१० महिनामा १२ खर्ब ४ अर्ब बराबरको व्यापार घाटा

काठमाडौं।  चालु आर्थिक वर्षको १० महिनाको अवधिमा १२ खर्ब ४ अर्ब ४२ करोड २४ लाख रुपैयाँ बराबरको व्यापार घाटा भएको छ। भन्सार विभागले आज सार्वजनिक गरेको विवरणमा सो अवधिमा मुलुकले रु १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख बराबरको माल वस्तु आयात गरेको छ ।

दश महिनाको अवधिका कूल रु १४ खर्ब ६६ अर्ब २२ करोड २४ लाख बराबरको व्यापार गरेको छ । विभागका अनुसार सो अवधिमा नेपालले रु एक खर्ब ३० अर्ब ९० करोड बराबरको माल वस्तु निर्यात गरेको छ । सो अवधिका वस्तु आयात र निर्यात दुवै घटेको छ ।

आव २०७८\७९ को १० महिनाको अवधिमा नेपालले रु एक खर्ब ७३ अर्ब ३४ करोड बराबरको माल वस्तु निर्यात गरेको थियो । गत वर्षको तुलनामा चालु आवको १० महिनामा वस्तु निर्यात २४ दशमलब ४९ प्रतिशतले घटेको छ ।

विभागका अनुसार आव २०७८\७९ मा रु १६ खर्ब चार अर्ब ६५ करोड २५ लाख बराबरको कूल आयात गरेकामा चालु आवको १० महिनामा रु १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख बराबरको आयात भएको छ ।

कूल कारोबारका आधारमा आव २०७८\७९ रु १७ खर्ब ७८ अर्ब बराबरको व्यापार भएकामा चालु आवको १० महिनामा रु १४ खर्ब ६६ अर्ब २२ करोड बराबरको व्यापार भएको छ ।

यस्तो छ  ८ जेष्ठ २०८० आज सोमबारको राशिफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख पनि मिल्नेछ ।

मिथुन: (का, कि, कु, घ, ङ, छ, के, को, हा) रमणीय र सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । नयाँ कार्यको योजना समेत बन्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्ला ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज नयाँ कार्यको योजना बन्नेछ । धार्मिक यात्राको योग छ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । कामबाट पनि फुर्सद पाइनेछ ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।

धनु: (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कीर्तिमानी काम गर्ने समय छ । चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

बृष: (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । प्रेममा मधुरता छाउनेछ ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज सामान हराउने वा चोरी हुने सम्भावना छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग पनि मिल्न सक्छ ।

बृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आजको समय त्यति राम्रो देखिँदैन । लेनदेनको कार्यमा विशेष ख्याल गर्नुहोला, तर साँझमा भने सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।

मकर : (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । पारिवारिक सद्भाव बढ्ला, तर खर्च पनि बढ्नेछ ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज काम गर्ने जोश जाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनसक्छ ।

महिनामा डेढ लाख पासपोर्ट बन्नु प्रतिभा पलायनको संकेतः परराष्ट्रमन्त्री साउँद

माधव अधिकारी
काठमाडौँ, ७ चैत्र
परराष्ट्रमन्त्री एनपी साउँदले राहदानी विभागबाट एकै महिनामा १ लाख ४१ हजार राहदानी जारी हुनु प्रतिभा पलायनको संकेत भएको बताउनुभएको छ । परराष्ट्रमन्त्री साउँदले गत चैत्र महिनामा जारी भएका पासपोर्टको तथ्यांक उल्लेख गर्दै कामदार र विद्यार्थी विदेश जाने लहर चल्नु विदेशप्रतिको आकर्षण बढेको देखाएको बताएका हुन् । बानेश्वर बहुमुखी क्याम्पसको ३२ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले प्रमाणपत्र बोकेर रोजगारी खोज्ने बेला नभएको बताउँदै उच्च शिक्षा आयोग गठन गरी नेपालको शिक्षानीतिलाई व्यापक र समयसापेक्ष सुधार गर्ने सरकारको अठोटमा शिक्षाविद् लगायत सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो । नेपालको जनसंख्यामा युवाको संख्या सबैभन्दा ज्यादा रहेको उल्लेख गर्दै यो बेलामा नेपालमा आवश्यक जनशक्ति उत्पादन गर्न सकेमा मुलुकको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्नसक्ले उहाँको भनाई थियो ।
स्थानीय शिक्षाप्रेमीको प्रयासमा स्थापित क्याम्पसको निरन्तर प्रगति र उत्पादित विद्याथीले समाजमा पु¥याएको योगदानप्रति उहाँले खुशी व्यक्त गर्नुभयो ।
क्याम्पस प्रमुख घमानसिंह खड्काले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यायन प्रमाणपत्र प्राप्त गर्न सफल भएको क्याम्पसले शिक्षाको गुणस्तर सुधारमा विशेष ध्यान दिइहेको बताउनुभयो । एक जना विद्यार्थीबाट २०४७ सालमा प्रवीणताप्रमाणपत्र सुरु गरेको क्याम्पसमा हाल आफ्नै भौतिक संरचनासहित शिक्षा, मानविकी र व्यवस्थापन संकायको स्नातक तथा स्नातकोत्तर तहमा तीन हजार विद्यार्थी अध्ययनरत रहेको क्याम्पस प्रमुख खड्काले जानकारी दिनुभयो । उहाँले न्यून आय भएका र जेहेन्दार विद्यार्थीका लागि निजी र आङ्गिक क्याम्पसको विकल्पका रुपमा पब्लिक क्याम्पस स्थापित भएको धारणा व्यक्त गर्नुभयो ।
वार्षिकोत्सव समारोहका अवसरमा क्याम्पसमा दीर्घ सेवा गर्ने तथा विद्यावारिधि गर्ने प्राध्यापक, कर्मचारी एवं विभिन्न संकायका उत्कृष्ट विद्यार्थीलाई सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रममा विद्यार्थीले मौलिक संस्कृतिमा आधारित साकेला देउडा लगायतका नृत्य समेत प्रस्तुत गरेका थिए ।

आर्थिक हिनामिना गर्नेहरूलाई कारबाही गर्न आवश्यक : महालेखापरीक्षक शर्मा

काठमाडौँ । महालेखापरीक्षक टङ्कमणि शर्मा दंगालले बेरुजु लेखापरीक्षकले निकाल्ने काम हो भन्ने रूपमा मात्रै लिन लागिएको बताएका छन् ।

आइतबार बसेको लेखा समितिको बैठकमा बोल्दै महालेखापरीक्षक शर्माले यस्तो बताएका हुन् । पछिल्लो समय कुनैपनि निकायले बेरुजु फर्स्यौट गर्नुपर्छ भन्ने भन्दा पनि लेखापरीक्षकको काम भएको भन्ने रूपमा लिन लागिएको भन्दै गुनासो गरेको हुन् ।

उनले लेखापरीक्षकको कार्यालयले देखाएको बेरुजुका विषयमा आगामी दिनमा बेरुजु हुन नदिने भन्दा पनि बेरुजु फस्र्यौटको विषयलाई प्राथमिकतामा लिन छोडिएको बताए । उनले बेरुजु फस्र्यौटको वैज्ञानिक उपाय एक वर्षमा उठेको बेरुजु त्यही वर्षमा खर्च गर्नु रहेको उनले बताए ।

उनले एकै वर्षमा फर्स्यौट नभए पनि अर्को वर्ष लेखापरीक्षण गर्दा खर्च भएको हुनुपर्ने बताएका छन् । महालेखापरीक्षक शर्माले जनप्रतिनिधिहरूलाई बद्नाम गर्ने गरी बेरुजु देखाउन लेखापरीक्षकहरुलाई नैतिक, वैधानिक र व्यवहारिक रूपमा पनि नदिने बताए । उनले लेखापरीक्षकहरुले अहिलेसम्म त्यस्तो काम नगरेको भन्दै उनले जिम्मेवार व्यक्तिले मेरो लेखापरीक्षकले यस्तो गर्‍यो भनेर राजनीतिक तहले बढवा दिने भन्दा पनि त्यस्तो कामको निषेध गर्न आवश्यक रहेको बताए।

उनले सार्वजनिक संस्थानहरूमा राजनीतिक नियुक्तहरू गर्दा विगतको कार्यसम्पादन हेरेर गर्न आवश्यक रहेको बताए । उनले राजनीतिक नियुक्तहरूमा तुलना गरेर बेरुजु बढी राख्ने र आर्थिक हिनामिना गर्नेहरूलाई कारबाही गर्न आवश्यक रहेको पनि बताए।

सन्दीप लामिछानेको मुद्दाको पेशी आज

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दाको पेशी आज आइतबारलाई तोकिएको छ।तीन पटकको पेशी बिना सुनवाइ स्थगित भएको थियो भने एउटा पेशीमा बहस भएर सकिएको थियो । आजको पेशीमा पनि सुनवाइ हुने कुरामा सन्दीपका कानुन व्यवसायीहरू आशावादी छैनन्।

सर्वोच्च अदालतले फास्टट्रयाकबाट टुंग्याउन आदेश दिए पनि जिल्ला अदालतले नियमित प्रक्रियामा अघि बढाउँदा २ पटक पेशी तोकिएर स्थगित भएको छ ।

एक पटक बहस सुरु भइसकेको मुद्दामा न्यायाधीशले हेर्दा हेर्दै राख्नु पर्नेमा अर्को तारिख दिएका थिए ।

सन्दीपको आज तय भएको पेशी अगाडि नबढे उनी विश्वकप ग्लोबल क्वालीफायर खेल्न पाउने सम्भावना कम हुनेछ ।

मर्जर पश्चात सानिमा रिलायन्स लाइफको शेयर नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साविकको सानिमा लाइफ र रिलायन्स लाइफ मर्जर पश्चात बनेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स (SRLI) को शेयर सूचीकृत भएको छ ।

दुई कम्पनीबीच १ बराबर १ को अनुपातमा कायम हुन भएको ४ करोड १८ लाख ४० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सले मर्जर पश्चात बनेको कम्पनीको पहिलो शेयर कारोबारको लागि ३९१ रुपैयाँ ८८ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सो आधारमा आइतबारदेखि कम्पनीको शेयर किनबेच गर्न सकिनेछ ।

कम्पनीको शेयरलाई नेप्सेले एसआरएलआई कारोबार संकेत प्रदान गरेको छ ।

सशस्त्र प्रहरी द्वारा ढुंगामुनि लुकाएर लाँदैगरेकाे काठ सहित ट्याक्टर पक्राउ

रौतहट ७ जेठ । रौतहट स्थित ढुंगामुनी लुकाएर लादैगरेको सालको गोलिया काठ सहितको ट्याक्टर सशस्त्र प्रहरीले बरामद गरेको छ । चन्द्रपुर नगरपालिका ३ को गैडाटारबाट लोड गरेर वडा १०  बालचनपुर लाँदै गरेको अवस्थामा ना ४त ८३६६ नम्बरको ट्रेक्टर  सशस्त प्रहरीको टोलिले बरामद गरेको  हो ।

बालचनपुरका चिरानमिल संचालक मुकेश साहले ५ थान सालको गोलिया ढुङ्गा मुनी लुकाएर ट्रेक्टरलोड लाँदैगरेको सूचनाको आधारमा सन्तपुर स्थित सशस्त्र बेसकाको  प टोलीले  बरामद गरेको हो । बरामद काठ सहितको ट्याक्टर डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।

ट्रेक्टरचालक चन्द्रपुर १० का २३ बर्षका फिरोज मन्सुरी पक्राउपरेको तथा ट्याक्टर धनी चिरान मिल संचालक मुकेश साह सशस्त्र प्रहरीलाई देख्ना साथ फरार भएकाे थियाे ।  बरामद ५० क्युफिट सालको गोलिया काठ, ट्रेक्टर र चालक नियन्त्रणमा रहेको तथा आवश्यक अनुसन्धान भईरहेको डिभिजन वन कार्यालय रौतहटका प्रमूख सुनील कर्णले जानकारी दिएका छन । साहले यस अघि त्यसैगरी ढुङ्गा मुनी लुकाएर सालको काठ पटकपटक लागेको स्थानीयले बताएका छन।

गरुडाका मेयर जैसवाल द्वारा फुलमत माई मन्दिरको सिलान्यास

रौतहट ७ जेठ। रौतहट जिल्लाको गरुडा नगरपालिकाको मेयर कन्थमनि प्रसाद जैसवालले जनताकाे माग अनुसार सनिवार फूलमत माई मन्दिरको सिलान्यास गरेका छन। 

मेयर जैसवालले गरुडा नगरपालिकाको ७ भिमडावर गाउँमा एक समारोहका बीच उक्त मन्दिरको सिलान्यास गरेका हुन। नगर विकास कोषको कूल  ५ लाख रुपैयाको लागतमा मन्दिर निर्माण हुने प्रमूख प्रशासकीय अधिकृत भुदेव झाले बताएका छन।  जैसवालले गरुडा नगरपालिकाको मेयरको जिम्मेवारी लिएपछि जनचाहना अनुसारको विकास निर्माणको काम गर्दै आएका छन।

गुजरामा सम्पन्न दुईदिने निशुल्क स्वास्थ शिविरमा १८ सय बढीले उपचार पाए

रौतहट ७जेठ। रौतहटको गुजरा नगरपालीकामा भएको दुईदिने निशुल्क स्वास्थ शिविरमा १८ सय भन्दा बढी बिरामीले उपचार सेवा पाएका छन्। लायन्स क्लव रौतहट र गुजरा नगरपालीकाको संयुक्त आयोजनामा सनिवार सम्पन्न दुईदिने निशुल्क स्वास्थ शिविरमा १८ सय भन्दा बढी बिरामीले उपचार पाएका छन्।

गुजरा नगरपालीकामा शुक्रवार देखि सञ्चालनमा आएको निशुल्क स्वास्थ शिविरमा सनिवार सम्म १८सय ६६ जना बिरामीले उपचार पाएका हुन्। निशुल्क स्वास्थ शिविरमा   पहिलो दिन शुक्रवार ७४१ जना र सनिवार ११सय२५ गरी १८ सय ६६ जनाले उपचार पाइएको वडा २ का अध्यक्ष अशोक खान थारुले बताएका छन। शुक्रवार एक विशेष समारोहका बीच गुजाराको मेयर सन्तालाल चौधरीले शिविरको उदघाटन गरेका थिए।

दुईदिने शिविरमा रौतहट तथा बाहिर जिल्लाका गरी १८ जना डाक्टरले उपचार सेवा प्रदान गरेका थिए। निशुल्क शिविरमा चन्द्रपुर हस्पिटल, शिविल ह्युमन हस्पिटल चन्द्रपुर, चन्द्रपुर सरकारी अस्पतालका साथै जनप्रतिनिधि, बिभिन्न दलका प्रतिनिधि, स्वयंसेवक समेतले सहयोग गरेको समाजसेवि सुरेन्द्र तिमलसिना ले बताएका छन।सनिवार शिविरको समापन कार्यक्रममा मेयर चौधरीले स्वास्थ शिविर सफल वनाउन अहोरात्र खटेका डाक्टर, जनप्रतिनिधी, तथा स्वयंसेवकहरू लाई कदरपत्र बाट सम्मानीत गरका थिए।

प्रभू नेतृत्वकाे आजापा निकट दलीत मोर्चाको संगठन विस्तार

रौतहट ७ जेठ। पूर्व मन्त्री प्रभू साह नेतृत्वकाे आम जनता पार्टी  निकट आम दलित मोर्चाको केन्द्रीय कमिटी विस्तार गरिएको छ । चन्देश्वर बैठाको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय कमिटी बिस्तार गरिएको हो । 

शनिबार मोर्चाको बसेको बैठकले उपाध्यक्षद्धयमा शर्मिला राम, रामनाथ माझी, महासचिवमा निखिल पासवान, सचिवमा रामाशंकर पासवान रहेका छन् ।

सदस्यमा ठागा दास, प्रमिला दास, राजेश रविदास, बिजय राम, श्रीराम महरा, सोन्फी पासवान, अरुण पासवान, सोनेलाल राम, रामभरोस राम, सागर विक, रमेश नेपाली, राजकुमार सूचिकार, रामबहादुर नेपाली, सोनु सुनाले, निरज कुमार रञ्जन रहेका छन् । 

यसैगरी संजिप नेपाली, चिनीलाल दास, रामबहादुर परियार, संजय राम, महेश्वर महरा, सुनिता राम, रामपुकार महरा, सनितादेवी राम, अञ्जन विक, राजकुमार हजरा, रुपलाल राम, कुसकुमार पासवान, प्रदुमन बैठा, गणेश राम, सूर्यनारायण राम, अंकित कुमार पासवान रहेका छन् । 

सदस्यमा रामबहादुर दास, गिर्जालाल हजरा, निशान्त पासवान, रामपुकार पासवान, ललन पासवान, उमेश दास, दिपक पासवान, गोपाल बिक, गोविन्द राम, सुनिता नेपाली, उपेन्द्र पासवान, देवनारायण बैठा, यमकुमारी बिक, प्रमोद पासवान, रामजनम पासवान लगायतका रहेको अध्यक्ष चन्देश्वर बैठाले जनाएका छन् । 

आम जनता पार्टीको हालै बसेको पदाधिकारी बैठकले पार्टी निकटका बिभिन्न भातृसंगठन एवं जनवर्गिय संगठनहरुलाई गठन गरेर पुर्णता दिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आजपा निकटका संगठनहरुलाई पूर्णता दिने काम भईरहेको आजपा प्रवक्ता चन्द्रभुषण साहले बताए ।

यस्तो छ आज आईतवार,२०८० जेठ ७ गते तपाईँकाे राशिफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कुनै कुराले मन प्रसन्न रहने र मनमा खुसियाली बढ्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) गरेको काममा ढिलासुस्ती हुनेछ । विचार गरेर निर्णय लिनु उचित होला । दबाब र तनाव बढेको महसुस हुनेछ । पारिवारिक समस्या आइपर्ला ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पारिवारिक सद्भाव बढ्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । शेयर बजार या ठूलो लगानी गर्नु जोखिमपूर्ण छ । बोलीको विपरीत अर्थ पनि लाग्न सक्नेछ ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शुभकार्यको चर्चा चल्नेछ । साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ ।

वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आकस्मिक धनलाभ हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो०)आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । अकस्मात् धन सम्पत्ति हात पर्नेछ । धर्म, कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन जाला ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । घरमा अतिथिको आगमन हुनेछ ।

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । तीर्थाटनको योग छ ।

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज जोशजाँगर र हिम्मत बढ्नेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज समय मध्यम खालको छ । स्वास्थ्यमा खासै खराबी नआउला । आँटेका काम सबै पूरा नभए पनि नआत्तिकन काम गर्दा राम्रो हुनेछ ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्न सक्छन् ।

ओलीले आज संसदमा सम्बोधन गर्ने : नीति तथा कार्यक्रममाथि प्रतिवाद गर्ने

काठमाडौं  सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आज (आइतबार) छलफल हुँदैछ । नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पहिले धारणा राख्ने भएका छन् ।

गत हप्ता बसेको एमालेका केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले भुटानी शरणार्थी प्रकरणबारे जेठ ४ गतेको संसदमा बोल्ने बताएका थिए। तर जेठ ४ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम भएकाले संसद् सचिवालयले मन्तव्यको कार्यक्रम कटौती गरेको थियो।

अध्यक्ष ओलीले शनिबार आफ्नो पार्टीका सांसदहरूसँको छलफलमा सरकारको नीति तथा कार्यक्रमको कडा प्रतिवाद गर्न र पारित हुन नदिन निर्देशन दिएका छन्।

एमाले उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संसदमा छलफलका क्रममा अध्यक्ष ओलीले बोल्ने बताए ।
उनले भने, ‘हाम्रो पार्टीको तर्फबाट सरकारको नीति तथा कार्यक्रमबारे पार्टी अध्यक्ष तथा संसदीय दलका नेता पहिले बोल्नु हुन्छ । समसामयिक विषयमा पनि बोल्नु होला ।’ शनिबार बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आइतबारको बैठकको प्रारम्भमा नै आफूले नीति तथा कार्यक्रममाथि धारणा राख्ने बताएका थिए ।

हिजो प्रस्तुत भएको र भोलिबाट छलफल सुरु हुने नीति तथा कार्यक्रमको बारेमा संसद बैठकको प्रारम्भमा नै मैले धारणा राख्नेछु,’ ओलीले शनिबार बसेको संसदीय दलको बैठकमा भनेका थिए । एमाले संसदीय दलको बैठकले सरकारले ल्याएको नीति तथा कार्यक्रम संसदबाट पारित हुन नदिने निष्कर्ष निकालेको थियो ।

सरकारले देशलाई निर्देश गर्ने खालको नीति तथा कार्यक्रम नल्याएकाले त्यसलाई स्वीकार गर्न, समर्थन गर्न नसकिने अडान अध्यक्ष एव् संसदीय दलका नेता ओलीले बैठकमा राखेका थिए । उनले सरकारको नीति तथा कार्यक्रम शब्दको पुलिन्दा मात्र नभएको आरोप लगाएका थिए । आज संसदमा सम्बोधन गर्दै अध्यक्ष ओलीले नीति तथा कार्यक्रमको प्रतिवाद गर्ने जनाइएको छ ।

धनगढीकी डा शाहको मृत्यु प्रकरणमा दुई जना पक्राउ

धनगढी । धनगढीकी डा. प्रसन्ना शाह मृत्यु प्रकरणको विषयमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत २६ वर्षीया डा. प्रसन्ना शाह बिहीबार बिहान आफ्नै कोठामा मृत भेटिएकी थिइन् ।

शुक्रबार मृतक शाहका परिवारले दुई जनाविरूद्ध किटानी जाहेरी दर्ता गराएका थिए । सोही जाहेरीका आधारमा प्रहरीले आत्महत्या दुरूत्साहन मुद्दा दर्ता गरेर दुई जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको बताएको छ ।

धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत डा. सन्दीप भट्टराई र धनगढीकै विकल केसीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सशस्त्र इन्स्पेक्टरको लिखित परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ । सशस्त्र प्रहरी बलको प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको भर्नामा मागभन्दा कम उत्तीर्ण भएका छन् । 

शुक्रबार लोक सेवा आयोगले सार्वजनिक गरेको लिखित परीक्षाको नतिजा अनुसार कानुन उपसमूह तथा विभिन्न आरक्षणका कोटामा मागभन्दा कम उत्तीर्ण भएका हुन् । 

कानुन उपसमूह अन्तर्गत चारजना माग भएकोमा एकजना मात्र उत्तीर्ण भएका छन् । साधारण उपसमूहतर्फ महिलाको कोटामा ६ जना माग भएकोमा चारजना मात्र लिखित परीक्षामा सफल भएका छन् । 

त्यस्तै, मधेसीतर्फ १० जनाको कोटामा चारजना, दलिततर्फ पाँचजनाको कोटामा दुई तथा अमर–अशक्त प्रहरीका सन्तानलाई छुट्याइएको एक पदमा कोही पनि उत्तीर्ण भएका छैनन् । 

साधारण उपसमूहतर्फ खुलातर्फ भने ३८ जनाको माग भएकोमा ४७ जना उत्तीर्ण भएका छन् । आदिवासी जनजातितर्फ नौमा नौ जना तथा पिछडिएको क्षेत्रको दुई कोटामा दुईजना सफल भएका छन् ।

रौतहटमा छुरा प्रहार गरी खानको हत्या

रौतहट ६ जेठ। रौतहटमा  छुरा प्रहार गरी एकजनाको हत्या गरिएको छ। गौर नगरपालिका ७ सिसवा गाउँका ३५ वर्षिय शेख कवीरले छुरा प्रहार गरी छिमेकि ५० वर्षीय यार महदम खानको गएराति हत्या गरेको हो।

गएराति १० बजे दुवैजना बीच केही विवाद हुँदा कविरले खानको पेटमा  छुरा प्रहार गरेको थियो। पेट र मुटुमा गम्भिर खत लागेका खान लाई तत्कालै उपचारको लागि प्रादेशिक अस्पताल गौरमा लैजाँदा डाक्टर ले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

  घटनाको ४० मिनेट पछि खबर गर्नासाथ प्रहरी टोली घटनास्थलमा पुग्न अघिनै आरोपी कबीर फरार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका ईन्सपेक्टर विन्देश्वर यादवले बताएका छन।  हत्याका अभियुक्त मानसिक रोगी रहेकाे उसको खोजि तथा घटना बारे अनुसन्धान भइरहेको इन्सपेक्टर यादवले जानकारी दिएका छन।

मृतक खान माधव नेपाल नेतृत्वको नेकपा एस का समर्थक रहेका थिए। यसै बीच गौर नगरपालिकको मेयर शम्भु साह प्रादेशिक अस्पताल गौरमा पुगेर मृतकको अबस्था बारे बुझ्दै फरार अभियुक्त लाई तत्काल पक्राउ तथा घटनाको सत्यतथ्य छानबिन गर्न स्थानिय प्रशासन संग माग गरेका छन। मृतक खानको शव पोषटमार्टमको लागि प्रादेशिक अस्पाताल गौरमा राखिएको छ।