सात दिनमा करिब १४२ अंक बढ्यो नेप्से

काठमाडौं ।नेप्से परिसूचक निरन्तर सातौँ कारोबार दिन उकालो लागेको छ। गत साताको मंगलबारदेखि उकालो लागेको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो। आज नेप्से १६.४९ अंकले बढेर एक हजार ९ सय ५९ दशमलब १२ विन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ५१.३१ अंकले बढेर एक हजार ९ सय ४२ दशमलब ६३ विन्दुमा बन्द भएको  थियो ।

शेयरबजार बढे पनि कारोबार रकम भने घटेको छ । आज एक अर्ब ८७ करोड ३० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार दुई अर्ब २० करोड २३ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका १३१ कम्पनीको शेयरमूल्य बढेको छ भने ८३ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै सात कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १५०३ रुपैयाँ पुगेको छ । त्यस्तै, युनिलिभर नेपाल लिमिटेडको शेयर मूल्य ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता ३० हजार ७९० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार सानिमा इक्विटी फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्टको भएको छ । यस कम्पनीको आज १४ करोड ६४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

सिटिजन्स बैंक र के.एफ.डब्लू डेभलपमेण्ट बैंक, जर्मनीबीचपुर्नकर्जा लगानीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

माधव अधिकारी, काठमाडौँ । लघु, घरेलु तथा साना उद्यम व्यवसायमा प्राथमिकताका साथ कर्जा प्रवाह गर्दै आएको सिटिजन्स बैंक इन्टरनेशनलाई के.एफ.डब्लू डेभलपमेण्ट बैंकले गत पुनकर्जा वापत यूरो ३५लाख तथा यूरो ५ लाख बराबरको प्रावधिक सहयोग गर्ने भएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडमार्फत नेपालको ग्रामीण क्षेत्रमा लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रबर्धनका लागि जर्मनीस्थित के.एफ.डब्लू डेभलपमेण्ट बैंक र नेपाल राष्ट्र बैंकबीच ग्रामीण तथा अर्ध सहरी क्षेत्रमा दिगो आर्थिक विकास परियोजना– ३ अन्र्तर्गत सो सहयोग प्रदान गर्न एक समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । नेपालसंग जर्मन वित्तीय सहयोग परियोजना अन्र्तगत के.एफ.डब्लू डेभलपमेण्ट बैंक, जर्मनीले नेपाल राष्ट्र बैंक संगको समझदारीमा नेपालमा सञ्चालित बैंक तथा वित्तीय सस्ंथालाई लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रर्धनका लागि पुनर्कर्जा प्रदान गर्दै आइरहेको छ ।
हरेक नेपालीलाई उद्यमशील बनाई नेपालको अर्थतन्त्रको दिगो रुपान्तरण गर्नका लागि लघु, घरेलु तथा साना उद्यम क्षेत्रको विकाश हुनुपर्छ भन्ने मूलमन्त्रलाई स्थापनाकालदेखि नै स्वीकार गर्दै आएको बैंकले उक्त शीर्षक अन्तर्गत हालसम्म २१,५२६ व्यवसायलाई रु. २५ अर्ब बराबरको कर्जा प्रदान गरेको छ । यस मध्ये २८८२ महिला व्यवसायीलाई व्यवसायको सुरक्षणमा सहुलियतव्याजदरमा रु २ अर्ब बराबरको कर्जा प्रदान गरेको छ । उक्त कर्जाबाट नेपालमा महिलालाई उद्यमशील बनाई महिला सशक्तीकरणमा टेवा पुग्ने बैंकले जनाएको छ । यसका साथै सिटिजन्स लघुवित्त कर्जा तथा बचत योजनाअन्तर्गत नेपालका ग्रामीण भेगका मध्यम तथा विपन्नवर्गका महिलालाई लक्षित गरी सामूहिक जमानीको आधारमा हालसम्म ५४९२ मध्यम तथा विपन्न परिवारलाई व्यवसाय गर्न रु ७६ करोड कर्जा प्रवाह गरिसकेको छ । ग्रामीणस्तरमा रहेका विपन्नवर्गलाई समूहमा आबद्ध गरी कर्जा प्रदान गर्दा ग्रामीण क्षेत्रका नागरिक व्यवसायमा संलग्न भई लाभान्वित हुदै जाने छन् भन्ने विश्वासका साथ बैंकले परियोजना अन्तर्गत कृषि, उद्योग, सेवा, व्यापार तथा अन्य व्यावसायिक रूपले सम्भाव्य देखिएका उत्पादनशील व्यवसायको स्थापना, विकास, बिस्तार र क्षमता एवम् उत्पादकत्व बृद्धिका लागि आवश्यक वित्तीय साधन तथा प्राविधिक सहयोग प्रदान गरी देशको औद्योगिक, ब्यापारिक एवं कृषि क्षेत्रको विकासमा गतिशिलता ल्याउन सहयोग पु¥याउने बैंकले जनाएको छ ।

सिटिजन्सका ग्राहकलाई रन्जना सिनेप्लेक्सले छुट दिने

माधव अधिकारी,

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलका कार्ड बाहक ग्राहकहरूलाई न्युरोडस्थित रन्जना सिनेप्लेक्सले छुट दिने भएको छ ।

बैंक र सिनेप्लेक्सबीच सो सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले रन्जना सिनेप्लेक्सको टिकट खरिदमा ५% सम्म छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुको साथै नगद कारोबारबाट डिजिटल कारोबार गर्न प्रेरित गर्ने बैंकले जनाएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । बैंकले १८२ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३९ वटा एटिएम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ्ग एकाइबाट करिव १५ लाख ६५ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

पटवारीले “मालिक”ठग्नखोज्दा साथीको लाईसेन्स चैट 

रौतहट १० जेठ। पारिवारिक डक्टर, पारिवारिक कानूनी सल्लाहकार वकिलकै बराबर मान सम्मान हुन्छ पारिवारिक पटवारी अर्थात लेखनदासको पनि। जुन सुकै ठउँमा बसोबास गर्ने मानिस घर परिवारमा कुनै विरामी हुँदा आफ्ना नजिक मानिने पारिवारीक डाक्टर संग, कानुनी समस्या भएमा पारिवारीक वकिल संग सलाह गर्दछन। मालपोत नापी, भूमिसुधार लगायत कार्यालय संग सरोकारको बिषय भएमा प्रायः आफ्नो नजिकको सधैं सम्बन्ध हुने पारिवारीक पटवारी संग सरसल्लाह गरिन्छ। उक्त कार्यालय मातहतको कुनै कागजात तयार गर्नुपरेमा आफु संग भएकाे सम्बन्धित सम्पूर्ण कागजात पटवारी लेखनदास लाई सुम्पिन्छ ।

लेखनदासले आवश्यकता अथवा सहुलियत अनुसार लेखपढ गरी कागजात तयार गर्ने गर्दछन। तर रौतहटमा भने एकजना लेखनदासले मोहीको वारेसनामा लाई नै  १५ लाख रुपैयाँको कपाली तमसुक बनाएर जिल्ला अदालतमा मुद्दा गरेकाे घटना बाहिरिएको  छ। साबिक मुडवलवा गाविस ६ हाल गौर नगरपालिका १२ घर भई गौर बजारमै लेखापढी व्यवसाय गर्दैआएका लेखनदास सुचिन्द्र प्रसाद यादवले मोहिधनिको लीफा लाई १५ लाख रुपैयाँको तमसुक बनाएर जिल्ला अदालतमा मुद्दा गरेका थिए। १५ लाख रुपैयाँको मुद्दा गर्दा न्यायाधीशको सुझबुझ तथा प्रमाणको आधारमा तमसुक लाई गलत ठहर गर्दै लेखनदास यादवले अदालतमा राखेको धरौटी समेत  जफत 

गरिएको छ। घटना बिवरण अनूसार कटहरिया ४ का रामविलास दासको श्रीमती सम्झना दासको नाउँमा दर्ता कायम रहेको कटहरिया ५ को ७ कठा १० धुर जग्गाको मोहीधनी सोहि वडाका रामचन्द्र महतो कोईरी रहेका थिए। महतोले मोहीहक बापतको जग्गा छुट्याउन भनेर लेखनदास सूचिन्द्र यादव मार्फत भूमिसुधार कार्यालय गौरमा उजुरी दिएका थिए। जग्गाधनी दाश र महिधनी कोईंरी बीच मुद्दा चलिरहेकै क्रममा २०७१ साल वैशाखमा मोहिधनी ६० वर्षिय महतोको हृदयघातको कारणबाट आकस्मिक निधन भएको थियो। बुबाको निधन पछि छोरा सन्तोष महतो  काईरीले उक्त माेहीहक आफनो नाउँमा नामसारी गराएका थिए। सोहि मोहीहक वापतको जागा छुट्याउनको  लागि भुमिसुधार कार्यालय गौरमा मुद्दा चलिरहेकै क्रममा सन्तोष महतो लाई बाहीर जानुपर्ने अवस्था आउँदा लेखनदास यादव लाई वारेसनामा दिएका थिए।

लेखनदास यादवले सोही वारेसनामाको लेखत लीफा लाई १५ लाख रुपैयाँको कपाली तमसुक बनाएर राखेका थिए। सोहि तमसुकको आधारमा लेखनदास यादव ले  २०७१कार्तिक २८ गते सावाँ ब्याज समेत गरी कूल १८लाख ७६ हजार ६६७ रुपैयाँ पाउँ भनेर मोहिधनि संतोष महतो कोईरी माथी जिल्ला अदालत गौरमा मुद्दा गरेका थिए। मुद्दामा कोईरीको तर्फ बाट अधिवक्ताहरू साबिर हुसैन, महरुल हक, शैलेन्द्र कुमार बर्मा,र शिव वहादुर कोईराला तथा यादवको तर्फ बाट अधिवक्ताहरू दिलिप कोईराला, शान्ती प्रसाद सुवेदी,र रामदरेस प्रसादले बहस गरेका थिए। लेखनदासले अदालतमा पेस गरेको तमसुकको विधिबिज्ञान काठमाण्डौ बाट जाँच, लेखनदासको बैंक खाताको अबस्था तथा प्रमाणहरुको आधारमा जिल्ला न्यायाधीश गेहेन्द्रराज पन्तको ईजलासले उक्त कपाली तमसुक लाई गलत ठहर गरेको छ।

साथै लेखनदास सुचिन्द्र यादवले मुद्दा गर्दा राखेको धरौटी रकम २२ हजार ५३६ रुपैयाँ जफत गर्ने आदेश दिएको छ। लेखनदास सुचिन्द्र यादवले पेस गरेको कपाली तमसुकमा साक्षी वसेका अर्का लेखनदास गौर १२ का मिश्री लाल महतो लाई १ लाख २५ हजार रुपैयाँ जरिबाना र उसको प्रमाणपत्र समेत रद्द गरेकाे छ। यादवले मुद्दा गर्दा रोक्का गराएको सन्तोष महतो कोईरिको कटहरिया ५ कीता नम्बर २३११ को २ कठा जग्गा समेत न्यायाधीश पन्तको आदेस फुकुवा भएकाे छ। लेखनदास सुचिन्द्र यादव लामोसमय देखि लेखापढी गर्दै कैयौं मानिस लाई नक्कली तमसुकको आधारमा करोडौं ठगी गरिसकेको पीडित कोईरीले गुनासाे गरेका छन।

यसरी पारिवारीक सरह मानिएका लेखनदासले वारेसनामा लाई कपाली तमसुक बनाएर सेवाग्राहि माथी लाखौंको मुद्दा गर्छ भने कुनै पनि सेवाग्राहीले लेखनदास माथी कसरि विश्वास गर्ने आफैमा ठूलो प्रश्न खडा भएको जनकपुर बाट प्रकाशित आजको मधेश दृष्टि दैनिक पत्रीकामा रौतहट बाट सञ्जय मिश्राले लेखका छन।

मधेस प्रदेश सरकारमा थपिए तीन मन्त्री

जनकपुर । मधेस प्रदेश मन्त्रिपरिषद् मंगलबार विस्तार भएको छ। तेस्रोपटक विस्तारित मन्त्रिपरिषद्मा थपिएका तीनजनामा नेपाली कांग्रेसका कृष्णप्रसाद यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र वीरेन्द्रकुमार सिंहलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा नेकपा एकीकृत समाजवादीका गोविन्दबहादुर न्यौपानेलाई भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ।

 उनीहरूलाई मधेस भवनमा प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए। मन्त्रिपरिषद् विस्तार भए पनि दुई मन्त्री र दुई राज्यमन्त्रीलाई जिम्मेवारीविहीन बनाइएको छ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी सरिताकुमारी साह र राज्यमन्त्री बनेकी शेष अबुल कलाम आजाद, भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री बनेका वसन्त कुशवाहा र राज्यमन्त्री भएका सञ्जयकुमार यादव मन्त्रालयविहीन बनेका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा) र भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री जनमत पार्टीको भागमा परेको थियो। जिम्मेवारीविहीन भएका मन्त्रीलाई पछि व्यवस्थापन गर्ने जनाइएको छ। नेकपा एमालेबाट सभामुख बनेका रामचन्द्र मण्डललाई हटाउन जनमत पार्टीले सहयोग गरे मात्रै सो पार्टीबाट मन्त्री बनेकालाई मन्त्रालयको जिम्मेवारी दिने जसपा र कांग्रेसको तयारी छ।

मन्त्रिपरिषद्मा थपिएकामध्ये यादव रौतहट निर्वाचन क्षेत्र नम्बर १ (ख) सिंह सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ (क) र न्यौपाने सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। यादव र न्यौपाने पहिलोपटक मन्त्री बनेका हुन् भने सिंह पूर्वमुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारमा महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री बनेका थिए।

मधेस प्रदेश मन्त्रिपरिषद् ११ सदस्यीय छ। जसमध्ये तीन मन्त्रालय अहिले पनि मुख्यमन्त्री सरोज यादवकै मातहतमा छन्। मुख्यमन्त्री यादवको मातहतमा गृह, सञ्चार तथा कानुन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय छन्।

यसैबीच सम्मानजनक स्थान नदिएको भन्दै नेकपा माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको दलका नेता भरतप्रसाद साहले बताए।

अहिले माओवादीबाट सरकारमा एक मन्त्री र एक राज्यमन्त्री छन्। नेता साहका अनुसार लोसपा र माओवादीले दुईदुई मन्त्रालय पाउने सहमति भएको थियो। तर सरकार नेतृत्व गरिरहेको जसपाले एक मन्त्रालय मात्रै दिएपछि सरकारबाट बाहिरिनुपर्ने अवस्था आएको उनले बताए। लोसपा पनि एक मन्त्रालय लिएर सरकारमा सहभागी हुन इच्छुक देखिएको छैन। 

यस्तो छ १० जेष्ठ २०८०, बुधबार आजको राशिफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय छ । धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभकार्यको चर्चा चल्नेछ र सफल यात्रा हुनेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । घर जग्गाको कारोबारले लाभ मिल्नेछ ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मन भावुक र उत्ताउलो बन्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सरकारी निकायको भय पनि रहला ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्यको अवसर पनि मिल्नेछ ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आत्मबलमा कमी आउनेछ । मनमा चिन्ता र दुबिधा उत्पन्न हुनेछ । प्रेमीको सहयोग पाइनेछ, तर स्वास्थ्य प्रति सचेत रहनु होला ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । राजनैतिक र कूटनैतिक कार्यमा सफलता मिल्नेछ, तर निर्णय कार्यान्वयन हुन संघर्ष गर्नु पर्ला ।

बृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभकार्यको चर्चा चल्नेछ । प्रेम जीवन सुखद् रहने देखिन्छ । व्यापार व्यवसायमा सफलता पाइनेछ । महिला वर्गबाट विषेश सहयोग मिल्नेछ ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।

बृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । परिवारको साथ सहयोग मिल्नुका साथै यात्राका योग पनि देखिन्छन् ।

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । धर्मकर्ममा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति हुँदै जानेछ ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज मिष्ठान्न भोजनको अवसर मिल्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । प्राविधिक क्षेत्रमा गरेको लगानी फस्टाउनेछ ।

नवनियुक्त वनमन्त्री महतो र शिक्षा राज्यमन्त्री प्रमिलाद्वारा शपथ ग्रहण

काठमाडौं । नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट वनमन्त्री महतोले र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट शिक्षा राज्यमन्त्री कुमारीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

मंगलबार प्रधानमन्त्री प्रचण्डले जनता समाजवादी पार्टी जसपाका महतोलाई मन्त्री र कुमारीलाई राज्यमन्त्री नियुक्त गरेका थिए । योसँगै पाँच महिनामा प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

माछपुच्छ्रे बैंक चन्द्रनिगापुरमा सेवाग्राहीको खाताबाट ९ लाख गायब

रौतहट । माछापुच्छ्रे बैक चन्द्रनिगापुर शाखाबाट एकजना सेवाग्रही रामेश्वर राय यादवको खाताबाट ९ लाख रकम गायब भएको बाहीर आएको  छ ।बृन्दावन नगरपालीका  ३ घर भएका  यादब आईतवार ८ लाखको चेक साट्न जाँदा खाताबाट रकम ९ लाख गायब भएको बाहीर आएको हो। ३ दिन अघिमात्र उनको खातामा १२ लाख २० हजार रकम जम्मा थियो।

बिहिबार बिहान यादव स्वयंले १२ लाख २० हजार रकम माछापुछ्रे बैंकमाजम्मा गर्न चेक दिएका थिए ।उनको खाता नम्बर ७५००६५३८२८०००१४ मा पैसा जम्मा भएको शुक्रवार अपरान्ह ३ बजे मोबाईलमा म्यासेज आएको यादबको भनाई छ। आईतवार कार्यालय समयमा ८ लाखको चेक लिएर बैंकमा साट्न जाँदा खाताबाट ९ लाख पैसा गायब भएको बैंकका कर्मचारीले बताए पछि आफू चकित भएकाे यादवले जानकारी दिएका छन।

बैंकको शाखा प्रमुख रामजी दास संग खाताबाट कसरी पैसा गायब भयो भनेर सोध्दा सहजरुपमा ह्याकरले पैसा लगेको हुनसक्ने जवाफ दिएको थियो ।  रकम गायब भएकाे अवगत हुँदा पनि शाखा प्रमुख दास आफनो जिम्मेवारीबाट पन्छिरहेका छन । प्रमूख दासले  सेवाग्राहि यादवलाई आफै पत्ता लगाउस भन्दा स्थानियहरु तथा आफन्त  बैंकमा जम्मा भएर होहल्ला समेत गरेका थिए। लगत्तै 

ईलाका प्रहरी चन्द्रनिगाहपुरबाट बैंकमा गएको प्रहरीको टोलीले घटना बारे अनुसन्धान थालेको जनाएको छ ।  चन्द्रपुर शाखाका कर्मचारीको मिलोमतोमा पैसा गायब भएको सेवाग्राहि यादवले दाबी गरेका छन । 

सेवाग्राही रामेश्वर यादवको खाताबाट ९८६०१०१०२२, ९८०१५३३५४२, ९८२५०७४४०० र ९८२४२५५६३१ नम्बरको मोबाईल प्रयोग गरि रकम निकालेको देखिन्छ। उनकाे खाताको रकम सिटिजन, सानीमा बैंकमा ट्रान्सफर भएको माछपुच्छ्रे बैंक चन्द्रनिगाहपुरका  प्रमुख रामजी दासले बताएका छन । बैंकले स्टेटमेन्ट दिन समेत आनाकानी गरेको पीडितको दाबी छ। ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमूख डिएसपि एकनारायण कोईरालाले घटना बारे अनुसन्धान सुरु भएको जानकारी दिएका छन।

खानको हत्या गरी फरार भएका कबीर अभियुक्त ३ दिनभित्रै पक्राउ 

रौतहट । रौतहट स्थित आफ्नै छिमेकीको हत्या गरी फरार भएका अभियुक्त लाई प्रहरिले ३ दिनभित्रै  पक्राउ गर्नु सफल भएको छ।गौर नगरपालिका ७ सिसवा टोलका बर्ष ४५ को यार महम्द खानको हत्यागरी फरार अभियुक्त स्थानिय शेख कवीरलाई प्रहरिले पक्राउ गरेको हो। पुरानो रिसवीको कारण गत शुक्रवार राति करिब साढे १०बजे खानको पेट र  छातीमा छुरा प्रहार गरी फरार कविरलाई गौर  स्थित रामजानकी मन्दिर छेउमा आईतवार प्रहरिले पक्राउ गरेको थियो। कबीर उपर कर्तब्य ज्यान मुद्दामा जिल्ला अदालत गौरबाट म्याद थमाई आवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपि उमाशंकर यादवले बताएका छन।

छुरा प्रहार बाट पेट र मुटुमा गम्भिर खत लागेका खान लाई तत्कालै उपचारको लागि प्रादेशिक अस्पताल गौरमा लैजाँदा डाक्टर ले मृत घोषणा गरेका थिए।  घटनाको ४० मिनेट पछि खबर गर्नासाथ प्रहरी टोली घटनास्थलमा पुग्न अघिनै आरोपी कबीर फरार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका ईन्सपेक्टर विन्देश्वर यादवले बताएका थिए।

जसपा नेपालका दुई मन्त्री नियुक्त, प्रचण्ड सरकारले पायो पूर्णता

काठमाडौं– जनता समाजवादी पार्टी नेपालकातर्फबाट दुई जना मन्त्रीमा नियुक्त भएका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो पार्टीका विरेन्द्रप्रसाद महतो र प्रमिलाकुमारी यादवलाई मन्त्रीमा नियुक्त गरेका हुन । 

राष्ट्रपति कार्यालय, शीतल निवासका अनुसार महतोले बन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन भन प्रमिलाकुमारीले शिक्षा, विज्ञान तथा प्रविधि राज्य मन्त्रीको जिम्मेवारी पाएकी छिन् । 

दुई जनालाई मन्त्री नियुक्त गरेसँगै प्रचण्ड सरकारले पूर्णता पाएको छ ।  

बाँसबारीमा पाकिस्तान–नेपाल मैत्री पार्क

माधव अधिकारी
काठमाडौँ,९ जेठ
पाकिस्तानी राजदूतावासले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र नजिकै बाँसबारी क्लबमा पाकिस्तान–नेपाल मैत्री पार्क सञ्चालनमा ल्याएको छ । उद्घाटन कार्यक्रलाई सम्बोधन गर्दै नेपालका लागि पाकिस्तानी राजदूत अब्रर एच हास्मीले नेपाल दुई देशबीचको सम्बन्ध दीगो बनाउन तथा दुई देशका नागरिकबीचको मजबुत आत्मीयतालाई प्रतिविम्वित गर्ने प्रतीकका रुपमा सो पार्क रहने बताउनुभयो । पाकिस्तानी राजदूत हास्मीले पार्क स्थापनमा सहयोग गर्ने नेपाल सरकार, नेपाली नागरिक, काठमाडौँ महानगरपालिका, एचआरएस एड्भेन्चर्स लिमिटेड लगायतलाई धन्यवाद दिनुभयो । कार्यक्रमका वक्ताहरुले दुई देशबीचको सम्बन्ध सुमधुर बनाउँदै सर्वसाधारणलाई खुला हावामा जिम गर्ने सुविधा उपलब्ध गराइदिएकोमा दूतावासप्रति आभार व्यक्त गरेका थिए । नागरिक समाजका प्रतिनिधि तथा स्थानीयबासीले सबै उमेरसमूहका व्यक्तिको स्वास्थ्य तथा वातावरण संरक्षणका लागि पार्क उपयोगी हुने बताए । पार्क हस्तान्तरण समारोहमा जिल्ला समन्वय समिति प्रमुख सन्तोष बुढाथोकी, काठमाडौँ महानगरपालिका–३ का वडाध्यक्ष प्रेम थापा, लायन्स क्लब अफ काठमाडौँका अध्यक्ष अनन्त भेटवाल,नेपाल राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल लगायतको उपस्थिति रहेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सातौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्ने

काठमाडौँ । “वनको दिगो व्यवस्थापन र सामुदायिक अधिकारः समावेशी, सुशासन र हरित अर्थतन्त्र समृद्धिको आधार” भन्ने नाराहित सामुदायिक वन उपभोक्ता महासंघ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नुहुने भएको छ । जेष्ठ ९, १० र ११ गते काठमाण्डौंमा हुने महाधिवेशमा देशभरबाट करिव आठसय प्रतिनिधिहरु र उद्घाटन सत्रमा सरोकारवाला, उपभोक्ताहरुको उपस्थिति रहने महासंघका अध्यक्ष भारती पाठकले जानकारी दिनुभयो । बिहान ९ बजेदेखि सुन्धाराबाट ¥याली सुरु भै १० बजे कमलादी प्रज्ञा प्रतिष्ठानको भवनमा महाधिवेशन सुरु हुनेछ ।
महासंघ स्थापनाको २७ औं बर्षको अबधिसम्म आईपुग्दा ६ वटा महाधिवेशन र एउटा विशेष महाधिवेशन सम्पन्न गरी लोकतान्त्रिक अभ्यासलाई संस्थागत गरिसकेको छ । देशभरी क्रियाशिल उपभोक्ता समूहहरुको सकृयतामा वि.सं. २०५२ सालमा, प्रतिनिधिमूलक छाता संगठनको रुपमा महासंघको स्थापना भएको हो । महासंघ स्थानीय, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रमा समेत वन, वातावरण व्यवस्थापन तथा जैविक विविधता संरक्षण र दिगो वन व्यवस्थापनमा क्रियाशिल रहेको छ । राज्यको पुर्नसंरचनासंगै सामुदायिक वन उपभोक्ता महासंघ नेपालको पुर्नसंरचना भई ५५५भन्दा बढी पालिकास्तरमा स्थानीय महासंघ ७७ जिल्लामा जिल्ला महासंघ सातवटै प्रदेशमा प्रदेश महासंघ गठन भई सक्रिय रुपमा क्रियाशिल रहेका छन् । महासंघलाईप्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा यहासम्म पु¥याउन सहयोग गर्ने सबैमा धन्यवाद दिँदै महाधिवेशनलाई सफतला पूर्वक सम्पन्न गराउनका लागि अध्यक्ष पाठकले आग्रहसमेत गर्नुभएको छ ।
सामुदायिक वन विकास कार्यक्रम नेपाल सरकारको वन तथा वातावरण संरक्षण र प्रवद्र्धनको क्षेत्रमा बहुचर्चित, वहुआयामिक जन सहभागितामूलक सार्थक विकास अभियान हो । २०४६ सालको परिवर्तन संगै सुरु भएको यस अभियानले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा सफलता प्राप्त गर्न सफल भएको छ । ग्रामीण क्षेत्रमा बसोबास गर्ने उपभोक्ताहरु गोलबद्ध गर्दै हाल सम्मदेशभर २२,४१५ हस्तान्तरण भएका सामुदायिक वनमा २९,०७,८७१ घरधुरीले २२,३७,६७० हेक्टर व्यवस्थापन गर्दै आएका छन् । जसका कारण वन क्षेत्रको दीगो व्यवस्थापनमा करिब १ करोड ५० लाखको हाराहारीमा स्थानीय उपभोक्ताहरु यसै सामुदायिक वन कार्यक्रमको माध्यमबाट वन संरक्षण, सम्वद्र्धन, र उपयोगमा सक्रिय रहँदै आएका छन् ।

कला कार्यशाला सम्पन्न

काठमाडौं । नेपाल इन्टरनेट फाउण्डेशनले बालबालिकालाई थप सशक्तिकरण र सृजनशीलतालाई प्रेरित गर्न आयोजना गरेको आर्ट कार्यशाला सफलता पूर्वक सम्पन्न गरेको छ ।
इन्टरनेट बालबालिकाका लागि हो भन्ने उद्देश्यका साथ शनिबार बौद्धस्थित उत्पला क्याफेमा आयोजना गरिएको कार्यशालामा प्रमुख अतिथिको रुपमा ई–आर्ट नेपालकी सहसंस्थापक एरिना ताम्राकार रहेकी थिइन् ।
विशिष्ट अतिथिको रुपमा उत्पला क्याफेका प्रबन्ध निर्देशक दिपक बोहोरा, हेल्प नेपालका संयोजक अरुन कुमार बस्नेत र काठमाडौं महानगरपालिका वडा नं ७ का वडाध्यक्ष विमल कुमार होडा, शुभ श्री बाल उद्यान फोस्टर होमका स्वंय सेवक लगायतको सहभागीता रहेका थियो ।
कार्यशालामा बालबालिकाले आफ्नो प्रतिभालाई इन्टरनेटको प्रयोग गरेर उजागर गरेका थिए । शो कार्यशालामा बालकालिकाले आफ्नो कलात्मक क्षमताहरू अन्वेषण गर्न सक्ने सीपहरू बढाउन सक्ने र कला सिर्जना गर्ने आनन्दको अनुभव गर्न पाएको आयोजकको दाबी छ ।
कार्यशालामा बोल्दै प्रमुख अतिथि ताम्राकारले कलाको निजी जीवन, सामुदायिक विकास र संवेदनशील बनाउनमा ठूलो भूमिका रहेको विषयमा जोड दिएकी थिइन् ।
कोरोना महामारीको बेला नेपालका अनाथ बालबालिकालाई सुरक्षित र निःशुल्क इन्टरनेट कार्यक्रम ‘एक अभियान’ को रूप हो ।
यसले गर्दा कला र पेन्टिङमार्फत बालबालिभित्र लुकेर रहेको अथाह प्रतिभा उजार गर्न मद्दत गर्ने र इन्टरनेटको प्रयोगबाट डिजिटल डिभाइड पनि सुधार हुने आयोजको भनाइ छ ।
‘कार्यशालामा सहभागीता अत्याधिक रुपमा भएकाले हामी अत्यन्तै खुशी छौँ । नेपाल इन्टरनेट फाउन्डेसनकी स्वयंसेवी तजन्ना श्रेष्ठले भनिन् ।
कला र शिक्षाको माध्यमबाट बालबालिकालाई सशक्तिकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको नेपाल इन्टरनेट फाउन्डेसनकी स्वयंसेवी कार्यक्रम संयोजक तजन्ना श्रेष्ठले बताइन् ।
कार्यशालाले अन्तरक्रियात्मक सत्रहरू सञ्चालन समेत गरेको थियो, जहाँ बालबालिकाहरूले समुदाय र एकताको भावनालाई प्रेरित गर्न आफ्ना कथाहरू र अनुभवहरू बाँडेका थिए ।
नेपाल इन्टरनेट फाउन्डेसनले आयोजना गरेको यस वर्कशपलाई वल्र्डलिंक, बुढानिलकण्ठ जेसीआई, लजगा र उत्पला क्याफेको सहयोग रहेको थियो ।

यस्तो छ आज दिनभरको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।कोशी प्रदेश र मधेस प्रदेशको तराईका केही स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ ।

मंगलबार पनि देशको पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ ।कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै र मधेस प्रदेशका एक दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

सशस्त्र प्रहरी निरीक्षकको नतिजा सार्वजनिक, ५६ जना छनोट (सुचनासहित)

काठमाडौं ।लोक सेवा आयोग, केन्द्रीय कार्यालय, कमलपोखरीले सशस्त्र प्रहरी बल नेपालको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले सशस्त्र प्रहरी निरीक्षकको नतिजा सार्वजनिक गरेको हो ।

सम्मिलित उम्मेदवारहरु मध्ये वर्णानुक्रमानुसार देहायका रोल नम्बर तथा नाम थर भएका उम्मेदवारहरु उत्तीर्ण भएकाले परीक्षण र अन्तर्वार्ताको लागि छनौट भएका हुन् ।
सामूहिक परीक्षण र अन्तर्वार्ताको लागि छनौट भएका उम्मेदवारहरुले पासपोर्ट साइजको फोटो २ प्रति, आवश्यक न्यूनतम योग्यता एकीन हुने सम्पूर्ण प्रमाणपत्रतथा अन्य आवश्यक कागजातहरु र दरखास्त फारामको प्रथम र तृतीय पाना २/२ प्रति भरी यो सूचना प्रकाशन भएको मितिले ७ (सात)दिन भित्र यस आयोगको दरखास्तव्यवस्थापन केन्द्र, अनामनगरमा उक्त प्रमाणपत्रहरुको प्रतिलिपि उम्मेदवार आफैले प्रमाणित गरी रुजु गराउनु पर्नेछ ।

आवश्यक न्यूनतम योग्यता तथा अन्य आवश्यककागजातको प्रमाणपत्रहरु नपुर्‍याएमा जुनसुकै बखत दरखास्त रद्द हुनेछ । छनौट भएका उम्मेदवारहरुले अन्तर्वार्ता दिन आउँदा माथि उल्लेखित सक्कल कागजात र प्रवेशपत्रलिई १ (एक) घण्टा अगावै आयोगको अन्तर्वार्ता तथा सिफारिस शाखामा अनिवार्य उपस्थित हुनुपर्नेछ । सामूहिक परीक्षण र अन्तर्वार्ताका दिन सार्वजनिक विदा पर्न गएमा पनि उक्त कार्यक्रम यथावत् सञ्चालन हुनेछ।