पर्यटन ऐनलाई संशोधन गरेर अगाडि बढ्छौँ ः मन्त्री किराती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन ऐनलाई संशोधन गरेर सरकार अगाडि बढ्ने बताएका छन्।

पर्यटक प्रहरीका जवान तथा जुनियर प्रहरी अधिकृतको प्रथम समूहको तालिम समापनमा बोल्दै उनले पर्यटन क्षेत्रको विकासका लागि पर्यटन ऐनलाई संशोधन गर्न मन्त्रालय लागेको बताएका हुन् ।

“लामो समय अगाडि बनेको पर्यटन ऐनले वर्तमान पर्यटन क्षेत्रको समस्या समाधान गर्न सक्दैन, पर्यटन ऐनलाई संशोधन गर्न मन्त्रालय लागेको छ”, उनले भने । पर्यटन मन्त्री किरातीले स्रोतसाधनको अभावकाबीच पनि पर्यटक प्रहरीले उत्कृष्ट रूपमा कार्यसम्पादन गरेको बताए । पर्यटन क्षेत्रले मात्र देशको विकास र आर्थिक उन्नति हुने उनको भनाइ थियो ।

उनले अथाह पर्यटकीय सम्भावना भएको मुलुक नेपालको पर्यटनलाई विश्व बजारमा लैजानका लागि पर्यटक प्रहरीले खेलेको भूमिका सराहनीय रहेको बताए । उच्च निष्ठावान भएर मन, बचन र कर्मले काम गर्न उनले पर्यटक प्रहरीलाई निर्देशनसमेत दिए । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले तालिममा प्राप्त गरेका अनुभवलाई कार्यक्षेत्रमा उच्चतम प्रयोग गर्न आग्रह गरे।

नेपाल प्रहरीले युनाईटेड नेशन (युएन)मार्फत नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन गरिरहेको उनको भनाइ थियो । तालिम संयोजक, प्रहरी उपरीक्षक चित्रबहादुर गुरुङले नेपाल भ्रमणका लागि आउने विदेशी पर्यटकलाई सेवा र सुरक्षा प्रदान गर्न पर्यटक प्रहरीले महत्त्वपूर्ण भूमिका खेलेको बताए । अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि उजागर गर्न पर्यटक प्रहरी दत्तचित्त भएर लाग्नुपर्ने उनको भनाइ थियो ।

विस २०३५ मा स्थापना भएको पर्यटक प्रहरीले हाल देशभरका १० स्थानबाट पर्यटकलाई सेवा प्रदान गर्दै आइरहेको पर्यटक प्रहरी इकाइ भृकुटीमण्डपका प्रमुख, प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।

हाल देशभर दुई सय ३९ पर्यटक प्रहरीको जनशक्ति छ । वि.स. २०७१ को प्रहरी नियमावलीमा व्यवस्था गरेअनुसार पर्यटक प्रहरीलाई तालिम प्रदान गरिँदै आएको छ । पहिलो चरणको तालिममा देशभरका ३० पर्यटक प्रहरीले सहभागी थिए ।

पर्यटन ऐनलाई संशोधन गरेर अगाडि बढ्छौँ ः मन्त्री किराती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन ऐनलाई संशोधन गरेर सरकार अगाडि बढ्ने बताएका छन्।

पर्यटक प्रहरीका जवान तथा जुनियर प्रहरी अधिकृतको प्रथम समूहको तालिम समापनमा बोल्दै उनले पर्यटन क्षेत्रको विकासका लागि पर्यटन ऐनलाई संशोधन गर्न मन्त्रालय लागेको बताएका हुन् ।

“लामो समय अगाडि बनेको पर्यटन ऐनले वर्तमान पर्यटन क्षेत्रको समस्या समाधान गर्न सक्दैन, पर्यटन ऐनलाई संशोधन गर्न मन्त्रालय लागेको छ”, उनले भने । पर्यटन मन्त्री किरातीले स्रोतसाधनको अभावकाबीच पनि पर्यटक प्रहरीले उत्कृष्ट रूपमा कार्यसम्पादन गरेको बताए । पर्यटन क्षेत्रले मात्र देशको विकास र आर्थिक उन्नति हुने उनको भनाइ थियो ।

उनले अथाह पर्यटकीय सम्भावना भएको मुलुक नेपालको पर्यटनलाई विश्व बजारमा लैजानका लागि पर्यटक प्रहरीले खेलेको भूमिका सराहनीय रहेको बताए । उच्च निष्ठावान भएर मन, बचन र कर्मले काम गर्न उनले पर्यटक प्रहरीलाई निर्देशनसमेत दिए । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले तालिममा प्राप्त गरेका अनुभवलाई कार्यक्षेत्रमा उच्चतम प्रयोग गर्न आग्रह गरे।

नेपाल प्रहरीले युनाईटेड नेशन (युएन)मार्फत नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन गरिरहेको उनको भनाइ थियो । तालिम संयोजक, प्रहरी उपरीक्षक चित्रबहादुर गुरुङले नेपाल भ्रमणका लागि आउने विदेशी पर्यटकलाई सेवा र सुरक्षा प्रदान गर्न पर्यटक प्रहरीले महत्त्वपूर्ण भूमिका खेलेको बताए । अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि उजागर गर्न पर्यटक प्रहरी दत्तचित्त भएर लाग्नुपर्ने उनको भनाइ थियो ।

विस २०३५ मा स्थापना भएको पर्यटक प्रहरीले हाल देशभरका १० स्थानबाट पर्यटकलाई सेवा प्रदान गर्दै आइरहेको पर्यटक प्रहरी इकाइ भृकुटीमण्डपका प्रमुख, प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।

हाल देशभर दुई सय ३९ पर्यटक प्रहरीको जनशक्ति छ । वि.स. २०७१ को प्रहरी नियमावलीमा व्यवस्था गरेअनुसार पर्यटक प्रहरीलाई तालिम प्रदान गरिँदै आएको छ । पहिलो चरणको तालिममा देशभरका ३० पर्यटक प्रहरीले सहभागी थिए ।

भदौमै पाक्न थाल्यो सुन्तला

गल्याङ (स्याङ्जा) । स्याङ्जामा भदौमै सुन्तला पाकेर बिक्रीका लागि तयारी गरिएको छ । पुतलीबजार नगरपालिका–११, मायाटारीका बोधराज अर्यालले लगाएको उन्सु जातको सुन्तला साउनको अन्तिम साताबाटै पाक्न सुरु भएको हो । उनको फार्म करिब एक सय ५० रोपनी क्षेत्रफलमा फैलिएको छ ।

अर्यालको फार्ममा सुन्तला बगैँचामा उन्सुसहित १५ प्रजातिका १३ सय सुन्तला, अमिला जातका फलफूल, कफी, अदुवा, बेसार, तेजपत्ता, टिमुर, जुनारलगायत ३५ भन्दा धेरै कृषिउपज उत्पादन हुन्छन् । उनले वार्षिक रु १५ लाखको मात्र सुन्तला बिक्री गर्दै आएका छन्।

शान्ति कफी टे«ड र मायाटारी कफी उद्योग दर्ता गरेर उनले कृषि व्यवसाय सञ्चालन गरेका छन् । सुन्तला उत्पादनका लागि उपयुक्त हावापानी भएको स्याङ्जामा स्थानीयसहित विभिन्न प्रजातिका सुन्तला उत्पादन हुँदै आएका छन् । ‘साउनदेखि फागुनसम्म’ ताजा सुन्तला भन्ने नारासहित साउन, भदौमा उत्पादन दिने जापनिज उन्सु जातको सुन्तला लगाएको अर्यालले जानकारी दिए । “उन्सु जातको सुन्तला मात्र एक सय बोट छन्”, उनले भने, “अहिले ४० बोटले उत्पादन दिएका छन् भने ६० बोट उत्पादनका लागि ठिक्क छन् ।”

उन्सु जातका सुन्तलाका दाना ठूल्ठूला र निकै स्वादिला हुने उनले बताए । “बेमौसममा फलेका कारण स्याउको मूल्यमा बिक्री हुन्छ”, कृषक अर्यालले भने, “अहिले घरमा आउने पाहुनालाई खुवाउने र कोसेलीका रूपमा दिने गरेका छौँ ।” उनले उन्सु जातका सुन्तलाले एकरदुई वर्षमै स्याङ्जामा राम्रो उत्पादन दिने बताए ।

“कीर्तिपुरस्थित राष्ट्रिय सुन्तला अनुसन्धान केन्द्रबाट दुई उन्सु जातका बेर्ना ल्याएर लगाएको थिए”, उनले भने, “सुन्तला हुर्केपछि कलमी गरेर एक सय बोट उत्पादन दिने खालका सुन्तला बनाएको छु, नर्सरीमा किन्न चाहनेका लागि थुप्रै कलमी बिरुवा तयार गरेको छु ।”

अर्यालले २०४९ सालमा १० बोटबाट सुन्तलाको व्यावसायिक खेती सुरु गरेका थिए । “तत्कालीन समयमा गाउँमा ओमबहादुर केसी नाम गर्नुभएका ज्येष्ठ बुवा थिए”, उनले गाउँभरिका सबैलाई सुन्तला रोप्नुपर्छ भनेर निःशुल्क बिरुवा दिए”, उनले पुराना दिन सम्झिए, “उनकै प्रेरणा र हौसलाका कारण सुन्तला खेतीमा लागेको छु ।”

अर्यालको फार्मका उत्पादन वस्तु विगत १६ वर्षदेखि जापान निर्यात हुँदै आएका छन् । उनले विशेष गरेर कफी, सुन्तला, अदुवा, बेसार, तेजपत्ता, टिमुर, जुनार, जामलगायत ३५ भन्दा धेरै सामग्री जापान पठाउँदै आएको बताए । उनले पुतलीबजार१२ पेल्काचौरमा ३० देखि ४० हजार कलमी सुन्तलाका बिरुवा उत्पादन गर्ने उद्देश्यसहित उच्च प्रविधिको नर्सरीसमेत बनाएका छन् ।

उनले उत्पादन गरेको सुन्तला काठमाडौँ, बुटवल, भैरहवालगायतका स्थानमा निर्यात हुने गरेको छ । कृषि क्षेत्रमा तीनै तहका सरकारको राम्रो सहयोग पाएको उनको भनाइ छ । अर्यालकी श्रीमती उमाले श्रीमान्को कृषि कर्मले सामाजिक प्रतिष्ठा निर्माण भएको बताइन् ।

छोरा उभित उनको कामलाई सघाउनसक्ने भएका छन् । छोरी अनुषा पोखरामा अध्ययनरत रहेको सुनाउँदै उभितले फार्म व्यवस्थापनको भूमिका राम्रोसँग निभाउन थालेको अर्यालले बताए । स्याङ्जामा सुन्तला खेतीको सम्भावना राम्रो भएकाले अध्ययन र अनुसन्धान गरेर लाग्न नयाँ आउन चाहने कृषकलाई उनको सुझाव छ ।

अर्यालले एक सय बढी कृषिसम्बन्धी तालिम लिइसकेका छन् । उनले हाल सुन्तला र कफीसम्बन्धी जिल्ला बाहिर र जिल्लाभित्र प्रशिक्षकका रूपमा तालिमसमेत दिँदै आइरहेका छन् । उनको फार्ममा अहिले पाँच जनाले रोजगारी पाएका छन् भने सुन्तलाको याममा २० जनासम्मले रोजगारी पाउने गरेका छन् ।

कृषि ज्ञानकेन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले जिल्लामा पुतलीबजार, अर्जुनचौपारी र वालिङ नगरपालिकामा उन्सु जातको सुन्तलाखेती व्यावसायिकरुपमा गर्न थालिएको बताए । उनले स्याङ्जामा २२ सय हेक्टर क्षेत्रफलमा सुन्तलाखेती हुँदै आएको जानकारी दिए ।

“यहाँ वार्षिक रु. १० लाखभन्दा धेरै आम्दानी गर्ने व्यावसायिक कृषक पाँच सयभन्दा धेरै छन्, सहकारी, समूहलगायत रु. १० लाखभन्दा कम आम्दानी गर्ने कृषक हजारौँको सङ्ख्यामा छन्”, प्रमुख हमालले भने, “यहाँ सुन्तला खेतीका लागि उपयुक्त माटो र हावापानी राम्रो भएकाले किसान सुन्तला खेतीप्रति आकर्षित भएका हुन् ।” उन ले सुन्तला ग्रेडिङ गर्ने मेसिन स्याङ्जामा मात्र रहेको जानकारी दिए । उहाँका अनुसार कृषि ज्ञान केन्द्रले सुन्तलाखेती विस्तारका लागि बगैँचा व्यवस्थापन, रोग किरा व्यवस्थापन, निःशुल्क बिरुवा वितरण, बारबन्देजलगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ ।

रुस युक्रेन युद्धमा झन्डै ४ लाख सैनिक मारिएको दाबी

एजेन्सी । रुस र युक्रेनबीच जारी युद्धमा मारिएका युक्रेनी र रुसी सैनिकको संख्या चार लाख नजिक पुगेको छ ।

अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले यो जानकारी दिएको हो । जानकारी अनुसार फेब्रुअरी २०२२ मा रसियाले युक्रेनमा हमला सुरू गरे यता ठूलो संख्यामा सैनिक मारिएका छन्।

अमेरिकी अधिकारीहरूले भने कि हताहतको अनुमान गर्न गाह्रो छ किनभने मस्कोले युद्धमा मर्ने र घाइतेहरूको संख्या नियमित रूपमा कम रिपोर्ट गर्ने विश्वास गरिन्छ र कीभले पनि आधिकारिक तथ्याङ्कहरूको खुलासा गर्दैन।

सो अखबारले रिपोर्ट गरेको छ कि रुसको सैन्य हताहत ३ लाख नजिक पुगेको छ, जसमा १ लाख २० हजार मृत्यु र १ लाख ७० देखि १ लाख ८० हजारसम्म घाइते छन्। युक्रेनमा मृत्यु हुनेको संख्या ७० हजार नजिक पुगेको छ भने १ लाख देखी १ लाख २० हजार मानिस घाइते भएका छन्।

एनवाइटीले अधिकारीहरूलाई उद्धृत गर्दै भनेको छ कि यस वर्षको सुरुमा युक्रेनबाट प्रतिकारात्मक आक्रमण सुरु भएदेखि मृत्यु हुनेको संख्या बढेको छ।

एनवाइटी सो रिर्पोटमा टिप्पणी गर्दै युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका वरिष्ठ सल्लाहकार मिखाइलो पोडोल्याकले भने कि जनरल स्टाफले मात्र यस्तो डाटा खुलाउन सक्छ। पत्रकार युलिया ल्याटिनिनाको युट्युब च्यानलमा शुक्रबार प्रत्यक्ष प्रशारण गर्दै उनले यस युद्धमा घाइते, अपाङ्ग, बेपत्ता र पक्कै पनि मारिएकाको संख्याको बारेमा सामान्य कर्मचारीलाई मात्रै जानकारी गराउने नमूना हामीले अपनाएका छौं । मलाई बताउने अधिकार छ।

कम भएनन् आत्महत्याका घटना

दाङ । गत साउन २० गते यहाँ तीन जनाले आत्महत्या गरे । तुलसीपुर उपमहानगरपालिका वडा नं ९, वडा नम्बर १९ विजौरी र राजपुर गाउँपालिका वडा नम्बर ६ गङ्गदीमा भएका तीन घटनामा एउटा समानता थियो । आत्महत्या गर्ने तीन जनाले एकै किसिमको विष सेवन गरेका थिए । उक्त तथ्य शव परीक्षणपछि खुलेको प्रहरीको भनाइ छ ।

आत्महत्या गर्ने तुलसीपुर–९ का ३७ वर्षीय मानबहादुर विक, विजौरीकी ५० वर्षीया बमकुमारी विक र गङ्गदीकी थारु समुदायकी २१ वर्षीया युवतीले सोही दिन दिउँसो विष सेवन गरेको प्रहरीको भनाइ छ । उनीहरूलाई उपचारका लागि अस्पताल पुर्‍याइए पनि बचाउन नसकिएको चिकित्सकको भनाइ छ । उनीहरूले किन विष सेवन गर्ने भन्नेबारे जानकारी प्राप्त भएको छैन ।

तीन जनाले आत्महत्या गरेको तीन दिनपछि अर्थात् साउन २३ गते पनि तुलसीपुर उपमहानगरपालिका(१२ क्वाङीकी १२ वर्षीया चौधरी समुदायकी एक बालिकाले पनि विष सेवन गरेर आत्महत्या गरेको खबर आयो । उनलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पतालमा ल्याइयो तर बचाउन सकिएन । यी तीन दिनभित्र भएका चार प्रतिनिधि घटना हुन् ।

दाङ जिल्लामा प्रायः तीनदेखि चार दिनसम्ममा आत्महत्याका समाचार आइरहेकै हुन्छन् । दाङमा गत वर्ष नौ सय ५७ आपराधिक घटना घटेका छन् । तीमध्ये सबैभन्दा बढी दुई सय १९ वटा आत्महत्याकासँग सम्बन्धित रहेको जिल्ला प्रहरी कार्यालय दाङको तथ्याङ्क छ । आत्महत्या गर्नेमध्ये एक सय ७३ जनाले झुन्डिएर, ३५ जनाले विष सेवन गरेर, आठ जनाले आत्महत्या दुरुत्साहन र तीन जना नदीमा हामफालेर गरेको प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन गौतमको भनाइ छ ।

आर्थिक वर्ष २०७९ र ८० मा दुई सय १९, आव २०७८ र ७९ मा दुई सय २०, आव २०७७र७८ मा दुई सय ४१ र आव २०७६ र ७७ मा दुई सय ३१ जनाले आत्महत्या गरेको उनले जानकारी दिए । विभिन्न मानसिक तनाव, उच्च महत्वकाक्षा, पारिवारिक कलह, दीर्घरोग, काममा असफलता, गरिबी, प्रेममा धोका, प्राकृतिक प्रकोपलगायतका कारणले मानिसले आत्महत्या गर्ने गरेको प्रहरीको अनुभव छ ।

व्यक्तिको उच्च महत्त्वाकाङ्क्षा र विभिन्न कारणले तनाव हुने र त्यसपछि डिप्रेसन भएका कारण पनि धेरै जसोले आत्महत्या गर्ने गरेको बताउनुहुन्छ सामुदायिक प्रहरी सेवा केन्द्रका सदस्य नीरा योगी । उन भने, “सबैको सामूहिक प्रयासले गाउँ तहसम्म विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेर आत्महत्या गर्नुहुँदैन भन्ने खालका कार्यक्रम गर्नुपर्छ ।”

प्रविधिको दुरुपयोग, चेतना अभाव, मानिसका उच्च महत्वकांक्षाका कारण यस्ता घटनामा वृद्धि भएको र यी घटनालाई निरुत्साहित गरी समाजमा सकारात्मक सोचको विकास गर्ने कार्यक्रम आवश्यक रहेको विचार व्यक्त गरे, ज्येष्ठ नागरिकका अगुवा खुमानन्द अधिकारी ।

“आत्महत्याका पछाडि विभिन्न कारण छन् र त्यसमा पनि प्रमुख कारण डिप्रेसननै हो,” डाक्टर मुरली मनोहर रौनियारले भने । उनी यस्ता व्यक्तिलाई समयमै उपचार र जीवनबारे बुझाउन सकिएमा आत्महत्याका घटनामा कमी आउने बताए । उनले आत्महत्यालाई निरुत्साहित गर्ने मनोसामाजिक परामर्श गर्नुपर्ने समेत बताए ।

सुनकोशी मरिण डाइभर्सन आयोजना ः सुरुङ निर्माणमा गति

काठमाडौँ । अधिकांश राष्ट्रिय गौरवका परियोजनामा समय र लागत दुवै बढिरहेका बेला एउटा आयोजनाले भने यतिबेला धेरैको ध्यान आकृष्ट गरेको छ । नेपालमा पनि यो गतिमा यसरी काम हुनसक्छ र भन्दै अधिकांशले आश्चर्य प्रकट गरेका छन् । आयोजनाको निर्माणमा देखिएको सकारात्मक प्रभाव अन्यमा समेत पर्ने भन्दै खुसी व्यक्त गर्नेहरू पनि उत्तिकै छन् ।

सरकारले विकास निर्माणको कामबाट आर्थिक समृद्धिको मार्ग प्रशस्त गर्ने र नेपाली नागरिकको विकास प्रतिको भोकलाई सम्बोधन गर्ने लक्ष्यका साथ सुरु गरेका एकाधबाहेकका अधिकांश ठुला आयोजना समयमा निर्माण सम्पन्न भएका छैनन् । केही आयोजना निर्माण सम्पन्न भएर पनि अपेक्षितरुपमा सञ्चालन हुन सकेका छैनन् । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले अपेक्षित लाभ प्रदान गरेपनि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न भएर पनि लाभ प्राप्त हुन सकेको छैन ।

यही मेसोमा राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सुनकोशी मरिण डाइभर्सन आयोजनाले उल्लेखनीय प्रगति गरेको छ । आयोजना प्रमुख मित्र बरालका अनुसार कूल १३ दशमलब तीन किलोमिटर लामो सुरुङमध्ये हालसम्म आठ किलोमिटर बराबरको सुरुङ निर्माण सम्पन्न भएको छ । सुरुङ निर्माणमा हालसम्म ६० प्रतिशत बराबरको भौतिक प्रगति भएको छ । नेपालका विद्युत् तथा अन्य सिँचाइका आयोजनामा सुरुङ निर्माण भए पनि सो आयोजनामा टनेल बोरिङ मेशिन ९टिबिएम० प्रयोग गरेर खनिएको छ । यसअघि भेरी(बबई डाइभर्सन आयोजनामा पनि टिबिएमको प्रयोग गरिएको थियो ।

पहाडी भूभाग बढी भएको नेपालमा विकास निर्माणको काम अगाडि बढाउन अब टिबिएम प्रभावकारी उपकरणका रूपमा स्थापित भएको छ । यसबाट अन्य आयोजनामा समेत अब सोही प्रकृतिको मेसिन प्रयोग गर्न सकिने वातावरण बन्दै गएको देखिन्छ ।

सुनकोशी नदीको पानी मरिण खोलामा झारेर विद्युत् उत्पादन गर्ने र तराईका एक लाख २२ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सुरु गरिएको सो आयोजनाको सुरुङ निर्माणमा अपेक्षितभन्दा बढी प्रगति भए पनि अन्य काम सुरु हुन सकेको छैन । भेरी–बबई आयोजनामा पनि दुई वर्ष पहिल्यै सुरुङ निर्माण सम्पन्न भए पनि बाँधस्थल र विद्युत् गृह निर्माण सकिएको छैन । ती काम कहिले सकिन्छ भन्न सक्ने अवस्थामा आयोजनाका सम्बद्ध अधिकारी छैनन् ।

सुनकोशी मरिण डाइभर्सन आयोजनाले हाल सञ्चालनमा रहेको बिपी राजमार्गको केही भाग प्रभावित हुनेछ । हाल सञ्चालनमा रहेको राजमार्गलाई नौ सय मिटर डाइभर्सन गर्नुपर्ने हुन्छ । यस्तै बाँधस्थल निर्माणका लागि निर्माण व्यवसायी परिचालित भइसकेका छन् । वर्षाका कारण काम सुरु हुन सकेको छैन । नदीमा पानीको सतह घटन थालेपछि बाँधस्थल निर्माण सुरु गर्ने तयारीमा आयोजना छ ।

यस्तै, विद्युत् गृह निर्माण हुने स्थानमा मुआब्जा वितरण सम्पन्न भइसकेको छ । यस्तै, प्रसारण लाइन निर्माणका कारण प्रभावित हुने स्थानमा वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न हुने चरणमा छ । यसका लागि निर्माण व्यवसायी परिचालन गर्ने तयारी भइरहेको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सो आयोजनाको सुरुङ निर्माण भएको करिब ११ महिनामा नै आठ किमी बराबरको सुरुङ निर्माण हुन आफैँमा महत्त्वपूर्ण उपलब्धि हो । गत असोज २८ गतेदेखि सो आयोजनाको सुरुङ निर्माण सुरु भएको हो । टिबिएमको प्रयोग गरिएकाले सोचेभन्दा धेरै राम्रो प्रगति भएको आयोजनाको भनाइ छ ।

गत जेठमा मात्रै सो आयोजनाको कूल एक हजार दुई सय २४ मिटर बराबरको सुरुङ निर्माण सम्पन्न भएको आयोजना प्रमुख बरालले जानकारी दिए । विश्वव्यापीरुपमा पनि यति छिट्टै यति धेरै सुरुङ निर्माण हुनु पनि आफैँमा रेकर्ड नै भएको जानकारी दिँदै उनले विश्व रेकर्डका लागि नाम लेखाउन आवश्यक प्रक्रिया अगाडि बढाइएको बताए ।

सो आयोजनाबाट तराई९मधेसका कूल एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ । टिबिएमको प्रयोग गरेर दैनिक तीन सत्रमा निर्माण जारी रहेको उल्लेख गरे ।

चारवटै कामका लागि समानान्तररुपमा प्रक्रिया अगाडि बढाइएको स्पष्ट पार्दै उनले तोकिएको समयभन्दाअगावै सुरुङ निर्माण प्रक्रिया पूरा हुनेछ । चुरे पर्वत शृङ्खलाबाट महाभारत पर्वत शृङ्खलामुनि हाल सुरुङ निर्माण भइरहेको र कडा चट्टानयुक्त क्षेत्र भएकाले काम थप सहज भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि सो आयोजनालाई सबै प्रकारको साधन र स्रोत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । तर, सो आयोजनामा स्रोतको व्यवस्थापन हुन कठिनाइ भइरहेको छ । ऊर्जा मन्त्री बस्नेतले सो आयोजनामा भुक्तानीको समस्या देखिएकाले तत्काल समाधान गरिदिन यसअघि नै प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेका थिए।

राष्ट्रिय गौरवका आयोजना भएकाले स्रोतको कुनै अभाव नहुने प्रधानमन्त्री, ऊर्जा मन्त्रीको प्रतिबद्धता छ । यसअघि सुरुङ निर्माणमा भौगर्भिकरुपमा रहेको जटिलताका कारण दुई पटक समस्या देखिएको थियो । सुरुङ निर्माणका क्रममा एक पटक नौ दिन र एक पटक २६ दिन काम नै रोकिएको जानकारी दिँदै आयोजना प्रमुख बरालले महाभारत पर्वत शृङ्खलामुनि निर्माण भइरहेकाले हाल कुनै पनि जटिलता उत्पन्न भएको छैन ।

सुनकोशी गाउँपालिका७ कानढुङ्ग्रीस्थित सिन्धुली र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोशी नदी पथान्तरण गरिनेछ । सुनकोशीको करीब ६७ क्युमेक पानीलाई सुरूङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका(२ कुसुमटारस्थित मरिण खोलामा पानी खसालिनेछ ।

त्यसपछि बागमती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लाको करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य राखिएको छ । त्यस्तै सो आयोजनाबाट ३१ मेगावाट बराबरको बिजुलीसमेत उत्पादन हुनेछ ।

आयोजनाको सुरुङ निर्माणको काम चीनको चाइना ओभरसिज इञ्जिनियरिङ गरिरहेको छ । बाँध निर्माणका लागि नेपालको रमण समूहसँग एक विदेशी ठेकेदार कम्पनीको संयुक्त उपक्रमले जिम्मा पाएको छ ।

एसिया कपका लागि सन्दीप टिमसँगै पाकिस्तान नजाने

काठमाडौँ । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने एसिया कपका लागि राष्ट्रिय टिमसँगै पाकिस्तान नजाने भएका छन्।

बलात्कार आरोप लागेका लामिछानेको मुद्दाको अन्तिम सुनुवाइ लम्बिँदा उनी टिमसँगै पाकिस्तान नजाने भएका हुन्। आन्तरिक तयारी पूरा भएको खण्डमा राष्ट्रिय टिम बुधबार पाकिस्तान प्रस्थान गर्ने तयारी गरिरहेको छ।

उनको गत बिहीबार पछिल्लो पटक पेशी रहेको थियो। तर उक्त पेशीमा पनि अन्तिम सुनुवाइ हुन नसकेपछि उनी टिमसँगै पाकिस्तान जाने सम्भावना नभएको हो।

सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले टिमसँग सन्दीप पाकिस्तान नजाने बताए।

उनले सन्दीपको मुद्दाको अर्को पेशीको अहिले नै तय नभएको बताए। अदालतको आदेशअनुसार आमाको जन्ममिति प्रमाणीकरणपछि अर्को पेशी तय हुने घिमिरेले जानकारी दिए।

उनका अनुसार एसिया कप खेल्नका लागि जानेरनजाने अहिले नै तय भएको छैन।

प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

प्रधानमन्त्रीले बोलाएको बैठकमा दलहरूबीच कुरा नमिलेपछि आज १ बजेका लागि बोलाएको बैठक बस्दै नबसी स्थगित भएको हो ।

संसद सचिवालयको महासचिव भरतराज गौतमले एक सूचना जारी गर्दै मङ्गलवार ३ बजे बस्ने जनाइएको छ ।

संसदको अवरोध हटाउन प्रधानमन्त्रीले बोलाएको राष्ट्रिय मान्यता प्राप्त दलहरूबीचको सिंहदरबार छलफलमा पनि कुनै सहमति भएन । सुन प्रकरणमा एमालेले उच्चस्तरीय छानबिन समितिको अडान काममै राखेपछि भोलि फेरि बस्नेगरी आजको बैठक सकिएको छ ।

एमालेले साउन १० गतेबाट निरन्तर संसद अवरोध गर्दै आइरहेको छ ।

प्रधानमन्त्रीले बोलाएको बैठक पनि निष्कर्षविहीन

काठमाडौँ । संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको बैठक बिना निष्कर्ष टुंगिएको छ ।

१० साउनदेखि संसद अवरुद्ध छ । सदन सञ्चालन गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री ‘प्रचण्ड’ले संसदमा भएका प्रमुख दलहरूको बैठक बोलाएका थिए । सिंहदरवारमा भएको छलफलमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नैपर्ने अडान लिएको छ ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आयोग वा समिति बन्दा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरिरहेको अनुसन्धान प्रभावित हुनसक्ने चिन्ता व्यक्त गरेका छन् ।

सीआईबीले पाएको समय अब दुई साता मात्र छ ।

चोरी पैठारी नियन्त्रणमा सरकार प्रतिबद्ध छ ः गृहमन्त्री

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भन्सार नाकाबाट हुने चोरी पैठारी र अवैध आयात नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । अहिले मुलुकको अर्थतन्त्रको मुख्य समस्याका रूपमा रहेको अवैध व्यापार नियन्त्रणका लागि सरकारले अधिकतम प्रयास गरिरहेको उनले उल्लेख गरे ।

गृह मन्त्रालयमा आज बसेको कुखुरा तथा कुखुराजन्य वस्तुको गैरकानुनी ओसारपसार नियन्त्रणसम्बन्धी बैठकमा उपप्रधानमन्त्री श्रेष्ठले विभिन्न वस्तुको अवैध व्यापारले नेपालका उद्योगी व्यवसायी समस्यामा परेको मात्र नभई सरकारले समेत ठूलो राजस्व गुमाइरहेको बताए ।

“भन्सार नाका र खुला सीमानाबाट हुने चोरी पैठारी व्यवसायीको मात्र समस्या होइन । यस्ता अवैध गतिविधिले व्यवसायी त मारमा परेकै छन, राष्ट्रले पनि राजस्व गुमाएको छ”, उनले भने, “मुलुक आत्मनिर्भर हुने वस्तुमा पनि बाहिरबाट चोरी पैठारी हुने गरेको देखिएको छ। राजस्व चुहावट नियन्त्रणका लागि सरकार प्रतिबद्ध छ । ”

खुला सिमाना र भन्सार नाकाबाट हुने चोरी पैठारी नियन्त्रणका लागि प्रतिबद्ध भएर लाग्न सुरक्षा निकायलाई निर्देशन दिइसकेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले अवैध व्यापार नियन्त्रणका लागि प्रहरी प्रशासनका तर्फबाट सहयोग रहने प्रतिबद्धता जनाए । अर्थतन्त्र सुधारका लागि आन्तरिक पुँजी निर्माण, लक्षित पुँजीगत खर्च र व्यापार घाटा न्यूनीकरण गर्ने विषयलाई सरकारले प्राथमिकतामा राखेको उनको भनाइ छ ।

उक्त बैठकमा नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले कोभिड–१९ महामारी अघिको तुलनामा अहिले पोल्ट्री व्यवसाय धराशयको अवस्थामा पुगेको बताए । “करिब रू। एक खर्ब ५० अर्ब बराबरको लगानी रहेको र पाँच लाख जनशक्तिलाई रोजगार दिइरहेको यो व्यवसायमा भारतबाट हुने चोरी पैठारीले गम्भीर असर परेको छ,” उनले भने, “भन्सार नाकामा पशु क्वारेन्टाइन व्यवस्थित छैन । सस्तो भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्दा पोल्ट्री उद्योग र व्यवसाय सङ्क्रमणबाट गुज्रिरहेको छ ।” आत्मनिर्भर भइसकेको पोल्ट्री क्षेत्रमा अवैध आयातले समस्या निम्त्याएको उनको भनाइ छ ।

अन्य वस्तुका नाममा कुखुराको मासु आइरहेकाले भन्सार जाँचपासमा कडाइ गरिनुपर्ने, पशु क्वारेन्टाइनबाट चौबिसै घण्टा सेवा उपलब्ध गराउनुपर्ने, विद्यमान कानुनी व्यवस्था विपरीत दशगजा क्षेत्रमा खोलिएका कुखुरा फार्मलाई कारबाही गरिनुपर्ने, अवैध ओसारपसार गर्नेलाई न्यून जरिवाना लाग्ने गरेकामा जरिवानाको रकम बढाउनुपर्ने लगायतका माग व्यवसायीले राखेका छन् । कुखुरा तथा कुखुराजन्य पदार्थको गैरकानुनी व्यापार रोकथामका लागि विद्यमान कानुनी व्यवस्थामा सुधार गरी दण्डसजाय बढाउनुपर्ने व्यवसायीको माग छ । पशु कल्याण र क्वारेन्टाइनसम्बन्धी ऐन संशोधनका लागि समेत व्यवसायीले माग राखेका छन ।

सांसद सुनिल शर्माको असंसदीय शब्द रेकर्डबाट हटाउनुपर्ने माओवादीको माग

काठमाडौँ । सभामुखले बोलाएको बैठकमा नेपाली काँग्रेसका सांसद सुनिल शर्माले २९ साउनको बैठकमा प्रयोग गरेको शब्द असंसदीय हो कि होइन भन्ने बहस भएको छ ।

१० साउनयता अवरुद्ध सदन सञ्चालन गर्ने प्रयासमा सभामुख देवराज घिमिरेले आइतबार दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए ।

बैठकमा माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सांसद शर्माले सरकारलाई आतङ्ककारी भनेको र यो शब्द असंसदीय भएकाले संसदको रेकर्डबाट हटाउनुपर्ने बताए । उनले शर्मा बोलेकै दिन पनि संसदमा नियमापत्ति गरेका थिए ।

शर्माको दल नेपाली काँग्रेसकी सचेतक सुशीला थिङले अध्ययन गर्नुपर्नेमा जोड दिइन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेका पदम गिरीले भने सांसद शर्माले प्रश्न मात्र गरेकाले संसदको रेकर्डबाट हटाउनु नपर्ने मत राखेका थिए ।

बैठकमा कानुननमन्त्री धनराज गुरुङ पनि उपस्थित थिए । एक सहभागीका अनुसार गुरुङले शर्माले असंसदीय शब्द नबोलेको बताए ।

मोरङ ३ बाट निर्वाचित काँग्रेस सांसद शर्माले आफूलाई पूर्वाग्रह राखेर पक्राउ गरेको भन्दै २९ साउनको संसद बैठकमा भनेका थिए, ‘यो देशको गृहमन्त्री र प्रधानमन्त्री आंकतकारी सरकारको नेतृत्व गर्दै हुनुहुन्छ कि डेमोक्रेटिक सरकारको ?

शर्मालाई नक्कली प्रमाणपत्र भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २५ साउनमा पक्राउ गरेको थियो । तर अदालतले हिरासतमा नराखी अनुसन्धान गर्न आदेश दिएपछि उनी भोलिपल्ट २६ गते छुटेका थिए ।

भारतले निर्यातमा ४० प्रतिशत भन्सार लगायाे

भारतमा गाेलभेंडापछि प्याजको मूल्य बढेपछि सर्वसाधारणको चिन्ता बढेको छ । भारतमा प्याजको मूल्य नियन्त्रण गर्न सरकारले निर्यातमा ४० प्रतिशत भन्सार लगाएको छ ।

यसअघि प्याजकाे निकासीमा कर लाग्ने गरेकाे थिएन। भारतीय सरकारले प्याजको उपलब्ध बनाउन र मूल्य नियन्त्रण गर्नका लागि यस्ताे निर्णय गरेकाे हाे । भारतकाे अर्थ मन्त्रालयले एक सूचना जारी गर्दै प्याजमा तत्काल लागू भएको निर्यात शुल्क डिसेम्बर ३१ गतेसम्म कायम रहने बताएकाे छ ।

भारतीय सरकारी तथ्याङ्कका अनुसार, अगस्ट १० मा यसको अखिल भारतीय खुद्रा मूल्य प्रतिकिलाे २७.९० भारतीय रूपैयाँ थियो, जुन अघिल्लो वर्षको सोही अवधिकाे तुलनामा किलाेको २ रूपैयाँ भन्दा थोरै बढी थियो । अर्थात् गत वर्षको तुलनामा यस वर्ष प्याज १४ गुणा महँगो भएको छ ।

सरकारले कम आपूर्ति हुने सिजनमा भाउ बढ्न नदिन र आपतकालीन अवस्थाको सामना गर्न मूल्य स्थिरता कोष (पीएसएफ) अन्तर्गत ३ लाख टन प्याजको स्टक राखेको भारतीय संचारमाध्यमले जनाएकाे छ ।

यसबाहेक सरकारले प्याजको मूल्य बजारमा यथावत राख्नका लागि अन्य केहि विकल्प खोजिरहेको छ । जसमा प्याजको इ–अक्सन, इ–कमर्सका साथै राज्यसँगको सहकार्यमा उपभोक्ता सहकारी खुद्रा पसलहरु मार्फत प्याज भारतीय बजारमा जाँदैछ । 

क्रिसिलका अनुसार आपूर्तिमा कमी आएका कारण सेप्टेम्बरको शुरुसम्ममा प्याजको भाउ ६० देखि ७० भारतीय रुपैयाँसम्म पुग्न सक्छ । अहिले प्याज प्रतिकिलो १५ देखि ३० भारतीय रुपैयाँमा बिक्री भइरहेको छ ।

क्रिसिलका अनुसार महाराष्ट्र जस्ता प्रमुख उत्पादन हुने राज्यहरूमा रबी बाली फेब्रुअरीको सुरुमा पाकेको थियो। मार्चमा यी क्षेत्रहरूमा बेमौसमी वर्षाले शेल्फ लाइफ ६ महिनाबाट ४ देखि ५ महिनामा  घटाइएकाे छ।

नेपालमा भारतबाट वार्षिक ७ करोडको सुकाएको प्याज र ६ अर्ब ७५ करोड बराबरको ताजा प्याज आयात हुने गरेकाे छ।

हाल नेपालमा भारतीय सुकेकाे प्याजकाे औसत थाेक मूल्य ६१ रूपैयाँ रहेकाे छ ।  जुन अघिल्लाे महिना अर्थात् साउन ४ गते, प्रतिकिलाे ५१ रूपैयाँ रहेकाे थियाे । एक महिनाकाे तुलनामा प्याजकाे थाेक मूल्य १० रूपैयाँले बढिसकेकाे देखिन्छ ।

टीकापुर घटना रेशम चौधरीकै नेतृत्वमा भएको सर्वोच्च अदालतको ठहर

काठमाडौं । सर्वोच्च अदालतले आठ जनाको ज्यान जाने गरी भएको टीकापुर घटना रेशम चौधरीकै नेतृत्वमा भएको ठहर गरेको छ ।

सर्वोच्च अदालतले सार्वजनिक गरेको टीकापुर घटनासम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठमा रेशम चौधरीकै नेतृत्वमा टीकापुर घटना भएको उल्लेख गरिएको छ ।

सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआउँदै सत्ता समीकरण जोगाउन सरकारले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्वसांसदसमेत रहेका रेशम चौधरीलाई आममाफी दिएर जेलमुक्त गरिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई माफी मिनाहा गरेका थिए ।

तर, सर्वोच्च अदालतले फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै टीकपुर घटनालाई ‘क्रुर अमानवीय र सभ्य समाजमा सोच्नै नसकिने खालको घटना’ भनी व्याख्या गरेको छ ।

‘रेशम चौधरी नेतृत्वको भिडले जीवनदानको भिख मागेका ८ जना प्रहरी कर्मचारीलाई लाठी ढुङ्गा, बन्चरो प्रहार गरी, आँखामा भाला रोपी शरीरमा खर, पेट्रोल, मट्टितेल खन्याई जलाउने र शवहरू क्षत–विक्षत गर्ने जस्तो सभ्य समाजको अपेक्षा र मानवीय चेतना विरूद्ध अत्यन्त अमानवीय, क्रुर र निर्मम ढङ्गले ज्यान मारेको देखिन आई कसुर शङ्कारहित तवरले पुष्टि हुन आयो,’ फैसलामा उल्लेख छ ।

आफ्नै रेष्टुरेन्टमा बोलाएर बलात्कार गरेको आरोपमा युवा संघका नेता पक्राउ

काठमाडौं । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ, नेपाल बेलबारी नगर कमिटी अध्यक्ष काशीराज तामाङ पक्राउ परेका छन् ।

मोरङको बेलबारी नगरपालिका–१० घर भएका ३४ वर्षीय तामाङलाई प्रहरीले बलात्कारको आरोपमा बिहीबार पक्राउ गरेको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले एक २० वर्षीया युवतीले असार २ गते बलात्कार गरेको भनि २४ गते किटानी जाहेरी दिएपछि पक्राउ गरिएको जानकारी दिए ।

तामाङ पोललाइट रेस्टुरेन्टका सञ्चालक पनि हुन् । सोही रेष्टुरेन्टमा बोलाएर बलात्कार गरेको उजुरीमा उल्लेख छ । तामाङविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

रसुवाबाट २ किलो सुन सहित पक्राउ

सुवाको नाकाबाट दुई किलो सुनसहित दुईजना प्रहरीले  पक्राउ गरेको छ । रसुवा जिल्ला प्रहरी कार्यालयको टोलीले २ किलो सुन सहित दुईजनालाई पक्राउ गरेको हो ।

सिन्धुपाल्चोक भोटेकोशी ५ बस्ने २१ वर्षे सुदिप शेर्पा र सोहि जिल्ला वडा नम्बर १ का ३० बर्षे फुर्साङवु शेर्पालाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास बुढाथोकीले जानकारी दिए ।

हिजो वेलुका ६ बजेतिर पासाङ ल्हामु राजमार्ग स्याफ्रुबेशिबाट नियमित चेकचाजको क्रममा उनीहरुबाट २ किलो सुन सहित नियन्त्रणमा लिएको डीएसपी बुढाथोकीले बताए ।