रौतहटमा कोदालो चलाउदै,एक किसानक‍ो मृत्यु , प्रभू साह द्वारा राहतको माग 

रौतहट २५ असार 

रौतहट संसदिय निर्वाचन क्षेत्र नम्बर ३  मौलापुर नगरपालिका अन्तर्गत खेतमा कोदालो चलाईरहेको अबस्थामा एकजना किसानको मृत्यु भएको छ। आफ्नै खेतमा कोदालो चलाईरहेको अबस्थामा मौलापुर ९ सोनरनिया टोलका  ५५ वर्षिय मनिर मिया अन्सारीको मृत्यु भएको हो। आईतवार   आफ्न‌ै खेतमा कोदालो चलाउदा चलाउदै अन्सारी ढलेर अचेत भएका थिए। तत्कालै उनलाई एमबुलेस बाट प्रादेशिक अस्पताल गौर पठाउँदा चिकित्सकले अन्सारीलाई मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख इन्सपेक्टर नन्दकिशोर चौहानले बताएका छन। मृतक पछिल्लो समय बोन टीबीको रोगि रहेकाे तथा घाममा कोदालो चलाउँदा हृदयघात भएर मृत्यु भएको हुनसक्ने डाक्टरले अनुमान गरेका छन। मृतकको परिवारजनको आग्रहमा पोष्टमार्टम नगरी अन्सारीको शब बुझेर मुस्लिम धर्मको रिती अनूसार सतगत गरिएको ईलाका प्रहरी कार्यालय मौलापुरले जनाएको छ।

मृत्यु भएको छ । 

यसैबीच पूर्ब मन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभू साहले किसान मनिरअन्सारीको मृत्यु प्रति दुःख ब्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन। उनले मृतक किसान परिवारलाई राहत स्वरूप क्षतिपूर्तिको लागि सरकार संग माग गरेका छन। संघिय सांसद प्रभू साहले भने आज देशमा अन्नदाता किसानको अवस्था कति पिडादायी छ ? भन्ने विषय मनिर मिया अन्सारीको मृत्युले स्पष्ट गर्दछ । खेतमा काम गर्दा गर्दै निधन हुने किसानको परिवारलाई राहतको ब्यवस्था गर्न उचित देखिएकोले मृतक मनिर मियाको परिवारलाई राहत स्वरूप अवश्यक क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकार समक्ष जोड़दार माग गर्दछु ।

सञ्जय मिश्रा

बिधालय लाई जागा दिने दाताको सालीक निर्माण

रौतहट २५ असार। रौतहटको पुरविभेग दूर्गा भगवती गाउँ पालिका अन्तर्गत एक सामुदायीक विद्यालयलाई जग्गा दान गरेका दाताको सालीक निर्माण गरिएको छ।

शिक्षाकै इतिहासमा पहिलो पटक, गाउँ पालिका अध्यक्ष श्री शम्भु सिंहको पहलमा  ज़िल्लाकै दोस्रो विद्यालय  सरस्वती मावि गंगापिपरा को जग्गा दाता स्व. सर्जुग प्रसाद सिंहको सालिक निर्माण गरिएको छ। अध्यक्ष सिंहले जग्गा दाता स्वर्गीय सिंहको सालिक बनाई एतिहासिक सम्मान दिनु को साथै शिक्षा क्षेत्रमा दीप प्रजोलन गरेकाे वडा अध्यक्ष धमेन्द्र कुमार झाले जानकारी दिएका छन।

रौतहटमा ९ थान सालकाे गोलीयासहीत मुखिया पक्राउ

रौतहट २५ असार। रौतहट स्थित सशस्त्र बन सुरक्षा गस्ती टोलीले ९ थान अबैध सालको गोलीया काठ सहित एकजना तस्करलाई पक्राउ गरेको छ।

सेक्टर बन कार्यालय चोंचाका प्रमुख राजेश कुमार साहको कमाण्डमा गएको गस्ती टोलीले ९ थान गोलिया 

काठ सहित गुजरा ७ पल्टुवाका अच्छे लाल मुखियालाई पक्राउ गरेको हो।

राष्ट्रीय बन बाट तस्कर समूहले ठूलो परिमणमा काठ कटानी गरेर ल्याइरहेको सूचनाको आधारमा खटि गएको गस्ती टोलीले पल्टुवा गाउँ भन्दा दक्षिण नगरमा गएराती १० बजे ९ थान काठ,९ थान साईकल सहित तस्कर मुखिया लाई नियन्त्रणमा लिएको थियो। मुखिया संगै गएका अन्य ८ जना तस्कर भने गस्ती टोली लाई हेरर साईकल सहित काठ छोडेर भाग्न सफल भएको सेक्टर प्रमूख साहले बताएका छन।

बरामद काठ साईकल सहित पक्राउ परेका तस्कर अच्छे लाल मुखिया सेक्टर वन कार्यालय चोंचाको नियन्त्रणमा रहेको तथा फरार तस्करको खोजि भइरहेको डिवीजन बन कार्यालय रौतहटका प्रमूख सुनिल कुमार कर्णले बताएका छन।

तस्करहरु बाट बरामद सवा ४२ क्युबीफिट सालको गुलिया काठको बजार मुल्य १ लाख ५० हजार भन्दा बढी पर्ने अनुमान गरिएको छ।

वर्षायाम सुरु भएसँगै रौतहटमा काठ तस्करहरु राती राती राष्ट्रीय तथा सामुदायीक बन बाट चोरीलुकी साईकलमा राखेर सालको काठ ढुवानी गर्ने गर्दछन्।

सञ्जय मिश्रा

करोडौं लिएर उद्योगी भागेपछि कटहरियाका ब्यापारी कठिनाईमा

रौतहट २०असार। उद्योगी विन्देश्वरी साह तेली बैंक र स्थानियको करोडौं रुपैयाँ लिएर भागेपछि कटहरियाका अन्य उद्योगी तथा व्यवसायी माथी अविश्वास बढ्दै गएको छ।
उधोगी तेलीले सुनियोजित रुपमै दुईवटा बैंक र स्थानियको सहित ८ करोड भन्दा बढी रुपैयाँ लिएर भारत तर्फ गएपछी स्थानिय उधोगी, ब्यापारी तथा व्यवसायी माथी अविश्वास बढ्दै गएको हो।
जिल्लाकै पुरानो मध्येका चर्चित बजार कटहरिया रौतहट संसदिय निर्वाचन क्षेत्र ३ को मुटु सरह रहेको छ। बजारमा ईलाका प्रहरी कार्यालय, नगरको कार्यालय, नेपाल बैंक, एन आईसी बैंक, आधादर्जन बढी वितिय संस्थाका साथै कपड़ा, किराना, हार्डबेयर, औषधीको दर्जनौं होलसेल खुदरा पसल संगै कैयौं उद्योग समेत सञ्चालन रहेको छ।
यहाँका ब्यापारी तथा उद्योगपतिले नगद तथा उधारोमा करोडौंको कारोवार गर्दै आएको थियो। पारापुरवकाल देखि ब्यापारी र महाजन साहु बीच सुमधुर सम्बन्ध कायम रहेको थियो। स्थानीय व्यापारीको शक्ती कारोबार र व्यवहारको आधारमा मागे अनुसारको गौर, बिरगंज, देखि नेपालको अन्य ठुला सहारका साथै भारत बिहार राज्यको घोडासहन, बैरगनिया, सीतामढी, मुजफरपुरका साहु महाजनले उधारोमा पठाउने गरेको थियो। पछि साहुको मानिस कामदार हप्तामा किस्ताको रुपमा भुक्तानी लिएरजाने गरेको कपड़ा ब्यापारी योगेन्द्र साहले बताएका छन्।
त्यतिमात्र नभई कटहरियाका व्यापारीले नेपाल बैंक, राष्ट्रीय बाणिज्य बैंक, कृषि विकास बैंक,एन आईसी बैंक, ग्लोबल बैंक लगायत दर्जनौ बीतिय संस्था बाट अरबौँ व्यापारिक कर्जा लिएर कारोवार चलाउँदै आएको थियो।
कटहरिया नगरपालिका ५ घरभई जलैया चौकमा गणेश चिउरा उद्योग सञ्चालन गरेका उद्योगी विन्देश्वरी साहले एभरेष्ट बैंक चन्द्रनिाहपुरबाट ३ करोड,एन आईसी एसिया बैंक गौर बाट ३ करोड र स्थानियको २ करोड भन्दा बढी गरी ८ करोड भन्दा बढी रुपैयाँ लिएर वैशाखको दोस्रो साता कसैलाई जानकारी नदिएर भारत तर्फ भागेको स्थानीयहरूले बताउँदै आएका छन्।
गत बैशाख १३ गते एन आईसी एसिया बैंक गौर शाखा बाट गणेश चिउरा उधोगको नाउँमा ३ करोड रुपैयाँ लिएको केहीदिन भित्रै परिवारका मानिस लिएर भारत बागेश्वर धाम जाने बाहानामा उधोगी साह घरबाट बाहिरिएको एकजना गल्ला ब्यवसायी रामबाबु साह कलवारले बताएका छन्।
उनि बाहीर गएको भोलिपल्ट ट्रक पठाएर कट हरिया स्थित घरको सम्पूर्ण सामान राति २ बजे लोड गराई ससुराली बारा पचरौता पठाएको गल्ला ब्यवसायी कलवारले जानकारी दिएका छन। उधोगी तेली ले दुई बैंकका साथै स्थानिय प्रमाशंकर साह, रामबाबु साह, राजगीर साह, किशोरी साह, दुखा बानिया,रामापुकार साह, रामबाबु बानिया, अनुठा साह सोनार लगाएतका ब्यापारी संग ब्याजमा भनेर दुई करोड भन्दा बढी रुपैयाँ लिएर फरार भएकोे गल्ला व्यवसायी कलवारले जनाएका छन्।
यसरी साहू महजन,र वैंकको करोडौं रुपैयाँ लिएर उद्योगी तेली रातारात फारार भएपछी अहिले बाहिरका साहु महाजनको साथै बैंकर्सको समेत ब्यवहार परिवर्तन भएको स्थानिय व्यापारीहरूले दुःखेसो पोखेका छन्।
बिगतमा लाखौं लाख उधारो कारोवार गर्दै आएका कपड़ा, किराना, गल्लाका बाहिरिया साहुहरु अहीले उधारो कारोवार गर्न डराइरहेका छन्।
सधैं सुमधुर सम्बन्ध हुने कटहरीयाका ब्यापारीले माग गरे अनुसारको उधारो सामान पाउन नसकेको अर्का कपड़ा ब्यापारी नसरुदिन अन्सारीले गुनासो गरेका छन। त्यतिमात्र नभई पुरानो लगानि गरेका बैंकले लगानि कर्जा उठाउन तल्लिन भएका छन् भने नया कर्जा लगानी गर्न बैंकहरु नमानि रहेको अन्सारीको भनाई छ। कैयौं महाजन तथा बैंकर्सले कुरै कुरामा उद्योगी विन्देश्वरी जस्तै पैसा लिएर भाग्ने ताहोईन भनेर प्रश्न तेर्सउने गरेको ब्यापारी अन्सारीले गुनासो गरे।
नेपाल बैंक लिमिटेड कटहरियाका प्रबन्धक आनन्द कुमार यादवले कर्मचारी कै कमजोरीले त्यस्तो घटना हुनेगरेको बताए। एकजना उद्योगी व्यापारी पैसा लिएर भाग्दैमा बैंक हरेस खाने अबस्था छैन तथापी यस्ता घटना भएपछी कटहरिया लगायतका बजारमा व्यवसायिक गलानी गर्नुपर्दा बैंकर्सले सजगता अपनाउन जरूरी रहेको प्रबन्धक यादवले जानकारी दिएका छन्।

सञ्जय मिश्रा

एमाले बिना विकास र सवृद्धिको यात्रा अधुरो प्रदेश ईन्चार्ज भट्टराईको दावी मधेश दृष्टि

रौतहट । नेकपा एमालेले मधेश प्रदेशका ईन्चार्ज योगेश भट्टराईले नेकपा एमालेकाे नेतृत्व बिना मुलुकमा विकास र समृद्धिको यात्रा अधुरो तथा असम्भव रहेको दाबी गरेका छन।

अबको दिनमा मधेश प्रदेशमा आक्रामक ढंगले पार्टी संगठनका कामलाई अगाडी वढाउने निर्णय गरिएको समेत बताएका छन । नेकपा एमालेका केन्द्रीय सचिव समेत रहेका भट्टराईले मंगलवार महोत्तरीको वर्दीवासमा प्रदेश स्तरीय कार्यकर्ता भेला कार्यक्रमकाे उद्घाटन गर्दै मधेश प्रदेश कमिटीको पुर्ण वैठकले उक्त निर्णय गरेको बताएका छन । भट्टराईले नेकपा एमालेले केन्द्र र मधेश प्रदेशमा सुविधाजनक वहुमतको सरकार नबनाए सम्म मधेशको विकास र सवृद्धिको यात्रा अधुरै रहने धारणा राखेका थिए ।

एमाले दक्षिण एसियाकै सवै भन्दा चुस्त संगठन र सवै भन्दा व्यवस्थित पार्टी भएको विभिन्न अध्ययनले देखाएको बताउँदै भने उर्वर माटो र श्रुजनसिल जनशक्ति भएको मधेशमा एमाले मात्र उचित राजनैतिक नेतृत्व दिन सक्ने छ । नेपालको परराष्ट्र नीति, राष्ट्रियता र विकासको सहि मार्ग एमालेसँग मात्र रहेको तर्क गर्दै । भट्टराईले पार्टीको लोकप्रिय नेता हुन जनतासँग रम्न सक्नु पर्ने भएको तथ्य सवै एमालेजनले वुझुनु पर्ने धारणा राखेका थिए । उन ले स्मार्ट फोन जसले वोक्छ त्यसको हातमा नै एमालेको भरपुर सामाग्री भएकाले प्रविधिको समुचित सदुपयोग गर्न सुझाव दिए । मधेश प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादवको अध्यक्षतामा भएको वैठकले मधेश प्रदेश कमिटीको अधिवेशन आगामी

असोज ५ र ६ गते जनकपुरधाममा गर्ने निर्णय गरेको छ । यस्तै वैठकले सदस्यता नविकरणको काम असार २५ गतेसम्म सक्ने, असार भरिमा मधेश प्रदेशका आठ वटै जिल्लाको वैठक सम्पन्न गर्ने, नयाँ सदस्यता प्रदान भदौ १५ सम्म गरिसक्ने, आगामी भदौ २० गते जनसंगठन र पुस महिनासम्म पार्टी तथा सवै स्थानीय कमिटीको अधिवेशन सक्ने निर्णय गरेको छ । जनकपुरधामा हुने अधिवेशनको लागि विभिन्न उप समिती पनि वैठकमा घोषणा गरिएको छ ।

वैठकमा स्कुल विभाग संयोजक पुरुषोत्तम पौडेल, प्रचार संयोजक अरविन्द सिंह र जनसंगठन संयोजक सरोज यादवले भदौसम्मको लागि आआफ्ना विभागका कार्ययोजना पेश गर्नुभयो । वैठकमा मधेश प्रदेशका आठ जिल्लाका इन्चार्ज, पार्टी मधेश प्रदेशका केन्द्रीय सदस्य, संघिय एवं प्रदेश सांसद, विभिन्न केन्द्रीय विभाग जिम्मेवार नेता सहित प्रदेश कमिटीका सदस्यको सहभागीता थियो ।

वैठकमा प्रदेश उपाध्याक्ष रेबती पन्तले निर्णय भएका विषय र उपसचिव आरती भण्डारीले विभिन्न प्रस्तावहरु वाचन गरेका थिए। वैठकले विभिन्न प्रस्ताव पारित गर्दै कृषकलाई राशाइनिक मलको व्यवस्था गर्न, प्राकृतिक श्रोतको दोहन रोक्न, प्राकृतिक प्रकोपवाट हुन सक्ने क्षती न्युनिकरणका काम गर्न, सुकुम्वासीका समस्या समाधान गर्न, घरेलु हिंसा, महिला एवं अन्य प्रकारका विभेद रोक्न, एमाले कार्यकर्ता एवं विभिन्न सोधासिधा जनतालाई झुटामुद्दा लगाएकोले फिर्ता लिन, विगतमा एमाले सरकारले मधेशमा ल्याएको विकास योजनाहरुलाई निरन्तरता दिन, काठमाडौ तराई द्रुतमार्ग चाडो वनाउन आदि विषयमा ध्यानाकर्षण गराएको बैठकमा सहभागी प्रदेश कमिटि सदस्य हरिवंश मैनालीले बताए ।

नेप्सेमा ३९.२६ अंकको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से ३९.२६ अंकले घटेर दुई हजार ४९ दशमलब ४४ विन्दुमा झरेर बन्द भएको हो ।   

नेप्से घटेपनि यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। अघिल्लो दिन साढे २ अर्बबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २७७ स्टकको ५३ हजार १०३ पटकको कारोबारमा ३ अर्ब ७ करोड ३९ लाख ९२ हजार रुपैयाँ बराबरको ८० लाख ९२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।   

आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा सिटी होटल्सको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ६१५.६० रहेका छ भने रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयरमूलय पनि ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता २७४.२० रुपैयाँ पुगेको छ ।   

आज सबैभन्दा बढी बिपीडब्लु लघुवित्त वित्तीय संस्था र मोदी इनर्जी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज १६ करोड ४९ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।  

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेका छन्। जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३.३१ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन जलविद्युत, लगानी, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, वित्त, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

हामीलाई प्रधानमन्त्रीको जवाफ होइन राजीनामा चाहियो: ओली

काठमाडौं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफ होइन राजीनामा चाहिएको बताएका छन्।

आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेसहित प्रतिपक्षी दलहरुले आपत्ति जनाउँदै प्रधानमन्त्रीको राजीनामा मागेका छन् । बुधबार बसेको संघीय संसदको दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधिसभा बैठकमा एमाले सांसदहरुले प्रधानमन्त्रीको राजीनामा माग्दै बैठक नै अवरोध गरेका थिए ।

प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा एमाले अध्यक्ष ओलीले संसदमा प्रधानमन्त्रीको जवाफ नभई राजीनामा चाहिएको बताएका हुन् ।प्रधानमन्त्री प्रचण्डले स्वाभिमान र स्वाधीनताविपरीतको अभिव्यक्ति दिएकाले राजीनामा दिनुपर्ने उनको भनाइ छ ।

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभा बैठक आज बस्दै छ । आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० को सबन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ ।

सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् ।

सो विधेयकमाथि छलफल भएपछि त्यसमा आएका संशोधनहरू निणार्याथ प्रस्तुत हुनेछ भने त्यस विधेयकलाई आजै पारित गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

आईएमई लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने मिति सर्यो

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्सले आज (असार २० गते) देखि निष्काशन तथा बिक्री खुला गर्ने भनिएको आईपीओमा आवेदन दिने मिति सरेको छ। इन्स्योरेन्सको आईपीओमा अब असार २१ गते अर्थात भोलीदेखि आवेदन दिन सकिनेछ। प्राविधिक कारणले निष्काशन अवधि परिवर्तन गरिएको इन्स्योरेन्सले जनाएको छ।

इन्स्योरेन्सले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरी प्रतिशेयर कुल २३६ रुपैयाँ ९१ पैसामा शेयर निष्काशन गर्न लागेको हो।

यस्तो छ २० असार २०८० आज बुधबारको राशिफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजबाट पुराना र रोकिएका कार्य पुनस् प्रारम्भ हुनेछ । गरेको कार्य सम्पादनमा सहजता मिल्नेछ, तर चोटपटकको भय छ, सचेत रहनुहोला ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज रमणीय र सुखद् यात्राको योग छ । दैनिक कार्यमा प्रगति हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । दिनको उत्तरार्ध बढी सुखद् रहनेछ ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) रमाइलो यात्राको योग रहेको छ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट सफलता मिल्नेछ ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आँटेको र ताकेको कार्य पुरा होला । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

बृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । आर्थिक कारोबारमा विवाद आउनेछ । नजिक व्यक्तिबाट धोका पाइन सक्छ, सचेत रहनुहोला ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज रमणीय र सुखद् यात्राको योग छ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

बृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आर्थिक कारोबारमा मन्दी आउनेछ । मनमा दुबिधा उत्पन्न होला । सौन्दर्यतामा धन खर्च हुनेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला ।

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) प्रेमीको सहयोग प्राप्त हुनेछ । टेक्निकलको क्षेत्रमा रुचि बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रतिस्पर्धामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ भने आफन्त तथा विश्वास गरेकैबाट धोका हुनसक्छ ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । शुभकार्यको चर्चा चल्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । सामाजिक कार्यमा मन जानेछ ।

गुडिरहेको ट्रकमा करेन्ट लागेर रौतहटका खलासीको मृत्यु

रौतहट १९ असार। सर्लाहीको ग्रामीण भेगमा गुडिरहेको एउटा ट्रकमा करेन्ट लागेर रौतहट घर भएका खलासीको मृत्यु भएको छ । करेन्ट लागेर ट्रकको चालक गम्भीर घाइते भएका छन्।

चन्द्रनगर गाउँपालिका-७ मा गुडिरहेको ना ४ ख ६९७६ नम्बरको ट्रकले बिजुलीको तार छुँदा ट्रकका खलासी रौतहटको वृन्दावन नगरपालिका २ विश्रामपुरका २४ वर्षीय सञ्जय मुखियाको मृत्यु भएको सर्लाही प्रहरिले जनाएको छ।

 ट्रकका खलासी मुखियाको घटनास्थलमै भएको प्रहरीले जनाएको छ।घटनामा ट्रकका चालक बाराको निजगढ नगरपालिका ६ का ५२ वर्षीय प्रेमबहादुर राउत गम्भीर घाइते भएर  सामान्य उपचारगरी थप उपचारको लागि वीरगन्ज लगिएको छ।

सोमबार चन्द्रनगर गाउँपालिका ७ बाट धानको भुस लिएर सर्लाहीकै ब्रह्मपुरीतर्फ जाँदै गरेको ट्रक हाई भोल्टेजको बिजुलीको तारमा छोइँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

सञ्जय मिश्रा 

चोंचा बनको प्रमुखमा पुनः राजेश आएपछि तस्करको भागा-भाग

रौतहट १९ असार । लामाे समयको अन्तराल पछि रौतहट स्थित सेक्टर वन कार्यालय चौंचाको प्रमुखको रूपमा राजेश साहले जिम्मेवारी पाएपछि काठ तस्करको भागाभाग भएको छ।

पछिल्लाे समय बन कर्मचारी कै मिलोमतोमा काठ तस्करी गरेर मोटाएका तस्करहरु चौंचा सेक्टर वन प्रमूखमा राजेश साह आएपछि भागाभाग भएको हो।

चारदिन अघिमात्र कार्यालय प्रमुखको जिम्मेवारी पाए संगै उनि राष्ट्रीय तथा सामुदायीक बनको सुरक्षामा अहोरात्र खटिएका छन्।

अधिकृत राजेश साहको कमाण्डमा गएको गस्ती टोलीले आईतवार राति दुर्इवटा साईकल सहितकाे अवैध सालको काठ बरामद गरेको छ।

६ जन्ना  तस्करले  २ वटा साइकलमा सालको २ थान काठ गोलिया चोचाको जङलबाट काटेर ठुलिको लिक हुदै हरिहरपुर लैजाने क्रममा सुराकिको आधारमा चोचा बनका कर्मचारीहरु बाटो छोपि बस्दा तस्करहरु साईकल समेत काठ छोडेर भागेका थिए।  बजार भाउमा झन्डै६०हजार मूल्य बराबरको १५  क्युफिट सालको काठ र साईकल बरामद गरी आवश्यक कार्वाहिको लागी सेक्टर वन कार्यालय चोचामा लागिएको तथा थप अनुसन्धान भइरहेको प्रमूख राजेश साहले जानकारी दिएका छन।

घोराही सिमेन्टको आईपीओ रद्द गर्न विप्लव समूहको माग

काठमाडौं । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) ले घोराही सिमेन्टको आईपीओ रद्द गर्न माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा ज्ञापनपत्र बुझाएको छ । समूहले मंगलवार नेपाल धितो पत्र बोर्ड खुमलटार पुगी धितोपत्र बोर्ड अध्यक्ष रमेश हमालसमक्ष एक ज्ञापनपत्र बुझाउँदै विना शर्त घोराही सिमेन्ट आइपीओ प्रकृया रद्द गरी सर्वसाधारणको लगानी फिर्ता गर्नुपर्ने अन्यथा जस्तोसुकै कदम चाल्ने चेतावनी दिएको हो ।

विप्लव समूह ललितपुर जिल्ला कमिटिले बुझाएको ज्ञापनपत्रमा घोराही सिमेन्ट आइपीओ प्रकरण मीहीन ढंगले छानबिन गरी संलग्न सबै पक्षलाई कारबाही गर्न समेत माग गरेको छ ।ज्ञापनपत्र बुझाउँदै उक्त समूहले पूँजीबजारमा आम सर्वसाधारणको लगानीकर्ता जो आमरुपमा आधारभुत वर्गका जोडिएका छन्,तिनलाई उज्वल भविश्यको मृगतृष्णा अनुभूति गराएर पूँजिबजारमा आकर्षिंत गरिएको तर सिमित वर्गहरुले तिनका पैसामा चलखेल गरिरहँदा पनि नियामक निकाय धितोपत्र बोर्ड किनाराको साक्षी बनेको भेटिएको आफुहरुलाई स्विकार्य नभएको उल्लेख छ ।

योसँगै धितोपत्र बोर्डले तत्काललाई आईपीओ निष्कासन रोक्का गर्न निर्देशन दिएको छ। केयर रेटिङ नेपाललाई कम्पनीको प्राथमिक सेयर रेटिङ नियम विपरीत गरे/नगरेको भन्दै तीन दिनभित्र जवाफ पठाउन बोर्डले गत जेठ ३० गते पत्राचार गरेको थियो । रेटिङ कम्पनीले तोकेको दिनमा जवाफ नपठाएको भन्दै प्राथमिक शेयर निष्कासनमा रोक लगाइएको हो ।

कम्पनीको आईपीओ प्रकरणमा सम्बन्ध राख्ने सम्पूर्ण सरोकारवाला निकाय र सिफारिस गर्ने कम्पनीलाई सुक्ष्म ढंगले अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन समेत जोडदार माग गरेको छ ।

‘सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्न घोराही सिमेन्ट कम्पनीको संस्थागत शुशासनका सूचकांक, प्रोस्पेक्टसमा पेश भएका झुठा विवरणहरु, आधारभूत तथ्यांकहरु र अन्य समग्र वित्तीय अवस्थाको तथ्य र तथ्यांकहरू, जो तोडमोड गरिएको छ, ती समग्र कुराहरु अध्ययन गरी विवरण प्रमाणित गर्ने सम्पूर्णहरुलाई अबिलम्ब कारबाही गरियोस् ।’ ज्ञापनपत्रमा भनिएको छ ।

क्रेडिट रेटिङको सन्दर्भमा व्याप्त आशंकाहरुलाई निरुपण गर्न अन्य रेटिङ कम्पनीहरु मार्फत स्वतन्त्र रुपमा उक्त कम्पनीको क्रेडिट रेटिङ गराई इक्रा नेपाललाई पूर्ण अनुसन्धानको दायरामा ल्याएर ल्याउन समेत माग गरेको छ ।

बुक बिल्डिङ सिस्टममार्फत आधारमूल्य तय गर्दा कम्तिमा १० वटा संस्थागत लगानीकर्ता कम्पनीको प्रस्तिस्पर्धात्मक सहभागिता सुनिश्चित गराई प्रतिस्पर्धात्मक कम्पनीहरुको नाम अनिवार्य सार्वजनिक गर्न माग गरेको छ ।

विभिन्न निकायमा बिक्रीका लागि जारी गरिएको आईपीओमा पूर्ण रुपमा नबिक्नुले प्रिमियममा मूल्य बढी भएको र आईपीओ नबिक्ने भएपछि घोराही सिमेन्ट कम्पनी, कम्पनीको आईपीओ बिक्री प्रबन्धकहरु हिमालयन क्यापिटल र नबिल क्यापिटल, अन्डर राइट्स लिने नागरिक लगानी कोष सहित संस्थाहरुले षडयन्त्र पूर्वक कृतिम माग सृजना गरी नक्कली आवेदक मार्फत ओभरसब्सक्राइब्ड गराई लगानीकर्तालाई ठग्ने नियर राख्ने सबैलाई अबिलम्ब गरी कारबाहीको दयारामा ल्याउन पार्टीले माग गरेको छ ।

उक्त माग सम्बोधन नगरे पार्टी नीति अनुरुप जनहितको रक्षाको लागि सशक्त संघर्षमा उत्रने समेत चेतावनी दिएको छ ।

घोराही सीमेन्ट आइपीओ प्रकृयामाथिको छानबिन कसरी भैरहेको छ र लगानीकर्ताको रकम के हुन्छ भन्ने प्रश्नमा नेपाल धितोपत्र बोर्ड अध्यक्ष रमेश हमालले छानबिन भैरहेको र अन्तमि टुंगोमा नपुगेको बताए । उनले दोषी उपर कारबाही हुने र लगानीकर्ताले इच्छा गरे रकम फिर्ता पाउने जानकारी गराए । प्राथमिक सेयर (आइपीओ) माथि गर्न यतिखेर नेपाल धितोपत्र बोर्डका सुपरिवेक्षण विभाग प्रमुख दिनेश ताम्राकारको संयोजकत्वमा समिति गठन भएर छानबिन भइरहेको छ ।छानबिन समितिले घोराहीको सम्पूर्ण पक्ष, रेटिङ कम्पनी र अन्डरराइटरमाथि पनि छानबिन भइरहेको बताएको छ ।

निष्काशन भएदेखि नै विवादिद रहेको कम्पनीको आईपीओमा पूर्वनिर्धारित समयावधिमा मागअनुसार आवेदन परेपनि समय लम्ब्याइएकोपछि बोर्डले स्थगित गरेको थियो ।

बोर्डले कम्पनीको आईपीओ निष्काशनमा माग भन्दा बढी कित्ता सेयरका लागि आवेदन पर्दासमेत आईपीओ निष्काशनको समयावधि थप गर्न कम्पनीले सूचना प्रकाशित गरेपछि स्थगन गरेको जनाएको छ।

बोर्डले अहिले कम्पनीको रेटिङ र सार्वजनिक निष्काशन सम्बन्धि कैफियतको जाँचबुझ गर्दैछ । खातामा पैसा नभएपनि ठूलो संख्यामा आवेदन परेकोलगायत विषयमा अनुसन्धान गर्नका लागि भन्दै बोर्डले आईपीओ स्थगित गरेको हो ।

७९ लाख ४३ हजार कित्ता आइपिओ प्रिमियम मूल्यमा ल्याउने भनेर हिमालयन क्यापिटल र नबिल इन्भेस्टमेन्ट बैंकिङसँग सम्झौता गरेको घोराही सिमेन्टमा १४ जनाले १० लाख कित्ताको दरले सेयर आवेदन दिएको पाइएपछि उसको सम्पूर्ण प्रक्रिया रोक्का गरिएको थियो।

ठूलो संख्यामा आवेदन दिएका लगानीकर्ताको खातामा उक्त सेयरका लागि रकम नभएको पाइएको थियो भने सिमेन्टमा १ करोड २० लाख कित्ता फर्जी आवेदन परेको थियो । हाल आइपीओ प्रकृया रोक्का भएपछि हजारौं सर्वसाधारणको आवेदन दिँदा लगानी भएको पैसा पनि प्रकृया नटुंगिउनजेलका लागि होल्ड हुँदा लगानीकर्तामा निराशा पैदा भएको छ ।

कामपाले छान्यो १० वटा गौरवका योजना

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक २०८०/८१ को नीति तथा कार्यक्रम मूलतः लोकप्रिय नारा दिनमै केन्द्रित छ । साथै, संघीय सरकारसँग अधिकार माग्ने विषय र अधुरा काम पूरा गर्ने विषयलाई पनि नीति कार्यक्रममा समेटिएको छ ।

बालेनको नीति तथा कार्यक्रमलाई नारै नाराको संकलन भन्न मिल्छ । शिक्षादेखि शहरी सौन्दर्यसम्म गरेर महानगरपालिकाले २० भन्दा धेरै लोकप्रिय नाराहरु रहेका छन् ।

कामपाका १० वटा गौरवका योजना छनौट गरी उक्त योजनाका लागि ३ अर्ब ८० करोड रुपियाँका छुट्टयाएको छ । उपमेयर सुनिता डंगोलद्वारा जारी बजेटमा उल्लेखित गौरवका योजनाको विषयमा सोमबार छलफल भएको थियो ।

कामपाको १३ औँ कार्यपालिकाको बैठकले आगामी आर्थिक वर्षको लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपियाँ बजेट सार्वजनिक गरेको थियो । उक्त बजेटमध्ये ३ अर्ब रुपियाँ गौरवको योजनामा समेटिएको छ । कामपाले ‘उज्यालो शहर, मेरो महानगर’ शीर्षकअन्तर्गत ३० करोड रुपियाँ विनियोजन गरेको छ । उक्त शीर्षकअन्तर्गत सडकगल्लीमा सडकबत्ती, सय स्थानमा हाइमास्ट लाइट र ३ वर्षसम्म सबै सडक र गल्लीमा बत्ती जडान गर्न रकम विनियोजन गरेको छ ।

त्यस्तै, ३ वर्षभित्र महानगरको सबै गल्ली र सडकमा सीसीटिभी क्यामेरा जडान गर्नेगरी ‘महानगरले देख्छ’ शीर्षकमा २० करोड रुपियाँ विनियोजन गरेको छ । ३ वर्षभित्रमा महानगरको क्षेत्रअधिकारभित्रका सबै सडक र पेटीहरूलाई धुलोरहित बनाउन १ अर्ब रुपियाँ विनियोजन गरिएको छ ।

महानगरले ‘रोजगारी आयवृद्धि, महानगरको समृद्धि’ योजनाअन्र्तगत महानगरवासीको सिप, क्षमता, आय आर्जन गर्न र ३ वर्षभित्र १० हजार जनालाई रोजगारी उपलब्ध गराउन १० करोड रुपियाँको गौरवको योजना तय गरेको छ । ३ वर्षभित्र १ लाख वृक्षरोपण गर्न ‘मेरो शहर सुन्दर र हरित शहर’ योजनाअन्तर्गत ५० करोड रुपियाँ विनियोजन गरेको छ ।

‘संस्कृति, सम्पदा र पर्यटन महानगरको धन’ शीर्षकमा महानगरले समग्र कला संस्कृति र सम्पदाको पुनर्जीवन र पर्यटन प्रबद्र्धन गर्न प्रत्येक वर्ष ५० करोडको दरले ३ वर्षमा १ अर्ब ५० करोड रुपियाँको योजना तयार गरेको छ । स्वास्थ्य प्रवर्धन केन्द्र सलीकरण गरी ती केन्द्रमार्फत महानगरवासीको स्वास्थ्यमा टेवा पु¥याउन महानगरले ‘सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा’ कार्यक्रमअन्तर्गत ३५ करोड रुपियाँ विनियोजन गरेको छ ।

‘सबैको चाहना ढुंगेधारा, हिटी र पोखरीको पुनःस्थापना’ योजनाअन्तर्गत ५० वटा हिटीको पुनःस्थापना गर्न ३५ करोड रुपियाँ विनियोजन गरिएको छ । महानगरपालिका र वडा समितिको कार्यालयबाट प्रवाह हुने सेवालाई सेवाग्राहीमैत्री बनाउन र प्रविधिको प्रयोग बढाउन १५ करोड रुपियाँ विनियोजन गरिएको छ ।

‘गरिखाने शिक्षा, महानगरको इच्छा’ शीर्षकमा महानगरको सामुदायिक विद्यालयको पूर्वाधार सुधार र गुणस्तरीय शिक्षा प्रवद्र्धन गर्न र गरीखाने शिक्षामा जोड दिन ५० करोड रुपियाँ छुट्टयाएको छ । कामपाले यो योजनालाई विभाग र सहरी योजना आयोगमार्फत कार्यान्वयन गर्नेछ । प्रवक्ता मानन्धरले गौरवका योजना कार्यान्वयन भएपछि कामपाको काम साँच्चिकै गौरव गर्न लायक हुने दाबी गर्नुभयो ।

यीबाहेक सामुदायिक विद्यालय परिसरको सरसफाइ र सौन्दर्यीकरण गर्न ५ करोड रुपियाँ विनियोजन गरिएको छ । महानगरपालिकाले यो शैक्षिक सत्रदेखि कक्षा ९ का विद्यार्थीको लागि ९० घन्टाको छोटो अवधिको सीपमूलक एग्रिकल्चर एन्ड अर्वान फार्मिङ, ब्युटिसियन एन्ड हेयर स्टाइल, कारपेन्ट्री एन्ड उड कार्भिङलगायत १० वटा तालिम सञ्चालन गरिरहेको छ ।

एडीबीको ५४ करोडको याेजनामा आश्रयको मानपरी, आरसिसीको सट्टा पिसिसि

रौतहट १९ असार। रौतहटको कटहरीया स्थित एसियाली विकास बैंकको करोडौंको लगानीमा निर्माण भईरहेको ढल तथा नालामा ठेकदार कम्पनी आश्रय निर्माण सेवाले व्यापक रूपमा मनपरी गरीरहेको पाईएको छ। कन्टेन्ट ईन्जिनियर आरसीसी ढलान गर्न निर्देशन दिएको बावजूद आश्रयले मनपरी पिसीसी ढलान गरीरहेको देखिएकाे छ।
तेस्रो सानोसहरी तथा खानेपानी कार्यालय ईटहरी द्वारा ५४ करोडको टेण्डर आहृवान गर्दा आश्रय निर्माण सेवाले घटाघटमा ३४ करोडमा टेण्डर साकार गरेको थियो। पुर्व मन्त्री प्रभू साहको पहल तथा तत्कालिन मेयर सियाराम कुशवाहाले कटहरीया नगरपालीका बाट १५ प्रतिशत लगानी गर्ने लिखीत सहमती गरेपछी याेजना स्वीकृत भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र साहले बताएका छन।
त्यत्रो ठूलो लगानीको याेजना आश्रयले समयमै पुरा गर्नुपर्नेमा त्यसो नगरी मनपरी तरिकाले पेटी ठेकदार मार्फत निर्माण काम गराईरहेका छन।
एडीबीको करोडौं लगानीको उक्त काम आश्रयले निर्माण सेवाले आफैं नगरी सानासाना पेटी ठेकदार मार्फत गराईरहेकाले पूर्णरुपमा गुणस्तरहीन काम भइरहेको स्थानीयले समाजसेवि दीनानाथ साहले बताएका छन।
कटहरीया नगरपालीका ४ र ५ वडामा एकैपटक झन्डै १६ किलोमिटर लामो ढल तथा नाला निर्माणकाे काम संभवत सिङ्गो प्रदेशमै पहिलो रहेको छ।
त्यतिमात्र नभई कन्सल्टेन्ट ईन्जिनियरको निर्देशन विपरीत आश्रयको पेटी ठेकदारले फलामको रड राखेर आरसीसी ढलान गर्ने दर्जन स्थानमा ईटा राखेर पिसिसी ढलान गरेकाे पाईएको छ।
ढल तथा नाला निर्माणकाे अन्तिम चरणमा ठेकदार कम्पनी आश्रय निर्माण सेवाले थप जथाभावि गरीरहेका छन।
कटहरीया बजारको मूल बाटोमा दुवैतर्फ निर्माण गरिएको ढल तथा नालाको मूख्य प्वालको बिर्को अर्थात (मेन होल कौभर) निर्माणमा
फलामको बलियो रडको जाली बनाएर प्वाल माथी राखेर त्यसमाथि फलामको बिर्को राख्नुपर्ने स्टीमेट तथा ड्रोईङ् रहेको कन्सल्टेन्ट ईन्जिनियर धनराज साहले बताएका छन।
फलामको जाली सहितकाे ढलान माथी बिर्को राख्दा मुल बाटोमा ठूला ठूला गाडी आउँदा जाँदा पनि कुनै समस्या नहुने ईन्जिनियर साहले जानकारी दिएका छन।
तर आश्रयका पेटी ठेकदारले ढलको प्वाल माथी बिर्को राख्दा फलामको जालीको सट्टा इँटा राखेर ढलान गरेकाे पाइएको छ।
मुख्य रोड बजारमा वडा ५ का अध्यक्ष सर्गलाल गुप्ताको घर अगाडी त्यसरी इँटा राखेर गरिएको ढलान माथी बाट एउटा खालि स्कारपियो गाडी जाँदा ढलान भत्कीएको थियो।
उक्त ढलान बारे कन्सल्टेन्ट ईन्जिनियर धनराज साहलाई वडा अध्यक्ष गुप्ताको रोहवरमा बोलाएर स्थानीयले सोधेपछि उनले स्टीमेटमा रडको जाली बनाएर ढलान गरेपछी मात्र फलामको बिर्को राख्नुपर्ने बताए। त्यतिमात्र नभई ईन्जिनियर साहले आश्रयको ईन्जिनियर लाई स्टीमेट अनुसार निर्माण गर्न पटकपटक भन्दा पनि बलपूर्वक आरसिसिको सट्टा पीसिसी ढलान गरेकाे उनको भनाई छ।
ईन्जिनियर साहले भनेपछि वडा ४ का अध्यक्ष चन्दन कुशवाहाले खोजबिन गर्दा बजार क्षेत्रमा ११ ठाउँमा मूल बाटोमा नालाको प्वाल माथी आरसिसी ढलानको सट्टा पीसीसी ढलान भेटिएको छ। यसरी मूल बाटोमा ढल तथा नालाको प्वाल माथी गरिएको पिसिसी ढलान पूर्ण रूपमा गुणस्तरहीन रहेकाले केहि महीना भित्रै सबै भत्किने भनेर वडा अध्यक्ष कुशवाहाको निर्माण काम रोक्का गरेका छन।
यस अघि पनि आश्रय निर्माण सेवाले कटहरीया ४ र ५ मा निर्माण गरेको ढल नाला पुर्ण रुपमा गुणस्तरहिन काम भएको स्थानिय प्रत्यक्षदर्शीले बताएका छन।
करोडौं लगानीको योजनाको काम हुने क्रममा निर्माण कम्पनी, कन्सल्टेन्ट र नेपाल सरकारको ईन्जिनियरको रेखदेखमा हुनेगर्दछ।
एडीबीको करोडौंको लगानिमा कटहारियामा ढल तथा नालाको निर्माण हुँदा सरकारका ईन्जिनियर अमरेन्द्र कुमार यादव भने मुकदर्शक बनेका छन।
आश्रय निर्माण सेवाका प्रोजेक्ट मनेजर अजय गुप्ताले भुलबस आरसीसीको सट्टा भएकाे पीसीसी ढलान भत्काएर पुनः स्टीमेट अनूसार निर्माण हुने भन्दै पान्छिएका छन।
तेस्रो साना सहरी तथा खानेपानी ईटहरिका प्रमुख डीई महेशी महतोले एडीबीको करोडौंको लगानीको निर्माणमा गुणस्तर संग कुनै सम्झौता हुन नसक्ने बताएका छन।
करोडौंको लगानीको काम गुणस्तरहिन र समयमै पुरा नगर्ने पप्पू निर्माण सेवाका पूर्व अध्यक्ष पूर्व सांसद हरिनाराण रौनियार अहिले प्रहरीको हिरासतमा रहेका छन्। उनकै अनुवाई बनेर उनी जस्तै काम गरिरहेका आश्रय निर्माण सेवाका सञ्चालक संतोष साह कुन दिन कार्वाहिको दायरामा पर्छन भन्न सकिन्न।

सञ्जय मिश्रा