बर्दिवासमा मेडिकल कलेज खोल्ने बाटो खुल्याे, सर्वोच्चले दियो सात बुँदे निर्देशनात्मक आदेश 

काठमाडौं– सरकारले महोत्तरीको बर्दिवासमा निर्माण गर्न लागेको मेडिकल कलेज निर्माणको बाटो खुला भएको छ।  सर्वोच्च अदालतले  बर्दिवासमा निर्माण गर्न लागेको मेडिकल कलेज निर्माणको बाटो खुला गरेको हो।

सर्वोच्चले वन क्षेत्र बिनास गर्दै सरकारले उक्त क्षेत्रमा १०० शथ्याको मेडिकल कलेज निर्माण गर्न लागेको र उक्त कार्य रोक्न माग गर्दे दायर गरेको रिटलाई खारेज गर्दै सात बुँदे निर्देशनात्मक आदेश पनि जारी गरेको छ। 

न्यायाधीशद्धय तिलप्रसाद श्रेष्ठ र प्रकाशमानसिंह राउतको इजलासले उक्त क्षेत्रमा मेडिकल कलेजज बनाउने सरकारको निर्णय र गरिएको वातावरण प्रभाव मुल्याकन (ईआईए) कानुन सम्वत भएको भन्दै  मेडिकल कलेज निर्माण गर्दा केही शर्त पालना गर्न भनेको छ। 

यस्ता छन् सात बुँदे निर्देशनात्मक आदेश 

१. स्वीकृत वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लेखित शर्तहरुको प्रभावकारी कार्यान्वयनको व्यवस्था मिलाउनु,

२. प्रस्तावित वन क्षेत्रमा मेडिकल कलेज निर्माण गर्दा काटिने रुखहरुको सट्टामा नयाँ विरुवाहरु लगाउने भनी वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लेख भए बमोजिमको विरुवाहरु लगाउन जग्गाको बन्दोबस्त गरी हालका रुखहरु काटिनु भन्दा अगावै ती नयाँ विरुवाहरु लगाउने व्यवस्था गर्नु,

३. नयाँ लगाइएका विरुवाहरु पाँच वर्षसम्म आयोजनाको तर्फबाट हेर बिचार गर्ने व्यवस्था मिलाउनु तथा सो बमोजिम लगाइएका विरुवाहरुको हेरबिचार भए नभएको कुराको अनुगमन वन तथा वातावरण मन्त्रालयबाट व्यवस्था मिलाउनु,

४. आयोजना सञ्चालनसँगै आयोजनास्थल वरपर स–साना पसल र रेष्टुरेण्टहरु पनि सञ्चालनमा  आउन सक्ने भई ती पसल र रेष्टुरेण्टहरुले थप सरकारी जग्गा र वन क्षेत्र अतिक्रमण हुने सम्भावना रहने हुँदा त्यस्तो सम्भावित अतिक्रमण रोक्न आवश्यक योजना बनाइ लागू गर्नु,

५. मेडिकल कलेज स्थापना भई सञ्चालनमा आएपछि त्यसबाट उत्पन्न हुने फोहोरजन्य पदार्थहरुको कारण वातावरण थप प्रदूषित हुन सक्ने हुँदा त्यस्तो फोहोरहरुको व्यवस्थापन र विसर्जनका लागि उपयुक्त व्यवस्था मिलाउनु,

६. बर्दिवास क्षेत्रको दुर्लभ वन्यजन्तु र वनसम्पदाको संरक्षणको लागि वातावरण व्यवस्थापन योजना बनाई लागू गर्नु गराउनु र सो को प्रगति अनुगमनको लागि प्रभावकारी व्यवस्था मिलाउनु,

७ आयोजनाको संरचनाभित्रै वातावरण व्यवस्थापन इकाइ स्थापना गरी वातावरणमा पर्नसक्ने थप प्रतिकुल प्रभावको व्यवस्थापनका लागि  आवश्यक उपाय अवलम्वन गर्नु

बालेनले ल्याएको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार महानगरका मेयर बालेन शाहले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । 

नीति तथा कार्यम्रकम महत्त्वाकांक्षी योजना समेटिएका छन् । महानगरले  कम्तीमा पाँचहजार नयाँ रोजगारीको सिर्जना गर्ने, स्थानीयस्तरमा उत्पादित स्थानीय पेय पदार्थ तथा परम्परागत वस्तुहरूको ब्रान्डिङ गरी निर्यात गर्नेसहित योजना अघि सारेको छ । 

यसैगरी काठमाडौंलाई सांस्कृतिक तथा पर्यटनमैत्री सहर बनाएर पर्यटकको संख्यामा उल्लेख्य वृद्धि गर्ने लक्ष्य लिइएको छ । महानगरपालिकाको दीर्घकालीन सोच ‘सांस्कृतिक सहर, समृद्ध महानगर’ लाई केन्द्रमा राखेर सफा, सुन्दर, धुलोरहित एवं व्यवस्थित सडक र पेटी, सफा नदिनाला, डुबानरहित, प्रविधिमैत्री, हराभरा, पर्यावरण तथा पर्यटनमैत्री काठमाडौं निर्माण गर्ने भनिएको छ ।

हेर्नुहोस् पूर्णपाठ :

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, आज डलरको खरिद दर १३० रुपैयाँ ९७ पैसा र बिक्री दर १३१ रुपैयाँ ५७ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ०१ पैसा र बिक्री दर १४३ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तो छ आज २०८० असार ७ गते बिहीबारको राशिफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । नियमित खर्चसमेत बढ्ने योग रहेको छ, तर अरुको साथ र सहयोग मिल्नेछ ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । शुभारम्भको चर्चा चल्नेछ । रोकिएको काम पुरा हुन सक्छ ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज कुनै यात्रा र भ्रमण गर्नु पनि उचित छैन । तपाईं आज पानी र चिसोबाट विशेष सतर्क रहनुहोला, साँझमा भने शुभ समाचार सुन्न पाइनेछ ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । चलखीपूर्ण बोलीले काम बन्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) स्वास्थ्यमा खर्च बढ्नेछ । यात्रामा मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी आउला ।

बृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा पनि हुनेछ ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अरुलाई प्रभावित पारेर काम बन्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा राम्रै धनलाभ पनि हुनेछ ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथिको आगमन हुनेछ । भूमिबाट लाभ मिल्ला । साथीभाइले पनि राम्रै सहयोग गर्नेछन् ।

बृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज रोकिएका अधुरा काम पुनस् सुचारु हुनसक्छ । शुभ र मङ्गल कार्यको चर्चा चल्नेछ । नयाँ कामको योजना या प्रारम्भ समेत हुनसक्छ ।

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज भाग्यले विभिन्न अवसर जुराउनेछ । कुनै कुराले अनुहारमा कान्ति छाउनेछ । घरमा अतिथिको आगमन हुनेछ । सङ्गीतमा रुचि पनि बढ्नेछ ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबारमा सफलता पाइएला । मित्रबाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा पनि होला ।

सार्वजनिक यातायातमा ४५ प्रतिशत छुटको माग गर्दै आम विद्यार्थी मोर्चा द्वारा प्रदर्शन पछि ज्ञापनपत्र

बिरगंज ६ असार। प्रभू साह नेतृत्वको आमजनता पार्टी निकट आम विद्यार्थी मोर्चाले सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५% छुटको माग गर्दै बिरगंज

स्थित प्रमुख जिल्ला अधिकारी लाई ज्ञापनपत्र बुझाएको छ। बुधवार 

दर्जनौं को संख्यामा गएका आम बिद्यार्थी मोर्चाका विद्यार्थीहरुले  बिरगजमा बिरोध जुलुस प्रदर्शन पछि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको हो।

नेपाल सरकारले सार्वजनिक यातायातमा बिद्यार्थीलाई ४५ प्रतिशत भाडामा छुट दिने व्यवस्था काठमाडौंमा मात्र सिमित भएकाे छ। कलैया, जितपुर, पोखरीया लगायत दर्जनौं स्थान बाट  अध्ययनको लागि सार्वजनिक यातायातमा दैनीक आउने सैयौं बिद्यार्थी लाई नियमानुसार भाडामा ४५ प्रतिशत छुट दिइनुपर्ने मोर्चाले बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

सरकारले निर्धारण गरेको विद्यार्थीको लागी छुट सुबिधा लागू नभएमा शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी मोर्चाले दिएको छ।

आम बिद्यार्थीको केन्द्रीय ईञ्चार्ज  उमेश कुशवाहाको नेतृत्वमा गएको बिद्यार्थी को टोलीमा केन्द्रीय अध्यक्ष बिबेक साह, मधेस प्रदेस इन्चार्ज बिकास झा, मधेस प्रदेस सह- इन्चार्ज दिपेन्द्र साह तथा प्रदेस अध्यक्ष राकेश बैठा लगायत पर्सा, बारा, रौतहटका दर्जनौं विद्यार्थीको सहभागीता रहेको थियो।

सञ्जय मिश्रा 

चोरीको मोटरसाइकल सहित बाराका सहनी काठमाडौंमा पक्राउ

रौतहट ६ असार। पाटन अस्पताल अगाडिको पार्किङबाट चोरी भएको मोटरसाइकलसहित  बाराको करैयामाई गाउँपालिका-५ का रामकिशोर सहनीलाई प्रहरीले काठमाडौंको  मनमैजुबाट पक्राउ गरेको छ ।

सहनीले कुदाइरहेको मोटरसाइकल काठमाडौंको तार्केश्‍वर नगरपालिका २ बस्ने गजेन्द्र लामा तामाङको हो । तामाङले वैशाख २६ गते पाटन अस्पताल अगाडि पार्किङ गरेका थिए । त्यहीँबाट उनको मोटरसाइकल चोरी भएको थियो । चोरी भएको करिब डेढ महिनापछि प्रहरीले सोमबार फेला पारेको छ ।

तामाङको वाग्मती प्रदेश-०२-०४० प १८२६ नम्बरको २ सय २० सीसीको पल्सर मोटरसाइकल हराएको भनी परेको जाहेरीका आधारमा प्रहरीले सोमबार मोटरसाइकलसहित सहनीलाई नियन्त्रणमा लिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । 

देशमै रोजगारीको अवसर दिएर युवालाई विदेशिन बाट रोकौं प्रभू साह

रौतहट ६ असार। आम जनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री सांसद प्रभु साहले देशमै रोजगारीको अवसर दिएर युवालाई विदेशिन बाट रोक्नुर्नेमा जोड दिएका छन। पछिल्लो केहि वर्षदेखि देशमा बेरोजगारको समस्या दिनदिनै विकराल बनेको बताउँदै नेपालमा रोजगारीको सम्भावना छ कि छैन्  संघिय सांसद साहले प्रश्न गरेका छन् । प्रतिनिधि सभाको  बैठकमा मन्त्रालयगत छलफलमा भाग लिँदै सून्य समयमा उनले देशमा रोजगारीको अवसर श्रृजना गर्नेमा कतै बाट पहल नभएकाे जिकिर गरेका थिए।

नेता साहले भने,‘स्वदेशमै सम्भावना छ भने त्यस्तो योजना यो बजेटमा केही कुनै ब्यवस्था छैन् । मुलुकमा रोजगारीको सम्भावना छैन भने जिम्मेवारीमा बस्न मिल्छ उनले प्रति प्रश्न गरेका थिए । नेपाल खाडी मुलुकभन्दा खराब छ र ? नेपाल सबै हिसाबले समृद्ध रहेको छ। बहादुर र श्रमजिवीको देश नेपाल हो । त्यसैगरी प्राकृतिक सम्पदाले भरिपूर्ण हाम्रो इतिहास गौरवपूर्ण छ । अनि हामी कसरी पछि पर्यौं पूर्व मन्त्री प्रभू साहले भने म शासन सत्तामा बसेकाहरुलाई सोध्न चाहन्छु ।

आमजनता पार्टिका अध्यक्ष साहले देशमा मजदुरले मजदुरी नगरी ज्याला पाउने अवस्था नभएको विडम्बना सुनाएका थिए। त्यस्तै हाल वैदेशिक रोजगारीको नाममा जताततै ठगी व्याप्त रहेको पनि उनको गुनासो छ । उनले भने मुलुक भित्रै कामको सिलसिलामा बाहिर जाँदा वैदेशिक रोजगारीको नाममा ठगी मौलाएको छ। बैदेशिक रोजगारीको नाउँमा ठगी गर्ने मेनपावर , त्यसको साक्षी बनेका विभिन्न देशका राजदुत कारबाहीमा परेको थाहा छैन् । अहिले  घरघरमा विदेश पठाउने नक्कली एजेन्ट घुमिरहेका छन् । यो रोक्न जरुरी छ । नेपाली मजदुर जो विदेशमा तड्पिरहेका छन्, उनीहरुलाई संरक्षण गर्न नेता साहले सरकारको धयानाकर्षण गराएका थिए।

नेता प्रभु साह संसदमा सम्बोधन गर्दै  राजश्वको पैसा व्यक्तिको खातामा पुर्याउँदा कति कमिशत आउँछ भन्दै अर्थमन्त्रीलाई प्रश्न गरेका थिए । उनले लुटको राज अन्त्य गर्न पनि सरकार समक्ष आग्रह गरेका छन् । क्रमागत योजना हटाउन मिल्छ भन्दै नेता साहले प्रश्न गरेका छन् । प्रचन्ड नेतृत्वको वर्तमान सरकार बिगतका सरकारहरुकै अविछिन्न उत्तराधिकारी भएकोले पूर्वाग्रही ढंगले क्रमागत योजना हटाउन नमिल्ने टिप्पणी गरेका थिए। उनले यसको लागि मानवीयता हेर्नुपर्ने औंल्याएका थिए । साहले स्मार्ट सिटी बन्नुपर्नेमा जोड दिँदै स्मार्ट सिटि अर्थात शहरको खोजीमा गाउँ उजाड भैरहेको कुरा बिर्सन नहुने उनले प्रस्ट्याएका थिए।

सञ्जय मिश्रा 

बेलायतमा नेपाली कामदार पठाउने बाटो खुल्यो

काठमाडौं । बेलायतमा नेपाली कामदार पठाउने बाटो खुलेको छ । मंगलबार बसेको मन्त्रिपषिद्को बैठकले नेपाल सरकार र बेलायत सरकारबीचको द्विपक्षीय श्रम सम्झौता कार्यान्वयन सम्बन्धी कार्ययोजना (इम्पिमेन्टसन प्रोटोकल) स्वीकृत गरेसँगै बेलायतमा नेपाली कामदार पठाउने बाटो खुलेको हो ।

म तथा रोजगार मन्त्रालयले गरेको प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकार गरेसँगै अब नेपाली कामदार बेलायत जानेछन् । गत वर्ष भदौ ६ गते नेपाल र बेलायतबीच जीटूजी (सरकार) सरकारबीचको समझदारी) मोडलमा श्रम सम्झौता गरेको थियो ।

श्रम सम्झौता अनुसार अब नेपालबाट नर्स मात्र नभई ल्याब असिस्टेन्ट, अनमी, बीएन, फार्मेसिस्टलगायत पनि पठाउने छ । पहिलो चरणमा कम्तीमा एक हजार नर्स जानेछन् ।

रोजगारीका लागि बेलायत जान चाहने नर्सले इन्टरनेसनल इङ्लिस ल्याङ्ग्वेज टेस्टिङ सिस्टम (आईईएलटीएस) परीक्षामा ६.५ अंक प्राप्त गर्नुपर्नेछ । बेलायत जाने स्वास्थ्य जनशक्तिले नर्सिङ काउन्सिलबाट अनुमतिपत्र लिनुपर्ने, पाँच वर्षसम्म काम गरेपछि अनिवार्य स्वदेश फर्किनुपर्ने, आईईएलटीएस अनिवार्य गर्नुपर्ने, २० देखि ४५ वर्ष उमेर समूहका नर्स पठाइने, दक्षताका आधारमा उनीहरूले आईईएलटीएसमा ६ अंक ल्याउनुपर्ने सर्त छन् । साढे दुई वर्ष सरकारले मान्यता दिएका अस्पतालमा काम गरेका नर्सले आईईएलटीएस परीक्षामा सहभागी हुन पाउने जनाइएको छ ।

सेवा सुविधा

श्रम मन्त्रालयका अनुसार बेलायती नागरिकले पाउने सेवा-सुविधा र विदेशी नागरिकले पाउने सेवा-सुविधा एकै खालको छ । आईएलटीएस जस्ता भाषा सिक्न र बेलायत जान लाग्ने प्लेन टिकटसमेत बेलायत सरकारले बेहोर्ने छ ।

यहाँबाट गएका स्वास्थ्य जनशक्तिले वार्षिक ३६ हजार पाउण्ड स्ट्रर्लिङसम्म कमाउन सक्नेछन् । अहिलेको सतहीदरअनुसार वार्षिक रुपमा ६० लाख १२ हजार रुपैयाँ हुनेछ ।

घट्यो हवाई भाडा, कहाँको कति? (सूचीसहित)

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा समेत घटेको छ। मंगलबार नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको थियो। बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरणले भाडा घटाएको हो।

प्राधिकरणले काठमाडौंबाट छोटो दुरीमा रहेको सिमरामा ९० रुपैयाँदेखि काठमाडौंबाट टाढाको दूरीमा रहेको धनगढीको भाडा ४४५ रुपैयाँसम्म घटाएको छ।

भारत संसद भवनमा राखेको नक्साबारे बुझ्न भारतस्थित नेपाली राजदूतावासलाई निर्देशन: साउद

काठमाडौं । परराष्ट्र मन्त्री नारायणप्रसाद (एनपी) साउदले भारतले आफ्नाे  संसद भवनमा राखेको नक्साबारे बुझ्न भारतस्थित नेपाली राजदूतावासलाई निर्देशन दिएको बताएका छन् । 

मंगलबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसदहरुले प्रश्न उठाएपछि परराष्ट्रमन्त्री साउदले भारतको तर्फबाट आधिकारिक धारणा आइसके पनि भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन पठाउन दूतावासलाई निर्देशन दिएको बताएका हुन् । 

उनले भने, ‘भारतीय संसद भवनमा राखिएको नक्सामा सम्राट अशोकको समयमा उनको साम्राज्यको फैलावट जनाइएको भनि त्यो नक्साको क्याप्सनमा लेखिएको र यो राजनीतिक विषय नरहेको भनि भारत सरकारका तर्फबाट आधिकारीक धारणा समेत त्यहाँका विदेशमन्त्रीबाट आइसकेको समेत जानकारी गराउन चाहन्छु । हामीले यस विषयमा भारतीय पक्षसँग कुरा गरीप्रतिवेदन पठाउन नयाँ दिल्ली स्थित नेपाली राजदूतावासलाई निर्देशन पनि दिएका छौँ ।’ 

यस्ता छन् मन्त्रिपरिषद् बैठकका आठ निर्णय

काठमाडौं । सरकारले नागरिक लगानी कोषको चुक्ता पुँजी वृद्धि गर्न स्वीकृति दिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकबाट कोषको चुक्ता पुँजी वृद्धि गरी पाँच अर्ब ३१ करोड ३७ लाख ५० हजार रुपैयाँ कायम गर्न स्वीकृति दिने निर्णय गरिएको हो ।

मन्त्रिपरिषद् बैठकका आठ निर्णय

बालेनसाहको भारतीय फिल्म रोक्ने निर्णयविरुद्ध रिट दायर 

काठमाडौँ । नेपाल चलचित्र सङ्घले भारतीय फिल्मको प्रदर्शन रोक्ने काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहको निर्णयविरुद्ध उच्च अदालतमा रिट दायर गरेको छ । बुधबार दिउँसो चलचित्र सङ्घको रिट दर्ता भएको पाटन उच्च अदालतले जनाएको छ । 

काठमाडौँ महानगरपालिकाका मेयर साहले फिल्म ‘आदिपुरुष’को सीता भारतीय छोरी हुन् भन्ने आशयको संवाद नहटाएको भन्दै महानगरपालिकाभित्रका हलमा भारतीय फिल्म प्रदर्शनमा रोक लगाएका थिए ।

बालेनको उक्त निर्णय कानुनविपरीत भन्दै फिल्म हल सञ्चालकहरू अदालत गएका हुन् । उनीहरूले काठमाडौँका हलमा हिन्दी चलचित्र सञ्चालन गर्न दिन अन्तरिम आदेश पनि माग गरेका छन् । यो रिटमा बिहीबारका लागि पेशी तोकिएको छ ।

तीन दिनदेखि शेयर बजारमा करेक्सन

काठमाडौं । पछिल्लो ३ दिनदेखि शेयर बजार लगातार करेक्सन मुडमा देखिएको छ। बढ्दो क्रममा रहेको बजार ३ दिनदेखि नकारात्मक देखिएको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार १४.०५ अंकले घटेर दुई हजार ५० दशमलब ७८ विन्दुमा बन्द भएको छ । 

आज तीन अर्ब ४९ करोड ६८ लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका ४५ कम्पनीको शेयरमूल्य बढेको छ भने १७९ कम्पनीकोे शेयरमूल्य घटेको छ ।    

आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आव सिटी होटल्स लिमिटेडको शेयरमूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता २६१.४० रुपैयाँ पुगेको छ । त्यसतै हिमालयन डिस्टिलरीको १६ करोड र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १२ करोड रुपैयाँको शेयर कारोबार भएको छ।

आज सबैभन्दा बढी थ्रिन भेञ्चर्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ६ प्रतिशत भन्दा बढीले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज २३ करोड ६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । 

रवि लामिछानेको मुद्दा एकै दिनमा फैसला हुने अरूको वर्षौँ लाग्ने: अमरेशकुमार

काठमाडौँ । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले नागरिकताको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा उनले सर्वोच्च अदालतमाथि पनि प्रश्न उठाउँदै उनले भने, ‘त्यसबारे अदालतको पनि ध्यान आकृष्ट गर्न चाहन्छु। रवि लामिछानेको मुद्दा एकै दिनमा फैसला हुने तर अरूको मुद्दामा वर्षौँ लाग्ने ?’


उनले थपे,‘केही दिनदेखि नागरिकता नपाएका जन्मसिद्धका छोराछोरी माइतीघर मण्डलामा धर्नामा बसेका छन्। प्रतिनिधिसभा सदस्य रामकुमार शर्मा पनि उनीहरूसँग आमरण अनशनमा बस्नुभएको थियो । उहाँलाई अहिले वीर अस्पतालमा भर्ना गरिएको छ।

’ ‘२०७२ मा संविधान जारी भएपछि तुरुन्तै नागरिकताको कानुन बनाउनुपर्थ्यो । तर, हाम्रा राजनीतिक दल र तत्कालीन सरकार त्यसमा चुकेका छन्। अहिले नागरिकता पीडितसँग सरकार न्यायोचित व्यवहार गर्न सकिरहेको छैन । हिजो उनीहरूमाथि प्रहरीले जुन व्यवहार गर्‍यो, त्यसको म भर्त्सना गर्छु । कुनै पनि नागरिकमाथि प्रहरी दमन नहोस् ।’

विद्यालय कर्मचारीको माग तत्काल सम्बोधन गरियोस्: महेशकुमार

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले विद्यालयका लेखापाल र कार्यालय सहयोगीको खरदार सरह सेवा, सुविधा पाउनुपर्ने माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभा दोस्रो बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले सो माग गरेका हुन् ।

सर्वोच्च अदालतको फैसला र आफैंले विगतमा गरेको सम्झौता अनुसार पनि उनीहरुको माग सम्बोधन गर्ने काममा सरकारले ढिलाई गर्न नहुने सचेतक बर्तौलाले बताए ।

उनले विद्यालय तहका कार्यालय सहयोगीले मासिक ८ हजार र लेखापालले १३ हजार ५ सय मासिक तलव पाउने गरेको उल्लेख गर्दै यस्तो तलवले कसरी उनीहरुको गुजारा चल्न सक्छ ? भनी सरकारलाई प्रश्‍न गरे।

उनले भने, ‘उहाँहरुले विगत लामो समयदेखि लेखापालले १३ हजार ५ सयमा मासिक रुपमा काम गरिरहनु भएको छ । कार्यालय सहयोगीले जम्मा ८ हजारमा काम गरिरहनु भएको छ । कल्पना गर्नोस् । ८ हजारमा एउटा कर्मचारीले उसका बच्चा हुन्छ । परिवार हुन्छ । ८ हजार तलवले के गर्छ रु १० हजार छ सय तलवले एउटा कर्मचारीले बालबच्चा, पठनपाठन, सामाजिक व्यवहार कसरी टार्न सक्छ ?

‘यो कामलाई पूरा गर्न सरकारले सहमती पनि गरेको छ । न्यूनतम तलव सुविधा उहाँहरुले खरदार सरहको माग गरेर आन्दोलन गरिरहनु भएको छ । सरकारले विगतमा पनि सो मागलाई पूरा गर्ने सम्झौंता गर्‍यो । सर्वोच्च अदालतबाट पनि उहाँहरुको पक्षमा आदेशहरु भए। तर कार्यान्वयन भएको छैन।

नेपाल विद्यार्थी कर्मचारी परिषद्को अगुवाइमा भइरहेको रिले अनसन जारी छ। आन्दोलनका क्रममा बिहीबार प्रदर्शनकारीले भद्रकालीमा रिले अनसन बसेर माइतीघर मण्डला फर्किँदै गर्दा बीच सडकमा बसेर प्रदर्शन गर्न खोज्दा प्रहरीले उनीहरूमाथि हस्तक्षेप गरेको हो। ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका ५ जना विद्यालय कर्मचारीलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ।