ग्रीन टीमा कैयौं पोषक तत्वहरु पाइन्छन्, जसले तपाईंको स्वास्थ्यलाई राम्रो बनाउँछ । त्यसैले ग्रीन टी को सेवन गर्दा पुरुषहरुले पनि धेरै फाइदाहरु प्राप्त गर्न सक्छन् ।
ग्रीन टी पिएर पुरुषहरुले तौल कम गर्न सक्छन् । ग्रीन टी मा पाइने पोषक तत्वले शरीरको मेटाबोलिज्मलाई तीव्र बनाएर शरीरलाई मोटो हुनबाट जोगाउँछ ।
त्यस्तै ग्रीन टीको सेवनले मुटुको स्वास्थ्य पनि राम्रो बनाउन सकिन्छ । त्यसैले हृदय सम्बन्धी समस्याबाट जोगिनका लागि ग्रीन टी अवश्य पिउनुपर्छ ।
ग्रीन टी को सेवन तपाईंको मुखको स्वास्थ्यका लागि पनि एकदमै फाइदाजनक छ । ग्रीन टी मा कैयौं पोषक तत्वहरु हुन्छन्, जसले पुरुषहरुको मुखको संक्रमणबाट जोगाउँछ ।
यसरी तपाईं यदी तपाईंलाई मधुमेह छ भने ग्रीन टी लाई आफ्नो खानपानमा समावेश गर्न सक्नुहुन्छ । यसले मधुमेहलाई नियन्त्रण गर्ने काम गर्दछ ।
ड्ड साथैमा ग्रीन टी मा पाइने एन्टीअक्सीडेन्ट तत्वले शरीरलाई विभिन्न विमारीहरुबाट लड्न सहयोग गर्छ । यसले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ ।
सम्पूर्ण स्वस्थलाई राम्रो बनाउँदै ग्रीन टी ले छालामा पनि राम्रो प्रभाव पार्छ । यसको नियमित सेवनले छालामा चमक ल्याउने काम गर्छ ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरिएको छ । राप्रपाका सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् । आइतबार जारी बजेटमाथिको छलफलमा भाग लिने क्रममा उनले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गरेका हुन् ।
“प्रधानमन्त्रीज्यूको विरुद्धमा सर्वोच्च अदालतमा युद्ध अपराधजस्तो जघन्य अपराधमा मुद्दा दायर भएको छ । ३० गते हाजिर हुन भनेर अदालतले भनेको छ । ३० गते प्रधानमन्त्री अदालतमा जाँदा प्रधानमन्त्रीको हैसियतमा जानुहुन्छ कि पुष्पकमल दाहाल प्रचण्डको हैसियतमा ? युद्ध अपराध देशले गरेको होइन व्यक्तिले गरेको हो । त्यसैले प्रधानमन्त्रीले तत्काल राजीनामा दिएर बाटो प्रशस्त गर्नुपर्छ । उक्त पदमा बसिरहनु उचित हुँदैन,” उनले भनेका छन् ।
यसअघि सर्वोच्च प्रशासनले उक्त रिटलाई दर्ता गर्न अस्वीकार गर्दै दरपीठ गरेको थियो । रिटमा आफूहरूलाई युद्धमा प्रयोग गरिएको र पछि अयोग्य भनि बर्हिगमन गराएको तर सरकारबाट तथा दलबाट कुनै पुन:स्थापना वा राहत नपाएको दाबी रिटमा गरिएको छ ।
प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । पूर्वबाल सेना नेपालका तर्फबाट लेलिन विष्टसहितले दर्ता गराएको रिटको पहिलो पेसी जेठ ३० गते तोकिएको छ ।
काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार (आज ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४०.४८ अंकले बढेर एक हजार ९ सय ८० दशमलब ०९ विन्दुमा बन्द भएको छ । बिहिबार नेप्से ७.२७ अंकले बढेर एक हजार ९ सय ३९ दशमलब ६१ विन्दुमा बन्द भएकोे थियो ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.७२ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन लगानी उपसमूहको परिसूचक ५.११ प्रतिशत बढेको छ भने विकास बैंक उपसमूहको परिसूचक ४.६६ प्रतिशत बढेको छ। कारोबारमा आएको उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने जलविद्युत, लघुवित्त र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।
नेप्से बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । आज तीन अर्ब ४५ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार दुई अर्ब ३० करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका २१२ कम्पनीको शेयरमूल्य बढेको छ भने ६ कम्पनीकोे शेयरमूल्य घटेको छ । ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २४५ दशमलव ३० रुपैयाँ पुगेको छ । त्यस्तै, सिटी होटल्सको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १२२ दशमलव २० रुपैयाँ पुगेको छ ।
आज ग्लोबल आईएमई ब्यालेन्स फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ३ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढीे सिटिजन इनभेष्डमेन्ट ट्रष्टको भएको छ । यस कम्पनीको आज ११ करोड ४७लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
रौतहट । दर्जनौं लेखरचना पस्केर छुटै पहिचान बनाएका कथाकार सपुत बहादुर कार्कीद्धारा लेखिएको कथा संग्रह ‘चौध भुवन’ पाठक माझ लोकप्रिय भएको छ ।
कथाकार तथा साहित्यकार कार्कीद्वारा लिखित १४ वटा कथाहरूको सङ्ग्रह ‘चौध भुवन’ १ महीना अघि गत बैशाख २२ गते काठमाण्डौमा सार्वजनिक गरिएको थियो ।
कथा‘चौध भुवन’ लाई लेखक, तथा पर्यटन व्यवसायी धुलिखेलका संस्थापक नगरप्रमुख बेलप्रसाद श्रेष्ठ र नियात्राकार पोष चापागाईंले संयुक्त रूपमा सार्वजनिक गरेका थिए ।
उक्त कृतिमाथि लेखक तथा शिक्षासेवी डा. बलराम तिमल्सिनाले समीक्षात्मक टिप्पणी गरेका छन ।
कथा संग्रहमा तिमि नै भन त मैया,कान्छी,पात्रको मृत्यु,म आशा बाडिरहेको छु,अस्वीकृत सहित,फुलवाको विवाह,नियति,गोपाल कुटी,पुस्तक,ट्रेसी,गल्ली नम्बर आठ,सोनफी,राहत र भुस्याहा कुकुर गरी १४ वटा कथा समावेश रहेको कथाकार कार्कीले जानकारी दिएका छन ।
उक्त कथाहरुमा दाइजो प्रथाले गर्दा गरिब,पैसा नहुने पात्रले पाएको पिढा,समाजमा दाइजो प्रतिको दृष्टिकोण,बिदेशीनु परेका पात्रहरुको पिडा र साथीभाइहरुको संगत छुटनुको दुःख आदीलाइ समेटिएको छ ।
रौतहटका परिचित साहित्यकार सञ्जय साहले संग्रह चौद्द भुवनको खुलेरै प्रशंसा गरेका छन।संग्रह चौद्द भुवनको कथाकार सपुत बहादुर कार्कीको २०४५ सालमा पहिलो पागल कथा संग्रह प्रकासित छ ।
नेपाल रेडक्रस सोसाईटीका केन्द्रीय सदस्य रहिसकेका कार्की बिभिन्न समाजिक संस्थामा आवद्ध छन । उनि नेपाली कांग्रेस बाट आवद्ध भएर राजनीति समेत गर्दै विभिन्न कार्यक्रमको माध्यमले मूलुकको ७४ जिल्ला तथा १२ वटा देशहरूमा भ्रमण गरिसकेको वताएका छन। उनको दर्जनौ लेख रचनाहरु राष्ट्रीय मिडियाहरुमा प्रकाशित भएको छ।
रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ चन्द्रनिगाहपुर निवासी कार्की भुइमान्छेका कथा टपक्क टिप्न सक्ने कथाकारको रुपमा परिचित छन ।
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कोशीप्रदेशस्थित रंगेली अस्पताललाई २ वटा पोस्ट अपरेशन मोनिटर र एउटा भ्याक्सिन स्टोरेजको लागि फ्रिज प्रदान गरेको छ । बैंकको विराटनगरस्थित प्रदेश कार्यालयमार्फत शाखा कार्यालय रंगेलीद्वारा रंगेली अस्पातलाई एक समारोहका बीच ती सामान हस्तान्तरण गरिएको हो । उक्तकार्यक्रममा रंगेलीनगरपालिका का नगर प्रमुखदिलीपकुमार अग्रवाल, उपप्रमुखभुमा पराजुली, रंगेली अस्पाताल विकास समिति का अअध्यक्षसाथै अन्य अस्पातल प्रशासनका कर्मचारी र बैंकका प्रतिनिधिको उपस्थिति रहेको थियो । साथै बैंकले डिल्लीबजार कन्याक्याम्पसलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रोजेक्टर हस्तान्तरण गरको छ । विद्यार्र्थीहरुलाई पठानपाठन मा सजिलो होसभन्ने मनासयले प्रोजेक्टर प्रदान गरेको हो ।
काठमाडौँ । नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन इकाइ समिति कलंकीको १२औ अधिवेशनले अच्युत प्रसाद भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष सोम बहादुर कुँवर, सचिव नारायण कट्टेल,सहसचिव श्रृष्टि घिमिरे कोषाध्यक्ष श्रीराम बलामी, सह कोषाध्यक्ष जीवन लुँइटेल निर्वाचित हुनुभएको छ । सदस्यमा अञ्जु आचार्य, सीता घिमिरे,अरण श्रेष्ठ, माधव कुमार नेपाल,रोमी विक्रम थापा, मुक्तेश्वर खनाल, ऋषिराम धमला चयन भएका छन् । एसोसिएसनका केन्द्रीय अध्यक्ष सीताराम दाहालको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले पेशागत हकहितका लागि विविध निर्णय गरेको एसोसिएसनका केन्द्रीय सदस्य बासुदेव मिश्रले जानकारी दिनुभयो । नवनिर्वाचित पदाधिकारीले सोमबार शपथ ग्रहण गर्ने कार्यक्रम रहेको समेत केन्द्रीय सदस्य मिश्रले बताउनुभयो ।
काठमाडौं ।नेपालको सार्वजनिक प्रशासनमा योग्यता,क्षमता,रचनात्मक क्रियाशीलताका आधारमा नभई राजनीतिक दलका नेताको स्वार्थपूर्तिमा सहयोग गर्ने सचिवलाई आकर्षक मन्त्रालयको जिम्मेवारी दिने परिपाटी नै बनेको छ । इमान्दारीपूर्वक काम गर्ने निष्ठावान् सचिवलाई भने खासै नेतृत्वदायी र उल्लेख्य भूमिका दिएको पाइँदैन । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय लगायत कार्यकारी भूमिका नहुने निकायमा असल सचिवलाई थन्क्याउने गरिएको छ ।
सरकारले सचिव सरुवामा वैज्ञानिक मापदण्ड र पारदर्शी आधार बनाउन नसक्दा वरिष्ठ, अनुभवी र काबिल मानिएकै सचिवहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा काम विहिन भएर बस्न बाध्य भएका छन् ।
यो प्रशासन क्षेत्रमा ठूलो विकृति हो जसले दीर्घकालीन समस्या पार्न सक्छ । सरकारले सचिवलगायतका अन्य कर्मचारी सरुवा गर्दा सुशासन ऐन २०६४ अनुसार स्वच्छता र पारदर्शीता अपनाउन सकेको छैन ।
विज्ञहरूले सरकारको सचिव, सहसचिव तथा आम कर्मचारी सरुवा गर्ने प्रवृत्ति र काम गर्ने शैलीले सुशासन ऐनले भनेबमोजिम पारदर्शीता, वस्तुनिष्ठता, जवाफदेहीता तथा इमान्दारीता कायम हुन सकेको छैन । जसका कारण सुशासन ऐनको धज्जी उडाइएको पाइएको छ ।
सरकार र राजनीतिक दलबाट प्रशासनमा निरन्तर हस्तक्षेप भएका कारण मुख्यसचिव श.करदास बैरागीले चाहेर पनि प्रभावकारी रुपमा सचिव परिचालन गर्न नसकेको अवस्था विद्यमान छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ ले मुख्य सचिवलाई सरकारको प्रमुख प्रशासकीय अधिकारीका रूपमा स्थापित गर्दै मुलुकमा सुशासन कायम गराउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने जिम्मेवारी दिएको छ ।
प्रशासनमा राजनीतिक हस्तक्षेप अस्वाभाविक रूपमा बढ्दा सिंगो प्रशासन संयन्त्रले सुशासन ऐनअनुसार काम गर्न सकेको छैन । मुख्य सचिवले प्रभावकारी भूमिका खेल्न सके सुशासन ऐन कार्यान्वयनमा आउने प्रशासनका विज्ञहरूको विश्लेषण छ ।
सचिवलगायतका कर्मचारी सरुवामा पहिलादेखि नै विभिन्न विकृति भए पनि हालको सरकारले यो विकृति बढाएको पाइएको छ । सचिव पद विशेषज्ञ पद भए पनि राजनीतिक नेतृत्वले त्यसलाई अवमूल्यन गर्दै ‘एसम्यान’को आधारमा सचिवहरू छनोट गर्ने गरेकाले समस्या थपिँदै गएको विज्ञहरूले बताएका छन् ।
विज्ञहरूका अनुसार मन्त्रालयको प्रकृतिअनुसारको विशेज्ञता हासिल गरेका र अनुभवी व्यक्तिलाई सचिव नबनाई प्रधानमन्त्री तथा मन्त्रिले भनसुन र आफूनिकटका आधारमा सचिवहरू छान्दा मन्त्रालयले राम्रो कार्यसम्पादन गर्न सकिरहेका छैनन् ।
निकै महत्वपूर्ण मानिएका अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, उद्योग वाणिज्य तथा आपूर्तिलगायतका मन्त्रालयमा त्यहाँ रहेर यस अघि लामो अनुभव गरेका र मन्त्रालयको कार्यप्रकृतिलाई राम्ररी बुझेका व्यक्तिलाई सचिव बनाउनुपर्नेमा त्यस्तो हुन सकेको छैन । त्यसविपरीत वर्तमान सरकारले हचुवाका आधारमा एसम्यान, कनिष्ठ र मन्त्रालयको कुनै अनुभव नै नभएका व्यक्तिलाई सचिवको जिम्मेवारी दिँदा ती मन्त्रालयले राम्ररी कार्यसम्पादन गर्न सकेका छैनन् । ती मन्त्रालयमा विज्ञता, दक्षता र अनुभवको आधारमा सचिवहरू पठाउनुपर्नेमा त्यस्तो हुन नसक्दा मन्त्रालयको कार्यसम्पादन कमजोर देखिएको छ । जसका कारण सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा समेत ठूलो आशंका देखिएको छ ।
सरकारले पछिल्ला दिनमा गरेको सचिव सरुवा हेर्दा एकपछि अर्को गल्ती गरिरहेको देखिएको छ । गल्ती सच्याउनुको साटो सरकारले प्रत्येकजसो सरुवामा गल्तीमाथि गल्ती दोहोर्याउँदै अघि बढेको प्रधानमन्त्री कार्यालयकै अधिकारीहरूको विश्लेषण छ । जसका कारण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आफैं वरिष्ठ, अनुभवी र काविल सचिवहरू डम्प गर्ने थलोको रूपमा देखिएको छ । अहिले त्यहाँ ८ जना सचिवहरूलाई थन्काइएको छ । थन्काइएका मध्ये अधिकांश सचिवहरू वरिष्ठ, अनुभवी र काविल सचिवको रूपमा रहेका छन् । शुक्रबार मात्रै सरकारले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नै थन्काउने गरी निर्णय गरेको छ । सचिव अर्याल जहाँ जहाँ बसे त्यहाँ सेवाग्राहीको मन जित्नेगरी काम गरे । सचिव बढुवासँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हाल्दा अर्यालले धेरै महत्वपूर्ण काम गर्नुभएको थियो । त्यहाँबाट उहँको सरुवा श्रम मन्त्रालयमा हुँदा तत्कालीन सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले छोरी अन्माएको जस्तो महसुस भएको बताउँदै यति राम्रो काम गर्ने सचिव भविष्यमा मन्त्रालयले नपाउने प्रतिक्रिया दिनुभएको थियो । श्रम मन्त्रालय गएसँगै मन्त्रालयको वेथिति रोक्दै वैदेशिक रोजगार तथा श्रम सम्बन्धी मामिलामा धेरै सुधारका काम गर्नुभएको थियो । उहाँको कामको मूल्यांकन गर्नुको सट्टा सरकारले उल्टै दण्डित गरेझैँ काम नै नहुने प्रधानमन्त्री कार्यालयमा लगेर थन्क्याएको छ । यसबाट काम गर्ने दृढ इच्छाशक्ति भएका सचिवको मनोबल खस्किएको छ ।
सूचना तथा सञ्चार मन्त्रालयका सचिव वैकुण्ठ अर्याल लगायतका काबिल सचिवलाई प्रधानमन्त्री कार्यालयमा थन्क्याएर कार्यालयलाई सचिव थनक्याउने गर्ने निकायका रुपमा परिणत गरिएको छ ।
यस अघि सरकारले दुई महिनाअघि मात्रै अर्का वरिष्ठ सचिव यादवप्रसाद कोइरालालाई राष्ट्रपति कार्यालयबाट प्रधानमन्त्री कार्यालयमा नै लगेको थियो । त्यस अघि अर्का वरिष्ठ सचिव वैकुण्ठ अर्याललाई पनि प्रधानमन्त्री कार्यालयमा नै डम्प गरिएको थियो । यसरी प्रधानमन्त्री कार्यालयमा डम्प गरिएका तीनै जना सचिवहरू अनुभवी र आफ्नो क्षेत्रमा कौशल हासिल गरेका सचिव हुन् । शुक्रबार मात्रै प्रधानमन्त्री कार्यालयमा ल्याइएका सचिव एकनारायण अर्याल गृह प्रशासनमा लामो अनुभव हासिल गरेका गृहका ‘क्याडर’ हुन् । अर्याल कलकत्तामा वाणिज्यदूत हुँदासमेत सफलतापूर्वक काम गरेका व्यक्ति हुन् ।
यसै गरी यसअघि राष्ट्रपति कार्यालयबाट प्रधानमन्त्री कार्यालयमा ल्याएर थन्काइएका कोइराला पनि गृहकै अनुभवी सचिव हुन् । इमान्दार मानिने सचिव कोइराला पछिल्लो समय पेलानमा पर्दै आइरहेका छन् । यस्तै, इमान्दार मानिने वरिष्ठ सचिव वैकुण्ठ अर्याल पनि पेलानमा पर्दै आइरहेका छन् ।
अर्याल र कोइराला दुवै जना गृहका राम्रा क्याडर भए पनि दुबै जनाले कहिल्यै पनि गृहसचिवको रूपमा काम गर्ने जिम्मेवारी पाउन सकेका छैनन् । कोइराला अबको एक सातापछि अवकाश हुने क्रममा छन् । अर्यालको सेवा अवधि केही वर्ष बाँकी रहेको छ । उता केही समयअघि मात्रै अर्थ मन्त्रालयबाट उपराष्ट्रपति कार्यालयमा थन्काइएका तोयम राया पनि वरिष्ठ र अनुभवी सचिव हुन् । उनी राम्रो निर्णयकर्ताका रूपमा रहेका र निर्भिक सचिवको रूपमा परिचित भए पनि उनलाई पनि कुनै मन्त्रालयको जिम्मेवारी दिइएको छैन् । यस्तै, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी पनि स्पष्ट र स्वाभिमानी सचिवको रूपमा रहेका छन् उनले पनि हालसम्म कुनै मन्त्रालयको जिम्मेवारी पाउन सकेका छैनन् ।
अनुभवी र वरिष्ठ सचिवहरूलाई विभिन्न महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी नदिएर प्रभावहीन भूमिकामा राखिँदा त्यसले सरकारको सिंगो कार्यसम्पादनमा नै ह्रास आइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक सहसचिवले बताए । ‘सचिव सरुवामा कुनै वैज्ञानिक मापदण्ड छैन, कसको रुचिमा को कहिले कहाँ पुग्छ भन्ने कुनै ग्यारेन्टी छैन, राजनीतिक नेतृत्वबाट प्रशासन पंगु हुने क्रम बढेको छ, जुन दुखद् हो’ –ती सहसचिवले भने । अझ गृह, अर्थ जस्ता मन्त्रालयमा गएका सचिवहरूकार्यक्षमता, विशेषज्ञता र नेतृत्व कौशलको आधारमा भन्दा पनि एक्कासी कुनै अदृश्य शक्तिको बलमा पुग्ने गरेको र त्यसले भविष्यमा गम्भीर संकट ल्याउन सक्ने दाबी ती सहसचिवको छ ।
तत्कालीन गृहमन्त्री बालकृष्ण खाँडले त्यति बेला गृहमा कहिल्यै नबसेको र गृहको कुनै अनुभव नै नभएका टेकनारायण पाण्डेलाई एक्कासि गृहसचिव बनाएर ल्याएका थिए । पाण्डे गृहसचिव हुँदा नै कतिपय सहकर्मी सचिवहरूले कुनै अनिष्ट हुन सक्ने अनुमान गरेका थिए । गृह मन्त्रालयमा लामो समयसम्म सहसचिवमा रहेर काम गरेका एक बहालवाला सचिवले पाण्डे गृहसचिव भएर गएकै समयमा आफूले गृह प्रशासनमा अनिष्ट हुन सक्ने शंका गरेको र अहिले आएर त्यो ठ्याक्कै मिलेको बताए । ‘पाण्डे गृहसचिव भएपछि उनले देखाएको चरित्र हेर्दा उनी हाम्रो पनि शंकाको घेरामा थिए ।
तत्कालीन गृहसचिव पाण्डेले नक्कली भुटानी शरणार्थी प्रकरणमा करोडौं रुपियाँ डिल गरेको आरोपमा प्रहरीद्वारा पक्राउ परी मुद्दा खेपिरहेका छन् ।
यसरी सम्बन्धित निकाय र मन्त्रालयमा कहिल्यै पनि नबसेको र अनुभव नै नभएको व्यक्तिलाई मन्त्रालयको जिम्मेवारी दिँदा त्यसले नकारात्मक परिणाम ल्याएको देखाएको छ । सरकारले यो विषयमा अहिले पनि ध्यान दिन नसकेको स्रोतको दाबी छ । यद्यपि, शुक्रबार गरिएको सरुवामा एक जना सचिवले भने न्याय पाएका छन् । सचिव भएको लामो समय समम पनि कहिल्यै पनि मन्त्रालयमा बस्न नपाएका राष्ट्रिय योजना आयोगका सचिव केवल भण्डारीलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाइएको छ । भण्डारी वरिष्ठ सचिव हुन् ।
विज्ञहरूका अनुसार अहिले पनि कतिपय मन्त्रालयमा राखिएका सचिवहरू योग्यता, दक्षता र विशेषज्ञताका आधारमा भन्दा पनि भनसुन, सोर्सफोर्स र निकटका आधारमा राखिएका छन् ।
प्रशासनका जानकारहरूका अनुसार प्रशासन संयन्त्र प्रधानमन्त्री र मन्त्रीको ‘एसम्यान’ निकाय जस्तै बनेको छ । राम्रो र मुलुकमा सुशासन कायम गर्ने तथा सेवा प्रवाह राम्रो बनाउने कार्यमा प्रशासन संयन्त्रलाई आवश्यक निर्देशन दिनुपर्नेमा त्यसो नगरिएको दाबी अधिकारीहरूको छ ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेता डा. बाबुराम भट्टराईलाई कारबाही गर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।
रिटमा दुबै नेतालाई युद्ध अपराधमा मुद्दा दर्ता गरी कारबाही अघि बढाउन माग गरिएको छ । यसक्रममा प्रचण्डको प्रधानमन्त्रीको पदीय हैसियत निलम्बनमा राख्नुपर्ने समेत उनको माग छ ।
सशस्त्र युद्धका बालसेना लेनिन विष्टले आफू जस्ता अबोध नाबालकलाई तत्कालीन माओवादीले बालसेनाको रुपमा प्रयोग गरी जबर्जस्ती अयोग्य लडाकू भनेर शिविरबाट निकालेर युद्ध अपराध गरेको भन्दै प्रचण्ड र भट्टराईलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दिएका हुन् ।
यसअघि विष्टको रिट सर्वोच्च प्रशासनले संक्रमणकालीन न्याय अनुरुप निरुपण हुने भन्दै रिट दरपीठ गरिदिएको थियो । दरपीठविरुद्ध विष्टले दिएको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले गत शुक्रबार रिट दर्ता गर्न आदेश दिएको छ ।
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पिछडिएका तथा आर्थिक रूपमा विपन्न घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गरेको छ । प्राधिकरणले मधेश प्रदेशमा पर्ने महोत्तरीको गौशाला र धनुषाको धनुषाधाम वितरण केन्द्रअन्तर्गतका क्षेत्रका बसोबास गर्ने विपन्न वर्गका घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गरेको हो । प्राधिकरणले मुलुकभर रहेका आफ्ना वितरण केन्द्रहरुमार्फत विपन्न वर्गलाई निः शुल्क मिटर उपलब्ध गराएर विद्युत जडान गरिदिँदै आएको छ । विपन्न वर्गले प्राधिकरणको मापदण्डअनुसारको ५–३० एम्पिएर क्षमताको बक्ससहितको सिंगल फेज इनर्जी मिटर, एमसीबी बक्स निःशुल्क पाउने छन् ।
प्राधिकरणले मिटर जडानका लागि सेवा शुल्क लिंदैन । मिटरको एक हजार ९ सय ३५ रुपैयाँ, एमसीबीको मूल्य, अधिकतम २ वटा पोल (करिब १ सय मिटर)सम्मको सर्भिस केबल, जडान गर्दा लाग्ने सेवा शुल्कसहित नयाँ मिटर जडान गर्दा प्रति घरपरिवार १२ हजार देखि १५ हजार रुपैयाँ खर्च हुन्छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले महोत्तरीको गौशाला र धनुषाको धनुषाधाम वितरण केन्द्र अन्तर्गतका पालिकाहरुमा बसोबास गर्ने विपन्न वर्गका घरपरिपारलाई निःशुल्क मिटर वितरण गर्नुभयो । गौशाला र धनुषाधाम वितरण केन्द्रअन्तर्गतका क्रमशः ६८ र १६२ विपन्न घरपरिवारलाई निःशुल्क मिटर वितरण गरिएको हो । कार्यकारी निर्देशक घिसिङले विद्युत् नै नपुगेका ठाउँहरुको खोजी गरी अहिले त्यस्ता ठाउँमा बसोबास गरिरहेका नागरिकहरुलाई विद्युत् पुर्याउन विद्युतीकरणको अन्तिम माइलको यात्रा चलिरहेको बताए ।
‘विद्युत् पुगेका ठाउँको लोडसेडिङ अन्त्यको चरणपार गरी अहिले २४ सै घण्टा लोडसेडिङ भएका ठाउँमा विद्युत् पुर्याउने चरणको अन्त्यतिर छौं, अहिले करिब ९६ प्रतिशत विद्युतीकरण भइसकेको छ, विद्युत् नै नपुगी सँधै लोडसेडिङमा रहेका घरमा विद्युत् पुर्याउने कार्यलाई प्राथमिकतामा राखेर बढीमा दुई वर्षभित्रमा विद्युतीकरण गर्ने गरी अन्तिम माइलको यात्रामा छौं, यो सँगै विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तीय बनाउन प्रसारण तथा वितरणतर्फका पूर्वाधार संरचना विस्तार र सुदृढीकरण गरिरहेका छौं,’ घिसिङले भने, ‘कोही नागरिक पनि विद्युत् उपभोगबाट बञ्चित हुनु नपरोस् भनेर विपन्न वर्गलाई निःशुल्क मिटर दिने व्यवस्था गरिएको हो, पैसा अभावमा मिटर राख्न नसकेपछि विपन्न वर्गले हुकिङ गरी विद्युत् प्रयोग गर्दै आएका थिए, निशुल्क मिटर वितरणपछि चोरी नियन्त्रण भई विद्युत् चुहावट घट्ने र अनाधिकृत प्रयोगमार्फत हुने विद्युतीय दुर्घटना कम हुनेछ ।’ मधेशलाई चाँडै पूर्ण विद्युतीकरण भएको प्रदेश घोषणा गर्न लागिएको उल्लेख गर्दै विद्युत् नपुगेको ठाउँ भएमा तत्काल खबर गर्न र चुहावट नियन्त्रणमा सहयोग गर्न आग्रह गरे । मधेश प्रदेशमा वैशाखसम्ममा वितरणतर्फको विद्युत् चुहावट १३.२७ प्रतिशत छ । उनले भने, ‘खेत खेतमा विद्युत् पुर्याएर सिंचाइमार्फत उब्जनी र उत्पादकत्व बढाउनु पर्छ,यसका लागि स्थानीय तहहरुसँगको सहकार्यमा सिंचाइको विद्युतीकरण अगाडि बढाएका छौं ।’ तराईरमधेश क्षेत्रमा सिंचाइको विद्युतीकरणका लागि धेरै माग आउने गरेको प्राधिकरणका मधेश प्रदेश प्रादेशिक कार्यालय, जनकपुरका प्रमुख मुनिन्द्र ठाकुरले बताए ।
एक सय केभिएसम्मका जुनसुकै ग्राहकका लागि र २ सय केभिएसम्म दुग्ध चिस्यान केन्द्र, शीत भण्डार, सामुदायिक खानेपानी, सामुदायिक सिंचाइलाई प्राधिकरणकै ट्रान्सफर्मरबाट विद्युत् आपूर्ति दिने व्यवस्था गरिएको छ ।
मधेश प्रदेशका ८ वटा जिल्लामा प्राधिकरणका १० लाख ४४ हजार ग्राहकमध्ये ग्राहस्थ ग्राहकको संख्या ९ लाख ३४ हजार छ । यसमध्ये घरमा पाँच एम्पियरको सिंगल फेज मिटर राखी मासिक रुपमा ३० रुपैयाँ तिर्ने र २० युनिट विद्युत् निःशुल्क पाउने ग्राहकको संख्या २ लाख रहेको छ ।
काठमाडौँ । निजी तथा आवासीय विद्यालय संगठन– काठमाडौँ (प्याब्सक)को आयोजनामा पूर्व प्राथमिक तथा प्राथमिक विद्यालयका इन्चार्ज एवं संयोजकका लागि एक कार्यशाला सम्पन्न भएको छ । सहभागीलाई पाठ्यक्रममा भएको पछिल्लो विकास, पाठ्यक्रममा नवप्रवर्तन, शिक्षण सिकाइ ,विद्यालय प्रशासन तथा नेतृत्व सम्बन्धी विविध विषयमा श्रोतव्यक्ति उत्तम दाहालले प्रशिक्षण दिनुभएको थियो । प्याब्सकका अध्यक्ष राजन श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव सुदीप काफ्लले गर्नुभएको थियो । कार्यक्रममा नेशनल प्याब्सन केन्द्रीय उपाध्यक्ष होम बहादुर अधिकारी (मनोज) तथा प्याब्सक प्रमुख सल्लाहकार एव्ं नेशनल प्याब्सन बाग्मती प्रदेश सचिव गेन्द्र लामाले मन्तव्य व्यक्त गर्नुभएको थियो । दीक्षालय नेपाल फाउन्डेसनसँगको सहकार्यमा आयोजित कार्यक्रममा काठमाडौँका विभिन्न संस्थागत विद्यालयका विद्यालयका ७० जनाको सहभागिता रहेको थियो ।
काठमाडौँ । काठमाडौंको सिनमांगलमा लागू औषध ओसारपरसार गर्ने विकास भगतमाथि प्रहरीले गोली प्रहार गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले ओसार पसारमा संलग्नको आशंकामा पक्राउ गर्ने क्रममा भगतमाथि गोली चलाएको हो ।
प्रहरीले गोली लागेर घाइते भएका उनलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज पठाइएको लागू औषध नियन्त्रण ब्यूरोका प्रमुख गोविन्द थपलियाले जानकारी दिए । भगतबाट प्रहरीले १०० ग्राम लागू औषध नियन्त्रणमा लिएको छ । ठूलो मात्रामा लागूऔषध ओसारपसार गरेको आशंकामा ब्यूरोबाट प्रहरी निरीक्षकको टोलीले भगतलाई पछ्याएको थियो ।
भगत एक घरभित्र प्रवेश गरेपछि प्रहरी पनि पुगेको थियो । ब्यूरोका प्रमुख थपलियाका अनुसार भगतले प्रहरी टोलीमाथि आक्रमण गरेपछि गोली चलाइएको हो ।संलग्न गिरोह पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ । लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले ओसार पसारमा संलग्नको आशंकामा पक्राउ गर्ने क्रममा विकास भगतमाथि गोली चलाएको हो ।
प्रहरीले गोली लागेर घाइते भएका उनलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज पठाइएको लागू औषध नियन्त्रण ब्यूरोका प्रमुख गोविन्द थपलियाले जानकारी दिए । भगतबाट प्रहरीले १०० ग्राम लागू औषध नियन्त्रणमा लिएको छ । ठूलो मात्रामा लागूऔषध ओसारपसार गरेको आशंकामा ब्यूरोबाट प्रहरी निरीक्षकको टोलीले भगतलाई पछ्याएको थियो ।
भगत एक घरभित्र प्रवेश गरेपछि प्रहरी पनि पुगेको थियो । ब्यूरोका प्रमुख थपलियाका अनुसार भगतले प्रहरी टोलीमाथि आक्रमण गरेपछि गोली चलाइएको हो ।
काठमाडौँ । सरकारले अनलाइनबाटै कम्पनी दर्ता र खारेजी गर्ने बजेट घोषणाको कार्यान्वयन अघि बढाएको छ । आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट घोषणामा गरिएको यस्तो कार्यको सहजीकरणको लागि प्रक्रिया थालिएको कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ ।
बजेटको घोषणाअनुसार अनलाइनबाटै कम्पनी दर्ता र खारेजीको कार्यान्वयनका लागि कम्पनीहरूको विवरण अद्यावधिक गर्न सूचना जारी गरिएको जनाइएको छ ।
कम्पनीहरूले आफ्नो विवरण पेस गरेपछि कम्पनी दर्ता, खारेजी, सेयर लागत लगायतका कम्पनी विवरणसँग आवश्यक कागजपत्र कम्पनीहरूको हुलाक ठेगानामै पठाइने र कम्पनी दर्ता तथा खारेजी प्रयोजनका लागि कार्यालयमा आइरहनु पर्ने बाध्यता हट्ने छ ।
कञ्चनपुर । भारत उत्तराखण्डको बनबासा–खटीमा सडकखण्ड अन्तर्गत चकरपुरमा शनिबार मध्याह्न कार र दुई स्कुटर ठोक्किँदा स्कुटरमा सवार चार जना नेपालीको मृत्यु भएको छ ।
भीमदत्त नगरपालिका–२ उल्टाखाम र भारत उत्तराखण्डको उद्यमसिंहनगर जिल्ला अन्तर्गत खटीमा नजिकै मुडेलीमा गरी दोहोरो बसोबास भएका ६० वर्षीय नेमबहादुर चन्द, उनकी श्रीमती ५६ वर्षीया सरस्वती, बुहारी २७ वर्षीया नर्मदा र ४२ वर्षीया भाइ–बुहारी कल्पना चन्दको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
उनीहरु सबै कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखाममा पूजापाठ सकेर मुडेलीतर्फ फर्किरहेका थिए । २ वटा स्कुटरमा गइरहेका उनीहरु चकरपुरमा कारसँग ठोक्किएका हुन् । दुर्घटनामा परेर घाइते भएका उनीहरुलाई अस्पताल पुर्याउने बित्तिक्कै मृत घोषणा गरिएको थियो ।
रौतहट २८ जेठ। आँप लाई फलको राजा भनिन्छ, किनकी आँपको स्वाद, यसमा प्रचुर मात्रामा पौष्टिक तत्त्व पाउनुका साथै आँप जतिबेला पनि खान सकिन्छ। त्यतिमात्र नभई पारापुर्वकाल देखि प्राकृतिक रूपमा पाकेको आँप चिउरा, रोटी, भात संग आआफ्नो ईच्छा अनुसार खान मिल्ने भएकालेनै यसलाई फलको राजा भन्ने गरेको जानकारहरू बताउँछन्। तर पछिल्लो समय यहि फलको राजा आँप मन्द विशकोरुपा हाम्रो माझ पस्कँदै आएको छ। जेठ महिनाको मध्यदेखि आँप पाक्न सुरु हुन्छ। तर, ती आँप बजारमा नपुग्दै भारतीय आँपले नेपाली बजार ढाकिसकेका छन् । वैशाख महिनाको मध्यदेखिनै रौतहट, बारा,पर्सासहित तराईका बजारमा पाकेका आँप धमाधाम बिक्री भइरहेका छन् । हेर्दा आकर्षक देखिए पनि भारतबाट आएका सबै आँप विषादी हालेर पकाइएका छन्। विषादी प्रयोग गरेको भेटिएपछि उपभोक्ता सचेत हुनुपर्ने जरुरी रहेको छ। ‘क्याल्सियम कार्बाइड’ भन्ने अखाद्य रासायनिक पदार्थ प्रयोग गरी पकाइएको छ। जून मानव स्वास्थ्यमा गम्भीर असर पर्ने हुन्छ। भारतिय आँप बारे जानकारी हुँदा पनि नियमनकारी कुनै निकायले विषादीयुक्त आँप रोक्न कुनै पहल गरेको छैन। स्थानीय प्रशासन, स्थानिय सरकार तथा भन्सारले रोक नलगाउँदा आम नागरिक विषादीयुक्त भारतीय आँप खान बाध्य भएको रौतहटबासि बताउछन्। अती प्रज्वनशील पदार्थ कार्बोहाइडमा पाइने क्याल्सिनोजेन भन्ने तत्वले क्यान्सर गराउन सक्ने चिकित्सकको भनाइ छ । डाक्टरका अनुसार विषादी हालेर पकाइएका आँपले क्यान्सर रोग निम्त्याउन सक्छ। अत्यधिक विषादी प्रयोग गरिएका आँपका लागि नेपालले भने सामान्य क्वारेन्टाइन चेकजाँच समेत गरेको देखिएन। नेपाल सरकारले क्याल्सियम कार्बोहाइड प्रयोग गरी फलफूल पकाउन प्रतिबन्ध लगाएको छ। नर्भिक अस्पताल काठमाडौंको वरिष्ट डाक्टर शैलेन्द्र कुशवाहा ले कार्बोहाइडमा धातुजन्य आर्सेनिक, फस्फोरसको मात्रा अत्यधिक हुने र त्यसले पानी संँग प्रतिक्रिया गरी एसिटिलिन ग्यास उत्पादन गरी मानिसको स्नायु प्रणालीको तन्तु प्रभावित बनाउने भएकाले यसको प्रयोग मानव स्वास्थको लागी निकै घातक रहेको बताएका छन। आहिले रौतहटको सदरमुकाम गौर, बिरगंज कलैया, लगायत प्रायः सबै सहर बजारमा निर्वाधरुपमा विषादीयूक्त आँप बिना रोकटोक बिक्री बितरण भइरहेको छ। कुनै कुनै बजारमा भारत बाट सानो गाडीमा ल्याएको आँप माईकिङ गरेर बेचिरहेको पाइएकाले नागरिक को स्वास्थ लाई ख्याल गरी स्थानिय प्रशासन तथा जनप्रतिनिधीले नियन्त्रणको पहल गर्नुपर्ने देखिन्छ।
काठमाडौँ । नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय संघ (निस्टा)ले शिक्षण पेशाप्रति आकर्षण घट्दै गएकोमा चिन्ता व्यक्त गरेको छ । निस्टा केन्द्रीय अध्यक्ष भोला चालिसेको प्रमुख आतिथ्यमा निस्टा, कोशी प्रदेश समितिको शनिबार सम्पन्न प्रथम बैठकले निजी विद्यालयमा कार्यरत शिक्षकको आत्मबल र सम्मान उच्च राख्न जिल्ला र स्थानीय तहमा पेशाकर्मी सबलीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । मापदण्ड अनुसार विद्यालय सञ्चालन गर्न,गराउन र शिक्षकको पेशागत कर्तव्य र अधिकारको सुनिश्चितताका लागि स्थानीय तहसँग माग गर्ने निर्णय बैठकमा गरिएको छ ।बैठकमा निस्टाका जिल्ला अध्यक्ष भाष्कर निरौला– झापा, सुशील खतिवडा–मोरङ , लेखराज ढकाल–सुनसरी, सुमना तिम्सिना–धनकुटाको समेत सहभागिता रहेको थियो । स्थापनाको ६ महिनामै ७ प्रदेशका ६० जिल्लामा निस्टाको संगठन विस्तार भएको केन्द्रीय अध्यक्ष चालिसेले जानकारी दिनुभयो ।निस्टाले सांगठनिक तथा रचनात्मक कामहरूलाई अघि बढाउँदै शिक्षा प्रणाली सुधारका काममा अग्रसर भई भूमिका निर्वाह गर्ने जनाएको छ।साथै संघले निजी शिक्षण संस्थालाई श्रममैत्री र बालबालिकामैत्री बनाउन पहल समेत गरिरहेको अध्यक्ष चालिसेले बताउनुभयो ।अध्यक्ष चालिसे सहित निस्टाको टोली संगठन विस्तारका लागि कोशी र मधेश प्रदेश भ्रमणमा रहेको छ ।