यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, आज डलरको खरिद दर १३१ रुपैयाँ १९ पैसा र बिक्री दर १३१ रुपैयाँ ७९ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ०२ पैसा र बिक्री दर १४२ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

२८ शाखा अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौँ । गृह मन्त्रालयले २८ जना शाखा अधिकृतहरूको सरुवा गरेको छ। मन्त्रालयले मङ्गलवार ९ जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललगायत मन्त्रालय तथा अन्यत्र कार्यालयबाट सरुवा भई आएका अधिकृतहरूलाई उपत्यका बाहिर सरुवा गरेको हो।

यसरी सरुवा गरिएका कर्मचारीहरूलाई उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बोलाएर सरुवा भएको ठाउँमा गएर काम गर्न निर्देशन दिएका छन् । 

यस्तो छ आज २०८० असार १ गते शुक्रबारको राशिफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्ने र नयाँ योजना बन्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । सामाजिक कार्य अघि बढ्नेछ । शेयर बजरको कारोबारमा सफलता मिल्नेछ ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज आफ्नो क्षेत्रमा नयाँ योजना बनाउन सकिनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) पूजा पाठमा मन जानेछ । मनोरञ्जन पूर्वक दिन बित्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । घर परिवारसँग समय व्यतीत हुनेछ ।

बृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज सहकर्मीबाट विरोध आउला । चोटपटकको भय छ सचेत रहनुहोला, तर पनि नयाँ र शुभ कार्यको थालनी हुनेछ ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) राजनैतिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । वैदेशिक क्षेत्रको काम भने अधुरै रहला ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज स्वास्थ्यप्रति सजग रहन आवश्यक छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तरपनि कुनै न कुनै कुराले मन प्रसन्न रहला ।

बृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) स्वादिष्ट सुखद् भोजन मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । साथीभाइसँग समय बित्नेछ ।

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) प्रेममा मनमुटाव आउनेछ । आफ्नो विचार विपरित निर्णय हुनेछ । गरेका काममा ढिलासुस्ती हुनेछ । साझेदारीको काममा उल्झन आउनेछ ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज श्रद्धा र भक्ति बढ्नेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ । समाजसेवामा मन लाग्ला । शिक्षामा सामान्य सफलता मिल्नेछ ।

मीन: (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसँग भेटघाटको अवसर मिल्नेछ । धार्मिक काम र भक्तिभाव बढ्नेछ ।

महानगरभित्र हिन्दी फिल्म चल्न नदिने बालेनको घोषणा


काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भारतीय चलचित्र ‘आदिपुरुष’मा समावेश गरिएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नहटाएसम्म महानगरभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने बताएका छन्।

उनले बिहीबार साँझ सामाजिक सञ्जालमार्फत यस्तो चेतावनी दिएका हुन्। ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभइ भारतमा पनि सच्चिदैन, तबसम्म काठमाडौँ महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन,’ उनले भनेका छन्।

उनले उक्त शब्द सच्याउन तीन दिनको समयसमेत दिएका छन्। उनले भनेका छन्, ‘यो सच्याउन तीन दिनको समय दिइएको छ। माता सीताको जय होस्।’

ओम राउतको निर्देशनमा बनेको चलचित्र शुक्रबारदेखि रिलिज हुँदैछ।

बिमाको पैसा लिन गएकी नेपाली महिला डेढ महिनादेखि भारतमा बेपत्ता

काठमाडौं। एक नेपाली महिला विगत डेढ महिनादेखि भारतमा बेपत्ता भएको खुलेको छ।

बैतडी जिल्ला शिवनाथ गाउँपालिका वडा नं ३ मल्लीमड घर भएकी पद्‌मा साउद विगत डेढ महिनादेखि भारतको पञ्जाबमा बेपत्ता भइरहेको उनका पारिवारिक सदस्यले बताएका छन्। साउदकी माइती घरका भाइ मोहनसिंह पालका अनुसार उनी मे १ तारिखदेखि नै पंजाबमा बेपत्ता भएकी हुन्।

सिंहका अनुसार उनकी दिदी साउदका श्रीमान्‌को करिब ४ वर्षअघि मृत्यु भइसकेको छ। उनी दुई बालबच्चासहित विवाह भएको घरमा नै बस्दै आएकी थिइन्। साउदका श्रीमान् कामको सिलसिलामा भारतको पञ्जाबमै रहेका बेला सवारी दुर्घट्नामा परी उनको मृत्यु भएको हो। कामकै सिलसिलामा श्रीमान्‌ले बिमा गराएका थिए। श्रीमानको मृत्युपश्चात पटकपटकको ताकेतामा बिमा कम्पनी रकम दिन तयार भयो। बिमा बापत ३५ लाख रुपैयाँ आउने जानकारी पाएको दिदीले आफूहरुलाई सुनाएको सिंह बताउँछन्।

सिंहका अनुसार दिदी ९पद्‌मा साउद० उनको जेठाजु र देवरसहित मे १ मा बिमा बापतको रकम लिन भन्दै भारतको पञ्जाब पुगेकी थिइन्। तर, सोही दिनदेखि नै विभिन्न बहाना गर्दै दिदीलाई गायब गरिएको उनी बताउँछन्। ‘मे १ मा उनीहरुले बिमा बापतको पैसा लिन भन्दै मेरी दिदीलाई पञ्जाब लिएर गएका थिए, उनीहरु २ तारिखमा नै नेपाल फर्किए तर मेरी दिदी उतै हरायो भन्दै लिएर आएनन्,’ उनी भन्छन्।

‘उनीहरुले मेरी दिदी १ तारिखको ३ बजेतिर नै हराएको भनेका छन्, उनीहरुले मेरी दिदी हिमाञ्चलको ‍एउटा केटासँग पोइला गयो भने तर हामीले दिदीलाई भिनाजुको मृत्युपछि नै सोधेका थियौं अर्को विवाहका लागि, दिदीले बालबच्चा हेरेर बस्छु भनेर इन्कार गर्नु भएको थियो।’

सिंह आफ्नो दिदी हराएको गुनासो सुनाउँदै भन्छन्, ‘फेरि उनीहरु अब दिदीलाई खोज्ने भन्दै ६ तारिखमा भारत गए र ८ तारिखमा फर्किए तर मेरो दिदीलाई ल्याएन।’

आफ्नो दिदी हराइरहेकाले के हुँदै छ भनेर सिंहले १२ तारिखमा दिदीको जेठाजुलाई फोन गरे तर उनले जवाफमा दिदी नभेटिएको तर भारतीय प्रहरीमा उजुरी ९एफआइआर० दायर गरेको बताए। ‘तर पछि प्रहरीतिर बुझ्दा कुनै एफआइआर दायर गरिएको रहेनछ। पछि उहाँहरुले नै आफै भन्नु भयो अनि म आफैँले ३० तारिखमा एफआइआर दायर गरेँ’, उनी भन्छन्, ‘प्रहरीमा खोजीको लागि निवेदन दिएको पनि यत्रो दिन भइसक्यो केही पत्ता लागेको छैन। मेरो दिदी त्यसरी पञ्जाबमा गएर एक्लै कतै जान सक्ने मान्छे होइन, उहाँलाई लिएर जानै मान्छेहरुले नै गायब गराएको हुनुपर्छ। पैसाकै लागि हो वा अरु केही हो१’

मोहनसिंह पालले पञ्जाबको हिम्मताना प्रहरी चौकीमा उजुरी दर्ता गराएका हुन्।

ठूलो मात्रामा विद्युत् निर्यात सुरु 

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले फेरि भारतमा ठूलो मात्रामा विद्युत् निर्यात सुरु गरेको छ । पछिल्ला हप्तामा वर्षातसँगै नदीमा पानीको सतहमा भएको वृद्धिका कारणले विद्युत् निर्यात सुरु भएको हो ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार विगत ५ दिनदेखि ३०० मेगावाटभन्दा बढी विद्युत् निर्यात भइरहेको छ । अब नेपालमा मनसुन प्रवेश गरेकाले असार महिनाभर नै विद्युत् निर्यात गर्न सकिने अनुमान गरिएको छ । असारपछि मंसिरसम्म त झन् ठूलो मात्रामा विद्युत् निर्यात गर्नुपर्ने प्रक्षेपण छ ।

प्राधिकरणले औसत प्रतियुनिट भारु ५.२४ अर्थात् ८ रुपैयाँ ३८ पैसामा भारतलाई बिजुली बेचिरहेको छ । भारतबाट केही समयका लागि माग व्यवस्थापन गर्न दैनिक १ हजार मेगावाट आवर मात्रै बिजुली आयात भइरहेको छ ।

न्याम्स उपकुलपतिका लागि चिकित्सकले दिए आवेदन

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपति पदका लागि वीर अस्पताल र कान्ति अस्पतालमा कार्यरत विभिन्न चिकित्सकको आवेदन परेको परेको छ । उपकुलपतिको लागि आवेदन दिनेमा डा. भुपेन्द्र बहादुर बस्नेत, डा. बुलन्द थापा, डा. गुणराज लोहनी, डा. अनिलकुमार मिश्र, डा. प्रवीण श्रेष्ठ, डा. सरोज शर्मा,डा. अजित रायमाझी लगायतले दरखास्त दिएको श्रोतले बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत शुक्रबार एक सूचना जारी गर्दै सात दिनको समय दिएर दरखास्त आह्वान गरेको थियो । समयमै उपकुलपति नियुक्त नहुँदा परीक्षा सञ्चालन,नतिजा प्रकाशन तथा प्रतिष्ठानक दैनिक प्रशासनिक कार्य सञ्चालन कठिनाई भइरहेको छ ।


हाल कार्यवाहक उपकुलपति समेत रहेका डा. बस्नेत नेपाली कांग्रेस निकट मानिन्छन् भने डा. बुलन्द थापा नेकपा माओवादी सम्बद्ध हुन् । चिकित्सा जस्तो गरिमामय सेवाको नेतृत्वमा राजनीतिक हस्तक्षेप हुने हो कि सक्षम र योग्य व्यक्तिलाई तटस्थताका आधारमा छनोट गरिने हो भन्ने जिज्ञासा नेपालको चिकित्सा वृत्त र सरोकारवालले व्यक्त गरेका छन् ।
मुलुककै जठो वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरलाई नेतृत्व प्रदान गर्दै आएको प्रतिष्ठानका निवर्तमान उपकुलपति देवनारायण शाहको अवकासपछि सो पद रिक्त छ ।उपकुलपति सिफारिसका लागि सर्च कमिटी समेत गठन गरिएको थियो । प्रधानमन्त्री एवं न्याम्सका कुलपति पुष्पकमल दाहाल प्रचण्डले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ दफा १८ को उपदफा (२) बमोजिम सहकुलपति अध्यक्षतमा दुई सदस्यीय सर्च कमिटी गठन गरेका थिए । उक्त कमिटीले न्याम्सको उपकुलपति सिफारिस गर्ने छ ।

मुख्यसचिवको आकस्मिक परिवर्तनले दिएको सन्देश 

काठमाडौँ । नेपाल सरकारले निवर्तमान मुख्यसचिव शंकरदास वैरागीलाई हटाएर प्रधानमन्त्री कार्यालयका सचिव डा. बैकुण्ठ अर्याललाई नेपालको २६ औँ मुख्यसचिव बनाएको छ ।  यही असार २ गते अनिवार्य अवकाश पाउन लागेका सचिव अर्याललाई मुख्यसचिव नियुक्त गरिएको हो ।  इमान्दारी र कुशलतापूर्वक जिम्मेवारी वहन गर्दै आएका वैरागीलाई भने राजीनामा दिन बाध्य पारी राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार बनाइएको छ ।

राम्रो काम गर्दागर्दै सशक्त ,योग्य र इमान्दार मुख्यसचिवलाई कार्यकारी भूमिकाविहीन पदमा नियुक्त गरिनु  नेपालको सार्वजनिक प्रशासनमा एक विडम्वनापूर्ण घटना भएको विश्लेषकको कथन छ । यसै सन्दर्भमा नेपाल सरकारको सचिव तथा अन्य विशिष्ट श्रेणीका अधिकृतको सुपरीवेक्षकको हैसियतले निजहरुले सम्पादन गरेका कार्यको सुपरीवेक्षण गर्ने तथा सचिवले सम्पादन गर्नु पर्ने प्रशासनिक कार्यका सम्बन्धमा आवश्यक निर्देशन दिने गहन अभिभारा बोकेको नेपालको निजामती सेवाको सर्वोच्च पदकोे गरिमा धान्न सक्ने व्यक्तिलाई मुख्यसचिवका जिम्मेवारी दिनुपर्ने आवाज सर्वत्र उठ्न थालेको छ ।
को हुन् मुख्यसचिव अर्याल ?

नवनियुक्त मुख्यसचिव डा. बैकुण्ठ अर्याल


नेपाल प्रशासन सेवाको नायब सुब्बा पदबाट वि.सं २०४६ सालमा निजामती सेवामा प्रवेश गरेका अर्याल २०४९ सालमा शाखा अधिकृत बनेका थिए ।सचिवका रुपमा उनले वित्त आयोग, वाणिज्य मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका थिए । सहसचिव पदमा कार्यरत रहँदा उनले राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालयको बजेट महाशाखामा लामो समय काम गरेका थिए ।  उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पनि कार्यरत रहेका थिए ।  काठमाडौं फर्पिङका अर्यालले नर्वेजियन युनिभर्सिटी अफ लाइफ साइन्सेजबाट पीएचडी गरेका छन् । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र र जनप्रशासनमा स्नातकोत्तर तथा नर्वेको कृषि विश्वविद्यालयबाट विकास र स्रोत अर्थशास्त्रमा स्नातकोत्तर समेत गरेका छन् । उनी एक बौद्धिक प्रशासकका रुपमा समेत चिनिन्छ ।
पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा पत्नी आरजू देउवाको निकट मानिने अर्यालले यसअघि पनि देउवा प्रधानमन्त्री हुँदा मुख्यसचिव बन्न थुप्रै नेताको घरदैलो चहारेको श्रोतले बताएको छ । अर्थशास्त्रमा विद्यावारिधि गरेका अर्याललाई  राजनीतिक दलका नेताहरुले स्वार्थपूर्तिका लागि प्रयोग गर्नसक्ने विश्लेषकहरु बताउँछन् ।
मुख्य सचिवमा नियुक्त हुन साम,दाम,दण्ड,भेद लगायत सबै उपाय अपनाएको आरोप उनलाई लागेको छ । अर्यालले जागिरे जीवनको अन्त्य अन्त्यमा आएपछि आइलागेको पदलाई कत्तिको सदुपयोग गर्लान् भन्ने प्रश्न सर्वत्र उठिरहेको छ । मुख्य सचिव बन्ने लोभमा विदेशी दूतावास धाउने, शक्तिकेन्द्रमा दौडथुप गर्ने र व्यापारिक घरानाको सोर्सफोर्स लगाउन पछि नपर्ने आरोप समेत खेप्दै नेतृत्वमा पुग्ने प्रशासकलाई आमनागरिकले हेर्ने दृष्टिकोण खासै सकारात्मक देखिँदैन । तजबिजको राजनीतिक कृपा पाउन चाकरीको संस्कृतिलाई बढावा दिने प्रचलनलाई चिर्नु नवनियुक्त मुख्यसचिव अर्यालका सामु प्रमुख चुनौतिका रुपमा रहेको विश्लेषकको भनाई छ ।

स्वाभिमानी कर्मचारीका लागि प्रलोभन अस्वीकार्य हुने एक दृष्टान्त


नेतृत्वमा रहेका राष्ट्रसेवकले चाहेमा राजनीतिक दलका शीर्षनेतालाई कर्मचारीको अगाडि घुँडा टेक्न बाध्य बनाउनुको साथै पाठ समेत सिकाउन सक्छन्  । कर्मचारीको स्वाभिमानका सन्दर्भमा महालेखापरीक्षकको प्रतिवेदनको एक दृष्टान्त स्मरणयोग्य छ ।  विगतमा प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा तत्कालीन कार्यवाहक महालेखापरीक्षक शुकदेव भट्टराई खत्रीलाई आफ्नो कार्यकक्षमै बोलाएर एनसेल कर प्रकरणको विषय महालेखापरीक्षकको ५४ औँ वार्षिक प्रतिवेदनबाट हटाउन पटक पटक दवाव दिँदा समेत खत्रीले सो व्यहोरा हटाउन मानेनन् । अडिग भएर प्रतिवाद गर्दै राष्ट्रको लागि ठूलो घाटा हुने जवाफ दिए तर शक्तिकेन्द्रका अगाडि झुकेनन् । सो व्यहोरा हटाएमा १५ दिनपछि महालेखापरीक्षक पदमा नियुक्त गर्न किस्तीमा राखेर दिएको आश्वासन समेत खत्रीले स्वीकार गरेनन्, राष्ट्रहितलाई नै प्राथमिकता दिए । यस विषयलाई लिएर महालेखापरीक्षकको कार्यालय नै खारेज गर्ने धम्की दिँदा र  दुई महिनासम्म कर्मचारी संघसंगठनले एनसेल करको व्यहोरा प्रतिवेदनबाट हटाउनुपर्ने माग गर्दै कार्यालयमा हड्ताल गरी दवाव दिँदा समेत निष्ठाको नैतिकबलका कारण अडिग भइ नै रहे पूर्व कार्यवाहक महालेखापरीक्षक खत्री । तिनै प्रधानमन्त्री दाहालको वर्तमान कार्यकालमा एनसेलले अन्तर्राष्ट्रिय अदालतमा दायर गरेको मुद्दा नेपाल सरकारले जितेको छ । नेपाल सरकारले मलेसियाबाट ४७ अर्ब ३ करोड ९९ लाख रुपैयाँ राजस्व उठाउन सफल भएको यो घटना मुलुकको इतिहासमै पहिलो हो । खत्रीले नेपालको निजामती सेवाको अन्तर्राष्ट्रिय अदालतबाट मुद्दा जितेको पहिलो रेकर्ड बनाउनुका साथै प्रधानमन्त्री र राजनीतिक दलका नेतालाई समेत ठूलो पाठ सिकाएका छन् । त्यसैगरी नेपालको सार्वजनिक प्रशासनमा सिद्धान्तमा अडिग रहने स्वाभिमानी कर्मचारी नेतृत्वको खाँचो महसुस भइरहेको छ ।

छल र छिद्रका कारण समस्याः पूर्वमुख्यसचिव गौतम
पूर्व मुख्यसचिव दामोदरप्रसाद गौतम नेपालको राजनीति र कर्मचारीतन्त्रमा छल र छिद्र रहुञ्जेल समस्याको समाधान नहुने बताउँछन् । कर्मचारीतन्त्रले राजनीतिककर्मीको मित्र र दार्शनिकको भूमिका निर्वाह गर्नुपर्नेमा शक्तिकेन्द्रको चाकडीमा रमाउने प्रवृत्ति सुधार गर्नुपर्ने पूर्व मुख्यसचिव गौतमको सुझाव छ ।

नेपालको निजामती सेवा, नेपाल प्रहरी लगयतका संगठनमा रहेका कमजोर छिद्रको फाइदा उठाई राजनीतिक दलका नेताले छल गर्ने गरेको उहाँको कथन छ । नेपाली सेनाजस्ता अनुशासित संगठनमा भने नेता हाबी हुन नसकेको उहाँको कथन छ । कर्मचारीको कमजोरीको फाइदा नेताले उठाएका कारण मुख्य सचिव लगायका नियुक्ति उचित हुन नसकेको उहाँ बताउनुहुन्छ । “नेपालको कर्मचारीतन्त्र विश्वका अन्य कुनैपनि देशको कर्मचारीतन्त्रसँग प्रतिष्पर्धा गर्न सक्षम छैन ।”– उहाँले भन्नुभयो –“छल र छिद्रको ठाउँ रहेसम्म कर्मचारीतन्त्र र राजनीति कहिल्यै माथि उठ्न सक्दैन ।” २०४७।१०।२० मा मुख्य सचिव पदमा नियुक्त हुनुभएका गौतमले दुई वर्षपछि २०४९।७।२० मा अवकाश पाएका थिए ।

नेपालमा हालसम्म को–को भए मुख्यसचिव ?


नेपाल सरकारले बिहीबार मुख्यसचिव नियुक्त गरेका अर्याल २६ औं मुख्यसचिव हुन् । यसअघि  नेपालमा २५ जनाले मुख्यसचिवको भूमिका निर्वाह गरिसकेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तथ्याङ्कअनुसार  नेपालको २०१२ साल असोज २८ गते पहिलो मुख्यसचिव नियुक्त भएका चन्द्रबहादुर थापाको कार्यकाल २०१६ असार १४ गतेसम्म रहेको थियो । कामको आधारमा पूर्वमुख्यसचिव विमल कोइराला, डा. सोमलाल सुवेदी, लीलामणि पौडेल, दामोदरप्रसाद गौतम जस्ता केही औँलामा गन्न सकिने व्यक्तिमात्र अब्बल सबित भएको पूर्व कार्यवाहक महालेखापरीक्षक शुकदेव भट्टराई खत्रीको विश्लेषण छ ।

कार्यालयको आधिकारीक वेबसाइटमा उल्लेख भएबमोजिम  नेपालका हालसम्मका मुख्यसचिवहरुको नामावली  देहायबमोजिम रहेको छ :

१.चन्द्रबहादुर थापा २०१२–६–२८ देखि २०१६–३–१४
२.कुलशेखर शर्मा २०२२–१२–२९ देखि २०२५–९–२४
३.कृष्णबम मल्ल २०२५– ९–२५ देखि २०२८–९–२५
४.क्षेत्रविक्रम राणा २०२८–९–२६ देखि २०३०–४–२६
५.प्रधुम्नलाल राजभण्डारी २०३०–४–२७ देखि २०३४–४–२६
६.कृष्णबहादुर मानन्धर २०३४–४–२७ देखि २०३८–४–२६
७.भोगेन्द्रनाथ रिमाल २०३८–४–२७ देखि २०४२–४–२६
८.कर्णध्वज अधिकारी २०४२–४–२७ देखि २०४६– ४–२६
९.लोकबहादरु श्रेष्ठ २०४६–४–२७ देखि २०४७–१०–१८
१०.दामोदरप्रसाद गौतम २०४७–१०–२० देखि २०४९– ७–२०
११. मधुसुधनप्रसाद गोर्खाली २०४९– ७– २१ देखि २०५१–७–२३
१२.डा इश्वरप्रसाद उपाध्याय २०५१–७–२४ देखि २०५३– ८–२६
१३.बलरामसिंह मल्ल २०५३–८–२७ देखि २०५६–४–२९
१४.तिर्थमान शाक्य २०५६–४–३० देखि २०५८–१२–१
१५.केशवराज राजभण्डारी २०५८–१२–२१ देखि २०५९–६–३
१६.विमल कोइराला २०५९–६–५ देखि २०६२–५–१५
१७.लोकमानसिंह कार्की २०६२–६–३ देखि २०६३–१–२८
१८.मुकुन्द शर्मा पौडेल २०६३–२–२१ देखि २०६३–४ –१८
१९.डा.भोजराज घिमिरे २०६३–४–१९ देखि २०६६–४–२१
२०.माधवप्रसाद घिमिरे २०६६–४–२२ देखि २०६९–४–२१
२१.लीलामणि पौडेल २०६९–४–२२ = २०७२ ४–२१
२२.डा.सोमलाल सुवेदी २०७२–४–२१ देखि २०७४–३–२८
२३.राजेन्द्रकिशोर क्षेत्री २०७४–३–२९ देखि २०७४–७–६
२४.लोकदर्शन रेग्मी २०७४–७–८ देखि २०७७–६–१४
२५.शंकरदाश वैरागी २०७७–६–१५ देखि २०८०–२–३२
२६.डा.वैकुण्ठ अर्याल २०८०–२–३२

समयअगावै  किन हटाइयो वैरागीलाई ?


राजनीतिकर्मीले आफूले चाहेको ढंगले चलखेल गर्न नपाइने डरले पूर्व मुख्यसचिव वैरागीलाई हटाइएको हो । प्रशासनिक अपारदर्शिताका लागि प्रशासक र राजनीतिक समूहकोे संयुक्त प्रयासमा वैरागीलाई हटाएर अर्याललाई शक्तिमा ल्याइएको हो । अर्याललाई नेपालका धनाढ्य व्यापारीको समेत कृपा प्राप्त छ ।  
योग्य मुख्यसचिव नियुक्त नहुनको कारण राजनीतिक दलको नेतृत्वको स्वार्थका साथै कर्मचारीको शक्ति पद, प्रतिष्ठा र धनप्रतिको आशक्ति पनि हो । यसमा राष्ट्रको एक पक्षमात्र गैरजिम्मेवार वा नालायक भएर होइन बरु सबै पक्ष असक्षम भएर हो । राजनीतिकर्मी अथवा प्रशासकमध्ये कुनै एक पक्ष जबाफदेही भएको भए जागिरको अन्तिममा रहेका व्यक्ति आई सेवा अवधि बाँकी भएका वैरागीले पद छोड्न दवाब झेल्नुपर्ने थिएन ।  सरकारको नेतृत्व राजनीतिकर्मीले गरे पनि नीति निर्माणमा सहयोग गर्ने र निर्णय कार्यन्वयन गर्ने दायित्व कर्मचारीतन्त्रको हो। मन्त्रिपरिषद्मा पेस हुने अधिकांश कागजातबन्धित मुख्य सचिवकै माध्यमबाट जाने भएकाले हालसम्म सरकारबाट भएका गैरजिम्मेवार निर्णयको जवाफदेही मुख्य सचिवहरूले लिनुपर्छ ।

मुख्य सचिवको काम, कर्तव्य र अधिकार

सुशासन (व्यवस्थापन तथा सञ्चालन ऐनको दफा १० बमोनिम मुख्य सचिव तथा निजको जिम्मेवारी देहाय बमोजिम हुने उल्लेख छ :
(१) मुख्य सचिव नेपाल सरकारको प्रमुख प्रशासकीय अधिकारी हुनेछ र सोही हैसियतमा निजले आफ्नो जिम्मेवारी वहन गर्नेछ ।

(२) उपदफा (१) को सर्वसामान्यतामा प्रतिकूल नहुने गरी यस ऐन वा अन्य प्रचलित कानूनमा व्यवस्था भएका काम, कर्तव्य र अधिकारका अतिरिक्त मुख्यसचिवको काम, कर्तव्य, अधिकार र जिम्मेवारी देहाय बमोजिम हुनेछः–
(क) प्रधानमन्त्रीको सुपरीवेक्षण तथा निर्देशनको अधीनमा रही प्रधानमन्त्री तथामन्त्रिपरिषद्को कार्यालयको प्रशासकीय प्रमुखको रुपमा सो कार्यालयको कार्य सम्पादन गर्ने वा गराउने,

(ख) नेपाल सरकारको सचिव तथा अन्य विशिष्ट श्रेणीका अधिकृतको सुपरीवेक्षकको हैसियतले निजहरुले सम्पादन गरेका कार्यको सुपरीवेक्षण गर्ने तथा सचिवले सम्पादन गर्नु पर्ने प्रशासनिक कार्यका सम्बन्धमा आवश्यक निर्देशन दिने,

(ग) विभिन्न मन्त्रालय तथा अन्य सम्बद्ध निकायहरुको प्रशासनिक काम कारबाहीलाई समन्वय गर्ने वा गराउने,

(घ)शासकीय सुधारलाई मुलुकी प्रशासनको अभिन्न अङ्गको रुपमा कार्यान्वयन गर्न वा गराउन विभिन्न मन्त्रालय र अन्य केन्द्रीय निकायबीच समन्वय गर्ने,छ

(ङ) मन्त्रिपरिषद्को सचिवको रुपमा काम गर्ने र सोही हैसियतमा मन्त्रिपरिषद्को निर्णयप्रमाणित गर्ने,

(च) नेपाल सरकार(मन्त्रिपरिषद्) का निर्णय कार्यान्वयन गर्न, गराउन सम्बन्धितमन्त्रालयहरुलाई परिचालन गर्ने वा गराउने र ती निर्णय कार्यान्वयन स्थितिको सुपरीवेक्षण गर्ने

(छ) मुलुकको प्रशासनतन्त्रलाई चुस्त र फुर्तिलो बनाउन नेपाल सरकारका सचिव तथाअन्य कर्मचारीलाई उत्प्रेरित गर्ने

(ज) नेपाल सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउन समय समयमा सचिवबैठक आयोजना गर्ने र सचिव बैठकबाट भएका निर्णय कार्यान्वयन स्थितिको सुपरीवेक्षण गर्ने वा गराउने,

(झ)विभिन्न मन्त्रालय तथा केन्द्रीय तहका कार्यालयहरुको प्रशासनिक काम कारबाहीको अनुगमन, निरीक्षण तथा सुपरीवेक्षण गर्ने वा गराउने,

(ञ) नेपाल सरकारको निर्णयको लागि सचिवले पेश गरेको प्रस्तावमा आवश्यक कुराहरुपुगे नपुगेको जाँचीे प्रस्तावलाई नेपाल सरकार (मन्ित्रपरिषद्) समक्ष पेश गर्ने र अङ्गनपुगेको पाइएमा सम्बन्धित सचिवकहाँ फिर्ता पठाउने वा पठाउन लगाउने,

(ट) नेपाल पक्ष भएका द्विपक्षीय तथा बहुपक्षीयसन्धि सम्झौताको कार्यान्वयन स्थितिको अनुगमन गर्ने गराउने,

(ठ) तोकिए बमोजिमका अन्य कार्य गर्ने वा गराउने ।

सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली, २०६५  अनुसार मुख्य सचिवको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम रहेको छ ।

(क) कुनै मन्त्रालय, सचिवालय, केन्द्रीयस्तरका कार्यालय वा मातहत निकाय, आयोजना, कार्यालयको प्रगति विवरण लिने वा लिन लगाउने, त्यसको समीक्षा गर्ने वा गराउने वा तत्सम्बन्धमा आवश्यक निर्देशन दिने,

(ख) कुनै मन्त्रालय, सचिवालय, केन्द्रीयस्तरका कार्यालय वा मातहतका निकाय, आयोजना, कार्यालयबाट कुनै उपयोगी, उदाहरणीय, सृजनात्मक, अन्वेषणात्मक वा अनुसन्धानात्मक कार्य भइरहेको छ भन्ने कुराको कुनै स्रोतबाट जानकारी प्राप्त हुन आएमा वा निरीक्षणबाट सो कुरा देखिन आएमा सम्बन्धित पदाधिकारीलाई आवश्यकता अनुसार प्रोत्साहन गर्ने वा गराउने,

(ग) कुनै मन्त्रालय, सचिवालय, केन्द्रीयस्तरका कार्यालय वा मातहतका निकाय,आयोजना, कार्यालयहरुको निरीक्षणबाट प्रचलित कानून, नेपाल सरकारको नीति, कार्यक्रम वा निर्णयको विपरित कुनै कार्य भइरहेको वा हुन सक्ने सम्भावना रहेको छ भन्ने जानकारी हुन आएमा त्यस्तो कार्य हुन नदिन वा हुनबाट रोक्न सम्बन्धित पदाधिकारीको ध्यानाकर्षण गर्ने वा गराउने ।

सामधानको उपाय

नेताले स्वार्थ र कर्मचारीले चाकडी नछोड्सम्म यो समस्याको समाधान हुने लक्षण देखिँदैन । नेताहरुले सचिवमध्येबाट मन परेकोलाई टिपेर मुख्य सचिव बनाउने समस्याको स्थायी समाधान खोज्नुपर्छ। भविष्यमा अपारदर्शी नियुक्ति हुन नदिन कानूनमा नै आवश्यक व्यवस्था गरी कार्यान्वयन गर्नुपर्दछ ।  कुनै पनि नियुक्ति पारदर्शी नभएसम्म त्यसको विरोध जारी रहन्छ ।  सचिवमध्येबाट कस्तो योग्यता भएको व्यक्ति मुख्य सचिव हुन्छ भन्ने नियममै प्रस्ट व्यवस्था गर्नुपर्छ। ज्येष्ठता कार्यकुशलताका साथै योग्यताका अन्य विषय पनि मुख्य सचिव नियुक्तिको मापदण्डमा समावेश गरिनुपर्दछ ।  उमेर, शैक्षिक योग्यता, जागिरको वरीयता र अन्य सम्पूण आवश्यक योग्यता भएको सचिव नै मुख्य सचिव हुन्छ भन्ने कानुनमै व्यवस्था नगरी समस्या समाधान नहुने विज्ञको धारणा छ ।

पाँच दलीय समाजवादी मोर्चा घोषणा हुँदै

काठमाडौं । भोलि पाँच दलीय समाजवादी मोर्चा घोषणा हुने भएको छ । नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाबीच समाजवादी मोर्चा घोषणाको अन्तिम तयारी भएको हो ।
नेकपा एसका नेता गंगालाल तुलाधारले शुक्रवार (भोलि) नै मोर्चाको घोषणा गर्ने तयारी भएको जानकारी दिए । ‘हामी सरकारमा पनि सहभागी छौं । सम्भवतः शुक्रवार नै मोर्चा गठन गरेर जानेसम्मको तयारी छ ।’

माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले पनि समान मत भएका दलबीच तत्काल संयुक्त सहकार्य गर्ने तयारी भएको जानकारी दिए । ‘समाजवादी मोर्चाको लागि संयुक्त डकुमेन्ट बनिरहेको छ । यसको अन्तिम तयारी पनि भएको छ’ पोखरेलले भने, ‘माओवादीको केन्द्रीय कमिटीको बैठकपछि मोर्चा घोषणा गर्ने कि अगाडि नै गर्ने भन्नेमा प्रष्ट भइसकेको छैन । आवश्यक तयारी हुँदा छिट्टै घोषणा हुन पनि सक्छ ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबारमात्रै दाङ पुगेर मोर्चा घोषणा गर्ने तयारी भइरहेको बताएका थिए ।

समान एजेण्डा भएका दलबीच तत्काल पार्टी एकता सम्भव नहुँदा मोर्चा बनाएर सहकार्य गर्ने विकल्प भएको पोखरेल बताउँछन् । यो मोर्चामा तत्काल डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी भने तत्काल सहभागी नहुने भएको छ । नेता पोखरेलले भट्टराई र उपेन्द्र यादवको टसलले थप एक दल तत्काल मोर्चामा जोडिने सम्भावना कम रहेको बताए । यद्यपि भट्टराईलाई पनि समेट्ने प्रयास भइरहेको उनको भनाइ छ ।

जसपा अध्यक्ष उपेन्द्र यादवले पनि ६ महिनादेखिको प्रयासले मूर्तरुप लिन लागेको जानकारी दिए । ‘कुराकानी भइरहेको छ । समाजवादी शक्ति, परिवर्तनकारी शक्तिलाई एउटै समाजवादी मोर्चामा आवद्ध गर्ने कुरा ६ महिनादेखि भइरहेको छ’ यादवले भने, ‘तर घोषणा गर्ने तयारी भए पनि आजै मितिको टुंगो लागिसकेको छैन ।’

३२ सिटको माओवादी, १२ सिटको जसपा, १० सिटको नेकपा एस र विप्लवको पार्टी एक ठाउँमा उभिए संसदमा यी दलको ५४ सिट पुग्नेछ । तत्काल कम्युनिस्टबीच एकता सम्भव नभएपछि मोर्चा बनाएर भए पनि बलियो हुने र एकतासम्म पुग्ने नीति दलहरूले लिएका हुन् । मोर्चा बन्दाको सत्ता गठबन्धनमा कांग्रेसलाईसमेत दबाब बढाउन सकिने विश्वास माओवादी, जसपा र नेकपा एसको रहेको बताइन्छ ।

४६ जना डिएसपीको पदस्थापन (सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरीका ४६ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को पदस्थापन गरिएको छ । 

प्रहरी प्रधान कार्यालयले आजको निर्णयअनुसार उनीहरूको पदस्थापन गरिएको हो । 

२७ जना डिएसपीको सरुवा, को कहाँ पुगे ?(सूचीसहित)

सुचि:-

२७ जना डिएसपीको सरुवा, को कहाँ पुगे ?(सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरीका २७ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरुवा भएको छ ।

४६ जना डिएसपीको पदस्थापन (सूचीसहित)

सुचि:-

लागुऔषधसहित पाँचजना पक्राउ

काठमाडाैं । कैलाली, सुर्खेत र बाँकेबाट लागुऔषधसहित पाँचजना पक्राउ परेका छन् ।  कैलालीकाे  गोदावरी नगरपालिका-२ डेरा गरी बस्ने २० वर्षीय वीरेन्द्र वडलाई अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम र सोही ठाउँ बस्ने २४ वर्षीय विनोद दियाललाई अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ८ सय ५० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

सुर्खेतकाे  वीरेन्द्रनगर नगरपालिका-४ कुमाई चोकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १० मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने ३० वर्षीय सागर गुरुङ र सोही ठाउँ बस्ने ३७ वर्षीय रविन्द्र सिंह थापा रहेका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

बाँकेकाे नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह चेकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २० ग्रामसहित कोहलपुर नगरपालिका-१२ बस्ने १९ वर्षीय ज्ञानेन्द्र टमटालाई  प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

सामाजिक सञ्जालमा नियमित सक्रियताका लागि सबै सरकारी कार्यालयहरुलाई पत्राचार

काठमाण्डौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सबै सरकारी कार्यालयमा सामाजिक सञ्जालका माध्यमबाट सूचना जानकारी सार्वजनिक गर्न निर्देशन दिएको छ ।

विद्युतीय सुशासन कायम गर्ने सिलसिलामा संवैधानिक आयोगहरु, संघीय मन्त्रालयहरु, (कार्यालय।निकायहरु) र र सात वटै प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सामाजिक सञ्जालको प्रयोगको अवस्थाबारे ७ दिनभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तर्गत रहेको शासकीय सुधार माहाशाखामा जानकारी गराउन भनेको हो ।

नागरिकका गुनासा सम्बोधन गर्ने राज्यको नीति अनुरुप सबै निकाय र मातहत कार्यालयहरुले सञ्चालन गरेका सामाजिक सञ्जालका खाताहरुको नियमित सञ्चालन सुनिश्चित गर्न भनेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले कुन–कुन सामाजिक सञ्जालमा खाता खोलेर प्रयोग भैरहेको छ ? ट्वीटर र फेसबुकमा खोलिएको खाताको लिंक के रहेको छ ? उक्त लिंक आधिकारिक वेबसाइटमा राखिएको छ छैन ? तथा कार्यालयका सूचनाहरु कति–कति समयमा सामाजिक सञ्जालमा अद्यावधिक भैरहेका छन्, तिनको अवस्था के कस्तो रहेको छ ? यदि अपडेट भएका छैनन् भने के कारण अपडेट हुन नसकेको हो ? जिम्मेवार व्यक्ति कसलाई तोकिएको छ र किन अद्यावधिक भएको छैन खुलाउन भनेको छ ।

यस्तै सामाजिक सञ्जालका माध्यमबाट कार्यालयको काम कारवाहीबारे नागरिकका गुनासाहरु ग्रहण गरिएको छ कि छैन ? गरिएको भए अवस्था र नगरिएको भए किन सम्बोधन भएनन् त्यसको सही जवाफ पठाउन निर्देशन दिइएको छ ।

नागरिकलाई सम्बन्धीत कार्यालयसँग सम्बन्धित विषयहरुबारे सरल पहुँच पुर्याउन आवश्यक हुने खालका सामग्री नियमित रूपमा सामाजिक सञ्जालमा राखिएको छ कि छैन ? नसकिएको हो भने के कति कारणले हो सो समेत खुलाउन कार्यालयले निर्देशन दिएको हो।

शेयर बजारमा झिनो अंकको वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन बिहिबार सामान्य अंकले बढेको छ । आज नेप्से ५ अंकले बढेर दुई हजार ४२ दशमलब ०७ विन्दुमा बन्द भएको छ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। कारोबारको अधिकांश समय नकारात्मक रहेको नेप्से, अन्तिम समयमा भने बढेर बन्द भएको हो।

निरन्तर सात कारोबार दिन नेप्से बढेपछि लगानीकर्ताहरुले नाफा सुरक्षित गरेपछि नेप्सेमा इन्ट्रा डे करेक्सन भएको हो।

आज तीन अर्ब १६ करोड २८ लाख १० हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । आज कारोबार भएका ७५ कम्पनीको शेयरमूल्य बढेको छ भने १३९ कम्पनीकोे शेयरमूल्य घटेको छ । ९ वटाको शेयरमूलय स्थिर रहेको छ ।  

आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । अभियान नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९७ प्रतिशतले बढेको छ भने सिटी होटल लिमिटेडको शेयरमूल्य ९.२० प्रतिशतले बढेको छ । 

आज सबैभन्दा बढी भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज करिब ५.८६ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज १७ करोड ९३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । 

१३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ७ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ४.५६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जीवन बीमा उपसमूहको परिसूचक २.९२ प्रतिशत बढेको छ भने निर्जीवन बीमा उपसमूहको परिसूचक १.३६ प्रतिशत बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.७४ प्रतिशत घटेको छ।

समृद्ध संस्कृति र सम्पदाले भरिएको सुन्दर शहर अबुधाबी

। सुन्दर शहर अबुधाबी, समृद्ध संस्कृति र सम्पदा, आश्चर्यजनक प्रकृति, सुन्दर समुद्र तट, उच्च– अन्त लक्जरी, आश्चर्यजनक वन्यजन्तु, परिवार–अनुकूल साहसिक, विश्व–स्तरीय किनमेल, प्रख्यात गोल्फ कोर्स र एक स्वागत पूर्ण वातावरण अबुधाबीको सौन्दर्यले सबैको मन लोभ्याउँछ ।

के तपाईँ अबुधाबी घुम्ने सोचमा हुनुन्छ ? पर्यटनका लायि यो एक राम्रो गन्तव्य हो । विकसित पूर्वाधार र प्राकृतिक सौन्दर्यले भरिपूर्ण विशाल शहर अबुधाबीका बारेमा संयुक्त अरब इमिरेट्सको नेपालस्थित दूतावासमा कार्यरत Nahid Muniza को आलेख यहाँ प्रस्तुत गरिएको छ ।

Abu Dhabi – “The Land of the Gazelle”

The name Abu Dhabi means ‘Land of the Gazelle’ in Arabic. Abu Dhabi was originally called Milh which means ‘Salt’.

The story goes that the emirate was founded when a young antelope led a wandering tribe to fresh water on an island with no more than 300 Barasti (palm frond) huts, a few coral buildings and the Ruler’s fort. That modest island settlement has since been transformed into the modern, cosmopolitan, high-rise UAE capital city. The gorgeous archipelago offers a mix of ancient history, rich culture and heritage, stunning nature, beautiful beaches, high-end luxury, surprising wildlife, family-friendly adventure, world-class shopping, renowned golf courses and a welcoming atmosphere.

Boasting some of the world’s most beautiful landscapes, Abu Dhabi is made up of three main regions (areas) – the UAE capital city and its surrounds, Al Ain (Eastern Region) and Al Dhafra (Western Region). Thanks to its geographically diverse scenery and rich culture and history, the districts within these regions are a dream to explore. Enjoy exquisite desert sunsets in the Empty Quarter, kayak through mangrove forests, marvel at ancient UNESCO World Heritage sites, visit awe-inspiring architectural landmarks, museums and galleries, wander beneath palm trees in centuries-old oases, go wild at adventure and theme parks, relax at luxury resorts and shop in some of the world’s best shopping malls.

Looking to plan your trip to Abu Dhabi? Abu Dhabi is a well-connected destination, just a six-hour flight from parts of Europe and four hours from Indian Subcontinent. Over 50 airlines fly to and from 102 destinations in over 56 countries through the award-winning Abu Dhabi International Airport.

Nahid Muniza