घुस लिएको भन्दै मालपोतका खरिदारबिरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय, बारामा कार्यरत खरिदार रामविश्वास साह र गौरीशंकर कुमार कुशवाहामाथि घुस लिई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार जग्गा रजिष्ट्रेसन पास गर्नका लागि सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस मागेको भन्ने सूचना पाएपछि मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।

साहले सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस कुशवाहालाई लिन लगाई भ्रष्टाचार गरेको पुष्टि हुन आएकाले सोमबार उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

उनका अनुसार अनुसन्धानको सिलसिलामा भूमिसुधार तथा मालपोत कार्यालय, कलैया, बाराका खरिदार रामविश्वास साहले १५ हजार घुस मागगरी प्रतिवादी गौरीशंकर कुमार कुशवाहलाई लिन लगाएको खुलेको छ ।

अख्तियारले साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा १५ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवाना सजायसमेत हुन मागदाबी लिई मुद्दा दायर गरेको छ ।

कार्यालय पोसाकमा टिकटक बनाए निजामती कर्मचारीलाई कारबाही गरिने

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीले कार्यालय समयमा टिकटक बनाए कारबाही गर्ने भएको छ । मन्त्रालयले एक सूचना प्रकाशित गरी कार्यालय समयमा टिकटक नबनाउन निर्देशनसमेत दिएको छ ।

कार्यालय समयमा कार्यालयको पोसाक लगाएर, कार्यालयको सवारीसाधन प्रयोग गरेर र कार्यालय हाताभित्र टिकटक बनाउन रोक लगाइएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता कमलप्रसाद भट्टराईले बताए ।

उनले भने, “कार्यालयसँग सम्बन्धित कामबारे पनि टिकटक नबनाउन हामीले निर्देशन दिएका छौँ, यदि निजामती कर्मचारीले यस्ता नियम उल्लङ्घन गरेको पाइएमा अनुशासन नियमअन्तर्गत कारबाही हुनेछ ।” पछिल्लो समय टिकटकमा निजामती कर्मचारी उच्छृङ्खल भएको भन्दै गुनासो आएकाले उक्त कदम चालिएको मन्त्रालयले जनाएको छ ।

पाकिस्तानमा भीषण वर्षा र चट्याङमा परेर २८ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको खैबर पख्तुनख्वा र पञ्जाबका विभिन्न भागमा शनिबार परेको भारी वर्षा र चट्याङका कारण कम्तीमा २८ जनाको मृत्यु भएको छ भने एक सय ४० जनाभन्दा बढी घाइते भएका छन्।

प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार खैबर पख्तुनख्वा को बन्नु, डेरा इस्माइल खान, करक र लक्की मारवतमा वर्षाका कारण २५ जनाको मृत्यु भएको छ भने एक सय ४५ जना घाइते भएका छन् । बाढीका कारण ६९ घरमा आंशिक क्षति भएको । पाकिस्तानी प्रसारण संस्था जियो न्यूजले जनाएको छ।

प्राधिकरणका अनुसार करकमा चारजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । वर्षाका कारण डेरा इस्माइल खानमा एक बालकको मृत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन्।

बाढी प्रभावित  खैबर पख्तुनख्वाका सबै क्षेत्रमा खोजी तथा उद्धार जारी छ । पीडितलाई राहत सामग्री उपलब्ध गराइएको तथा त्यो अहिले जारी रहेको उद्धारकर्मीले बताएका छन् । घाइतेहरूलाई अस्पताल पुर्‍याइएको छ ।  आँधीबेहरीसहितको भारी वर्षाले पञ्जाब प्रान्तका धेरै क्षेत्रमा भौतिक क्षति भएको छ । प्रान्तका सरगोधा, गुजरनवाला, फैसलाबाद अधिक प्रभावित भएका छन् ।

विद्युतीय सवारीमा सबैभन्दा कम कर नेपालमा : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने नीतिमा सरकार स्पष्ट रहेको बताउनुभएको छ ।

आगामी आर्थिक वर्षको बजेटमा उठेका प्रश्नको संघीय संसद्‍मा जवाफ दिँदै डां. महतले विद्युतीय सवारी साधन प्रवर्द्धन गर्नकै लागि नेपालमा सार्क मुलुककै भन्दा कम कर रहेको बताउनुभयो ।

‘सार्क मुलुकहरुमा समेत विद्युतीय सवारी साधनमा लाग्ने पैठारी महसुल दर नेपालको तुलनामा धेरै छ। भारतमा अनएसेम्बल अवस्थाका साधनमा ३५ प्रतिशत, ४० हजार अमेरीकि डलरसम्मको लागि ६० प्रतिशत र सो भन्दा बढि मूल्यको हकमा १०० प्रतिशत रहेको छ भने पाकिस्तानमा ५० प्रतिशत,बंगलादेशमा सवै प्रकारको कर गरेर करिव ९० प्रतिशत र श्रीलंकमा ५० किलोवाट सम्मका लागि १५ प्रतिशत भन्सार र प्रति किलोवाट १५ हजार अन्त:शुल्क लाग्ने व्यवस्था रहेको देखिन्छ।

मन्त्री महतले सोमबार संसदमा प्रस्तुत गरेको आर्थिक विधेयकमा १० देखि १९ सिट क्षमताको कमर्शियल भेइकल (माइक्रोबस) मा ९०० प्रतिशतले कर बढाएका छन् । यसअघि १ प्रतिशत लाग्दै आएको भन्सार शुल्क अर्थमन्त्री महतको बजेटले बढाएर १० प्रतिशत पुर्याएको छ ।

सरकारले कम कर लिएर प्रोत्साहनको नीति लिएका कारण १ वर्षदेखि विद्युतीय माइक्रोबसको बजार विस्तार हुँदै गएको छ । १ वर्षको अवधिमै नेपालमा ३०० वटा विद्युतीय माइक्रोहरु दर्ता भइसकेका छन् । एउटा डिजल माईक्रोबस दैनिक १५० देखि २०० किलोमिटर गुड्छ, जसको हिसाब हेर्ने हो भने दैनिक ७ देखि ८ हजार रुपैयाँको डिजल खपत हुने देखिन्छ । यसरी हिसाब गरेर हेर्ने हो भने ३०० वटा विद्युतीय माइक्रो बसको प्रयोग भइरहँदा २१ लाख रुपैयाँको डिजल बचत हुँदै आएको छ ।
नेपालभर ५(७ हजर वटा डिजेल माइक्रोबसहरु सर्वजनिक यातायातका रुपमा प्रायोजनमा छन् ।

सबै डिजल माइक्रोबसलाई विद्युतीयमा परिवर्तन गर्ने हो भने लग्भग दैनिक ५ करोड रुपैयाँको डिजल बचत गर्न सकिन्छ । तर, यस्तो सकरात्मक कुरालाई नजरअन्दाज गर्दै अर्थमन्त्री महतले बजेटमार्फत् कर बढाइदिएका छन् । विद्युतीय माइक्रो बसको ब्याट्री र मोटरको वारेन्टी डिजलको भन्दा दोब्बर छ । तर, अर्थमन्त्रीले यो वास्तविकतालाई पूरै बेवास्ता गरेका छन् ।

बजेट ल्याउने अन्तिम तयारीमा मधेस प्रदेश सरकार

धनुषा । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि ल्याउने बजेटको तयारी गर्ने अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार मधेस सरकारले बजेट ल्याउने तयारी गरेको हो ।

प्रदेश सरकार अर्थ मन्त्रालयका सचिव प्रेमप्रसाद भट्टराईले सरकारले आगामी आवका लागि करिब रु ३५ अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको छ । ‘चालु वर्षभन्दा आगामी वर्षमा बजेटको आकार घटेर आउने भएको छ’, उनले भने, ‘प्रदेश सरकारको रु २० अर्ब र सङ्घीय सरकारले दिने रु १५ अर्ब गरी करिब रु ३५ अर्बको बजेट ल्याउने तयारी भइरहेको छ ।’

सबै मन्त्रालयलाई पठाइएको बजेट सिलिङ र मार्गनिर्देशनको आधारमा बजेट निर्माण हुने उनको भनाइ छ । ‘अधिकांश मन्त्रालयको बजेट निर्माण अन्तिम चरणमा छ । सङ्घ सरकारले आगामी आवका लागि २२ प्रतिशत बजेट कटौती गरी पठाएकाले बजेटको आकार घट्ने भएको हो’, अर्थ सचिव भट्टराईले भने ।

चालु आर्थिक वर्षमा मधेश प्रदेश सरकारले रु ४६ अर्ब ९१ करोड ४८ लाख ८८ हजारको बजेट ल्याएको थियो ।

गत मङ्गलबार प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेशसभामा एक सय ८९ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सरकारको नीति तथा कार्यक्रममाथि तीन दिन संसदमा छलफल भई गत शुक्रबार सर्वसम्मतिले पारित भइसकेको छ ।

‘डेल्टा’ ब्रान्डको नेपाली टायर बजारमा

काठमाडौँ । नेपाली टायर उत्पादक कम्पनी ग्रिन टायरले ‘डेल्टा’ ब्रान्डको टायर बजारमा ल्याएको छ । टीभीएस एन्टर्क स्कुटरका लागि सो टायर निर्माण गरिएको हो ।
१००–८०–१२ ड्यास र ११०–८०–१२ ड्यास साइजको सो टायर उच्च गुणस्तरीय र किफायतीभएको कम्पनीको भनाइ छ । प्राविधिक रुपमा नेपाली सडक सुहाउदो तरिकाले डिजाइन गरिएको सो टायर सुख्खा र चिसो सडकका साथै अफरोडमा समेत सहजतरिकाले प्रयोग गर्न सकिन्छ ।


रोलिङ प्रतिरोधी क्षमता घटाइएका कारण सो टायरले इन्धनखपतमाकमील्याउनपनि सहयोग गर्छ । ‘अहिले बिक्री पछिको सेवाकालागिआवश्यक टायरको रुपमा यो टायर प्रयोग गर्न सकिन्छ ।’ ग्रिन टायरका प्रबन्धक विकास सिंघानियाले भने, ‘नेपालीबजारमा टीभीएस एन्टर्क स्कुटरका प्रयोगकर्ता बढ्दै गएका कारण सो स्कुटरको टायर उत्पादनमा ग्रिन टायरले ध्यान केन्द्रीत गरेको हो ।’
ग्रिन टायरले यो भन्दापहिले ट्रयाक्टरमा प्रयोग गर्न सकिने शेर्पा ब्रान्डको सारथी टायर समेत उत्पादन गरिसकेको छ । करिव पाँचपाँचवर्ष पहिले मोरङको कटहरीमा स्थापना भएको ग्रिन टायर प्रालिले डेल्टा र शेर्पा ब्रान्डका टु ह्विलर, थ्रीह्विलर तथा एग्रिकल्चर सेगमेन्टका टायरहरु उत्पादन गर्छ ।
हाल कम्पनीले प्रतिवर्ष २ लाख ५० हजारथान टायर उत्पादन गरिरहेको छ । ग्रिन टायरमा कुल १२० जना कामदार कार्यरत छन् ।

सिटिजन्स बैंकले दियो सेनेटरी भेन्डिङ मेसिन

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अर्र्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टर , बटरफ्लाइ होम र जुवेनाइल करेक्सनमा रहेका बालिकाको सरसफाइको आवश्यकतालाई मध्यनजर गर्दै दुई वर्षको लागि आवश्यक सेनेटरी प्याडका साथसाथै तीनवटा सेनेटरी भेन्डिङ मेसिन उपलब्ध गराएको छ।
बैंकले बालिकाको सरसफाइ आवश्यकता सुरक्षित गर्न र उनीहरूले सामना गर्ने चुनौती कम गर्ने उद्देश्यले गैरनाफामूलक संस्थाकी संस्थापक अध्यक्ष पुष्पा बस्नेतलाई एक समरोहबीच सो सामाग्री हस्तान्तरण गरको हो । कार्यक्रमलाई सम्बोधनगर्दै अध्यक्ष बस्नेतले संस्थाको मान्यताप्रत्येक बालिकाको महिनावारी स्वास्थ्य व्यवस्थापन, उचित सरसफाइ सुविधा र आवश्यक स्रोतहरूमापहुँच हुनुपर्छ भन्ने रहेको बताउदै सहयोग प्रदानगरेकोमा बैंकलाई धन्यवाद ज्ञापन गर्नु भयो ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यसअघि नै देशका विभिन्न स्थानहरुमा स्वास्थशिविर सञ्चालन, समुदायिक विद्यालय एवं मठ मन्दिरलाई सहयोग गरिसकेको छ ।

इन्सेकद्वारा प्रकाश मानव अधिकार पुरस्कारका लागि नाम सिफारिस गर्न आह्वान

काठमाडौँ । मानव अधिकार तथा सामाजिक न्यायका क्षेत्रमा क्रियाशील अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का संस्थापक महासचिव अथक मानव अधिकार योद्धा प्रकाश काफ्लेको स्मृतिमा स्थापित प्रकाश मानव अधिकार पुरस्कारका लागि नाम सिफारिस गर्न इन्सेकले सार्वजनिक आह्वान गरेको छ । इन्सेकले आफ्ना कार्यालयहरूमार्फत प्राप्त सिफारिसका आधारमा पुरस्कार दिँदै आएकामा पहिलोपटक सार्वजनिक आह्वान गरेको हो । मानव अधिकार र सामाजिक न्यायका लागि क्रियाशील व्यक्तिको नाम इमेलमार्फत सिफारिस गर्न सकिने इन्सेकले जनाएको छ ।

प्रकाश काफ्लेको स्मृतिलाई चिरस्थायी राख्ने उद्देश्यले इन्सेकले ०५१ सालमा प्रकाश मानव अधिकार पुरस्कारको स्थापना गरेको उल्लेख गर्दै इन्सेकले हरेक वर्ष मानव अधिकार र सामाजिक न्याको क्षेत्रमा क्रियाशील एकजना व्यक्तिलाई ५० हजार रुपियाँ नगद, सम्मान–पत्र तथा इन्सेकको प्रतीक चिह्न प्रदान गर्ने गरेको उल्लेख छ ।

‘हालसम्म यस पुरस्कारबाट बाल साहित्य तथा ग्रामीण पत्रकारिताका सर्जक विनयकुमार कसजु, मानव अधिकार आयोगका संस्थापक सदस्य डा। गौरी शङ्करलाल दास, परोपकार संस्थाका संस्थापक दयावीर सिंह कंसाकार, महिलाको मताधिकारका लागि आवाज उठाउने बसन्तदेवी झा, कमैया मुक्ति आन्दोलनका लागि सङ्घर्षरत ऋषिराम थारु, ग्रामीण क्षेत्रमा रहेर स्वास्थ्य सेवा पुर्‍याइरहनु भएका डा। रुपचन्द्र विश्वकर्मा, हलिया तथा दलित आन्दोलनका अभियन्ता राजुराम भूललगायत विभिन्न क्षेत्रमा आवाज बुलन्द गर्ने २८ जना व्यक्तित्व पुरस्कृत भइसक्नु भएको छ ।’–इन्सेकले जनाएको छ ।

पुरस्कारलाई व्यवस्थित गर्ने र छनौट प्रकृयालाई पारदर्शी बनाउने उद्देश्यले यस वर्ष इन्सेकका पूर्व अध्यक्षहरू तथा सल्लाहकार समाविष्ट उच्चस्तरीय पुरस्कार छनौट समिति गठन गरिएको र सो समितिले असार १५ गतेभित्र प्राप्त सिफारिसका आधारमा पुरस्कारको निर्णय लिने इन्सेकका अध्यक्ष डा। कुन्दन अर्यालले बताउनु भयो ।

कुनै फौजदारी कसुर, बैङ्किङ् कसुर, भ्रष्टाचार र आर्थिक अपराध तथा मानवताविरोधी र युद्ध अपराधको आरोपित र अभियोजन नलागेको, जातीयद्वेष तथा विभेद, यौन दुरुत्साहन तथा यौन हिंसा र अन्य नैतिक पतन हुने अपराधको आरोप र अभियोजन नलागेको, नैतिकवान र सदाचारी जीवनशैली अवलम्बन गरेका कारण समाजमा सम्मान प्राप्त भएको व्यक्तिलाई पुरस्कारका लागि सिफरिस गर्न सकिने इन्सेकद्वारा जारी आह्वानमा उल्लेख छ ।

नुवाकोटको घोप्टेभिरमा ०४९ साउन १६ गते भएको थाइ एयरबसको विमान दुर्घटनामा निदन हुनुभएका इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिमा इन्सेकले ०५१ सालदेखि हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ ।

एसईईको नतिजा असारभित्रै सार्वजनिक गर्ने बोर्डकाे तयारी

काठमाडौँ ।राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असारभित्रै सार्वजनिक गर्ने तयारी गरिएकाे छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षणको काम पूरा गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का अनुसार उत्तरपुस्तिकाको परीक्षा तथा सम्परीक्षणको काम सकिएको र राष्ट्रिय परीक्षा बोर्डले गर्नुपर्ने केही कामहरू बाँकी छ। बोर्डले असारभित्र नतिजा प्रकाशन गर्ने गरी काम तीव्र रूपमा गरिरहेको जनाएको छ ।

बोर्डले गत चैत १७ गतेदेखि एसइई परीक्षा सञ्चालन गरेको थियो । सबै जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्रबाट करिब ५ लाख विद्यार्थी परीक्षामा सहभागी भएको बोर्डले जनाएको छ ।

यो वर्षदेखि दुई भन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीले पनि एनजी ल्याएको विषयमा मात्र परीक्षा दिन पाउने व्यवस्था बोर्डले गरेको छ ।

यस्तो छ २९ जेष्ठ २०८० आज सोमबारको राशिफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कुनै रोगले दुस्ख दिन सक्ने समय छ । खानामा सतर्कता अपनाउनु राम्रो हुनेछ, विशेषगरी उत्तर दिशाको यात्रामा ध्यान पुर्याउनुहोला ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज फजुल खर्चले चिन्ता बढाउनेछ । साना तिना समस्यामा अल्झिनुपर्ने देखिन्छ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ ।

तुला: (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको समय छ । एउटै आर्थिक कारोबारमा सफलता पाइएला । आफन्तले सहयोग गर्नेछन् ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज मित्रहरूले दिएको वचन फेरिन सक्छ । व्यवसायमा मन्दी आउनेछ, तर मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ ।

बृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । घर जग्गाको कारोबारमा सफलता मिल्ला ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । रमाइलो यात्राको योग रहेको छ ।

कन्या: (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज धार्मिक र सांस्कृतिक कार्यमा सरिक हुने अवसर रहेको छ । प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न पनि सक्छन् ।

बृश्चिक: (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागीको अवसर मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । रमाइलो यात्राको योग रहेको छ ।

मकर: (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । गरेको जागिरमा पद र प्रतिष्ठा बढ्नेछ । रोकिएका काम पुनः सुरु पनि हुन सक्छन् ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । मङ्गल कार्यको योग छ ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला । सन्तान सुख मिल्न सक्छ ।

मनसुन पूर्वतयारी राष्ट्रिय कार्ययोजना स्वीकृत

काठमाडौँ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना(२०८० स्वीकृत गरेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा प्राधिकरणको सभाहलमा बसेको समितिको १८ औं बैठकले कार्ययोजना स्वीकृत गरेको हो ।

स्वीकृत कार्ययोजनामा मनसुनजन्य जोखिमको अवस्था विश्लेषण तथा प्रभाव आँकलनका साथै विभिन्न मन्त्रालय तथा विषयगत क्षेत्र, निजी क्षेत्र र मानवीय क्षेत्रमा काम गर्ने नेपाल रेडक्रसलगायत गैरसरकारी संस्थाहरुको जिम्मेवारीका साथै खोज, उद्वार तथा राहत सामग्रीहरुको मौज्दातीको विवरण समेटिएको छ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले उपलब्ध साधन स्रोतको अधिकतम परिचालन गरी विपद् जोखिम न्यूनीकरण गर्नतिर ध्यान दिन र विगत वर्षहरुका कमजोरी तथा असावधानी पुनरावृति हुन नदिई कार्ययोजनाको ठोस कार्यन्वयन गर्न सम्बद्ध सबै निकायलाई निर्देशन दिए ।

सजाय निर्धारण नहुँदै सर्वोच्च पुगे शर्मा

काठमाडौँ । विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका निलम्बित सहसचिव चुडामणि शर्मा सजाय निर्धारण नहुँदै सर्वोच्च अदालत पुगेका छन् । उनले आफूलाई दोषी ठहर गर्ने क्रममा विशेष अदालतले न्यायका आधारभूत मूल्यमान्यता र सिद्धान्त लत्याएको दाबी गर्दै सर्वोच्चमा रिट पेश गरेका हुन् ।

‘चुडामणि शर्माको रिट निवेदन यहाँ पेश भएको छ’ सर्वोच्च स्रोतले भन्यो, ‘अध्ययनकै क्रममा छ, दर्ता गर्ने वा दरपीठ हुने केही टुंगिएको छैन ।’ शर्माले मुद्दाको सुनुवाइ सकेपछि एकपक्षीय रुपमा विशेषज्ञको राय लिएर विशेष अदालतले आफूलाई दोषी ठहर गरेको जिकिर गरेका छन् ।

बाजुरामा भूकम्पको धक्का महसुस

काठमाडौं । बाजुरामा आज बिहान ७ बजेर ३८ मिनेटमा भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जिल्लाको बिछिया क्षेत्रमा केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सोमबार पनि बस्दैछ।

संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने आजको बैठकमा अर्थमन्त्री डा। प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०र८१ को राजश्व र व्ययको वार्षिक अनुमान ९बजेट० मा सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ।

जेठ १५ गते प्रस्तुत आगामी वर्षको बजेटमाथिको छलफल हिजो सकिएपछि आज अर्थमन्त्रीले जवाफ दिन लागेका हुन्।

यसअघि हिजो नै अर्थमन्त्री डा। महतले जवाफ दिने कार्यक्रम रहेको भए पनि अन्तिममा आएर आजका लागि सारिएको थियो।

विश्व बैंकको लगानीमा यातायात र व्यापार आवद्धता अभिवृद्धि आयोजना

काठमाडौं । नेपाल सरकार र विश्व बैंकद्वारा आज संयूक्तरुपमा २७ करोड ५० लाख डलर (करिब रु.३४ अर्ब ९६ करोड नेपाली रुपैंया) लागतको पूर्वी दक्षिण एसियाको यातायात र व्यापार आवद्धता अभिवृद्धि आयोजना (ACCESS)  शुभारम्भ गरिएको छ  । यस आयोजनाले  नेपालमा छनौट गरिएका व्यापारिक करिडोरहरूमा व्यापार र यातायात लागत र पारवहन समय घटाएर व्यापार र आवद्धता (connectivity) सुधार गर्न मद्दत गर्नेछ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका मन्त्री माननीय श्री प्रकाश ज्वाला तथा विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष श्री मार्टिन राईजरले संयूक्तरुपमा पानस बालेर यस आयोजना को शुभारम्भ गर्नुभएको हो ।

यस ACCESS आयोजनाले नेपालमा उत्थानशील पूर्वाधारको विकासमा सहयोग पुर्याउने छ । साथै यसले नेपालका विभिन्न प्रदेशहरू बिच तथा छिमेकी मुलुकहरूसँग यातायात र व्यापार आवद्धता थप सुदृढ गराइ आर्थिक सम्भाव्यताको ढोका खुल्ने छ”, भौतिकमन्त्री  प्रकाश ज्वालाले भन्नुभयो ।

पूर्वी दक्षिण एसियाको यातायात र व्यापार आवद्धता अभिवृद्धि  अन्तर्गत पूर्व–पश्चिम राजमार्गको बुटवल–गोरुसिङ्गे–चनौटा सडकको ६९ किलोमिटर दुई लेनको खण्डलाई जलवायु उत्थानशील चार लेनको राजमार्गमा स्तरोन्नति गरिनेछ । सडक सुरक्षा सुनिश्चित गर्दै , यस आयोजनाले उक्त सडकमा यात्रा समय ३० प्रतिशतले घटाउने अपेक्षा गरिएको छ । फलस्वरूप भारतको पश्चिमी बन्दरगाहहरूसम्म नेपालले सहज पहुँच प्रदान प्राप्त गर्नेछ ।

विशेष गरी महिला उद्यमी र व्यापारीहरूका लागि आर्थिक अवसरहरू बृद्धि गर्नमा ध्यान दिँदै यस आयोजनाले राजमार्गमा आवश्यक इन्टरनेट र व्यापार सूचना सुविधासहितको कम्तीमा तीनवटा बजार क्षेत्रहरू निर्माण गर्नेछ । बंगलादेश, भुटान, भारत र नेपालले परस्पर क्षेत्रहरूमा मालसामान र यात्रुवाहक सवारी साधनको सहज आवतजावत गर्नका लागि हस्ताक्षर गरेको यातायात सम्झौता (Motor Vehicle Agreement ) सम्बन्धमा नेपालको पूर्वतयारी तथा कार्यान्वयनमा लागि पनि यस आयोजनाले सहयोग गर्नेछ ।

थप परिष्कृत यातायात र व्यापार आवद्धता (connectivity)ले नेपाल लगायत दक्षिण एसियाली देशहरु विचको आर्थिक समायोजन (economic integration) लाई प्रर्वद्धन गर्नेछ र बृहत व्यापार र बजारको मार्ग खोल्ने छ । यस ACCESS आयोजनाले नेपालमा क्षेत्रीय व्यापार वृद्धि गर्ने छ र दिगो पूर्वाधार विकास मार्फत हरित, उत्थानशील तथा समावेशी विकासलाई सघाउने छ” विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन राईजरले भन्नुभयो ।

यस आयोजनालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय स र वन तथा वातावरण मन्त्रालयले संयुक्त रूपमा कार्यान्वयन गर्नेछन् । नेपाल सरकार र विश्व बैंकबीच सेप्टेम्बर २०२२ मा यस आयोजनाको वित्तिय सम्झौतामा हस्ताक्षर भएको थियो ।