काठमाडौं । आईसीसी विश्वकप छनोटको पहिलो खेलमा नेपालले जिम्बावेविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ ।
Month: February 2022
गोकर्णेश्वरका मेयर र प्रशासकीय अधिकृत धराैटीमा रिहा
काठमाडौँ । राष्ट्रिय निकुन्जको मध्ववर्ती क्षेत्रमा अनुमति नै नलिई जथाभावी डाँडा र रुख काटेपछि गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल र प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठराज सापकोटा माथी मुद्दा परेको छ ।
राष्ट्रिय निकुञ्ज क्षेत्रमा अनुमति नलिई जथाभावी डोजर स्काभेटर चलाएपछि उनीहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार मुद्दा दायर गरिएको हो ।
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख गणेश पन्तका अनुसार उक्त मुद्दामा मेयर रिसाल र प्रमुख प्रशासकीय अधिकृत सापकोटा जनही ५०–५० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् । पछि ठहरे बमोजिम हुने गरी उनीहरू धरौटीमा रिहा भएको पन्तको भनाई छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ को उपदफा ६ मा अनुमति नलिई राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा काम गरे बिगो कायम भए बिगोको दोब्बर जरिवाना र एक वर्षसम्म कैद र बिगो कायम नभएको कसूरमा कसूरको मात्रा हेरी बीस हजार रुपैयाँसम्म जरिवाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुने छ भन्ने व्यवस्था रहेको छ ।
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग अनुमति नै नलिई गोकर्णेश्वर नगरपालिकाले खेलकुद मैदान बनाउन शिवपुरीको डाँडामा डोजर स्काभेटर चलाएको थियो । उक्त बदमासीमा मुद्धा परे पनि गोकर्णेश्वरका मेयर रिसाल र प्रमुख प्रशासकीय अधिकृत सापकोटालाई मुद्दा दायर गरेर खुसुक्क धरौटीमा छाडिएको पाइएको छ ।
स्काभेटर लिएर जाने तरुण दलका क्षेत्रीय नेता एवं स्थानीय खेलकुद समितिका सभापति सञ्जय लामालाई भने जोगाइएको छ । उनका सहोदर दाई कुमार लामा मेयर रिसालका वरिष्ठ राजनीतिक सल्लाहकार छन् ।
गोकर्णेश्वरका मेयर रिसाल, प्रमुख प्रशासकीय अधिकृत सापकोटा र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज कार्यालयका तत्कालीन प्रमुख लक्ष्मणप्रसाद पौड्यालको मिलेमतोमा मुद्दा भने केही कमजोर पारेको पाइन्छ ।
निकुन्जले गत २०७९ फागुन १८ गते शाखा अधिकृत आनन्दराम श्रेष्ठको संयोजकत्वमा बनाएको छानबिन समितिले अवैध रुपमा डोजर चलाएको र रुख काटेको प्रतिवेदन पेश गरेको थियो । त्यसलगत्तै फागुन २९ अनुसन्धान अधिकृत तोकेर अभियोपत्र दर्ता गर्न भनियो । सहायक संरक्षण अधिकृत सिर्जना श्रेष्ठलाई अनुसन्धान अधिकृत समेत तोकियो । तर, कार्यालय प्रमुख पौड्यालको चलखेलका कारण अभियोगपत्र ढिला गरी दर्ता हुन पुगेको थियो ।
निकुञ्जले गठन गरेको श्रेष्ठ नेतृत्वको समितिको प्रतिवेदनले दुईवटा विषयमा मुद्दा चलाउनु पर्ने आधार प्रस्तुत गरेको थियो । पहिलो, रुख काटेकोमा अनुसन्धान गरी कानुन बमोजिम कारबाही गर्नुपर्ने र दोस्रो निकुञ्जको मध्यवर्ती क्षेत्रमा स्वीकृति लिएर मात्र योजना र निर्माण गर्नु पर्नेमा नलिई कार्य गरेको भन्दै कारबाहीका लागि सिफारिस गरेको थियो ।
डीपीआर र वातावरणीय प्रभाव मूल्यांकन गर्नु पर्नेमा त्यस्तोसमेत नगरेकोले विस्तृत अनुसन्धान गरी कानुनी कारबाही गर्न सिफारिस गरिएको थियो, निकुञ्जका एक कर्मचारीले भने ।
अनुमति नलिएकाले उनी माथी १ वर्षसम्म कैद, रुख काटेकोमा अर्को सजाय र वातावरणीय प्रभाव मूल्यांकन नगरेकामा वातावरण संरक्षण ऐन अनुसार ५० लाख रुपैयाँसम्म जरिवान हुने व्यवस्था रहेको छ । निकुञ्जले रुख काटेको विषयमा भने स्थानीय सानु तामाङलाई अघि सारेको छ ।
मेयर रिसाल, प्रमुख प्रशासकीय अधिकृत सापकोटा र निकुञ्ज कार्यालय प्रमुख पौड्यालको मिलेमतोमा उक्त सेटिङ मिलाइएको थोरै रकमको धरौटी लिएर छुटाईको स्थानियले बताएका छन् ।
अब्बल भएर निजामती क्षेत्रमा छिरेका कर्मचारीहरु घुस खानमा देखिए
काठमाडौँ । पढाईमा तेज र अब्बल भएर निजामती क्षेत्रमा छिरेका कर्मचारीहरु घुस खानमा समेत दख्खल देखिएका छन् । यस्का पछिल्ला दुई वटा उदाहरण हेरौं, पाल्पाका प्रमोद नेपालले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्ने क्रममा स्वर्णपदक पाएका थिए । सरकारी सेवामा प्रवेश गरेपछि उनले नागरिक उड्ययन प्राधिकरणमा काम गरेका उनी एयर ट्राफिक कन्ट्रोलर–एटीसी) भएर पनि काम गरे । त्यहाँबाट बेलायतमा छात्रवृत्तिमा पढ्ने अवसर पनि पाए । छात्रवृत्तिमा अध्ययन सकेर नेपाल फर्किएको आठ महिनामै २२ लाख घुससहित अख्तियारको फन्दामा परे,नागपोखरीको एउटा होटल बाट ।
पर्यटन व्यवसायीसँग घुस मागेको संकेत पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गुप्तचरी टोलीले नागपोखरीस्थित होटल अरण्यमा घुस लिएको सुनिश्चित भएपछि टोलीले पक्राउ गर्र्यो । अख्तियारले उनीविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको भए पनि उनी वयान दिन नगइ फरार छन् । यस्तै पढाईमा छुरा थिए नायब सुब्बा,रेबन्त खड्का । उनी त्रिभुवन विमानस्थलमा कार्यरत थिए । विद्युतीय चुरोटभित्र लुकाएर ल्याइएको सुन तस्करसँगको मिलेमतोमा करिब ६ करोड मूल्यबराबरको सुन तस्करी भएको छ भेटिएपछि सिआइबीको टोलीले अनुसन्धान अगाडि बढायो । उनी पनि उपसचिव नेपालझैं पढाईमा अब्बल थिए । १९ वर्षकै उमेरमा सुब्बामा नाम निकालेका खड्का एक वर्षदेखि गौचरस्थित भन्सार कार्यालयमा कार्यरत थिए । गत माघमा चीनबाट आएको ७३० बाक्सा इलेक्ट्रिक चुरोट गैरकानुनी ठहर गर्दै भन्सार कार्यालयले जफत गरेको थियो । विमानस्थलको गोदाममा थन्क्याइएको उक्त बाक्सा साटेर उनै युवा कलेज टपर सुब्बा खड्काले साटेर त्यहाँको सुन निकालेर न्यूरोडमा बेचेको तथ्य खुलासा भए पछि अहिले अप्ठ्यारोमा परेका छन् ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३० रुपैयाँ ८० पैसा र बिक्री दर १३१ रुपैयाँ ४० पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ १९ पैसा र बिक्री दर १४४ रुपैयाँ ८४ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २९ पैसा र बिक्री दर १६८ रुपैयाँ ०६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८८ पैसा र बिक्री दर ३६ रुपैयाँ ०५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
प्रतिनिधि सभा बैठक बस्दै स्यतो छ कार्यसूची
काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने छ ।
बैठकमा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकमाथिको छलफल अन्तर्गत आज संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, आजको बैठकमा सांसद लिलानाथ श्रेष्ठले संघीय मामिला तथा सामान्य प्रशासन, सांसद योगेश भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकको खर्च रकम कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
यस्तो छ २०८० असार ३ गते आज आइतबारको राफिल
मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।
मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज शुभकार्यको चर्चा चल्नेछ । मान्यजनसँग भेटघाट हुनेछ शत्रुमाथि विजय प्राप्त हुनेछ । श्रम मूलक वा कृषिक्षेत्रका काममा मन जानेछ ।
सिंह: (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । साँझपख शुभ समाचार आउन सक्छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।
तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बौद्धिकताको विकास हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।
धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पुनर्मिलनको योग पनि रहेको छ ।
बृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।
कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज दबाब र तनाव बढेको महसुस हुनेछ । मनमा निराशा र शरीरमा आलस्य आउला । प्रेमी प्रेमिकाका बिच खिन्नता पनि बढ्न सक्छ ।
कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज मनमा प्रसन्नता छाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।
बृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) छोटो यात्रा सफल नै हुन्छ, तर लामो यात्राबाट हानी हुनसक्छ । मानसम्मान प्राप्त हुने सम्भावना छ । शैक्षिक क्षेत्रबाट पनि राम्रो नै हुनेछ ।
मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । मित्र वा आफन्तको सहयोग मिल्नेछ ।
कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कला र गलाको प्रभाव बढ्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमीप्रेमिकाका बिच खिन्नता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । मुद्दा मामिला आउन सक्छ ।
उमेर हद उपयोगी नभएपछि हटाएका हौँ : केपी ओली
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षको उमेर हद उपयोगी नभएकाले हटाएको बताएका छन्।‘पार्टीमा ७० वर्ष कटेका साथीहरूले उमेर हद हटाउनुपर्छ भनिराख्नु भएको छ। पार्टीको दसौं महाधिवेशनबाट पारित विधानको धारा ८९ मा ७० वर्ष उमेर पूरा गरेपछि कुनै पनि कार्यकारी कमिटीमा बस्न नपाइने व्यवस्था थियो।
अखिल नेपाल महिला सङ्घ, बागमती प्रदेश कमिटीले शनिबार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै ७० वर्ष माथिकाले पनि काम गर्न सक्ने भए पनि राजनीति छाड्नुपर्ने अवस्था आएपछि उमेर हद हटाइएको बताएका हुन् ।
उनले भने, ‘थुप्रै साथीहरू यो ७० वर्ष छ भनेपछि हच्किएका हुन्छन्। कामै गर्न नपाउने ७० वर्ष पुगेपछि। राजनीति नै छोड्नुपर्ने स्थिति, कमिटी नै छोड्नुपर्ने स्थिति भएपछि यो ७० वर्ष अप्ठ्यारो भयो । कतिपय साथीहरूलाई आउन, उहाँहरूलाई एक्जष्ट गर्न, उहाँहरूलाई जिम्मेवारी दिन पनि हामीले ७० वर्ष हटायौँ।
प्रेस युनियन रौतहटको अध्यक्षमा शिवाकोटी चयन
रौतहट २ असार । नेपाल प्रेस युनियन रौतहट शाखाको अध्यक्षमा प्रीमेस शिवाकोटी चयन भएका छन्। प्रेस युनियन रौतहटको शुक्रवार चन्द्रनिगाहपुरमा सम्पन्न छैटौँ अधिबेशनले शिवाकोटीको नेतृत्वमा १३ सदस्सिय कार्य समिती सर्वसम्मत चयन गरेको हो ।
नवगठित समितीको उपाध्यक्षमा खुलातर्फ राजेश्वर पाण्डे र समावेसी उपाध्यक्षमा दिपुकुमार मिश्र,सचिबमा सागर हुमगाई,उप-सचिबमा राम प्रकाश चौधरी,कोषाध्यक्षमा लक्ष्मी बस्नेत चयन भएका छ्न । त्यस्तै सदस्यहरुमा राजेश पौडेल ,बिश्नु आचार्य,बिबेक चौधरी,मो.मोजिबुल्लाह,मनोज यादब,मो.ओजिर आलम र प्रेम यादब चयन भएको युनियनले जनाएको छ।
प्रेस युनियन केन्द्रीय प्रतिनिधी गणेश रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेसनमा नेपाल पत्रकार महासङका केन्द्रिय सदस्य शिब पुरी,प्रेस युनियनका केन्द्रिय सदस्य संजय कार्की,निवर्तमान युनियनका जिल्ला अध्यक्ष यादबराज पुरी लगाएतको उपस्थिती रहेको थियो ।
अबैध हतियार सहीत सर्लाहीका २ जना रौतहटमा पक्राउ
रौतहट २ असार। अबैध हतियार सहीत सर्लाहीका रौतहटमा दुईजना मानिस पक्राउ परेका छन।
पक्राउ पर्नेमा सर्लाही मलंगवा ७ का ६५ बर्षीय मोहन राय र सोही ठाउँका ४५ वर्षिय उमेश राय रहेको रौतहट प्रहरी प्रवक्ता डिएसपि उमाशंकर यादवले बताएका छन।
मौलापुर बजार आइटी चौकमा शुक्रवार साँझ प्रहरी टोलिले सावारी चेकिङको क्रममा बारा बाट घर तर्फ जाँदै गरेको उनको भारतीय नम्बर यूपी ५० एन ३२३८ नम्बरको मोटसाइकलको सीट मुनी १ थान नलकटुवा पेस्तोल र १ थान गोलि बरामद भएको प्रवक्ता डिएसपि यादवले जानकारी दिएका छन। अबैध हतियार मोटरसाइकल सहित दुबैजाना नियन्त्रणमा रहेको तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
सञ्जय मिश्रा
मोटर बाट करेन्ट लागेर रौतहटमा २ युवकको मृत्यु
रौतहट २ असार। मोटर बाट करेन्ट लागेर रौतहटको दक्षिणिभेग बौधीमाई नगरक्षेत्र अन्तर्गत गएराती २ जना युवकको ज्यान गएको छ। मृत्यु हुनेमा बौधिमाई ५ कोपवा गाउँका अमर साहको छोरा वर्ष २५ को अरुण साह र भिखारी पण्डितका छोरा वर्ष २६ को सिताबी पण्डित रहेकाे जिल्ला प्रहरी प्रवक्ता डिएसपि उमाशंकर यादवले बताएका छन।
शुक्रवार राती साढे ८ बजे घरको आँगनमा रहेकाे ट्युवेल धारामा विद्युत मोटर सञ्चालन गर्ने क्रममा अचानक अरुण साह लाई विद्युत प्रवाह भएर करेन्ट लागेको थियो। करेन्ट लागेको साह लाई संगै रहेका साथी पण्डितले बचाउन खोज्दा उनलाई पनि करेन्ट लागेर दुवैजना अचेत भएका थिए। तत्काल एम्बुलेन्स बाट दुवैजना लाई उपचारको लागि प्रादेशिक अस्पाताल गौर लैजाँदा डाक्टरले दुवैजना लाई मृत घोषणा गरेको डिएसपि यादवले जानकारी दिएका छन। घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
सञ्जय मिश्रा
यस्तो छ असार २ गते शनिवार, तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कला, साहित्यमा रुचि बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । भक्ति र सेवा भाव बढेर जानेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज सहकर्मीबाट विरोध आउन सक्छ । यात्रामा मालसामान पनि हराउन सक्छ, तर धनार्जनका नयाँ स्रोतहरू भने पत्ता लाग्नेछन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज धार्मिक यात्रा रहनेछ । लामो समयपछि आफन्तसँग भेटघाट हुनेछ । शुभ कार्यमा सरिक भइने र शुभ समाचारले मन पनि प्रसन्न रहनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मनमा दुबिधा उत्पन्न हुनेछ । सरकारी निकायको भय रहनेछ, तर आर्थिक लाभ र सहयोग मिल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शुभ कार्यको काम अघि बढ्नेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्षप्रति आकर्षण बढ्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमिबाट लाभ रहनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । लाभदायक यात्रा पनि रहला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएको धन हात पर्ला । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू पनि अगाडि बढ्नेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । मन्दिरको दर्शन हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ, तर स्वास्थ्यमा सजगता अपनाउनु पर्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज शुभकार्यको चर्चा चल्नेछ । रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज विद्यार्थीको पढाईमा मन नजान सक्छ । प्रेम जीवनमा पनि असमझदारी हुन सक्ने भएकाले विचार गर्नुपर्छ, तर शिक्षामा सफलता मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । आर्थिक कारोबारमा सफलता पाइएला ।
ललितपुरमा बिच सडकमा बस पल्टिदा, १९ जना घाइते
ललितपुरमा बिहानै बस दुर्घटना भएको छ । ललितपुरको इमाडोलमा भएको सो बस दुर्घटना परी १९ जना घाइते भएका छन्। उनीहरुको नजिकैको अस्पतालमा उपचार भईरहेको छ ।
लुभुबाट लगनखेलतर्फ आउँदै गरेको बा २ ख ८५८३ नम्बरको बस शनिवार (आज) बिहानै बिच सडकमा नै पल्टिन पुग्दा उक्त दुर्घटना भएको हो । प्रहरी प्रभाग इमाडोलका प्रहरी निरीक्षक हरि डाँगीका अनुसार सो दुर्घटनामा परी घाइते भएका मध्ये ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा १८ जनाको र नजिकैको किस्ट अस्पतालमा एकजनाको उपचार भइरहेको छ । उनका अनुसार सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उक्त बसमा २४ जना यात्रु सवार थिए।
प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा रहेका कारण सो बसअनियन्त्रित भइ बिच सडकमा पल्टिएको हो।
नक्कली भुटानी शरणार्थी प्रकरणका टंक गुरुङ र लक्ष्मी महर्जनलाई धरौटीमा रिहा गर्न आदेश
काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका दुई जनालाई धरौटीमा रिहा गर्द आदेश दिएको छ। न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले प्रहरी हिरासतमा रहेका टंक गुरुङ र लक्ष्मी महर्जनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो।
शुक्रबार जिल्ला अदालत, काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले महर्जनलाई ५ लाख र गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएका हुन् ।
गुरुङलाई नक्कली शरणार्थी प्रकरणका नाइकेको सहयोगीको रुपमा सक्रिय रहेको अभियोग छ । लक्ष्मी हरिभक्त महर्जनकी श्रीमती हुन् । उनलाई पुर्पक्षका लागि कारागारमा पठाउन आदेश भएको छ ।
दुई जनाबाहेके नेकपा एमालेका सचिव टोपबहादुर रायमाजी, पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ।
लागूपदार्थ सेवन गरी सवारी चलाउने ५ जना पक्राउ
काठमाडौं । काठमाडौंको नागढुंगामा शुक्रबार गरिएको चेकिङका क्रममा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ५ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिएका सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोटमा राखिएको छ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले आज २० वटा सवारी साधनका चालकलाई चेक गर्दा ५ जना भने लागूपदार्थ सेवन गरी सवारी साधन चलाएको अवस्थामा फेला परेका थिए।
राहदानीको शुल्क घट्यो
काठमाडौं, १ असार । सरकारले राहदानीको मूल्य घटाएको छ। राहदानी विभागले असार ३ गतेबाट लागु हुने गरी राहदानीको मूल्य घटाएको हो। योसँगै राहदानी विभागले ६६ पृष्ठको राहदानी ५ हजार रुपैयाँमा उपलब्ध गराउने भएको हो।
जिल्ला प्रशासन कार्यालबाट ३४ पृष्टको ५ हजार र ६६ पृष्टको १० हजार रुपैयाँ शुल्क रहेको थियो। यसलाई संशोधन गरेर विभागले अब जिल्ला प्रशासन कार्यालयबाट साधारण पासपोर्ट ५ हजार रुपैयाँमा उपलब्ध गराउने भएको छ। पासपोर्ट ६६ पेजको हुने छ।
यसैगरी राहदानी विभागबाट ३४ पृष्टको हकमा १२ हजार र ६६ पृष्टको हकमा २० हजार रहेको थियो। अब विभागबाट राहदानी लिँदा १२ हजार रुपैयाँ मात्रै लिने छ। पाना हराएको हकमा माथि उल्खेत रकममा थप पाँच हजार रुपैयाँ लाग्ने राजपत्रमा उल्लखे छ।
उत्तर र दक्षिण अमेरिकी महादेश अन्तर्गतका देशहरू, अष्ट्रेलिया, न्यूजिल्याण्ड, जापान, दक्षिण कोरिया र हङकङस्थित नेपाली नियोगमा निवेदन दिँदा राहदानी ३४ पेजको हकमा १ सय ५० डलर र ६६ पेजको हकमा २ सय डलरबाट अब १ सय ५० अमेरिकफ डलर तोकिएको छ।
रुसी महासंघ र र नेपाली राजदूताबास मस्कोको सहप्रमाणीकृत मुलुक र साइप्रसको लागि नेपाली नियोगमा निवेदन दिँदा प्रति राहदानी ३४ पृष्ठको ८० युरो र ६६ पेजको हकमा १३० युरोमा सट्टामा अब ६६ पेजको मात्रै हुने र त्यसका लागि ८० युरो लाग्ने छ।