा शान्ति छाउनेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

बृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) तनाव बढेको महसुस हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । सन्तान पक्षको मायामा कमी आउने छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) विवाद र प्रतिस्पर्धामा सफलता मिल्नेछ । धार्मिक कार्यमा सरिक हुने सम्भावना छ । शेयर बजारको लगानीले पनि राम्रै फाइदा दिनसक्छ ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आफन्त सँग मनमुटाव बढ्ला र सामान हराउन सक्नेछ अतः सचेत रहनु उचित होला ।

बृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) बोलेको कुरा पुर्‍याउन नसक्दा सहकर्मी तथा आफन्तबाट तपाईंको आलोचना हुनेछ, तर जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज परिवारजनको साथ र सहयोगले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

काठमाडौँ । मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै छ । आइतबार बिहान १० का लागि प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषदको बैठक बोलाएको सञ्चार तथा सूचना प्रविधीमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्नेछ। 

बैठकमा १५ गते(भोलि) गणतन्त्र दिवसमा हुने कैद छुट र प्रधानमन्त्रीको भारत भ्रमणका थप एजेन्डाहरू बारे छलफल हुन सक्ने उच्च स्रोतले जानकारी दिएको छ । दुवै विषयमा अस्ति बसेको मन्त्रिपरिषद् बैठकले केही निर्णय गरेपछि सबै टुङ्गो लागि नसकेकोले आज टुङ्ग्याउने गरी बस्न लागेको एक मन्त्रीले प्रशासनसँग बताए । 

उनका अनुसार आज अरु पनि केही महत्त्वपूर्ण छलफल र निर्णय हुन सक्नेछन् । मन्त्रालयहरूका नियमित प्रस्तावहरू पनि आजको बैठकमा परेका छन् । 

विद्युत प्राधिकरण गौरका कर्मचारीले अपहरण शैली अपनाएको गुनासो

रौतहट । रौतहटको सदरमुकाम गौर नगरपालिकको पूर्व मेयर अजय कुमार गुप्ताले नेपाल विद्युत प्राधिकरण गौरका कर्मचारीले अपहरण शैली अपनाएको गुनासो गरेका छन।

मूख्य मन्त्री सरोज कुमार यादवको प्रमुख आतिथ्तामा गौर स्थित शुक्रवार एक समारोहका बीच एमाले नेता गुप्ताले विद्युत चुवाहट नियन्त्रण गर्नु प्राधिकारणको दाईत्व हो त्यसमा हस्तक्षेप गर्नुपनि हुँदैन ।तर विद्युत चुवाहट नियन्त्रणको नाउँमा घरका सबै सदस्य सुतेको अबस्थामा ढोका फोडेर कसैलाई अपहरण शैलीमा उठाएर लैजान सरासार अन्याय हो गुप्ताले बताए। यदि कोई कसैले विद्युत चुवाहट गर्छ भने स्थानीय जनप्रतिनिधिको रोहवारमा त्यसलाई पक्राउ गर्नु कार्वाही गर्नुपर्छ। तर सशस्त्र प्रहरीको आडमा कसैकाे आफन्त आईरहेको समय घारमा विशेष कार्यक्रम भएकाे समय मध्यराति उठाएर लैजानु अधिकार कुनै कानुनले दिएको छैन। यदी यस्तै रवैया रहेमा आफू लगायत सिंगो संगठन चूप लागेर नबस्ने पूर्व मेयर अजय कुमार गुप्ताले चेतावनि दिएका थिए।

एउटा सामान्य परिवारमा वर्षभरि विजुली बालेमा २०_२५ हजार भन्दा बढी विद्युत महसूल उठ्दैन। तर नेपाल विद्युत प्राधिकरण गौरका चुवाहत नियन्त्रण टोलिले समातेर ल्याउने मानिस संग ५० देखि ७५ हजार रुपैयाँ जरिबाना लिनेगरेको बताए। यस्ताे गतिबिधि नियन्त्रण गर्न गुप्ताले कार्यक्रममा सहभागी मूख्य मन्त्री यादव र सिडियो धर्मेन्द्र कुमार मिश्रको ध्यानाकर्षण गराएका थिए।

गौरका मेयर शम्भू साह द्धारा १ बर्षको उपलब्धि सार्वजनिक

राैतहट। कार्य सम्पादन तथा मूल्याङ्कनको आधारमा मधेश प्रदेशमै उत्कृष्ट गाैर नगरपालिकाका शम्भु साहले एक बर्षे उपलब्धि सार्बजनिक गरेका छन । शुक्रवार गौर नगरालिकाको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी मेयर साहले नगर विकास कोष, संघ र प्रदेशको याेजना तथा कामहरू बारे छुट्टाछट्टै जानकारी दिएका थिए। गौर नगरपालिकामा १ बर्षको अवधीमा पुँजीगत १३ करोड, राजश्व बाट ७ करोड गरी  कुल २० करोड बजेट मध्ये पुँजीगत तर्फ ५१.४२ प्रतिशत, चालुतर्फ ७१.६ प्रतिशत कुल ६२.३९ प्रतिशत खर्च भएको मेयर साहले सार्वजनिक गरेका थिए। मेयर साहले नगर विकास कोषको लगानीमा सो अवघिमा  बर्षाे देखिको अलपत्र सडक नाला तथा विधालय भवन वनाएको बताए। एक वर्षे कार्यकालमा नगर भरीमा ३ किलोमिटर  आरसिसि सडक ढलान ,३ किलो मिटर नाला ,१ किलो मिटर सडक ग्रावेल र १ किलो मिटर नया सडक ट्रायक खोलेको बताए   । उनले १० लाख माथिको १६ योजना तथा सो मुनीको दर्जनौं योजनाको काम भईरहेको बताए। गौर नगरपालिकाको धरोहरको रुपमा रहेको राइस मिलको जग्गा अधिग्रहणको लागि नगर विकास कोषको ५ करोड रुपैयाँ छुट्टै कोषमा रहेकाे मेयर साहले जानकारी दिएका थिए।

नगरप्रमुख साहले टाउन हल, विवाह मन्डप, स्मार्ट सिटि अन्तरगत  विभित्र बाटाे बन्दै गरेकाे बताए ।झुलुङ्गे पुल , कलाकुन्ज पुस्तकालय , क्भर्ट नाला ,  विधुत पाेल  ,वानेश्वर मन्दिर 

 राम जानकि मन्दिर, विभिन्न विधालयमा  तल्ला थप गराउने काम लगायत संघ बाट १२ तथा प्रदेश सरकार बाट १४ योजनाको काम भईरहेको बताए। गरेकाे बताए । ।मधेस प्रदेशमा न्युनतम सर्त मापन कार्यमा मधेस प्रदेसको१ सय  ३६ स्थानिय तहमा मा पहिलो  भएको जानकारी समेत उनले गराए । नगरपालिकाबाट सञ्चालित क्षेत्रगत योजनाहरु भौतिक पूर्वाधार तर्फ एक वर्ष देखि अलपत्र रहेके गौर २ अन्तर्गत पर्ने शिवराज मुखियाको घरदेखि शान्ता चलचित्र मन्दिरसम्मको सडक तथा नाला निर्माण गरिएको,कृषि विकास बैंकदेखि शिवालय मन्दिरसम्म सडक तथा नाला निर्माण, गौर  ४ मा वर्षौंदेखि अतिक्रमण गरी राखेको लाल बकैया नदी टतबन्धको अधिकार क्षेत्रको जग्गा अतिक्रमण मुक्त गराई गौर  २ को महादेव स्थानदेखि गौर ४ को सावणांमाई मन्दिरसम्म वैकल्पिक बाटोको रुपमा निर्माण कार्य गराईएको ,टिभी एसयूहेल्भिटासबाट ब्लैक लिस्टेड योजनाको रूपमा रहेको गौर बरहवा खोलामा फेब्रिकेटेड झलुङ्गे पुलको यसै आर्थिक वर्षमा काम सुचारु गर्न लगाई निर्माण सम्पन्न पश्चात उद्घाटन गरी समुदायलाई हस्तान्तरण गरिएको, गौर  २ वानेश्वरनाथ मन्दिर नजिक लाल बकैया नदीमा रु ४ करोड २९ लाखको लागतमा झुलुड़े पुलको निर्माणको लागि बोलपत्रका माध्यमबाट ठेक्का सम्झौता तथा शिलान्यासको काम सम्पन्न भई निर्माण कार्य सञ्चालन हुन लागेको, गौर २ मा विवाह मण्डप सहितको सामुदायिक भवन निर्माणको कार्य अगाडि बढाईएको प्रगति प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी हिंसा पिडित महिलाहरुको व्यवस्थापनका लागि गौर १ मा आश्रय स्थल निर्माण कार्य अगाडि बढाईएको,गौर ८ र ९ जोड्ने तथा कृषी क्षेत्रमा समेत टेवा पुग्ने उदेश्य राखी काली मन्दिरदेखि सेना क्याम्पसम्म सडक ढलानको कार्य सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरिएको,वर्षौदेखि कच्ची सडककै रुपमा रहेको तथा नालाको अभावमा वर्षातमा दुबान जस्तै हुने गौर ५ को कोईरी टोल अन्तर्गत पर्ने ब्रह्मदेव महतोको घरदेखि सिकिन्द्र कुशवाहाको घर हुँदै शोभाकान्त ठाकुरको घरसम्म रु ४६ लाख ७१ हजारको लागतमा सडक ढलान तथा नाला निर्माण गरिएको ,संघ, प्रदेश तथा स्थानीय सरकारबाट वेवास्ता गरिदै आएको गौर ४ गढवा टोलको चित्रगुप्त नगरदेखि गढ़वा उतरी सीमाना सम्म सडक ढलान र नाला निर्माणको कार्य प्रारम्भ गरी अन्तिम चरणको अवस्थामा रहेको ।

ऐतिहासिक महत्व बोकेको देशकै पुरानो कलाकुञ्ज पुस्तकालयको अधुरो भवन निर्माणको काम अगाडि बढाईएको । गौर नगरपालिका तथा राजदेवी नगरपालिका जोड्न गौर बरहवा खोलामा पुल कल्भर्ट निर्माणको काम अगाडि बढाईएको उल्लेख छ ।त्यस्तै आधारभुत विधालय महादेवपट्टीमा विधालय भवनको निर्माण कार्य सम्पन्न गरिएको ,गौर  ९ मा मुस्लीम समुदायको कब्रगाह जाने पक्की बाटो निर्माण गरिएको ,गौर  ३ मा चन्देश्वर राउतको घरदेखि पोखरिया टोला जाने सडकसम्म सडक तथा नाला निर्माणको काम सम्पन्न गराईएको ,गौर र टिकुलिया जोड्ने पुरानो अतिक्रमित बाटोलाई अतिक्रमण मुक्त गराई सडक निर्माणको काम सम्पन्न गरिएको लगायतको विभिन्न योजनाहरुबारे उल्लेख रहेको छ । मधेस प्रदेशमा न्युनतम सर्त मापन कार्यमा मधेस प्रदेसको १ सय छतिसमा पहिलो भएको जानकारी समेत उनले गराए । सो अवसरमा नगर उपप्रमुख शैलदेवी , निमित प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुर , नगर प्रवक्ता अर्जुन सिह सहितका वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

सञ्जय मिश्रा

जीवन विज्ञानको आध्यात्मिक शिक्षा कार्यक्रम

काठमाडौँ । जीवन विज्ञान, काठमाडौँ जिल्ला परिषद्को आयोजनामा शनिबार पुरानो बानेश्वरस्थित ग्लोबल कलेजमाआध्यात्मिक शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा जीवन विज्ञान विशेषज्ञ एलपि भानु शर्माले धर्मका दश लक्षणका सम्बन्धमा प्रवचन दिएका थिए । औपचारिक कार्यक्रममा खादा माला लगाउने, आसन ग्रहणका लागि समय खर्च गर्नुको सट्टा त्यो समयमा अन्य धेरै जीवनोपयोगी काम गर्न सकिने बताए । उनले जीवन विज्ञानको कुनै पनि कार्यक्रमहरूमा अतिथिलाई आसन ग्रहण नगराइने जानकारी गराए । शर्माले भने–‘औपचारिकताले देश बन्दैन । हामी १ घण्टा बसेर आसन ग्रहण गराऔँ घरमा खाना पाक्दैन । यो बेकारको प्रत्युत्पादक काम गरेर जीवनमा कहिले पनि समय फाल्नु हुँदैन ।’उनले धर्ममा भगवानलाई पूजा गर्नुअघि नुहाउनुपर्छ भनेर मानिसलाई सुद्ध बनाउने नियम रहेको बताउँदै मानिसलाई शरीर र मनको मैला सफा पार्न धर्मले सिकाएको बताए । उनले भने–‘हेर्नुस् त धर्मको कति पवित्रता थियो । हरेक दिन भगवानलाई पूजा गर भने हाम्रा ऋषिमुनीहरुले ।’ उनले धर्म र धर्म सम्प्रदाय फरक कुरा रहेको बताए । धर्म जीवनको आशा र भरोसाको बिषय रहेको बताए । उनले देश धर्म निरपेक्ष हुन नसक्ने उल्लेख गर्दै सम्प्रदाय निरपेक्ष देश हुन सक्ने बताए ।
प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रमा व्यक्तित्व सहभागी भएका थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार महर्जन पक्राउ

काठमाडाै‌ । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेकी अभियुक्त लक्ष्मी महर्जनलाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार जिल्ला अदालत काठमाडौंमा उनलाई पक्राउ गरेर उपस्थित गराइएको छ ।

फरार भनिएकी ललितपुरकी ३२ वर्षीया महर्जनको बैंक खाता प्रयोग भएका आधारमा उनलाई पक्राउ गरिएको हो ।

उनी सहित यस प्रकरणमा हालसम्म १७ जना पक्राउ परिसकेका छन् । यस ठगी प्रकरणमा अझै १३ जना फरार रहेका छन्।

राष्ट्र बैंकले २९ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार २९ अर्ब रुपैयाँ भन्दाबढीको ट्रेजरी बोलकबोल गर्ने भएका छन् । बैंकले २८ दिन अवधिको ४ अर्ब, ९१ दिन अवधिको ७ अर्ब १३ करोड रुपैयाँ, १८२ दिन अवधिको ६ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको १२ अर्ब रुपैयाँ गरी कुल २९ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी असार १२ गते, ९१ दिन अवधिको ट्रेजरी भदौ १२ गते, १८२ दिन अवधिको मंसिर १२ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८१ जेठ १५ गते परिपक्व हुनेछ ।

यसअघि बैंकले २८ दिन अवधिको १० अर्ब, ९१ दिन अवधिको ४ अर्ब २३ करोड ३२ लाख रुपैयाँ, १८२ दिन अवधिको १२ अर्ब ४७ करोड रुपैयाँ र ३६४ दिन अवधिको ७ अर्ब ५० करोड रुपैयाँ गरी कुल ३४ अर्ब २० करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले मंगलबार ट्रेजरी बिल जारी गर्नेछ । 

राष्ट्रपतिद्वारा रेशम चौधरीको आममाफी सम्बन्धी प्रस्ताव फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीको आममाफी सम्बन्धी प्रस्ताव फिर्ता पठाएका छन् । शुक्रबार राष्ट्रपति कार्यालयले चौधरीको आममाफी सम्बन्धी  फाइल गृह मन्त्रालयमा फिर्ता गरेको  हो ।

सरकारका तर्फबाट गृह मन्त्रालयले टिकापुर घटनामा जिल्ला अदालत हुँदै उच्च र सर्वोच्च अदालतबाट जन्मकैद सजाय पाएका रेशम चौधरीलाई राजनीतिक मुद्दा भनेर गणतन्त्र दिवसका अवसरमा आममाफी दिनेगरी राष्ट्रपतिलाई पत्राचार गरेको थियो । उक्त पत्र फिर्ता गर्दै राष्ट्रपति पौडेलले प्रचलित कानुन र स्थापित सिद्धान्त विरुद्ध नजान सुझाव दिएका छन् ।

सरकारका तर्फबाट गृह मन्त्रालयले टिकापुर घटनामा जिल्ला अदालत हुँदै उच्च र सर्वोच्च अदालतबाट जन्मकैद सजाय पाएका रेशम चौधरीलाई राजनीतिक मुद्दा भनेर गणतन्त्र दिवसका अवसरमा आममाफी दिनेगरी राष्ट्रपतिलाई पत्राचार गरेको थियो । उक्त पत्र फिर्ता गर्दै राष्ट्रपति पौडेलले प्रचलित कानुन र स्थापित सिद्धान्त विरुद्ध नजान सुझाव दिएका छन् ।

बोर्डिङ स्कुलको लापरवाहीले १४ वर्षिय युवकको मृत्यु

सप्तरी । राजविराजस्थित शिब इन्टरनेशनल बोर्डिङ सेकेन्डरी स्कुलको लापरवाहीका कारण अध्ययरत एक विद्यार्थीको शुक्रवार विहान करेन्ट लागेर मृत्यु भएको छ ।कक्षा १० मा अध्ययरत जिल्लाको राजगढ गाउँपालिका–१ झुटकीका लक्ष्मणप्रसाद यादवको १५ वर्षीय छोरा पेशलानन्द यादवको करेन्ट लागेर मृत्यु भएको हो ।

प्रत्यक्षदर्शीका अनुसार विद्यालयले नियमित रुपमा शुक्रबार आयोजना गर्दै आएको खेदकुद प्रतियोगिताको लागि पेशलानन्दलाई महेन्द्र विन्देश्वरी बहुमुखि क्यामसको खेलकुद ग्राउन्डमा स्पिकर बजाउनका लागि विद्युतको पोल माथि तार तान्ने क्रममा विद्यार्थीलाई करेन्ट लागेर उपचारको क्रममा मृत्यु भएको हो ।

पोल माथि तार तान्ने क्रममा क्रममा ११ हजार भोल्टको तारमा करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि छिन्नमस्ता अस्पताल राजविराज लगिएको थियो । सोही क्रममा उनलाई चिकित्सकले मृत घोषणा गरेहुन् ।

राष्ट्रसंघद्वारा शान्ति स्थापनाका क्रममा निधन भएका दुई नेपाली सम्मानित

माधव अधिकारी
काठमाडौँ, १२ जेठ
संयुक्त राष्ट्र संघले द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति सुरक्षाका लागि खटिने क्रममा मृत्यु भएका दुई नेपालीलाई सम्मान गरेको छ । राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसले नेपालका अनिल गुरुङ्ग र पशुपति कार्कीलाई मरणोपरान्त ड्याग ह्यामरशोल्ड मेडल प्रदान गरेका हुन् । संयुक्त राष्ट्रसंघीय मिसन अन्तर्गत गुरुङ्ग कङ्गो र कार्की दक्षिणी सुडानमा शान्ति स्थापनार्थ कार्यरत थिए । राष्ट्रसंघ मुख्यालयद्वारा शान्ति स्थापनार्थ कार्य गर्दा निधन भएका १०३ सेना, प्रहरी र सर्वसाधारणलाई पिसकिपरको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सो सम्मान प्रदान गरिएको थियो । राष्ट्रसंघले सन् २०१६ देखि शान्ति रक्षकहरुको समर्पण र अद्वितीय योगदानको कदर गरी सो सम्मान वितरण गर्दै आएको छ ।
हाल १२ वटा द्वन्द्वग्रस्त क्षेत्रमा ८७ हजार व्यक्ति शान्ति स्थापनार्थ खटिएका छन् । राष्ट्रसंघले १२५ देशमा शान्ति सुरक्षा कायम गर्न ७१ वटा अपरेशन सञ्चालन भइरहेको जनाएको छ ।

मिटर ब्याज पीडितलाई निवेदन दिने म्याद अब दुई दिन मात्रै बाँकी

काठमाडौँ। अनुचित लेनदेन (ब्याज)सम्बन्धी जाँचबुझ आयोगले मिटर ब्याज पीडितलाई निवेदन दिन म्याद थप गरेको समय दुई दिन बाँकी रहेको छ ।

आयोगले ७५३ वटै स्थानीय तहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत परिपत्र गर्दै अन्तिम पटक जेठ ८ देखि १४ गतेसम्म म्याद थप गरिएको जनाएको हो ।

प्रत्येक जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याज पीडित सहायता कक्ष स्थापना गरिएको जनाउँदै सोही कक्षमा निवेदन फारम निःशुल्क उपलब्ध हुँदै आएको तथा निवेदन फारम कार्यालयकै कर्मचारीले नै भराई दिने प्रबन्धसमेत मिलाइएको आयोगले जनाएको छ ।

उक्त समय भित्र पीडितले आफ्नो भएसम्मका सबुद प्रमाणसहित भएको ब्यहोरा खुलाई अनलाइनबाट सिधै आयोगमा वा निवेदकको जिल्लामा रहेको जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सक्ने जनाएको छ ।