आफूविरुद्ध मुद्धा दर्तापछि रवि लामिछानेको आक्रोश- ‘इरिटेट गर्ने पनि सिमा हुन्छ’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूविरुद्ध सर्वोच्च अदालतमा मुद्धा दर्ता भएपछि आक्रोश व्यक्त गरेका छन् ।

अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा सरकारी निकायमा पेस गरि नेपाली नागरिकता पुन कायम गरिसक्दा पनि आफूमाथि निरन्तर प्रहार भइरहेको भन्दै बिहीवार सामाजिक सञ्जालमार्फत सभापति लामिछानेले ‘मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ’ भन्दै आक्रोश पोखेका हुन् । उनले घण्टी बजाउन मात्रै नभई घण्टीले बजाउन पनि जानेको चेतावनी दिएका छन् ।

सर्वोच्च अदालतको मिति २०७९—१०–१३ को फैसलाको प्रकरण नं. २२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य कन्फर्म गरेको लामिछानेले बताए । अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौँमा पेस गरी नेपाली नागरिकता पुनः कायम गराएको उनको दाबी छ ।

‘अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०–०२–०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कल बमोजिम नक्कल मिति २०७५–०३–०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिए। टेलिभिजनबाट घोक्रो सुक्ने गरी सप्रमाण बोलिसकेको थिएँ,’ उनले भने । यस्तै लामिछानेले घण्टीलाई बजाउन मात्र होइन घण्टीले बजाउन पनि मिल्ने बताए ।

मन्त्री यादव द्वारा बिद्यालय भवनको शिलान्यास

रौतहट ११ जेठ। मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण प्रसाद यादवले बिद्यालय भवनको शिलान्यास गरेका छन।

मन्त्री यादवले बुधवार एक समारोहका बिच गृह जिल्ला रौतहटको माधव नारायण नगरपालिका अन्तर्गत आधारभुत बिधालय बिशुनपुर्वा मानपुरको दुईकोठे भवनको शिलान्यास गरेका हुन।

   राष्टपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत कूल १८ लाख रुपैयाँको लागतमा २काेठे भवन निर्माण हुनलागेको विद्यालयले जनाएको छ। शिलान्यास समारोहमा माधव नारायणका मेयर वैजनाथ यादव ,उपमेयर निर्मला रमन र वडा अध्यक्ष रामदेनी मुखिया लगायतको सहभागिता रहेको थियो ।

शिक्षा,स्वास्थ्य,सडक संजाल प्राथमिकतामा  चौधरी

रौतहट ११ जेठ। मधेश प्रदेशका सांसद तथा पुर्ब मन्त्री केशव राय चौधरीको नेतृत्वमा एकैपटक ६ वटा योजनाको काम भैरहेका छ।

रौतहट क्षेत्र ३ का बाट निर्वाचीत प्रदेश सांसद चौधरीको संसदिय विकास कोषको रकम मध्ये कूल १ करोड १० लाख रुपैयाँको लागतमा उक्त योजनाहरू अगाडी बढेको हो। २५ लाख रुपैयाँको लागतमा गुजरा नगरपालीका १ कोठीयार गाउँको मुल सडक निर्माण तथा मर्मतको काम शुरू भएको छ।२५ लाख रुपैयाँको लागतमा गुजरा ७ बीरेन्द्र आधारभूत विद्यालय औरहिडिह परसवाको कम्पाउन्ड वाल तथा घेरावेरा ,२० लाखको लागतमा फतुवा विजयपुर ९ लक्षमीनीया गाउँको मुल बाटो मर्मत भईरहेको छ।

त्यसैगरी १० लाखको लागतमा गुजरा ६ बेदौलीमा बाटो निर्माण,र ३० लाखको लागतमा खतवहियामा नाला तथा बाटो निर्माणको काम भईरहेको पुर्ब मन्त्री चौधरीले बताएका छन। छुट्टाछट्टै कार्यक्रमको आयोजना गरी प्रदेश सांसद चौधरीले उक्त योजनाहरुको शिलन्यास गरेका थिए। संसदिय विकास कोषको रकम बाट हुने अन्य केहि कामको बारेमा छलफल, निर्णय लगायतको प्रक्रियामा रहेको छ।

आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत भौतिक पूर्वाधार निर्माण गर्नु पहिलो प्राथमिकतामा रहेकाे छ। त्यसमा पनि शिक्षा, स्वास्थ,र सडक संजाल लाई ग्राह्यता दिईएको प्रदेश सांसद केशव राय चौधरीले जानकारी दिएका छन। गत संसदीय निर्वाचनमा प्रभु साहको स्वतन्त्र टिम बाट उमेद्वारी दिएर विजयी भएका उनि निर्वाचन को केहि समय पश्चात नेकपा एमालेमा प्रवेश गरेको जनकपुर बाट प्रकाशित हुने आजको मधेश दृष्टि दैनिक पत्रीकामा प्रकाशित गरीएको छ।

रौतहटमा फेरी एकजना लाई गोली हानेर हत्या

रौतहट ११ जेठ । रौतहटको गौर नगरपालिका ७ सिसावामा छुरा जानेर हत्या गरेको ४ दिन नबित्दै फेरी एकजना मानिस लाई गोली हानेर हत्या गरिएको छ।

रौतहटको देवाही गोनाही नगरपालीका १ करूनिया गाउँका  ७५ बर्षीय शेख तैयबलाई गोली हानी हत्या गरिएको हो । उनको टाउकोमा गोली लागेको प्रत्यक्षदर्शीले बताएका छन। ईलाका प्रहरी कार्यालय गोनाहिका प्रमुख इन्सपेक्टर गोबिन्द साहका अनुसार मृतक शेख तैयवको टाउकोमा गम्भिर खत देखिएकाे छ त्याे पोष्टार्टम रिपोर्ट आएपछी गोली लागेको वा अन्य हतियार प्रयोग भएको खुल्ने छ। देवाहि गोनाही १ करूनिया बाट लक्षमिनिय जाने बाटो छेउमा आज बिहान उनको शब फेला परेको इन्स्पेक्टर साहले बताएका छन ।

तैयबको गाएरातिनै कसैले हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ। आज बिहान स्थानीयले खबर गरे लगतै प्रहरी टोली घटनास्थलमा पुगेर घटनाको अनुसन्धान गरिरहेका तथा मृतकको शव पोषटमार्टमको लागी जिल्ला अस्पाताल गौर पठाएको ईलाका प्रहरी कार्यालय गोनाही ले जनाएको छ। ४ दिन अघिमात्र आपसी रिसिबिको कारण गौर ७ सिसवाका शेख कवीरले ४५ वर्षीय यार महमद खानको पेट र छातिमा छुरा प्रहार गरी हत्या गरेको थियो।

सञ्जय मिश्रा

१०-१५ लाख बाँडेर कार्यकर्ता पाल्ने काम अब समाप्त हुन्छ: मन्त्री यादव

रौतहट ११जेठ। नेपाली कांग्रेस प्रदेश सभापती तथा भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण प्रसाद यादवले प्रदेश सरकार द्वारा विकासको नाउँमा अब ठोस काम हुने प्रतिबद्धता जनाएका छन। बिगतमा मधेश प्रदेशका कैयौं मन्त्री द्वारा १० लाख १५ लाख बाँडेर कार्यकर्ता पाल्ने काम भयो तर अब त्यसो नहुने उनले प्रतिबद्धता जनाएका हुन्।

मन्त्रीको जिम्मेवारी पाएपछि पहिलो पटक गृह जिल्ला रौतहट पुगेका यादवको सम्मान तथा स्वागत गर्न नेपाली कांग्रेस जिल्ला कमिटी रौतहटले एउटा कार्यक्रमको आयोजना गरेको थियो। सदरमुकाम गौर स्थित पार्टीे कार्यालयमा आयोजीत कार्यक्रमका प्रमूख अतिथि मन्त्री कृष्ण प्रसाद यादवले कार्यकर्ता लाई पैसा बाँडेर व्यक्तिगत फाईदा कसैलाई हुनसक्छ तर समग्रमा देश लाई ठूलो क्षति हुने जिकिर गरे।

अबको दिनमा जिल्लामा ठोस काम हुन्छ जुन कामको सर्वसाधारण सबैले अनुभूति गरुन उनले भनें त्यसो गर्दा मधेश सरकारको काम गराउने व्यक्तिको र पार्टीको समेत नाम हुन्छ सवैलाई जस पाउँछ।आम नुक्सानी कूनै हालतमा सह्य हुँदैन, विकास निर्माणको कामले जिल्ला लाई अगाडी बढाउनु पर्छ जून आउने सन्ततिले पनि सम्झी रहुन मन्त्री यादवले भने। मानव सूचकांकमा सबभन्दा पछाडी रहेको जिल्ला रौतहटलाई अगाडि बढाउन सवै एकजुट हुन उनले आग्रह गरेका थिए। स्वर्गीय शेख ईदरिशको नामले चिनिने जिल्ला रौतहट रहेको बताउदै आफु स्वयं उनको अनुवाई रहेकाे प्रस्ट्याएका थिए।

पहिलोपटक मन्त्री हुँदा अवसर र चुनाैती दुबै सङ्गै रहेकाले विकास निर्माण लगायतका काममा सबै नेता कार्यकर्ताको सहयाेग अपरिहार्य रहेको मन्त्री कृष्ण प्रसाद यादवले चर्चा गरेका थिए। आउँदा दिनमा नेपाली कांग्रेस भित्र युवाको नेत्रित्व आवश्यक रहेको तथा पार्टी र संगठन सुदृढीकणका मार्फत आगामी निर्वाचनका रौतहट लाई काँग्रेसमय बनाउने उदघोष गरेका थिए। कार्यक्रममा कांग्रेस जिल्ला सभापति तथा प्रदेश सांसद सुनील यादव जितेन्द्र, नेता रामचन्द्र गिरिले पिछडिएको जिल्ला रौतहट लाई विकासको माध्यमले अगाडि बढाउन आग्रह गरेका थिए। उक्त अवसरमा कांग्रेसका नेताहरू हृदय नारायण यादव, रामास्नेहि यादव, कटहरियाका मेयर अजयप्रकाश जैसवाल, सर्फालाल गुप्ता, सुनील यादव, लगायत जिल्लाभरिका सैयौं नेता कार्यकर्ताको सहभागिता रहेको जनकपुर बाट प्रकाशित हुने मधेश दृष्टि दैनिक पत्रीकामा रौतहट बाट सञ्जय मिश्राले लेखेका छन।

चारबुँदे सहमतिसँगै बिनु यादवको सत्याग्रह तोडियो

काठमाडौँ । पन्ध्र दिनदेखि अनशनरत बिनु यादव र सरकार पक्षबीच चारबुँदे सहमतिसहित सत्याग्रह तोडिएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले यादवको माग सम्बोधनका लागि आश्वासन दिएपछि आज जुस पिलाएर यादवको सत्याग्रह तोडिएको हो । बिनु यादवको सत्याग्रहका मागमध्ये यादवमाथि पवन कठायतले जबर्जस्ती करणी उद्योग गरेको मुद्दाको निवेदनउपर कारबाहीका लागि गृह मन्त्रालयले महान्यायाधिवक्ताको कार्यालय पठाउने सहमति भएको छ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले सरकारले यादवको माग सम्बोधनका लागि सम्पूर्ण प्रयत्न गर्ने आश्वासन दिनुभयो । “कत्रोकत्रो केसको अनुसन्धान गरिरहेका छौँ भने यो केस अनुसन्धान गर्न सक्दैनौँ र !”, उहाँले भन्नुभयो, “जहाँ अन्याय र पीडा छ त्यसलाई सम्बोधन गर्नुपर्छ भनेर हामी लागिरहेका छाँै । तपार्इंलाई हाम्रो सम्पूर्ण प्रयत्नका साथ न्याय दिन्छौँ ।”

यादवले सहमतिअनुसार आफ्नो माग पूरा गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठसँग अनुरोध गर्नुभयो । “सरकारसँग भएको सहमतिअनुसार मेरो माग पूरा नभए म आत्मदाहको बाटोसमेत रोज्नसक्छु”, उहाँले भन्नुभयो ।

अदातलमा विचाराधीन रहेका विषय अदालतबाट न्यायिक निरुपरण हुने, अन्य मागका सम्बन्धमा क्षेत्राधिकार रहेको सम्बन्धित निकायमा लेखी पठाउने, यादवको स्वास्थ्योपचार गर्ने र उहाँको जीविकोपार्जनका लागि आवश्यक सहयोग गर्न महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा लेखी पठाउने सहमति भएको छ ।

यादव विगत १५ दिनदेखि कालीमाटी प्रहरीलाई विसं २०७५ मा आफूमाथि जबर्जस्ती करणीको उजुरी फिर्ता गर्न लगाउने तत्कालीन प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरज कार्कीमाथि कारबाही र अन्य विभिन्न पाँचबुँदे मागसहित माइतीघर मण्डलामा सत्याग्रह बस्नुभएको थियो । उहाँले न्यायाधीश बद्रीप्रसाद ओली र यादवको काका ससुरा पवन कठायतलाई कारबाहीको माग गर्नुभएको थियो ।

 जिप दुर्घटना हुँदा घटनास्थलमै ४ जनाको मृत्यु

दाङ । बिहिबार बिहान भएको दुर्घटनामा परेर चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने आठजना घाईते हुन पुगेका छन्  ।

सानीभेरी गाउँपालिका– ५ मेलचौरबाट जिल्ला सदरमुकाम खलङगा जादै गरेको लु १ ज १७४७ नम्वरको जिप दुलीको मोतिखोलामा दुर्घटना हुन पुगेको हो ।

सो दुर्घटनामा परेर सानीभेरी गाउँपालिका ५ का देउचन खत्री, सोहि वडाका कर्ण बहादुर बाँठा, बाँफिकोट गाउँपालिका–८ की रेखा खत्री र उनको छोराको घटनास्थल मै मृत्यु भएको छ ।

दुर्घटनामा परेर आठ जना घाईते भएका छन् । उनीहरुलाई उद्धार गरेर उपचारको पठाईएको छ । जिप सडकबाट करिब चार सय मिटर तल खसेको बताईएको छ । दुर्घटनाको पुरा विवरण आउन बाँकि रहेको प्रहरीले जनाएको छ ।

यस्तो छ आज बिहिवार,२०८० जेठ ११ गते तपाईँकाे राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफन्त सँग मनमुटाव बढ्ला । स्वास्थ्य प्रतिकूल रहन सक्छ अतः स्वस्थ प्रति सचेत रहनु होला, तर शेयर बजारको लगानी राम्रो हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सहजै सम्पादन हुन सक्छ । आफूसँग भएको क्षमता प्रदर्शन गरेर अवसर र पछि सफलता मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । अध्ययन र प्राविधिक कार्यमा रुचि बढ्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । श्रद्धा र भक्ति भाव पनि बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज समान हराउन सक्नेछ । आज बन्नु पर्ने काममा व्यवधान आउन सक्छ, तर साँझमा शुभकार्यको चर्चा चल्नेछ र आफन्तको सहानुभूति मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना रहेको छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । छोटो यात्राको योजना बन्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । आफन्तसँग भेटघाट पनि रहनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) पुराना मित्रले व्यर्थको विवाद र कुरा काट्नेछन् । समयमा खान नपाइने अथवा अगतिलो खाना सेवन गर्नुपर्ला । वैदेशिक काम भने राम्रै होला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । जग्गाको कारोबारबाट राम्रो फाइदा हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शुभारम्भको चर्चा चल्नेछ । सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । छोटो यात्राको अवसर मिल्नेछ ।

प्रतिवादीमाथि अख्तियार र सम्पत्ति शुद्धीकरणले पनि अनुसन्धान गर्ने

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी बनाइएका ३० जनाविरुद्ध अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागलाई पनि पत्र लेख्ने निर्णय भएको छ ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कर्मचारी र सार्वजनिक ओहदामा रहेकाको हकमा अख्तियार र अन्यको हकमा सम्पत्ति शुद्धीकरणले अनुसन्धान गर्न पत्राचार गर्ने निर्णय गरेको हो ।

अभियोग पत्रमा प्रतिवादीहरू छुटेको अवस्थामा प्रहरीको जिम्मा लगाउन माग गरिएको छ ।

प्रतिवादीको सम्पत्ति र राहदानी पनि रोक्का राख्न माग गरिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नको आरोपमा दुई पूर्वमन्त्री, बहालवाला सचिव, पूर्वसभासदसहित ३० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा चारवटा अभियोगमा मुद्दा दायर भएको छ ।

एमाले नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण, गृह मन्त्रालयका तत्कालिन सचिव टेकनारायण पाण्डे, गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, पूर्वसभासद आङटावा शेर्पा, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल लगायत ३० जनाविरुद्ध प्रहरीले मुद्दा दायर गरेको हो । आरोपितहरुमध्ये १६ जना पक्राउ परेका छन् भने १४ जना फरार छन् ।

मुद्दा दर्ता गरेपछि जिल्ला न्यायाधिवक्ता महेशप्रसाद खत्रीले भन्नुभयो, “३० जनाविरुद्ध मुद्दा दर्ता भएको र १६ जना पक्राउ परिसकेका छन्, फरार रहेका १४ जनाको हकमा अदालतबाट म्यादपूर्जी जारी गरेर खोजिन्छ र उनीहरूको सम्पत्ति रोक्का हुन्छ ।” अदालतमा अब प्रारम्भिक चरणमा बयान हुन्छ । त्यसपछि थुनछेक बहस हुन्छ ।

दर्ता गरिएको मुद्दामा निजहरूविरुद्ध राज्यविरुद्धको कसुर, सङ्गठित अपराध र एकीकृत कसुरसमेत मागदाबी गरिएको छ । सार्वजनिक पदधारण गरिएको व्यक्तिको हकमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसमेत गरिनेछ ।

जिल्ला न्यायाधिवक्ता खत्रीका अनुसार निजहरूविरुद्ध २७ करोडभन्दा बढीको बिगो रहेको छ भने कैद सजाय ठगी र किर्तेमा सात वर्ष कैद, राज्यविरुद्धको कसुरमा पाँच वर्ष कैद र जरिवाना पनि छ । सङ्गठित र एकीकृत कसुरमा कानूनअनुसार गरिनेछ ।

 इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । इन्जिनियर विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। घर नक्सा पासको लागि सेवाग्राहीसँग घुस/रिसवत लिएको आरोपमा सुनसरीको बर्जु गाउँपालिका इन्जिनियर अजय कुमार मेहताविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।  

सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको कार्यालय इटहरीबाट खटिई गएको टोलीले इन्जिनियर मेहतालाई बीस हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो। 

मेहतालाई बीस हजार बिगो सहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवाना गर्न माग गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । 

१२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक पक्राउ

मोरङमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बेलबारी नगरपालिका–३, खोरियाटोल बस्ने २० वर्षीय नवीन महरा रहेका छन् । उनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

महराले ती बालिकालाई आफ्नै घरको कोठाभित्र लगेर बलात्कार गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बसले ठक्कर दिँदा यात्रुको मृत्यु

हेटौँडामा यात्रुबाहक बसले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको छ ।आज बिहान मकवानपुरको मनहरि गाउँपालिका–६ नयाँ बस्तीस्थित पूर्व–पश्चिम सडक खण्डमा गौरबाट काठमाडौँतर्फ जाँदै गरेको ना ५ख १७४० नं को यात्रुबाहक बसले ठक्कर दिँदा मनहरि–७ का ६० वर्षीया मनमाया स्याक्तानको मृत्यु भएको मकवानपुर प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

बसको ठक्करबाट गम्भीर घाइते भएकी स्याक्तानलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो । प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार अस्पताल आइपुग्नासाथ उनलाई डाक्टरले मृत घोषण गरेका थिए ।बस चालक इलाका प्रहरी कार्यालय खैरहनी चितवनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै फेरि सर्वोच्च अदालतमा मुद्दा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दा दर्ता भएको छ । लामिछानेले अमेरिकी नागरिकता त्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्त गर्नुपर्नेमा उनले “पुरानै नागरिकताको प्रतिलिपि मात्रै लिएको” दाबी गर्दै युवराज पौडेलले अर्को मुद्दा दर्ता गराएको अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए।

रिट निवेदनमा लामिछाने प्रतिनिधि सभा सदस्य पदमा बहाल रहन अयोग्य रहेको दाबी गरिएको छ ।  रवि सांसद रहिरहँदा कानुनको शासन र संवैधानिक सर्वोच्चतामाथि नै गम्भीर प्रश्न उठ्ने दाबी गर्दै रिट निवेदनमा मुद्दाको अन्तिम निर्णय नहुँदासम्म उनलाई सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ अन्तरगत अन्तरिम आदेश जारी गरी प्रतिनिधिसभा सदस्यको रूपमा कार्य गर्न रोक लगाउन माग गरिएको छ । 

काठमाडौँ उपत्यकामा भाेलि सार्वजनिक विदा (सुचनासहित)

काठमाडौं । सरकारले बिहिबार (भोलि) काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । भोटो जात्राको अवसरमा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा सार्वजनिक बिदा हुो भएको हो ।

गृह मन्त्रालयले एक सूचना जारी गर्दै भनेको छ– जेठ ११ गते बिहिबारका दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौ उपत्यकाका तीन जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको छ ।