नेपालगञ्जमा लगाइएकाे अनिश्चितकालीन कर्फ्यु जारी

बाँके । बाँकेको नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी भएको छ । हिन्दु र मुस्लिम समुदायबीच तनाव सृजना हुने अवस्था देखिएकोले आज दिउँसो १ बजेदेखि लागू हुने गरी कर्फ्युकाे आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए।

बिहान नेपालगञ्जमा सद्भाव र्‍याली पनि निकालिएको थियो । हिन्दुहरुको समूहले नेपालगञ्जमा प्रदर्शन गरेको छ । र्‍यालीमा ढुङ्गा र इँटा प्रहार हुन थालेपछि कर्फ्यु लगाउनु परेको हो । नेपालगञ्जको सुरक्षा व्यवस्था कडा पारेको प्रजिअ आचार्यले जानकारी दिए । 

आज बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ, अन्यकाे कति ?

काठमाडाैं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८४ पैसा र बिक्री दर १३३ रुपैयाँ ४४ पैसा रहेको छ। युरो एकको खरिद दर १३९ रुपैयाँ १२ पैसा र बिक्री दर १३९ रुपैयाँ ७५ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ १५ पैसा र बिक्री दर १६० रुपैयाँ ८८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

CurrencyUnitBuySell
 USD (U.S. DOLLAR)1132.84133.44
 EUR (EUROPEAN EURO)1139.12139.75
 GBP (UK POUND STERLING)1160.15160.88
 CHF (SWISS FRANC)1143.85144.5
 AUD (AUSTRALIAN DOLLAR)183.784.08
 CAD (CANADIAN DOLLAR)196.7997.23
 SGD (SINGAPORE DOLLAR)196.6197.05
 JPY (JAPANESE YEN)108.868.9
 CNY (CHINESE YUAN)118.1918.28
 SAR (SAUDI ARABIAN RIYAL)135.4235.58
 QAR (QATARI RIYAL)136.4336.6
 THB (THAI BAHT)13.583.6
 AED (UAE DIRHAM)136.1736.33
 MYR (MALAYSIAN RINGGIT)128.1228.25
 KRW (SOUTH KOREAN WON)1009.769.81
 SEK (SWEDISH KRONER)111.9812.03
 DKK (DANISH KRONER)118.6518.74
 HKD (HONG KONG DOLLAR)116.9617.04
 KWD (KUWAITY DINAR)1429.44431.38
 BHD (BAHRAIN DINAR)1352.37353.97

बझाङमा लगातार भूकम्पको झट्का

काठमाडौं । सूदुरपश्चिमको बझाङ जिल्ला केन्द्रविन्दु भएर हिजो मंगलवार दिउँसोबाट लगातार भूकम्प गइरहेको छ ।

मङ्गलवार दिउँसो २ बजेर ४० मिनेटमा ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि चार रेक्टर स्केलभन्दा माथिका ५ वटा भूकम्प गइसकेका राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

दोस्रो भूकम्प दिउँसो ३ बजेर ६ मिनेटमा ६ दशमलव ३ रेक्टर स्केलको गएको थियो । त्यसपछि ३ बजेर ४५ मिनेटमा ४ दशमलव १, ४ बजेर २८ मिनेटमा ४ दशमलव १ र ४ बजेर ३१ मिनेटमा ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ । यस्तै बेलुका ५ बजेर १९ मिनेटमा र ५ बजेर ३८ मिनेटमा पनि ५/५ रेक्टर स्केलको भूकम्प गएको थियो ।

बझाङ सदरमुकाम र आसपासमा केही घर चर्किएका छन् र अन्य कतिपय घर भत्किएका छन् । सदरमुकाम चैनपुरमा मोबाइल ग्यालरीको पसल सञ्चालनमा रहेको एकघर, निर्वाचन कार्यालयको भवनसहित कतिपय सरकारी तथा व्यक्तिगत घर चर्किएका छन् । बझाङ मष्टा गाउँपालिका १ नम्बर वडा कार्यालय भवन भत्किएको छ । साना परकम्पहरू लगातार गइरहेका छन् । लगातार जमिन हल्लिरहेपछि त्रासित बनेका मानिसहरूले घरबाहिर निस्किएर खुला चौर, खेतमा बसेर रात कटाएका छन् ।

त्यस्तै, भूकम्पको झड्का महसुस भएपछि बझाङ जिल्ला अस्पताल भवनको बाहिर राखेर बिरामीलाई उपचार सेवा दिइएको थियो । गर्भवती, नवजात शिशु र अन्य बिरामीहरु पनि चिसोमा रातभरी बाहिर बसेका थिए । उनी डराएका कारण अस्पताल भित्र जान नमानेको र अवस्था एकदमै दयनिय रहेको जिल्ला अस्पतालले जनाएको छ ।

राती १२ बजेर १६ मिनेटमा ४. १ रेक्टर स्केल, १२ बजेर ५० मिनेटमा ४.३ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यस्तै बिहान ४ बजेर २७ मिनेट जाँदा र ५ बजेर ४३ मिनेट जाँदा पनि ४. ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पका कारण घाइते हुनेको संख्या ११ जना पुगेको छ । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पु¥याइएको जानकारी दिएका छन् । उनले अहिलेसम्म मानवीय क्षति भएको जानकारी नआएको बताए । भूकम्पले पु¥याएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको र हाल घाइतेको अवस्था समान्य रहेको पाण्डेले जानकारी दिएका छन् ।

तयस्तै, जयपृथ्वी नगरपालिका ११ की महिला स्वंम सेविका गुनमति धामी पनि भूकम्पको पहिरोमा परेर बेपत्ता भएकी छिन् । उनी मंगलवार दिउँसो टिमुर टिप्न भन्दै लेकतिर गएको स्थानीयले बताएका छन् । प्रहरीको उद्धार टोलीले उनको खोजी कार्य गरिरहेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले बैतडीमा विद्यालयबाट घरतर्फ गइरहेका एक व्यक्तिमाथि ढुङ्गा खसेको र वन क्षेत्रमा घाँस काटिरहेको अवस्थामा गएको पहिरोका कारण अर्का एक व्यक्ति घाइते भएको जानकारी दिए । उनले भने, “घाइतेको अवस्था समान्य छ, मानवीय थप क्षति भएको जानकारी आइसकेको छैन ।”

प्रहरी नायब महानिरीक्षक बोहराले अछामको एक वडा कार्यालयको भवन पनि भत्किएको बताएका छन् । डोटीमा पनि केही घर चर्किएका छन् । त्यस्तै धनगढीमा पनि भूकम्पको धक्का महसुस भएको थियो । भूकम्पको धक्का महसुस भएपछि घर तथा कार्यालयभित्र बसेका धेरै मानिस घर बाहिर निक्किएका थिए ।

आज विश्व पशु दिवस मनाइँदै

काठमाडौँ । जनावरको संरक्षणको बारेमा सचेतना जगाउन आज विश्व पशु दिवस मनाइँदै छ । विभिन्न जनावरलाई विभिन्न देवीदेवताको वाहनको रुपमा पुज्ने चलन छ ।

तिहारमा विशेष गरी पशुको महत्व बढी छ । तिहारमा काग, कुकुर, गाई र गोरुलाई देवताको प्रतीक मानेर पुज्ने चलन छ । अझ हिन्दू धर्ममा गाईको पूजा अथवा दानलाई सबैभन्दा पूण्य दिने दानसँग तुलना गरिन्छ । राष्ट्रिय जनावरको रुपमा रहेको गाईलगायतका जनावरप्रतिको मानवीय व्यवहार भने क्रुर हुन थालेको छ । गाईले दूध दिने बेलासम्म पाल्ने र दूध दिन छोडेपछि सडकमा छोड्ने प्रवृत्तिले गाई संरक्षणमा चुनौती थपिएको पशु संरक्षणकर्मी बताउँछन् ।

पर्यावरण संरक्षणमा पशुको आवश्यकता रहन्छ भने वायुमण्डलमा भएको कार्बन र नाइट्रोजनको चक्रलाई सन्तुलित बनाउन पनि जनावरको योगदान महत्वपूर्ण मानिन्छ । पूर्वीय सभ्यतामा जनावरलाई अझ विशेष महत्व दिएको पाइन्छ ।

ऊर्जा विकास मार्गचित्र तयार

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना– २०८०’ मार्गचित्र कार्यान्वयनको तयारीमा जुट्न मातहतका निकायलाई निर्देशन गरेको छ ।

मन्त्रालयले कार्ययोजना तयार गरे पनि मन्त्रीपरिषद्बाट स्वीकृत भने भइसकेको छैन । मङ्गलबार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्रालय र मातहतका निकायका प्रमुख तथा पदाधिकारीसँगको छलफलमा मन्त्री बस्नेतले आगामी १२ वर्षका लागि तयार पारिएको कार्ययोजनालाई वस्तुगत र व्यावहारिक रूपमा कार्यान्वयन गर्ने गरी तयारी गर्न निर्देशन दिनुभएको हो ।

कार्ययोजना अनुसार सन् २०३५ सम्म कुल माग २८ हजार ४६८ मेगावाट विद्युत् पुग्ने भएकाले सोही अनुसारको तयारी गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

कार्ययोजना कार्यान्वयनका लागि अन्तरसरकारी निकायलगायतको समन्वय, कानुनी तथा संस्थागत सुधारका विषयमा पनि जोड दिइएको छ । यस्तै आगामी १२ वर्षमा कुन आयोजनाबाट के कति बिजुली उत्पादन हुन्छ र त्यसका लागि के कति लगानी चाहिन्छ भन्नेबारेमा समेत कार्ययोजनामा स्पष्ट व्यवस्था गरिएको उल्लेख छ ।

मन्त्रीस्तरीय निर्णयबाट गत असार २६ गते ऊर्जा मन्त्रालयका सहसचिव सन्दीपकुमार देवको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो । सो कार्यदलले गत भदौ २६ गते मन्त्री बस्नेतसमक्ष प्रतिवेदन पेस गरेको थियो । यो समाचार गोरखापत्र दैनिकमा छ ।

हत्या आरोपमा जेठाजुसहित तीन पक्राउ

वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–५ मसिहानीकी कान्तिदेवी बिनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कान्तिदेवीका जेठाजुद्वय ५९ वर्षीय चन्द्रिका राउत बिन, ५७ वर्षीय अमिरिका राउत बिन र स्थानीय लालबाबुु राउत बिन रहेका छन् । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

कान्तिदेवीसँग रहेको रकम लुट्ने उद्देश्यले तीनै जना मिलेर धारिलो हतियार प्रयोग गरेर उनको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरी नायब उपरीक्षक कोमल शाहले जानकारी दिए ।। कान्तिदेवीका श्रीमान्को १० वर्षअघि नै मृत्यु भइसकेको छ । उनको एक्ला छोरा अर्जुन वैदेशिक रोजगारको सिलसिलामा हाल मलेसियामा छन् ।

आमाको मृत्युपछि घर फर्किएका अर्जुनले यही असोज ७ गते किटानी जाहेरी दिएपछि सोही दिन प्रहरीले लालबाबुलाई पक्राउ गरेको थियो । लालबाबु पक्राउ परेपछि उनले दिएको बयाण्नको आधारमा प्रहरीले चन्द्रिका र अमिरिकालाई यही असोज १४ गते पक्राउ गरेको थियो ।

भूकम्पमा परी सुदूरपश्चिममा सात व्यक्ति घाइते

सुदूरपश्चिम । बझाङ केन्द्रविन्दु भएर आज दिउँसो गएको भूकम्पको धक्काका कारण घर तथा संरचना भत्कँदा पाँच जना घाइते भएका छन् ।

बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पु-याइएको जानकारी दिए । उनले अहिलेसम्म मानवीय क्षति भएको जानकारी नआएको बताए । । पाण्डेका अनुसार भूकम्पले पु-याएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ र घाइतेको अवस्था समान्य रहेको छ ।

उनले भने, “बझाङ सदरमुकाम र आसपासमा केही घर चर्किएको र अन्य कतिपय घर भत्किएको जानकारी आएको छ, विस्तृत विवरण आउन बाँकी छ ।” सदरमुकाम चैनपुरमा मोबाइल ग्यालरीको पसल सञ्चालनमा रहेको एकघर, निर्वाचन कार्यालयको भवनसहित कतिपय सरकारी तथा व्यक्तिगत घर चर्किएका छन् । बझाङ मष्टा गाउँपालिका १ नम्बर वडा कार्यालय भवन भत्किएको छ ।

भूकम्पको झड्का महसुस भएपछि बझाङ जिल्ला अस्पताल भवनको बाहिर राखेर बिरामीलाई उपचार सेवा दिइएको थियो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले बैतडीमा विद्यालयबाट घरतर्फ गइरहेका एक व्यक्तिमाथि ढुङ्गा खसेको र वन क्षेत्रमा घाँस काटिरहेको अवस्थामा गएको पहिरोका कारण अर्का एक व्यक्ति घाइते भएको जानकारी दिए । उनले भने, “घाइतेको अवस्था समान्य छ, मानवीय थप क्षति भएको जानकारी आइसकेको छैन ।”

प्रहरी नायब महानिरीक्षक बोहराले अछामको एक वडा कार्यालयको भवन भत्किएको जानकारी आएको बताए । डोटीमा पनि केही घर चर्किएका छन् । दिउँसो ३ बजेर ७ मिनेटमा भूकम्पको ठूलो धक्का महसुस गरिएको थियो । त्यसपछि पनि पटकपटक परकम्प गएको छ । धनगढीमा पनि भूकम्पको धक्का महसुस भएपछि घर तथा कार्यालयभित्र बसेका धेरै मानिस घर बाहिर निक्किएका थिए ।

धनगढी उपमहानगरपालिकाको स्थानीय आपत्कालीन सञ्चालन केन्द्रले सूचना सार्वजनिक गर्दै भूकम्पको थप परकम्प आउनसक्ने भएकाले नागरिकलाई सुरक्षित रहन सचेत गराएको छ । सुर्खेतस्थित भूकम्प मापन केन्द्रले चैनपुर केन्द्रविन्दु भएर छ दशमलव तीन र तलकोट केन्द्रविन्दु भएर पाँच दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको जानकारी दिएको छ ।

ऊर्जा विकास मार्गचित्र कार्यान्वयनको तयारी गर्न मन्त्री बस्नेतको निर्देशन

काठमाडौँ, १६ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना–२०८०’ लाई व्यवहारिक रुपमा कार्यान्वयनमा लैजाने गरी तयारी गर्न सम्वद्ध निकायलाई निर्देशन दिएका छन् ।

ऊर्जा मन्त्रालयमा आज मन्त्रालय र मन्त्रालय मातहतका निकायका प्रमुख तथा पदाधिकारीसँगको छलफलमा मन्त्री बस्नेतले आगामी १२ वर्षका लागि तयार पारिएको कार्ययोजनालाई वस्तुगत र व्यवहारिक रुपमा कार्यान्वयन गर्ने गरी तयारी गर्न निर्देशन दिएका हुन् ।

उनले कार्ययोजनालाई छिट्टै मन्त्रिपरिषद्मा प्रस्तुत गरी पारित गरेर राष्ट्रिय कार्यभारका रुपमा अगाडि बढाइने भएकाले कार्यान्वयनको स्पष्ट मार्ग पहिल्याउनुपर्ने बताए । मन्त्री बस्नेतले बिजुलीको आन्तरिक खपत बढाउने र बढी भएको निर्यात गरिने भएकाले त्यसतर्फ पनि क्रियाशिल भएर लाग्नुपर्ने उल्लेख गरे ।

मन्त्रिस्तरीय निर्णयबाट गत असार २६ गते ऊर्जा मन्त्रालयका सहसचिव सन्दीपकुमार देवको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो । सो कार्यदलले गत भदौ २६ गते मन्त्री बस्नेत समक्ष प्रतिवेदन पेश गरेको थियो ।

सो मार्गचित्र अनुसार सन् २०३५ सम्म कूल माग २८ हजार चार सय ६८ मेगावाट पुग्ने भएकाले सोही अनुसारको तयारी गर्नुपर्ने आवश्यकता रहेको ठहर गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पछिल्लो भारत भ्रमणका क्रममा १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने विषयमा सहमति भएको छ । यस्तै पाँच हजार मेगावाट बिजुली बंगलादेश निर्यात गर्ने तयारी छ ।

कार्ययोजना कार्यान्वयनका लागि अन्तर सरकारी निकायलगायतको समन्वय, कानुनी तथा संस्थागत सुधारका विषयमा पनि जोड दिइएको छ । यस्तै, आगामी १२ वर्षमा कुन आयोजनाबाट के कति बिजुली उत्पादन हुन्छ र त्यसका लागि के कति लगानी चाहिन्छ भन्ने बारेमा समेत कार्ययोजनामा स्पष्ट व्यवस्था गरिएको छ ।

सन् २०३५ सम्म प्रतिव्यक्ति बिजुली खपत एक हजार पाँच सय युनिट पु¥याउने लक्ष्य राखिएको छ । सन् २०३५ सम्म एक सय ३२ केभी क्षमताका छ हजार चार सय ३१ सर्किट किलोमिटर, दुई सय २० केभी क्षमताका चार हजार ६१ सर्किट किलोमिटर, चार सय केभी क्षमताका छ हजार चार सय ४० सर्किट किलोमिटर प्रसारण लाइन निर्माण गर्ने लक्ष्य राखिएको छ । यस्तै, सवस्टेशनको क्षमता ४० हजार एमभिए पु¥याउने लक्ष्य छ ।

यस्तै, लगानीका क्षेत्र तथा स्रोतका बारेमा पनि स्पष्ट व्यवस्था गरिएको छ । सो कार्ययोजना छिट्टै मन्त्रिपरिषद्मा पेश गरेर कार्यान्वयनमा लगिने भएकाले त्यसको तयारी गर्न मन्त्री बस्नेतले मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएका हुन् ।

छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, सिँचाइ सचिव गोपाल सिग्देल, कार्यदलका संयोजक समेत रहनु भएका सहसचिव देव, नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक प्रदिपकुमार थिकेलगायतको उपस्थिती थियो ।

उपप्रधानमन्त्री श्रेष्ठसँग एमसिसीका सिइओको शिष्टाचार भेट

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग अमेरिकी सहयोग परियोजना एमसिसीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलिस अल्ब्राइटले शिष्टाचार भेट गरेका छन् ।

प्रमुख कार्यकारी अधिकृत अल्ब्राइट र उनको टोलीलाई गृह मन्त्रालयमा स्वागत गर्दै उपप्रधानमन्त्री श्रेष्ठले पछिल्लो राजनीतिक परिवर्तनपछि नेपालको सरकार जनताको आर्थिक सामाजिक विकासको ऐतिहासिक जिम्मेवारी पूरा गर्ने काममा केन्द्रित रहेको र एमसिसीजस्ता परियोजनाको सफल कार्यान्वयनले त्यसमा योगदान दिने विश्वास व्यक्त गरे ।

साथै नेपालको संसद्ले नै एमसिसी परियोजना पारित गरेकाले यसको कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको उनले बताए । परियोजनाको लागि जग्गा अधिग्रहण गर्ने र समग्र सुरक्षाको प्रत्याभूति गराउने काममा गृह मन्त्रालय लागेको समेत उपप्रधानमन्त्री श्रेष्ठले स्पष्ट पारे । उनले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले जग्गा अधिग्रहणमा सहजीकरण गरिरहेको र परियोजना सुरक्षाको लागि कुनै कमी नहुने विश्वास दिलाए । एमसीए नेपालसँग परियोजना प्रगतिको पछिल्लो अवस्थाबारे आफूले जानकारी लिएकोसमेत उपप्रधानमन्त्री श्रेष्ठले बताए ।  

त्यसक्रममा प्रमुख कार्यकारी अधिकृत अल्ब्राइटले पाँच वर्षमा एमसिसी परियोजना सक्नैपर्ने भएकाले यसको कार्यान्वयनमा नेपाल सरकार र सरोकारवाला सबै पक्ष प्रतिबद्ध भएर लागेकोमा खुसी व्यक्त गरे । एमसिसी कार्यान्वयनको जिम्मेवारी एमसीए नेपालको रहेको र यो नेपाल सरकार अन्तर्गतको संरचना रहेको उनले बताए ।

परियोजनाको समयभित्रै सफल कार्यान्वयनका लागि आफूहरू नेपाल सरकारका सरोकारवाला निकायसँग निरन्तर समन्वयमा रहेकोसमेत अल्ब्राइटले बताए । एमसिसी अमेरिकी वैदेशिक सहयोगको महत्त्वपूर्ण अङ्ग भएको र यसको कार्यान्वयनले नेपाल–अमेरिका सम्बन्ध थप प्रगाढ हुने विश्वास प्रमुख कार्यकारी अधिकृत अल्ब्राइटले व्यक्त गरे । 

नेपाल प्रहरीका ५ हजार ९३८ प्रहरी जवानको सरुवा [सूचीसहित]

काठमाडौँ । नेपाल प्रहरीका ५ हजार ९३८ प्रहरी जवानको सरुवा भएको छ । आज मंगलबार नेपाल प्रहरीको जनपद समूहतर्फका ५ हजार ९ सय ३८ जना प्रहरी जवानको सरुवा भएको हो।

आगामी कात्तिक महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी जवानहरूलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।​

सूचीः-

बिद्युत प्राधिकरण फोरमेन महतोविरुद्ध भ्रष्ट्राचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको नेपाल बिद्युत प्राधिकरण ईनरुवा वितरण केन्द्रमा कार्यरत फोरमेन (चौथो तह) विर्जु कुमार महतोविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर गरेको छ ।

महतोलाई सेवाग्राहीबाट पच्चीस हजार रुपैयाँ घुस बापतको रकम लिइसकेको अवस्थामा २०८० साल भाद्र १९ गते नियन्त्रणमा लिइएको थियो। उद्योगमा बिद्युत् क्षमताबृद्धि गरिदिए बापत सेवाग्राहीसँग घुस/रिसवत लिएको आरोपमा महतोविरुद्ध मुद्दा दायर गरिएको हो ।

अख्तियारका अनुसार भ्रष्टाचार निवारण ऐन २०५९ अन्तर्गतको कसुरमा महतोलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा पच्चीस हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदावी लिई आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरीको छ ।

बझाङमा गयो भूकम्प, भत्किए घरहरु  

काठमाडौं । सूदुरपश्चिमको बझाङ जिल्लामा फेरी भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो ३ बजेर ६ मिनेटरमा बझाङको हेमन्तवाडा केन्द्रविन्दु भएर ६.३ रेक्टरस्केलको भूकम्प गएको हो ।

भूकम्पले धेरैका घरहरुमा क्षति पु-याएको छ भने कतिका घरहरु चर्किएका छन् । भूकम्पले कति क्षति भयो भन्ने यकिन विवरण आउन बाँकी छ ।

नेप्सेको गिरावट संगै कारोबार रकम पनि घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले घटेर बन्द भएको छ । अाज नेप्से परिसूचक १७.५६ अंक घटेर १९५८.७२ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.६६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१९ अंक र सेन्सेटिभ इण्डेक्स १.३२ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ७३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २८१ स्टकको ५५ हजार ९६ पटकको कारोबारमा १ अर्ब १९ करोड ९१ लाख रुपैयाँ बराबरको ३९ लाख ६५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन समता लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ७.९१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन घलेम्दी हाइड्रोको शेयरमूल्य ७.८१ प्रतिशत बढेको छ भने हिमालयन लघुवित्तको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक साढे ७ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सिटिजन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन साढे ५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन एनआईसी एशियाको ५ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

मंगलबार १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.४७ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक, वित्त, होटल तथा पर्यटन। जलविद्युत र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

मेडिकल सञ्चालकद्वय गरौजा र चौधरीलाई जनही एक लाख जरिवाना

दमौली । अधिकार क्षेत्र बाहिर गई बिरामीलाई भर्ना गरी उपचार गरेको अभियोगमा पक्राउ परेका तनहुँको दमौलीस्थित दुई मेडिकल हलका सञ्चालक जरिवाना रकम तिरेर रिहा भएका छन् ।

तनहुँ जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्य र दलबहादुर केसीको इजलासले पक्राउ परेका दुवै जनालाई जनही रु एक लाख जरिवानाको फैसला सुनाएको थियो ।

व्यास नगरपालिका–३ पराशर टोलस्थित प्रजुन थापा मेडिकल हल सञ्चालक ५२ वर्षीया विष्णुकुमारी गरौजा र अनसनचौतारास्थित मित्रता स्वास्थ्य क्लिनिकका सञ्चालक ४५ वर्षीय चन्द्रबहादुर चौधरी धरौटी रकम बुझाएर रिहा भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय, व्यास नगरपालिका, स्वास्थ्य कार्यालय, दमौली अस्पताल, जिल्ला प्रहरी कार्यालयलगायतको अनुगमन टोलीले सञ्चालकद्वय गरौजा र चौधरीलाई गत बिहीबार पक्राउ गरी उनीहरु विरुद्ध मुद्दा दर्ता गरेको थियो ।

प्रजुन थापा मेडिकल हलले क्लिनिक दर्ता गरी फार्मेसीमा बिरामी जाँच गरेको र बिरामीलाई इन्जेक्सनमार्फत उपचार गराएको र मित्रता स्वास्थ्य क्लिनिकले डाक्टर नभएको आफैँ औषधि सिफारिस गरेको, डेङ्गु सङ्क्रमित बिरामीलाई इन्जेक्सन, ट्याब्लेट र एन्टिव्योटिक्सको माध्यमबाट उपचार गराएको आरोप लगाइएकोे छ ।

म्याग्देमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

तनहुँको म्याग्दे गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । चालु आर्थिक वर्ष २०८०÷८१ को उक्त कार्यक्रम वडा नं ४ बाट सुरु भएको हो । बेरोजगारलाई न्यूनतम सय दिनको रोजगारी दिने लक्ष्यसहित सरकारले उक्त कार्यक्रम सञ्चालन गरिरहेको छ । उक्त वडामा ३६ बेरोजगार सूचीमा सूचीकृत भएकामा १२ जनालाई छनोट गरी रोजगारीमा खटाइएको गाउँपालिकाका रोजगार शाखा प्रमुख पविन्द्रकुमार शाहीले जानकारी दिए ।

रोजगार कार्यक्रममा सहभागी हुनेलाई सोमबार एक कार्यक्रमका बीच सुरक्षा सामग्री हस्तान्तरण गरिएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले रोजगार कार्यक्रममा सहभागी हुनेलाई सामग्री हस्तान्तरण गर्दै गाउँपालिकाले सञ्चालन गर्ने योजनामा बेरोजगारलाई रोजगारीको व्यवस्था गरिएको बताए ।

उनले भने, “गाउँपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने विकासे योजनामा बेरोजगार सूचीमा सूचीकृत भएकालाई पहिलो प्राथमिकता दिन्छौँ ।” गाउँपालिकाले आन्तरिक बजेटबाट सुरक्षा सामग्री खरिद गरेको हो । यसअगाडिका वर्षहरूमा सङ्घीय सरकारबाटै सामग्रीका लागि बजेट आउने गरेकामा तीन वर्षदेखि भने गाउँपालिकाले आन्तरिक स्रोतबाटै सामग्री खरिद गरी वितरण गरेको रोजगार संयोजक शाहीले बताए ।

गाउँपालिकाका सातवटा वडामा तीन सय १७ बेरोजगार सूचीकृत भएका छन् । गाउँपालिकाले चालु आर्थिक वर्षमा ६८ जनालाई न्यूनतम सय दिनको रोजगारी प्रदान गर्दैछ । उनीहरूलाई रोजगारवापत प्रतिदिन रु छ सय ६८ प्रदान गरिनेछ ।

कार्यक्रमअन्तर्गत नाला निर्माण, चौतारा निर्माण, बाटोघाटोको अलवा साझेदारी कार्यक्रमअन्तर्गतका योजनामा खटाउने तयारी गरिएको छ । संयोजक शाहीले भने, “गाउँपालिकाले लागत साझेदारीमा सञ्चालन गर्ने योजनामा उहाँहरूलाई रोजगारी प्रदान गरिनेछ ।” वडा नं ४ बाट सुरु भएको रोजगार कार्यक्रम क्रमशः सबै वडामा सञ्चालन गरिने उनको भनाइ छ ।

सोही कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न स्थानीय तहमा सडक मर्मत, नाला निर्माण, सडकपेटी, चौतारा, घरबास निर्माणलगायतका काम हुँदै आएका छन् । रोजगारीको हकसम्बन्धी ऐन, २०७५ ले सबै नागरिकलाई रोजगारीको हक सुनिश्चित गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यक्रमअनुसार बेरोजगार सूचीमा सूचीकृत हुने नागरिकले न्यूनतम सय दिनको रोजगारी पाउन सक्नेछन् । कार्यक्रममा सहभागी हुनका लागि सय दिन पनि रोजगारमा संलग्न नभएको वा कम्तीमा त्यसअनुरुपको आयआर्जन गर्न नसक्ने १८ वर्षदेखि ५९ वर्षसम्म उमेर समूहकाले फारम भर्नुपर्छ ।

सुशासन प्रत्याभूत गराउन आ-आफ्नो ठाउबाट प्रभाबकारी भुमिका खेलौं : मन्जली शाक्य

काठमाडौं । तराई विकास तथा सञ्चार केन्द्र नेपालले सोमबार लफितपुरमा आयोजना गरेको ‘सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भूमिका विषयक’ प्रशिक्षणमूलक कार्यक्रम भव्यताकासाथ सम्पन्न भएको छ ।

ललितपुर महानगरपालिकाको सहकार्यमा आयोजित उक्त कार्यक्रम ललितपुर, पुलचोकस्थित याक प्यालेसमा सम्पन्न गरिएको हो । कार्यक्रममा ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जुली शाक्य बज्राचार्यको प्रमुख आतिथ्यता रहेको थियो भने सार्वजनिक खरिद कार्यालयका सचिव डा.दामोदर रेग्मी र महालेखापरिक्षक कार्यालयका उपमहालेखापरिक्षक बामदेव अधिकारीको विशिष्ट आतिथ्यता थियो । साथै कार्यक्रममा ललितपुर महानगरका प्रमुख प्रशाासकिय अधिकृत विरेन्द्रदेव भारती, अख्तियार दुरुपयो अनुसन्धान आयोगका प्रतिनिधि सुमन धिताल,ललितपुर महानगरपालिका प्रवक्ता राजु महर्जन, संयोजक सुशासन तथा संस्थागत विकासका श्रीगोपाल महर्जन लगायत ललितपुर महानगरपालिकाका सबै महाशाखा प्रमुख र जिल्ला कार्यलयका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

आयोजक संस्थाका अध्यक्ष गोविन्दप्रसाद चौलागाईले कार्यक्रमको औचित्यबारे प्रकाश पारेका थिए । उनले कार्यक्रमको निमन्त्रणा स्वीकार गरेर उपस्थित भएका सबै आगन्तुकलाई स्वागत गर्दै आभार व्यक्त गरेका थिए ।

ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जुली शाक्य बज्राचार्य

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जुली शाक्य बज्राचार्यले कामको प्रकृति र समय अनुसार कार्य हुन नसक्दा बेरुजु बढेको बताइन् ।

उनले महानगरभित्र पेश्की बेरुजु सबैभन्दा बढी रहेको बताएकी छिन् । साथै बेरुजु न्यूनीकरण गर्ने अभियानमा महानगर लागि परेको उनले जानकारी दिइन् । उनले सार्वजनिक खरिद ऐन अनुसार काम हुन नसकेको बताउँदै सुशासन भनेको अनुशासित हुनुमात्रै नभएको उल्लेख गरिन् । उनले भनिन् ‘सरकारले समयसीमाभित्र कार्य सम्पादन गर्नु सुशासन हो, अनुशासनमा बस्नु मात्र सुशासनको निशानी होइन ।’ हाल देश संकटमा परेको भन्दै कर्मचारीहरु निजी स्वार्थका लागि मात्र सत्तामा रहेको उनको भनाई थियो ।

उनले भनिन्, ‘देशका लागि गम्भीर हुनुपर्ने बेला आएको छ । यस विषयमा गम्भीर भयौ भने बेरुजु न्यूनीकरण अवश्य हुन्छ ।’

कार्यक्रममा सार्वजनिक खरिद कार्यालयका सचिव डा. दामोदर रेग्मी सहभागिता जनाउने सराेकारबालालाई आफ्नो पेपर प्रस्तुत गर्नुहुदै

यसैगरी, सार्वजनिक खरिद कार्यालयका सचिव डा. दामोदर रेग्मीले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले निकटता, सहभागिता, सुशासन एवम् सेवा प्रवाह गरेको नेपालको संविधानले जनसन्तुष्टि, अपनत्व, सरकारको दिगोपन र सामाजिक मूल्यमा ध्यान दिनुपर्ने बताए । उनले भने ‘यी एकअर्काका परिपूरक हुन् । तर यी कार्य नहुँदा सरकार निरीह बनेको छ । सरकारप्रति जनता असन्तुष्ट र रुष्ट बनेका छन् ।’

बजेट विनियोजन हुनुपूर्व विकासको दिशानिर्देश हुनुपर्ने उनको भनाई थियो । उनले भने ‘बजेट ल्याउने काम र पास गर्ने काम सरकारको हो र त्यसलाई कार्यान्वयन गर्ने काम प्रशासनको हो । यस सम्बन्धमा ऐन कानून पनि छ । तर खर्च विवरण छैन । यसलाई छिटो छरितो कार्यान्वयन गर्न एक्सन प्लानलाई ल्याएका थियौं । त्यसलाई पनि फलो गरेका छैनौं । यसलाई महानगरले ध्यान दिन जरुरी छ ।’

उनले खरिदमा देखा परेका समस्यालाई समाधान गर्न ई– बिडिङ सिस्टम ल्याएको जानकारी समेत दिए । उनले भने‘पारदर्शिता कायम गर्न, सेवालाई प्रविधियुक्त बनाउन, दलगत हस्तक्षेप रोक्नका साथ विविध विषयक लागि यो सिस्टम ल्याएका छौं ।’ साथै सार्वजनिक खरिदमा समस्या पर्नुको कारण राष्ट्रिय खरिद नीति र रणनीतिको अभाव भएको उनको तर्क थियो ।

त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रतिनिधि सुमन धितालले तिनै तहका सरकारलाई हेर्दा सबैभन्दा पारदर्शी सरकार स्थानीय तह रहेको बताए । उनले संघीय सरकार र प्रदेश सरकारका गतिविधि त्यति पारदर्शी र प्रभावकारी नदेखिएको उल्लेख गरे ।

संघीय र प्रदेश सरकारले गरेका गतिविधिमा धेरैजसो जनता अनविज्ञ रहेको उनको दाबी छ । उनले २०७२ को संविधानपछि अख्तियारमा पर्ने उजुरीको ४० प्रतिशत उजुरीहरु स्थानीय सरकारसँग सम्बन्धित रहेको बताए । उनले भने, ‘सबैभन्दा बढी विकृती स्थानीय तहमा छ भन्ने सुनिन्छ । त्यो देखिन्छ पनि । निर्माणका सन्दर्भमा, कर्मचारी घटनाका सन्दर्भमा, खरिदका विषयमा आयोगमा उजुरी पर्छन् । यी विषयबस्तुहरुमा निराकरण गर्नका लागि स्थानीय तहको विशेष भूमिका रहन्छ । स्थानीय तहले सार्वजनिक खरिद ऐन प्रक्रियाको नियम पालाना गर्यो भने राम्रो काम हुने र जनाताका आवश्यकता पुरा हुनेछन् । त्यसपछिमात्र समृद्ध र सुन्दर नेपाल निमार्ण हुनेछ ।’

त्यस्तै, गरेर ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डिले सार्वजनिक लेखा समिति गठन हुन नसक्दा बेरुजुमा देखिएका समस्या समाधान हुन नसकेको औंल्याए । पेश्की बेरुजु लामो समयदेखि फछ्र्यौट नभएको बताउँदै सरकारी रकममाथि हस्तक्षेप त्यसको कारण हुनसक्नेमा उनले शंका प्रकट गरे । उनले भने ‘यसलाई समाधान गरेनौ भने सरकारले नागरिकका आकांक्षा पूर्ण गर्न सक्दैन ।’

त्यस्तै, ललितपुर महानगरपालिकाका प्रमुख प्रशाासकिय अधिकृत विरेन्द्रदेव भारतीले अधिकारको स्रोतमा जति विकेन्द्रिकरण हुँदै गयो त्यति नै भ्रष्टाचार विकेन्द्रीकरण हुँदै गएको दाबी गरे । उनले पछिल्लो समयमा सार्वजनिक खरिदका विषयमा पारदर्शीता नअपनाउदा एक महिनामा थुप्रै प्रमुख प्रशासकीय अधिकृत र मेयरहरु मुद्धामा मुछिएको उल्लेख गरे ।

उनले अन्य महानगरपालिका भन्दा ललितपुर महानगरपालिकाले कार्यसम्पादनमा राम्रो गरेको समेत बताए ।

कार्यक्रममा महालेखापरिक्षक कार्यालयका उपमहालेखापरिक्षक बामदेव अधिकारीले वेरुजु कसरी धटाउने भन्ने सम्बधी सहभागिता जनाउने सराेकारबालालाई आफ्नो पेपर प्रस्तुत गर्नुहुदै

यसैगरी, महालेखापरिक्षक कार्यालयका उपमहालेखापरिक्षक बामदेव अधिकारीले स्थानीय तहमा बेरुजु कम गर्ने उपायहरुका बारेमा आफ्नो पेपर प्रस्तुत गरेका थिए ।

कार्यक्रममा उपमहालेखापरीक्षक अधिकारीले बेरुजु बढनाका निम्न कारण प्रष्ट ढंगले बताउनुभयो ।

  • महालेखापरीक्षकको कार्यालयबाट तोकिएको मलेप फाराम अनुसार लेखा नराख्नु, – बजेट शीर्षक अनुसार खर्च नगर्नु, बजेट शीर्षकको सीमा उल्लङ्घन गर्नु,
  • सार्वजनिक खरिद तथा निर्माण कार्यमा प्रतिस्पर्धा नगर्नु, पारदर्शिताको अवस्था कमजोर रहनु, टुक्रा टुक्रा पारेर कार्य गर्नु,
  • सरकारी कार्यालयमा आन्तरिक नियन्त्रणको अवस्था कमजोर रहनु,
  • आन्तरिक लेखापरीक्षणबाट देखिएका बेरुजु एवं त्रुटिहरू सम्बन्धित कार्यालयहरूले समयमै फछ्यौट नगर्नु,
  • आर्थिक कार्यविधि ऐन, नियम, सार्वजनिक खरिद ऐन नियम लगायत प्रचलित ऐन नियमको पूर्ण परिपालना नहुनु,
  • सम्बन्धित कार्यालयको कार्यालय प्रमुख, लेखा प्रमुख र जिन्सी प्रमुख जिम्मेवार र जवाफदेही हुन नसक्नु,
  • तालुक कार्यालयको अनुगमन एवं नियमन कार्य प्रभावकारी हुन नसक्नु,
  • बेरुजु रकमलाई सरुवा, बढुवा, पुरस्कार, दण्ड सजाय लगायतका वृत्ति विकासका पक्षसँग आबद्ध नगरिनु,
  • लेखापरीक्षणको क्रममा लेखापरीक्षकसँग सम्बन्धित कार्यालयका कार्यालय प्रमुख, लेखा प्रमुख एवं जिन्सी प्रमुखले आवश्यक समन्वय नगर्नु, पर्याप्त छलफल तथा परामर्शको अवस्था कमजोर रहनु,
  • बेरुजुको उठानका आधार प्रष्ट नहुनु, कानुनका दफाहरूको बुझाइमा फरकपन आउनाले पनि बेरुजुको मात्रा बढ्दै जानु।

जस्ता विषय आफ्नो पेपर प्रस्तुतीकरणको अन्तमा उपमहालेखा परिक्षक अधिकारीले बताउदै बेरुजु कम गर्न स्थानीय तह सुहाउँदो, गरिबी निवारण हुने, रोजगारी सिर्जना हुने र जनाताको जीवनस्तरमा सुधार हुने आयोजना सञ्चालन गरेर सेवा प्रवाहलाई सरल, सहज,चुस्त, दुरुस्त र पारदर्शी बनाउनु पर्ने उनको भनाई थियो ।

कार्यक्रममा उपस्थित अतिथिहरुले पनि आफ्नो भनाई राखेका थिए भने डेढसयभन्दा बढीजनाको सहभागीता रहेको थियो ।

कार्यक्रममा ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डिसहभागिता जनाउने सराेकारबालालाई आफ्नो धारणा राख्दै
अहिलेसम्म १४ वटा नगरपालिकामा रहेर कुशलतापुर्वक जिम्मेवारी सम्पन्न गर्नुभएका स्थानीय तहमा रहेर काम गर्ने बिज्ञको परिचय बनाएका ललितपुर महानगरपालिकाका प्रमुख प्रशाासकिय अधिकृत विरेन्द्रदेव भारती सहभागिता जनाउने सराेकारबालालाई कार्यक्रममा सम्बोधन गर्ने क्रममा ललितपुर महानगर पलिकाले गर्दै आएका कामहरुका बारेमा कार्यक्रम मार्फत आफनो धारणा राख्नुहुदै
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रतिनिधि सुमन धितालले भन्नुभयाे अख्तियार सहजीकरण गर्न चाहन्छ । सुशासनको अभियानमा सबैले सहयोग गरौ असल नियतले गर्ने कर्मले सुशासन स्थापित गराउन मद्दत पुर्याउछ भन्नुहुदै आयोगमा आइपरेका उजुरीका प्रकारहरुलाइ सहभागीलाई स्पस्ट ढंगले सम्बोधन गर्ने क्रममा प्रष्ट पार्दै ।
कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष गोविन्दप्रसाद चौलागाई सहभागिता जनाउने सराेकारबालालाई आफ्नो धारणा राख्दै