सुन प्रकरणमा भारतीय र चिनियाँ नागरिकसमेत संलग्न रहेकोले ः सीआईबीले माग्यो इन्टरपोलको सहयोग

काठमाडौँ । नेपाल प्रहरीले सुन तस्करी प्रकरणमा विदेशी नागरिकहरूको समेत संलग्नता देखिएकाले इन्टरपोलको सहयोग मागेको छ ।

सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)लाई सहयोगका लागि पत्राचार गरेको छ।

प्रहरी महानिरीक्षक वसन्त कुँवरले इन्टरपोल हङ्कङ र भारतलाई सहयोगका लागि पत्राचार गरिएको जानकारी दिए। गत साउन ३ गते हङ्कङबाट ल्याइएको ६० किलो सात सय १६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो।

त्यसपछि अहिले सुन प्रकरणको अनुसन्धान सिआइबीले गरिरहेको छ। सिआइबीले हिजोमात्रै सुन प्रकरणका आवश्यक सूचना र जानकारी भए उपलब्ध गराइदिन अनुरोधसमेत गरेको छ।

सुन प्रकरणमा भारतीय र चिनियाँ नागरिकसमेत संलग्न रहेको भन्दै त्यहाँ रहेको इन्टरपोलसँग समन्वयका लागि पत्राचार गरिएको प्रहरीको भनाइ छ। सुन प्रकरणमा संलग्न २३ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ।

एमालेको स्थगित सचिवालय बैठक १३ गते बस्ने

काठमाडौँ । नेकपा एमालेको भदौ ९ गतेलाई तय भएर अन्तिम अवस्थामा स्थगित भएको केन्द्रीय सचिवालय बैठक १३ गतेबाट सिराहामै बस्ने भएको छ ।

धनगढीमाई नगरपालिकामा सारे अम्बासमा बस्ने भनेको ९ गतेको बैठक निरन्तरको वर्षाका कारण भदौ १३ गतेलाई सारिएको नेकपा (एमाले)का केन्द्रीय सचिव योगेश भट्टराईले जानकारी दिए ।

एमालेले निरन्तर वर्षाका कारण नौ गतेको बैठक १३ लाई सार्नु परेको जनाएको छ । तत्कालीन माले (हालको एमाले) ले २०४६ सालमा सिराहाको एक काठ घरमा चौथो महाधिवेशन गरेको थियो । सोही महाधिवेशनले मदन भण्डारीलाई महासचिव निर्वाचित गरेको थियो ।

राष्ट्रिय सभा बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय सभा बैठक बस्दै छ। संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक आज दिउँसो १ बजे बोलाइएको छ।

बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सबन्धी पत्रहरुको ब्योहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयवाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइने छ।

यस्तै विधायन ब्यबस्थापन समितिकी सभापति जयन्ती राईले संविधान अनुसार बन्न बाँकी रहेको कानुनहरुको अध्ययन प्रतिवेदन २०८० पेस गर्ने संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ।

साथै, बाधा अडकाउ फुकाउ आदेश पेस गर्ने सिलसिलामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग २०७१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यबिधि थप गर्ने प्रस्ताव पेस गर्नेछन् ।

हेलम्बु गाउँपालिकाले माग्यो प्रदेश सरकारको सहयोग

सिन्धुपाल्चोक । मेलम्ची नदीमा आएको बाढीले थप क्षति गर्न थालेपछि हेलम्बु गाउँपालिकाले बागमती प्रदेश सरकारसँग सहयोग माग गरेको छ।

हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाल गत साउन २८ गते र त्यसपछि लगातार आएको बाढी पहिराका कारण भएको क्षतिबारे अवगत गराउँदै आर्थिक मामिला तथा योजना मन्त्रालयलाई सहयोगका लागि अनुरोध गरे।

उनले बाढी पहिरोका कारण अवरुद्ध सडक सञ्चालन नदीका तटीय क्षेत्र संरक्षण भौतिक संरचनाको पुनःनिर्माण गाउँपालिकाको एकल प्रयासमा मात्र सम्भव नहुने हुँदा प्रदेश सरकारसँग सहयोग मागिएको बताए।

सिन्धुपाल्चोकका केही नगर र गाउँपालिकामा विपद्का लागि एक करोड पठाए पनि हालसम्म अतिविपद् जोखिम रहेको मेलम्ची नगरपालिका, हेलम्बु, पाँचपोखरी थाङ्पाल गाउँपालिकालगायतमा रकम पनि उपलब्ध नगराएको प्रति उनले असन्तुष्टि प्रकट गरे।

अध्यक्ष शेर्पाका अनुसार हेलम्बु गाउँपालिकाका लागि मात्र तत्कालै तीन–चार करोड आवश्यक पर्छ।

बाढीले हेलम्बु–४ स्थित जिल्लाकै पुरानो सरस्वती माविको एउटा भवन बाढीले बगाएपछि स्थानीयवासीको सक्रियतामा थप क्षति हुन नदिन प्रयासहरू भइरहेका छन् ।

स्वास्थ्य मन्त्री बस्नेतद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले बाढीग्रस्त सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीलगायत क्षेत्रको शनिबार निरीक्षण गरेका छन्। उहाँ सिन्धुपाल्चोक क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद छन्।

अबिरल वर्षाका कारण जिल्लाको ग्याल्थुममा रहेको सरस्वती माध्यमिक विद्यालयका भौतिक संरचना, चनौटे बेलीब्रिज, मेलम्ची बेलीब्रिजलगायत केही घरमा बाढीले क्षति पुर्‍याएको छ।

मन्त्री बस्नेतले बाढी प्रभावित क्षेत्रमा तत्काल राहतको कार्यक्रम सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय र सरोकारवाला निकायलाई निर्देशन दिए।

बाढीप्रभावित क्षेत्रका बासिन्दाको राहत र उद्धारका लागि मन्त्री उनले बागमती प्रदेशका सभासदस्य कृष्णकुमार तामाङ, नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला सचिव रमेशराज भण्डारी, मेलम्ची नगर उपसभापति रामशरण गिरी लगायतका नेतालाई पनि त्यहाँ खटाइएको जानकारी दिए ।

सन्दीप लामिछानेको मुद्दाको पेशी आज

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी आज (आइतबार)का लागि तोकिएको छ ।

उनी सफाइ पाएको अवस्था वा मुद्दाको टुङ्गो नलागेमा आइतबार राति नै एसिया कप खेल्न पाकिस्तान जाने तयारीमा छन् ।

सन्दीपविरुद्धको बलात्कार मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ । उक्त मुद्दाको अन्तिम बहस पटक(पटक स्थगित हुँदै आएको छ । अदालतले आइतबारका लागि पुन अन्तिम पेशी तोकेको हो ।

१७ वर्षकी एक किशोरीले सन्दीपले आफूलाई काठमाडौँको एक होटलमा लगेर पटक–पटक बलात्कार गरेको भन्दै अघिल्लो वर्ष भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

यस्तो छ १० भाद्र २०८०,आज आइतबारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सफल यात्राको योग छ । कार्य सम्पादनमा सहजता र लाभ पनि मिल्नेछ, तर साँझमा पैसा खर्च हुने चोटपटकको भय छ सचेत रहनुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । आर्थिक कारोबारमा मन्दी आउनेछ । मनमा दुबिधा उत्पन्न होला । सौन्दर्यतामा धन खर्च हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रमणीय, सुखद् र धार्मिक यात्राको योग छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धुबान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । रमाइलो यात्राको योग रहेको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा पनि सफलता पाइनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) माया प्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ । रमणीय र सुखद् यात्राको योग पनि छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज मनमा शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक भेटघाटमा रमाइन्छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ । तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला । अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ला । परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज अधुरा र रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

भ्रष्टाचारमा लिप्त जनप्रतिनिधि धमाधम अख्तियारको फन्दामा

काठमार्डाै । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न भ्रष्टाचारमा संलग्न जनप्रतिनिधिहरुलाई एक पछि अर्को गर्दै नियन्त्रणमा लिने क्रम जारी राखेको छ । गाउपालिकाका अध्यक्षहरु नै एकपछि अर्को गर्दै रंगेहात तथा घुस लिएपछि पक्राउ परिरहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको शहिदनगर नगरपालिकामा कार्यरत इन्जिनियर रमेश कुमार चौधरीसहित दुई जनालाई घुससहित नियन्त्रणमा लिएको छ । चौधरी र उनको साथी गुरुदेव यादवलाई एक लाख ७५ हजार रुपैयाँ घुससहित अख्तियारले नियन्त्रणमा लिएको हो । 

जनताको घरदैलाको सरकारका रुपमा लिइने स्थानीय तहमा जनप्रतिनिधिहरु भ्रष्टाचारमा संलग्न भएको उजुरी बढेसंगै आयोगले त्यसको अनुसन्धान गरी भ्रष्टाचारमा संलग्न जनप्रतिनिधिहरुलाई नियन्त्रणमा लिन थालेको हो । स्थानीय तहमा हुने गरेका रकम हिनामिना, भ्रष्टाचारको विषयमा धमाधम उजुरी पर्दै आएको स्थितिमा आयोगले अनुसन्धान गर्दै त्यस्ता कार्यमा संलग्न जनप्रतिनिधिहरुलाई सोधपुछ गर्नेदेखि विशेष अदालतमा मुद्दा दायर गर्नेसम्मका कार्यलाई तीब्रता दिएको आयोगका प्रवक्ता भोला दाहालले बताउनुभयो।

आयोगले गत बुधबार सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश कुमार यादवलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ।घुस सम्बन्धी विषयमा सोधपुछ र अनुसन्धानका लागि नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।

गत साउन ३१ गते सोलार सम्बन्धी एक योजनामा घुसको रुपमा २ लाख नगद र ३ लाखको चेक लिदै गर्दा विष्णुपुर गाउँपालिकाका लेखापाल टेकनारायण यादव र कम्प्युटर अपरेटर वीरेन्द्र यादवलाई आयोगको टोलीले राजविराजस्थित गजेन्द्र चौकबाट नियन्त्रणमा लिएको थियो ।सोही प्रकरणमा सोधपुछ र बयानका लागि पालिका अध्यक्ष यादवलाई नियन्त्रणमा लिइएको प्रवक्ता भोला दहालले बताउनुभयो।

आयोगले नियन्त्रणमा लिएपछि बिरामी परेका अध्यक्ष यादवलाई राजधानीकै अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।विष्णुपुर गाउपालिकामै गत असार २४ गते कामै नभएको एउटा सडक योजनामा ७९ लाख ७८ हजार रुपैया आफूखुसी भुक्तानी दिइएको समेत खुलेको छ।विष्णुपुर गाउपालिका अध्यक्ष यादव आयोगको कारवाहीमा पर्ने सप्तरीका तेस्रो जनप्रतिनिधि हुन् ।

यसअघि राजविराजस्थित राजरंगशालाको निर्माणमा अनियमितता गरेको आरोपमा निर्माण कम्पनीको संचालकको हैसियतमा आयोगले राजविराज नगरपालिकाका निर्वाचित नगरप्रमुख भिमराज यादवमाथि विशेष अदालतमा आरोपपत्र दायर गरेपछि भिमराज निलम्बित भएका थिए ।गत साउन ३२ गते विशेष अदालतले भिमराज माथि आरोप आंशिक ठहर गर्दै जरिवानासमेत गरेको छ ।

यस्तै घुस सम्बन्धी एक अर्को प्रकरणमा आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेपछि सप्तरीको शम्भुनाथ नगरपालिकाका नगरप्रमुख जितेन्द्र प्रसाद गुप्ता पनि निलम्बित भएका छन् ।

यी स्थानीय तहमा भएका भ्रष्टाचार विरुद्ध दायर मुद्दाका केही उदाहरण हुन् मात्र हुन्।आयोगका अनुसार स्थानीय तहमा कर्मचारी, उपभोक्ता र विचौलियाको मिलोमतमा भ्रष्टाचार हुने क्रम बढ्दै गएको छ ।आयोगमा दर्ता भएका अधिकाशं उजुरीहरु स्थानीय तहमा भ्रष्टाचारसंग सम्बन्धित रहेको छ।आयोगका अनुसार गत वर्ष झै र चालू आर्थिक वर्षमा पनि स्थानीय तहमा हुने भ्रष्टाचार उजुरी बढ्दै गएको हो ।

आयोगले भ्रष्टाचारको उजुरी, त्यसको छानबिन गरी विशेष अदालतमा दायर गर्ने मुद्दाको संख्याको आधारमा सबै भन्दा बढी भ्रष्टाचार हुने निकायको सूचीमा स्थानीय तहलाई राखेको सहायक प्रवक्ता दाहालले बताउनुभयो।जनताको दैनिक जीवनसंग जोडिएको र विकासको केन्द्रको रुपमा रहेको निकायमा भ्रष्टाचार बढ्दै गएको उजुरी र त्यसउपर छानबिन गरी विशेष अदालतमा दायर मुद्दाको संख्याले देखाएको छ ।

गत आर्थिक वर्षमा १ सय ६२ वटा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले ७ सय ६० जनालाई प्रतिवादी बनाएको थियो। ७ सय ६० जनामध्ये ३ सय ५५ जना कर्मचारी छन् भने २ सय २६ जना निर्वाचित पदाधिकारी हुन्।

त्यसैगरी अघिल्लो आर्थिक वर्ष २०७८/०८० मा आयोगमा दर्ता भएका भ्रष्टाचार सम्बन्धी उजुरी र प्रवृतिको विश्लेषण गर्दा महत्वपूर्ण हिस्सा प्रदेशसहित स्थानीय तहको रहेको पाइएको छ। विशेष अदालतमा दायर १ सय ३१ वटा मुद्दाको प्रतिवादीमा १ सय ४१ जना जनप्रतिनिधि रहेका छन्।सार्वजनिक पदधारण गर्ने मध्ये जनप्रतिनिधिको संख्या बढी रहेको हो। ७९ जनालाई गैर कानूनी लाभ वा हानी नोक्सानी पु¥याएको अभियोग लगाइएको थियो।यस मुद्दामा अधिकृत कर्मचारी ७१ जना सहायक सहयोगी कर्मचारी ६५ जना र विचौलिया १ सय ५ जना रहेका छन् ।

यस्तो छ भदाै ९ गते शनिबार, तपाईंको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । आम्दानीमा पनि कमी आउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज गोप्य सूचना बाहिरिनाले समस्या आउनेछ । यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुन सक्छ, तर आफन्तको साथ र सहयोग पाइनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज कामको सन्दर्भमा आउँने प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिनेछ । सजिलै अरूको मन जित्न पनि सकिनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज शरीरमा कमजोरी अनुभूति हुनेछ । आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ, तर साँझमा भने मनमा हर्ष र प्रसन्नता छाउनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
धार्मिक र सामाजिक महत्त्व भएको क्षेत्रमा भ्रमण हुनसक्छ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । यात्रा गर्ने अवसर पनि जुट्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज बोलीवचन एवं प्रवचन भाषण आदिमा प्रशंसा मिल्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । प्राविधिक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ । आजको दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यवसायिक क्षेत्रबाट पनि लाभ हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज भाग्यले साथ दिनेछ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । आफन्तजनहरू खुसी हुने समाचार दिन सकिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज घरमा कुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्ला ।

चन्द्रपुरका मेयर काफ्ले भ्रष्टाचारले चुर्लुम्म

रौतहट जिल्ला साक्षरताको हिसाबले बढी जनमानस बसोबास गर्ने चन्द्रपुर नगरपालिकाका मेयर संजय काफ्ले बढी विवादमा तानिएका छ्न्। खासगरी जग्गाको कारोबार बाट उभिएका मेयर काफ्ले ले जग्गा प्लटिङ्बाट कमाएको रकम खर्चेर चुनाबमा होमिएर सफलता हातपारेका उनले जब मेयरले जिते त्यसपछि व्यावसायिक मेयरका रुपमा आफुलाइ स्थापित गराउँदै लगेको जानकारहरु बताउँछन् ।

चन्द्रपुर नगरपालिकका प्रशासकिय अधिकृत किरण निधि तिवारी

काफ्ले मेयर भएर आएपश्चात चारजना प्रमुख प्रशासकीय कार्यकारी अधिकृत हेरफेर गराउँदै आफू अनुकूलको काम गराउन सफल उनले हरेक काम बिना कमिसन कुनैपनी काम टुङ्याउन नसक्ने अवस्थामा पुगेको बताइएको छ। एकातिर पुर्व जग्गा ब्यबसायीको घेराउ त अर्कोतिर परिचालन गरेका ब्यक्तिको इसारा बेगर मेयर काफ्ले हलचल नहुने चन्द्रपुर नगरपालिका नियाल्नेहरुको तर्क छ। बिधि अनि थिति त चन्द्रपुरले छोडिसक्यो अब त कस्ले कति प्रतिसत सम्म दिन्छ त्यसैले काम पाउने त्यसैको बोली गोलि बन्ने गरेको बताइन्छ।

आबेगमा होइन संयम भएर जिम्मेवार र जवाफदेही बनौ । जन–जन को मन–मनमा एउटा भाव छ तर त्यो भाव यहाँ चल्दैन । आबेगमा रमाएर फुर्सदमा नपछुताउ चन्द्रपुर मेयरको व्यबहारले धेरै लाई झस्काएको छ। भ्रष्टाचारले बिस्फोटको रूपमा चन्द्रपुर नगरपालिकाका कर्मचारीले चन्द्रपुर–१० को उपभोक्ता समितिहरुबाट ४ लाख कमिशन लिएको विषयमा चन्द्रपुर नगरपालिकामा सरोकारवालाहरु र उपभोक्ता समिति कै पदाधिकारीले यस्ता बिषय छताछुल्ल बनाइदिएक थिए ।

गत आबमा गुनासो ब्यापक आएपछि मेयर काफ्ले बिरुद्ध ६ दलले ज्ञापनपत्र बुझाए तर यो ज्ञापनपत्र मेयरका निम्ति मनोरञ्जनको संगीत जस्तो बन्नपुगेको सेवा ग्राहीको गुनासो अब अख्तियारले बेलैमा निसाना बनाउनुपर्नेमा धेरैकाे जोड छ।

६–वटा राजनीतिक दलले चन्द्रपुर नगरपालिका भित्र इतिहासमा नभएको भ्रष्टाचार भएको भन्दै ज्ञापनपत्र पेश गर्दै असार मसान्त अगाडि नै सचेत गराएका थिए तर त्यो ज्ञापनपत्रलाई लत्याउँदै पत्रकार हरुको घर खर्च चलाइदिएको छु, भन्ने सहानुभूतिपूर्ण अभिव्यक्ति दिँदै असुली धन्दा नरोकेको काङ्ग्रेसी कार्यकर्ता कै आरोप मेयरले खेप्दै आए पनि सम्बन्धित निकायले कुनै चासो देखाएको छैन। मेयर र केहिँ भ्रष्ट कर्मचारीकाे मिलोमतोमा र निष्टावान कर्मचारीले काम गर्नुपरेको बध्यतालाइ सन्चार क्षेत्रले सहजीकरण सहित जन–अपेक्षा अनुरुपको सुशासनको पक्षमा कलम चलाउनुपर्नेमा त्यसो हुन नसकेकाे सराेकारवालाकाे गुनासाे रहेकाे छ , यतिबेला रौतहटका ईमानदार कर्मचारी प्रशासन कुनबेला अख्तियारको फन्दामा परिएला भन्ने मानसिक तनाब बोकेर आगामी आर्थिक वर्षको कार्य योजनामा डटिरहेका छन् ।

रौतहटका संचारकर्मीलाई घर चलाइदिएको मेयर काफ्लेले किन बोले ?

चन्द्रपुर नपाका मेयर काफ्लेले जिल्लाका संचारकर्मीकाे घर चलाउन नपाले बजेटको जोहो गरेको एक कार्यक्रममा बताएका थिए। यस्तो अभिव्यक्ति दिएपछि बास्तबिकता के–हो ? सबैको ध्यानाकर्षण भएपनि सो बिषय हालसम्म रहस्य मै छ। यस्तो अभिव्यक्ति दिएर संचार क्षेत्रको सहानुभूति बटुल्न खोजेका उनको कर्तुत ढाकछोप हुन नसक्ने भन्दै एकहुल संचारकर्मीले बिरोध समेत जनाउनु परेकाे थियाे । जनप्रतिनिधिको यस्तो अपरिपक्व भनाइले धेरै स्वाभिमानि संचारकर्मीकाे शिर झुकेको अहिले पनि सबैतिर चर्चा हुने गरेको छ। संचार क्षेत्रसँग सम्बन्धित संस्थाले यो भनाइप्रति आफ्नो आफ्नो संस्थागत धारणा राख्न नसक्दा पदा –अधिकारी नै आ–आफ्नो एनजीओमा कार्यक्रम मागेर हिँड्दा चुराे कुरो बिषयान्तर हुनपुगेको आरोप खेपिरहेका छ्न् ।

मेयर काफ्लेले खोजे भरपर्दो कर्मचारी

मेयर काफ्लेले रकम संकलनका निम्ति परिचालन गराउने कर्मचारी खोजेका छ्न। मेयर काफ्लेले आफै डिलिङ गर्नुभन्दा आर्थिक शाखा हेर्ने कृतिराज सुवेदी आन्तरिक लेखापरीक्षक अधिकारी चन्द्र्पुर नपा मा आध्यन बिदाको दुई वर्ष पछि पुन आएकालाई अगाडि बढाएका छ्न ।उनी मेयर काफ्ले सगको दोस्ति र बिचारले पनि नजिक भएकाकारण रकम संकलन धन्धा मज्जाले चलाइरहेको बताइएको छ। उनले दर्जनौं सस्थाहरु आफन्तहरुको नाममा दर्ता गराएर पनि मेयरको चित्त बुझाइदिएका मात्रै छैनन। आफनो धन्धा धेरैले मेसो नपाउने गरि नै अगाडि बढाइरहेका समाचार श्रोत उल्लेख गर्दछ । प्राप्त जानकारी अनुसार धेरै कामहरू अदृश्य ढङ्गले आफैले गराउने पृष्ठभुमि बोकेका सुबेदि लाई अबका दिनमा अख्तियारले पाता कसे अनौठो लाग्ने छैन उनका कर्म नजीक बाट बुझ्ने परिचित स्वयं नै बताउँछन् ।

अध्यन बिदा अगाडि चन्द्रपुर बाट पचास लाखको हिसाब हिनामिना गरेपछि उहाँमाथी अख्तियारमा उजुरी परेको थियो। त्यो उजुरी छल्न उनी बिदा मिलाएर बिदेश हानिएको आरोप लागेको छ। समाचार श्रोतका अनुसार नगरपालिकाले नगरे पनि हुने चार्जिङ स्टेशनमा खर्चिएको रकम अनावश्यक भएको समेत बताइएको छ।प्रायजसो कतिपय स्थानमा अपारदर्शी ढङ्गले उपभोक्ता समिति बनाएको आरोप लाग्ने त उनका निम्ति सामान्य नै भएको छ। यस आर्थिक वर्षको सुरुवात मै निगरानी बढाउन नसके अरबको बजेट दुरुपयोग हुने चिन्ता सरोकारवालालाई छ। त्यस्तै प्रस्तुत बजेट कसरी हात पर्ने र कमाउने धुन अर्को पक्षको मिल्दै गरेको चाजोपाजो बिचमा परेका प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारी घरपायकको जागिर जोगाउने मनसायले काम गरिदिँदा मेयर काफ्लेले मुन्सी परिचालन गरेर कमाउन सफल भएका हुन नेपाली काङ्ग्रेस निकट एक नेताले सम्पत्ति न्युज लाई बताए ।

बाँके र बर्दियामा आर्सेनिक समस्या

नेपालगञ्ज । बाँके र बर्दियाका केही स्थानीय तहमा रहेका हाते पम्पबाट आउने खानेपानीमा आर्सेनिकको समस्या देखिएको छ । पानी प्रयोगशाला, नेपालगञ्जले करिब तीन महिनाअघि गरेको खानेपानी परीक्षणमा आर्सेनिकको मात्रा केही बढी देखिएको प्रयोगशालाका असिटेन्ट केमिष्ट गोपाल रेग्मीले जानकारी दिए । खास गरी बाँकेको डुडुवा गाउँपालिका तथा बर्दियाका राजापुर, मधुवन र गेरुवा गाउँपालिकामा हाते पम्पबाट आउने खानेपानीमा फाटफुट मात्रामा आर्सेनिक देखिएको हो ।

पानी प्रयोगशालाका अनुसार बाँकेका केही स्थानमा खानेपानीमा क्याल्सियमको मात्रा पनि बढी देखिएको छ । खानेपानीमा चुनको मात्रा बढी हुनेलाई क्याल्सियम धेरै भएको मानिएको छ । चुनको मात्रा बढी हुँदा खानेपानीको पाइप जाम भएको समेत बताइएको छ । बाँकेको कोहलपुरमा सो समस्या देखिएको रेग्मीले जानकारी दिए । पानी परीक्षणका क्रममा खानेपानीमा कोलिफर्मको मात्रा पनि देखिएको प्रयोगशालाले जनाएको छ । केही नमुनामा त्यस्तो देखिएको उनले बताए । “शौचालय, गाई गोठ नजिक हाते पम्पबाट आउने खानपानीमा त्यस्तो कोलिफर्म देखिन सक्छ”, उनले भने ।

खानेपानी प्रयोगशालाले फिल्डमा गएर र कार्यालयमा आएका खानेपानीका नमुना हेरेर लुम्बिनी प्रदेशबाहेक हुम्ला, जुम्ला र डोल्पा, जाजरकोटको पानी पनि परीक्षण गर्दै आएको छ । नेपाली सेना, नेपाल प्रहरी, खानेपानीका उपभोक्ता समिति, गैरसरकारी संस्थाले कार्यालयमा ल्याएको खानेपानीसमेत परीक्षण हुने गरेको रेग्मीको भनाइ छ ।

राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ का अनुसार शुद्ध खानेपानीमा सबै नागरिकको हक रहेको छ । खानेपानी प्रयोगशालामा करिब पाँच सय हाराहारीमा भएको खानेपानीको परीक्षणबाट रु. चार लाख ७५ हजार राजस्व सङ्कलन भएको प्रयोगशालाका केमिष्ट रविकिरण आर्चायले जानकारी दिए ।

उनले खानेपानीको विभिन्न प्यारामिटर परीक्षण हुने उल्लेख गर्दै खानेपानीको अमिलो वा टर्रोपना, विद्युतीय सम्वाहक, पानीको घुलित अवस्था, अमोनिया लगायतका विषयको परीक्षण हुने जानकारी दिए । “खानेपानीमा धमिलो पानी आए फिल्टर गरेर खान सुझाव दिएका छौँ”, उनले भने ।

क्यान महासङ्घद्वारा ‘नेसनल आइसिटी–२०८०’को छात्रवृत्तिका लागी आवेदन खुल्ला

काठमाडौँ । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ)ले प्राविधिक शिक्षा तर्फ ‘नेसनल आइसिटी–२०८०’ को लागी आवेदन खुल्ला गरेको छ ।

विगत ४ वर्षदेखी छात्रवृत्ति प्रदान गर्दै आइरहेको महासङ्घले आज एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।

महासङ्घका अनुसार ‘नेसनल आइसिटी–२०८०’ मा देशको सातै प्रदेशका विद्यार्थीहरूले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट १ जना छात्रालाई पूर्ण छात्रवृत्ति र बाँकी ४२ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिने छ ।

यो वर्ष पनि फिमेल मेरीट आइसिटी स्कलरसिपमा प्रत्येक प्रदेशबाट ४ जनाका २८ जना छात्रालाई छात्रवृत्ति प्रदान गरिने छ भने आइसिटी मेरीट स्कलरसिप अन्तरगत प्रत्येक प्रदेशबाट थिन जनाका दरले २१ जनालाई छात्रवृत्ति प्रदान गरिनेछ ।

क्यान महासङ्घ र कलेजबीच भएको सम्झौता अनुसार ४९ जना विद्यार्थीले २ करोड ८३ हजार रुपैयाँ बरावरको छात्रवृत्ति पाउने बताइको छ ।

यस्तै छात्रवृत्ति प्राप्त विद्यार्थीहरूले मलेसियाको एसिया प्यासेफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसनको सम्बन्धनमा सञ्चालित लर्ड बुद्ध एजुकेसन फाउन्डेसनमा स्नातक तह अन्तरगत विएससीआईटी अध्ययन गर्न पाउने क्यान महासङ्घले जनाएको छ ।

छात्रवृत्तिका लागी आवेदन दिन नेपाल सरकारबाट मान्यता प्राप्त संस्थाबाट प्लस टु वा सोसरह उत्तीर्ण गरेका र कक्षा १० के गणित विषयमा कम्तीमा ५० प्रतिशत अङ्क ल्याएको हुनपर्नेछ । भने हाल कक्षा १२ को परीक्षा कुरेर बसेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन् ।

छात्रवृत्तिका लागी इच्छुक विद्यार्थीहरूले क्यान महासङ्घको वेबसाइट डब्ल्यु डब्ल्यु डब्ल्यु डट क्यान डट ओआरजी र लर्डबुद्ध एजुकेसन फाउन्डेसनको वेबसाइट डब्ल्यु डब्ल्यु डब्ल्यु डट आर्ईबीइएफ डट ओआरजी मार्फत यही भदौ ३१ गतेभित्र आवेदन दिन सक्नेछन् ।

क्यान महासङ्घले राष्ट्रभित्र सूचना प्रविधिको अध्ययन अध्यापन गराउने कलेजहरूको सहयोगमा गरिब, जेहेन्दार, विद्यार्थीहरूको लागी छात्रवृत्ति प्रदान गर्दै आएको छ । यो छात्रवृत्ति काठमाडौँको मैतीदेवी स्थित दुई दशक बढी लामो समयदेखि सूचना प्रविधि विषयमा अध्यापन गराउँदै आएको कलेज लर्डबुद्ध एजुकेसन फाउडेसनसँगको सहकार्यमा सुरु गरिएको हो ।

यो छात्रवृत्ति मार्फत यस वर्ष पनि ४९ जना विद्यार्थीहरूलाई आंशिक तथा पूर्ण छात्रवृत्ति प्रदान गर्न लागिएको क्यान महासँगले जनाएको छ ।

सशस्त्र प्रहरी ईलामद्धारा १ लाख ७६ हजारको सामान बरामद

सशस्त्र प्रहरी बल ईलामले १ लाख ७६ हजार ६ सय रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । सशस्त्र प्रहरीले भाद्र ६ गते जिल्लाको सुर्योदय नगरपालिका २ चारमाईलस्थित सीमा ईलाकाबाट सामान बरामद गरेको हो ।

भन्सार छलीका सामानमा सबैभन्दा बढी किराना र कस्मेटिक सामग्री रहेका छन् । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको ५ कार्टुन कुरकुरे, कस्मेटिक तथा इलेक्ट्रोनिक सामान प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगरले बरामद गरेको छ । बरामद सामान पशुपतिनगर भन्सार कार्यालय ईलाममा बुझाईएको छ ।

मनाङमा कृषि क्षेत्रको विकास र प्रवर्द्धन

मनाङ । हिमाली जिल्ला मनाङको कृषि क्षेत्रको विकास र प्रवर्द्धनका लागि प्राथमिकता दिइएको छ । विशेषगरी यहाँको जनजीविका चलाउन गरिएको कृषि क्षेत्रलाई व्यावसायिक बनाउन प्रदेश सरकारले बजेटको व्यवस्था गरेको हो । कृषि क्षेत्रको विकास र प्रवर्द्धनका लागि प्राविधिक सेवा तथा प्रयोगशाला र विकासलाई रु. तीन करोड ५६ लाख ६९ हजार विनियोजन गरिएको कृषि ज्ञानकेन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख राजेश्वर सिलवालका अनुसार चालुतर्फ रु. दुई करोड ९१ लाख १९ हजार र पुँजीगततर्फ रु. ६५ लाख ५० हजार विनियोजन भएको हो । प्राविधिक सेवा तथा प्रयोगशालातर्फ कृषि तथ्याङ्क सङ्कलन, उन्नत कृषि प्रविधि प्रदर्शन, प्रयोगशाला सेवा सञ्चालन, स्थानीय तहमा कृषि शिविर–बाली उपचार शिविर, कृषक प्रतियोगिता, विषादीको विषाक्तता सर्वेक्षण–रोग किरा सर्वेक्षण, आइपिएम कृषक पाठशाला र प्राविधिक पृष्ठपोषणका लागि प्राविधिक कार्यदलको अनुगमनलाई बजेट विनियोजन गरिएको उनले जानकारी दिए । कृषि तथ्याङ्क सङ्कलनमा रु। पाँच लाख, उन्नत कृषि प्रविधि प्रदर्शनमा रु. छ लाख, प्रयोगशाला सेवा सञ्चालनमा रु। एक लाख २० हजार, स्थानीय तहमा कृषि शिविर(बाली उपचार शिविरमा रु. तीन लाख ८० हजार, कृषक प्रतियोगितामा रु. एक लाख ५० हजार, विषादी विषाक्तता सर्वेक्षण–रोग किरा सर्वेक्षणमा रु. एक लाख, आइपिएम कृषक पाठशालामा रु. तीन लाख र प्राविधिक पृष्ठपोषणका लागि प्राविधिक कार्यदलको अनुगमनमा रु. एक लाख बजेट विनियोजन भएको केन्द्रले जनाएको छ ।

त्यस्तै विकास आयोजनातर्फ खाद्यान्नबाली प्रवर्द्धन, आलु तथा तरकारीबाली प्रवर्द्धन, फलफूल बाली विकास, रैथाने बाली प्रवर्द्धन, प्राङ्गारिक मल वितरण, बाली बिमाको शुल्कमा अनुदान, उन्नत प्रविधि प्रदर्शन कार्यक्रमलाई बजेटको व्यवस्था भएको उनले बताए । खाद्यान्नबाली प्रवर्द्धनमा रु. एघार लाख ६० हजार, आलु तथा तरकारीबाली प्रवर्द्धनमा रु। १७ लाख ६० हजार, फलफूल बाली विकासमा रु. २९ लाख ६० हजार, रैथाने बाली प्रवर्द्धनमा रु. १३ लाख, प्राङ्गारिक मल वितरणमा रु. ३० लाख, बाली बिमाको शुल्कका लागि अनुदानमा रु. पाँच लाख र उन्नत प्रविधि प्रदर्शनमा रु. छ लाख विनियोजन भएको छ ।

केन्द्रले जिल्लाका कृषकलाई ७५ प्रतिशत अनुदानमा प्राङ्गारिक मल वितरण गरी खेतीबाली उत्पादनमा वृद्धिको प्रोत्साहन गर्दै आएको छ । कृषि क्षेत्रलाई व्यावसायिक बनाउन प्रोत्साहन गर्ने उद्देश्यले अनुदानमा प्राङ्गारिक मल वितरण गर्दै आइएको केन्द्रले जनाएको छ ।

कार्यकारी भूमिकामा ‘एक व्यक्ति, एक पद’ नीति लागू गर्दै एमाले

काठमाडौँ । नेकपा (एमाले) ले कार्यकारी पदको भूमिकामा दोहोरो जिम्मेवारी अन्त्य गर्ने नीति लिने भएको छ । यसका लागि अब हुने प्रदेश र जिल्ला अधिवेशनमा जनप्रतिनिधिलाई पार्टी कमिटीका अध्यक्ष र सचिवको जिम्मेवारीका लागि उम्मेदवार बन्न रोक लगाउने भएको हो ।

एमालेले पार्टीका प्रदेश, जिल्ला र पालिका कमिटीका अधिवेशन गर्दा पालिकाका वडाध्यक्ष, प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्ष, प्रदेशसभाका सदस्य, प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई पार्टी कमिटीका अध्यक्ष र सचिवको जिम्मेवारीका लागि उम्मेदवार बन्न रोक लगाउन अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरमा यही भदौ १ गते अन्तरपार्टी निर्देशन दिएको हो । अध्यक्ष ओलीले आफू नेतृत्वमा नआउँदै पार्टी जीवनको लोकतान्त्रिकिकरण र एक व्यक्ति एक पदको वकालत गर्दै आएका थिए ।

एमालेको २०७३ असार ७ गतेको स्थायी कमिटीको बैठकले संविधानबमोजिम पार्टीका संरचनालाई प्रदेशमा रूपान्तरण गर्ने र एक व्यक्तिस् एक पदको नीतिमा अघि बढ्ने निर्णय गरेको थियो । यद्यपि वि.सं २०७५ जेठ ३ गते एमाले र नेकपा (माओवादी केन्द्र) बीच एकता भई नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० गठन भएपछि नयाँ संरचना बनेको थियो । नेकपाभित्रको विवाद चुलिएसँगै सर्वोच्च अदालतबाट विसं २०७७ फागुन २४ गतेको आदेशबाट एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किएका थिए ।

तत्पश्चात् एमाले केन्द्रीय महाधिवेशनमा होमियो भने प्रदेश कमिटीको नेतृत्व माथिबाट मनोनयनका आधारमा चयन गरेको थियो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा अपेक्षाकृत परिणाम नपाएपछि एमालेले तीन महिने ‘मिसन ग्रासरुट अभियान’ सञ्चालन गरी सोको समीक्षापछि कार्ययोजना लागू गरिरहेको छ ।

गत साउन २९ गतेको २४औँ सचिवालय बैठकको निर्णयअनुसार सो निर्देशन दिइएको सो पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले बताए । “पार्टी कमिटीका अध्यक्ष र सचिवका पदहरू कार्यकारी पद हुने भएकाले ती पदमा जनप्रतिनिधि वा संसदीय मोर्चामा रहेका नेता–कार्यकर्तालाई जिम्मेवारी नदिई उनीहरूलाई संसदीय मोर्चामै सक्रिय र प्रभावकारी भूमिका प्रदर्शन गराइनेछ”, स्थायी कमिटीका सदस्य नेता गौतमले भने, “यसबाट पार्टीको समग्र कामको व्यवस्थापन र परिचालनमा सहयोग पुग्ने र दोहोरो जिम्मेवारी अन्त्य भई जहाँ कार्यकारी भूमिका हो, त्यहाँको काम प्रभावकारीरुपमा सम्पादन हुन सहयोग पुग्ने विश्वास लिइएको छ ।” एमालेको यो निर्णय केन्द्रीय कमिटीका पदाधिकारीका हकमा भने लागू हुनेछैन ।

एमालेको बागमती प्रदेश कमिटीका अध्यक्ष केशव पाण्डेले केन्द्रको निर्देशन सामयिक भएको र त्यसको कार्यान्वयन गराउने गरी प्रदेश अधिवेशनको तयारी भएको जानकारी दिए । एमालेले प्रदेश अधिवेशनको प्रतिनिधि छनोटमा एकरूपता ल्याउन पालिकालाई प्रतिनिधित्वको आधार मान्ने र सदस्य सङ्ख्या न्यून रहेको स्थानमा समावेशीताको प्रतिनिधित्वको आधार जिल्ला वा प्रदेशसभा निर्वाचन क्षेत्रलाई बनाउन सकिने निर्णय गरेको छ । पार्टी प्रवेशबाट आएकाको हकमा सम्बन्धित प्रदेशको विशेषताअनुरूप प्रतिनिधित्वका लागि विशेष व्यवस्था गर्न एमाले सचिवालयले भनेको छ । साथै ४० वर्षमुनिका युवा सहभागिता सुनिश्चित हुने गरी प्रतिनिधि चयनको विधि तय गर्न पनि निर्देश गरिएको छ ।

अधिवेशनबाट नेतृत्व चयन गर्दा भविष्यमा पार्टीमा प्रवेश गर्नेको सम्भावनालाई समेत ध्यानमा राखी कमिटीको अधिकतम सङ्ख्याभन्दा कम गर्न, विगतमा कमिटीमा १० प्रतिशतसम्म मनोनयन गर्न पाउने अधिकारलाई अधिवेशनकै समयमा प्रयोग गर्नेजस्ता गल्ती नगर्न निर्देशन दिइएको एमालेले जनाएको छ । यदि अधिवेशनबाटै कमिटीको मनोनयनका अधिकार प्रयोग गरेमा उक्त निर्णय स्वतः बदर हुनेछ ।

एक तिहाइ युवा प्रतिनिधित्व

एमालेले एक तिहाइ युवा प्रतिनिधित्व सुनिश्चित गर्ने’ भन्ने निर्णयलाई सिर्जनात्मकरुपले कार्यान्वयन गर्ने एमालेले निर्णय गरेको छ । प्रदेश कमिटीमा चालिस वर्षमुनिका युवाका सहभागिता न्यूनतम १० प्रतिशत, जिल्लामा न्यूनतम १५ प्रतिशत, पालिकामा न्यूनतम २० प्रतिशत र वडा तथा टोलमा कम्तीमा एक तिहाइ पुर्‍याउने एमालेको लक्ष्य छ ।

प्रदेश अधिवेशनको तयारी

एमालेले यही भदौ १६ र १७ गते लुम्बिनी प्रदेशमा प्रदेश कमिटीको अधिवेशन गर्ने भएको छ । साथै आगामी असोज ५ र ६ गते मधेस प्रदेश, असोज ८ र ९ गते बागमती प्रदेश, असोज १० र ११ गते कर्णाली प्रदेश, असोज १२ र १३ गते कोशी प्रदेश, असोज १५ र १६ गते गण्डकी प्रदेश, असोज १९ र २० गते उपत्यका विशेष प्रदेश र असोज २१ र २२ गते सुदूरपश्चिम प्रदेश कमिटीको अधिवेशन तय गरेको छ । सम्बन्धित कमिटीले सोहीअनुसार तयारी गरेको जनाइएको छ ।

अन्तिम चरणमा विद्युत् विधेयक, ऊर्जा विकासका लागि रणनीतिक योजना

काठमाडौँ । सरकारले बहुप्रतिक्षित विद्युत् विधेयकलाई केही दिनभित्रै सङ्घीय संसद्मा पेस गर्ने तयारी गरेको छ । विद्युत् व्यापारलगायत ऊर्जा क्षेत्रको समग्र विकासका लागि अत्यावश्यक मानिएको सो विधेयक आज बसेको मन्त्रिपरिषद्को विधेयक समितिले पारित गरेको छ । सो समितिले पारित गरेको विधेयक अन्तिम स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गरिएको छ ।

मन्त्रिपरिषद्ले पारित गरेपछि ऊर्जा ,जलस्रोत तथा सिँचाइ मन्त्रालयले सो विधेयक सङ्घीय संसद्मा पेस गर्नेछ । निजी क्षेत्रका ऊर्जा उद्यमीलेसमेत तत्काल नयाँ कानुन ल्याउन सरकारसमक्ष आग्रह गर्दै आएका थिए । सरकारले यसअघि नै सो विधेयक संसद्मा पेस गरेको थियो ।

सङ्घीय संसद्को कार्यकाल सकिएका कारण सो विधेयक प्रक्रियामा जान सकेको थिएन । तत्कालीन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सो विधेयक राष्ट्रियसभामा पेस गरेका थिए । तत्कालीन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री भुसालले २०७९ भदौ ३१ गते विद्युत् विधेयक फिर्ता लिएका थिए ।

संसदीय प्रक्रिया लामो हुने देखिएपछि संसद्को कार्यकालसमेत अन्तिम हुन लागेको अवस्थामा थप सहजीकरणका लागि अध्यादेश जारी गर्न लागिएको थियो । राष्ट्रपति कार्यालय पुगेको सो अध्यादेश जारी हुन सकेको थिएन ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले बिहीबार मन्त्रालयमा सञ्चारकर्मीसँगको अनौपचारिक छलफलमा सो विधेयकलाई छिट्टै सङ्घीय संसद्मा पेस गरिने बताए । उनले समयको मागअनुसार ऊर्जा क्षेत्रको समग्र विकास, विद्युत् व्यापार तथा आन्तरिक खपत वृद्धिलगायतका विषयलाई केन्द्रमा राखेर सो विधेयक अगाडि बढाउन लागिएको बताएका थिए ।

हालसम्म विद्युत् ऐन, २०४९ अनुसार नै मुलुकको समग्र ऊर्जा क्षेत्र क्रियाशील थियो । सो ऐनलाई समयानुकूल बनाउनुपर्ने माग सरोकारवाला निकायले गर्दै आएका थिए । निजी ऊर्जा उद्यमीले पनि समयानुकूल कानुन नहुँदा आफूहरूलाई अप्ठ्यारो परेको बताउँदै आएका थिए । त्यसो त ऊर्जामन्त्री बस्नेतले ऊर्जा क्षेत्रको समग्र विकासका लागि १२ वर्षे रणनीतिक योजना अन्तिम तयारी भइरहेको जानकारी दिएका छन् ।

कार्ययोजनामा सन् २०३५ सम्म मुलुकका लागि आवश्यक बिजुली, त्यसका लागि कुन(कुन आयोजना अगाडि बढाउने तथा लगानीको स्रोत के रहनेलगायतका विषय समेटिएको उनको भनाइ छ । यसअघि पनि सरकारले १० वर्षमा १० हजार मेगावाटलगायतका कार्ययोजना सार्वजनिक गरेको थियो ।

मुलुकमा ऊर्जा क्षेत्रको विकासमा अपेक्षित प्रगति भएको, उत्पादन क्षमता क्रमशः बढ्दै गएको भए पनि प्रसारण तथा वितरण प्रणालीको अभावमा गुणस्तरीय र भरपर्दो बिजुली उपलब्ध हुन सकेको छैन । नेपालले भारतमा बिजुली निर्यात सुरु गरेको छ ।

यस्तै, निकट भविष्यमा नै बङ्गलादेशमा ‘टोकन’का रूपमा ४० मेगावाट बिजुली निर्यात गर्न लागिएको छ । उक्त योजनामा आन्तरिकरुपमा आवश्यकपर्ने बिजुलीको मात्रा उल्लेख गरिएको छ । सन् २०३५ सम्म प्रतिव्यक्ति विद्युत् खपत एक हजार पाँच सय युनिट बराबर पुर्‍याउने लक्ष्य राखिएको छ । हाल प्रतिव्यक्ति खपत तीन सय ८० युनिट बराबर छ ।

यस्तै, भारत र बङ्गलादेश निर्यात गर्न सकिने बिजुलीको मात्रा एवं लगानीका विभिन्न स्रोतसमेत स्पष्टरुपमा उल्लेख गरिनेछ । मन्त्रिपरिषद्मा नै सो कार्ययोजना पेस गरेर व्यापक छलफलपछि पारित गर्ने र साझा योजनाका साथ अगाडि बढाउने सरकारको लक्ष्य रहेको छ ।

यस्तै, नीतिगत सुधार, प्राविधिक जनशक्ति एवम् सूचना प्रविधिको प्रयोगलगायतका विषयलाई पनि उत्तिकै महत्त्व दिइएको छ । वन क्षेत्रको जग्गा प्रयोग, जग्गा प्राप्तिमा रहेको समस्या समाधान, निजी क्षेत्रसँगको सहकार्य एवम् स्वदेशी तथा विदेशी लगानीका लागि दातृ निकायबाट ल्याइने लगानीका स्रोत पनि उल्लेख गरिनेछ ।

आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा रहेको ऊर्जा क्षेत्रको विकासलाई सरकारले प्रमुख प्राथमिकता दिएको सन्दर्भमा १२ वर्षे रणनीतिक योजना तयार गर्न लागिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पछिल्लो भारत भ्रमणका क्रममा १० वर्षमा १० हजार मेगावाट बिजुली भारत निर्यात गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीमा दुई देशका उच्च अधिकारीले छिट्टै अन्तिम हस्ताक्षर गर्ने तयारी गरेका छन् ।