काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट मंगलबार स्कुटर र मोटरसाइकल ‘‘ब्रेक सु’ को नामबाट ल्याइएको करिब सय किलो सुन बरामद भएपछि परीक्षणका लागि बबरमहलस्थित राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गतको टक्सार महाशाखामा ल्याइएको छ ।
बरामद भएको सुन जाँच एवं परीक्षण गर्नका लागि राजस्व अनुसन्धान विभागले टक्सार विभागमा ल्याएको हो । सुनको परीक्षण गर्नका लागि राष्ट्र बैंकको टोली टक्सार विभाग आइसकेको छ ।
राजस्व अनुसन्धान विभागको विशेष सुराकीका आधारमा मंगलबार साँझ ट्याक्सीमा राखेर भन्सारबाहिर पुर्याएको सुन बरामद गरिएको थियो । सुन बरामदपछि अनुसन्धानका क्रममा ६जना पक्राउ परेका छन् । सुन भित्र्याउने मुख्य योजनाकारको भने खोजी भइरहेको छ ।
बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो ।
काठमाडौं । सरकारले हालै बिभिन्न देशका लागि सिफारिस गरेका प्रस्तावित ६ राजदूतविरुद्ध उजुरी आह्वान भएको छ ।संघीय संसदको अन्तरगतको संसदीय सुनुवाइ समितिले आज उनीहरु बिरुद्ध उजुरी आह्वान गरेको हो ।
समितिले आज जारी गरेको सूचना अनुसार सरकारले हालै सिफारिस गरेका व्यक्तिहरु राजदूत नियुक्त गर्न उपयुक्त छन कि छैनन < भन्ने लागेमा आधार र सबुदसहित उजुरी दिन भनिएको छ ।
आज प्रकाशित सुचना अनुसार उजुरीकर्ताले अबको १० दिनभित्र लिखित रुपमा उजुरी दिइसक्नु पर्ने छ । उजुरी दिने व्यक्तिले नाम, थर, वतर र सम्पर्क नम्बर उल्लेख गर्नुपर्नेछ । तर, उजुरीकर्ताले चाहेमा नाम गोप्य राखिने जारी सुचनामा जनाईएको छ ।
सरकारले संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोग, न्युयोर्कका लागि लोकबहादुर थापा, स्विट्जरल्याण्डका लागि रामप्रसाद सुवेदी, फ्रान्सका लागि सुधिर भट्टराई, कुवेतका लागि घनश्याम लम्साल, यूएईका लागि तेजबहादुर क्षेत्री र थाइल्याण्डका लागि धनबहादुर वलीलाई राजदुतका लागि हालै सिफारिस गरेको थियो ।
सरकारले सिफारिस गरेका ब्यक्तिहरुमा परेको उजुरी छानबिन र सोधपुछ पछि समितिवाट अनुमोदन भएमा मात्रै उनीहरुको नियुक्ती हुनेछ ।
काठमाडौँ । भन्सार विभागले झण्डै एक क्वीन्टल सुन विमानस्थलबाट बाहिरिएको प्रकरणको छानबिनका लागि समिति गठन गरेको छ ।
भन्सार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन भएको हो ।
भन्सार जाँच पार गरेर तस्करीको सुन कसरी बाहिर गयो भन्ने विषयमा छानबिन गर्ने जिम्मेवारी समितिलाई दिइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका सूचना अधिकारी पुण्यविक्रम खड्काले बताए ।
‘कहाँ भन्सारका कर्मचारीको कमजोरी रह्यो भन्ने विषयमा जाँच गर्न समिति गठन भएको हो’, सूचना अधिकारी खड्काले भने । समितिलाई पाँच दिनभित्र जाँच गरेर प्रतिवेदन बुझाउन भनिएको छ ।
राजश्व अनुसन्धान विभागले विशेष सूचनाको आधारमा बुधबार सिनामङ्गलबाट करिब एक सय किलो सुन बरामद गरेको थियो ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले चार देशका युवा राजनीतिज्ञसँगै ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्ड जितेकी छन्।
सांसद गौतमसँगै क्यानडाकी एरिइल्ले कायाबागा, अस्ट्रेलियाकी अयोर मकुर चुओट र न्युजिल्यान्डका मोको तेपानिया र बेल्जियमका स्यामुअल कोगोलातीले अवार्ड जितेको आयोजक वन योङ वर्ल्डले जनाएको छ।
वन योङ वर्ल्ड युवा नेतृत्व सशक्तीकरण र विकासका लागि स्थापित बेलायती संस्था हो। अवार्डका लागि सोवितासँगै विभिन्न देशका १५ सांसद, मेयरलगायत सर्टलिस्टमा समेटिएका थिए। संस्थाले सर्टलिस्टमा समावेशमध्ये पाँच जनालाई अवार्ड दिँदै आएको छ।
सोविता गौतम नेपालकी सबैभन्दा कान्छी सांसद र रास्वपाको संस्थापक सदस्यको रूपमा सर्ट लिस्टमा छनोट भएकी थिइन।
संस्थाले नेतृ गौतमलाई आफ्नो भाषण सामाजिक सञ्जालमा अत्यधिक रुचाइएसँगै राजनीति उदाएकी पात्रको भएको चित्रण गरेको छ। संस्थाले हरेक वर्ष १८ देखि ३५ वर्ष उमेर समूहका प्रभावशाली राजनीतिज्ञलाई यस्तो अवार्ड दिने गरेको छ।अवार्ड योङ वर्ल्ड पोलिटिसियन अफ द इयर राष्ट्रिय स्वतन्त्र पार्टी सोविता गौतम
मनाङ । हिमाली जिल्ला मनाङका पशुमा लम्पी स्किनको सङ्क्रमण फैलिँदै गएको छ । जिल्लामा पहिलो पटक असार २४ गते पशुमा सङ्क्रमण देखिएको थियो । जिल्लाका पशुमा हालसम्म लम्पी स्किनबाट दुई सय ३६ गाई, गोरु र याक सङ्क्रमित भएको भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्रका प्रमुख नारायण कुसुमले जानकारी दिए । उनका अनुसार ८९ गाई, ९६ गोरु र ५१ याक, नाक (झोपा) र चौरी लम्पी स्किनबाट सङ्क्रमित भएका छन् ।
‘लम्पी स्किनको सङ्क्रमण फैलिँदै गएकाले नियन्त्रणका लागि भेटेरिनरी अस्पतालले खोपको व्यवस्थापन गरिरहेको छ’, प्रमुख कुसुमले भने, ‘लम्पी स्किन नियन्त्रण गर्न खोप र अन्य आवश्यक सामग्री भेटेरिनरी अस्पतालले व्यवस्थापन गर्नेछ ।’
भेटेरिनरी अस्पतालले दुई हजार डोज खोप ल्याइसकेको छ। नार्पाभूमि गाउँपालिकामा बाहेक नासों गाउँपालिकामा ३६, चामे गाउँपालिकामा ९६ र मनाङ ङिस्याङ गाउँपालिकामा एक सय १४ पशुमा सङ्क्रमण देखिएको उनले बताए ।
चामे(२ स्थित थानचोक, मनाङ ङिस्याङको हुम्देस्थित क्युपार र नासों(२ को नाचे आलुबारीका पुशमा पनि सङ्क्रमणको जोखिम देखिएको छ ।
‘सरकारबाट बजेट व्यवस्थापन गर्न समस्या भएको अवस्थामा पालिकालाई हेर्नुपर्ने भनेका थियौँ, अहिले सरकारबाट खोपको व्यवस्थापन भइसकेको छ’, उनले भने, ‘अब पालिकाले पशुको सहायक उपचारको लागि एन्टिबायोटिक सुई ९जिट, मेलोक्सीकाम र रेष्टोवल इम्युनोवुष्टर०लगायत औषधि खरिद गर्न सक्ने छ।’
यी औषधि खरिदका लागि पालिकासँग सहकार्य गरिने प्रमुख कुसुमले उल्लेख गर्दै पशुपालक किसानको गोठमै पुगेर पशु प्राविधिकले लम्पी स्किन रोग नियन्त्रणका लागि खोप लगाउन पुग्ने गरेको जानकारी दिए ।
रोग नियन्त्रणका लागि स्थानीय तहले पशु प्राविधिकलाई खटाएको छ । पशुमा लम्पी स्किन देखिनासाथ सगोलमा रहेका पशुलाई छुट्याएर राख्न सुझाव दिइएको, पशुलाई टोक्ने लामखुट्टे र झिङ्गाबाट जोगाउन पशुपालक किसानलाई सचेत गराउन लागिएको, बिरामी परेका पशुलाई स्याहारसुसार गर्न र सङ्क्रमण नभएका पशुको नजिक नजान भनिएको र सरसफाइ गरेर मात्र अन्य वस्तुको स्याहार सुसार गर्न सुझाव दिइएको उनको भनाइ थियो ।
चितवन । चितवनमा डेङ्गुबाट दुई हजार तीन सय छ जना सङ्क्रमित भएका छन् । आर्थिक वर्ष २०७९ र ८० मा जिल्लामा डेङ्गुबाट चार जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार गत आवमा जिल्लाका विभिन्न अस्पतालमा १४ हजार ७२८ जनाको परीक्षण गरिएकामा तीन हजार तीन सय २४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । चितवन बाहिरका छ सय ९५ जना र ठेगाना नखुलेका तीन सय २३ जना डेङ्गुबाट सङ्क्रमित भएका थिए ।
जिल्लामा सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा डेङ्गुको सङ्क्रमण देखिएको केसीले बताए । भरतपुरमा एक हजार छ सय ४६ जना, रत्ननगर नगरपालिकाका दुई पाँच ६५ र खैरहनी नगरपालिकामा एक सय ८४ जना सङ्क्रमित भएका थिए । यस्तै राप्ती नगरपालिकामा एक सय जना, कालिका नगरपालिकामा ५५, माडी नगरपालिकामा ४० र इच्छाकमना गाउँपालिकामा १६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको केसीले बताए ।
डेङ्गु एडिस एजेप्टाइ र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल सङ्क्रमण हो । यो रोगको सङ्क्रमण देखिएका बिरामीमा टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा माँसपेशी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दाग देखापर्ने, बेहोस हुने आदि लक्षण देखा पर्ने चिकित्सकले बताए ।
डेङ्गुबाट बच्ने मुख्य उपाय लामखुट्टेबाट बच्नु हो । लामखुट्टे पानीमा बस्ने भएकाले घरको वरपर वा पानी जम्ने ठाउँजस्तैः गमला, फूलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गाडीका काम नलाग्ने टायर आदिमा पानी जम्न नदिनु, बाहिर वा लामखुट्टेले तोक्ने ठाउँमा निस्कदा शरीर ढाकिने लुगा लगाउनुपर्ने र सुत्दा अनिवार्य झुलको प्रयोग गर्नुपर्छ, साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्ने उनको भनाइ छ ।
काठमाडौँ । सुनको मूल्यले डेढ महिनाअघिको उच्च रेकर्ड तोडेको छ। बुधबार १ लाख १३ हजार १ सय रूपैयाँमा कारोवार भएको सुन आज ५ सय रूपैयाँले बढेको छ।
नेपाली बजारमा बिहीबार सुनको मूल्य हालसम्मकै उच्च अर्थात् प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १३ हजार ५० रुपैयाँ कायम छ। यस्तै, आज चाँदीको मूल्य ५ रूपैयाँले बढेको छ। बुधबार प्रतितोला १ हजार ४ सय ९० रुपैयाँमा कारोवार भएको चाँदी आज १ हजार ४ सय ९५ रूपैयाँमा कारोवार भइरहेको छ।
काठमाडौँ । रोल्पाको त्रिवेणी गाउँपालिकाले छोरी जन्मने बित्तिकै बैंक खातामा पाँच हजार जम्मा गरिदिने भएको छ । आर्थिक वर्ष ०८० र ८१ को गाउँ सभाले सो कार्यक्रम सञ्चालनका लागि नीति, कार्यक्रम र बजेट पारित गरेको छ ।
यही साउन १ गतेदेखि लागू हुने गरी सो कार्यक्रम ल्याइएको गाउँपालिकाका उपाध्यक्ष लेखमणि डाँगीले जानकारी दिए । यही साउन १ गतेपछि गाउँपालिकाभित्र जन्मने हरेक छोरीलाई उम्दा बनाउन उक्त कार्यक्रम ल्याइएको उनको भनाइ छ । बैंकमा खाता खोली जम्मा गरिने उक्त रकम २० वर्षसम्म झिक्न पाइनेछैन ।
‘छोरी जन्मिदा परिवारमा खुसियाली ल्याउन तथा छोरीमा लगानी बढाउन यस्तो कार्यक्रम अघि सारेका हौँ,’ उपाध्यक्ष डाँगीले भने । छोरीलाई आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक हिसाबले उम्दा बनाउनका लागि उक्त कार्यक्रम अघि बढाएको उनको भनाइ छ ।
कार्यक्रमबाट बालविवाह रोक्नसमेत मद्दत पुग्ने डाँगीको विश्वास छ । उक्त कार्यक्रमका लागि गाउँपालिकाले चालू आर्थिक वर्ष ०८० र ८१ मा १० लाख विनियोजन गरेको छ । गाउँपालिकाले लुम्बिनी प्रदेश सरकारसँगको साझेदारीमा उक्त कार्यक्रम गर्ने प्रस्ताव गरेको छ ।
काठमाडौं । तीन दिने भारत भ्रमणमा रहेका कृषि मन्त्री बेदुराम भुसालले त्यहाँका समकक्षीसंग भेटघाट गरेका छन् । नेपालका कृषि तथा पशुपन्छी बिकास मन्त्री भुसालले भारतका कृषि एवम् कल्याण मन्त्री नरेन्द्र सिंह तोमर र मत्यपालन, पशुपालन एवम् डेरी मन्त्री परशोत्तम रुपालासंग आज भेटघाट गरेका हुन् ।
दुबै मन्त्रीसंग भएको छुट्टाछुट्टै भेटमा कृषि उपज निर्यात देखि लम्पी स्किन नियन्त्रण र उन्नत जातका पशु निर्यात लगायत बिषयमा महत्तवपूर्ण निर्णय भएको मन्त्रीका प्रेस संयोजक दिपक अनुरागीले बताए ।
भारतका कृषि मन्त्री तोमरसंगको भेटमा मन्त्री भुसालले नेपाली किसानले उत्पादन गरेको टमाटर निर्यात गर्न आग्रह गरेका थिए । नेपालमा किसानले उत्पादन गरेको टमाटरले मूल्य नपाएको र भारतमा टमाटरको मूल्य आकाशिएको भन्दै नेपालबाट टमाटर निर्यातको प्रबन्ध मिलाइदिन मन्त्री भुसालले आग्रह गरेका थिए ।
जवाफमा भारतीय कृषि मन्त्री तोमरले अबको एक हप्ता भित्र नेपालबाट टमाटर आयातको कानुनी प्रक्रिया पूरा गर्ने प्रतिबद्धता जनाएका थिए ।
यस्तै मन्त्री भुसालले आफ्नो देशमा उत्पादन भएका किवी, ड्रायगन, एभोगाडो लगायतका फलफूल निर्यात गर्न नेपाल आतुर रहेको बताएका थिए ।
यस्तै पशुपन्छी मन्त्री रुपालासंगको भेटमा मन्त्री भुसालले लम्पी स्किन रोगको भाइरस सिड उपलब्ध गराउन आग्रह गरे । भारतीय मन्त्रीले भारतसँग जोडिएका नेपालका जिल्लामा लम्पी स्किनको निशुल्क खोप लगाइदिने प्रतिबद्धता जनाएका छन् ।
भारतीय पशुपालन मन्त्री रुपालाले नेपालमा पश्मिना प्रबर्द्धनका लागि भारतको लद्दाकका हाइबृड च्याङ्रग्रा उपलब्ध गराउने बताएका छन् भने गाईको नश्ल सुधारका लागि साइवा गाईको साढे उपलब्ध गराउने प्रतिबद्धता जनाएको मन्त्रीका प्रेस संयोजक अनुरागीले बताए ।
भारत भ्रमणमा मन्त्री भुसालसङ्गै मन्त्रालयका सचिव डा. दिपक खराल,सहसचिव डा. सन्जिब कर्ण मन्त्रीका प्रमुख स्वकीय सचिव सुशील भट्टराई छन्
काठमाडौं । तीन दिने भारत भ्रमणमा रहेका कृषि मन्त्री बेदुराम भुसालले त्यहाँका समकक्षीसंग भेटघाट गरेका छन् । नेपालका कृषि तथा पशुपन्छी बिकास मन्त्री भुसालले भारतका कृषि एवम् कल्याण मन्त्री नरेन्द्र सिंह तोमर र मत्यपालन, पशुपालन एवम् डेरी मन्त्री परशोत्तम रुपालासंग आज भेटघाट गरेका हुन् ।
दुबै मन्त्रीसंग भएको छुट्टाछुट्टै भेटमा कृषि उपज निर्यात देखि लम्पी स्किन नियन्त्रण र उन्नत जातका पशु निर्यात लगायत बिषयमा महत्तवपूर्ण निर्णय भएको मन्त्रीका प्रेस संयोजक दिपक अनुरागीले बताए ।
भारतका कृषि मन्त्री तोमरसंगको भेटमा मन्त्री भुसालले नेपाली किसानले उत्पादन गरेको टमाटर निर्यात गर्न आग्रह गरेका थिए । नेपालमा किसानले उत्पादन गरेको टमाटरले मूल्य नपाएको र भारतमा टमाटरको मूल्य आकाशिएको भन्दै नेपालबाट टमाटर निर्यातको प्रबन्ध मिलाइदिन मन्त्री भुसालले आग्रह गरेका थिए ।
जवाफमा भारतीय कृषि मन्त्री तोमरले अबको एक हप्ता भित्र नेपालबाट टमाटर आयातको कानुनी प्रक्रिया पूरा गर्ने प्रतिबद्धता जनाएका थिए ।
यस्तै मन्त्री भुसालले आफ्नो देशमा उत्पादन भएका किवी, ड्रायगन, एभोगाडो लगायतका फलफूल निर्यात गर्न नेपाल आतुर रहेको बताएका थिए ।
यस्तै पशुपन्छी मन्त्री रुपालासंगको भेटमा मन्त्री भुसालले लम्पी स्किन रोगको भाइरस सिड उपलब्ध गराउन आग्रह गरे । भारतीय मन्त्रीले भारतसँग जोडिएका नेपालका जिल्लामा लम्पी स्किनको निशुल्क खोप लगाइदिने प्रतिबद्धता जनाएका छन् ।
भारतीय पशुपालन मन्त्री रुपालाले नेपालमा पश्मिना प्रबर्द्धनका लागि भारतको लद्दाकका हाइबृड च्याङ्रग्रा उपलब्ध गराउने बताएका छन् भने गाईको नश्ल सुधारका लागि साइवा गाईको साढे उपलब्ध गराउने प्रतिबद्धता जनाएको मन्त्रीका प्रेस संयोजक अनुरागीले बताए ।
भारत भ्रमणमा मन्त्री भुसालसङ्गै मन्त्रालयका सचिव डा. दिपक खराल,सहसचिव डा. सन्जिब कर्ण मन्त्रीका प्रमुख स्वकीय सचिव सुशील भट्टराई छन्
काठमाडौँ । राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन् ।
विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ । पक्राउ परेकाको पहिचान खुलाइएको छैन । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो ।
विभागले विमानस्थल भन्सार कार्यालयको गेट अगाडि सुन बरामद गरी तत्काल दुई जना पक्राउ गरेको थियो । त्यसपछि आज बिहानसम्म थप चार जना पक्राउ गरिएको ढुङ्गानाले बताए । सुन हङकङबाट ल्याइएको खुलेको उनले बताए । नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो । “तथ्य खुल्न बाँकी छ । फरार व्यक्तिको खोजी भइरहेको छ”, उनले भने।
सम्बन्धित समाचार विमानस्थलबाट अहिलेसम्मकै ठूलो परिमाणमा सुन बरामद सुन बरामद प्रकरण एजेन्टसहित छ जना पक्राउ
भादगाउँ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता नामावली सङ्कलन र अद्यावधी गर्ने कार्य, मतदानस्थल र केन्द्र व्यवस्थापन, निर्वाचन र मतदाता शिक्षा प्रदान गर्ने कार्य तथा निर्वाचन सामग्री व्यवस्थापनबारे स्थानीय तहलाई अधिकार प्रयोग गराउनका लागि आवश्यक तयारी भइरहेको बताएको छ ।
जिल्ला निर्वाचन कार्यालय भक्तपुरले मङ्गलबार आयोजना गरेको ‘निर्वाचन व्यवस्थापनमा स्थानीय तहसँगको समन्वय र सहकार्य’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोग ऐन, २०७३ संशोधन गरी सो व्यवस्था गर्न लागिएको बताए ।
“निर्वाचन आयोग ऐन–२०७३ संशोधनको क्रममा रहेको छ । स्थानीय तहको सहमतिमा मात्र यो ऐन संशोधन गरी मतदाता नामावली सङ्कलन र अद्यावधी गर्ने कार्य, मतदानस्थल र केन्द्र व्यवस्थापन, निर्वाचन र मतदाता शिक्षा प्रदान गर्ने कार्य तथा निर्वाचन सामग्री व्यवस्थापनबारे स्थानीय तहलाई अधिकार प्रत्यायोजन गर्ने तयारी छ”, उनले भने ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मतदाता नामावली सङ्कलन र मतदानस्थल व्यवस्थापनलगायत अधिकार स्थानीय तहलाई दिनु स्वागतयोग्य भएको उल्लेख गर्दै जनप्रतिनिधि र सम्बन्धित पदाधिकारीका लागि निर्वाचनसम्बन्धी तालिम सञ्चालन गर्नुपर्ने सुझाव दिए ।
निर्वाचन आयोग स्वायत्त र स्वतन्त्र ढङ्गले अगाडि बढ्नुपर्ने धारणा राख्दै प्रमुख प्रजापतिले निर्वाचन आयोग नियन्त्रित हिसाबले सञ्चालन हुन नहुने र आयोगको कार्य सञ्चालनका लागि पर्याप्त बजेट छुट्याउनुपर्ने धारणा राखे ।
सूर्य विनायक नगरपालिकाका उपप्रमुख सरिता तिम्सिना भट्टराईले बसाइसराइ भएका र नभएका मतदाताको मतदाता नामावलीमा नाम समावेश गर्नेबारे भएको अन्योल प्रष्ट पार्न प्रमुख निर्वाचन आयुक्त थपलियासमक्ष आग्रह गरिन् ।
कार्यक्रममा भक्तपुर जिल्लाका स्थानीय तहका सबै जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधि सहभागी थिए । सो अवसरमा सहभागी राजनीतिक दलका प्रतिनिधिले मतदाता नामावली सङ्कलन र अद्यावधी तथा मतदाता र निर्वाचन शिक्षाको लागि स्थानीय तहलाई अधिकार प्रत्यायोजन गर्न उपयुक्त भएको र निर्वाचन व्यवस्थापनसम्बन्धी प्रत्यायोजनको लागि पर्याप्त छलफल गर्नुपर्ने आवश्यकता औँल्याइन् ।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू विदेश भ्रमणमा जाने भएपछि पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिएका छन् । साथै पार्टी संसदीय दलको नेताको जिम्मेवारी उपाध्यक्ष सुवास नेम्वाङलाई दिएका छन् ।
आफू कम्बोडिया जाने भएपछि उनले पार्टीको कार्यवाहक अध्यक्ष र संसदीय दलको कार्यवाहक नेताको जिम्मेवारी क्रमशः पोखरेल र नेम्वाङलाई दिएका हुन् ।
ओली गए राति नै कम्बोडिया प्रस्थान गरेका छन् । उनी त्यहाँ हुने निर्वाचन पर्यवेक्षणका लागि गएका हुन् । ओली साउन ८ गते स्वदेश फर्किने कार्यतालिका छ ।
काठमाडौं । काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सीमास्थित सूर्यविनायक नगरपालिका (९ स्थित साँगामा बस दुर्घटना भएको छ । काठमाडौँबाट बनेपातर्फ आउँदै गरेको बा ४ ख ९३९६ को बस बुधबार दिउँसो ३ ः१५ बजेतिर साँगाको पुलमुनि भिरबाट अन्दाजी २५ मिटर तल खसेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
दुर्घटनामा चालकसहित पाँच जना घाइते भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिए । उनका अनुसार, घाइते पाँचै जनालाई उपचारका लागि भक्तपुरस्थित मध्यपुर अस्पताल पठाइएको छ ।
घाइतेमध्ये चालकको अवस्था गम्भीर देखिएको प्रहरी नायब उपरीक्षक बोहोराले बताए । उनका अनुसार, गाडीमा १५ जना यात्रु सवार थिए ।
काठमाडौँ । नेपालगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७९ र ०८० मा लक्ष्यको ६२ प्रतिशत मात्रै राजस्व असुली गरेको छ । गत आवमा भन्सार कार्यालयले लक्ष्यको ६२ प्रतिशत मात्रै राजस्व असुली भएको कार्यालयका प्रमुख भन्सार अधिकृत नरबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार, कार्यालयलाई गत आर्थिक वर्षमा रु २९ अर्ब ३२ करोड ९५ लाख राजस्व असुली गर्ने लक्ष्य रहेकामा रु १८ अर्ब १९ करोड ६९ लाख राजस्व असुली भएको थियो । नेपालगञ्ज नाकाबाट आयात हुने पेट्रोलियम पदार्थबाट भन्सार कार्यालयले यसअघि सबैभन्दा धेरै राजस्व असुली गर्ने गरेको उनले बताए ।
गत वर्ष पेट्रोलियम पदार्थ आयातमा कमी भएको र मुलुकमा देखिएको आर्थिक मन्दिका कारण अन्य वस्तुको आयात बढ्न नसकेकाले राजस्व असुलीको लक्ष्य पूरा गर्न नसकिएको भन्सार अधिकृत तथा सूचना अधिकारी डिल्लीप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार गत आवमा राजस्व असुलीको निर्धारित लक्ष्य भेटाउन नसकेपछि चालु आर्थिक वर्ष २०८० र ०८१ मा लक्ष्यमा केही कमी गरिएको छ ।
चालु आर्थिक वर्षमा कार्यालयले रु २८ अर्ब ६६ करोड २५ लाख लक्ष्य पाएको छ । यो लक्ष्य पुरा गर्न साउन महिनामा मात्रै रु एक अर्ब ८१ करोड ३० लाख लक्ष्य तय भएको सूचना अधिकारी शर्माको भनाइ छ । चालु आर्थिक वर्ष २०८०र८१ मा राजस्व असुलीको लक्ष्य पूरा गर्न मुख्य नाका जमुनाहमा रु। एक सय भन्दा माथिको सामानमा भन्सार राजस्व लगाउनुका साथै ग्रामीण क्षेत्रबाट हुने राजस्व चुहावट रोक्न नियमित रूपमा भन्सार गस्ती बढाइएको उनले जानकारी दिए ।
घरेलु प्रयोजनका नाममा सीमापारी रुपैडिहा बजारबाट हजारौँको सामान खरिद गरेर राजस्व चुहावट गर्ने कार्य रोक्न केही समययता मुख्य नाका जमुनाहामा कडाइ गरिएको छ । सोही कारणले अहिले सीमापारीबाट रु एक सय भन्दा बढीको सामान खरिद गरेर ल्याउनेबाट राजस्व असुली गर्न थालिएको शर्माले बताए । उनका अनुसार मुख्य नाकामा राजस्व असुलीमा कडाइ गरिए पनि ग्रामीण क्षेत्रमा रहेका नाकाबाट हुँदै आएको तस्करी र अवैध आयात भने रोकिएको छैन ।
बाँकेको भारतसँग जोडिएको ६५ किलोमिटर खुला नाकामा तस्करी र अवैध आयात रोक्न सशस्त्र प्रहरीले कडा अभियान चलाएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत थापाको दाबी छ ।
काठमाडौँ । पुरानो ढाँचा अनुसार निर्माण गर्नका लागि आवश्यक उपकरण नपाइएपछि ग्वार्खोस्थित फ्लाई ओभरमा ढाँचा पुनरावलोकन गरेर निर्माणअघि बढाइने भएको छ । पहिले प्रयोग गरिने भनिएको प्यानल (फल्याक) भारतमासमेत नपाइएपछि अहिले नेपालमा पाइने किसिमको प्यानल प्रयोग गरेर निर्माण गर्न लागिएको हो । पहिले ढाँचामा उल्लेख भएभन्दा फरक प्यानलको प्रयोग गर्नका लागि ढाँचासमीक्षा गर्नुपर्नेमा अहिले त्यसलाई अघि बढाइएको सडक विभाग, गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ ।
फ्लाई ओभरका विभिन्न किसिमका काममध्ये जगको काम रोकिए पनि अरु काम भइइरहेको केन्द्रका इञ्जीनीयर रवीन्द्र श्रेष्ठले जानकारी दिए । फ्लाई ओभरको ‘प्यानल स्लाव’को काम निर्माणस्थलमा भइरहेको उनले बताए । वालको प्यानल स्लाब पहिले भूइँमा बनाएर जडानपछि जडान हुने गरी तयारी गरिएको छ । प्यानल फ्लाईओभर निर्माण भएको ठाउँ नजिकै ढलान भइरहेको उनले बताए ।
झण्डै दुई हजार चार सय ठुला प्यानल बनाउनुपर्ने केन्द्रले जनाएको छ । बनिसकेपछि क्रेनले उचालेर पुल बन्ने ठाउँमा लगेर राखिने उनले बताए । दैनिक २४ ढलान गर्न सकिने फर्मा निर्माण कम्पनीसँग रहेको छ । कहिलेकाहीँ एक दिन काम नभए पनि अर्को दिन गरिँदै आएको इञ्जीनीयर श्रेष्ठले बताउनुभयो । जम्मा दुई हजार चार सय बनाउनुपर्ने र त्यसका लागि बढी समय लाग्ने हुन्छ । उनले भने, “त्यसले बढी समय खाने हुँदा निरन्तर भइरहेको छ ।”
ढाँचामा थोरै परिमार्जनका लागि निर्माण कम्पनीले प्रस्ताव गरेको उनले बताए । पहिले निर्माण कम्पनीले थोरै सङ्ख्यामा गहिरोसँग पाइल राख्ने गरी डिजाइन पेस गरेको थियो । यसको लागि आवश्यक उपकरण नेपालमा नपाइने हुँदा उसले भारतमा खोजी गरेको थियो । भारतमा पनि त्यो पाउन नसकिएपछि अहिले फरक किसिमको पाइल प्रयोग गर्ने योजना बनाएको उनले बताए ।
पहिले थोरै सङ्ख्यामा गहिरो गर्ने उल्लेख भए पनि अब धेरै सङ्ख्यामा प्रयोग गरेर त्यसको लम्बाइ घटाउने गरी गर्न लागिएको इञ्जीनीयर श्रेष्ठले जानकारी दिए। पहिले एउटा साइडमा चार वटा पाइल राख्ने योजना भएकामा अहिले १२ पाइल गरेर लम्बाइ कम गर्ने गरी योजना बनाइएको उनले बताए । उनले भने, “त्यस्तो सामग्री नेपालमा पाइने हुँदा त्यसको प्रयोग गर्न लागिएको हो ।”
ठेक्काको अवधि दुई वर्ष रहेको थियो । आगामी फागुनसम्म अवधि रहेको भए पनि अहिले निर्माण केही सुस्त रहेको छ । उनले भने, “निर्माण कम्पनीले सुरुका काम अलि ढिला हुने भए पनि अन्तिमका काम द्रुतगतिमा गरेर सकाउछु भनेको छ ।”
सुरुको तालिका अनुसार अहिले नै काम केही ढिला भइसकेको छ । अहिले ढाँचा पुनरावलोकन भएर आउँदा केही समय कुर्नुपर्ने भएको उनले बताए । निर्माण कम्पनीले अब बाँकी समयमा निर्माणको काम सम्पन्न गर्न सक्ने बताएको उनले बताए । उनले भने, “अझै पनि निर्माण कम्पनीले समयमा गरिसक्छु भनिरहेको छ ।”
फ्लाईओभर निर्माणका लागि सडक विभागले गत मङ्सिर महिना देखि बीचको लेन बन्द गरेको छ । बालकुमारी पुलबाट ग्वार्खो चोकसम्म बीचको चार लेन बन्द गर्दा ग्वार्खो चोकमा दैनिक जामको समस्या आइरहेको छ । सरकार आफैँले इपिसी ९इन्जिनियरिङ प्रोक्युअमन्ट् एण्ड कन्सट्रक्सन० मा सम्झौता गरी ‘फ्लाईओभर’ निर्माण अघि बढाएको हो ।
यो ठेक्का प्रक्रियामा ‘डिजाइन एण्ड विल्ड’ का लागि गरिएको सम्झौताजस्तै डिजाइनको काम पनि निर्माण कम्पनीले नै गरेको केन्द्रले जनाएको छ । ‘फ्लाईओभर’ को विसं २०७८ फागुनमा डिजाइन सुरु भएको थियो । सरकार आफैँले निर्माण गर्न लागेको पहिलो ‘फ्लाईओभर’ सरकार र निर्माण व्यवसायी दुबैका लागि नयाँ हो । अहिलेसम्म ‘फ्लाईओभर’ निर्माणको अनुभव नेपाली व्यवसायीसँग नभए पनि धेरै सडक र पुल बनाइसकेकाले जिम्मेवारी नेपाली व्यवसायीलाई नै दिइएको सडक विभागले बताउँदै आएको छ ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै ‘फ्लाईओभर’ को उचाइ छ मिटर हुने केन्द्रले जनाएको छ । बालकुमारी तर्फबाट चार प्रतिशतको ग्रेडमा चढेपछि फ्लाईओभर पुगिनेछ । त्यतातर्फ दुई सय ८० मिटर लामो ‘र्याम’ हुने र सातादोबाटो तर्फ झर्न एक सय ७५ मिटर लम्बाइको र्याम’ हुने बताइएको छ । ‘सुपर स्ट्रक्चर’ ३५ मिटर लम्बाइको हुने ‘फ्लाईओभर’ को जम्मा लम्बाइ चार सय ९० मिटर हुनेछ । मङ्गलबजारबाट इमाडोल वा इमाडोलतर्फबाट मङ्गल बजारतर्फ जाने सवारीसाधन पुल मुनिबाट जानेछन् भने माथि चक्रपथतर्फ जाने सवारी साधन सिँधै चल्ने बताइएको छ ।
यसको निर्माणका लागि आरसी, समानान्तर र रेलिग्रे जेभीसँग सम्झौता भएको थियो । यसको बजेट रु। १७ करोड ६८ लाखमा रहेको छ ।