काठमाडौँ । संस्थागत विद्यालयहरुको छाता संगठन नेशनल प्याब्सनले विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटनका लागि विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसै सन्दर्भमा नेशनल प्याब्सन काठमाडौ जिल्ला कार्यसमितिले काठमाडौ महानगर कमिटीको संयोजनमा ७८ विद्यालयको सहभागितामा तेस्रो काठमाडौ जिल्लाव्यापी हाजिरीजवाफ प्रतियोगिता २०८० सम्पन्न गरेको छ । प्रतियोगितमा युनिभर्सल सेकेन्डरी स्कुल पहिलो, नवजीवन स्कुल एण्ड कलेजले दोश्रो, दिब्य ज्ञान इङलिस बोर्डिङ स्कुलले तेस्रो र आस्था बिद्या मन्दिर स्कुलले चौथो भएका छन् ।एक समारोह आयोजना गरी प्रतियोगिता विजयी सहभागीलाई सोमबार पुरस्कार वितरण गरिएको छ ।समारोहमा नेशनल प्याब्सन पूर्व केन्द्रीय अध्यक्ष कर्ण बहादुर शाही, काठमाडौ जिल्ला अध्यक्ष खडक बहादुर बस्नेत, नागार्जुन नगर कमिटी अध्यक्ष शिवराम गिरी, वाग्मती प्रदेश उपाध्यक्ष डिएन महतो लगायतले बोल्नुभएको थियो । विगत तीन वर्षदेखि निरन्तर आयोजना हुँदै आएको प्रतियोगिता जेठ २५ गते सुरु भएको थियो ।कार्यक्रम नेशनल प्याब्सन काठमाडौ महानगर कमिटी अध्यक्ष भीष्म पाण्डेको सभापतित्वमा सम्पन्न भएको थियो ।रचनात्मक क्रियाशीलताका कारण नेशनल प्याब्सनप्रति निजी विद्यालयको आकर्षण बढ्दै गएको छ ।
Month: February 2022
गौर हत्याकाण्डको मुद्दा सोमवार पनि सुनुवाई भएन
रौतहट ३० जेठ। गौर हत्याकाण्ड विरुद्धको रिटमा सोमवार पनि सुनुवाई हुन सकेन । सोमबार सर्वोच्च अदालतका न्यायधीश कुमार रेग्मीको इजलासमा सुनुवाईका लागि पेशी तोकिएको उक्त रिट ‘बेञ्च बस्न नभ्याएको’ भन्दै स्थगित भएको हो ।
गत जेठ २१ गते त्रिभुवन साहले १६ वर्षअघिको बहुचर्चित गौर हत्याकाण्डको छानबिन हुनुपर्ने माग सहीत सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए । जिल्ला प्रहरी कार्यालय रौतहट, सरकारी वकील कार्यालय रौतहट, तप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएर साहले मुद्दा दर्ता गराएका थिए ।
घटनामा मारिएका आफन्तहरुले जिल्ला प्रहरी कार्यालय, रौटहटमा जाहेरी दिँदा समेत कुनै छानबिन अघि नबढेको भन्दै अनुसन्धान अघि बढाउन आदेशको माग गरेर सर्वोच्चमा रिट दायर गरेका थिए।
केहो गौर घटना
२०६३ साल चैत्र ७ गते रौतहटको सदरमुकाम गौरस्थित राईसमिलको फिल्डमा मधेशी जनाधिकार फोरम र तात्कालीन नेकपा माओवादी एउटै स्थानमा छुट्टै मार्च बनाएर सभा गर्न लाग्दा दुई पक्ष बीच झडप हुदा २७ जना माओवादी कार्यकर्ताको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यू भएको थियो । सोही झडपमा कैयौ घाईते भएका थिए । घटनामा बाँसको चारपाटे भाठा र हतियार समेत प्रयोग भएको थियो।
गौरभन्दा करिब १० किलोमिटर उत्तर पताही टोलको पूर्वपट्टि बागमती नदीको किनारमा ३ महिला र ८ पुरुषको
गाउँभन्दा पश्चिमपट्टि बौधीदेवीको मन्दिरमा ल्याई बाँसको भाटा, ढुंगा र इँटा प्रहार गरी मन्दिरमा बलि दिएर, आगो लगाई हत्या गरेको थियो।
आक्रमण पुर्वनियोजित तथा संगठित रूपमा भएको देखिएको मानवअधिकारवादी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ठहर गरेको थियो। तीनजना महिलालाई बलात्कारपछि हत्या गर्ने क्रममा क्रूर यातना दिइएको, आगो लगाउने तथा उनीहरूको संवेदनशील अंगमासमेत प्रहार गर्ने जस्ता अमानवीय कार्य गरिएको पाइएको इन्सेकले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको थियो।
गौर हत्याकाण्ड हुँदा तत्कालिन मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव मधेस आन्दोलनको नेतृत्व गरिरहेका थिए। अध्यक्ष यादव कै निर्देशनमा फोरमका कार्यकर्ताले माओवादी कार्यकर्तालाई भाला, छुरा, लाठी र गोली प्रहार गरी निर्मम हत्या गरेको तत्कालीन माओवादी कार्यकर्ता तथा पीडित परिवार ले दाबी गर्दै आएका छन।
उक्त घटना हुँदा माओबादी तत्कालिन सरकारमा सहभागी थिए।सो समय नेपाली कांग्रेस नेतृत्वको सरकारमा कृष्णप्रसाद सिटौला गृहमन्त्री रहेका थिए।
घटना पछि माओबादीका तत्कालिन नेता प्रभु साहको सक्रियतामा पीडित परिवारले उपेन्द्र यादव लगायत १ सय भन्दा बढी मानीस लाई बिपक्षी बनायर जिल्ला प्रहरी कार्यालय रौतहटमा मुद्दा दर्ता गराएका थिए। जनकपुर बाट प्रकाशित हुने आजको मधेश दृष्टि दैनिक पत्रीकामा प्रकाशित गरीएको छ।
सञ्जय मिश्रा
गरुडामा फुयाँल र बौधीमाईमा यादव
रौतहट ३० जेठ । रौतहटको गरुडा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा हेमराज फुयाँलले जिम्मेवारी पाएका छन्। अधिकृत फुयाँल सोमवार नगर पालिकाको कार्यालयमा हाजिर भएका हुन। उक्त अवसरमा मेयर कन्थमणि जैसवालले उनलाई फुलको माला लगाई खाँदा ओढाएर स्वागत गर्दै कार्यकाल सफलताकाे शुभकामना दिएका थिए। यस अघि गरुडा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा भुदेव झा रहेका थिए।
त्यसैगरी बौधीमाई नगरपालीकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रमोद यादवले जिम्मेवारी पाएका छन्। सोमवार यादव नगरपालीका को कार्यालयमा हाजीर भएका हुन। उक्त अवसरमा मेयर प्रदीप यादवले प्रशासकीय अधिकृत यादवलाई खाँदा ओढाएर सम्मान गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए।
३९ जना उपसचिवहरूको सरुवा, हेर्नुस् (सूचीसहित)
काठमाडौँ । नेपाल सरकारले ३९ जना उपसचिवहरूको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकाय तथा अतिरिक्त समूहमा रहेका उपसचिवहरूको सरुवा गरेको हो ।
प्राप्त समचार अनुशार नियमित सरुवा हुने उपसचिहरुमध्ये अधिकांसको विभिन्न प्रदेश तथा संघीय मन्त्रालयमा सरुवा गरिएको छ भने अतिरिक्त समूहबाट अधिकांश जिल्ला समन्वय समितिमा पठाइएको छ ।
सूची:-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज(मंगलबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, आज डलरको खरिद दर १३१ रुपैयाँ ६० पैसा र बिक्री दर १३२ रुपैयाँ २० पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ७७ पैसा र बिक्री दर १४२ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तो छ ३० जेष्ठ २०८० मंगलबारको राशिफल
मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज भनेको कुराको विपरीत अर्थ लाग्नसक्छ । व्यापारको सिलसिलामा घरबाट टाढा जानुपर्ने हुन सक्छ, तर वैदेशिक कार्यहरू अघि बढ्नेछन् ।
मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज प्रतीक्षा गरिएको काम पूरा हुनेछ । परिवारमा रमाइलो जमघट हुनेछ र अभिभावकले सन्तुष्टि जनाउने छन् । आफन्तसँग भेटघाट पनि हुनेछ ।
सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज बेला बेलामा मनमा अशान्ति तथा चञ्चलता आउन सक्छ । परिवारका लागि धेरै समय दिन पाइने छैन, तर आर्थिक लाभ भने मिल्नसक्छ ।
तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) दिन भाग्यशाली भएर देखा पर्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । नयाँ वस्त्र पनि प्राप्त हुनेछ ।
धनु: (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आम्दानी नहुँदा आर्थिक रुपमा कमजोर भएको महसुस हुनेछ, तर ठूलाबडाको आशीर्वादले पाइएमा भने रोकिएको काम बन्नसक्छ ।
बृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।
कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।
कन्या: (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय पनि आएको छ ।
बृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै बाहन लाभ हुने समय छ । सफल यात्राको योग पनि छ ।
मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको समय छ । एउटै आर्थिक कारोबारमा सफलता पाइएला । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।
कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । बढी मिहिनेत गर्दा अधिक प्रगति हुनेछ । तर अरुको भलाइका लागि अनावश्यक दौडधुप गर्नु पर्नेछ ।
मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार, कृषि व्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहनेछ ।
रिकोडद्वारा देवीचौरको देउरालीमा लैङ्गिक समानतासम्बन्धी र्याली र अनुशिक्षण
ललितपुर । गोदावरी नगरपालिका-७ देवीचौरको देउरालीमा लैङ्गिक समानताबारे रिकोडले र्याली प्रदर्शन गर्नुका साथै अनुशिक्षणसमेत गरेको छ ।ग्रामीण सामुदायिक संस्था विकास (रिकोड) को आयोजनामा स्थानीय महिला र स्वास्थ्य स्वयम्सेविकाको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा अधिवक्ता आर्जु कार्कीले लैङ्गिक समानता र लिङ्गभेदका बारेमा कानुनद्वारा गरिएका व्यवस्थाका साथै व्यवहारिक पक्षका बारेमा अनुशिक्षण गरेकी हुन् ।उनले जुनसुकै लिङ्गको व्यक्तिलाई पनि आत्मसम्मानका साथ बाँच्न पाउने अधिकार रहेको बताउँदै संविधान र ऐन कानुनले महिलालाई अग्राधिकार दिएको बताइन् । ‘महिलाको अवस्थालाई मध्यनजर गरी अग्राधिकार दिइएको छ । तर, समानता भन्ने मुलमन्त्रलाई हामीले बिर्सनु हुँदैन । तसर्थ जन्मले कोही सानोठूलो वा उचनिच हुँदैन । सबै समान हुन्छन् ।’-अधिवक्ता कार्कीले भनिन् ।
लैङ्गिक समनताले मात्रै मुलुकको विकास हुने हुँदा लिङ्गका आधारमा कुनै पनि विभेद स्वीकार्य नहुनेमा उनको जोड रहेको छ ।रिकोडले देवीचौरमा सन् २०२२ को अप्रिलदेखि खाद्य सुरक्षा तथा पोषण सुधार परियोजना लागु गरेको छ । सो परियोजनमार्फत महिला शसक्तिकरण र पोषण सुधारका क्षेत्रमा आफ्ना क्रियाकलाप सञ्चालन गर्दै आएको रिकोडकी समुदाय सहजकर्ता गीता तिमल्सिनाले जानकारी दिइन् । कार्यक्रममा तिमल्सिनाले समाज परिवर्तनका लागि सबै पक्ष सक्षम हुन जरुरी रहेको बताइन् । उनले लिङ्गका आधारमा गरिने विभेद कानुनद्वारा दण्डनीय भएकाले यस्ता सबैखाले विभेदको जरा पत्ता लगाएर निर्मुल पार्न समाजका सबै पक्ष क्रियाशील हुनु पर्ने बताइन् । स्थानीय तहले पनि लैङ्गिक हिंसा न्युनिकरणका लागि आवश्यक नीतिहरू ल्याउनु पर्नेमा तिमल्सिनाले जोड दिइन् ।
१ सय जनाको सहभागितामा सञ्चालित कार्यक्रम हुनु पूर्व देउरालीको दुधेश्वरी आधारभूत विद्यालयदेखि विभिन्न प्लेकार्डमा लैङ्गिक समानताका बारेमा लेखिएका सन्देशसहित निकालिएको र्याली दुधेश्वरी मन्दिर, भ्यू टावर पुगेर अनुशिक्षणमा परिणत गरिएको थियो ।
रिकोडकी प्रतिनिधि तिमल्सिनाका अनुसार आमा समूहमा आबद्ध महिलाका लागि पोषण सत्र, सासू आमाहरूका लागि पोषणसम्बन्धी अभिमुखिकरण, किशोरकिशोरीका लागि प्रजनन् स्वास्थ्य र पोषणसम्बन्धी जानकारी, समूह र वित्तीय व्यवस्थापनसम्बन्धी तालिम, आयआर्जन र पोषण सुधारका लागि कृषक लक्षित कृषि र भेटेरिनरी तालिम तथा करेशाबारीमा लगाउने तरकारीका बिउबिजन सहयोग लगायतका क्रियाकलाप सञ्चालनमा छन् ।कार्यक्रममा सहभागी स्थानीय धनमाया तामाङले महिला अधिकारका लागि सङ्घसंस्थाले बाटो देखाएपनि अधिकारको कार्यान्वयन सरकारले नै गर्नु पर्ने बताइन् ।स्वयम्सेविका पञ्ची लामाले अधिकारको उपयोग गर्नका लागि आफ्नो तर्फबाट कर्तव्य पालना गर्नै पर्ने बताइन् ।
पकिस्तानी राजदूत अबरार एच हाश्मीद्वारा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
काठमाडौँ । नेपालका लागि इस्लामिक गणतन्त्र पाकिस्तानका राजदूत अबरार एच हाश्मीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।
प्रस्तुतिको क्रममा राजदूत हाश्मीले इस्लामिक गणतन्त्र पाकिस्तानका राष्ट्रपति डा. आरिफ अल्वी र इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री मोहम्मद शहबाज सरिफका साथै पाकिस्तानी जनताको व्यक्तिगत स्वास्थ्यको लागि शुभकामना व्यक्त गर्नुभयो । सो अवसरमा उहाँले नेपालका राष्ट्रपति र नेपालका मित्रजन जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना समेत गरेका गर्नुभएको थियो ।
राष्ट्रपति पौडेलले नेपालका लागि पाकिस्तानका राजदूतका रूपमा हाश्मीलाई स्वागत र बधाई दिनुभयो। उहाँले नेपाल र पाकिस्तानका जनताबीचको सौहार्दपूर्ण र मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै नेपालस्थित राजदूतलाई नेपाल सरकारको पूर्ण सहयोगको आश्वासन पनि दिनुभयो ।
राजदूत हाश्मीले नेपाल र पाकिस्तानबीचको द्विपक्षीय सम्बन्ध सद्भाव, आपसी विश्वास र सहयोगमा आधारित रहेको बताए ।उहाँले दुवै देशले द्विपक्षीय संयन्त्र र उच्चस्तरीय सम्पर्कलाई पुनरुत्थान गर्नुपर्ने बताउनुभयो । दुवै देश दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का संस्थापक सदस्य रहेको बताउँदै नेपालले सार्कलाई उच्च महत्व दिएको र सार्कलाई पुनः सक्रिय गर्नमा आशावादी रहेको उहाँको भनाई थियो ।
राजदूत हाश्मीले पाकिस्तानका राष्ट्रपतिले नेपालका राष्ट्रपतिलाई यथाशीघ्र पाकिस्तान भ्रमणको निमन्त्रणा दिनुभएको पनि दोहो-याउनुभयो ।समारोहमा परराष्ट्रमन्त्री, प्रधानसेनापति, राष्ट्रपतिका प्रमुख सचिव, परराष्ट्र सचिवलगायत राष्ट्रपतिको कार्यालय र नेपालको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति रहेको थियो । (माधव अधिकारी)
नबिल बैंकबाट एसियन पेन्ट्स आबद्ध व्यवसायीले च्यानल फाइनान्सिङ्ग कर्जा पाउने
काठमाडौं । नबिल बैंक लिमिटेडले एसियन पेन्टस् नेपाल प्रालिसँग आबद्ध व्यवसायीलाई च्यानल फाइनान्सिङ्ग कर्जा उपलब्ध गराउने भएको छ । च्यानल फाइनान्सिङ्ग सुविधाको लागि सोमबार एक समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र एसियन पेन्टसका तर्फबाट कन्ट्री डाइरेक्टर गोपालकृष्णन जीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार एसियन पेन्टस् नेपालसँग आबद्ध व्यवसायीहरूले च्यानल फाइनान्सिङ्गको रूपमा थप व्यवसाय विस्तार गर्न चालु पुँजीमा लगान ीगर्ने उद्देश्यका लागिआकर्षक ब्याजदर र न्यून धितो अनुपातमा नबिल बैंकका शाखा सञ्जालबाट च्यानल फाइनान्सिङ् कर्जा उपभोग गर्न पाउने छन् ।
सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंङ्गानाले बैंकसँग आबद्ध हुने एसियन पेन्टसका वितरकहरूले बैंकबाट विशिष्टीकृत सेवा पाउने विश्वास दिलाए। उनले व्यवसाय बिस्तारको लागि आवश्यक पुँजी बैंकमार्फत पाउने बताए।
यो सुविधाले नेपाल राष्ट्र बैंकद्वारा जारीे चालु पुँजीकर्जा सम्बन्धी मार्गदर्शन अनुरुप नै सम्पूर्ण खरिद बिक्रीको भुक्तानी प्रक्रिया बैंक खातामार्फत मात्रै हुने प्रमुख कार्यकारी अधिकृत ढुंगानाको भनाइ थियो।
कार्यक्रममा नबिलका वरिष्ठ नायव प्रमु खकार्यकारी अधिकृत सुजितकुमार शाक्य, नायव प्रमुख कार्यकारी अधिकृत बिनय रेग्मी, नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे र एसएमई, लघुवित्त तथा दिगो बैंकिङका प्रमुख निरज बस्नेत डनिल, एसियन पेन्टस्का प्रमुख वित्त अधिकृत समीर श्रेष्ठका साथै एसियन पेन्टस्का अन्य कार्यकारीको पनि उपस्थिति थियो ।
च्यानल फाइनान्सिङ्ग प्रमुख आकर्षण अन्तर्गत आफ्ना वितरकलाई सामान बिक्री गरेको बिल बराबरको पुरा रकम भुक्तानी हुने कर्जा सुविधा उपलब्ध हुने बताइएको छ। बैंकले सम्बन्धित व्यवसायीको लागि व्यवसाय विस्तार गर्न अन्य सेवा तथा एसएमई कर्जा समेत सहुलियत दरमा उपलब्ध हुने बताइएको छ ।
प्युठानको भिंग्रीमा कार दुर्घटना : आठ जनाको मृत्यु, एकको सनाखत
काठमाडौँ । प्युठानको भिंग्रीमा कार दुर्घटनामा परी घाइते भएका आठ जनाको मृत्यु भएको छ।
गम्भीर घाइते आठ जनालाई जिल्ला अस्पताल बिजुवार पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।मृत्यु हुनेमा चार बालबालिका, दुई महिला र दुई पुरूष छन्। प्रहरीले दुर्घटनामा परेका मध्य दाङको लमही नगरपालिका वडा नं ५ का तारा कुमालको मात्रै पहिचान भएको बताएको छ ।प्यूठानबाट दाङ तर्फ आउँदै गरेको लु १ च ६३४५ नम्बरको कार स्वर्गद्वारी नगरपालिका–४ भिंग्रीको घुम्तीमा पौने ४ बजे दुर्घटनामा परेको थियो। स्वर्गद्वारी मन्दिरको दर्शन गरी कार दाङ तर्फ फर्किरहेको थियो।
काठमाडौँ महानगरले ग-यो दुई अस्पताल सिल
काठमाडौं ।दर्ता नवीकरण नगरी सञ्चालन गरेको भन्दै काठमाडौं महानगरपालिकाले दुई वटा अस्पताल सिल गरेको छ ।महागरपालिकाको अनुगमन टोलीले बौद्धस्थित चाइना पिपुल्स हस्पिटल र कोटेश्वरमा रहेको हाम्रो सहयात्री अस्पताल एवम् वर्थिङ सेन्टर सिल गरेको हो । दुवै अस्पताल लामो समयदेखि दर्ता नवीकरण नगरी सञ्चालन भएको महानगरले जनाएको छ । अस्पतालभित्र सञ्चालित फार्मेसी समेत बिनादर्ता सञ्चालन भइरहेको महानगरले जनाएको छ ।
प्रधानमन्त्री दाहाल पत्नी सीता अस्वस्थ, उपचारार्थ अस्पताल भर्ना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्वस्थ भएकी छन् । स्वास्थ्य स्थिति गम्भीर भएपछि उनलाई सोमबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ । सीता दाहाल विगत लामो समयता Progressive Supranuclear Palsy (पिएसपी) नामक रोगबाट ग्रस्त छिन्।बारम्बार लड्ने र डिप्रेसन बढ्ने समस्या बल्झिएपछि उनलाई उपचारार्थ लगिएको हो ।प्रधानमन्त्री दाहाल पनि पत्नीसहित अस्पतालमा पुगेका छन्।
प्रभु साहको प्रश्न– घर भाडासमेत विदेश लगेपछि देश कसरी संवृद्ध बन्छ ?
रौतहट २९ जेठ। दलतन्त्रको ज्यादती कै कारण मुलुकको आर्थिक अवस्था दारासाही भएकाे भनेर पटकपटक आवाज उठाउँदै आएका पूर्व मन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभू साहले आईतवार सदनमा सरकारको गलत नीतिको खुलेरै बिरोध गरेका छन।
विनियोजन बजेटमाथिको छलफलमा बोल्दै आम जनता पार्टीको राष्ट्रिय अध्यक्ष प्रभू सांसद साहले प्रश्न गरे, ‘घर भाडा समेत विदेसिए पछि देश कसरी संवृद्ध बन्छ प्रश्न गरेका थिए।
बर्तमान समयमा उद्योगी,व्यवसायी, सरकारी कर्मचारी, आम सर्वसाधारण उच्चवर्ग देखि राजनीतिज्ञहरूले समेत आफ्नो लगानी विदेशमा लगिरहेको बताउँदै सांसद शाहले चिन्ता व्यक्त गरेका थिए।
‘उच्च शिक्षा हासिल गरेका जति पनि युवा शक्ति छन्, उनीहरू विदेश, सम्पन्न र पहुँच भएका मान्छेहरू सबै विदेश, पुँजीपतिहरू सबै विदेश, राजनीतिक पहुँचवालाहरू विदेश, उनीहरुले घर खेत बेचेर विदेश पैसा लगिरहेका छन्’ शाहले भने, ‘यतिसम्म कि घर भाडा समेत विदेश गइरहेको छ । यसरी कसरी देश संवृद्ध हुनसक्छ र ?’ उनले प्रतिप्रश्न गरेका थिए। छलफल गर्न
सांसदहरूमाथि नै इंकित गर्दै पूर्व मन्त्री तथा आजपा अध्यक्ष साहले भने, ‘यहीँ अगाडि रोहमा रहने माननीय सांसदहरू अवसरको खोजीमा यहाँ रहनुभएको छ, तर उहाँहरूको छोरा–छोरी विदेशमा छन् । पुँजी जति सबै विदेशमा थुपारिदिए पछि अनि नेपालमा पैसाको अभाव हुँदैन ?’ साहले भनेका थिए। नेता साहले यस अघि बर्तमान सरकारको दोहरो नितिको कारण देश संकटपूर्ण अवस्थामा रहेको बताउँदै आएका छन। संसारको जुनसुकै देशको मानिस कूनै पनि एउटै देशको नागरिक हुने संवैधानिक व्यवस्था हुन्छ विगतमा नेपालमा पनि थियो। यस अघि नेपालको कुनै मानिस अन्य देशको नागरिक बन्दा यहाँ को सम्पती उसले बाहिर जैनान् पाउने कानूनी व्यवस्था थिएन। तर केही समय अघि यसै सरकारले एउटा विद्येयक प्रमाणीकरण गरेपछी यहाँको मानिस अन्य देशको नागरिक बन्दा यहाँ को सम्पती संगै बाहीर लैजान सक्ने व्यवस्था अनुसार मूलुक माथी ठूलो घात भएकाे अध्यक्ष साहले दाबी गर्दै आएका छन।
सञ्जय मिश्रा
लालबकैया नदिको पानी पहिलोपटक सुक्यो
रौतहट २९ जेठ । रौतहटको मध्यभाग स्थित लालबकैया नदिमा ईतिहासमै पहिलोपटक पानी सुकेको देखिएकाे छ।जलबायु परिवर्तनको असरले बढेको अत्यधीक गर्मि सङ्गै सात दशकको ईतिहाँसमा पहिलो पटक लालबकैया नदीको पानी सुकेको हो। जङ्गल क्षेत्र भन्दा उतर तर्फ जेजस्तो अबस्था रहेपनि जंगलासहिया घाट देखि दक्षिण अर्थात कटहरिया नगर क्षेत्र देखि देवाहि गोनाही मौलापुर घाट लालबकैया नदिमा वर्षैभरि सबै मौषममा पानिको बहाव हुनेगरेको थियाे। तर पछिल्लो केहि दिनदेखि बढेको गर्मि सङ्गै कटहरिया घाट देखि मौलापुर घाट सम्म लालबकैया नदीको पानी सुकेको छ।
आफ्नो जीवनकालमा लाल बकैया कटहरिया घाट देखि टिकुलिया मौलापुर घाटसम्म पानी सुकेको पहिलो पटक देखेको वडा ४ का ७० वर्षीय पुनित यादवले वताए। माबि कटहरियाका शिक्षक अचल कुमार शाहीले लालबकैया नदीको पानी सुक्नु सबैको लागि एउटा संदेश भएकाे बताउँदै “पानी बचाउ अभियानका लागि वृक्षारोपण गरि आउदो पुस्ताको भविष्य सुनिश्चित गरौं !” भनेर सबैलाई आग्रह गरेका छन।
शेयर बजारमा सामान्य अंकको वृद्धि
काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.७९ अंकले बढेर एक हजार ९ सय ८७ दशमलब ८७ विन्दुमा बन्द भएको छ । आइतबार नेप्से ४०.४८ अंकले बढेर एक हजार ९ सय ८० दशमलब ०९ विन्दुमा बन्द भएको थियो ।
शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट आएको छ । आज २ अर्ब ८८ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार तीन अर्ब ४५ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका ८९ कम्पनीको शेयरमूल्य बढेको छ भने १२६ कम्पनीकोे शेयरमूल्य घटेको छ । आठ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
पछिल्लो समय होटल क्षेत्रमा लगानीकर्ताको आकर्षण बढेको छ। होटलमा खरिद चाप बढ्दा उक्त समूहको सूचक लगातार बढ्दो क्रममा छ।
सोमबार पनि कारोबारमा आएका सबै होटलको शेयरमूल्य उच्च दरमा बढेको छ भने कारोबार पनि बढ्दै गएको छ। यस दिन होटल उपसमूहको सूचक १०.७८ प्रतिशतले बढेको देखिन्छ।
सोल्टी होटलको सबैभन्दा धेरै १५ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको १० करोड ११ लाख र शिव श्री ९ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
आज पाँच कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । अभियान लघुवित्त वित्तीय संस्था र कालिञ्चोक दर्शनको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, भूगोल इनर्जी डेभलपमेन्ट, सिटी होटल्स र चन्द्रागिरी हिल्सको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।
आज प्रभु स्मार्ट फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढीे सोल्टी होटल्सको भएको छ । यस कम्पनीको आज १५ करोड २८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।