मोटरसाइकल दुर्घटना हुदाँ २ जना युवकको मृत्यु

सप्तरी । छिन्नामस्ता गाउँपालिका ३ सखडामा आज (शुक्रवार) मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ, भने एकजना घाईते भएका छ्न् ।

मोटरसाईकल दुर्घटनामा स्थानीय जोगेन्द्र यादवको छोरा बर्ष १८ को श्याम कुमार यादव र सोही ठाउँका रघुवर खंगको छोरा बर्ष ३० को विकास कुमार खंगको घटनास्थलमै मृत्यु भएको छ।

भने, दुर्घटनामा स्थानीय लाल बहादुर खंगको छोरा २३ बर्षको अजय कुमार खंग घाईते भएका छ्न् । सखडा तर्फ जाँदै गरेको प्र—२—०१—००२ प २५६० नम्बरको मोटरसाइकलमा ३ जना सवार अनियंत्रित भई सखडा भन्दा ५ सय मिटर अगाडि नर्सिङ थान छेउमा दुर्घटना भएको वडा अध्यक्ष विजय यादवले जानकारी दिए ।

मृतक दुबैजनाको शव परिक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाएको तथा घटना बारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।

घाइते अजय खंगको स्थानीय अस्पतालमा उपाचार भईरहेको तथा उनको अबस्था सामान्य रहेको स्थानिय जयप्रकाश यादवले जानकारी दिए ।

सिटिइभिटीले सातै प्रदेशबाट ट्रान्सक्रिप्ट उपलब्ध गराउने

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले अब प्रदेश कार्यालयबाटै विद्यार्थीको ट्रान्सक्रिप्ट लगायत विवरण प्रदान गर्ने भएको छ । परिषद्को परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक प्रमोदभक्त आचार्यले साउनदेखि सात वटै प्रदेशमा रहेका प्रदेश कार्यालयबाट ट्रान्सक्रिप्ट, माइग्रेसन लगायत विवरण उपलब्ध गराउने जानकारी दिनुभयो ।

अहिले परिषद्ले भक्तपुरको सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयबाट ट्रान्सक्रिप्ट, लब्धाङक पत्र र माइग्रेसन उपलब्ध हुँदै आएको छ । सातवटै प्रदेशबाट ट्रान्सक्रिप्ट लगायतका विवरण उपलब्ध गराउने भएपछि विद्यार्थीलाई काठमाडौँ आउनुपर्ने झन्झट नहुने भएको छ ।

उहाँका अनुसार सातवटै प्रदेश कार्यालयबाट ट्रान्सक्रिप्ट, लब्धाङ्क पत्र र माइग्रेसन वितरणका लागि अहिले सफ्टवेयर बनाइँदै छ ।

परिषद्ले कोशी प्रदेशको इटहरी, मधेस प्रदेशको जनकपुर, बागमती प्रदेशको हेटाैँडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीबाट वितरण गर्नेछ । ट्रान्सक्रिप्ट, लब्धाङक पत्र र माइग्रेसनका लागि विद्यार्थीले अनलाइन फाराम भर्ने र फाराम भरिसकेपछि विद्यार्थीको मोबाइलमा जानकारी आउनेछ । सोही जानकारी आधारमा विद्यार्थीले आफ्नो कागजात लिन सकिने उहाँले बताउनुभयो ।

यसैगरी, परिषद्ले परीक्षा फाराम पनि अनलाइन गर्ने भएको छ । परिषद्ले प्री डिप्लोमा तथा डिप्लोमा कक्षा सञ्चालन गरिरहेको छ ।

सिन्धुली अस्पतालमा तोडफोड गर्नेलाई कारवाही गर्न चिकित्सक संघको माग

माधव अधिकारी
काठमाडौँ, १२ जेठ

सिन्धुली अस्पतालमा तोडफोड गर्ने, अस्पतालको शान्तिपूर्ण वातावरणलाई खलल पु¥याई बिरामीको उपचारमा खटिने चिकित्सक, तथा स्वास्थ्यकर्मी लगायतलाई मानसिक तनाव सिर्जना गरिसिन्धुली अस्पतालमा तोडफोड गर्नेलाई कारवाही गर्न चिकित्सक संघको माग

एकोप्रति नेपाल चिकित्सक संघले भत्र्सना र निन्दा गरेको छ । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा यस प्रकारको अमानवीय घटना घटाई समग्र स्वास्थ्यकर्मी तथा चिकित्सको मनोबललाई नै निरुत्साहित गर्ने स्वास्थ्य संस्थाको तोडफोडमा उत्रने दोषी उपर आवश्यक छानबिन गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो) संशोधन ऐन २०७९ बमोजिम कानूनी कारवाही गर्न यस संघ नेपाल सरकार तथा स्थानीय सुरक्षा निकाय समक्ष संघले माग गरेको छ ।


अस्पतालमा उपचारका लागि मंगलबार आएको विरामीको अवस्थालाई मध्यनजर गर्दै चिकित्सकहरुले सघन कक्षमा राख्नु पर्ने बिरामी भएको हुनाले विरामीका आफन्तहरुसँगको समन्वयमा अन्यत्र पठाइएको संघले जनाएको छ । उपचारलाई निरन्तरता दिर्दै विरामी पक्षको चाहना बमोजिम प्रेषण गरिएको संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

वडा सचिव र जनप्रतिनिधिविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा सचिव र जनप्रतिनिधिविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सेवाग्राहीसँग घुस/रिसवत मागेको आरोपमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष अर्जुन कुमार चौधरी र वडा सचिव माधव कुमार रायविरुद्ध मुद्दा दायर गरिएको हो ।

जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग ५० हजार घुस रिसवत मागेको अख्तियारको ठहर छ ।

चौधरी र रायले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको हुँदा निजहरूलाई पचास हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) देहाय (ख) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवाना सजायसमेत हुन मागदावी लिई आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

भ्रष्टाचारमा ओलीको नाम लिएपछि एमाले सांसदले गरे सदन अवरुद्ध

काठमाडौं । भ्रष्टाचारमा अध्यक्ष केपी शर्मा ओलीको नाम लिएको भन्दै प्रमाणित गर्न चुनौती दिँदै सरकारको जवाफ मागेर एमाले सांसदले सदन अवरुद्ध गरेका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमाले सांसदहरु उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले एमाले प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिए ।

त्यसपछि गिरीले सत्तारुढ दलकै सांसदबाट पशुपतिनाम मन्दिरमा राखेको सुनको जलहरीमा भएको अनियमिततामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको संलग्नता रहेको आरोप लगाएको भन्दै सरकारको जवाफ नआएसम्म सदन चल्न नसक्ने चेतावनी दिए ।

उनले सुनको जलहरीमा पित्तल राखेको भनेर सत्तारुढ दलकै सांसदबाट अभिव्यक्तिप्रति सरकारको जवाफ र उक्त सांसदले माफी माग्नुपर्ने बताए ।

भ्रष्टाचारका सबै फाइल खोलेर कारबाही गर्नुपर्ने पक्षमा एमाले पनि रहेको बताउँदै उनले चालु अधिवेशनमा भ्रष्टाचारकै विषयमा छलफल गर्नुपर्ने बताए ।

तर, निराधार रुपमा आफ्ना अध्यक्ष ओलीमाथि लगाएको आरोप प्रमाणित गर्न उनले चुनौती पनि दिए । सभामुख घिमिरेले पटक पटक बस्न आग्रह गर्दा पनि एमाले सांसद उठेर विरोध जनाइरहेका छन् ।

संसदीय दलका उपनेता सुवास नेम्वाङले सदन अवरोध गर्न नहुने भए पनि प्रमुख प्रतिपक्षी दलका नेतामाथि गम्भीर आरोप लगाएपछि बाध्य भएको बताए । यो सँगै आजको संसद् बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल पनि प्रभावित बनेको छ ।

जिपले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

दाङमा जिपले स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार  एक महिलाको  मृत्यु भएको छ ।  मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका ३७ वर्षीया शिक्षिका सीता लम्साल रहेको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।

जिपको ठक्करबाट सख्त घाइते  भएकी सीताको तुलसीपुरकै राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उनले बताए ।

आज बिहान १० बजे पश्चिम हापुरेबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ९२३ नं को जिपले सोही दिशातर्फ गइरहेको रा ७ प ४२३७ नं को स्कुटरलाई दङ्गीशरण  गाउँपालिका–५ कमलगढीमा ठक्कर दिएको हो ।

शिक्षिका सीता शान्तिनगरस्थित धनौरी माविमा पढाउँथिन्। उनलाई  विद्यालयमा  जाने जाने क्रममा जिपले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

पूर्वराजा ज्ञानेन्द्र सक्रिय हुँदै

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह सक्रिय हुँदै अहिले देशका विभिन्न ठाउँमा पुगिरहेका छन् । उनलाई जनताले अभिनन्दन पनि गरिरहेका छन् ।

कार्यक्रममा सहभागी भएर राजनीतिक व्यवस्थामाथि पनि टिप्पणी गर्न थालेका छन् । देशका विभिन्न ठाउँमा जानेक्रममा पूर्वराज शाह शनिबार (भोलि) नागरिक अभिनन्दनमा सहभागी हुन कर्णाली प्रदेशको राजधानी सुर्खेत विरेन्द्रनगर जाँदैछन् ।

केही महिनाअघि भारतका उत्तर प्रदेशका मुख्यमन्त्री योगि आदित्यनाथसँग भेटघाट गरेका शाह पछिल्लो समय राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा कार्यकर्तासँग निरन्तर भेटघाट र छलफलमा रहेका छन् ।

नेपालमा २४० वर्षसम्म सक्रिय रहेको राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापना भइसकेको छ । तर अहिले पूर्वराजाले अफ्नो सक्रियता बढाउँदै राजनीतिक टिप्पणी गर्नुले उनी फेरि राजतन्त्र फर्काउन उद्यत भएका हुन् कि भन्ने आशंका गर्न थालिएको छ ।

२२ सहसचिवको सरुवा, अर्थमा फर्किए पौडेल

काठमाडौँ । सरकारले २२ जना सहसचिवको सरुवा गरेको छ । सरुवा हुनेमा केही पुरानादेखि केही नयाँ मिलानसम्म रहेका छन् ।

सरकारले २२ सहसचिवको सरुवा गर्दा ३ सहसचिवले गृहमा इन्ट्री पाउँदा एक जना गृहबाट बाहिरिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनीका शन्त बहादुर सुनारलाई गृह मन्त्रालय,अख्तियारमा कार्यरत सहसचिव गोपाल कुमार अधिकारीलाई गृह मन्त्रालय इन्ट्री पाएका छन् । यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सुरेश राउतको गृह मन्त्रालयमा ल्याइएको छ । गृहमातहतको जिल्ला प्रशासन कार्यालय नवलपरासी (सुस्ता पूर्व)का प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल गृहबाट आउट भएका छन् । उनलालाई राष्ट्रपतिको कार्यालयतिर पठाइएको छ।

चलखेलमा माहिर एक जना सहसचिवले २२ दिनमै आफ्नो सरुवा उल्टाएका छन् । यसरी सरुवा उल्टाउन सफल सहसचिव हुन कमल भट्टराई । गत वैशाख २० मा उनको सरुवा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएको थियो । तर सो सरुवा उल्टाएर उनी संघीय मामिला तथा सामान्य प्रशासनमै फिट भएका छन् ।संघीय मामिला तथा सामान्य प्रशासन मोदी अमनलाल मोदीले उनलाई फेरि मन्त्रालयको प्रवक्ताको समेत जिम्मेवारी दिएका छन् ।

यस्तै खानेपानी मन्त्रालयका सहसचिव शोभाकान्त पौडेल अर्थ मन्त्रालय गएका छन् भने उनको ठाउँमा सत्य निरूपण तथा मेलमिलाप आयोगका अर्जुन गौतमलाई पठाइएको छ ।  पौडेल अर्थमा गएसँगै कतिपयले भन्सार विभागको महानिर्देशक हुने आँकलन गरेका छन् तर अर्थ स्रोतका अनुसार उनी केही समय मन्त्रालयमै बस्न र भन्सारमा उत्तर कुमार खत्री जाने चर्चा छ । यद्यपि मन्त्री डा. प्रकाश शरण महतले हाल विभागमै उपमहानिर्देशक रहेका शेवन्तक पोखरेललाई बचन दिएको कुरा पनि छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेशका नारायण प्रसाद शर्मालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानिएका छन् । सङ्घीयको अतिरिक्तमा रहेका कमल कुमार अधिकारीलाई शहरी विकास मन्त्रालयमा खटाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कविराज पौडेलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा खटाइएको छ । यस्तै वन तथा वातावरण मन्त्रालय, बागमतीका धिरेन्द्र कुमार प्रधानलाई वन तथा वातावरण मन्त्रालय र मन्त्रालयका यज्ञनाथ दाहाललाई बागमती वनमा तानिँएको छ ।

सहसचिव मदन भुजेलको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा प्रवेश पाउँदा कृषिबाट काली प्रसाद पराजुलीलाई चिकित्सा शिक्षा आयोगतिर पुगेका छन् ।यस्तै, उद्योग, कृषि तथा सहकारी कोशीका मेघ नाथ तिमल्सेनालाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा तानिँदा कृषिका लेखनाथ दाहाललाई उद्योग, कृषि तथा सहकारी कोशी, प्रदेश नीति तथा योजना आयोगतिर पुगेका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूर पश्चिमका भगवान् अर्याललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा ल्याइएको छ । तीन महिनादेखि जिम्मेवारविहिन अबस्थामा रहेका गणेश राज वस्तिलाई शहरी विकासबाट प्राकृतिक स्रोत तथा वित्त आयोग र त्यहाँका दिपक कुमार दासलाई सहरी विकास मन्त्रालयमा ल्याइएको छ ।

यस्तो छ १२ जेष्ठ २०८०, आज शुक्रबारको राशिफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । हर्ष र प्रसन्नता छाउनेछ ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ, तर धार्मिक र सामाजिक काममा सरिक भइनेछ ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज भने कसै सैलाई परदेशी घर फर्कने र घरपरिवारमा र रमाइलो वातावरण छाउनेछ । समाज सेवा र परोपकारका क्षेत्रमा लगानीको समय छ ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ, शेयर बजारको लगानीमा पनि कमी आउला ।

बृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) घरमा नाताकुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्ला ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज भाग्यले साथ दिनेछ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । शेयर बजारको लगानीले राम्रै फाइदा देला ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा मिल्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ ।

बृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ ।

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त होला । आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय व्यतीत हुनेछ ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज मनमा शान्ति छाउनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बोलीवचन एवं प्रवचन भाषण आदिमा प्रशंसा मिल्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ ।

बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घट्यो (सूचीसहित)

काठमाडौँ– काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा चल्ने सार्वजनिक यातयातको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाएको हो । 

नेपाल आयल निगमले डिजेलको भाउ घटाएको नौ दिनपछि बागमती प्रदेशमा छोटो दूरीमा चल्ने गाडीको भाडा घटाइएको हो ।

काठमाडौँ उपत्यकाभित्र पाँच दशमलव नौ प्रतिशत, उपत्यका बाहिर छोटो दूरीका सार्वजनिक सवारीमा चार दशमलव १८ प्रतिशत र मालवाहक सवारीसाधनमा पाँच दशमलव ६९ प्रतिशतले भाडा घटाएको मन्त्रालयका सचिव आस्मान तामाङले बताए । 

उनले भने, “नयाँ भाडादर राजपत्रमा प्रकाशित भइसकेकाले आजदेखि नै घटेको भाडादर लागू हुने छ ।”

यसअघि डिजेलको भाउ बढेको बेला लामो दूरीको गाडी भाडा बढेर छोटो दूरीको नबढेपछि व्यवसायी आफैँले भाडादर तोकेका थिए । नेपाल आयल निगमले अघिल्लो हप्ता बुधबारदेखि लागू हुने गरी डिजेलको भाउ घटाएको थियो । लगत्तै सरकारले लामो दूरीको भाडा समायोजना गरेको थियो । लामो दूरी अर्थात् अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र छोटो दूरी अर्थात् अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुने गर्दछ ।

गत चैत २० गते डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर रु १०–१० र पेट्रोलमा रु तीन मूल्य घटाएको निगमले अघिल्लो हप्ता बुधबारदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर रु १०–१० ले भाउ घटाएको थियो । घटेको मूल्यअनुसार हाल डिजेलको मूल्य लिटरको रु एक सय ५५ कायम भएको छ । अघिल्लो वर्ष प्रदेशभित्र सञ्चालन हुने छोटो दूरीको भाडा बढेको थियो । बढेको भाडाअनुसार यात्रुले काठमाडौँ उपत्यकामा सार्वजनिक गाडीमा चढ्ने बित्तिकै रु २० तिर्दै आएका छन् ।

उठ्छन् मनमा तरङ्ग…………….

उठ्छन् मनमा तरङ्गफेरी बिलाउँछन्

केही चाह थिए मनकामनै भित्र रहन्छन्

मन दुःखी किन हुन्छमिठो कुरा गर्दा पनि

सहन गाह्रो हुँदोरहेछ जिन्दगीमा  छाल आए नि

सम्झना पनिजिन्दगीको भोगाई रहेछ

रोजेको , सोचेकोसपना पुरा कहाँ हुन्छ

यो जीवनमा के भयोआफ्ना इच्छाहरू बाँध्नुपर्ने

देखेर मात्र मनलाईशान्त पार्नुपर्ने

बाध्यताकापर्खालहरूले घेरेको हुन्छ सधैँ

उदास लाग्छ मनमा बतासचल्छ सधैँ

त्यो पहाडले जून सँगचुम्बन गर्दछ

आँखा बाट आशु खसी तालबनेर बग्छ

भन्न गाह्रो छ कतिपिडा मनमा छ

रमाउन खोज्छु मैले आशुलेछेक्छ

गोबिन्द राज ओझा

रेशम चौधरीको सजाय माफीकाे प्रस्ताव राष्ट्रपति कार्यालयमा

काठमाडौँ । सरकारले रेशम चौधरीको बाँकी कैद सजाय माफी गर्ने तयारी गरेको छ ।

सरकारले पूर्वसांसद चौधरीको बाँकी कैद सजाय माफी गर्ने तयारीका साथ सो प्रस्ताव राष्ट्रपति कार्यालय पुर्याएको हो ।

टिकापुरमा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका उनको बाँकी सजाय माफीको निवेदन गृह मन्त्रालयबाट राष्ट्रपति कार्यालयमा पुगेको छ ।

यस विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्ड मंगलबार साँझ राष्ट्रपति कार्यालय पुगेका थिए ।

किर्ते हस्ताक्षरगरी पेस्की फर्छौंट गर्न खोज्ने कर्मचारी सहनी पक्राउ

रौतहट ११ जेठ। रौतहटमा एक स्थानिय तहका हाकिमको किर्ते हस्ताक्षरगी पेस्की फर्छौंट गराउन खोज्ने एक जना कर्मचारी पक्राउ परेका छन्। जिल्लाको मध्यभाग गरुडा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूदेव झाको किर्ते हस्ताक्षर गरी पेस्की फर्छौट गर्न खोज्ने कर्मचारी राम नारायण सहनी पक्राउ परेका हुन।

पोषणसम्बन्धी शाखामा कार्यरत कर्मचारी  सहनीले भता वितरण गर्न केही समय अघि ५ लाख रुपैयाँ पेस्की लिएका थिए। सोही पेस्की बापत सहनीले पोषण सम्बन्धी एउटा गोश्वारा भौचरमा सहनीले कीर्ते हस्ताक्षर गरी फछ्र्यौट गरेको फेला परेको अधिकृत झाले बताएका छन।

पाँच लाख रुपैयाको गोश्वारा भौचरमा सहनीले कार्यालय प्रमुख भूदेव झाको कीर्ते हस्ताक्षरगरी र कार्यालयको छाप लगाएर फछ्र्यौट गरेको फेला परेपछि गरुडा नगरपालिकाका प्रमूख प्रशासकीय अधिकृत भूदेव झाले ईलाका प्रहरी कार्यालय गरुडालाई खबर गरेका थिए । खबर लगत्तै सहनीलाई प्रहरीले पक्राउ गरी लागेको छ। ईलाका प्रहरी कार्यालय गरुडाका प्रमूख डिएसपि ओमप्रकास खनालले पक्राउ परेका कर्मचारी सहनी माथी किर्ते र सरकारी छाप दुरुपयोग बारे मुद्दा दर्ता गरीएको बताएका छन। जिल्ला अदालत गौरबाट म्याद थमाएर सहनिलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको डिएसपि खनालले जानकारी दिएका छन।

जेठ १७ गतेदेखि प्रधानमन्त्रीको भारत भ्रमण

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ १७ गतेदेखि भारत भ्रमण गर्ने तयारी गरेका छन् ।

दुवै देशका अधिकारीहरुको परामर्शमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण जेठ १७ देखि २० गतेसम्म तय भएको बताइएको छ । यद्यपि, भ्रमणको मिति भने ओपचारिक रुपमा घोषणा गरिएको छैन ।

गत वैशाखमै भारत भ्रमणको तयारी गरेका प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरण र नयाँ बजेटको तयारी लगायतका कारण मिति पछि सारेका थिए ।

जेठ १५ गते बजेट सार्वजनिक भएपछि १७ गते उनी भारत जाने तय भएको बताइएको छ ।

पाकिस्तानी दूतावासद्वारा १९८ विद्यार्थीलाई छात्रवृत्ति वितरण

माधव अधिकारी
काठमाडौँ, ११ जेठ
काठमाडौंस्थित पाकिस्तानी दूतावासले नेपालका ४३ सामुदायिक विद्यालयमा अध्ययनरत एक सय ९८ जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । दूतावासद्वारा विहीबार राजधानीमा आयोजित ११ औँ छात्रवृत्ति वितरण समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुभएको थियो । कार्यक्रममा एक जना सर्वोत्कृष्ट विद्यार्थीलाई ल्यापटप समेत हस्तान्तरण गरिएको थियो । समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले नेपालको शिक्षा क्षेत्रमा पाकिस्तानले जारी राखेको सहयोगको प्रशंसा गर्दै कार्यक्रमले दुई देशका नागरिकबीचको सम्बन्ध मजबुत हुने विचार व्यक्त गर्नुभयो ।
नेपालका लागि पाकिस्तानी राजदूत अब्रर एच हास्मीले बालबालिकालाई शिक्षा, खेलकुद र सामाजिक क्रियाकलापमा प्रोत्साहन गर्ने उद्देश्यले पाकिस्तानी दूतावासले प्राथमिकता साथ सहयोग गर्ने उल्लेख गर्दै भविष्यमा छात्रवृत्ति वितरणलाई निरन्तरता दिने बताउनुभयो ।
सन् २०१३ देखि सुरु भएको पाकिस्तानी राजदूत छात्रवृत्ति कार्यक्रम लोकप्रिय हुँदै गएको दूतावासले जनाएको छ ।