जेठी श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्दा बेहुला पक्राउ

झापा। जेठी श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्न खोज्ने एक जनालाई प्रहरीले आज झापाको गौरादहबाट नियन्त्रणमा लिएको छ । यसरी पक्राउ पर्नेमा सुनसरी, इटहरी–१९ का साजन चौधरी रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

गौरादह–२ झापाकी एक युवतीसँग विवाह गरी अन्माउने बेलामा प्रहरी पुगेको थियो । जेठी श्रीमतीको उजुरीका आधारमा चौधरीलाई विवाहमण्डपबाट नै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बेहुला पक्राउ परेपछि भने जन्तीको बिचल्ली भएको थियो ।

पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले बताए ।

रासयानिक मलको अभाव हुँदैनः प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धान रोप्ने बेलामा रासयानिक मलको अभाव गत वर्षजस्तो नहुने दाबी गरेका छन्। प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले सो दाबी गरेका हुन्।

सुरुमा मलका लागि १५ अर्ब विनियोजन भएपनि थप २३ अर्बको स्रोत सुनिश्चित गरि आपूर्ति व्यवस्थालाई सुदृण गरिएको प्रधानमन्त्रीको भनाई छ।

उनले सरकार किसानलाई मल उपलब्ध गराउन जिम्मेवार रहेको बताए। उनले भने, ‘गत साउन महिनादेखि हालसम्म ३ लाख ५१ हजार मेट्रिक ट्रन मल आयात भएको छ। त्यो मध्ये ७१ हजार मेट्रिक ट्रन मौजात छ। ४५ हजार मेट्रिक ट्रन भारतबाट यो महिनामा आउने व्यवस्था गरिएको छ।’

कृषिको उत्पादन र उत्पादकत्व मौसमी प्रणालीमा आधारित रहेको आएको छ। रासायनिक मल अभाव हुन नदिन नेपालमै रासायनिक मल उत्पादन गर्नका लागि गम्भीर ढङ्गले अध्ययन भइरहेको म अवगत गराउन चाहामन्छु,’ उनले भने।

भरतपुरमा अतिक्रमित संरचना हटाइयो

चितवन । भरतपुर महानगरपालिका–१० हाकिमचोकमा रहेका अवैध संरचना हटाइएको छ । महानगरपालिकाले पटक–पटक सडक क्षेत्राधिकारभित्र पर्ने अवैध संरचना हटाउन अनुरोध गर्दा पनि अटेर गरेपछि आज डोजर लगाएर अवैध संरचना हटाइएको हो ।

भरतपुर–१० का वडाअध्यक्ष परमेश्वर खनालका अनुसार नहर मिचेर बनाइएका संरचना र सडक क्षेत्राधिकार मिचेर बनाइएका १२ भौतिक संरचना हटाइएको हो । महानगरले सडक सञ्जाल विस्तार र सार्वजनिक जग्गा संरक्षणका क्रममा ती संरचना हटाएको हो ।

विसं २०५२ देखि निर्माण भएका संरचना हटाइएको हो । सडकबाट १५ मिटर क्षेत्रमा रहेका संरचना हटाइएको छ । यसअघि महानगरले नारायणी नदी किनारमा बनेका संरचना, चितवन माविको जग्गामा बनेका संरचनासमेत हटाएको थियो । आफ्नो क्षेत्रभित्रका सरकारी जग्गा संरक्षण गर्न अतिक्रमण हटाउन महानगरले तदारुक

नागरिक उड्डयन प्राधिकरण बिरुद्ध उच्च अदालतमा रिट दायर

काठमाडौँ। नागरिक उड्डयन प्राधिकरण बिरुद्ध काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले रिट दायर गरेका छन् । काठमाडौं महानगरपालिकाले त्रिभुवन विमानस्थल क्षेत्रको तार काट्दा नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेपछि शाहले बुधबार उच्च अदालत पाटनमा रिट दायर गरेका हुन् ।

तार काटेको विषयमा प्राधिकरणले मेयर शाहलाई स्पष्टीकरण सोध्न नमिल्ने भन्दै उनले रिट हालेका हुन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले असार १ गते मेयर शाहलाई स्पष्टीकरण सोधेको थियो।

 प्रलोभन दिएर हिन्दुलाई ईशाई बनाउने गीरोह सक्रिय

रौतहट, ८ असार । बिभिन्न प्रलोभन देखाएर हिन्दू धर्ममा मानिसलाई ईशाई धर्म अपनाउन लगाउने गिरोह रौतहटमा सक्रिय भएकाे छ।

आर्थीक बिपन्न गरिव, असहाय, अशिक्षित परिवार खास गरेर महिलालाई आर्थिक प्रलोभनमा पारेर धर्म परिवर्तन गराउने गिरोह रौतहटमा सक्रिय भएकाे छ।

जिल्लाका विभिन्न स्थानिय तहमा पछिल्लो समयमा आर्थिक प्रलोभन देखाउदै हिन्दु धर्मबाट क्रिश्चियन बनाउने घृणित खेलहरु भईरहेको प्रत्यक्षदर्शीले बताएका छन्।

अन्य धर्मका मानिस लाई वास्ता नगरी मात्र हिन्दुहरुलाई बिभिन्न प्रलोभन देखाउदै क्रिस्चियन बनाउनेहरु गाँउघरमा सक्रिय भएर लागेको देखिएकाे छ। इसाई धर्म प्रचारकहरुले  कटहरिया नगरपालिकाको वडा ४ र५ मा  असहाय, गरिव, अशिक्षित एवं सोझासिधा मान्छेहरुलाई बिभिन्न प्रलोभन देखाएर इसाई बनाउन थालेको भन्दै केहि मानिसले बिरोध गरेका छन।

इसु प्रमेश्वरको प्रार्थाना गरेमा बिमारी निको हुने, धन सम्पत्तीमा बढोत्तरी हुने, रोग ब्याधी नलाग्ने भन्दै सोझा सिधा मान्छेलाई धर्म परिवर्तन गराउने गरेको नाम उल्लेख नगर्ने सर्तमा स्थानीयले बताएका छन् । मूलुक धर्म निरपेक्ष भएको अवस्थामा कानुनमा सबै धर्म मान्ने छुट भएपनि मान्छेलाई प्रलोभनमा पारेर धर्म परिवर्तन गराउन कानून अनुसार दण्डनीय अपराध हो।

कटहरिया नगरपालिमा एउटा उदाहरण मात्र हो आहिले रौतहटका प्राय: जसो पालिकामा परमेश्वरको प्रार्थानाका नाममा अशिक्षित तथा गरिवहरुलाई धर्म परिवर्तन गराउने गिरोह सक्रिय रहेको भएकाे छ।  

जिल्लाका ग्रामिण क्षेत्रमा आर्थिक अवस्था कमजोर भएकालाई आर्थिक तथा विभिन्न प्रलोभन देखाएर धर्म परिवर्तन गराउने गरिएको घटना सार्वजनिक भइरहेको भएपनि त्यस तर्फ सम्बध निकायको खासै ध्यान नदिएको कटहरिया ५ का समाजसेवि दीनानाथ साहले गुनासो गरेका छन्।

नेपालमा इसाई धर्मावलम्बीहरूको संख्या तीव्रगतिमा बढिरहेकोछ।  हिन्दू धर्ममा जात व्यवस्थामा पुछारमा पारिएका दलित भनिने समुदायका मानिसहरू आदिवासी जनजाति समुदायका मानिसहरू धर्म परिवर्तन गरी ईशाई धर्म अपनाउन बढि सक्रिय रहेको पाइएका छन् । चमत्कारमा विश्वास गरेर धर्म परिवर्तन गरेपछि उनीहरूलाई चरम गरिबी र भेदभावको अवस्थाबाट छुटकारा पाउने गिरोहले लोभलालचमा पारेर धर्म परिवर्तन गराउने गरेको देखिएको छ।

सन् २०१५ मा बनेको संविधानले धार्मिक स्वतन्त्रताको प्रत्याभूति दिएको छ ।  सन् २०१८ मा लागु गरिएको धर्म परिवर्तन गराउने विरुद्धको कानुनले कसैलाई धार्मिक आस्था परिवर्तन गर्न प्रोत्साहन गरेको अभियोगमा दोषी ठहर हुनेलाई पाँच वर्षसम्म जेल सजाय हुनसक्ने व्यवस्था गरेको सदरमुकाम गौरका कानुन व्यवसायी अधिवक्ता सुरेश तिवारीले बताएका छन् । तर जिल्लाको बिभिन्न स्थानमा खुलेयाम धर्म परिवर्तन गराउनेहरु सक्रियरूपमा लाग्दा समेत कसैले ध्यान नदिएको हिन्दु परिषद  रौतहटका प्रवक्ता अभिमन्यु पटेलले बताए । रौतहटका ग्रमिण भेगमा बिभिन्न बहानामा हिन्दुहरुलाई क्रिस्चियन बनाउने कामलाई स्थानीय प्रशासनले तत्काल रोक्नु पर्ने माग गरेको छन्।

 सञ्जय मिश्रा

गरुडाका मेयर द्धारा छोरीको बिहेमा २५ हजार सहयोग

रौतहट ८ असार। रौतहटको गरुडा नगरपालिकाका मेयर कन्थमणि जैसवालले एकजना विपन्नको छोरीको बिहेमा नगद २५ हजार रुपैयाँ सहयोग गरेका छन्।

पूर्व घोषीत कार्यक्रम अनुसार नगरपालिकाकाे आफ्नै कार्यकक्षमा  गरुडा ५ महमदपुरका   बाला लखिन्द्र दासको छोरीको विहेमा खर्च वापत मेयर जैसवालले  नगरपालिका द्वारा  पचीस हजारको चेक प्रदान गरेका थिए।

अतिविप्पन तथा दलित गरिब परिवारको छोरीको विहेमा ठूलो आर्थिक समस्या हुने गरेको कारण नगरपालिकाले त्यस्ता परिवारलाई आर्थिक सहयोग गरेको मेयर कन्थ मणि जैसवालले बताएका छन्।

ईशनाथमा ५० करोडकाे बजेट पारित गर्दै सातौं नगरसभा सम्पन्न

रौतहट ८ असार। रौतहटको दक्षिणि भेग ईशनाथ नगरपालिकामा ५० करोड भन्दा बढीको बजेट विनियोजन गर्दै   सातौं नगरसभा बिहिबार सम्पन्न गरेको छ ।
नेपाल सरकारले तोकेको तिथी भित्रै ईशनाथ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ काे बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरसभा सम्पन्न भएको हाे।
स्थानीय सरकार, विकास र समृद्धिकाे मुल आधारका साथ आयाेजना गरिएको नगर अधिवेशनमा नगरप्रमुख काैशल्या देवी सिनहा ले आर्थिक वर्ष ०८०/०८१ काे लागि निति तथा कार्यक्रमकाे लागी  ५० कराेड ६९ लाख रुपैयाँकाे बजेट प्रस्तुत गरेकि थिईन।
मेयर सीनहा द्वारा प्रस्तुत बजेटमा नगरपालिकाकाे चालु तर्फ ३० कराेड ८८ लाख ४७ हजार तथा पुँजीगत तर्फ १९ कराेड १२ लाख २२ हजार रुपैयाँ खर्च विनियोजन गरिएको छ। त्यस्तै  पुँजीगत तर्फ ५० लाख तथा चालु तर्फ ५ लाख विनियोजन गरिएको प्रमुख प्रशासकिय अधिकृत भूदेव झाले बताएका छन।

ग्यारेन्टी सहित वर्ल्डलिंकको इन्टरनेट ग्राहक सेवा, ‘स्पिड स्लो’ भए पैसा फिर्ता हुने !

काठमाडौं । वर्ल्डलिंकले ग्राहकलाई ढुक्क बनाउने ‘सर्भिस ग्यारेन्टी’ को सुविधा ल्याएको छ । निजी क्षेत्रको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशन्सले इन्टरनेटको गति कम भए पैसा फिर्ता गर्नेसम्मको सुविधा ल्याएको हो ।


नेपाली इन्टरनेट सेवाप्रदायकहरु बीच पहिलो पटक वर्ल्डलिंकले शर्त अनुसारको सेवाग्राहकले नपाए रकमफिर्ता गर्ने योजना ल्याएको छ। आफ्ना ग्राहकहरुलाई अब वर्ल्डलिंकको इन्टरनेट ‘स्पिड स्लो’ हुँदैन भन्ने विश्वास दिलाउन रकम नै फिर्ता दिने योजना ल्याएको हो। यो समयमा जब अरु सबै कम्पनीहरु मूल्यको प्रतिस्पर्धामा रहेका बेला आफूहरुले गुणस्तरिय सेवालाई प्राथमिकता दिएको कम्पनीले जनाएको छ ।

वर्ल्डलिंकले देशभरका मुख्य शहरहरुमा ( Money Back Guarantee) मनी ब्याक ग्यारेन्टीको सुविधा लागु हुने जनाएको छ।

स्ट्यान्डर्ड प्याकेज प्रयोग कर्ताले पाउ छन् मनी ब्याक ग्यारेन्टी
वर्ल्डलिंकका ७ लाख ८० हजार ग्राहकहरुरहेका छन् भने जस अन्तर्गत ‘स्ट्यान्डर्ड अफर प्याकेज’ २०० एमबीपीएस, २५० एमबीपीएस र ३०० एमबीपीएसको इन्टरनेट प्रयोग गर्ने प्रयोग कर्ताहरुले कुनै थप शुल्क बिना नै यो सेवापाउने जानकारी गराइन्छ।

यी बाहेक अरु कुनै प्याकेजमा रहेका ग्राहकहरुलाई यो ( Money Back Guarantee) मनी ब्याक ग्यारेन्टीको सुविधा उपलब्ध हुनेछैन भने यदि उनीहरुले आफ्नो प्याकेजलाई अपग्रेड गरे भने मात्र यो सुविधा पाउने वर्ल्डलिंकले जनाएको छ ।

कसरीदाबीगर्नेरुकति रकमफिर्ता हुन्छ ?
ग्राहकको इन्टरनेट स्पिड स्लो हुँने वित्तिकै रकमफिर्ता पाइहाल्ने भने होइन। स्ट्यान्डर्ड प्याकेज प्रयोगकर्ताले आफ्नो स्पिड स्लो भएको फोन मार्फत, शाखाकार्यालय वा अनलाइन सेवा बाट जानकारी गराउनु पर्नेछ।


वर्ल्डलिंकले आफ्ना प्राविधिक कर्मचारीलाई ग्राहक को ठेगानामा ईन्टरनेट स्पीड चेक गर्न पठाँउ नेछ, ईन्टरनेट स्लो भएको कारण पत्ता लगाइ समस्याको समाधान गर्नेछ । तथापि स्पीडको समस्या यथावत रहेमा ग्राहकले मनी ब्याक ग्यारेन्टी सुविधा अन्तर्गत पैसा फिर्ता माग गर्न सक्नेछ।
रकमफिर्ता मागगर्दा ग्राहकले प्याकेज लिएको जति दिन बाँकी रहन्छ सो बराबरको रकम मात्र फिर्ता पाउने व्यवस्था गरेको छ। उदाहरणकोलागि ९० दिनको प्याकेज लिएकोे ग्राहकले २५ दिनउपभोग गरीसकेको छ भने ६५ दिनको रकममात्रफिर्ता पाउनेछ।

कसले दाबी गर्ने ?
इन्टरनेट स्पिड स्लो भएको ग्राहकहरुले (२०० एमबीपीएस, २५० एमबीपीएस र ३०० एमबीपीएस) यस सुविधा अन्तर्गत आफ्नो गुनासो दाबी गर्न सक्छन्।
यदि इन्टरनेट स्पिड स्लो हुँदा वर्ल्डलिंकले समस्या समाधान गर्न नसकेको खण्डमा मात्र ( Money Back Guarantee) मनी ब्याक ग्यारेन्टी अफर लागु हुनेछ।

मृतक सवैको पहिचान खुल्यो: गोरखा जिप दुर्घटना

गोरखामा जिप दुर्घटनामा परी मृत्यु भएका तिनै जनाको पहिचान खुलेको छ । दुर्घटनामा परी मृत्यु हुनेमा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका–५ चनौटे घर भएका ५० वर्षीया देवी पोखरेल, नवलपुर जिल्ला कावासोती नगरपालिका–१४ का ८० वर्षीय कृष्णप्रसाद सिग्देल र काठमाडौँ महानगरपालिका–१६ बस्ने ५१ वर्षीय कमलराज दानी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक  लीलाराज कोइरालाले जानकारी दिए ।

उक्त दुर्घटनामा परी १२ जना घाइते भएका छन् । उनीहरुमध्ये तीन जनाको अवस्था गम्भीर रहेको डिएसपी लामिछानेले बताए । उनीहरुलाई थप उपचारका लागि चितवनको भरतपुर लगिएको छ । अन्य घाइतेको आँबुखैरेनीमा उपचार भइरहेको छ ।

सहिद लखन गाउँपालिका–३ चिलिङकोटबाट बेहुली लिएर सहिद लखन–५ ताक्लुङ फर्किँदै गरेको ०१–०२३ च ४४२७ नम्बरको जिप गए राति दुर्घटनामा परेको हो । घट्ना लगत्तै डिएसपी लामिछानेको नेतृत्वमा प्रहरी टोली घट्नास्थलमा गएको थियो । जिप सडकबाट झण्डै दुई सय मिटर तल खसेको बताइएको छ ।

लमजुङको भलायखर्क केन्द्रविन्दु भएर भूकम्प

लमजुङको राइनास नगरपालिकास्थित भलायखर्क आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ५ बजेर ५५ मिनेटमा ४ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको धक्का लमजुङ, तनहुँ र गोरखा जिल्लामा महसूस गरिएको थियो।

पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ।नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रूपमा लिने गरिन्छ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रुपैयाँ ८३ पैसा र बिक्री दर १३१ रुपैयाँ ४३ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ०३ पैसा र बिक्री दर १४४ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाडौँ । गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् । दुर्घटनामा परी १२ जना घाइते भएको गोरखाका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। 

शहीद लखन– ३ चिलिङकोटबाट बेहुली लिएर शहीद लखन– ५ ताक्लुङतर्फ फर्कंदै गरेको प्रदेश ३-०१–०२३च ४४२७ नम्बरको जीप गए राति दुर्घटनामा परेको हो। 

लामिछानेका अनुसार हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन। मृतकमध्ये चार पुरुष र एक महिला छन्।

गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालका अनुसार घटना लगत्तै प्रनाउ लामिछानेको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा गएको थियो। अहिले प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले घाइतेको उद्धार गरिरहेका छन्। जीप सडकबाट झन्डै दुई सय मिटर तल खसेको छ।

शिक्षामा एक दर्जन भन्दा बढी कानुन र नीतिमा सुधार

काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आर्थिक वर्ष २०७८/०७९ मा शिक्षासम्बन्धी डेढ दर्जन नीतिगत र कानुनी सुधार गरेको छ । चार मन्त्रीले कार्यकाल सम्हालेको सो आर्थिक वर्षमा शिक्षा क्षेत्रमा महत्वपूर्ण सुधार भएको देखाइएको छ ।

सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदनमा शिक्षा क्षेत्रमा गरिएको सुधारको विषय उठान गरिएको छ । प्रतिवेदनमा शिक्षामा आमूल परिवर्तन र समसामयिक सुधार गर्न शिक्षाको सोचपत्र–२०७९ जारी गरिएको उल्लेख छ । सो अवधिमा मदन भण्डारी विज्ञान तथा प्रविधि शिक्षा ऐन, विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक जारी गरिएको छ ।

सो आ.व.मा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का कृष्णगोपाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का देवेन्द्र पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल र वर्तमान मन्त्री अशोककुमार राईले वागडोर सम्हाल्नुभएको थियो ।

वार्षिक प्रतिवेदनमा विद्यालय शिक्षासम्बन्धी प्राविधिक तथा व्यावसायिक, राष्ट्रिय योग्यता प्रारूप र एकीकृत स्वास्थ्य शिक्षासम्बन्धी विधेयकको मस्यौदा तयार भएको उल्लेख छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले गत आर्थिक वर्षमा दर्जनौं नीति, ऐन कानुनको मस्यौदा तयार भएको जानकारी दिँदै कतिपय ऐन पारित भएर कार्यान्वयनमा गएको र कतिपय नीति विधेयक पारित भई ऐन बनाउने प्रक्रियामा रहेको बताउनुभयो ।

न्यून शिक्षक दरबन्दी आपूर्ति गर्न मावि तहमा गणित, विज्ञान र अङ्ग्रेजीका ४ हजार ७ सय ५०, आधारभूत तह कक्षा ६ देखि ८ को लागि २ हजार ६ सय गरी ७ हजार ३ सय ५० जना शिक्षकको व्यवस्था गर्न बजेटको व्यवस्था गरिएको छ ।

गत आ.व.मा शिक्षक सेवा आयोग नियमावलीको ११ औं संशोधन भएको छ । आगामी आ.व.देखि कार्यान्वयन हुनेगरी १० वर्षे विद्यालय शिक्षा क्षेत्र (एसईएसपी २०२२–२०३०) तयार भएको छ । त्यसै गरी उक्त आ.व.मा लेटर ग्रेडिङ निर्देशिका, ‘पढ्दै–कमाउँदै’ कार्यक्रम सञ्चालन निर्देशिका, विपन्न लक्षित छात्रवृति कार्यान्वयन मापदण्ड कार्यान्वयन भएको छ ।

संरचनागत सुधारअन्तर्गत गत आर्थिक वर्षमा ५ हजार ९ सय ८० कक्षाकोठा निर्माण गरिएको छ भने २ हजार १ सय ८१ विद्यालयमा डिजिटल पुस्तकालय र आइटी ल्याब व्यवस्थापन गरिएको छ । सो अवधिमा भूकम्पबाट क्षति भएका ७ हजार ५ सय ८३ वटा विद्यालयमध्ये थप ६ सय ६१ विद्यालयको निर्माण सम्पन्न भएको छ भने थप १ हजार १२ वटा विद्यालयमा सूचना प्रविधि पुस्तकालय (आईटी ल्याब) स्थापना गरिएको छ ।

विज्ञानअन्तर्गत रेडियोधर्मी पदार्थ उपयोग तथा नियमन नियमावली, परम्परागत शिक्षणसंस्था सञ्चालन र व्यवस्थापन मापदण्ड जारी गरी कार्यान्वयनमा ल्याइएको छ । विद्यालय शिक्षाक्षेत्र कार्यक्रम आउनुअघि लागु भएको विद्यालय शिक्षाक्षेत्र कार्यक्रमअन्तर्गत बालविकास शिक्षक शिक्षिकाका लागि मासिक ८ हजार र विद्यालय कर्मचारीको लागि खाइपाई आएको मासिक पारिश्रमिकमा २ हजार रुपियाँ थप गरिएको छ ।

यस्तो छ ८ असार २०८० आज शुक्रबारको राशिफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नजिकको मित्रसँग भेटघाट हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । पठनपाठनमा प्रगति हुनेछ । दिनको उत्तरार्धमा धन खर्च बढी हुनसक्छ ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ र शुभारम्भको चर्चा चल्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज नयाँ कार्यको थालनी होला । जोशजाँगर र हिम्मत बढ्ला । शुभ समाचार सुन्न पाइएला । राजनैतिक कार्यमा विशेष सफलता मिल्नेछ ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । बन्धु बान्धव तथा विशिष्ट व्यक्तिको सहयोग मिल्नेछ । शेयर बजारको लगानीले पनि राम्रै लाभ देला ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज शुभ समाचार सुन्न पाइएला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । नयाँ कार्यको थालनी हुनेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।

बृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज महत्त्वपूर्ण अवसर गुम्न सक्छ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्न सक्छ । साँझमा पैसा खर्च हुने योग छ, तर कुनै शुभ समाचार पाइनेछ ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अरुलाई प्रभावित पारेर काम बन्ने र बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । व्यवसायबाट लाभ नै मिल्नेछ । शेयर बजारको लगानीले पनि राम्रै लाभ देला ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अनावश्यक ठाउँमा धन खर्च होला । सम्पत्ति हराउने वा नष्ट होला । अरुको भर पर्दा धोका पाइन सक्छ, तर साँझमा शुभ समाचार सुन्नमा आउला ।

बृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आँटेको र ताकेको कार्य पुरा होला । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । स्वास्थ्यमा सुधार पनि आउला ।

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज गर्न खोजेको जुनसुकै कार्यमा बाधा, मनमा दुबिधा र यात्रामा बिघ्नबाधा समेत आउनसक्छ, तर बाधा परे पनि निराश र हतास नहुनु होला ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज जोशजाँगर र हिम्मत बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज धार्मिक कार्यमा रुचि बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । शुभ कार्यको चर्चा पनि चल्नेछ ।

एक युवती मृत फेला

धनगढी । कञ्चनपुरमा एक महिलाको शव फेला परेको छ ।

बिहीबार बिहान बेलौरी नगरपालिका–२ टेडुवा माइती घर आएकी २३ वर्षीया अंजली चौधरीको शव फेला परेको हो ।

रौतहट घर भएकी अंजली बेलौरीमा आफ्नो माइती घरमा आएकी थिइन् । चौधरी मृत भेटिएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाबारे अनुसन्धान थालेको छ ।