आन्दोलन फिर्ता लिंदा पनि रौतहटको अधिकांस बिद्यालय बन्द

रौतहट ४ असार। आन्दोलनरत विद्यालय कर्मचारीहरूले सामुदायिक विद्यालय बन्दका कार्यक्रम फिर्ता लिएपनि रौतहटको अधिकांस सामुदायीक बिद्यालयहरु आईतवार बन्द रहेको छ।  सरकारले वार्ताका लागि समिति गठन गरेको र आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्तामा आउन आह्वान गरेको भन्दै नेपाल विद्यालय कर्मचारी परिषद्ले विद्यालय बन्दको कार्यक्रम फिर्ता लिएको भएपनि यहाँको अधिकांस विधालय भने बन्द रहेको थियो। विधालय कर्मचारीको पूर्व निर्धारित कार्यकरम अनूसार विधालय बन्दको निर्णय भएकाे केहीबेर पछि आन्दोलन फिर्ताको खबर आउँदा सम्म विद्यार्थीहरू घर फर्किसकेकाले विधालय बन्द रहेको शिक्षकहरुले बताएका छन। जिल्ला शिक्षा समन्वय ईकाई रौतहटका प्रमुख राम बिनय सिंहले बिद्यालय कर्मचारीको आव्हानमा जिल्लाको अधिकांस सामुदायीक विधालय बन्द रहेको जानकारी दिएका छन।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले वार्ता टोली गठन गरेर सम्बादको वातावरण बनाउन आग्रह गरेको भन्दै विद्यालय बन्दको कार्यक्रम तत्कालका लागि स्थगन गरिएको परिषद्का अध्यक्ष गंगाराम तिवारीले बताए ।  वार्ताको माध्यमबाट आन्दोलन राखिएका मागहरु सम्बोधन गर्न सरकार गम्भिर नदेखिएमा सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगरेमा, विगत वर्षहरुमा भएका र गरिएका सहमति र सम्झौताहरु कार्यान्वयन नगरेको खण्डमा पुनः आन्दोलनका कार्यक्रम अगाडि बढाउने परिषद्ले चेतावनी दिएको छ।

गौरका मेयर साह द्धारा जुमाबि लाई बिभिन्न सामग्री हस्तान्तण

रौतहट ४ असार। रौतहटको सदरमुकाम गौर नगरपलिकाको मेयर शम्भू साहले जुद्ध माबि गौरमा विभिन्न सामग्री हस्तान्तण गरेका छन।

गर्मी बढदै गरेको ध्यानमा राखिदै दातृ संस्था कतार_चैरिटी को सहयोगमा आरडीसी नेपालबाट उपलब्ध फिल्टर सहितको वाटर चिलर प्लांट, सिलिंग फैन र बोरिंग कल लगाएतका सामग्री मेयर साहले जुद्द माबिलाई आईतवर हस्तान्तण गरेका हुन। सोही संस्थाबाट उपलब्ध गरेको अर्को वाटर प्लांटलाई गौर ९ सिर्सिया स्थित वडा कार्यालयमा जडान गरिएको छ मेयर शम्भू साहले बताउनुभयो।

धरानका मेयर जस्तै वडाअध्यक्ष चौधरी स्वयं विकासको काममा खट्दै

रौतहट ४ असार। देशको ७५३ स्थानिय तह मध्ये काठमाडौं महानगरका मेयर बालेन साह र धरान उपमहानगरका मेयर हर्क साङपाङ विभिन्न खाले नया नया कामले सदैब चर्चामा रहने गर्दछन्। तर ताराई मधेशका भन्ने त्यसकाे ठिक बिपरित छ अर्थात कामै नगरी बजेटको पैसा खान कैयौं जनप्रतिनिधी मरिहत्ते भएकाे देखिन्छ। यसै बीच रौतहटको गुजरा नगरपालीकामा १ का वडा अध्यक्ष रामजीत चौधरी भने बुढेसकालमा पनि टाउकोमा भारी बाटा बोकेर सार्वजनिक काममा खटेको देखेर उनीप्रति कसको मनमा सम्मानको भावना जागृत हुँदैन।

गुजरा नगरपालिका १ मा उनै वडा अध्यक्ष चौधरीको सक्रियतामा सघन सहरी विकास कार्यक्रम अन्तर्गत  सडकको ढालान कार्य भैरहेको छ। सोहि कामलाई पुरा गर्न ६० वर्षिय वडा अध्यक्ष रामजीत चौधरी आफ्नो टाउकोमा गिट्टी बालुवा सिमेन्ट बोकेर सडकको काम गराईरहेका छन। रङपुर गाउँ देखि मुशहरटोल हुँदै कोठीयार जाने  बाटो लमहा खोलाको पुलसम्म सडक स्तरोन्नति पिपिसी ढालानको काम वडा अध्यक्ष रामजित चौधरीको पहलमा समपन  भएकाे छ। सडक निर्माणले जनताको अाबत जाबत मा धेरै सजिलोहुने ,सदियो देखि  धुलो खादै अाएको पीडा  बाट सदाको लागि बिदा भयो  जनता को मनमा धेरै खुसी आयो   अध्यक्ष चौधरीले जानकारी दिएका छन।

छिनछिनमा विद्युत लाईन कट्दा रौतहटबासी हैरान

रौतहट ४ असार। पछिल्लाे समय रौतहटको अधिकांस स्थानमा छिनछिनमा विद्युत लाईन कट्नेगरेको कारण जिल्लाबासी हैरान भएका छन्। बिहानै देखी हुने प्रचण्ड गर्मिको समय विद्युत लाईन अवरुद्ध हुँदा स्थानियहरु थप समस्यामा परेका छन। जीलाको उतरिभेग चन्द्रनिगाहपुर, कतहरियामा   केही दिनयता पटकपटक विद्युत लाईन अवरुद्ध हुँदा सर्वसाधारण हैरान भएका छन् । विद्युत् प्राधिकरणको फितलो व्यवस्थापनका कारण कटहरिया चन्द्रपुर, लगायतको ठाउँमा दैनिकजसो  बत्ती आउने जाने भइरहेको छ । दैनीक ४० डिग्री भन्दा बढी गर्मी लागेको समय विहान देखि रातिसम्म विद्युत लाईन अवरुद्ध हुँदा सेवाग्राहि उपभोक्ता समस्यामा परेको जानकारी दिएका छन।

विद्युत प्राधिकरण चन्द्रनिगाहपुर शाखामा नयाँ कार्यालय प्रमुख आएदेखि दैनिकजसो बत्ती आउने जाने गरेको गुनासो आउन थालेका छन् । बत्ती जाने आउने समस्या बढे पनि यसको दीर्घकालीन समाधान गर्न प्राधिकरण शाखा असफल जस्तै देखिएको छ । शाखामा कार्यालय प्रमुखको रुपमा धीरेन्द्र यादव कार्यरत छन ।

नेपाल विद्युत् प्राधिकरणका शाखा प्रमुख यादव भने लोडसेडिङको समस्या नरहेको दाबी गर्छन् । ‘लाइन नै सर्ट भएर ट्रान्सफर्मर पट्केर कुनै बेला बत्ती गएको हुन सक्छ तर प्रणालीमा कुनै समस्या छैन । बत्ती जाने समस्या हुँदा हाम्रो टेलिफोनमा तुरुन्तै सूचना आउने गरेको छ । त्यसलाई हामी तुरुन्तै समाधानसमेत गर्ने गरेका छौं,’ यादवले भने । यद्यपि गुनासो सुन्ने निकाय विद्युत प्राधिकरणको फोन नउठ्ने र प्राय उठाएर होल्डमा राखिदिने कर्मचारीको नियतिको कारण बारम्बार समस्या भइरहेको गुनासो चन्द्रपुरका साथै कटहरियाका स्थानीय व्यवसायीहरु बताउँछन् ।

निर्माणको काम  पुरानहुँदै ठेकदार (प्रदेश सांसद)ले भुक्तानी कसरी पाए प्रभू साहको प्रश्न

रौतहट ३ असार । आम जनता पार्टीको राष्ट्रिय अध्यक्ष एवम पुर्व मन्त्री प्रभू साहले पूल निर्माणको काम पूरा नहुँदै ठेकदार ले पुरा भुक्तानी कसरी पाए प्रश्न गरेका छन।  रौतहट क्षेत्र नं ३ को संघिय सांसद समेत रहेका  साहले 

बिरगंज, कलैया, कटहरिया जोड्ने मुख्य सडक खण्ड अन्तर्गत मालाही गाउँ छेउको पूल निर्माणको काम पूरा नहुँदै ठेकदारले पुरा भुक्तानी कसरी पाए प्रश्न गरेका थिए। त्यसैगरी उनले  गण्डक जोडने पूल बंङगरी र दूधौरा ,खोला पुल भत्केर आवत जावतमा स्थानीयलाई समस्या भएको हुँदा  सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको भन्दै सरकारको ध्यान आकर्षण गरेका छन् ।

आइतबारको प्रतिनिधिसभाको बैठकमा सुन्य समयमा बोल्दै साहले सरकारलाई त्यसबारे जानकारी गराएका हुन्।

यस्तै रौतहट जिल्लाको कलैया कटहरिया सडक खण्ड अन्तर्गत पर्ने मलाही पेटभर्वा पुलको केहि दिन अगाडी निरिक्षण गर्दा त्यो पूल झण्डै २०७० सालमा ठेका भएको थियो। तर जिल्ला समन्वय समितिले २५ % कामै न गरि ठेकेदारलाई पूरा भुप्तानी गरिएको रहस्य पाइएको छ।  त्यती मात्रै होइन धरौटी पैंसा समेत ढेकेदारले पाइसकेको छ पूर्व मन्त्री प्रभू साहले सदनमा आवास उठाएका छन्। अहिले रातको दिन र दिनको रात बनाउँने भ्रष्ट कर्मचारीलाई कानुनको दयारा ल्याउने काम चाँडै होस् सम्बन्धित निकाय संग प्रभू साहले सभामुख मार्गत सरकारलाई ध्यान आकर्षण गराएका हुन ।

यस अघि जिल्ला समन्वय समिति रौतहटका सभापती नेपाली कांग्रेस का राम एकवाल यादव हुँदा तत्कालिन ठेकेदार हाल प्रदेश सांसद नागेन्द्र साहले निर्माण गरेको पुलको काम पूरा नहुँदै धरौटी समेत भुक्तानि लिएका थिए।

  सञ्जय मिश्रा

काठमाडौँ महानगरले ११ महिनामा उठायो ८ अर्ब राजस्व 

काठमाडौँ: काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा ८ अर्ब राजस्व सङ्कलन गरेको छ ।

आन्तरिक आय, राजस्व बाँडफाँट र आन्तरिक अनुदान गरी आर्थिक वर्ष २०७९-८० को ११ महिनामा ८ अर्ब २९ करोड ९५ लाख ५९ हजार २७८ राजस्व सङ्कलन गरेको हो । यो रकम महानगरको राजस्व लक्ष्यको ७९ प्रतिशत मात्रै हो ।

महानगरपालिकाले चालु आर्थिक वर्षको लागि राजस्व लक्ष्य १० अर्ब ४२ करोड ९५ लाख रुपैयाँ राखेको थियो ।

जसमध्ये सबैभन्दा धेरै प्रगति महानगरले आन्तरिक आयतर्फ गरेको छ । राजस्व सङ्कलन मध्ये काठमाडौँ महानगरपालिकाले आन्तरिक आयतर्फ ९८ दशमलव ८७ प्रतिशत हासिल गरेको देखिएको छ ।महानगरपालिका ४ अर्ब ८५ करोड आन्तरिक आयको राजस्व लक्ष्यमध्ये ४ अर्ब ७७ करोड उठाएको हो । जुन अघिल्लो आर्थिक वर्षको भन्दा एक अर्ब बढी हो । आर्थिक वर्ष २०७८-७९ मा महानगरले ३ अर्ब ७२ करोड मात्रै आन्तरिक आय सङ्कलन गरेको महानगरको राजस्व विभागले जनाएको छ ।

महानगरपालिकाले आन्तरिक आयतर्फ घर बहाल करमा १ अर्ब ९२ करोड १२ लाख ८० हजार राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षमा महानगरपालिकाले यो शीर्षकमा २ अर्ब राजस्व उठाउने लक्ष्य राखेको थियो । यस्तै सम्पत्ति करमा ९१ करोड ३३ लाख राजस्व उठाएको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा १२ करोडले बढी हो ।

कृतिका बनिन् मिस एसईई नेसनल २०२३

काठमाडौं । राजधानीमा हालै सम्पन्न मिस एसईई नेसनल २०२३ को उपाधि कृतिका रेग्मीले जितेकी छन्। जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा आयोजित प्रतियोगीताको अन्तिमस्पर्धामा उनले भ्युअर्स च्वाइस विधासमेत हात पारेकी छन् ।

प्रतियोगितामा त्रिदेवी श्रेष्ठ फस्ट रनरअप तथा अदिती ढकाल सेकेन्ड रनर अप छानिए । त्रिदेवीले फोटोजेनिक अवार्ड प्राप्त गर्दा अदितीले ट्यालेन्ट विधाको अवार्ड आफ्नो पोल्टामा पारिन् । प्रतिस्पर्धा अन्तर्गत थर्ड रनरतर्फ सुजिना भण्डारी र फोर्थ रनरअप तर्फ कृस्टिना ढुंगाना भए । सुजिनाले म्यानेज्मेन्ट च्वाइस र कृष्टिना पब्लिक च्वाइस विधाको समेत विजेता बने ।

युहान इन्टरनेसनल इभेन्ट्सद्वारा आयोजित प्रतियोगितामा सरिना भारती भ्युअर्स च्वाइस, प्रिन्सा थापा पब्लिक च्वाइस, समिका तामाङ पर्सनालिटी, दिया तिमिल्सिना क्याटवाक, मुक्तिना खरेल कन्जिनियालिटी, साकिरा सिंखडा कन्फिडेन्ट, ऐश्वर्या पुडासैनी इन्टेलिजेन्ट, जेनिसा खत्री डिलिजेन्ट र आर्या लामा मिस ग्ल्यामर घोषित भए। ३२ जना छात्राको सहभागिता रहेको प्रतियोगितामा शिक्षाविद् छविलाल पाण्डे, फिल्म सम्पादक साहिल खान, मोडल एवं सञ्चारकर्मी रीता कद्मेल र नेपाल एयरहोस्टेस एकेडेमीकी रेजिना तुलाधर निर्णायक रहेका थिए। प्रतियोगिता रोजिन शाक्यको कोरियोग्राफी र सञ्चालनमा सम्पन्न भएको थियो।

कतार पठाइदिने भन्दै रकम ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–१ ठूलो धादिङ घर भई हाल काठमाडौँको गोकर्णेश्वर–८ मा बस्ने ३६ वर्षीय बिसु लामा रहेका छन् ।

निजले ताराबहादुर वलीलाई वैदेशिक रोजगारीका लागि कतार पठाइदिन्छु र त्यहाँ आकर्षक तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट रकम लिई सम्पर्कविहीन भएको आरोपमा काठमाडौँको बौद्धबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पक्राउ परेका लामालाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

आदिपुरुषको निर्माता कम्पनीले पठायो मेयर बालेनलाई पत्र

काठमाडौं,४ असार । भारतीय चलचित्र आदिपुरुषको निर्माता कम्पनीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पत्र पठाएर चलचित्रको संवादबारे प्रष्टीकरण दिएको छ । कम्पनीले इमेलमार्फत पत्र पठाएर मेयर शाहलाई पत्र पठाएर प्रष्टीकरण दिएको हो ।

कम्पनीकी राधा दासद्वारा हस्ताक्षरित पत्रमा विवादित संवाद माता सीताको जन्मस्थलसँग सम्बन्धित नभएर आम महिला विशेष गरेर भारतसँग सम्बन्धित रहेको कम्पनीले प्रष्टीकरण दिएको छ । सीतालाइ भारतीय छोरी भनेर सो चलचित्रमा उल्लेख गरेपछि मेयर साहले शब्द नसच्चाएसम्म काठमाडौंमा भारतीय चलचित्र चलाउन नदिने घोषणा गरेको केही घण्टामै कम्पनीले प्रष्टीकरण दिएको हो । कम्पनीले कुनै पनि किसिमले नेपाली जनताको भावनामा ठेस पुर्याउने चलचित्रको उद्देश्य नरहेको बताउँदै माफीसमेत मागेको छ ।

यस चलचित्रलाई कलाको रुपमा बुझिदिन र इतिहासलाई धेरै दर्शकसम्म पुर्याउने चलचित्रको उद्देश्यलाई सहयोग गर्न आग्रह समेत कम्पनीले गरेको छ । यसअघि बालेनले आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट नहटाएको भन्दै काठमाडौँ महानगरपालिकामा भारतीय चलचित्र प्रदर्शन निषेध गर्ने भनेपछि यो स्पष्टीकरण आएको हो । शाहले सामाजिक सञ्जालमार्फत काठमाडौँ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न आजदेखि निषेध गरिएको बताउनु भएको हो । सामाजिक सञ्जालमार्फत मेयर शाहले भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन ३ दिन पहिले आह्वान गरेको स्मरण समेत गराउनु भएको छ । भारतमा समेत चर्को विवादमा रहेको दक्षिण भारतीय फिल्म ’आदिपुरुष’ नेपालमा पनि विवादित बनेपछि हलवालाहरुले पनि आजबाट काठमाडौं महानगरपालिकामा प्रदर्शन रोक्ने भएका छन् ।

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रुपैयाँ ८० पैसा र बिक्री दर १३१ रुपैयाँ ४० पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ०३ पैसा र बिक्री दर १४३ रुपैयाँ ६९पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

पूर्वी नेपालमा बाढीपहिरो : एक जनाको मृत्यु, २५ जना बेपत्ता

विराटनगर । मनसुन सुरु भएसँगै परेको वर्षाका कारण पूर्वी नेपालका पहाडी जिल्लामा ठूलो क्षति भएको छ । संखुवासभामा अविरल वर्षाका कारण हेवा र सभाखोलामा शनिवार राति आएको बाढीले एकको मृत्यु भएको छ भने बाढी र पहिरोमा परी २५ जना बेपत्ता भएका छन् ।

बाढीले ठूलो भौतिक तथा मानवीय क्षति भएको हुनसक्ने भए पनि विवरण आउन बाँकी रहेको सुरक्षा निकायका अधिकारीहरूले बताएका छन् ।

शनिबार राति संखुवासभाको हेवा खोलामा आएको बाढीमा मात्रै १६ जना बेपत्ता भएका छन् । चैनपुर नगरपालिका-४ स्थित हेवा खोलामा निर्माणाधीन जलविद्युत आयोजनामा १९ जना कार्यरत रहेकोमा १६ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले जानकारी दिए ।

तीन जनाको भने उद्धार गरिएको छ । उद्धार गरिएका तीन जनालाई उपचारका लागि चैनपुर लगिएको छ । यस्तै, संखुवासभाको पाँचखपन नगरपालिका-५ मा एक जनाको शव भेटिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका  प्रवक्ता ऋषिराम कँडेलले जानकारी दिए ।

पाँचथरमा ५ जना बेपत्तामेची राजमार्ग अवरुद्ध

शनिबार राति नै हेवा खोलामै आएको बाढीले पाँचथरको फिदिममा पाँच जना बेपत्ता भएका छन् भने पुलहरू बगेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी हरि खतिवडाका अनुसार हेवा–१ जलविद्युत् आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम-१० का सन्जोग लोवा, फिदिम-४ माझीटारमा बोत्तल हाउस सञ्चालन गरेर बसेका आशिष, एलिसा माझी र फिदिम-४ हेवा खोलाबाट एक जना बेपत्ता भएका छन् ।

यस्तै, फालेलुङ-३ खोलाघारी सेपीमा पहिराले पुरेका एक बालकको सकुशल उद्धार भएको वडाध्यक्ष शक्ति केरुङले जानकारी दिए । बाढीले जिल्लाका पाँच वटा पुल बगाएको छ । मेची राजमार्गस्थित पाँचथर जिल्लाको फिदिम नगरपालिका-४ र हिलिहाङ गाउँपालिका-७ जोड्ने हेवाखोला पुलसमेत बगेको छ । पुल बगाएपछि मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध बनेको डीएसपी खतिवडाले बताए ।

तमोर करिडोरको ‘बेलीब्रिज’ पनि बाढीले बगाएको छ । फालेलुङ गाउँपालिका–३ मच्छेबुङमा मोटरेबल पुल बगाएको छ ।बाढीले याङ्वरक गाउँपालिका-३ र २ लगायत विभिन्न ठाउँमा ९ वटा घर बगेको जानकारी आएको प्रहरीले जनाएको छ ।

ताप्लेजुङको पहिरोमा ४ जना बेपत्ता

ताप्लेजुङमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनासहित चार जना बेपत्ता भएका छन् । गएरातिको पहिरोमा पुरिएर सिदिङ्वा गाउँपालिका-६ मेहेलेमा यादव बुढाथोकीकी श्रीमती भागीमाया, बुहारी सन्ध्या र नाती प्रज्ज्वल बेपत्ता भएका हुन् । सोही स्थानका गणेश तामाङ पनि बेपत्ता भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी राजन लिम्बुका अनुसार वेपत्ता भएका चारै जनाको खोजीकार्य जारी छ ।

गएराति ताप्लेजुङमा भारी वर्षा भएको थियो । बाढीले दोभान, ढुंगे साँघु लगायतका क्षेत्रमा कटान भएको र केही स्थानमा सडकसमेत अवरुद्ध भएको प्रारम्भिक विवरण आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार क्षतिको पूर्ण विवरण संकलनको काम जारी छ ।

बिहीबार राति पनि वर्षा र बाढीले सदिङ्वा र सिरिजंगामा क्षति पुर्‍याएको थियो । बाढी पहिरोले सुरुमखिम-खेवाङ-याम्फुदिन जोड्ने मोटरेबल पुलको एकातर्फको भाग भत्काएको थियो भने काबेली हाइड्रो पावरको गोदाममा राखिएका सामान बगाएको थियो ।

कञ्चनजंघा मावि, याम्फुदिन प्रहरी चौकी र स्थानीयका केही घर जोखिममा छन् ।

बेपत्ता हुनेहरूको नामावली
सुपर हेवा हाइड्रोपावरका मजदुर

१. सन्तोष ढकाल, सुनसरी इटहरी, वर्ष ३५, सुपरभाइजर
२. फैजबहादुर कार्की, झापा, गौराहदह, सुपरभाइजर
३. भुवनसिंह तामाङ, चैनपुर–४ संखुवासभा, वर्ष ३५
४. सुवास राई, चैनपुर संखुवासभा
५. गणेश गिरी, धनकुटा पाख्रीबास
६. राजकुमार मगर, इलाम
७. मीना श्रेष्ठ, झापा, भान्से
८. रामजतन थारू, कैलाली
९. राहुल थारू, बर्दिया
१०. रोहित थारू, बर्दिया
११. पुलसन थारू, बर्दिया
१२. कालीराम थारू, बर्दिया
१३. राजराम थारू,बर्दिया
१४. सुगत थारू, कैलाली
१५. अमर थारू, कैलाली
१६. सीता थारू, कैलाली
१७. दीपक मगर, पाँचखपन, संखुवासभा
सभापोखरी गाउँपालिकामा बेपत्ता
१८. गणेश राई, सभापोखरी–३, वर्ष ६०
१९. सन्चमाया राई, सभापोखरी–३, वर्ष ६१
चैनपुरको नुनढाकीमा बेपत्ता
२०. भीम चौधरी, बर्दिया नगरपालिका
अपर हेवा हाइड्रोपावरका बेपत्ता
२१. ज्ञानबहादुर लिम्बु, चैनपुर न.पा–४, वर्ष ५०

यस्तो छ ४ असार २०८० आज सोमबारको राशिफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । अन्योलका बीच उन्नतिको मार्ग पनि भेटिनेछ ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ सवारी साधन प्राप्तिको योग छ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेम प्रस्ताव समेत प्राप्त हुनसक्छ ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज लक्ष्मी प्रसन्न हुने योग छ । महत्त्वपूर्ण कामको थालनी हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । नयाँ व्यक्तिसँग भेटघाट पनि हुनेछ ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज धार्मिक कार्य सफल रहनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ । प्रेम सम्बन्ध पनि कसिलो होला ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आफन्त वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभ कार्यमा सरिक भइनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रेम र मित्रताको बन्धन कसिने बेला छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । नयाँ कार्यको योजना बन्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

बृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज मानसिक शान्ति मिल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने देखिन्छ । नजिकको व्यक्तिबाट धोका मिल्नसक्छ सचेत रहनुहोला ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज धार्मिक यात्राको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । नयाँ कमको थालनी हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ ।

बृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज राजनैतिक कार्यमा बाधा आउनसक्छ । घाँटीमा समस्या आउला, तर सामाजिक र धार्मिक कार्यबाट सफलता मिल्नेछ ।

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) सामाजिक कार्यमा रुचि जाग्नुका साथै पारिवारिक सुख मिल्ने देखिन्छ । आँटेको र ताकेको कार्य पुरा होला । बोलीको प्रभाव पनि बढ्नेछ ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) खानपिनमा बढी सावधानी अपनाउनु पर्नेछ । आँटेको काममा ढिलासुस्ती हुनसक्छ, तर अभिभावकको सुझावले उचाइमा पुर्‍याउन सहयोग गर्नेछ ।

विश्वकप छनोटमा नेपाल जिम्बाब्वेसँग ८ विकेटले पराजित

काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गतको उद्घाटन खेलमा नेपाल पराजित भएको छ । समूह ‘ए’ अन्तर्गतको खेलमा नेपाल आयोजक जिम्बाब्वेसँग ८ विकेटले पराजित भएको हो ।

जिम्बाब्वेले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा २९० रन बनाएको थियो। नेपालले दिएको २९१ रनको लक्ष्य जिम्बाब्वेले ४४ ओभर १ बलमा दुई विकेटको क्षतिमा पूरा गर्‍यो।

उसका लागि कप्तानर क्रेग इरभनले अविजित १२१ रन बनाए। त्यस्तै, सेन विलियम्सले १०२ रनको बनाए।  विस्ली माधिवेरीले ३२ र जोयलर्ड गुम्बिले २५ रन बनाए।

बलिङतर्फ नेपालका लागि सोमपाल कामी र गुलसन झाले समान एक/एक विकेट लिए।

पहिले ब्याटिङको गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९० रन बनाएको थियो। नेपालका कुशल भुर्तेलले ९९, आसिफ शेखले ६६, कुशल मल्लले ४१, कप्तान रोहित पौडेलले ३१ बनाएका थिए।

बलिङतर्फ जिम्बावेका रिचार्ड नगर्भाले चार, विलिङ्टन मासाकाट्जाले दुई तथा ब्लेसिङ मुजवानी र टेन्डी चताराले समान एक–एक विकेट लिए।

नागरिक लगानी कोष र खल्तीबीच सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र खल्ती प्रालिबीच सम्झौता भएको छ ।

सम्झौताअनुसार नागरिक लगानी कोषबाट सञ्चालन गरिएको योगदानमा आधारित नागरिक पेन्सन कोष योजनामा योगदान रकम सङ्कलनको गर्न सकिनेछ ।

उक्त सम्झौतापत्रमा आइतबार कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र खल्तीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय खड्काले हस्ताक्षर गर्नुभयो ।

सम्झौताले कोषबाट सञ्चालित नागरिक पेन्सन कोष योजनामा स्वदेश तथा विदेशमा रहने स्वरोजगार नेपाली नागरिकलाई आबद्ध गराइ रकम सङ्कलन गर्न सहयोग पु¥याउने कोषले जनाएको छ ।

योसँगै आर्थिक वर्ष २०८०/८१ को बजेटमा नागरिक पेन्सन कोष योजना सञ्चालन गर्ने उल्लेख भएकाले उक्त सम्झौताले यस कार्यक्रममा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नागरिकताविहीनहरु आत्महत्या गर्न थाले: अब्दुल खान

 जनमत पार्टीका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य अब्दुल खानले नागरिकताविहीनहरु श्रृंखलाबद्धरुपमा आत्महत्या गर्न थालेको कुरा सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा पूर्वमन्त्रीसमेत रहेका सांसद खानले नागरिकता नपाएर युवाहरु आत्महत्या गरिरहेकोप्रति सरकारलाई गम्भीर हुन् आग्रह गरेका छन् ।

शुक्रबार सुनसरी जिल्लाको दुहबी नगरपालिकाका हरिनारायण मण्डलले नागरिकताका लागि वडा कार्यालयबाट सिफारिस माग गर्दा अपशब्द प्रयोग गरेकोले आत्महत्या गरेको उनले संसदमा बताए ।

यस्तै, मोरङ जिल्लाको धनपालथान–४ का २२ वर्षीय निरज कुमार झाले बाबुको जन्मसिद्ध नागरिकता र आमाको वंशज नागरिकता हुँदाहुँदै पनि नागरिकता नपाउँदा शनिबार आत्महत्या गरेका छन् ।

सांसद खानले दलभन्दा माथिा उठेर पीडितहरुलाई न्याय दिलाउन आग्रह गर्दै भने, ‘जनता रहेन भने कसका लागि राजनीति गर्ने ? केको लागि राजनीति गर्ने ?’