काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले अनुहार, नाम र पद फेर्दैमा रुपान्तरणलाई लक्ष्यमा पुर्याउन नसकिने बताएका छन् ।
नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्य निधिले अब कांग्रेस एक्लैले आगामी निर्वाचनमा कसरी बहुमत ल्याउन सक्छ भन्ने बहस थाल्नु पर्ने बताए ।
उनले भने ‘अनुहार फेर्नु नाम फेर्नु पद फेर्नुले मात्र रुपान्तरणलाई लक्ष्यमा पु¥याउदैन् । दृष्टिकोणमा परिवर्तन गर्नु पर्छ । हामीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली ल्याएका छौं । तीन तहको संरचना प्रयोगमा थालेका छौं । तीनै तहको बारेमा गर्नु पर्ने कामहरु धेरै बाँकी छ । ५ वर्ष पछि रुपान्तरणको लागि गठबन्धनको प्रयोग गरेर एकले अर्कोले, नेपाली कांग्रेसले बहुमत कसरी ल्याउन सक्छ तीनै तहको लागि चुनावको तयारी गरौं । आज व्यक्ति र नाम परिवर्तन भन्दा पनि दृष्टिकोणको परिवर्तन गर्न आवश्यक छ । ’
देश र जनताको लागि काम गर्ने भनेको सरकारको मात्र जिम्मेवारीमा छोडदिने हो भने राजनीतिको समाजीकरण नहुने उनको भनाइ छ ।
केही महत्वपूर्ण र आधारभूत कामहरु सरकार र राज्यले गर्नु पर्छ भने बाँकी कामहरु समाजले पनि गर्नु पर्ने निधिको भनाई थियो ।
बागलुङ । जिल्लामा व्यावसायिक पशुपक्षी पाल्ने किसानको सङ्ख्या वृद्धि भएको छ । आर्थिक वर्ष २०७८÷०७९ को तुलनामा आव २०७९÷०८० मा व्यावसायिक फार्म सञ्चालन गर्ने किसानको सङ्ख्या वृद्धि भएको हो ।
गत वर्षभन्दा आव २०७९ र ८० मा जिल्लाभर ३७ पशुपक्षी फार्म थप भएका छन् । वैदेशिक रोजगारीबाट फर्केका, सरकारको लागत अनुदान पाएका र परम्परागत शैलीलाई व्यावसायिकतामा ढालेका किसानले फार्म वृद्धि गरेका हुन् ।
जिल्लाभर सात सय ४७ फार्मले व्यावसायिकरूपमा पशु तथा पक्षीजन्य उत्पादन गरिरहेका छन् । आव २०७८ र ०७९ मा यो सङ्ख्या सात सय १० मात्रै थियो । “किसानले विस्तारै व्यावसायिक बन्न सिक्नुभएको छ, व्यावसायिक उत्पादनले मात्रै आम्दानी गर्न सकिन्छ भन्ने चेतना किसानलाई छ”, भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङका प्रमुख डा ऋषिराम सापकोटाले भने, “फार्मको सङ्ख्या वृद्धि हुनु खुसीको कुरा हो, फार्म वृद्धि हुँदा हामी मासु र दूधमा आत्मनिर्भर छौँ ।” उनका अनुसार बागलुङमा अघिल्लो आवमा सबैभन्दा धेरै ‘ब्रोइलर’ कुखरा फार्म थप भएका छन् । एकै आवमा १२ फार्म थप हुँदा ब्रोइलर कुखुरा फार्मको सङ्ख्या एक सय १९ पुगेको उनले बताए । व्यावसायिकरूपमा बाख्रा पाल्ने किसानको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । गत आवमा मात्रै १० व्यावसायिक बाख्रा फार्म सञ्चालनमा आएका छन् । बागलुङमा बाख्रा फार्मको सङ्ख्या एक सय ९७ पुगेको छ । गाई फार्म ७२, भैँसी फार्म ८५, भेडा फार्म २९ र बङ्गुर फार्म एक सय दुईबाट वृद्धि भएर एक सय सात पुगेका छन् । त्यस्तै लेयर्स कुखुराको फार्म ३२, स्थानीय कुखुरा फार्म ४० र माछा फार्म ४९ पुगेका छन् । पशुजन्य उत्पादनका लागि आवश्यक घाँस फार्मको सङ्ख्या पाँच रहेको छ भने मिश्रित फार्म सात र अन्य पशुपक्षीजन्य फार्म तीन छन् । जिल्लाभर कुल ४३ हजार ६५ किसान पशुपक्षी पालनमा संलग्न रहेको तथ्याङ्क केन्द्रसँग रहेको पशुसेवा विज्ञ केन्द्र प्रमुख सापकोटाले बताए । “जिल्लाभर बाख्रा पाल्ने किसानको सङ्ख्या सबैभन्दा धेरै छ, गाईभैँसी, कुखुरा र बङ्गुर पाल्ने किसान क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा हुनुहुन्छ”, उनले भने, “विविध कारणले फार्मकत्रो सङ्ख्या बढेको भए पनि पशुको सङ्ख्या भने घट्दो छ ।” बङ्गुर, गाई, कुखुरालगायतमा सङ्क्रामक रोगको प्रभावलगायतका कारण सङ्ख्या घटेको उनले बताए । पशुपक्षीजन्य फार्मको विस्तारसँगै बागलुङ दूध र मासुमा आत्मनिर्भर भएको छ । दुई लाख ४९ हजार दुई सय ११ जनासङ्ख्या रहेको जिल्लामा प्रतिव्यक्ति वार्षिक ९१ लिटर दूधको आवश्यकता हुनेमा जिल्लाभरको उत्पादनको हिसाबले प्रतिव्यक्ति ९२ दशमलव पाँच लिटर दूध उपलब्ध हुन्छ । अढचालीस अण्डा प्रतिव्यक्ति प्रतिवर्ष आवश्यकता हुनेमा ४४ अण्डामात्रै जिल्ला उत्पादनले पुग्ने गरेको जनाइएको छ ।
काठमाडौं । वन तथा वातावरण मन्त्रालयले मातहतका आठ सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले बिहिबार सहसचिवहरु सरुवा गरेको जनाएको छ । वन तथा भूसंरक्षण विभागको रिक्त महानिर्देशकमा मन्त्रालयको योजना अनुगमन तथा समन्वय महाशाखा प्रमुख शिवकुमार वाग्लेलाई सरुवा गरिएको छ । उक्त विभागका महानिर्देशक देवेशमणि त्रिपाठीले उमेरहदका कारण अनिवार्य अवकाशमा लिएपछि महानिर्देशक पद रिक्त थियो । सो विभागका निमित्त महानिर्देशक नवराज पुडासैनीलाई रेड कार्यान्वयन केन्द्रको प्रमुखमा सरुवा गरिएको छ ।
यसैगरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको महानिर्देशकमा राष्ट्रिपति चुरे–तराई मधेस संरक्षण विकास समितिका सदस्य सचिव डा.सिन्धुप्रसाद ढुङ्गानालाई सरुवा गरिएको छ । निकुञ्ज विभागका महानिर्देशक डा. महेश्वर ढकाललाई चुरे उत्थानशील आयोजनाको प्रमुखमा सरुवा गरिएको छ भने चुरे उत्थानशील आयोजनाका प्रमुख बद्रीराज ढुंङ्गानालाई मन्त्रालयमा सरुवा गरिएको छ । मन्त्रालयका प्रवक्तासमेत रहेका मेघनाथ काफ्लेलाई राष्ट्रिपति चुरे–तराई मधेस संरक्षण विकास समितिको सदस्य–सचिवमा सरुवा गरिएको छ भने रेड कार्यान्वयन केन्द्रका प्रमुख डा।रामचन्द्र कँडेललाई मन्त्रालयमा सरुवा गरिएको छ ।
जुम्ला । साल्ट ट्रेडिङ कर्पोरेशनले जुम्लामा नुनको अभाव नरहेको बताएको छ । जुम्ला सदरमुकामस्थित खलङ्गा बजारमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा पर्याप्त मात्रमा नुन पुगिसकेको कार्यालय प्रमुख खगेन्द्र मल्लले जानकारी दिए ।
सदरमुकामको डिपोमा आठ सय २१ क्विन्टल, सिञ्जाको नराकोट डिपोमा पाँच सय ५० क्विन्टल र गुरुचौर डिपोमा तीन सय ५० क्विन्टल नुन रहेको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख प्रमुख मल्लले भने,“जिल्लामा अब नुनको अभाव हुने छैन । अबको केही सातापछि यहाँका आठवटै स्थानीय तहका वडाबाटै नुन बिक्रि वितरण गरिने छ । वडाको मागबमोजिम नुन बिक्रि वितरण गर्न कार्यालय लागिपरेको छ । ”
गत असार ३१ गते कार्यालयको मुख्य डिपोबाट उपझोक्तालाई नुन बिक्रि वितरण भइरहेको समयमा केही व्यक्तिले भाडँभैलो गर्दै डिपोमा तोडफोड समेत गरेका थिए । गत आवकै नुन समयमै वडामा ढुवानी नहुँदा सदरमुकाम डिपोमा नागरिकको भीड लाग्ने गरेको कार्यालयले जनाएको छ ।
गत आव २०७९÷०८० मा जुम्ला सदरमुकामसहित तीनै डिपोका लागि चार हजार दुई सय क्विन्टल कोटा रहेकामा सबै ढुवानी भइसकेको छ । यही साउन ३ गते प्रदेश कार्यालय नेपालगन्जबाट तीन सय २० क्विन्टल नुन आएको कार्यालय प्रमुख मल्लले जानकारी दिए ।
तिला गाउँपालिका नौवटै वडामा नुन ल्याउनका लागि कार्यापालिकामा छलफल गरेर सम्बन्धित वडाध्यक्षको नेतृत्वबाट वडावाटै नुन बिक्रि वितरण गरिने तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले बताए । वडामै नुन ल्याउनका लागि साल्ट ट्रेडिङसँग समन्वय भइरहेको तिला–१ का वडाध्यक्ष जङ्गबहादुर बस्नेतले जानकारी दिए ।
काठमाडौं । मिस्टर नेपाल–२०२३ को उपाधि समर्पण कार्कीले जितेका छन् । शनिवार अवेर सम्पन्न फिनालेमा मोरङका समर्पण कार्की मिस्टर नेपाल २०२३ बने । उनी संगै काठमाडौंका निमेष कपाली फस्ट रनरअप, काभ्रेका क्रिषल श्रेष्ठ सेकेण्ड रनरअप, चितवनका विजयी दुवाडी थर्ड रनरअप र भक्तपुरका असिम लामिछाने फोर्थ रनरअप घोषित भए । नेक्स्ट मोडल नेपालले आयोजना गरेको उक्त प्रतियोगितामा विभिन्न १० विधामा सबटाइटलका विजेता समेत घोषणा गरिएको छ । शीर्ष उपाधि जितेका कार्कीले मिस्टर इन्टलेक्चुअल सबटाइटल समेत हात पारे । मिस्टर पर्सनालिटी निमेष कपाली, मिस्टर एक्टिभ प्रेमकुमार यादव, मिस्टर ट्यालेन्ट कृषल श्रेष्ठ, मस्टर पपुलर रामनाथ गिरी, पब्लिक च्वाइस विजय दुवाडी, बेस्ट हेयर राजीव तिवारी, मस्ट फोटोजेनिक असिम लामिछाने, बेस्ट स्किन मिराज कार्की, मेन्स च्वाइस लोकेश प्राधान घोषित भए । विजेताले पाँच लाख राशीको पुरस्कार पाएका छन् । उक्त फिनालेमा पूर्वमिस नेपाल माल्भिका सुब्बा, अभिनेत्री आँचल शर्मा, आयुष्मान घिमिरे, विश्वकरण जैन, लु लीन, मनिष डंगोल श्रेष्ठ, राजभाइ सुवाल र शैलजा अधिकारी लगाएतले निर्णायकको भूमिकामा प्रतिस्पर्धी छनोट गरेका थिए ।
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सार्वजनिक सवारी साधनको गुणस्तर सुधार गर्न महत्वपूर्ण कामको थालनी गरेको बताएका छन् । आइतबार यातायात क्षेत्रको गुणस्तर सुधारका लागि निजी क्षेत्र र सरकारको सहकार्यमा ड्रेस तथा परिचयपत्र वितरण गर्दै मन्त्री ज्वालाले स्मार्ट लाइसेन्सको समस्यालाई छिटो भन्दा छिटो समाधान गर्ने दृढता व्यक्त गरे । उनले सार्वजनिक यातायातको क्षेत्रमा देखिएका समस्यालाई न्यूनीकरण गर्न निरन्तर बिभिन्न कार्य गर्दै जाने पनि बताए । उनले भने, ‘स्मार्ट लाइसेन्सका बारेमा धेरै गुनासाहरु छन् ।यो समस्याको छिटो भन्दा छिटो समाधान गर्ने र स्मार्ट लाइसेन्स कार्ड प्राप्त नहुँदासम्म अस्थायी कार्ड वितरण गर्ने गरि तयारी गरेका छौ । यो बारे प्रदेशका मुख्यमन्त्री,संघका मन्त्री सचिव लगायतको टीमले दुई दिने बैठक बसेर धुलिखेल यातायात घोषणा पत्र जारी गरेका छौं । मुख्य रुपमा हामी लाइसेन्समै केन्द्रित छौ र यातायात भरपर्दो,व्यवस्थित,यात्रु मैत्री र सुशासन कायम गर्न ११ बुँदे घोषणा पत्र जारी भएको छ । त्यो लागू गर्छौं नै ।’ मन्त्री ज्वालाले उक्त अभियानलाई सफल पानुपर्नेमा जोड दिदै नियमित रुपमा सार्वजनिक सवारीका चालक र सहचालकले सवारी सरसफाइ गर्र्ने,ड्रेस लगाउने, नियमित रुपमा परिचय पत्र बोक्ने तथा यात्रुलाई अनुशासित व्यवहार गर्न आग्रह गरे । व्यवहार नसुधारे कारबाही गर्ने चेतावनी पनि उनले दिए चालक,सहचालक,कर्मचारी,व्यवसायीले यो अभियानलाई केही दिनका लागि होइन्,निरन्तरता दिनुपर्छ । सबैभन्दा बढी यातायात व्यवसायी महासंघका साथीहरु नै लाग्नुपर्छ । चालक,सहचालकले आफ्नो काममा निस्कने वित्तिकै परिचयपत्र नियमित रुपमा लगाउनुप¥यो । यो अनुशासनमा बाँध्ने तरिका हो । सरसफाइलाई गम्भीर ध्यान दिनुहोला । अनुशासित बोली व्यवहार गर्नुहोला,मेरो अनुरानेध छ । पछि उद्देश्य अनुसार सार्वजनिक सवारीको सफाई भयो भएन्,परिचयपत्र लगाएको छ कि छैन्,ड्रेस लगाएको छ कि छैन् मन्त्रालय र विभागबाट हामी कहिलेकाँही अनुगमन गर्छौ । त्यतिबेला ड्रेस,कार्ड नलगाएको पाइए कारवाही हुन्छ,’ ज्वालाले भने । उनले सार्वजनिक सवारीसाधनको गुणस्तर सुधारका लागि सवारीसाधनको सरसफाई संगै चालक र सहचालक अनुशासित बन्नुपर्ने तथा यात्रु मैत्री व्यवहार हुनुपर्ने बताए । उनले भने, ‘सार्वजनिक यातायातको साधनहरुमा सरफाईको कमीका कारणले यात्रुले अत्यन्त पीडा व्यहोर्नु पर्छ । त्यसकारण सरसफाईको कामलाई प्राथमिकतामा राखेर सबै अनुशासित हुुनुपर्छ । यो भनिरहने कुरा हैन्,सबभन्दा धेरै मान्छेसंग सम्पर्कमा रहने मान्छे नै सबैभन्दा धेरै अनुशासित हुनुपर्छ । नियमित रुपमा दिनभरि आम मान्छेसंग सम्पर्कमा रहने मान्छेको बोली,भाषा,व्यवहार असाध्यै राम्रो यात्रुमैत्री हुनुपर्छ ।’ सार्वजनिक सवारी चालक र सहचालकको व्यवहारले यात्रुले पीडा खेप्नुपरेको अवस्थाको अन्त्य गर्नका लागि मन्त्री ज्वालाले सबैको समन्वयनमा उनीहरुलाई प्रशिक्षणको व्यवस्था मिलाउनुपर्नेमा जोड दिए ।
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनको निर्माण तत्काल सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई ताकेता गरेको छ । आयोजनाको निर्माण गत असारमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, रुख कटान अनुमति प्रक्रियामा भएको ढिलाइ, स्थानीयको अवरोध र निर्माण व्यवसायी भारतीय कम्पनी एल एण्ड टीको कमजोर कार्यसम्पादनका कारण आयोजनाको निर्माण प्रभावित भएको थियो । निर्माणमा ढिलाइ भएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार निर्माणस्थलको अनुगमन गरी आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग निर्माणमा देखिएका समस्या र समाधानका उपायका विषयमा छलफल गरेका छन् । छलफलबाट प्रशारण लाइनको निर्माण यही साउनभित्रमा सम्पन्न गर्ने नयाँ तालिका तय गरिएको छ । छलफलमा कार्यकारी निर्देशक घिसिङले जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत प्रवाहका लागि कालीगण्डकी करिडोर प्रसारण लाइन अत्यन्तै महत्वपूर्ण र संवेदशील रहेकाले जुनसुकै अवस्थामा पनि साउनभित्र सम्पन्न गर्न निर्देशन दिए । उनले यो लाइन बनेपछि म्याग्दी, पर्वत, कास्की र लमजुङ जिल्लामा निर्माण भएका जलविद्युत आयोजनाहरुको विद्युत प्रवाह गर्न सजिलो हुने उल्लेख गरे।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना सबस्टेसनबाट शुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी –बर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका–१३ भुमहीस्थित नयाँ बुटवल सबस्टेसनसम्मको १२७ किलोमिटर डबल सर्किट प्रसारण लाइन आयोजना दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ ।
पहिलो खण्डअन्तर्गत दानादेखि पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटसम्मको ३९ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । पहिलो खण्डमानै खुर्कोटमा २२०÷१३२ केभी र दानामा २२०÷१३२÷३३ केभी सबस्टेसन निर्माण सम्पन्न भइसकेका छन् ।
दोस्रो खण्डअन्तर्गत कुश्माबाट नयाँ बुटवल सबस्टेसनसम्मको ८८ किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ । यस खण्डमा पर्ने २३५ वटा टावरहरुमध्ये २३४ वटा निर्माण सम्पन्न भइसकेका छन् । रुपन्देहीको देवदह क्षेत्रमा एउटा टावर निर्माणाधीन छ ।
पर्वत, पाल्पा र रुपन्देहीमा गरी गरिब ७ किलोमिटर तार नान्न बाँकी छ । आयोजनाअन्तर्गत नवलपरासीको सुनवल नगरपालिका–१३ बडेराबाट नयाँ बुटवल सबस्टेसनसम्म २२० केभीको चार सर्किट ९मल्टी सर्किट० लाइनका लागि टावरहरु निर्माण सम्पन्न गरी करिब ८ किलोमिटर डबल सर्किट तार तानिएको छ ।
कालीगण्डकी रयसका सहायक नदीहरुमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत प्रवाहका लागि नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब १ हजार २ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिन्छ ।
नयाँ बुटबल–बर्दघाट प्रसारण लाइन पुसभित्र
नवलपरासी–बर्दघाट सुस्ता पश्चिम०को सुनवल नगरपालिका–१३ भुमहीस्थित नयाँ बुटवल सबस्टेसनबाट बर्दघाटसम्मको २२० केभी प्रसारण लाइन आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।
वन क्षेत्रको जग्गा प्रयोग र रुख कटान स्वीकृतिको निर्णय प्रक्रियामा भएको ढिलाइका कारण आयोजनाको निर्माण प्रभावित भएको थियो । अहिले आयोजनाले रुख कटानका लागि अनुमति पाइसकेको छ ।
प्रसारण लाइनका टावर र मार्गधिकार ९राइट अफ वे० लागि ५०।३१ हेक्टर वन क्षेत्रको जग्गा र त्यहाँ रहेका ५ हजार ८ सय रुख हटाउनु पर्ने छ । आयोजनाले वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुख हटाएवापत २७ करोड ९९ लाख ४९ हजार रुपैयाँ वन विकास कोषमा जम्मा गर्नु पर्ने छ । यसमध्ये आयोजनाले पहिलो किस्तावापत ३ करोड ५१ लाख रुपैयाँ कोषमा गरेपछि जग्गा प्रयोग र रुख कटानको स्वीकृति प्रक्रिया अगाडि बढेको थियो ।
२१ किलोमिटर प्रसारण लाइनका लागि ५६ वटा टावर निर्माण गर्नु पर्ने छ । यसमध्ये २१ वटाको जग हालिएको छ । ५ वटा टावर खडा गरिएको छ । प्रसारण लाइनका अधिकांश उपकरणहरु आयोजना स्थलमा आपूर्ति भइसकेको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानमा रहेको समस्या समाधान भइसकेकाले जनशक्ति थप गरी आगामी पुसभित्र निर्माण सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिए ।
उनले नवलपरासीको सुनवल नगरपालिका–१३ बडेराबाट नयाँ बुटवल सबस्टेसनसम्म २२० केभीको चार सर्किट ९मल्टी सर्किट० लाइनमध्ये आयोजनाले तान्नु पर्ने डबल सर्किट तार तान्न सुरु गर्न निर्देशन दिनुभयो । आयोजनाअन्तर्गत भुमहीमा २२०र१३२ केभी नयाँ बुटवल सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ ।
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साटवटै प्रदेशका दुई जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त जिल्ला बनाउने बताएकी छन् । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, मधेस प्रदेशद्धारा बाराको सिमरामा आज आयोजित नेपाल टेलिकमको सेवा प्रवाह र सुधारसम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री शर्माले चालु आर्थिक वर्षभित्र सबैै प्रदेशका दुई–दुई जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त जिल्ला बनाउने निर्णय भइसकेको र यो प्रभावकारी कार्यान्वयन गर्ने प्रक्रियामा रहेको बताइन् ।
पूर्वाधार निर्माणका क्रममा सरकारी निकायबीच समन्वय नहुँदा समस्या आउने गरेको उल्लेख गर्दै सरकारका प्रवक्तासमेत रहेकी उनले सडक, खानेपानी, विद्युत् दूरसञ्चारका पूर्वाधार निर्माणमा समन्वयमा ध्यान दिन आग्रह गरिन् ।
जङ्गल तथा निकुञ्ज क्षेत्रमा टेलिफोन अप्टिकल विस्तार र टावर निर्माणमा समस्या भएको गुनासो आएको उल्लेख गर्दै मन्त्री शर्माले यस विषयमा वन मन्त्रालयसँग समन्वय गर्ने काम भइरहेको जानकारी दिइन् ।
जहाँ बढी समस्या छ, त्यहाँ बढी सेवा दिनुपर्ने मान्यताअनुसार समस्या पहिचान गरी समाधानको खोजी गर्न मधेस प्रदेशबाट दूरसञ्चारको समस्या समाधानका लागि सुझाव सङ्कलनको अभियान सुरु गरिएको जानकारी दिँदै उनले मधेस प्रदेशमा नेपाल टेलिकमको सेवाग्राही विस्तारका लागि प्रभावकारी अभियान चलाउनुपर्नेमा जोड दिइन् ।
शिक्षालाई प्रविधियुक्त बनाउन देशभरिका सबै विद्यालयमा इन्टरनेट पुर्याउने तयारी गरिएको बताँदै मन्त्री शर्माले धेरै विद्यालयमा इन्टरनेट सुविधा पुगिसकेको र बाँकी विद्यालयमा एक वर्षभित्र इन्टरनेट सेवा पुर्याउने बताइन् ।
पूर्वपश्चिम र उत्तर दक्षिण राजमार्गलाई पूर्ण दूरसञ्चारयुक्त बनाउने आफ्नो पहिलो निर्णय गरेको जानकारी दिनुहुँदै मन्त्री शर्माले यो निर्णय कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताइन् । सूचना प्रविधिको पहुँच नपुगेको ठाउँमा पुहँच पुर्याउने र सर्वसुलभ ढङ्गबाट सञ्चार सेवा उपलब्ध गराउने सरकारको प्राथमिकता रहेको चर्चा गर्दै मन्त्री शर्माले सूचना र सञ्चारको तीव्र विकास भएको अवस्थामा पनि हिमाल र पहाड भेगमा अझै सञ्चार सेवा पुग्न नसकेकाले त्यहाँसम्म कसरी सेवा पुर्याउने भन्ने ठोस योजना बनाउन टेलिकमलाई निर्देशनसमेत दिइन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव एवं नेपाल टेलिकमका अध्यक्ष बाबुराम भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य किसन श्रेष्ठले सुरक्षाको दृष्टिकोणले संवेदनशील रहेको राजमार्ग क्षेत्रमा देखिएको नेपाल टेलिकमको नेटवर्कको समस्या तत्काल समाधान गर्नुपर्ने बताए ।
सो कार्यक्रममा पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य ज्वालाकुमारी साह, प्रतिनिधिसभा सदस्य प्रभु हजार पासवान, निर्मला देवकोटा, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, बाराका प्रमुख जिल्ला अधिकारी नवराज पराजुलीलगायतले सरकारी स्वामित्वको नेपाल टेलिकमले जनतालाई सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्न ठोस योजना बनाएर अघि बढ्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा बारा, पर्सा, रौटहट र सर्लाही जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र पालिका प्रमुख तथा प्रतिनिधिहरूले आफ्नो क्षेत्रमा भएको टेलिकमको सेवा सुविधाको अवस्था र सुधार गर्नुपर्ने विषयमा धारणा राखे ।
सो अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले कम्पनीले भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्न चालु आर्थिक वर्ष २०८०र८१ मा मर्मतसम्भार कार्यलाई विशेष सेवाका रूपमा विकास गर्न आवश्यक रणनीति तथा कार्यक्रम तयार गरी प्रभावकारीरूपमा कार्यान्वयन गर्ने बताए ।
उनले मधेस प्रदेशका कुल पाँच सय ५० भन्दा बढी स्थानबाट कम्पनीले जिएसएम प्रविधिको सेवा उपलब्ध गराइरहेको र विभिन्न स्थानबाट एफटिटीएच वितरण गरिरहेको जानकारी दिए । नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय मधेस प्रदेशका निर्देशक अमुल प्रधानले कम्पनीले सो प्रदेशमा उपलब्ध गराइरहेको सेवाबारेमा जानकारी गराउँदै सेवा प्रयोग बढाउनका लागि सहकार्य गर्न आग्रह गरे ।
सो अवसरमा कम्पनीले उपलब्ध गराइरहेका विभिन्न सेवाका बारेमा उपप्रबन्धक नवल चौधरी, कम्पनीका सेवाहरू विदेशमा समेत प्रयोग गर्न सकिने रोमिङ सेवाका बारेमा उपप्रबन्धक समिरबहादुर श्रेष्ठ र मधेस प्रदेशमा नेपाल टेलिकमको सेवाको अवस्था विषयमा उपप्रबन्धक निरञ्जन घिमिरेले प्रस्तुतिकरण गरेका थिए ।
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध परेको रिटमा आज सुनुवाई हुँदैछ । न्यायाधीशद्ध कुमार रेग्मी र नहकुल सुवेदीको इजलासको ९ नम्बरको (घ) मा पेशी तोकिएको हो । मुख्यमन्त्री थापा माओवादी केन्द्रबाट निर्वाचित सभामुख बाबुराम गौतमको पनि समर्थनमा असार २१ गते मुख्यमन्त्री नियुक्त भएका थिए । सभामुखले आफ्नो क्षेत्राधिकार बाहिर गएर गठबन्धन टिकाउन भूमिका खेलेको भन्दै असार २२ गते एमाले संसदीय दलका तथा निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की सरकार गठनमा प्रश्न उठाउँदै आफ्नो नेतृत्वमा सरकार गठनका लागि परमादेश माग गर्दै रिट दायर गरेका थिए । कार्कीले दायर गरेको रिटमा गत असार २७ गते सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले सरकारलाई दीर्घकालीन असर गर्ने निर्णय नगर्न आदेश दिँदै साउन ३ गते भित्र मुख्यमन्त्री उद्धव थापा, प्रदेश सभामुख बाबुराम गौतम र प्रदेश प्रमुख पर्शुराम खापुङलाई लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । इजलासले यही साउन ३ गते भित्र मुख्यमन्त्री नियुक्तिका कागजात झिकाउन आदेश दिँदै साउन ७ गतेबाट निरन्तर सुनुवाइ हुने आदेश गरेको थियो । सर्वोच्चको आदेशपछि मुख्यमन्त्री थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ र सभामुख बाबुराम गौतमले लिखित जवाफ पेश गरिसकेका छन् । आज आदेश आउनसक्ने बुझिएको छ ।
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको सचिव पदका लागी अर्जुन थापा (बगाले) ले उमेदवारी दिएका छन्।आगामी जुलाई ३० तारिख हुने निर्वाचनका लागी उनले एनआरएनए जापानको ११ औं कार्यसमितिका लागि सचिव पदमा उम्मेदवारी दिएका हुन् ।
सचिव पदका उमेदवार थापाले “विधि, विधान र नीतिमा सबलीकरण ११ पारदर्शी एनआरएनएमा प्रबलीकरण” भन्ने मुल नाराका साथसचिव पदका लागि आफ्नो उमेदवार घोषणा गरेका हुन् । विगत १० वर्ष देखि जापानमा बसोबास गरि रहनु भएका थापाले विभिन्न सामाजिक संघ संस्थामा आबद्ध भई सक्रिय रुपमा काम गर्दै आएका छन् । जापानमा बसोबासको क्रममा उनले सन् २०१६ मा फुकुओका नेपाल सोसाईटीको कार्यसमिति सदस्य,यस्तै नेपाल जापान फ्रेन्डशिपलायन्स क्लबको संस्थापक अध्यक्ष, लायन्स क्लब नेपाल ३२५ जोन चियर पर्सन, हाम्रो नेपाल हामी नेपालीको अभियान सचिव, नेपालफेस्टिवल फुकुओकाको सचिव, २०१९–२०२१ एनआरएनए क्युस्यु क्षेत्रीय कार्यसमिति सचिव, नेपाल फेस्टिवल फुकुओका २०२२ संयोजक र २०२१–२०२३ एनआरएनए क्युस्यु क्षेत्रीय कार्यसमिति संयोजक पदमा रहेर सामाजिक कार्य गरि सकेका छन् । उनले विभिन्न संघ संस्थामा आवद्ध भई काम गर्ने क्रममा धेरै महत्वपूर्ण कार्यहरु गरेको र अझ सशक्त भएर सामाजिक कार्य गर्न तिब्रइच्छा रहेको बताए । उनले आगामी सचिव पदमा निर्वाचित भएमा एनआरएनए जापानको १२ वटै क्षेत्र सँग समन्वयन गर्दै विधि, विधान र नीतिको आधारमासंथागत रुपमा एकरुपता दिने योजनाका साथ काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले सेनाको संख्या घटाउने नभइ एयरफोर्स बनाउनु पर्नेमा जोड गरेका छन् । नेपाली सेनाको संख्या घटाउने बहस भइरहँदा अध्यक्ष थापाले एयरफोर्स खडा गर्नुपर्ने धारणा राखेका हुन् । नेपाली सेनाको संख्या घटाउनु पर्छ भन्नेहरु आत्मसमर्पणवादी हिनताबाट ग्रसित छन्, नेपालको सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै सेनालाई थप साधन श्रोत दिई चुस्त दुरुस्त राख्नु पर्छ, नेपाली एयरफोर्स खडा गर्नुपर्छ,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन, शान्ति सेना, राष्ट्र निर्माण र विपद न्युनिकरणको काममा सेनाको प्रयोग बढाउनु पर्छ ।’
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
तरकारी बजारले सार्वजनिक गरेको मूल्यसूची अनुसार कन्य च्याउमा हिजोको तुलनामा १० रुपैयाँ र डल्ले च्याउमा प्रतिकेजी ५० रुपैयाँ बढेर आएको छ ।
यस्तै,मकै बोडिको मूल्य प्रतिकेजी २० रुपैयाँले घट्दा भन्टा र लौकामा १० रुपैयाँ प्रतिकेजी मूल्य घटेर आएको छ । त्यस्तै,समितिले आजको लागि लोकल सानो गोलभेँडाको मूल्य ३५ रुपैयाँ तोकेको छ । हिजोको तुलनामा गोडभेँडा प्रतिकेजी ५ रुपैयँले घटेर आएको छ । ठूलो गोलभेँडाको न्युनतम मूल्य पनि स्थिर छ । आज प्रतिकेजी ८० रुपैयाँमा ठूलो गोलभेँडा पाइने छ । समितिका अनुसार रातो आलु नेपाली प्रतिकेजी ५० रुपैयाँ मूल्य निर्धारण गरिएको छ भने,सेतो आलुको न्यूनतम मूल्य ३५ रुपैयाँ रहेको छ । समितिका अनुसार भारतीय सुकेको प्याज ५० रुपैयाँ न्युनतम मूल्य निर्धारण गर्दा लोकल बन्दाको भाउ प्रतिकेजी १२ रुपैयाँ पुगेको छ । यस्तै, घिउ सिमी लोकल ३०, मूला रातो ३०, मूला सेतो लोकल १५, भन्टा लाम्चो ४०, मकै बोडी ४०, भटमासकोशा ७०, तितो करेला ५०, लौका ५०, परवल ५०, फर्सी पाकेको ४० हरियो फर्सी (डल्लो) ५०, कन्ने च्याउ १८०, डल्ले च्याउ २८०, काँक्रो लोकल ६०, कुरीलो २५० र स्कूस ५० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भैरहेको छ । रायोको साग प्रतिकेजी ७० रुपैयाँ, तोरीको साग प्रतिकेजी ५० रुपैयाँ, हरीयो प्याज ७० रुपैयाँ न्युनतम मूल्य रहेको छ । त्यस्तै, फलफूमा केरा दर्जनको १५० रुपैयाँ तोकिएको छ भने फूजी स्याउ प्रतिकेजी ३५० पुगेको छ । कागती हिजोको तुलनामा प्रतिकेजी ५० रुपैयाँले बढेर २०० पुगेको छ ।अनार प्रतिकेजी ४००, आँप मालदह १५०, अंगुर कालो ५५०, तरबुजा हरियो ८०, मौसम २२०, किवि ८००, मेवा ९० रुपैयाँ प्रतिकेजी मूल्य तोकिएको छ ।
काठमाडौं । आज राष्ट्रिय सभा अन्र्तगतको दुई समितिको बैठक बस्दै छ । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आइतबार बिहान ११ः३० बजेपछि बैठक बस्ने भएको छ । समितिको सभाकक्ष सिंहदरबारमा बस्ने बैठकमा सरकारी आश्वासन कार्यान्वयन अवस्थाको स्थलगत अनुगमन निरीक्षणबाट देखिएका विषयहरुको सम्बन्धमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका मन्त्री र सचिवसँग छलफल गर्ने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ । यस्तै,विधुतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि प्रारम्भिक छलफल गर्न विधायन व्यवस्थापन समितिको पनि बैठक बस्दै छ । उक्त समितिले सिंहदरबारमा बस्न लागेको बैठक दिउँसो १ बजेको लागि बोलाएको छ ।
काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रमा पर्ने धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका २ स्थित दशगजा पारी एक महिलाको गोली हानी हत्या भएको छ । आइतबार बिहान मोटरसाइकलमा सवार दुईजना अज्ञात व्यक्तिले अन्दाजी ३५ वर्षीया महिलालाई गोली प्रहार गरेर पुनः भारततिर नै लागेको धनुषा प्रहरीले जनाएको छ । गोली लागेकी महिलाको अहिलेसम्म पहिचान हुन नसकेको स्रोतले जनाएको छ । धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमका अनुसार घटना दशगजा पारी भए पनि सीमा क्षेत्रमा भएकाले धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्कासहितको टोली घटनास्थल पुगेको थियो । भारतीय भूमिमा घटना भएपछि भारतीय प्रहरीले लास पोस्टमार्टमका लागि लगेको छ । नेपाल प्रहरी र भारतीय प्रहरीले समन्वयमा सो घटनाका वारेमा अनुसन्धान भइरहेको गौतमको भनाइ छ ।
काठमाडौं । नेपाल प्रहरीका एक डीएसपी निर्घात कुटिएका छन् । महोत्तरीमा प्रहरी नायव उपरीक्षक चन्देश्वर यादवमाथि कुटपिट भएको हो । धनुषाको प्रदेश प्रहरी गणमा कार्यरत यादवमाथि बिहीबार राति १० बजे जलेश्वर नगरपालिका–२ बसपार्क नजिक विद्यापति नगरमा कुटपिट भएको हो । घटना आइतबार मात्र सार्वजनिक भएकाले रहस्यमय मानिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलीपकुमार गिरीका अनुसार अहिले उनको काठमाडौंस्थित प्रहरी अस्पतालमा उपचार भइरहेको छ । उनको दायाँ खुट्टा फ्याक्चर भएको छ । धनुषामा कार्यरत डीएसपी यादव एक्लै जलेश्वर किन गए भन्नेबारे छानविन गर्न समिति गठन गरिएको छ । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले एसपी महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा तीन सदस्य समिति गठन गरेको हो । समितिले शनिबार घटनास्थल पुगेर निरीक्षण गरेको थियो । डीएसपी यादव केही महिना अगाडि मात्रै महोत्तरीबाट सरुवा भई धनुषा आएको बताइन्छ । पहिले त्यहाँ कार्यरत रहँदाको हिसाबकिताब मिलाउन यादव महोत्तरी गएको आशंका गरिएको छ ।