नेपाली सेनामा भर्ना खुल्यो, माग्यो २२९ अधिकृत (विज्ञापनसहित)

काठमाडौँ । नेपाली सेनाले २२९ जना सहायक सेनानी माग गरेको छ। जंगी अड्डाले आज एक विज्ञापन प्रकाशन गर्दै २२९ जना सहायक सेनानीका लागि आवेदन खुल्ला गरेको छ ।

जसमा खुल्ला १२२, महिला १७, जनजाति ३३, मधेसी २७, दलित १५, पिछडिएको क्षेत्रबाट ३ र सेनाका परिवारबाट १२ जनालाई छनौट गर्ने सूचनामा उल्लेख छ ।
रिक्त २२९ अधिकृत पद खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको आवेदन माग गरिएको जंगी अड्डाले जनाएको छ ।
जारी सूचनामा मंसिर २३ गतेसम्म आवेदन दिन सकिने उल्लेख छ । दोब्बर दस्तुर बुझाएर भने एक हप्ता पछिसम्म आवेदन दिन सकिनेछ ।

यूएईले टस जित्यो, नेपालले बलिङ गर्दै

काठमाडौं । टी- २० विश्वकप क्वालिफायरको सेमिफाइनलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । टस जितेर यूएईले पहिले ब्याटिङ राेजेकाे  छ । खेल केहीबेरमा  मुलपानी किक्रेट मैदानमा हुँदैछ ।

नेपाल समूह एको उप-विजेताका रूपमा समूह बीको विजेता यूएईसँग भिड्ने भएको हो। यो खेलमा जित हात पार्ने टोली विश्वकपमा छनोट हुने छ। यूएई लगातार तेस्रो जित हात पारेर समूह विजेता बन्यो।

बिहीबार भएको खेलमा यूएईले हङकङलाई २२ रनले पराजित गर्‍यो। यसअघि नेपालले लगातार खेल जित्दै ओमानसँग भिड्नुअगावै सेमिफाइनल यात्रा पक्का गरेको थियो। घरेलु मैदानमा जारी टी-२० विश्वकपको छनोटमा नेपालले युएईलाई हराउन सके विश्वकप पुग्ने छ । यो खेलको विजेता विश्वकपमा छनोट हुने छ

काठमाडौंमा समाजवादी मोर्चा गठन

काठमाडौं । समाजवादी मोर्चा नेपाल काठमाण्डौको संयोजन समिति आज गठन भएको छ । मोर्चामा आवद्ददलहरूको जिल्ला भेलाले मोर्चा गठन भएको हो ।

मोर्चामा नेकपा एकीकृत समाजवादीबाट एल पी श्रेष्ठ र ध्रुव न्यौपाने नेकपा माओवादी केन्द्रबाट संजय लामा र महेश्वर फुयाल नेकपाबाट भृकुटी सी र सुरेन्द्र सी जनता समाजवादी पार्टीबाट अजित पुतुवार र एक जना पछि थप गर्ने गरी मोर्चा गठन भएको छ ।

मोर्चाको संयोजकमा एकीकृत समाजवादीका नेता एल पी श्रेष्ठ चयन भएका छन् ।

समिति गठन कार्यक्रममा समाजवादी मोर्चा नेपालका केन्द्रीय सदस्य सचिव तथा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालको बिशेष सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि हमालले मोर्चा गठन र उदेश्यमाथि प्रकाश पार्दै निर्देशनात्मक मन्तव्य राखेका छन् ।

कार्यक्रममा समाजवादी मोर्चा नेपाल बाग्मती प्रदेश संयोजक तथा नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा वाग्मती प्रदेश अध्यक्ष सावित्रा भुसाल, नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा काठमाण्डौं इञ्चार्ज वसन्त मानन्धर ,नेकपाका तर्फबाट मोर्चाका वाग्मती सदस्य सन्तोषि सी,जसपाको तर्फबाट मोर्चाका बाग्मती प्रदेश सदस्य तथा जसपा वाग्मती अध्यक्ष जय गोले लगायतको सहभागिता रहेको नेकपा एकीकृत समाजवादी काठमाडौंकि प्रवक्ता कृतु भन्डारीले जानकारी दिएकी छन् ।

मोर्चाको संयोजनको जिम्मेवारी पाएको नेकपा एकीकृत समाजवादीले पहिलो ४ महिना संयोजनको जिम्मेवारी सम्हाल्ने छ ।

काठमाडौँका यी ठाउँमा शनिबार विद्युत आपूर्ति बन्द हुने (सुचनासिहत)

काठमाडौँ ।  काठमाडौँमा भोलि १८ गते शनिबार केही ठाउँमा विद्युत आपूर्ती बन्द हुने भएको छ।

प्राधिकरणले स्युचाटारदेखि सिंहदरवारसम्मको ६६ केभी प्रसारण लाइन मर्मत गर्नुपर्ने भएकोले सिंहदरवारस्थित के ३ सब स्टेसनबाट आपूर्ति हुने सिंहदरवार परिसरका सम्पूर्ण कार्यालयहरू, जिल्ला प्रशासन कार्यालय समेत बबरमहल, पुतलीसडक, बागबजार, कमलादी, हात्तीसार, डिल्लीबजार, असन, महाबौद्ध, जमल, घट्टे कुलो, अनामनगर, ज्ञानेश्वर, नक्साल, सेतो पुल, रातो पुल क्षेत्रमा भोलि बिहान विद्युत् आपूर्ति प्रभावित हुने जानकारी दिएको छ ।

बिहान ७ बजेदेखि ११ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले सूचना जारी गर्दै जानकारी दिएको हो।

यस्तो छ तपाईँको १७ कार्तिक आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज प्रेमीको सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत पनि बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आफन्तसँग भेटघाट हुने र सहयोग पाइनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । साहित्यिक क्षेत्रमा रुचि पनि बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज आस्था बढेर जाने समय छ । नजिकको मित्रसँग भेटघाट हुनेछ । कुनै समाचारले मनमा शान्ति छाउनेछ । शत्रु पनि क्षय हुन सक्छन् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज इष्टमित्रसँग भेटघाट हुनेछ । काम विशेषले टाढिएका परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ, तर स्वास्थ्य प्रति भने सचेत रहनु पर्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । धर्मकर्म तथा समाजसेवामा मन पनि लाग्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज अतिथिको रूपमा सत्कार पाइएला । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो र रोमाञ्चक यात्रा पनि होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) स्वास्थ्यले साथ नदिन पनि सक्छ । खानपान लगायत हरेक कार्यमा सतर्क हुनुहोला । आज नयाँ काम शुरु गर्न र टाढाको यात्रा गर्नु उचित छैन ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्, तर खानपिनमा भने ध्यान दिनुहोला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनमा निरासता आउन सकिनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । काममा बाधा आउनसक्छ, तर साँझमा मन प्रसन्न रहनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । शुभारम्भको चर्चा चल्नेछ । लाभदायक यात्रा हुनेछ र नयाँ कार्यको योजना बन्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज अवसर आउनाले मन प्रसन्न रहने र सफल यात्रा हुनेछ । सामाजिक काममा सफलता प्राप्त हुनेछ, तर चोटपटकको भय छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज सानातिना समस्यामा अल्झनुपर्नेछ । वैदेशिक कार्यमा बाधा आउनेछ । प्रेममा मनमुटाव पनि आउन सक्छ, तर धन हात पर्न सक्छ । 

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज(शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ २५ पैसा र बिक्री दर १४१ रुपैयाँ ८९ पैसा  रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रदेशहरुलाई अधिकार र जनशक्ति नदिँदा संघीय गणतन्त्र कसरी टिक्छ ? : यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा सांसद उपेन्द्र यादवले प्रदेशहरुलाई अधिकार, कानून र आवश्यक जनशक्ति समेत नदिने अवस्थाले संघीय गणतन्त्र कसरी टिक्छ भन्दै प्रश्न गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले हालसम्म संघीय निजामती ऐन र प्रहरी समायोजन ऐन नल्याएको भन्दै सरकारको आलोचना गरे । प्रदेशलाई अधिकार, कानून र कार्य गर्ने आवश्यक जनशक्ति नदिँदा संघीय लोकतान्त्रिक गणतन्त्र कसरी टिक्छ ? भन्दै यादवले प्रश्नसमेत गरे । संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुने कुरामा गम्भीर प्रश्न रहेको उनको दाबी छ ।

यादवले भने, ‘प्रदेशहरूलाई अहिलेसम्म संघीय निजामती ऐन निर्माण गरिएन । उहाँ माननीयजीले भन्दै हुनुहुन्थ्यो संघीयता खारेज गरौं । यहाँ भन्नै पर्दैन यतैबाट खारेज गर्दिन्छन् कि जस्तो पो देखियो त । आठ/आठ वर्षसम्म संघीय ऐन नबनाउनु, प्रहरी ऐन बनेको पनि कार्यान्वयन नहुनु र प्रदेशहरूलाई अधिकार, कानून र कार्य गर्ने आवश्यक जनशक्ति समेत नदिने अवस्थाले कसरी संघीय गणतन्त्र टिक्छ ? कसरी संघीय गणतन्त्र संस्थागत हुन्छ ? भन्ने एउटा गम्भीर प्रश्न रहिरहेको छ ।’

संविधान बनाउँदै त्रुटिपूर्ण रहेको भन्दै उनले सच्याउनुपर्ने बताए ।

समिति गठनमा ढिलाइ भएकाले संसद्को काम–कारबाही गतिशील नदेखिएको उनको भनाइ छ ।

शीर्ष दललाई रविको प्रश्न : सत्ता स्वार्थको लागि मात्रै मिल्ने ? 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले शीर्ष दलका नेताहरू सत्ता स्वार्थका लागि मात्रै मिल्ने गरेको भन्दै कडा आपत्ति जनाएका छन् । 

प्रतिनिधि सभाको बिहिबारको बैठकमा उनले सत्ता स्वार्थका लागि मिल्नेहरुले शान्ति प्रक्रियालाई पूर्णता दिने र पीडितलाई न्याय दिने काममा मिल्न कस्ले रोक्यो भन्ने प्रश्न उठाए ।

उनले भने ‘शान्ति प्रक्रियाको कुरा चल्यो सरकार बनाउने बेलामा हिजो दुस्मन भनिएका दलहरु बिना सर्त एक ठाउँमा उभिएको हामीले देखेका छौं । कोशीको कुरा हेर्दा त सबै दलहरु एकै ठाउँमा उभिएका छन् । महागठबन्धन भएको छ । आफ्नो सत्ता स्वार्थको लागि मिल्न सक्नुहुने पीडितलाई न्याए दिने शान्तिप्रक्रियामा चाँही के ले रोक्यो तपाईहरुलाई ? कस्ले रोक्यो कहाँ रोक्यो, हामी नयाँ दलले ?

उनले भने ‘शान्ति प्रक्रियाको कुरा चल्यो, सरकार बनाउने बेलामा हिजो दुस्मन भनिएका दलहरू बिना सर्त एक ठाउँमा उभिएको हामीले देखेका छौँ । कोशीको कुरा हेर्दा त सबै दलहरू एकै ठाउँमा उभिएका छन् । महागठबन्धन भएको छ । आफ्नो सत्ता स्वार्थको लागि मिल्न सक्नुहुने पीडितलाई न्याय दिने शान्तिप्रक्रियामा चाहिँ के ले रोक्यो तपाईँहरूलाई ? कसले रोक्यो कहाँ रोक्यो, हामी नयाँ दलले ? त्यस्तै उनले, शीर्ष दलका नेता मुलुकको हितका लागि चिन्तित नरहेको टिप्पणी गरे । 

‘आज हामी संविधान र व्यवस्था जोगाईराखेका र्छौं कि आफ्ना मानीसहरु जोगाई राखेका छौँ छातीमा हात राखेर सोच्नुपर्ने बेला आएको छ । यदि व्यवस्था जोगाई राखेको थियौँ भने ,साँची नै संविधान मुलुक र जनताको चिन्ता हुन्थ्यो भने जेलमा बसेको मानीसलाई कसरी  छुटाउने अनुसन्धानमा आफ्ना मान्छेलाई कसरी बचाउँने भन्ने कुराको चिन्ता हुने थिएन हामीलाई व्यवस्था जोगाउनु छैन् आफ्ना मान्छे जोगाउनु छ ।’ उनले भने,  उनले सफा नियतका साथ देश हितमा काम गर्न नेताहरुलाई सुझाव दिए । राम्रो काममा साथ दिन आफ्नो पार्टी तयार रहेको उनको तर्क थियो ।

उनले सफा नियतका साथ देश हितमा काम गर्न नेताहरुलाई सुझाव दिए । राम्रो काममा साथ दिन आफ्नो पार्टी तयार रहेको उनको तर्क थियो । ‘अन्तराष्ट्रिय मानव अधिकार मान्यता अनुसार पीडितको न्यायलाई मध्यनजर राखेर यसलाई टुङ्ग्याउन कसैले रोकेको छैन् । रोकेको छ त केवल तपाईहरुको नियतले । सफा गर्नुहोस् । हामी नयाँ दलका रुपमा आएका छौं । हामी प्रक्रियागत रुपमा पीडितका पक्षमा रहेर यसलाई टुङग्याउन कहाँ सघाउनु पर्छ हामी तयार छौं ।

भिजन लुम्बिनी उर्जाको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले आज कात्तिक १६ गतेदेखि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ। 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुलाई बाँडफाँट गरी बाँकी रहेको ४ लाख ८७ हजार ९१० कित्ता सेयरसहित गरी कुल २० लाख ७५ हजार २८५ कत्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।

सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ३ लाख ८० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ। उक्त आईपीओमा कात्तिक २० गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा पूर्ण आवेदन नपरेमा ढिलोमा मंसिर १ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

चिरख्वा हाइड्रोपावरको आईपीओ बाँडफाँट आज, ११ लाखभन्दा बढीको हात खाली हुने

कात्तिक १६ गते, बिहीबार, चिरख्वा हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले कात्तिक २३ गतेदेखि २६ गतेसम्म निष्काशन तथा बिक्री गरेको आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८ लाख ५९ हजार ३०० कित्ता शेयर निष्काशन गरेको थियो। सो शेयरमा कुल ११ लाख ३४ हजार ३१७ आवेदन परेको थियो। सोमध्ये ११ लाख ३१ हजार ९३६ आवेदन स्वीकृत भएको छ भने २ हजार ३८१ आवेदन रद्द भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत आईपीओ बाँडफाँट गरिएको छ। यस अनुसार ८५ हजार ९३० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।

राधिका अर्याल र विश्वबाबु पुडासैनी सचिवमा बढुवा

काठमाडौँ । सरकारले सहसचिवद्वय राधिका अर्याल र विश्वबाबु पुडासैनीलाई सचिवमा बढुवा गरेको छ ।

निजामती सेवाका सचिवहरु डा. दामोदर रेग्मी र अर्जुनजंग थापा उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि अर्याल र पुडासैनी सचिव बनेका हुन् ।

बिहीवार(आज)प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनतर्फ अर्याल र प्राविधिकतर्फ पुडासैनीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षताको सचिव बढुवा सिफारिस समितिले सचिव बढुवाका लागि मन्त्रिपरिषदमा गरेको सिफारिसअनुसार दुई जना सचिवमा बढुवा भएका हुन् ।

प्रशासनतर्फबाट सचिव बनेकी अर्याल हाल लुम्बिनीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी कामु प्रमुख सचिव छिन् । उनीसँगै कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कामु प्रमुख सचिव चुडामणि पौडेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका हरिप्रसाद लम्सालको नाम सिफारिस भएको थियो ।

इन्जिनियरिङतर्फको सचिव बनेका पुडासैनीको नाम एकल रुपमा सिफरिस भएको थियो । वरिष्ठताका आधारमा चार पटक सिफरिसमा परे पनि सचिवमा बढुवा नभएका पुडासैनीको नाम पाँचौं पटक भने एकल रुपमा सिफरिस भएसँगै मन्त्रिपरिषद बैठकले उनलाई सचिव बनाउने पक्का थियो ।

नेताहरुले देश बेच्न खोजे, मैले कसैको अपमान गरेको छैन: बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले १७ वटा नगरपालिकाले कुनै निजी कम्पनीको पैसा खाएर बसाएको बैठक आफूले बहिस्कार गरेको बताएका छन् ।

मंगलबार काठमाडौंमा भएको बैठक बहिस्कार गर्दै बैठकको सभापतित्व गरेका ललितपुरका मेयर चिरिबाबु महर्जनको अपमान गरेको भन्ने समाचार सार्वजनिक भएपछि बालेनले सामाजिक सञ्जालमार्फत् आफूले कसैको अपमान नगरेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,’१७ वटा नगरपालिकाले कुनै पैसा खाएर बसाएको बैठक बहिसकार गरेको हो, कसैको अपमान गरेको होईन । नेताज्युहरुले त देशनै बेच्न खोजिसक्नु भो,तर काठमाडौं महानगर बिक्रीमा छैन ।
तपाईंहरुले पुरै देशनै बेच्नुभो भनेपनि , काठमाडौं एक्लै भएपनि नेपाल भनेर उभिनेछ ।’

प्रधानमन्त्री प्रचण्ड आज बुटवल जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बुटवल जाँदैछन् । आम्दा अस्पतालको २५ औं वार्षिकोत्सव समारोहको उद्घाटन गर्नका लागि प्रधानमन्त्री प्रचण्ड आज बुटबल जान लागेका हुन् ।

आम्दा नेपाल, तत्कालीन बुटवल नगरपालिका र बुटवल उद्योग वाणिज्य संघबीच त्रि–पक्षीय लगानीमा निर्माण भएको उक्त अस्पताल ५० शैया बनाइएको थियो । तर, अहिले सो अस्पतालको क्षमता विस्तार गरी २ सय शैयाको बनाउने भए पछि प्रधानमन्त्री प्रचण्डले नयाँ भवनको शिलन्यास गर्नेछन ।

बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयका अनुसार प्रधानमन्त्री प्रचण्डले अस्पतालको थप २०० शय्या भवनको शिलान्यास र शैक्षिक कार्यक्रमको शुभारम्भ गर्ने कार्यक्रम तय गरिएको छ ।

अख्तियार प्रमुख राइले अधिकांस सचिबको सातो लिए

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल सरकारका सचिवहरू बिचौलिया जस्ता भएकाले सुशासनमा कमी आएको दाबी गरेको छ । आयोगले नेपाल सरकारका सचिव र विभागीय प्रमुखहरूसँग दुई दिनसम्म गरेको अन्तरक्रियामा प्रमुख आयुक्त प्रेमकुमार राईले अधिकांस सचिब नै भ्रष्ट भएको खुलाएका छ्न।

उनले केही पाँचतारे होटेलको नामै लिएर त्यहाँ सचिव र बिचौलियाबीच बाक्लो भेटघाट हुने गरेको, केही सचिवहरूले काम गरिदिन्छु भनेर नाजायज फाइदा लिने गरेको प्रतिवेदन प्राप्त भएको बताउँदै त्यसले गर्दा सुशासनमा कमजोर भएको बताएका थिए । तथ्य र प्रमाणका आधारमा मुद्दा चलाउँदा काम गर्न पाइएन भन्दै अख्तियारमाथि नै दोष थोपर्ने गरेको भन्दै उनले सचिवहरूलाई सचेत समेत गराएका थिए ।

प्रमुख आयुक्त राईले विकास निर्माणका ठेक्कामा पनि सचिवरूले लामो हात लगाउने गरेको र यसैकारण काममा ढिलासुस्ती हुने गरेको पाइएको बताउँदै आइन्दा यस्तो नगर्न चेतावनी दिए । ‘सचिवहरूले नियमसंगत काम गर्नुको साटो राजनीतिक दबाब र आर्थिक प्रभावमा काम गरेको, पाँचतारे होटलमा रहेका स्पाहरूमा बेलुकी बिचौलियासँग भेटघाट गरेको रिपोर्ट प्राप्त भएको छ । तपाईंहरू बिचौलिया जस्तो हुन थाल्नुभयो । यसबाट सुशासनमा कमजोरी देखियो’, प्रमुख आयुक्त राईलाई उद्धृत गर्दै एक सचिवले भने, ‘अन्तरक्रिया भनेर बोलाएको कार्यक्रममा त सचिवहरू बिचौलिया जस्ता भए भन्न पो रहेछ सम्पती न्यूजसंगको भेटमा बताए । आइन्दा यस्तो काम नगर्न पनि अख्तियारले चेतावनी दिएको उनले बताएका छन् ।’

अख्तियारका प्रवक्ता एवं सहसचिव भोला दाहालले सरकारका सचिव र विभागीय प्रमुखहरूसँग दुई दिनसम्म अन्तरक्रिया गरिएको बताएका छन् । ‘आइतबार र सोमबार दुई दिनसम्म नेपाल सरकारका सचिवहरू र आयोगका प्रमुख आयुक्तसहित अन्तरक्रिया भयो’, प्रवक्ता दाहालले भने ।

पछिल्लोपटक अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारको यो कदमबाट रुष्ट सचिवले कर्मचारीलाई मुद्दा चलाएर काम गर्न नदिएको गुनासो समेत गर्न भ्याएका थिए । अख्तियारले गत असोज १५ गते मरासिनीसहित ९ जनाविरुद्ध २३ करोड २७ लाख ५८ हजार ७७ रूपैयाँ बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो । त्यसपछि मरासिनीले प्रेस नोट जारी गरी असन्तुष्टि प्रकट गरेका थिए ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशकसमेतको मिलेमतो र योजनामा ६ वर्ष अघि खरिद गरिएको ‘नेसनल पेमेन्ट गेटवे’ अहिलेसम्म प्रयोगमा आउन नसकेको, आवश्यक पूर्वाधार तयार नगरी अस्वाभाविक लागत देखाएर स्वीकृत गरीरगराएर २५ करोड रूपैयाँमा खरिद गरी गैरकानुनी तवरले सरकारको सम्पत्तिमाथि नोक्सानी पुर्‍याएको भन्दै अख्तियारले सचिव मरासिनीसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको होे ।

अख्तियारले खासगरी पूर्वाधार, सडक, सिँचाइ, मालपोतलगायतका कार्यालयहरूमा बढी गुनासो आउने गरेको जनाएको छ । त्यसैगरी संघीय मामिला मन्त्रालय कर्मचारी सरुवा गर्दा, कार्यकारी प्रमुखहरूको सरुवा गर्दा आफैँ बिचौलियाको भूमिकामा रहने गरेको र त्यसले स्थानीय तहमा भ्रष्टचार बढाएको भन्दै आयोगले सचिव र विभागीय प्रमुखहरूको ध्यानाकर्षण गराएको छ ।

प्रवक्ता दाहालका अनुसार अख्तियारले भ्र्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्न चारवटा विधिअनुसार काम गरिरहेको र त्यही विषयमा सरकारका सचिवहरूसँग छलफल र अन्तरक्रिया गरेको हो । ‘उपचारात्मक, निरोधात्मक, प्रर्वधनात्क र संस्थागत सुदृढीकरण विधिअनुसार हामीले काम गरिरहेका छौं ।

नेपाल सरकारका सचिवहरू र विभागीय प्रमुखहरूसँगको छलफल निरोधात्मक कार्यसम्पादनअन्तर्गत भएको हो । यसमा उहाँहरूले पनि प्रतिधिधिमूलक ढंगले विषयवस्तु राख्नुभयो, हामीले पनि विषयवस्तु राखियो’, प्रवक्ता दाहालले भने । उनका अनुसार अख्तियारले वर्षभरि गरेको अनुसन्धान, त्यसको प्रगति र सरकारी कर्मचारीले गरेका काममा केन्द्रित भई छलफल आयोजना गरेको बताइएको हो ।
अख्तियारका पछिल्ला गतिविधिले उच्च तहमा कार्यरत सचिब र महानिर्देशकको सातो गएको भएपनि नसुध्रीएको छनक पाएका राइले सो भेलामा सचिबहरुको सातो लिएको बताइएको छ।

मिर्मिरे लघुवित्तको एफपीओ बिहीबार बाँडफाँट हुने

काठमाडौं : मिर्मिरे लघुवित्तको एफपीओ बिहीबार (कात्तिक १६ गते) बाँडफाँट गर्ने तयारी गरिएको छ । बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङका अनुसार बिहीबार बिहान ८.३० बजे एफपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ । यता, मिर्मिरे लघुवित्तको एफपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । किनभने यसमा मागभन्दा १३०.६३ गुणा बढी आवेदन परेको छ । 

यसर्थ गोलाप्रथाबाट एफपीओ बाँडफाँट हुनेछ । यसमा १४ लाख २१ हजार ७७७ जनाले कुल १ करोड ६१ लाख ७४ हजार ५८० कित्ताको लागि आवेदन दिएका छन् । जसमा १२ हजार ३८१ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १४ लाख ९ हजार ३९६ जनाको भने हात खाली हुनेछ ।

मिर्मिरेले असोज २५ गतेदेखि ३० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँमा १ लाख २३ हजार ८१६ कित्ता एफपीओ बिक्रीमा ल्याएको थियो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न यो लघुवित्तले एफपीओ निष्कासनमा ल्याएको हो ।