काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ एनसेलको ७२ अर्बको केस अझै पनि हल हुन नसक्नु आश्चर्यको विषय भएको बताएका छन् ।
सोमबार काठमाडौंमा पुष्पलालको २४ औं स्मृति दिवसको अवसरमा आयोजित समाजवादी यात्राको चुनौती ः भ्रष्टचार र दण्डहिनता विषयक प्रवचन गोष्ठीमा विप्लवले सरकार भ्रष्टाचारको विरुद्ध लड्नु पर्ने बताए ।
उनले भने मलाइ के स्मरण भएको छ भने यदि हाम्रो पार्टीलाई प्रतिबन्ध लाग्नु भन्दा पहिला नारायण काजी श्रेष्ठ जी गृहमन्त्री भएको भए सायद प्रतिवन्ध लाग्दैन थियो होला । किनकी हामीले कारवाही गरेको एनसेलललाई हो, यो कुरा उहाँलाई थाहा थियो, एनसेलमा साढे ७२ अरवको भ्रष्टचारको केस छ । त्यो अहिले पनि हल भएको म देख्दिन । ’
सरकारले भ्रष्टाचारविरुद्ध लडाई लड्नु पर्ने बताए । यो लडाईमा सडकबाट नेकपाले जनतालाई एकीकृत गरेर साथ दिने उनको भनाइ थियो ।
काठमाडौं । गैरआवसीय नेपाली संघ (एनआरएनए) अमेरिकाको चुनावमा कार्यकारी अध्यक्ष डा. बद्री केसीले गम्भीर गल्ती गरेका छन् । चुनावमा केसीले निर्वाचन समितिलाई जानकारी नदिएरै पहिलै सार्वजनिक गरेर गम्भीर गल्ती गरेका हुन् ।
कार्यकारी अध्यक्ष केसीले भेरो भोटिङ कम्पनीमार्फत निर्वाचन नतिजा पहिलै प्राप्त गरी नजिकका व्यक्तिलाई बाँडेका छन् । अस्ट्रेलियामा रहेको उक्त भोटिङ कम्पनी केसीकै हो ।
नतिजा निर्वाचन समितिभन्दा पछि प्राप्त गरेको दाबी गरेपनि केसीले आफ्नै कम्पनीबाट नतिजा सुरुमै लिएर तलमाथि गराएको आरोप सदस्यहरुले लगाएका छन् । केसीले केसीले कम्पनीबाट आफूले कम्पनीबाट नतिजा प्राप्त गरेको र पदाधिकारीलाई बाँडेको स्वीकार गरेका छन् ।
निर्वाचन समितिलाई नतिजा प्राप्त नभई सार्वजनिक भएको विरोध भएपछि केसीले गल्ती स्वीकार गर्दै एक विज्ञप्ति जारी गरेका छन् । नतिजा कम्पनीबाट आफैले प्राप्त गरी ह्वाट्सएप ग्रुपमा शेयर गरिएको पनि स्वीकार गरेका छन् । निर्वाचन समितिले नतिजा सार्वजनिक गर्न तयारी भइरहेको बेला मिडियामा चुहिएको देखिएकोले समेत विज्ञप्तिमा उल्लेख छ ।
“निर्वाचन समितिले आधिकारिक रुपमा सार्वजनिक गर्नु अगाडि संघका पदाधिकारीहरुबाट नतिजा चुहिन गएको आशंका भएको र यसले पारेको असुविधाप्रति संघ क्षमाप्रार्थी छ । भविश्यमा यस्तो त्रुटी नदोहोरिनका लागि ‘नतिजा सार्वजनिक गर्ने एक स्पष्ट कार्यविधि’ बनाउने प्रतिवद्धता गर्दछौं । निर्वाचनलाई स्वच्छ, पारदर्शी र निष्पक्ष गर्न अहोरात्र खटेको निर्वाचिन समितिको विश्वसनीयताप्रति कुनै प्रश्न नउठाउन र नकारात्मक टिकाटिप्पणी नगर्न समेत सबै जनालाई अनुरोध गरिन्छ” विज्ञप्तिमा भनिएको छ ।
नतिजामा अध्यक्ष केसीसहित केही पदाधिकारीले आफू अनुकुल बनाउन कम्पनीबाट लिक गर्न लगाएको आरोप लागेको छ । सदस्यहरुले निर्वाचन निष्पक्ष नभएको भन्दै विरोध जनाएका छन् । उनीहरुले पुनः चुनाव हुनुपर्ने माग समेत गरेका छन् । एनआरएनए आईसीसी यही विषयमा विवाद भएपछि विभाजन समेत भएको थियो । निर्वाचन प्रणालीमा विवादले विभाजन भएको एनआरएनएबीच एकता भएकै बेला पुरानै समस्या पुनः देखा परेको हो ।
यज्ञराज सुवेदीले सामाजिक संजालमा निर्वाचन समितिले मात्रै हेर्न पाउने अधिकार आइसीसीले उलंघन गरेको लेखेका छन् । उनले आइसीसीले एनसीसीको अधिकारमा हस्तक्षेप गर्ने नैतिक अधिकार नभएको लेखेका छन् ।
भजनी । कैलालीको भजनी नगरपालिका–९ का समाजसेवी होमबहादुर बोहरा चार दिनदेखि कान्द्रा नदी नियन्त्रणमा व्यस्त छन् । वर्षाको समय सुरु भएसँगै कान्द्रा नदीमा पानीको बहाव बढ्दै गएपछि सात महिनाअघि मात्रै निर्माण गरिएको झोलङ्गे पुल जोखिममा परेकाले उनकै नेतृत्वमा सयौँ स्थानीयवासी पनि नदी नियन्त्रणका लागि जनश्रमदानमा जुटेका हुन् ।
‘दिनप्रतिदिन नदीले कटान गर्न थालेपछि आसपासका बस्ती तथा पुल जोगाउन जैविक तटबन्धमा लागिएको हो’, समाजसेवी बोहराले भने, ‘नदीले पाँच मिटरभन्दा बढी जमिन कटान गरिसकेको छ । बलौटे माटो भएका कारण एकदिन आएको बाढीले पुल नै जोखिममा परेपछि जैविक तटबन्धको काम सुरु गर्नुपरेको हो ।’
होमबहादुर बोहराले अगाडि भने, ‘पाँच सय मिटर जमिन कटान भइसकेको क्षेत्रमा १५ मिटर तल झोलुङ्गे पुल छ । पुलको दायाँबायाँ तटबन्ध नहुँदा कटानको जोखिममा परेको हो ।’
स्थानीयवासीले नदी नियन्त्रणका लागि कुकाठ, बाँस, झारपात प्रयोग गरेर बोरामा बालुवा भर्दै जैविक तटबन्ध निर्माण गरिरहेका छन् । पुल निर्माण भएपछि कान्द्रामा सञ्चालन हुने डुङ्गा विस्थापित भएको छ भने नागरिकलाई पुलले आवागमनमा निकै सहज भएको छ ।
वडा नं ९ र ४ का १ सय ५० भन्दा बढी गाउँलेले चार दिनदेखि निरन्तर दैनिक श्रमदान गरेर तटबन्ध निर्माण गरिरहेको वडा नं ९ का अध्यक्ष सञ्जित चौधरीले बताए ।
‘वडा नं ९ र ४ वडाका दैनिक डेढ सयदेखि दुई सय बढी हामीहरूले श्रमदान गरिरहेका छौँ । बल्लतल्ल बनेको पुल यसैवर्ष नदीको जोखिममा परेपछि पुल जोगाउन गाउँले लागेका हौँ’, वडाध्यक्ष चौधरीले भने, ‘वर्षौँदेखिको गाउँलेको माग रहेको झोलुङ्गे पुल नै खतरामा पर्ने देखेपछि श्रमदान गरेरै बचाउने प्रयास गरिरहेका छौं । कम्तीमा यो बर्खा पुल बचाउन सकियो भने अर्को वर्ष नदीमा तटबन्ध गरेर पुल बचाउन सकिन्छ ।’
जैविक तटबन्ध निर्माणमा स्थानीय नागरिकका साथै नगरपालिकाका जनप्रतिनिधिसहित संघीय सांसदले पनि साथ दिएका छन् । संघीय सांसद गंगा चौधरी पनि स्थानीय नागरिकहरूसँगै जनश्रमदानमा सहभागी भएका थिए । नगरपालिकाका प्रमुख केवल चौधरी, वडाध्यक्ष तथा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलगायतले पनि नदी नियन्त्रणका लागि स्थानीयसँग जनश्रमदान गरेका थिए ।
सांसद चौधरीले जनताको माझमा गएर काम गर्न निकै आनन्द लाग्ने बताए । ‘पुल निर्माण भएपछि त्यसको आसपासको क्षेत्रमा निर्माण कम्पनीले तटबन्धको काम गर्नुपर्ने थियो, त्यो नहुँदा नदीले कटान गरेपछि पुल जोखिममा परेको हो’, उनले भने, ‘यसवर्ष जसोतसो पुल जोगाउने काममा स्थानीयवासी लागेका छन् । बर्खा सकिएपछि तटबन्धको काम हुने भएकाले पुल जोखिममा पर्नेछैन ।’
पुल कसले निर्माण गरेको हो भन्नेसम्म थाहा छैन । नगरपालिकाका इञ्जिनियर अनिश श्रेष्ठले आयोजना कसको हो भन्ने थाहा नभएको बताए । ‘सङ्घ र प्रदेशका आयोजनाको बारेमा नगरपालिकालाई प्रायः थाहा हुँदैन । त्यो आयोजना पनि थाहा भएन’, इञ्जिनियर श्रेष्ठले भने, ‘आयोजनाबाट समन्वय नहुँदा यस्ता कयौं आयोजनामा नगरपालिकालाई थाहै हुँदैन । हामीसँग सङ्घ र प्रदेशको समन्वय नहुँदा हामीलाई पनि समस्या हुँदै आएको छ ।’ पुल निर्माण गरेको निर्माण कम्पनीको बारेमा कसैलाई जानकारी नै छैन । बजेट कसको हो भन्ने पनि थाहा छैन ।
पुल निर्माणको काम सकेर निर्माण कम्पनी पुलको उद्घाटन नै नगरी भागेको वडा नं ९ का वडाध्यक्ष सञ्जित चौधरीको गुनासो थियो । स्थानीयबासी बिहानैदेखि नदीमा जैविक तटबन्धका लागि लाग्ने गरेका छन् । दिनभर काम गर्दा त्यहाँ पिउने पानीकोसमेत समस्या देखिएको छ । नदीको पानी पिउन लायक नभएपछि पिउने पानीको समस्या देखिएको हो ।
‘स्थानीयवासी बिहानैदेखि काममा आउनुहुन्छ । भोकै, प्यासै काम गर्नुहुन्छ । खाद्यान्न र पिउने पानीको व्यवस्था भए यतै खाना पकाएर खान हुन्थ्यो’, वडा नं ९ भलमन्साका हेमराज डगौराले भने, ‘‘अझै काम सम्पन्न गर्न चाररपाँच दिन लाग्छ । त्यति दिनका लागि भ्याउने खाद्यान्न भए काम गर्न सजिलो हुन्थ्यो ।’
काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सञ्जय महर्जन र सकुलानन्द महर्जनलाई पक्राउ गरेको हो ।
नक्कली मोही बन्दै जग्गा हडपेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । उनीहरुलाई ललितपुरको कुपण्डोलबाट पक्राउ गरिएको हो ।
थप २ जना पक्राउ परेसँगै ललिता प्रकरणमा पक्राउ पर्नेको संख्या २२ पुगेको छ ।
ढोरपाटन । ढोरपाटनमा बर्खामा हरियाली वातावरणसँग रमाउने र हिउँदमा हिउँ खेल्नेको भीड नै लाग्ने गर्छ । बुर्तिबाङ बजारदेखि ढोरपाटन पुग्ने सडकको अवस्था त बिजोग नै छ । यद्यपि आन्तरिक पर्यटक जसोतसो ढोरपाटन पुग्ने गरेका छन् । यो याम ढोरपाटन घुम्नका लागि निकै उपयुक्त मानिन्छ । उच्च पहाडी क्षेत्र भएको हुँदा शान्त वातावरण र स्वच्छ हावापानी यहाँ पाइन्छ । बजारको गर्मीले आजित बनेकाहरु शीतलताका लागि बर्खायाममा ढोरपाटन पुग्छन् । ढोरपाटनसम्म साना खहरे खोला पार गर्दै पुगे पनि उत्तरगङ्गा नदी तर्न गाह्रो पर्छ ।
हरेक वर्षात्को समयमा उत्तरगङ्गा नदीमा पानीको बहाव बढ्ने हुँदा ढोरपाटन बराह मन्दिर क्षेत्रबाट पारीपट्टीका सेलपाखे, सिकार आरक्ष कार्यालय क्षेत्रलगायतका ठाउँमा पुग्न पैदल यात्रा नै गर्नुपर्ने बाध्यता छ । विशेषगरी सेलपाखे र सिकार आरक्ष क्षेत्र घुम्न अतिउपयुक्त मानिन्छ । पुल नबन्दा ढोरपाटन पुग्ने धेरै जसो पर्यटक यी ठाउँमा पुग्नबाट वञ्चित हुने गरेका छन् ।
बुर्तिबाङदेखि ढोरपाटन सडकले जोडिएको दशक बढी हुन थाल्यो, तर उत्तरगङ्गामा पुल निर्माण गर्नेतर्फ कसैको ध्यान जान सकेको छैन । उत्तरगङ्गा नदी हिउँदमा वारपार गर्न सकिने हुँदा स्थानीयले पशुचौपाया पनि खोला तार्ने गर्छन् भने गाडी पनि सहजरुपमा वारपार गर्न सक्छन् ।
केही दिनदेखिको वर्षाले उत्तरगङ्गा बढेर सतह पार गरेको छ । मान्छे वारपार गर्न नवी र मोराङ दोगाडी घाटमा झोलुङ्गे पुल बने पनि मोटरेवल पुल भने अहिलेसम्म बन्न सकेको छैन । सेलपाखे मैदानमा यतिबेला वनफूलसँगै विभिन्न प्रकारका फूलले भरिएको र पारी पुग्ने पुल नहुँदा टाढैबाट पर्यटक लोभिने गरेका छन् ।
उत्तरगङ्गा नदीमा पुलको माग गरेको वर्षौं भए पनि अहिलेसम्म बन्नका लागि कुनै प्रक्रिया अगाडि नबढेको स्थानीय कुलबहादुर सुनारले बताए । उनले नदिमाथि पुल बने ढोर बराह मन्दिरमा आउने सबै पर्यटक सिकार आरक्ष कार्यालय क्षेत्र तथा ठूलो समरथर मैदानमा पुग्नसक्ने बताए । सुनारले भने, “ढोरपाटन मोटरबाटोले जोडिएदेखि हामी यहाँका गाउँलेले सरकारलाई धेरैपटक पुल बनाउनका लागि माग ग¥यौँ, तर अहिलेसम्म कुनै पनि निकायबाट सुनुवाइ हुन सकेको छैन, मान्छे तर्ने झलुङ्गे पुल पनि दुई ठाउँमा मात्रै छ, बीच भागमा मोटर गुड्न पुल बने धेरै सजिलो हुने थियो, घुम्न आउने पनि गाडीमै ढोरपाटन उपत्यका घुम्न पाउँथे, अहिले त बराह मन्दिर नजिक गाडी पार्किङ गरेर पारी पुग्नुपर्ने अवस्था छ ।”
ढोरपाटन नगरपालिकाका नगर उपप्रमुख धनबहादुर कायतले उत्तरगङ्गा नदीमा एउटा पनि मोटरेवल पुल निर्माण नहुँदा स्थानीय र पर्यटकलाई वारपारमा समस्या भएको बताए। हिउँदको समयमा कुनै समस्या नपर्ने र बर्खामा नदीमा बाढी आउँदा यात्रा गर्न नसकिने उनको भनाइ छ । उनले नगरपालिकाले आर्थिक वर्ष २०७९ र ८० मा नवी गाउँ नजिकै पुल निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)तयार गरेको बताए । डिपिआर तयार गर्दा नगरपालिकाले रु १० लाख खर्च गरेको उपप्रमुख कायतको भनाइ छ । “ढोरपाटन प्राकृतिक सौन्दर्यले गर्दा विश्वमा चर्चित बन्यो, तर यहाँ अहिलेसम्म ठूलाठूला विकास निर्माणका काम हुन सकेका छैनन्, हामी निर्वाचित भएर आएपछि केही कामको थालनी गरेका छौँ, अहिले तत्कालका लागि उत्तर गङ्गामा पुल आवश्यक छ, नगरपालिकाको बजेटले भ्याउँदैन, केन्द्र र प्रदेश सरकारसँग सहकार्य गरेर बनाउने योजना छ”, उनले भने, “पुल नबन्दा ढोरपाटन पुगेका हजारौँ पर्यटक वास्तविक ढोरपाटन देख्न र घुम्नबाट बञ्चित भएका छन्, अहिले त नदी बढेर माथिमाथि आएको छ, केही दिन अगाडि म ढोरपाटन पुगेको थिए, खोला तर्न सकिएन, अब हिउँद नलागेसम्म यस्तै हो ।”
ढोरपाटन पुग्न छैन सहज
बुर्तिबाङ बजारदेखि बोबाङ गाउँसम्म सडक सहज भए पनि दुनेपँधेरा, फल्लेघर हुँदै ढोरपाटन पुग्न भने निकै अप्ठ्यारो छ । साँघुरो सडक खाल्डाखुल्डी र हिलाम्य हुँदा पर्यटकका सवारी साधन ढोरपाटन पुग्न सक्दैनन् । यसबेला अधिकांश पर्यटक मोटरसाइकल र जीपमा यात्रा गर्ने गर्दछन् । पर्यटकले प्रयोग गर्ने सवारी साधन बीचबाटोमै बिग्रिने हुँदा उनीहरुसमेत अलपत्र पर्ने गरेको स्थानीय बुद्धिमान पुनले बताए ।
वर्षाले सडकमा लेदोसहितको हिलो र ढुङ्गा थुपारेको हुँदा यात्रा गर्न निकै कठिन हुने पुन बताउँछन् । यो सडक राष्ट्रिय प्राथमिकताको योजनाअन्तर्गतको सालझन्डी–ढोरपाटन आयोजनाअन्तरगत पर्छ । सडकले रुपन्देहीको सालझन्डीदेखि अर्घाखाँची हुँदै ढोरपाटन जोडेको छ । सडकको दूरावस्था हुँदा पर्यटकसँगै ढोरपाटनका स्थानीयसमेत सहजरुपमा यात्रा गर्न पाएका छैनन् । सडक निकै साँघुरो र हिलाम्मे हुँदा बस्तुभाउ तथा मान्छेलाई लेकबेँसी गर्न सकस पर्ने पुनको भनाइ छ ।
झापा । विश्वबजारमा ‘सेतो सुन’का रुपमा चिनिएको प्राकृतिक रबरको खेती झापामा सुरु भएको ३३ वर्ष भइसक्यो । शनिश्चरेको सुधा फलरस कम्पनीमार्फत ढकाल परिवारले रबर खेती सुरु गरेका थिए । अहिले पाँच जिल्लाका १८ पालिकामा यसको विस्तार भइसकेको छ ।
बर्सेनि अर्बौं रुपैयाँमा विदेशबाट आयात हुने रबर र रबरजन्य वस्तुलाई प्रतिस्थापन गरी स्वदेशी अर्थतन्त्रलाई बलियो तुल्याउने सामर्थ्य बोकेको रबर खेती झापामा २०४७ सालमा सुरु भएको थियो ।
विसं २०४१ मा सरकारले गोरखामा गोरखकाली रबर उद्योग स्थापना गरेपछि त्यसको कच्चा पदार्थमा आत्मनिर्भर हुनका लागि झापामा रबर खेतीको थालनी भएको थियो । तर, गोरखकाली रबर उद्योगलाई राज्यले व्यवस्थित ढङ्गले सञ्चालन गर्न नसक्दा उद्योग मात्र बन्द भएन, मुलुककै अर्थतन्त्रलाई कायापलट गर्नसक्ने रबर खेतीको विस्तार अपेक्षित गतिमा हुन सकेन ।
धेरैले रबर भन्ने बित्तिकै टायर र ट्युबमा प्रयोग हुने लचिलो वस्तु मात्र सम्झन्छन् । तर, हवाइजहाजको टायरदेखि परिवार नियोजनको साधन कन्डमसम्ममा रबरको प्रयोग भएको हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ । विश्वमा रबरको प्रमुख स्रोत पेट्रोलियम पदार्थ हो ।
रबरको अर्को स्रोत प्राकृतिक रबर हो । वृक्षबाट उत्पादन हुने भएकाले यसलाई प्राकृतिक रबर भनिएको हो । रबर रुखमा फल्छभन्दा आश्चर्य लाग्न सक्छ । रोपिएको बिरुवाले पाँच वर्षपछि लहिनो गाई झैं चोप ९दूध जस्तै सेतो तरल पदार्थ० दिन थाल्छ । ४० वर्षसम्म यसको उत्पादकत्व उर्वर नै हुने विज्ञहरु बताउँछन् ।
रबरको रुखबाट निस्कने दूध जस्तो बाक्लो चोपलाई ‘लेटेक्स’ भनिन्छ । प्रत्येक रुखको फेदमा बोक्रा चिरेर (ट्यापिङ) बटुकामा चोप सङ्कलन गरिन्छ ।
चोपलाई फर्मिक एसिड मिसाएर रासायनिक प्रक्रियाले दही जस्तो जमाइन्छ र रोलर मेसिनमा हालेर रबरको रोटी (सिट) बनाइन्छ । ‘स्मोक हाउस’मा सुकाएपछि बन्ने रबरको रोटी (सिट)लाई प्रशोधित रबर मानिन्छ । बजारमा यसको मूल्य र माग उच्च रहेको छ ।
डाक्टरले लगाउने पञ्जा, मेसिनका वासरलगायत हजारौं प्रकारका मूल्यवान सामान यही प्राकृतिक रबरबाट बन्ने गर्दछ । बलियो र वातावरणमैत्री हुने भएकाले विश्वभर पेट्रोलियम रबरको तुलनामा प्राकृतिक रबरको माग बढिरहेको छ ।
भारत, चीन, मलेसिया, इन्डोनेसिया, थाइल्यान्ड, भियतनाम जस्ता मुलुकहरु प्राकृतिक रबरको उत्पादनमा अग्रणी रहेका छन् । समुन्द्र सतहको ५०० मिटरसम्मको उचाइ भएको उष्ण तथा समशितोष्ण हावापानी क्षेत्रमा रबरको खेती फस्टाउँछ ।
विभिन्न अध्ययनहरुले नेपालको चुरे तथा मधेशका पानी नजम्ने जग्गामा रबर खेतीको अथाह सम्भावना रहेको पुष्टि गरेका छन् । २०७० सालमा कृषि विकास मन्त्रालयको बाली विकास निर्देशनालयले यस विषयमा एउटा अध्ययन गरेको थियो ।
यस अध्ययनले नेपालको पूर्वीभागको चुरे तथा मधेश क्षेत्रमा पर्ने झापा, मोरङ, इलाम, सुनसरी, उदयपुर, सिन्धुलीलगायतका जिल्लाको १४ हजार हेक्टर खाली जग्गामा ‘क’ क्षेत्रीको रबर खेती गर्न सकिने निष्कर्ष निकालेको थियो ।
प्रतिहेक्टर एक हजार ८०० केजी प्रशोधित रबर उत्पादन लक्ष्य राख्दा ती क्षेत्रमा वार्षिक दुई करोड ५२ लाख केजी ९२५ हजार मेट्रिक टन० उत्पादन हुने र त्यसको बिक्रीबाट रु ६ अर्बभन्दा बढी आम्दानी हुनसक्ने देखिन्छ । पछिल्ला अध्ययनहरुले नेपालमा रबर खेतीको फाइदा र सम्भावना अझ धेरै रहेको औंल्याएका छन् ।
रबर बैज्ञानिक एवम् इन्स्टिच्यूट अफ रबर रिसर्च नेपालका कार्यकारी निर्देशक तिलक भण्डारीले नेपालमा वार्षिक ४० हजार मेट्रिक टन प्रशोधित रबर उत्पादन हुनसक्ने बताउँछन् । दुई चरणमा थप ३० हजार हेक्टर जग्गामा रबर खेती गर्न सकिने उनको भनाइ छ ।
‘नेपालमा रबर खेतीको सम्भावनालाई सरकारले बेलैमा बुझ्न नसक्दा हाम्रो अर्थतन्त्रले आत्मनिर्भरताको नयाँ गति लिने सम्भावनाबाट हामी टाढिदै गएका छौं,’ नेपालमा रबर खेतीको थालनीदेखि नै रबर खेती अनुसन्धाताको रुपमा कार्यरत भण्डारीले भन्छन् , ‘एउटा सरकारलाई कुरा बुझायो, अर्को सरकार फेरिन्छ । एउटा मन्त्रीलाई नीतिगत अवधारणा सम्झायो, अर्को मन्त्री फेरिइसक्छ । सरकार बदलिए पनि कृषि विकास सम्बन्धी दिगो र प्रभावकारी नीति नबन्दा निराश भएका छौं ।’
उनका अनुसार सरकारलाई बुझाएको प्रतिवेदनमा पहिलो पाँच वर्ष १५ हजार हेक्टरमा र अर्को पाँच वर्षमा थप १५ हजार हेक्टर रबर खेती लगाउन सुझाव दिइएको छ ।
अहिले भारतलगायतका मुलुकबाट रबर आयात भइरहेकामा योजनाबद्ध रुपमा रबर खेतीको विस्तारमा लाग्ने हो भने एक दशकमै नेपाल रबरमा आत्मनिर्भर भएर यसको निर्यात गर्ने मुलुक बन्ने भण्डारी बताउँछन् । झापामा सुधा फलरस र एग्रो फरेस्ट्री प्रोमोसन केन्द्र, मोरङमा मोरङ क्यानिङ कम्पनी, इलाममा चिया विकास निगमले ठूलो क्षेत्रफलमा रबरको व्यावसायिक खेती गर्दै आएको छ ।
नेपालमा भइरहेको रबर खेतीको अधिकांश हिस्सा झापा र इलामले ओगटेको छ । झापा १०२ जना साना किसानले रबर खेती गरिरहेका छन् भने केही चिया बगान र सामुदायिक बनले ठूलो क्षेत्रफलमा रबरका विरुवा हुर्काएका छन् । साना किसान प्राकृतिक रबर उत्पादक सङ्घका केन्द्रीय उपाध्यक्ष तथा झापा रबर जोनका पूर्व अध्यक्ष शान्तिराम चिमरियाले झापामा ६०० बिगाहाभन्दा बढी क्षेत्रफलमा रबर बगान रहेको बताउँछन् ।
धाइजन पशुपालन तथा रबर उद्योग प्रालिका अध्यक्ष समेत रहनु भएको चिमरिया आफैले तीन बिगाहा निजी जग्गामा एघार सय वटा रबरका बोट हुर्काएका छन् ।
मेचीनगर–१२ मा रहेको उनको बगानका ६०० बोटले मात्र चोप (दूध) दिन्छन् । अरु विरुवा आगामी वर्षदेखि उत्पादनयोग्य हुने उननी बताउँछन् । ‘एक बिगाहामा मुस्किलले रु ५० हजारको धान फल्छ, चिया खेती गर्दा पनि त्यति धेरै फाइदा भएन,’ डेढ दशकदेखि रबर खेती अभियानमा होमिनु भएको चिमरिया भन्छन्, ‘अहिले रबर खेती लगाउँदा प्रति बिघा रु चार लाख मुनाफा भइरहेको छ ।’
रबर खेतीसँगै मौरीपालन गर्न सकिने र तीन दशकपछि रबरको काठसमेत महँगो मूल्यमा बिक्री हुने रहेछ ।’ उहाँले फाइदै फाइदा देखेर चिया बगान मासेर रबर खेती थालेका हुन् ।
हाल उनले सयौँ किसानलाई रबर खेतीमा लाग्न प्रोत्साहन दिइरहेका छन् भने रबर प्रशोधन कारखानासमेत सञ्चालन गरेका छन् । नेपाल चिया विकास निगमको इलामस्थित चिलिमकोट बगानको तीन सय बिघा खाली जग्गामा रबर खेती लगाइएको छ । माई नगरपालिकामा रहेको यो नेपालकै सबैभन्दा ठूलो रबर बगान हो ।
यसैगरी, झापाको भद्रपुर नगरपालिका–४ रङ्गेडाँडा क्षेत्रमा एग्रो फरेस्टी प्रालिले कबुलियत वनभित्र १४० बिगाहा क्षेत्रफलमा रबर खेती लगाएको छ । प्रालिको रबर बगान इञ्चार्ज पीटी भुटियाले नेपालकै सबैभन्दा ठूलो रबर नर्सरी समेत सञ्चालित छ ।
यहाँबाट वार्षिक १० हजार बिरुवा उत्पादन गर्दै आएको र किसानको मागअनुसार जति पनि धेरै बिरुवा उत्पादन गर्न सकिने भुटियाले बताउँछन् । प्रालिको बगानभित्र १७ हजार रबरका बोटबाट उत्पादन भइरहेको छ । वार्षिक ४२ हजार केजी प्रशोधित रबर यहाँ उत्पादन हुँदै आएको छ ।
नेपाल सरकारले नै रबर खेतीलाई सुरुवाती दिनहरुमा प्रवद्र्धन गरे तापनि पछिल्ला वर्षहरुमा राज्यले किसानलाई अनुदान दिन कञ्जुस्याइँ गर्दै आएको छ ।
धाइजन पशुपालन तथा रबर उद्योगका सञ्चालक शान्तिराम चिमरिया सङ्घीय सरकारले कहिले थोरै र कहिले धेरै अनुदान दिने गरेको जनाउँदै स्थानीय सरकारबाट भने चासोसम्म नदेखाइएको गुनासो व्यक्त गर्छन् ।
झापाको रतुवामाई वृक्षारोपण क्षेत्र र सामुदायिक बनहरुको खाली हजारौं हेक्टर जग्गामा रबर खेती लगाउन सकिने सम्भावना रहेको उनी बताउँछन् । तर स्थानीय तह र वन कार्यालयले रबर खेतीको सम्भावनालाई बेवास्ता गर्दै आएको छ ।
झापा रबर जोनलाई आव २०७९ र ८० मा रबर खेती विस्तारका लागि रु। पाँच लाख मात्र बजेट छुट्याइएको थियो । दुई वर्षअघि आफू झापा रबर जोनको अध्यक्ष रहँदा सरकारले रु एक करोड बजेट दिएको थियो ।
उक्त बजेट रबर खेतीको विस्तार र प्रशोधनका लागि यान्त्रीकरणमा उपयोग गरिएको उनले बताए । आव २० ७९ र ८० मा झापाका ११ पालिकालाई रबर खेती प्रवर्धनका लागि रु २५ लाखका दरले सङ्घीय सरकारले बजेट विनियोजन गरेको थियो । तर, स्थानीय पालिकाहरुले बजेट कटौतीमा परेको भनेर सो रकम किसानहरुलाई उपलब्ध गराएनन् ।
झापामा कनकाई रबर उद्योग र धाइजन चिमरियाले नै पशुपालन तथा रबर उद्योग सञ्चालनमा छन् । दुई वर्षअघि रु १५ करोडको लगानीमा पाँच जना युवा मिलेर सुरु गरेको कनकाई रबर उद्योगले हाल जुत्ता चप्पलको सल, पैसा तथा महिलाहरुले कपाल बाँध्ने रबर, पञ्जालगायतका सामग्री बनाउँदै आएको छ ।
काठमाडौं । नेपाल क्यान्सर केयर फाउन्डेसनले ललितपुरमा सञ्चालन गरेको महिला क्यान्सर सेन्टरमा स्थापित म्यामोग्राफी मेसिन जडान आयोजना हस्तान्तरण भएको छ । म्यामोग्राफी मेसिन जडान आयोजना जापान सरकारको सहयोगमा सम्पन्न भएको हो ।
जापान सरकारले जनस्तरीय आयोजना तथा मानवीय सुरक्षा अनुदान सहयोग कार्यक्रम (ग्रान्ट एसिस्टेन्स फर ग्रासरुट्स ह्युम्यान सेक्युरिटी प्रोजेक्ट्स–जीजीपी) अन्तर्गत फाउन्डेसनको महिला क्यान्सर सेन्टरमा मेसिन जडान भएको हो ।
म्यामोग्राफी मेसिन जडान आयोजना हस्तान्तरण गर्न सोमबार आयोजित समारोहलाई सम्बोधन गर्दै नेपालका लागि जापानी राजदूत किकुता युताकाले सन् २०१९ को अन्त्यमा सम्पन्न आयोजना २०२० को मार्च मै हस्तान्तरण गर्ने योजना रहे पनि कोरोना महामारीले पर सरेको बताए ।
जापानको सहयोगमा नयाँ म्यामोग्राफी उपकरण उपलब्ध भएपछि केन्द्रको स्तन क्यान्सर स्क्रिनिङमा उल्लेख सुधार आएको उनको भनाइ छ । पछिल्लो एक वर्षमा यो मेसिन प्रयोग गरेर ५०० भन्दा बढी स्तन क्यान्सर परीक्षण गरिएको र व्यावहारिक प्रयोगमा यो निकै उपयोगी देखिएको जानकारी आफूले पाएको पनि उनले बताए ।
भाइरस परीक्षण र खोपमार्फत रोकथाम गर्न सकिने पाठेघरको क्यान्सर स्क्रिनिङमार्फत प्रारम्भिक रुपमा पहिचान गर्न र त्यसपछि उपचार गर्न यो मेसिन अन्यन्तै महत्वपूर्ण हुने उनको भनाइ छ ।
कार्यक्रममा बोल्दै फाउन्डेसनका अध्यक्ष सुशीलकुमार पन्तले गैरनाफामुलक फाउन्डेसनको क्यान्सरविरोधी लडाइँलाई उक्त मेसिन बरदान सावित हुने बताए । फाउन्डेसनका महासचिव डा. सरिता घिमिरेले विशिष्टीकृत सेवा न्यूनतम शुल्क वा निःशुल्क उपलब्ध गराउन सके क्यान्सरबाट बचाउन सकिन्छ भन्ने मान्यता बोकेर सन् २०१४ मा स्थापित संस्था विभिन्न दाताको सहयोगले यहाँसम्म आएको बताइन् ।
फाउन्डेसनले सातवटै प्रदेशमा पुगेर जनचेतनामूलक कक्षा सञ्चालन गरेको र सचेतनामूलक भित्तेपात्रो, ब्रोसरबाट आफैंले स्तन क्यान्सर पत्ता लाउने विधि गाउँगाउँ पुर्याइरहेको पनि उनले जानकारी दिइन् ।
त्यसैगरी, सरकारलाई राष्ट्रिय क्यान्सर नीति बनाउन चाहिने विज्ञता उपलब्ध गराएको र सरकारसँग मिलेर स्वास्थ्यकर्मीलाई तालिम दिएको उनको भनाइ छ । फाउन्डेसनले घुम्ती स्वास्थ्य शिविर पनि सञ्चालन गर्दै आएको छ ।
फाउन्डेसनका कोषाध्यक्ष राजेन्द्र अर्यालले जापान सरकारको यो सहयोगबाट संस्थालाई यसको लक्ष्यमा पुग्न निकै सहज हुने बताए । उक्त म्यामोग्राफी मेसिन संस्थाका लागि असाध्यै बहुमूल्य उपकरण भएको भन्दै यसले संस्थाको परिकल्पना र संकल्पलाई मूर्त रुप दिलाउन ठूलो सहयोग गरिरहेको आर्यलले बताए ।
उपचार गरेर निको पार्न सकिने अवस्थामै स्तन क्यान्सर पहिचान गर्न मद्दत गर्ने हुँदा यो मेसिन स्तन क्यान्सरको जोखिममा रहेकाका लागि बरदान सावित हुने उनको विश्वास छ ।
नवलपुर । चितवन राष्ट्रिय निकुञ्जले एक वर्षको अवधिमा एक सय ४२ वन्यजन्तुको उद्धार गरेको छ । आर्थिक वर्ष २०७९ र ८० मा दुर्लभ वन्यजन्तु पाटेबाघ, अजिङ्गर, एक सिङ्गे गैँडासहित एक सय ४२ वन्यजन्तुको उद्धार गरिएकोे निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले गत वर्ष सबैभन्दा बढी ८६ अजिङ्गरको उद्धार गरिएको जानकारी दिए । गत वर्ष १९ सर्प, १३ चित्तल, छ पाटेबाघ, छ एक सिङ्गे गैँडा , पाँच सङ्कटापन्न अवस्थाको घडियाल गोही उद्धार गरिएको उनको भनाइ थियो ।
मध्यवर्ती क्षेत्र, समुदाय तथा राष्ट्रिय वन क्षेत्रबाट सालक, कछुवा, सुनगोहोरो, गोहोरो, मगर गोही र जरायो एक–एकवटा उद्धार गरिएको सूचना अधिकारी तिवारीले बताए । “हामीले उद्धार गरेका वन्यजन्तु अधिकांश घाइते अवस्थामा रहेका छन्” उनले भने । “चिकित्सकसहितको उद्धार टोली घटनास्थलमा पुगेर वन्यजन्तुको उद्धार गरेर औषधि उपचारपछि प्राकृतिक वासस्थानमा नै छोड्ने गरेका छौँ ।” राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता सूचना केन्द्रसँग वन्यजन्तु एम्बुलेन्स रहेकाले तत्काल एम्बुलेन्स लिएर वन्यजन्तुको उद्धारमा पुग्ने गरिएको छ । सामुदायिक वन तथा बस्तीमा गएर मानिसलाई आक्रमण गर्ने बाघलाई निकुञ्जले डार्ट (बन्दुकमा लठ्याउने औषधि राखेको सुई हानेर) गरेर खोरमा राख्ने गरेको छ । निकुञ्जसँग बाघ राख्ने छ वटा खोर रहेको र अहिले सबै खोरमा उद्धार गरिएका बाघ राखिएको छ । नवलपुर, चितवन, मकवानपुर र पर्सा जिल्लामा फैलिएको निकुञ्जले अधिकांश वन्यजन्तु नवलपुर र चितवनका विभिन्न स्थानबाट उद्धार गरेको हो ।
काठमाडौं । सप्तरीमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् । आफ्नै ३० वर्षीया श्रीमती पार्वती देवी खङको हत्या गरेको अभियोगमा महादेवा गाउँपालिका२ अकबरपुर बस्ने ३५ वर्षीय रामरूप खङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
उनीहरू बीच घरायसी वादविवादको कारण झैं(झगडा तथा कुटपिट हुँदा पार्वती गम्भीर घाइते भएकी भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
गम्भीर घाइते पार्वतीको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै उक्त झगडा छुट्याउने क्रममा गम्भीर घाइते भएकी रापरूपकी आमा ६१ वर्षीया समतोलिया खङको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
काठमाडौं । कामना सेवा विकास बैंक र नेपाल हाउस रेस्टुरेन्ट एण्ड बारबीच सम्झौंता भएको छ । सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले बालुवाटार, काठमाडौं स्थित रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन् । बैंकसँग आवद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्तगर्न सकिने छ । यस सम्झौताबाट बैंकसँग आवद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बिश्वास बैंकले लिएको छ ।
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले लाइसेन्स बनाइदिने तथा ट्रायल पास गराइदिने भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–१३ बस्ने ३० वर्षीय राजु परियार रहेका छन् । पक्राउ परेका परियारले आफू यातायात व्यवस्था कार्यालय एकान्तकुनाको कर्मचारी रहेको बताउँदै पीडितहरुलाई लाइसेन्स बनाइदिने, ट्रायल पास गराइदिने, प्रदूषण जाँचपास गराइदिनेलगायतका कार्य गरिदिन्छु भन्दै सुन र नगद गरी रु चार लाख ३० हजार बराबरको रकम ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । परियारलाई लुभुबाट पक्राउ गरिएको उनले जानकारी दिए । यसैगरी उनले ठगी गरेको सुन खरिद गर्ने कृष्ण ज्वेलर्स् एन्ड सन्स्का सञ्चालकलाई पनि कालीमाटीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर जावलाखेल पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए ।
नेपाल राष्ट्र बैंकले आईतबार चालु आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गर्दै बिकास बैंकहरुमा क्यापिटल ऐडुकेसी फ्रेमवर्क २०१५ अनुसार पुंजीकोष कायम गर्नुपर्ने व्यवस्था लागु गर्ने तयारी गरेको जानकारी दिएको हो ।
गर्भनर महाप्रसाद अधिकारीले चालु आवको मौद्रिक नीति सार्वजनिक गदे फेमवर्क अनुसार पुँजीकोष कायम गर्नु पर्ने व्यवस्था लागु गरिने बताएका हुन ।
यसैगरी नेपाल लेखामान अनुसार एक्सपेक्टेड क्रेडिट लस मोडल ९इसिएल० कार्यान्वयनका लागि आवश्यक नीति तर्जुमा गर्ने मौद्रिक नीतिमा उल्लेख छ । कर्जा प्रवाहको वर्तमान अवस्था समेतको विश्लेषणको आधारमा तोकिएका क्षेत्रमा कर्जा लगानी गर्नुपर्ने सम्बन्धी विद्यमान व्यवस्थामा आवश्यक पुनरावलोकन गरिने छ । आर्थिक वर्ष २०८०(८१ को नेपाल सरकारको बजेटमा उल्लेख भएबमोजिम बैंक तथा वित्तीय संस्थाबाट निश्चित सीमाभन्दा बढी कर्जा(सुविधा उपयोग गर्ने ऋणीहरुले अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिनु पर्ने व्यवस्था पुनरावलोकन गरिने छ । धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका प्राईभेट इक्विटी फण्ड, भेञ्चर क्यापिटल फण्डमा बैंक तथा वित्तीय संस्थाबाट हुने लगानीलाई सहजीकरण गर्न विद्यमान लगानी सम्बन्धी व्यवस्थामा पुनरावलोकन मौद्रिक नीतिमा उल्लेख छ ।
मौद्रिक नीतिले क्रेडिट स्कोरीङ्ग मापन गर्ने प्रणालीको विकास गर्न सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिने लक्ष्य लिएको छ । आर्थिक वर्ष २०८०÷८१ को नेपाल सरकारको बजेटमा उल्लेख भएबमोजिम बचत तथा ऋण सहकारी संस्थाको प्रभावकारी नियमन तथा सुपरिवेक्षणका लागि छुट्टै विशिष्टिकृत नियामक निकाय स्थापना गर्न आवश्यक सहजीकरण गरिने मौद्रिक नीतिमा उल्लेख छ । बैंक तथा वित्तीय संस्था तथा अन्य भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थाहरुबीच ग्राहकको सूचना आदानप्रदान गर्ने कार्यलाई सहज बनाउन र नेपाल सरकारले जारी गरिरहेको राष्ट्रिय परिचयपत्र समेतलाई केन्द्रीय ग्राहक पहिचान प्रणालीमा आवद्ध हुने गरी केन्द्रीय ग्राहक पहिचान प्रणालीको निर्माण तथा कार्यान्वयन गर्न सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिने छ । वित्तीय गहिराई मापनका लागि बैंक तथा वित्तीय संस्थाको अतिरिक्त लघुवित्त वित्तीय संस्था, बिमा कम्पनी, नागरिक लगानी कोष र कर्मचारी संचय कोष लगायतका अन्य गैर–बैंकिङ्ग वित्तीय संस्थाहरुको वासलात समावेश भएको वित्तीय सर्वेक्षण तयार गरी प्रकाशन गरिने छ । बैंकिङ्ग प्रणालीको स्थायित्वको लागि सक्षम जनशक्तिको व्यवस्थापन र कार्यसम्पादन सुदृढ बनाउन आवश्यक भएकोले बैंकिङ्ग क्षेत्रको समग्र जनशक्ति विकास र व्यवस्थापनका सम्बन्धमा अध्ययन गरिने छ । नेशनल बैंकिङ्ग ईन्स्टिच्यूट जस्ता संस्थाहरुसँगको सहकार्यमा बैंकिङ्ग सेवामा प्रवेश गर्न प्रवेश परीक्षा र वृत्ति विकासका लागि सर्टिफिकेशन कोर्ष पूरा गरेकालाई प्राथमिकता दिने सम्बन्धी व्यवस्था गरिने छ । शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भार सम्बन्धी व्यवस्था पुनरावलोकन गरिने पनि राष्ट्र बैंकले जानकारी दिएको छ ।
काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाल भ्रमणमा रहेका चीनको सीपीसी केन्द्रीय कमिटीका राजनीतिक ब्यूरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव यान च्याचिनसँग भेट गरेका छन् ।
काठमाडौंमा सोमबार भएको भेटमा दुईपक्षीय सम्बन्ध, आर्थिक, व्यापारिक, राजनीतिक, सामाजिक, धार्मिक आदानप्रदान लगायतका विषयमा छलफल भएको छ । भेटमा सभामुख घिमिरेले चीनले नेपाललाई उच्च महत्व दिँदै उपल्लोस्तरको भ्रमण गर्दै आएकोमा आभार व्यक्त गरे । ‘सन् २०१९ मा राष्ट्रपति सि चिनफिङको भ्रमणपछि उपल्लो स्तरको भ्रमण हुँदै आएको छ,’ उनले भने, ‘ दुईपक्षीय राजनीतिक भ्रमणले नेपालको विकास र समृद्धिमा सहयोग पुग्ने विश्वास लिएको छु ।’
सभामुख घिमिरेले नेपाल सुन्दर र विश्वकै आकर्षक मुलुक रहेको बताउँदै चीनको सानो सहयोगले पनि समृद्धिका लागि सहयोग पुग्ने उल्लेख गरे । उनले संविधान निर्माणसँगै नेपालले स्थायित्व र विकासमा प्रगति हासिल गरिरहेको बताउँदै तत्कालिन केपी शर्मा ओली सरकारले गरेको पारवहन सन्धी र रसुवागढी–केरुङ रेल मार्गको विकासका लागि जोड दिए ।
हिमाल र नदी तथा धर्म र संस्कृतिले जोडिएका चीन र नेपालबीच प्रागैतिहासिक कालदेखि नै सुमधुर सम्बन्ध रहँदै सभामुखको भनाइ छ । उनले नेपाल आउने पर्यटकको मुख्य हिस्सा चीनको रहेको बताउँदै जसले नेपालको पर्यटन उद्योगमा टेवा पु¥याएको उल्लेख गरे ।
जन गणतन्त्र चीनको राष्ट्रिय जन काँग्रेसका स्थायी समितिका अध्यक्ष ली चानशुको गएको वर्ष भएको भ्रमण र नेपालको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको एक महिना अघि भएको भ्रमणले संसदीय आदान प्रदान विस्तारित हुँदै गएको सभामुखको भनाइ छ ।
चीन संसारको आर्थिक शक्ति रहेको उल्लेख गर्दै सभामुख घिमिरेले नेपाललाई अन्नको भण्डार बनाउन नमूना कार्यक्रम सुरु गरेकोमा खुसी व्यक्त गरे ।
सीपीसी नेता यान च्याचिनले आफू चिनियाँ राष्ट्रपति चिनफिङको निर्देशनमा नेपाल भ्रमणमा आएको बताउँदै नेपाललाई अन्नमा आत्मनिर्भर बनाउन चीनले सहयोग गर्ने बताए । उनले आफ्नो नेपाल भ्रमणमा ८० लाख युआन अर्थात् नेपाली १४ करोड रुपैयाँ सहयोगको घोषणा गरे ।
नेता च्याचिनले सभामुख घिमिरेलाई चीन भ्रमणको निम्तोसमेत दिए । सोमबार नै एलआरआई स्कूल कलंकीमा भएको कार्यक्रममा सभामुख घिमिरे र नेता च्याचिनले भाषा ल्याबको सुरुवात गरे । सभामुख घिमिरेले चीन नेपालको भरपर्दो विकास साझेदार रहेको बताए ।
काठमाडौं । कोशी प्रदेश सरकार गठनसम्बन्धी मुद्दाको पेसी न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासमा तोकिएको छ। न्यायाधीद्धय माथेमा र श्रेष्ठको इजलासमा उक्त मुद्दा क्रमसंख्याअनुसार २ नम्बरमा रहेको छ । आइतबारको मिति तोकिए पनि ‘हेर्न नमिल्ने’मा परेपछि स्थगित भएको उक्त मुद्दाको अन्तिम सुनुवाइ सोमबारबाट हुन लागेको हो । आइतबार न्यायाधीश कुमार रेग्मीको इजलासमा पेसी तोकिएको थियो । तर, रेग्मीले तत्कालीन मुख्यमन्त्री हिक्मत कार्की आफ्नो साथी भएकाले मुद्दाको सुनुवाइ नगर्ने निर्णय गरेका थिए । तत्कालीन मुख्यमन्त्री कार्कीले विश्वासको मत ल्याउन नसकेपछि ढलेको सरकार नेपाली कांग्रेसका उद्धव थापाको नेतृत्वमा गत असार २१ गते गठन भएको थियो । यस क्रममा सरकार गठन असंवैधानिक रहेको भन्दै एमाले प्रदेश संसदीय दलका नेतासमेत रहेका निवर्तमान मुख्यमन्त्री कार्कीले गत असार २२ गते सर्वोच्चमा रिट दायर गरेका थिए। सर्वोच्चले साउन १० गतेसम्म कोशी सरकारलाई दीर्घकालीन प्रभाव पार्ने कुनै निर्णय नगर्न आदेश दिएको छ ।
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले श्रीलङ्का पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेना र नाइजेरियाका पूर्वराष्ट्रपति गुडलक जोनाथनसँग शिष्टाचार भेटवार्ता गरेका छन । कम्बोडियाको सातौं राष्ट्रिय व्यवस्थापिकाको आम निर्वाचनमा पर्यवेक्षणका लागि त्यहा पुगेका अध्यक्ष ओलीले हिजो उनीसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गरेको ओलीको सचिवालयले जनाएको छ । श्रीलङ्का पूर्वराष्ट्रपति सिरिसेना र नाइजेरियाका पूर्वराष्ट्रपति जोनाथन पनि निर्वाचनमा पर्यवेक्षणका लागि कम्बोडिया पुगेका हुन ।
यसअघि निर्वाचन पर्यवेक्षकका रुपमा त्यहाँ पुगेका पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुस राजा गिलानीसँग पनि ओलीले भेटवार्ता गरेका थिए । अध्यक्ष ओलीले आज कम्बोडियामा भएको निर्वाचनमा तीन वटा मतदान केन्द्रमा पुगि पर्यवेक्षण गर्नु भएको थियो ।
यहि साउन २ गते निर्वाचनको पर्यवेक्षकका लागि कम्बोडियागएका उनी आज स्वदेश फर्कने कार्यक्रम छ । अध्यक्ष ओलीसहित पत्नी राधिका शाक्य, एमाले उपमहासचिव विष्णु रिमाल त्यसतर्फ गएका थिए ।