पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग खुल्यो

निरन्तर वर्षाका कारण सडक माथिबाट खसेको पहिरोले अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग खुलेको छ। उक्त राजमार्गअन्तर्गत बैतडीको श्रीभावरमा गएराति पहिरो खस्दा यातायात सेवा पूर्णरुपमा बन्द भएको थियो।  

सडकमा खसेको पहिरो स्काभेटरले पन्छाएपछि राजमार्ग सञ्चालन भएको बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। पहिरो पन्छ्याइएपछि राजमार्ग सञ्चालनमा आएको र घन्टौँदेखि रोकिएका सवारीसाधन तथा अलपत्र रहेका यात्रु आआफ्नो गन्तव्यतर्फ लागेका छन्।

धुलो रहित काठमाडौं’ बनाउन सय करोड बजेट

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष पनि धुलोरहित काठमाडौं कार्यक्रम निरन्तरता दिएको छ। महानगरले आइतबार ल्याएको आगामी आर्थिक वर्षको बजेटमा यस्तो व्यवस्था गरिएको हो ।

उपप्रमुख सुनिता डङ्गोलका अनुसार काठमाडौंलाई धुलोरहित बनाउन हालसम्म विस्तृत अध्ययन परियोजना (डिपिआर) भएका सबै सडक र पेटी निर्माणको काम विनियोजित एक अर्ब रुपैयाँबाटै अगाडी बढाइने छ । धुलोरहित काठमाडौं बनाउने कार्य योजना सँगसँगै काठमाडौं महानगरपालिकाले महानगर सुन्दर बनाउने थप २५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।  

उक्त रकमबाट काठमाडौं महानगर भित्रका पार्क तथा अन्य क्षेत्रहरूमा हरियाली बढाउने महानगरको योजना रहेको छ । आफ्नो नीति तथा कार्यक्रममा महानगरले काठमाडौंको पर्यावरणीय सुधार र सुन्दरतालाई प्राथमिकताका साथ राखेको छ ।

शेयर बजारमा हरियाली, नेप्से उच्च अङ्कले वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आइतबार ६२.२१ अंकले बढेर दुई हजार एक सय १७ दशमलब ७३ विन्दुमा बन्द भएको छ ।  

लामो समयपछि कारोबार रकममा पनि उछाल आएको छ । आज ६ अर्ब ४९ करोड ४ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका १८९ कम्पनीको शेयरमूल्य बढेको छ भने ३२ कम्पनीकोे शेयरमूल्य घटेको छ । चार वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।   

आज १२ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । चार कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने ८ वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । 

आज सबैभन्दा बढी शुभम् पावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ६ प्रतिशत भन्दा बढीले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज ४९ करोड ९० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । त्यस्तै, यस दिन सोल्टी होटलको ३८ करोड ९० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ७.७९ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक ६ प्रतिशतभन्दा बढी बढेको छ भने वित्त, अन्य र व्यापार उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको हो।

कटहरियाको नगरसभामा स्थगीत गर्न माग

रौतहट १० असार। रौतहटको कटहरिया नगरपालिकाकाे नगरसभामा स्थगीत गर्न माग गरिएको छ।
उपमेयर रीता देवी यादवको नेतृत्वमा वडा अध्यक्ष, सदस्य, कार्यपालिका सदस्य सहित ३३ जना जनप्रतिनिधिले नगरसभा स्थगीत गर्न लिखीतरूपामा माग गरेका छन।

मेयर अजयप्रकाश जैसवालले उपमेयर,७ जना वडा अध्यक्ष लाई पाखा लगाउँदै बलपूर्वक गर्नलागेको नगरसभा स्थगित गर्न प्रमुख प्रशासकिय अधिकृत रामप्रकाश साह लाई संयुक्त निवेदन दिएर माग गरेका हुन। यस बारे विस्त्रीत आउन बाँकी रहेको छ।
सञ्जय मिश्रा

दबाब र प्रलोभनमा धर्म परिवर्तन गर्न दिँदैनौँ : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले धर्म प्रचार अभियानलाई निर्बाध नछोडिने बताएका छन्।

गृह मन्त्रालयको बजेटमाथिको छलफलमा सांसदहरुले दबाब र प्रलोभनमा धर्म परिवर्तन गराउने कार्य भइरहेको भनी सरकारको ध्यानाकर्षण गराएका थिए। उक्त प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री श्रेष्ठले दबाब र प्रलोभनमा धर्म परिवर्तन गर्न नदिने बताएका हुन्।

नेपालमा इसाई धर्मावलम्बीहरूको तीव्र गतिमा बढिरहेको सङ्ख्यामा मुख्यतः परम्परागत हिन्दू वर्णाश्रम जात व्यवस्थामा पुछारमा पारिएका दलित भनिने समुदायका मानिसहरू वा आदिवासी जनजाति समुदायका मानिसहरू छन्। पाङ्गले भने जस्तै उनीहरूले चमत्कारमा विश्वास गरेका पनि हुन सक्छन्, तर धर्म परिवर्तन गरेपछि त्यसले उनीहरूलाई चरम गरिबी र भेदभावको अवस्थाबाट छुटकारा पाउने मौका पनि प्रदान गर्दछ।

दबाब वा प्रलोभनमा कुनै पनि मिसनमा आधारित भएर कुनै पनि प्रकारको धर्म प्रचारको अभियानलाई भने निर्बाध छोड्न सकिँदैन। यो कुरामा पनि सरकार गम्भीर छ र रहनेछ’ गृहमन्त्री श्रेष्ठले भने।

धर्म व्यक्तिको आस्थाको विषय भएकाले कसैलाई कुनै धर्म मान्न र नमान्न वा आफ्नो धर्म वा आस्था स्वेच्छिक रूपले परिवर्तन गर्न छुट रहने उनले बताए।

‘तर, व्यक्तिको आस्था रहेको धर्म जस्तो संवेदशनशील विषयमा प्रचारात्मक अभियान चलाएर बस्तीका बस्ती नै धार्मिक रूपान्तरणको प्रक्रियामा जाने स्थितिको भने राज्य र हामी सबै गम्भीर र संवेदनशील हुनुपर्ने अवस्था छ भन्ने माननीयहरूको ध्यानाकर्षण प्रति सरकार गम्भीर रहनेछ’ उनले भने ।

नेपाल धर्मनिरपेक्ष राज्य रहेको र धर्म निरपेक्ष राज्यले राज्यलाई धर्मबाट अलग राख्ने उल्लेख गर्दै उनले भने, ‘‘धार्मिक स्वतन्त्रता पनि हाम्रो संविधानले, हाम्रो प्रणालीले ग्यारेन्टी गरेको छ। धार्मिक स्वतन्त्रतालाई हामी सम्मान गर्छौँ। त्यसलाई सुनिश्चित गर्छौँ। त्यसमा कुनै पनि प्रकारको दबाब करकापबाट मुक्त रही आफ्नो धार्मिक आस्था र धार्मिक विश्वास अनुसार आफ्नो जीवन मूल्य जीवन आचरण अगाडि बढाउने वातावरण सरकारले सुनिश्चित गर्नेछ ।

स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु

काठमाडौँ | काठमाडौंमा स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु भएको छ। शनिबार दिउँसो कागेश्वरी मनोहरा नगरपालिका-७ स्थित शुभ श्री वेक्वेट ब्लु हेमनको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु भएको हो। 

सोही नगरपालिका-६ मुलपानी बस्ने १९ वर्षीय प्रभाश अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ। पौडी खेल्ने क्रममा डुबेर अचेत फेला परेका उनलाई पेप्सीकोलास्थित मदरल्याण्ड अस्पताल हुँदै सिभिल हस्पिटल बानेश्वरमा लगिएको थियो। त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो। 

साथै पौडी खेल्ने क्रममा अर्का एक जना युवक पनि डुबेका थिए। १९ वर्षीय सुरेन्द्र दाहालको अहिले केएमसी अस्पतालमा उपचार भइरहेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

मेयर शाह विरुद्ध उजुरी अदालतको अवहेलना गरेकोमा कारवाही हुनुपर्छ

काठमाडौँ | काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह विरुद्ध उजुरी सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ ।

मेयर शाहले अदालतको अवहेलना गरेको भनी सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । अधिवक्ता वर्षाकुमारी झाले मेयर शाह विरुद्ध अदालतको अवहेलनामा कारवाही हुनुपर्छ भनी निवेदन पेश गरेकी हुन् ।

उनले पेश गरेको निवेदन न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा पेशी तोकिएको छ । इजलासले आवश्यक ठानेर निवेदन अघि बढाएमा मात्रै त्यसले मुद्दाको रुप लिनेछ ।

केही दिनअघि मेयर शाहले भारतीय चलचित्रलाई नेपाली हलमा चलाउने नदिने भन्ने आफ्नो निर्णय विरुद्ध अन्तरिम आदेश दिएको उच्च अदालतको आलोचना गरेका थिए । उनले उक्त आदेशको आफूले पालना नगर्ने भन्दै अदालत नै भारतबाट प्रभावित भएको आरोप लगाएका थिए ।

काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ५४ करोडको बजेट (पूर्णपाठ)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख रुपैयाँको बजेट ल्याएको छ ।

आइतबार नगरसभामा बजेट प्रस्तुत गर्दै उपमेयर सुनिता डङ्गोलले प्रस्तुत नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सो बजेट विनियोजन गरेको बताएकी छन् ।

उनका अनुसार राजस्व बाँडफाँटबाट २ अर्ब १६ करोड र सामाजिक सुरक्षा र जग्गा एकीकरणबाट २ अर्ब हुनेछ। 

यस्तै, १० वटा महानगर गौरवको योजनाका लागि ३ अर्ब ८० करोड विनियोजन गरिएको छ।

त्यस्तै, २५ वटा महानगर स्वर्णिम योजनाका लागि २ अर्ब विनियोजन गरिएको छ।

महानगरले आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा धेरै बजेट शिक्षा क्षेत्रमा छुट्याएको छ। शिक्षाका लागि महानगरले ७ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको छ।

२०७९/८० मा २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट विनियोजन भएको थियो। 

संघ र प्रदेशमा पूर्ण बहुमत ल्याउने भट्टराईको उदघोष 

लालबन्दी १० असार। नेकपा एमालेका केन्द्रिय सचिव तथा मधेश प्रदेश ईन्चार्ज योगेशकुमार भट्टराईले आगामी निर्वाचनमा संघीय सांसद २० सीट र प्रदेश तर्फ ५० सीट जित्ने दाबी गरेका छन्। २०८४ सालमा हुने निर्वाचनमा मधेश प्रदेशमा एमालेले एकल बहुमतको सरकार बनाउने दावी समेत गरेका छन्।

सर्लाहीको लालबन्दीमा शनिबार नेकपा एमाले मधेश प्रदेशस्तरीय प्रचार भेलालाई सम्बोधन गर्दै भट्टराईले मिसन २०८४ मा एमालेको ध्यान रहेको भन्दै प्रतिनिधिसभामा १५० सिट हासिल गर्ने दाबी गरेका थिए।

पूर्ण बहुमतको सरकार बनाएर  अहिलेको प्रचण्ड नेतृत्वको जस्तो टाइमपास सरकार बनाएर मुलुकको अर्थतन्त्र, वैदेशिक सम्बन्ध धरासायी बनाउने कार्यलाई बन्द गर्ने जिकिर ईन्चार्ज भट्टराई ले जिकीर गरेका थिए। अहिलो संसदमा कमजोर पार्टीको नेतृत्वमा बनेको सरकारले मुलुकलाई सहि दिशा नदिने उनले प्रस्ट पारेका थिए।

 यसअघि एमालेलाई मधेश प्रदेशबाट लखेट्न अनेक प्रयास भएको भएपनि मधेशका नेता कार्यकताहरु एकजुट भएका कारण विपक्षीका प्रयास तथा सबै जालझेल  असफल भएको संघीय सांसद समेत रहेका भट्टर्राईले बताएका थिए।

 केहि समय अघि मधेश कै नाममा मुलुक बिभाजन गर्न खोजेको र अन्तराष्ट्रिय शक्तिले पनि साथ दिइसकेको अवस्थामा एमालेले दृढ भएर प्रतिकार गरेको उनले धारणा राखेका थिए।

कार्यक्रममा एमाले पोलिट ब्युरो,पुरुषो्तम पौडेल, पोलिट ब्यूरो सदस्य सुमन प्याकुरेल, राम औतार यादव , पार्टीे रौतहट अध्यक्ष सच्चिदानन्द साह, जिल्ला प्रचार विभाग प्रमुख रुपेश पटेल, लगायत सबै जिल्लका पार्टीे अध्यक्ष, प्रदेश अध्यक्ष प्रेस चौतारीको केन्द्रीय अध्यक्ष गणेश बस्नेत, पूर्व अध्यक्ष गगन विष्ट, प्रेस चौतारीको केन्द्रीय सदस्य सञ्जय मिश्रा, रमेश तिमलसिना, मधेश ईन्चार्ज कमल उपाध्याय, अध्यक्ष फनी महत, उपाध्यक्ष अनिल तिवारी,नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य केसी लामिछने, पर्सा अध्यक्ष अनुप तिवारी, प्रदेश प्रचार विभाग प्रमुख महेश दाश, चौतारीका रौतहट अध्यक्ष उतम उपाध्याय , बाराका दिवाकर भण्डारी, पर्साका श्याम बन्जारा लगायतको सहभागिता रहेको थियो।

सञ्जय मिश्रा 

बागमती नदीको बाढीमा फांसेका ५ जनाको उद्वार

रौतहट । रौतहट स्थित बागमती नदीको बाढीमा फसेका ५ जनालाई संयुक्त सुरक्षा टोलिले सकुशल उद्दार गरेको छ।वागमती नदीमा एक्कासी  बाढी आएपछि पारी गोठाला गएका ४ जना महिला सहित पाँच जनाको सुरक्षाटोलिले सुरक्षित सकुशल उद्धार गरेको हो।

जिल्लाको पूर्विभेग राजदेवी नगरपालिका  ३ चन्डिहा गाउँबाट शुक्रवार साँझ भैंसी चराउन बागमती नदीको वगरमा गएका ५ जना गोठालो एक्कासी नदीमा बाढी आएपछि उनीहरू वगरमा फसेको थिए। घटना बारे प्रहरीलाई राति १० बजे खबर आउनासाथ तत्कालै प्रहरीको उद्धार टोलीले ३ जनालाई राति १२ बजे २ जनालाई आज विहान उद्धार गरिएको  रौतहट प्रहरी प्रमूख एसपी वीरबहादुर बुढामगरले बताएका छन।

संयुक्त टोलिले राजदेवी ३ घर भएकी ५० बर्षिय रामपति देवी, ३० बर्षिया ललिता देवी र सर्लाही बलरा जमुनियाका ६० बर्षिय किसन सहनीलाई रातिनै उद्वार गरेको थियो। 

भैंसी सहित रहेका  राजदेवी ३ का ६० बर्षिय विलास साह र ४० बर्षिय करणशिला साहलाई चौपाया सहित आज उद्धार गरीएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। उद्वार टोलीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको समेत सहभागीता रहेको थियो।

पोखरामा गरिएको नेपाल चीन फ्रेन्डशिप ड्रागन बोट रेस फेस्टिबल कार्यक्रम

पोखरा । पोखरामा सम्पन्न भएको नेपाल–चीन फ्रन्डसीप ड्रागन वोट महोत्सव (फेस्टिभल) २०२३ को समापन कार्यक्रममा बोल्दै राज्यमन्त्री  सिर्पालीले सिचुवान एयरलायन्सको एयरबस ए—३१९ विमानले असार ६ गते चीनको छेन्दु—तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गरेपछि अब संसारको जुनसुकै विदेशी वायुसेवाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान भर्न सक्ने सन्देश गएको बताएकी हुन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अब ठूला हवाईजहाज अवतरण गर्न कुनै समस्या नरहेको पुष्टि भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली  ठकुरीले बताएकी छन् ।

चिनियाँ दुतावासको अग्रसरतामा चीनबाट पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज आउनुले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको संचालनमा ठूलो र महत्वपूर्ण कामको शुरुवात भएको भन्दै राज्यमन्त्री  सिर्पालीले भनिन्,‘केही समय पहिला मात्र निर्माण सम्पन्न भएका नेपालको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको संचालनको निरन्तरता हाम्रा लागि अत्यन्तै महत्वपूर्ण विषय बनिरहेको बेलामा नेपाल चीन फ्रेन्डशिप ड्रागन बोट रेस फेस्टिबल कार्यक्रम मार्फत चीनबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विमानको सिधा अवतरण हुनु हाम्रा लागि अन्यन्तै खुशीको विषय बनेको छ र यसले पोखराको बृहत पर्यटनको अपार सम्भावनाको ढोकालाई समेत खोलिदिएको छ ।’

यो कार्यक्रमको आयोजनाका लागि चीनबाट पोखरा अन्तराष्ट्रिय विमान स्थलमा असार ६ गते चीनबाट भिन्दै विमान अवतरण गरेको थियो । सनिवार भएको समापन कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री सिर्पाली, नेपालका लागि चीनका राजदुत चेन सोंग सहित १५० भन्दा बडि चीनीयाँ प्रतिष्प्रधि खेलाडी र अन्य कुटनितिज्ञहरुको समेत उपस्थिती रहेको थियो । यस प्रकारको कार्यक्रमले नेपाल चीन विचको मैत्री सम्बन्धमा थप विस्तार, सांस्कृतिक सम्बन्धको आदान प्रदान, एक अर्काको संस्कार र संस्कृति बुझन मदद मिलेको बताईएको छ ।

आज सम्पन्न २०० मिटर र ५०० मिटर को नेपाल–चीन फ्रन्डसीप ड्रागन वोट महोत्सव (फेस्टिभल) २०२३ सेमिफाइनल र फाइनल खेलमा चीनको सिचुवान टिमले प्रथम स्थान प्राप्त गरेको छ । नेपालको नारा टिमले दोस्रो स्थान प्राप्त गरेको छ । चीनले  ५ लाख  ५० हजार पुरस्कार जितेकाे छ ।  दाेस्राे भएकाे नेपालले ३ लाख  ५० हजार पुरस्कार पाएकाे छ ।

अप्पर स्याङ्गे हाईड्रोपावरको आईपीओ निष्काशन तथा बिक्री खुला

अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडले आज (असार १० गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको शेयर बाँडफाँट गरेपश्चात अब सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी २२ करोड रुपैयाँको २९.५५ प्रतिशतले हुन आउने ६ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिुसेयर १०० रुपैयाँ अंकित मूल्यका ६ लाख ५० हजार कित्ता साधारण सेयरको १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री खुला गरेको थियो।

यसैरगी, ५ प्रतिशत सामूहिक लगानी कोषलाई र २ प्रतिशत कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको ५ लाख ३९ हजार ५०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो। यस आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा असार १३ गते हुनेछ भने ढिलोमा असार २४ गते कम्पनीले जानकारी दिएको छ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

बागलुङमा चट्याङ लागेर २ जनाको मृत्यु, एक घाइते

 बागलुङ । बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका-५ पाखापानीका चित्रबहादुर विकको घरमा शनिबार राति ९ बजे चट्याङ पर्दा उनको छ वर्षीय दिनेश विक र नौ वर्षीया छोरी सुनिता विकको मृत्यु भएको हो ।

चट्याङ लागेर चित्रबहादुरकी श्रीमती यमकुमारी विक घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।

चट्याङले घर नजिकै बाँधेको एक भैँसीसमेत मरेको छ । घाइते यमकुमारीलाई उद्धार गरी अस्पताल पठाइएको उनले बताए ।

नेपाल ल क्याम्पसद्वारा छात्रवृत्तिका लागि दरखास्त आह्वान (सुचनासहित)

काठमाडौँ । नेपाल ल क्याम्पसले छात्रवृत्तिका लागि दरखास्त आह्वान गरेको छ । क्याम्पसले आफ्नो स्थापना दिवसको अवसरमा यस क्याम्पसमा सञ्चालित विभिन्न शैक्षिक कार्यक्रमहरूमा अध्ययनरत विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्न लागेको हो ।

नारायणप्रसाद देवकोटा छात्रवृत्ति–२०५५, शान्ता थपलिया पारिवारिक कानुन पुरस्कार–२०६१, डा. शकुन्तला उप्रेती छात्रवृत्ति–२०६७, विजयालक्ष्मी छात्रवृत्ति–२०७४ र मकसुदन चौधरी मेमोरियल पुरस्कार २०७५ समेतका छात्रवृत्ति तथा पुरस्कारका लागि योग्यता पुगेका विद्यार्थीले दरखास्त दिन सक्ने क्याम्पसले जनाएको छ । छात्रवृत्तिका लागि असार १४ गतेसम्म दरखास्त दिन सकिनेछ ।

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान १० बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ । दोस्रो अधिवेशनको ३४औँ बैठक बस्न लागेको हो । आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ ।

विनियोजन विधेयक, २०८० अन्तर्गत मन्त्रालयका विभिन्न शीर्षकहरूमाथिको छलफलका क्रममा उठाइएका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची छ ।