केही मीडिया एमाले विरुद्द षड्यन्त्र गरीरहेको पोलिटवयूरो सदस्य पौडेलको टिप्पणी 

रौतहट । नेकपा एमालेका पोलटब्युरो सदस्य तथा पूर्व मन्त्री पुरुषोत्तम पौडेलले देशको ठूला भनाउने मीडिया सिङ्गो एमाले पार्टीको विरुद्दमा भ्रम छर्ने गरेको टिप्पणी गरेका छन। रौतहटको देवाही गोनाही स्थित आईतवार नेकपा एमाले जिल्ला स्तरिय प्रचारप्रसार भेलालाई सम्बोधन गर्दै उनले उक्त टिप्पणी गरेका हुन्। एमाले पार्टीको जिल्ला ईन्चार्ज समेत रहेका नेता पौडेलले भनें केहि राष्ट्रीय मिडियाहरुको नामै तोकेर भनें गत निर्वाचनमा कांग्रेस गठबन्धन संग मीलेर एमाले बिरुद्द लागेका थिए र आगामी निर्वाचनको लागि अहिले देखि षड्यन्त्रमा लागेका छन।

समाजबाद र पूँजिबादको विश्लेषण गर्दै मात्र १ मुठ्ठी अर्थात १ अरब भन्दा कम संख्या भएका पूँजीबादीहरु भ्रमकै खेतीको भरमा संसारका ६ अरब समाजबादी माथी राज गरीरहेको उनले उल्लेख गरेका थिए।

त्यसैगरी नेता पौडेलले देशका केही राष्ट्रीय मिडिया आफ्नो व्यक्तिगत फाईदाको लागि कसैकाे चरित्र बनाउने कसैकाे बिगार्ने, कसैलाई माथी उठाउने कसैलाई तल देखाउने किसिमको मात्र सामाचार लेख्ने गरेको आरोप लगाए।

मीडिया प्रती आक्रामक रुपमा खनिएका एमाले पोलिटब्युरो सदस्य पौडेलले केहि मीडियाले पार्टीे अध्यक्ष केपी ओलीलाई लक्षित गरी अभियान नैं चलाएको जिकिर गरेका थिए।

नेकपा फुटे पछी पहिले माधव नेपाल अल्गिए, रौतहटको हकमा प्रभू साहले पार्टी छोडे, गत संसदिय निर्वाचनमा जिल्लाको दुर्इवटा निर्वाचन क्षेत्रमा मात्र प्रतिनिधिसभाको  एमालेको उमेदवार हुँदा पनि समानुपातिक तर्फ ३४ हजार मत आउँनु ठूलो महत्व राख्ने उनको भनाई छ।

प्रतिनिधिसभा निर्वाचन पछी रौतहटमा एमाले भेट्दैन तपाईँ पार्टीको जिल्ला ईन्चार्ज भएर नजानुस भनेर विपक्षीले षड्यन्त्र गर्न खोजेको नेता पौडेलले जिकिर गरेका थिए। तर रौतहटकाे ईतिहास छ यहाँ जहिले पनि कम्युनिष्ट पार्टी प्रती जनताको अटूट विश्वास रहेको वताए।

पार्टीको बिचारको आधारमा रौतहटका जनता संगठित भएको उल्लेख गर्दै गत निर्वाचन पछी बिग्रेको पार्टीका अबस्था सामान्य भएर केहीसमय पछि रौतहट पुरानै लयमा फर्किने उनले विश्वास ब्यक्त गरेका थिए। एमाले प्रचारप्रसार विभाग र प्रेस चौतारी बीच सहकार्यको खाँचो रहेको नेता पौडेलले औँल्याएका थिए। एमाले पार्टीको २३ जनवर्गीय संगठन मध्ये प्रेस चौतारी सबैभन्दा बलियो रहेको बताउँदै पछिल्लो समय चौतारीको गतिबिधि कमजोर भएको गुनासाे गरेका थिए । चौतारी लाई पुर्ण गतिशील बनाउन पार्टीको नेताहरुको सहयाेग,र सहकार्य आवश्यक रहेको बताए।

कार्यक्रममा  मधेश प्रदेश प्रचार संयोजक अरबिन्द कुमार सिंहले 

हाल कम्युनिष्ट पार्टीको सकुलिङ बन्द रहेको तथा नेता कार्यकर्ता तामझाम देखाएर ठुला नेताको चाकरीमा अल्झेको आरोप लगाए। 

त्यसैगरी पार्टी केन्द्रिय सदस्य उद्वव रेग्मी, केन्द्रिय सदस्य अजयकुमार गुप्ता,केन्द्रिय लेखा आयोग सदस्य राजकिशोर यादव, जिल्ला अध्यक्ष सच्चिदानन्द साह,प्रेस चौतारीका केन्द्रिय सदस्य सञ्जय मिश्रा, प्रदेश सदस्य बिना राउत,रामप्रवेश बैठ, प्रचार बिभाग प्रमुख रूपेश पटेल लगायतले रौतहट कम्युनष्टहरको उर्वर भूमि भएको जिकीर गर्दै एमाले पार्टीको राष्ट्रीय राजनीति देखि,जनजीविका उत्पादन, विकास निर्माणका क्षेत्रमा महत्वपूर्ण भूमिका रहेको बताएका थिए।कार्यक्रममा देवाही गोनाहिका मेयर प्रेमलाल साह, उपमेयर परणिया पटेल, पार्टी नगर अध्यक्ष ब्रह्मदेव पटेल, प्रेस चौतारीका जिल्ला अध्यक्ष उत्तम कुमार उपाध्याय, लगाएतको जिल्ला भरिका दर्जनौ नेता कार्यकर्ताको सहभागीता रहेको थियो।

सञ्जय मिश्रा 

मधेश प्रदेशमा ट्राफिक इन्स्पेकटर कठायत संगै ३ जना सम्मानीत

रौतहट । मधेश प्रदेशमा उत्कृष्ट हुने एकजना ट्राफीक प्रहरी इंस्पेक्टर संगै तीनजना नगद पुरस्कार सहित कादरपत्र बाट सम्मानित भएका छन। जिल्ला ट्राफीक प्रहरी कार्यालय रौतहटकी प्रमुख ईन्सेक्टर बिमला कुमारी कठायत, प्रदेश ट्राफीक प्रमुख कार्यालय पथलैयामा कार्यरत असई दिपक कुमार बस्नेत र ट्राफिक प्रहरी पर्सामा कार्यरत साहायक हवलदार राजकुमार कलवार सम्मानीत भएका हुन।  ढल्केवर स्थित शनिवार एक समारोह बीच नाडाका अध्यक्ष डाक्टर ध्रुब थापा, अटमोवाईलस एसोसिएसन नेपालका अध्यक्ष केदार अग्रवाल र मधेश प्रदेश ट्राफीक प्रमुख एसपी सन्तोष कुमार भट्टराईले संयुक्त रूपमा १० हजार नगद सहित कदरपत्र बाट इन्सपेक्टर कठायत लाई सम्मानीत गरेका थिए। त्यस्तै असई बस्नेत र साहायक हवलदार कलवार लाई पनि नगद तथा कदरपत्र बाट सम्मानीत गरिएको थियो।

 इन्सपेक्टर कठायत लगायत तीनैजना ट्राफीक सेवामा रही पुर्याएको विशेष योगदानको उच्च मू्याङ्कन सहित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थान कार्यालय पथलैया वाराका  प्रमुख एसपी सन्तोष कुमार भट्टराईले उक्त पुरस्कारको लागि नाम सिफारिस गरेको थियो।  मधेश प्रदेशमा प्रत्येक बर्ष ट्राफीक प्रहरीमा उत्कृष्ट हुने ३ जनालाई सम्मानीत गर्दै आएको ट्राफीक प्रहरी कार्यालय रौतहटले जनाएको छ। कार्यक्रममा मधेश प्रदेशका उच्च स्तरका ब्यापारी तथा प्रहरी प्रमुखको सहभागीता रहेको थियो।

सञ्जय मिश्रा 

 रौतहटमा विद्युत ट्रान्सफर चोर्ने गिरोह पक्राउ 

रौतहट । पछिल्लो लामोसमय देखि रौतहटको विभिन्न स्थान बाट विद्युत ट्रान्सफर चोरिगर्न सक्रिय रहेको एउटा गिरोह लाई प्रहरिले पक्राउ गर्न सफल भएको छ।

जिल्लाको विभिन्न खुला एकान्त स्थानमा जडान रहेकाे विद्युत ट्रान्सफर्मर अनेक उपकरणको सहयोगले एकपछि अर्काे लागातार चोरीगर्ने गिरोहका ४ जना लाई अनुसन्धानको आधारमा ईलाका प्रहरी कार्यालय बिजयपुर लक्षमिनियाको टोलिले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गरुडा नगरपालिका ६ पोठीयाहिका ४२ बर्षीय अशोक साह, कटहरीया १ भासेढवाका वर्ष ४६ का रामलाल महतो, सोही ठाउँका वर्ष ३६ का बीरेन्द्र राय यादव, बर्ष ३७ का सुखल महतो रहेकाे ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमूख इन्सपेक्टर अरबिन्द कुमार साहले बताएका छन।

उनीहरूको साथबाट प्रहरीले एकथान मोटरसाइकल, एकथान स्कुटी, एकथान आइफोन,र ३ थान अन्य कम्पनीको मोबाईल बरामद गरेको छ।

आरोपहरुको बयानको आधारमा प्रहरीले गरुडा नगरपालिका ४ का लाक्षमी प्रसाद चौधरीले आफ्नै घरमा सञ्चालन गरेको कवाड पसलमा प्रहरिले आईतवार छापामारी गरेको थियो।

छापामारीको क्रममा विद्युत ट्रान्सफर्मरमा प्रयोग हुने तामाको तार लगाएतको सामग्री ठूलो मात्रामा बरामद गरेको छ। तामाको तारको चुडी १५ थान (१७६ ) किलोग्राम, तामाको कवायल रोल १५ थान (१२९) किलोग्राम, खुला तामाको तार ७१ किलोग्राम बरामद भएको इन्सपेक्टर अरबिन्द कुमार साहले बताएका छन।

छापामारीको क्रममा कवाड पसल सञ्चालक चौधरी फरार रहेका इन्सपेक्टर साहले जानकारी दिएका छन।

पक्राउ परेका चारैजना माथी चोरी सम्बन्धि मुद्दा दर्ता गरी जिल्ला अदालत रौतहट बाट म्याद थमाएर थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय बिजयपुर लक्षमिनियाले जनाएको छ।

पछिल्लाे दुईवर्ष देखि रौतहटमा यस्ता चोरको गिरोह सक्रिय भएर दर्जनौं स्थान बाट विद्युत ट्रान्सफर चोरी गरिसकेका छन। एउटा ट्रान्सफर्मर बाट हजारौँ रुपैयाँ बराबरको तामाको तार निस्कने हुँदा ईनीहरू व्यवसायिक रुपमा चोरी गर्ने गरेका छन। पक्राउ परेपनि सामान्य चोरी मुद्दा चलाउँदा कैयौं आरोपि अदालतमा धरौटीमै छुट्ने हुँदा ट्रान्सफर्मर चोरी नियन्त्रण हुन नसकेको जानकारहरुले बताएका छन।

सञ्जय मिश्रा

यस्तो छ १९ असार २०८०, मंगलवार आजको राशिफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । सेतो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउनेछ ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । धर्मकर्ममा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्य र पढाइमा प्रगति नै हुनेछ ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । सामाजिक कार्यमा सफलता हात लाग्नेछ । धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुन सक्छ । जोशजाँगर र हिम्मत बढ्ने र शुभ कार्यको योजना बन्नेछ ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज प्रेम जीवन सुखद् रहनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत पनि बढ्नेछ ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । विज्ञान र प्राविधिक कार्य अघि बढ्नेछ । उत्साह, जाँगर र उमङ्ग बढ्नेछ । स्वादिष्ट खानेकुरा पनि मिल्नेछ ।

बृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) निर्णय कार्यान्वयन हुन सक्दैनन् । आत्मबलमा कमी आउनेछ । मनमा दुबिधा उत्पन्न हुनेछ । मन भावुक र उत्ताउलो बन्नेछ, सचेत रहनु होला ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय रहनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नसक्छ ।

बृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सजिलै अरूको मन जित्न सकिनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्य वा रोजगारको योजना बन्ने र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ, तर आफन्त सँग भेटघाट हुनेछ ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) स्वादिष्ट खानेकुरा खान पाइनेछ । धन हात पनि पर्न सक्छ, तर साँझमा मन भावुक र उत्ताउलो बन्नसक्छ । यात्रा गर्दा सावधानी अपनाउनुपर्ला ।

यस्तो छ आज २०८० असार १८ गते सोमबारको राशिफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजबाट आयआर्जनका क्षेत्रमा सुधार विस्तारै आउनेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज धार्मिक र सामाजिक कार्यमा रुचि बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज मानसिक चिन्ता बढेपनि कार्यक्षेत्रमा प्रगति नै हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । कला र गलाको प्रभाव बढ्नेछ ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज जोशजाँगर र हिम्मत बढ्नेछ । नयाँ काम वा रोजगार पाइनेछ । धार्मिक कार्यमा सफलता मिल्ला । शुभकार्यको चर्चा पनि चल्नेछ ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज धर्मकर्म, तथा समाजसेवामा मन लाग्नेछ । अरुको मन जित्न सकिनेछ । शुभकार्यको योजना हुनेछ, तर साँझमा भने खर्च बढ्नेछ ।

बृष: (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज कार्यमा सम्पादनमा समस्या आउला । पारिवारिक उल्झनमा परि काम बिग्रिएला । सरकारी निकायको भय पनि रहनेछ ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । कुनै कुराले मनमा शान्ति छाउला । सफलता र उपहार पाइने सम्भावना पनि रहेको छ ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) स्वास्थ्यप्रति सजग रहनुहोला अन्यथा धन खर्च हुनेछ । शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । मनमा चञ्चलता बढ्नसक्छ ।

बृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज चिताएको कामले तीव्रता लिनेछ । व्यापारव्यवसायबाट फाइदा लिन सकिनेछ । महिला मित्रबाट विशेष सहयोग मिल्नेछ ।

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज अनावश्यक यात्रा हुनसक्नेछ । आफन्तसँग मनमुटाव बढ्ने देखिन्छ । गलत आश्वासन बाँड्नाले आफैलाई समस्या आउन सक्छ ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मङ्गल कार्यको योजना बन्नेछ । कृषि कार्यमा सहभागी भइएला । नयाँ रोजगारको अवसरले पछ्याउनेछ । स्वादिष्ट खानेकुरा पनि मिल्नेछ ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दाम्पत्य जीवन  पनि सुखमय नै रहनेछ ।

काठमाडौं महानगरले सामुदायिक विद्यालयमा ११ कक्षाको छात्रवृत्तिको लागि विद्यार्थीको परीक्षा आफैं लिने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न आफैंले परीक्षा लिने भएको छ ।

आइतबार महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ तथा शिक्षा नियमावली, २०७४ मा व्यवस्था भए बमोजिम काठमाडौं महानगरपालिका अन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूका लागि वितरण गर्ने छात्रवृत्तिको लागि विद्यार्थी छनोटसम्बन्धी परीक्षा शैक्षिक सत्र २०८०/०८१ देखि महानगर आफैंले सञ्चालन गर्ने जनाएका हुन्।

‘छात्रवृत्तिका लागि परीक्षा सञ्चालन गरी सामुदायिक विद्यालयमा अध्ययन गरेको, जेहेन्दार, पिछडिएको क्षेत्र, जनजाति, आदिवासी, गरिब लगायतका छनोटका आधार तयार गरी योग्यताक्रमका आधारमा छात्रवृत्ति प्रदान गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ’, मेयर बालेनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

ललिता निवासको जग्गा संरक्षण गर्न महानगरपालिकाको टोली पुग्यो बालुवाटार

काठमाडौं । ललिता निवासको जग्गामा तारबार गर्ने भन्दै काठमाडौ महानगरपालिकाको टोली पुगेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले लिखत कीर्तेमा अनुसन्धान गरिरहँदा महानगरपालिकाको नगर प्रहरी जग्गा संरक्षणका लागि पुगेको हो। काठमाडौं महानगरपालिकाले ललिता निवासको सार्वजनिक जग्गा संरक्षण गर्न तारबार लगाउने तयारी गरेको छ।

आइतबार दिउँसो महानगर प्रहरी प्रमुख राजु पाण्डे नेतृत्वको टोली बालुवाटार गएको हो। उक्त जग्गासम्बन्धी विवाद विशेष अदालतमा पनि विचाराधीन छ।

विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। सीआईबीले यसको अनुसन्धान गरिरहेको बेलामा महानगरले संरक्षण गर्ने भन्दै घेरा लगाउन लागेको हो।

सीआईबीले ललिता निवास परिसरको १ सय ४३ रोपनी जग्गा संरक्षण गर्न कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोली आइतबार वालुवाटारस्थित ललिता निवासको जग्गामा पुगेको थियो । जग्गामा पुगेलगत्तै कामपाले नापजाँच शुरू गरेको थियो ।

नगरप्रहरी बल प्रमुख पाण्डेले सो जग्गामा रहेका ८ वटा ठुलो टहरा तत्काल खाली गर्न निर्देशन दिनुभएको थियो । टोलीले भाटभटेनीको गोदाम घर र एनआरएनएको मुख्यालय रहेको भवनको अवस्था पनि अवलोकन गरेको थियो । निर्माण गरिएको गोदाम घर हटाउन आदेश दिएका छौं ।’ उहाँले निर्माण सामाग्रीसहित विभिन्न वस्तु भण्डारण गरिएको ठुलाठुला टहरा हटाउन करिब एक साता समय दिने जानकारी दिनुभयो । कामपाको टोलीले हिजैबाट सो जग्गाको नापजाँच शुरू गरेको छ ।

एनआरएन र भाटभटेनीको गोदाम खाली गर्ने विषयमा कामपाले सरकारसँग समन्वय गर्ने भएको छ । महानगरले आज सार्वजनिक सूचना जारी गर्नेछ । सोमबार सार्बजनिक सूचना जारी भएपछि सोहीअनुसार कारबाही प्रक्रिया अघि बढाउने तयारी कामपाको छ । पक्राउ परेको भाटभटेनीका सञ्चालक गुरुङसहितको टोलीले एनआरएनएलाई बिक्री गरेको जग्गामा बनेको घरको लालपुर्जा र नक्सा पास भइसकेको छ ।

नापी कार्यालयले उक्त जग्गा रोक्का गर्ने प्रक्रिया अघि बढाइसकेको कारण तत्काल भाटभटेनीको गोदाम र एनआरएनएको भवन खाली गर्ने अवस्था छैन । यद्यपि, कसरी खाली गर्न सकिन्छ भन्ने विषयमा कामपाले आन्तरिक तयारी शुरू गरेको छ । कामपा प्रवक्ता नविन मानन्धरले सार्वजनिक सम्पत्ति संरक्षण गर्ने दायित्व कामपाको भएकोले सोहीअनुसार कारबाही शुरू गरेको जानकारी दिनुभयो । महानगरले आज सोमबार सूचना जारी गरी कति दिनमा टहरा खाली गर्ने भन्ने विषयमा जानकारी गराउने पनि उहाँले बताउनुभयो ।

कामपाले सो जग्गामा पहिलो चरणमा घेराबार गर्ने, भौतिक संरचना भए निर्माण रोक्न र भएको भवन खाली गर्न शुरू गरेको हो । जग्गा अवलोकन गर्न मेयर सचिवालय, नगर प्रहरी प्रमुख पाण्डेसहितको टोली, कामपा नक्सा विभागका इन्जिनियर, वडा नं ४ का जनप्रतिनिधि र प्रहरी टोली पुगेको थियो ।

महानगरले आज सोमबारबाट जग्गामा तारबार लगाउन शुरू गर्नेछ । त्यसपछि अदालतको निर्णयअनुसार कसरी अघि बढ्ने भन्ने विषयमा थप निर्णय हुने कामपाले जनाएको छ । सीआईबीले अनुसन्धान शुरू गरेपछि लालपुर्जा बदर गर्ने प्रक्रिया अघि बढीसकेको छ । यसअघि सरकारी जग्गा किर्ते गरेको आरोपमा ब्युरोले गत मंगलबार ७ जनालाई पक्राउ गरेको थियो । तर, अदालतको ‘स्टे अर्डर’ पाएको कारण ३ जनालाई भने कागज गराएर छाडिएको थियो ।

सीआईबीको अनुसन्धानमा पक्राउ परेका गिरोहले पहिलो चरणमा एक सय १२ रोपनी जग्गा किर्ते गरी आफ्नो नाममा सारेका थिए । पक्राउ परेका गुरुङ र उहाँको नातेदारको नाममा २९ रोपनी जग्गा देखिएको थियो । ललिता निवास प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुरूङविरूद्ध मुद्दा चलाइसकेको छ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गरेको अभियोगमा १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा चलिरहेको छ ।

गुरुङविरुद्ध अख्तियारले करिब ३९ करोड २७ लाख रुपियाँ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा चलाएको छ । यसअघि उक्त मुद्दामा गुरूङ ३ करोड रूपियाँ धरौटी बुझाएर रिहा हुनुभएको थियो । हिरासतमा रहेका गुरुङसहित ३ जना अस्पतालमा उपचार गराइरहेका छन् ।

पक्राउ परेका गौतमको नाममा ३ रोपनी र शाहकी श्रीमती उर्मिलाको नाममा भने ५ रोपनी २ पैसा देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो काण्डको अनुसन्धानमा कुनै दबाब नदिने बताएपछि सीआईबीको टोली थप सक्रिय भएको छ ।

काठमाडौं महानगरपालिकाले ललिता निवासको जग्गामा भवन निर्माणका लागि स्वीकृति नदिने भएको छ । महानगरपालिकाको ४ नम्बर वडामा पर्ने बालुवाटारस्थित ललिता निवास र त्यसले खर्चेको जग्गामा भवन निर्माण गर्न महानगरपालिकाले स्वीकृति नदिने भएको हो ।

अब उक्त जग्गामा बनेका संरचनाको निर्माण सम्पन्नाको प्रमाणपत्र समेत जारी नहुने महानगरपालिकाले जनाएको छ । उक्त क्षेत्रको कुनै जग्गामा भवन निर्माण कार्य भइरहेको भए सो कार्य रोक्का राख्न समेत सरोकारवालालाई जानकारी गराएको छ ।

ललितपुर महानगरपालिकामा सुशासन कायम गराएकै कारण मलाई जनताले दोस्रो पटक निर्वाचित गराए : चिरीबाबु महर्जन

काठमाडौ । ललितपुर महानरपालिकाका मेयर चिरीबाबु महर्जनले नगरपालिकामा सुशासन कायम गराएकै कारण जनताले आफूँलाई दोस्रो पटक भारी मतले निर्वाचित गराएको बताउनुभयो ।
तराई विकास तथा सञ्चार केन्द्र नेपालले आयोजना गरेको सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महर्जनले सो कुरा बताएका हुन् ।
उनले भने, ‘०७४ सालको निर्वाचनमा म झिनो मतले निर्वाचित भएको थिएँ । तर, २०७९ वैशाखमा सम्पन्न भएको निर्वाचनमा मलाई १८ हजार बढी मतले विजयी गराए । यो मत मैले महानगरपालिकामा सुशासन कायम गराएको र कसैलाई काखा र कसैलाई पाखा नगरि काम गरेकै कारण पाएको हुँ ।’ आफूँ निर्वाचित भएपछि आफूँ भेदभावरहित ढँगले काम गर्दा आफ्नै पार्टीबाट आलोचित बन्नुपरेको स्मरण गर्दै मेयर महर्जनले नेपाली कांग्रेस, एमाले र माओवादी लगायत आम महानगरबासीहरुको काममा भेदभाव र पूर्वाग्रह नराखी काम गरिरहेको जिकिर गरे ।
मेयर महर्जनले ललितपुर महानगरपालिकाले नियम, कानुन, विधि र पद्दति भन्दा बाहिर गएर काम नगरेको बताए । उनले भने, ‘नियम र प्रक्रिया भन्दा बाहिर गएर काम नगरेकै कारण अहिले त नियम भन्दा बाहिरका काम गर्नु दबाब नै आउँदैन ।’
मेयर महर्जनले ललितपुर महानगरले अनावश्यक खर्चमा कडाई गरेको दाबी गरे । उनले भने, ‘महानगरपालिकामा अनावश्यक खर्च रोकिएको छ, मैले १० लिटर तेल र १० हजार सहयोगका लागि कसैलाई पनि सिफारिस गरेको छैन, अनावश्यक खर्च रोक्न महानगरपालिका टिम नै जुटेको छ ।’मेयर महर्जनले कार्यपालिकाको बैठक बाहेक आफूँले आयोजना गर्ने बैठक तथा भेलामा समेत खाजा खर्चमा निकै मितव्यायी अपनाउने गरेको बताए ।
पछिल्लो समय निर्माण व्यवसायीहरुले समयमै काम सम्पन्न नगर्ने समस्यारहेको बताए । उनले भने निर्माण व्यवसायीले सम्झौता समयसीमाभित्र काम सम्पन्न नगर्दा ठाउँ ठाउँमा मानिसहरुले निकै दुःख पाउने मात्रै होइन, त्यसको अपसज स्थानीय सरकारहरुले पाउने गरेको बताए ।
उनले ठेकेदारहरुले सडक भत्काएर राख्ने, ढल खन्ने क्रममा ठुला ठुला खाडलहरु खनेर त्यत्तिकै छाडिदिने गर्दा कहिलेकाँही अप्रिय र दुखद घटनाहरु घट्ने भन्दै अब निर्माण व्यवसायीसँग निर्माण कार्यसम्बन्धी सम्झौता गर्दा खेरी नै ‘सेफ्टी फस्ट’लाई विशेष जोड दिनुपर्ने सुझाव समेत दिए ।
कार्यक्रममा महालेखा परीक्षकको कार्यालयकी कार्यवाहक महालेखापरीक्षक राममायाँ कुँवरले महालेखा परीक्षकले गरेको लेखा परीक्षणको सम्पूर्ण गतिविधि कार्यालयको वेवसाइटमा राखिएकाले जोकोहीले पनि लेखा परीक्षणसम्बन्धी प्रतिवेदन हेर्न सकिने व्यवस्था गरिएको बताए ।
०७४÷७५ देखि २०७९÷८० सम्मको लेखा परीक्षण गर्दा अनियमितता तथा भ्रष्टाचार व्याप्त रहेको जानकारी गराउँदै कावा महालेखापरीक्षक राममायाँ कुँवरले पालिकाले सुधार गर्नुपर्ने व्यहोरा समेत उल्लेख गरिएको बताए ।
महालेखा परीक्षककले स्थानीय तह देखि सम्पूर्ण सरकारी कार्यालयहरुमा सुशासन कायम गराउन ‘वाच डग’को भूमिका निर्वाह गरिरहेको जिकिर गरे ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता एवं सहसचिव भोला दाहालले अख्तियार ०७८÷८९ मा कुल २४ हजार ३३१ उजुरी परेको जसमध्ये १७ हजार १६७ उजुरी परेको जसमध्ये १ सय ३१ वटा उजुरी सम्मानित विशेष अदालतमा मुद्दा दायर भएको जानकारी गराए भने सुशासनको सन्दर्भमा एक महत्वपूर्ण पेपर प्रस्तुत गर्नुभएको थियो ।
राष्ट्रिय सतर्कता केन्द्रका निमित्त सचिव विनु बज्राचार्य कुँवरले सतर्कता केन्द्रले आफ्नो क्षेत्राधिकार र दायराभित्र रहेर उजुरी संकलनलाई प्रभावकारी बनाइएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रत्यक्ष उजुरी संकलन, अनलाइन र इमेल मार्फत उजुरीको आधारमा उजुरी दिने र सोही उजुरीको आधारमा सतर्कता केन्द्रले कारबाही प्रक्रिया अगाडि बढाइरहेको छ ।’
केन्द्रले भ्रष्टाचार निवारण ऐन २०५९ टेकेर काम कारबाही गरिरहेको जानकारी गराए ।उनले भने, ‘सूचना संकलन, सतर्क गराउने, सम्पत्ति विवरणको जानकारी राख्ने, छड्के जाँच गर्ने, प्राविधिक परीक्षण गर्ने र जनेचतनाको काम कारबाही तीव्र गतिमा अगाडि बढिरहेको छ ।’
ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुलाई अख्तियार र महालेखा परीक्षकको कार्यालयकै कारण काम गर्ने वातावरण नभएको बताए ।
कर्मचारीहरु काम गर्न कार्यक्षेत्रमा जाँदै गर्दा उसले कदमै पिच्छे अख्तियारलाई सम्झनुपरेपछि कर्मचारीको मनोबल खस्किने भन्दै अख्तियार असली वाच डगको रुपमा रहोस् भन्नेमा जोड दिए ।
काठमाडौंका प्रजिअ घनश्याम उपाध्यायले जनताको पक्षमा काम गर्न अझ धेरै बाकी छ भन्दै स्वास्थ उपचार सहज हुने वातावरण बनाउन सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले ललितपुर महानगरपालिकाले गरेका सम्पूर्ण विकास निर्माणका कार्यहरुलाई समेटेर पेपर प्रस्तुत गरेका थिए ।
ललितपुरका प्रजिअ रुद्र प्रसाद पण्डितले पनि आफनो जागिरको अनुभव सुनाउदै अब सुधारको गुन्ज्यास छैन भन्नुभयो ।
भक्तपुरका प्रजिअ खगेन्द्र प्रसाद रिजालले पनि सुशासनको पक्षलाई बलियो बनाउनुपर्ने मा जोड दिनुभयो त्यस्तै उपत्यकाका सबै नगरपालिकाका कार्यकारी प्रमुखहरूलाई भेला गराइएको यो कार्यक्रममा जिल्लाका सुरक्षा प्रमुख लगायतका सबैको उपस्थिती रहेको थियो ।
ललितपुर उपमहानगर पालिकाको सहकार्यमा भएको कार्यक्रममा उपप्रमुख मन्जली शाक्य सहितको भब्य उपस्तिथि रहको थियो ।
तराई विकास तथा सञ्चार केन्द्रका अध्यक्ष गोविन्द प्रसाद चौलागाईंको अध्यक्षतामा भएको कार्यक्रममा महालेखा परीक्षकको कार्यालयका उपमहालेखा परीक्षक विन्दु विष्ट, नायब महालेखा परीक्षक, शंकर प्रसाद पन्थी, श्याम प्रसाद भण्डारी, ललितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक सिद्ध विक्रम शाहलगायत उपत्यकाका विभिन्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, योजना अधिकृत, लेखा अधिकृत लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सम्बोधन गर्नुहुँदै नेपाल सरकारका कार्यबहाक महालेखा परीक्षक राममाया कुँवर ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै राष्ट्रिय सतर्कता कन्द्रका निमित सचिव बिनु बज्राचार्य ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै काठमाडौंका प्रजिअ घनश्याम उपाध्याय ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव एवं प्रवक्ता भोला दाहालले सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भूमिका विषयकमा कार्यपत्र प्रस्तुत गर्नुहँदै ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै ललितपुरका प्रजिअ रुद्रप्रसाद पण्डित
ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भूमिका विषयकमा कार्यपत्र प्रस्तुत गर्नुहँदै ।
कार्यक्रमको विषयबस्तु प्रकाश पार्नुहुँदै तराई विकास तथा सञ्चार केन्द्र नेपालका अध्यक्ष गोविन्द प्रसाद चौलागाईं ।
सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भूमिका बिषयक कार्यक्रममा सहभागी हुनुभएका बिशिस्ट ब्याक्तित्वहरु ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर (सूचीसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज(आइतबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। आज, भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, आज डलरको खरिद दर १३० रुपैयाँ ९७ पैसा र बिक्री दर १३१ रुपैयाँ ५७ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ०३ पैसा र बिक्री दर १४२ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तो छ १७ असार २०८० आइतबारको राशिफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शैक्षिक क्षेत्र कमजोर नै रहला । अनावश्यक खर्च हुने र मानसिक चिन्ता बढ्नेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । धार्मिक यात्रामा मन जानेछ । व्यावसायिक काममा राम्रै हुने र योजना पनि बन्नेछ ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । पुँजी बजारको लगानी कमजोर रहला । शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज मनोरञ्जन पूर्ण दिन रहनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) विद्या र बुद्धिको ह्रास हुनेछ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर शुभ कार्यको चर्चा चल्नेछ ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज धनार्जनका नयाँ योजना र स्रोतहरू पत्ता लाग्नेछन् । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू आजै पुरा हुन सक्छ ।

बृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धर्मकर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । इच्छा शक्ति पनि बढेर जानेछ ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज धर्मकर्म र सामाजिक कार्यमा मन जानेछ । साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आँटेको र ताकेको कार्य अघि बढ्नेछ । पारिवारिक सहयोग र सद्भाव बढ्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

बृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कुनै न कुनै कुराले अनुहारमा चमकता आउनेछ । आम्दानी बढाउने योजना गर्न सकिनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । जटिल ठानिएको कामसमेत सहजै सम्पादन हुनसक्छ ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज सहयोगी हातहरू अघि बढ्नेछन् । आफन्तको सफलता र प्रगतिमा मन रमाउनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।

संसद् बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । आज संसद् बैठक नयाँ बानेश्वर स्थित संघीय संसद् भवनमा बस्ने भएको हो ।

बैठक बिहान ११ बजेका लागि आह्वान गरिएको छ । आजको बैठकमा आर्थिक विधेयक २०८० माथि छलफल हुनेछ भने सो विधेयकमाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक विधेयक २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै राष्ट्र ऋण उठाउने विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

सो राष्ट्र ऋण उठाउने विधेयक २०८० माथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिनेछ भने सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस हुने संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले बताए ।

आमा छोरिको शव फेला,  हत्याभएको दाबी, अभिभावक फरार

रौतहट १६ असार। रौतहटको मौलापुर नगरपालिका वडा नम्बर  ४ पतौरामा  एक २४ बर्सिया महिला र उनकी २ वर्षकी छोरी मृत अवस्थामा  फेला परेका छन्। 

 रौतहट प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरका अनुसार   २४ बर्सिया  माला भन्ने कविता देवी र उनका २ बर्सिया छोरी आरुही कुमारीको  घरमै मृत अवस्थामा  फेला परेकाे हाे।

 अबोध वालिका आरुही कुमारीको लास पङ्खामा झुन्ड्याइएको अवस्थामा र कविताको लास घरबाट बाहिरिने सिँढी मुनि फेला परेको प्रहरी उपरीक्षक बुढामगरले बताए । 

घटना गए राति तीन बजेको भए पनि हत्या या आत्महत्या यकिन  गर्न नसकिएको प्रहरी उपरीक्षक बुढामगरले बताए। यता मृतक कविता साहका पति धिरेन्द्र साह र ससुरा नागेन्द्र साह सपरिवार घटना पछि फरार भएका छन् ।

माधव नारायण नगरपालिका वडा नम्बर ५ मिठुअवा घर भएका मृतक कविता साहका पिता विजय शङ्कर साहले  घटनाबारे  जानकारी हुने बित्तिकै घटनास्थल पुगे पनि प्रहरीले आफूलाई घटना स्थलमा जान नदिएको बताए ।

 छोरी र ज्वाइँ बिच पटक पटक विवाद हुँदा आफूले मिलेर बस्न दुवै जनालाई सम्झाई बुझाई गरेको बताउँदै कविता पिताले ज्वाइँ धिरेन्द्र साहबाट पटक पटक दाइजो माग्दै आएको बताए। छोरीलाई पटक पटक यही निहुमा कुटपिट गर्ने गरेको उनको आरोप छ। कविता साहको हत्या भएको बुबाले दाबी गरेका छन।

 सञ्जय मिश्रा 

करुनियामा पनि मनाईयो धान दिवस

रौतहट १६ असार। असार १५ अर्थात मानो रोपेर मुरी फलाउने दिन  जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ रौतहटमा पनि दही चिउरा खाएर  धान दिवस भव्यताका साथ मनाईएको छ । असार १५ को  दिनलाई दही चिउरा खाने दिनका रूपमा पनि लिइन्छ । मानो रोपेर मुरी फलाउने यो दिन खेतमा धान रोपिन्छ ।किसानले हिलो खेल्दै खाजा खाने समयमा दही चिउरा खाएर असारे भाकाको गीतमा रमाउने पुरानो प्रचलन छ । सरकारले २०६२ सालदेखि यो दिनलाई धान दिवसका रूपमा मनाउन थालेको छ । यसै परम्परा अनुसार रौतहटको सदरमुकाम गौर, गरुडा, चन्द्रनिगापुर, देवाहि गोनाहि लगाएतका स्थानमा छुट्टाछुट्टै कार्यक्रको आयोजना गरी धान दिवस मनाईएको छ। देवाहि गोनाहि १ करुनीयामा नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघको आयोनामा विभिन्न कार्यक्रम गरी धान दिवस भव्यताका मनाईएको छ।

संघका जिल्ला अध्यक्ष किशोरी महतोको अध्यक्षतामा भएको कार्यक्रममा प्रमूख अतिथि एमाले केन्द्रिय सदस्य ,पुर्व सांसद  रेखा कुमारी झा   प्रदेश सांसद  केशव चौधरी , प्रदेश सचिवालय सदस्य  मणिशंकर निधि ,देवाही गोनाही उप-प्रमुख  परनिया देवि  ,प्रदेश कमिटी सदस्य .रुपनारायन दास , रौतहट प्रचार बिभाग प्रमुख रुपेश पटेल ,किसान नेता भारत पटेल , दिपक यादव ,नगर अध्यक्ष ब्राह्मदेव राउत लगायत नेता कार्यकर्ताहरुको उपस्तिथिमा रहेको थियो।

माछपुच्छ्रे बैंक खाताबाट लाखौँ ट्रान्सफर गर्ने गिरोह सार्वजनिक 

रौतहट १६ असार। बैंकमा सेवाग्राहीको खाताबाट लाखौं रुपैया अन्य खातामा ट्रान्सफर अथवा खाताबाट रकम चोरिगर्ने गिरोहलाई रौतहट प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

स्थानीय वृन्दावन नगरपालिका  ३ का रामेश्वर राय यादवको माछापुच्छ्रे बैंकको खाताबाट ९ लाख रुपैयाँ ट्रान्सफर गर्ने गिरोहका ७ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा  बिरगंज नगवाका वर्ष २१ को  राज नारायण चौरासिया, बिरगंज १९ केहुनी विन्दाबासनीका वर्ष २१ को महम्द मुस्तुफा हवारी,दोलखा बैदेश्वर गाँउपालिका ५ सिमबारीका वर्ष २९  को सुन्दर खड्का,काभ्रेपलान्चोक भुम्लु गाँउपालिका ९ पिङगोलाका  वर्ष १९ को महेश थापा, उदयपुर रौउतामाई गाँउपालिका  २ भुट्टारका वर्ष २० को केवल रास्कोटी, सिरहा मिर्चैया नगरपालिका  ८ भगवानपुरका वर्ष १९ को दिपे सदा र गोलबजार नगरपालिका ८ चोहर्वाका वर्ष २३ को श्रवण दास रहेको प्रहरीले जनाएको छ।

उनीहरूले माछपुच्छ्रे बैंक चन्द्रनिाहपुर शाखामा सेवाग्राही रामेश्वर यादवको  खाता नं. ०७५००६५३८२८०००१४ बाट गत जेठ ५ गते ३ लाख,  ६ गते ३ लाख, र ७ गते ३  लाखको दरले जम्मा ९ लाख रुपैयाँ अन्य बैंकको खाता तथा खल्ती खातामा ट्रान्सफर गरेका थिए।

त्यसकाे दुईदिन पछि स्वाग्रही यादव स्वयं चेक मार्फत पैसा झिक्न बैंकमा जाँदा खातामा रकम नदेखेपछि ठूलो विवाद हुँदा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले अनुसन्धान सुरुगरेकाे थियो।अनाधिकृत रुपमा रकम ट्रान्सफर गरी ठगी गरेको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न रहेका मानिसहरुले   अनाधिकृत रुपमा ट्रान्सफर भएको रकम ATM बाट गैह्रकानूननी तवरले निकाली आर्थिक लाभ समेत लिई ठगी कार्यमा संलग्न रहेको डिएसपि एक नारायण कोईरालाले बताएका छन्। उनीहरुले विभिन्न व्यक्तीहरुलाई आर्थिक प्रलोभनमा पारी खाता खोल्न लगाई खातावालाको मोबाईल अनलाईन बैकिङको युजर नेम र पासवर्ड समेत लिएका थिए। सोही आधारमा खाताहरुबाट रकम ट्रान्सफर गरी रकम ठगी गर्ने हालसम्म अनुसन्धानबाट खुल्न आएका ११ जना  मध्ये ७ जनालाई पक्राउ गरी  ठगी सम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत रौतहट बाट म्याद थप गरी अनुसन्धान कार्य  भईरहेको डिएसपि कोईरालाले जानकारी दिएका छन्।  यस्तो घटनामा संलग्न लाई पक्राउ गर्न निकै कठीन भएपनि बिभिन्न कोण बाट अनुसन्धान गर्दै जाँदा उक्त गिरोहलाई नियन्त्रणमा लिन सम्भव भएको डिएसपि कोईरालाले स्पस्ट पारेका छन्।

सञ्जय मिश्रा

बेलायतमा नेपाली कामदार पठाउने बाटो खुल्यो, श्रम सम्झौता कार्यान्वयन कार्ययोजना स्वीकृत

काठमाडौँ । सरकारले नेपाल र बेलायतबीच भएको द्विपक्षीय श्रम सम्झौता कार्यान्वयन सम्बन्धी कार्ययोजना (इम्प्लिमेन्टेसन प्रोटोकल) पारित गरेको छ । गत ५ असारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रोटोकल पारित गर्दै बेलायतमा नेपाली स्वास्थ्यकर्मी पठाउने विधि प्रक्रिया स्वीकृति गरेको हो ।

६ भदौ २०७९ मा बेलायतमा नेपाली नर्सलाई रोजगारी दिने गरी भएको श्रम सम्झौताअनुसार अब श्रमिक भर्नाका लागि अनलाइन आवेदन माग गरिने भएको छ । प्रोटोकलले यस्तो आवेदन दिन तोकिएका योग्यताहरू पूरा भएको हुनुपर्ने अनिवार्य गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार बेलायतामा रोजगारीमा जान आईईएलटीएसमा न्यूनतम् ७ अङ्क अनिवार्य रूपमा ल्याउनुपर्नेछ ।

त्यसैगरी बेलायत जान चाहनेले कम्तीमा ३ वर्षको नर्सिङ कोर्स पीसीएल नर्सिङ वा बीएन सरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्नेछ । २ वर्षको कार्यअनुभव (वर्किङ एक्सपिरियन्स) पनि अनिवार्य गरिएको छ । यस्तो योग्यता पूरा गरेकाहरूमध्ये संक्षिप्त सूची तयार (सर्ट लिस्टिङ) गरेर अन्तर्वार्तामार्फत् बेलायत जान पाउनेहरू छानिने छन् ।

बेलायतसँगको श्रम सम्झौतामा नै नेपाल र बेलायतबीच परीक्षणको रूपमा प्रथम चरणमा नेपाली नर्सहरूलाई बेलायतमा पदस्थापना गर्ने कार्यलाई ‘इम्प्लिमेन्टेसन प्रोटोकल’बारे स्पष्ट व्यवस्था गर्ने सहमति भएको थियो । अब प्रोटोकलले तोकेको व्यवस्था अनुरूप योग्य ठहरिएका नर्सले बेलायतमा रोजगारीका लागि अवसर पाउने छन् ।

स्वास्थ्यकर्मीको छनोट र पदस्थापना नेपालको वैदेशिक रोजगार विभाग तथा बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसियल केयर वा तोकिएको निकायको प्रत्यक्ष संलग्नतामा सरकारी (गभर्मेन्ट टु गभर्मेन्ट) प्रक्रिया बमोजिम हुनेछ । नेपाली स्वास्थ्यकर्मीलाई बेलायतको स्वास्थ्य सेवा (एनएचएस) मा सुरक्षित, मर्यादित र व्यवस्थित तवरले रोजगारीमा संलग्न हुने व्यवस्था मिलाउने सहमति भएको छ ।

विश्व स्वास्थ्य सङ्गठनको ‘हेल्थ वर्कर सपोर्ट एण्ड सेफगार्ड लिस्ट २०००’ मा नेपाल समावेश रहेको अवस्थालाई मध्यनजर गरी स्वास्थ्यकर्मीको संख्या र प्रकारका सम्बन्धमा दुवै सरकारले संयुक्त निर्णय गर्ने सहमति छ ।

नियुक्ति प्रक्रियाका लागि कुनै शुल्क नलाग्ने एवम् रोजगारीका लागि छनोट भएका स्वास्थ्यकर्मीको लागतको शोधभर्ना हुने गरी समझदारी भएको छ ।

परीक्षण चरणको अन्तमा समग्र स्वास्थ्यकर्मी नियुक्ति प्रक्रियाको मूल्याङ्कन गरिने र थप नियुक्ति तथा विस्तारका सम्बन्धमा आवश्यक निर्णय लिने सम्झौतामा उल्लेख छ ।

नेपालबाट जाने नर्सहरुले सुरुमा त्यहाँ असिस्टेन्टका रुपमा काम गर्नेछन्, उनीहरुलाई त्यहाँको नर्सिङ काउन्सिलमा दर्ता हुने अवसर पनि मिल्नेछ, र नर्सका रुपमा पनि काम गर्न पाउनेछन्’ उनले भने, ‘पारिश्रमिक सम्झौता भएअनुसार हुन्छ, नेपाली नर्सले बेलायत सरकारको नियमअनुसार नै सेवा सुविधा पाउनेछन् ।’

नेपालले यसअघि सरकारी तवरबाटै इजरायलसँग सम्झौता गरेर नर्सहरुलाई केयर गिभरका रुपमा पठाएको थियो । अब यो सूचीमा बेलायत पनि थपिनेछ ।

नेपाल नर्सिङ परिषद्को तथ्याङ्‍कअनुसार हालसम्म नेपालमा करिब ७४ हजार नर्सले सेवाका लागि अनुमति (लाइसेन्स) लिएका छन् । नेपालमा कति सक्रिय र कति विदेशी नर्स छन् भन्ने तथ्यांक परिषद्‍सँग छैन । पढाइका लागि विदेश जानुअघि नर्सहरूले नर्सिङ काउन्सिलको स्वीकृति लिनुपर्ने भए पनि पढाइबाहेक अन्य कामका लागि विदेश जान स्वीकृति चाहिंदैन ।

नेपाल नर्सिङ संघकाअनुसार नेपालमा ४५ हजार नर्सिङ जनशक्ति मात्र सक्रिय भएको अनुमानित तथ्याङ्‍क छ । तीमध्ये नेपाल सरकारअन्तर्गत स्थायी र करारमा १८ हजार नर्स कार्यरत छन् ।

यस्तै, करिब १७ हजार नर्स निजी अस्पतालमा र बाँकी शैक्षिक क्षेत्रमा काम गरिरहेका छन् । करिब ३० हजार नर्स अहिले पनि बेरोजगार रहेको हुनसक्ने अनुमान छ । यस्तै, करिब २९ हजारले विदेशमा अध्ययनका लागि अनुमति लिइसकेका छन् ।

यस्तो अवस्थामा सरकारले देशभित्रका स्वास्थ्य संस्थामा माग अनुसार थप ५० हजारभन्दा बढी नर्सिङ जनशक्ति उपलब्ध गराएको छैन । यसकै कारण बेरोजगार भएका नर्सहरु विभिन्न अवसरको खोजीमा विदेशिने क्रम जारी छ ।

सरकारले बेलायतमा आकर्षक मानिने नर्सका लागि रोजगारी खुलाउने भएपछि यसमा धेरैको चासो छ ।