बरिष्ठ पत्रकार राघव साहले गरे पत्रकार खानलाई ५१ हजार रुपैया सहयोग

वीरगंज । बरिष्ठ पत्रकार राघव साहले पत्रकार नेहाल खानलाई मंगरबार ५१ हजार रुपैया सहयोग गरेका छन् ।
बीरगंज महानगरपालिका वडा नं. ३ प्रगतिनगर निवासी पत्रकार नेहाल खान बिगत २ महिना देखि पोष्ट कोभिड फाईब्रोसिस (फोक्सोमा समस्या) रोगबाट ग्रसित भई उपचार गराई रहनु भएको छ भने उनको श्रीमति अजरा खातुन बिगत ६ महिना देखि क्यान्सर रोगबाट पिडित भई बिपि कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचारर्थ रहेकी छिन् ।
रोगबाट संघर्षरत्त रहेका पत्रकार खानको आर्थिक अवस्था कमजोर हुदै गएकोले वीरगंजबाट प्रकाशित हुने पर्दाफास दैनिकका प्रकाशक-सम्पादक एवं पर्दाफास डेली अनलाईनका सञ्चालक बरिष्ठ पत्रकार राघव साहले उनको घरमै पुगी ५१ हजार रुपैयाको चेक हस्तान्तरण गरे ।
चेक हस्तान्तरण गर्दै पत्रकार साहले यो रकम ठुलो नभए पनि यसबाट थोरै मात्रामा भए पनि पत्रकार खानको उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै अन्य सहयोगीदाताहरुलाई पनि सहयोगको लागि आग्रह समेत गरेका छन् ।
पत्रकार साह समाजवादी प्रेस संगठन नेपालका संस्थापक केन्द्रिय सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रिय प्रचार विभाग सदस्य हुन् ।
पत्रकार खान काठमाडौंको नर्भिक अस्पताल, नारायणी अस्पताल वीरगंजमा उपचार गराई हाल घरमै २४ सैं घण्टा अक्सिजनको सहारामा जिवनयापन गरिरहेका छन् भने उनको श्रीमति खातुनको ६ महिनामा ८ पटक किमो चढिसकेको र २१ दिन पछि रोगको पुनः परीक्षण गराई चिकित्सको सल्लाह अनुसार थप उपचार हुने खानले बताए । उनले चिकित्सकहरुले आफूलाई काठमाडौंको नर्भिक अस्पतालमा थप उपचार गराउन सल्लाह दिदै आए पनि उपचार खर्च जुटन नसकेकोले हाल घरमै अक्सिजनको सहाराले बाँचिरहेको दुःखेसो पोखे । आफुलाई नारायणी अस्पतालका बरिष्ठ फिजिसियन डा। उदय नारायण सिंहले प्रत्येक दिन घरमै पुगी निःशुल्क उपचार गरिरहनु भएको पत्रकार खानले बताए ।
यस भन्दा अगाडि प्याब्सन, एन प्याब्सन, उद्योग वाणिज्य संघ बीरगंज, बीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह लगायतकाले सहयोग गरेको पत्रकार खानले बताए ।

१५ कार्तिक २०८०, बुधबार यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज अनावश्यक ठाउँमा धन खर्च हुनसक्छ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । आफ्नो बुद्धिले काम नगर्न सक्छ, अत: सचेत रहनु होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । नयाँ कामको थालनी होला । मान प्रतिष्ठामा वृद्धि होला । आफन्तको प्रगतिमा मन रमाउनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज अचानक विविध समस्या देखा पर्न सक्छन् । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । लगानी गर्नु पनि उपलब्धीमूलक हुँदैन ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । वैदेशिक कार्य पनि राम्रो हुन्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । आकस्मिक यात्राको अवसर आउन सक्छ, यात्राबाट लाभ पनि मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कुनै समाचारले मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । प्रेमीको सहयोग पाइनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज नयाँ कामको थालनी हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग पाइनेछ । सेयरबजारमा रुचि पनि बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज सेयरबजार र बन्दव्यापारमा फाइदा हुनेछ । प्रसिद्धि र सम्मानमा वृद्धि हुनेछ । विद्वान्हरूको साथमा घुलमिल हुने मौका आउनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) , आयव्यय, सुखदुःख बराबरी खालको समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ । ज्ञानमा वृद्धि पनि हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । धर्मकर्ममा मन लाग्नेछ । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।

आज न्युयोर्क फर्किँदै राष्ट्रसंघका महासचिव गुटेरेस

काठमाडौँ– नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज न्युयोर्क फर्किँदै छन् । 

गत आइतबार नेपाल भ्रमणमा आएका गुटेरेस कतार एयरवेजको उडानमार्फत बिहान १० बजे न्युयोर्क प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा उनले हिजो संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरेका थिए । यसअघि गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राजनीतिक दलका नेताहरू, मन्त्रीहरू लगायतसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

नेपाल बसाइका क्रममा महासचिव एन्टोनियो गुटेरेसले अन्नपूर्ण आधारसिविर तथा लुम्बिनीको पनि अवलोकन भ्रमण गरेका थिए ।

भ्रष्टाचार मुद्धामा चित्त नबुझेपछि: अख्तियार सर्वोच्चमा

काठमाडौँ । अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्धामा विशेषको फैसला चित्त नबुझेर अख्तियार सर्वाेच्च पुगेको हो ।

प्रंसग जोडिएको छ एक जना नासुको । गाविस सचिव, नेपाल दूरसञ्चार कार्यालयमा सहायक स्तरको कर्मचारी हुँदै यातायात व्यवस्था कार्यालयको लेखापाल नियुक्त भएका कर्मचारी हुन सुरेश अधिकारी । उनै अधिकारी सार्वजनिक सेवामा बहालरत हुँदा ५ करोड १० लाख ३३ हजार रुपैयाँ बराबरको अकुत सम्पत्ति आर्जन गरे । ०५९ साल असोज १६ गते रोल्पामा गाविस सचिवको रूपमा जागिरमा प्रवेश गरेका अधिकारी ०६० जेठ २६ गतेदेखि २०६५ चैत्र १९ गतेसम्म नेपाल दुरसञ्चार कार्यालयमा सहायक कर्मचारीको रूपमा काम गरे । दूरसञ्चारमा कार्यरत रहँदा वार्षिक भत्ता, बोनस, प्रोत्साहन समेतको आय जोड्दा ५ लाख ६३ हजार ९२२ रुपैयाँ मात्र बचत देखिएको थियो ।

त्यसपछि २०६५ चैत्र ३० गते लेखापालमा नियुक्त भएका उनले २०६७ चैतसम्म लेखापालको रूपमा कोष तथा लेखा नियन्त्रकको कार्यालय भोजपुरमा काम गरेका थिए । २०६७ चैतदेखि २०७४ वैशाख ६ गतेसम्म यातायात व्यवस्था कार्यालय इटहरीमा लेखापालको रूपमा काम गरेका थिए ।यही अवधिमा पदीय हैसियतभन्दा अकुत आर्जन गरेको र आर्जित सम्पत्ति चार श्रीमतीदेखि सासुहरुका नाममा समेत लगानी गरेको भेटिएपछि अख्तियार विशेष अदालतमा पुगेको थियो २०७६ वैशाख २३ गते ।

अख्तियारले उनीसहितका उनका चारै जना पत्नीहरु   दुर्गा अधिकारी,  दीपा श्रेष्ठ,  सुस्मिता अधिकारी,सोममाया श्रेष्ठलाई समेत प्रतिवादी बनाउँदै विशेषमा मुद्धा दायर गरेको थियो ।  उनीहरुको नाममा तराईका विभिन्न जिल्लामा महंगा स्थानमा जग्गा खरिद गरेर आलिशान घर बनाउने काममा लगानी गरेका थिए । सबै श्रीमतीका लागि छुट्टाछुट्टै करोडौंको घर, गाडीका अलवा करोडौंको सुनका गरहना जोडेको भेटिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । यस्का अलवा सासुहरुका नाममा समेत करोडौंको घर जग्गामा लगानी गरेको भेटिएको अख्तियारले जनाएको छ ।

अधिकारीको वैध आय ८८ लाख ३४ हजार ८८५ रुपैयाँको तुलनामा ५ करोड १० लाख ३३ हजार ६२३ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएबाट अधिकारीको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिएको थियो।

अख्तियार उनीविरुद्ध २०७६ वैशाख २३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । विशेषले अधिकारीलाई दोषी ठहर गर्यो । न्यायधीशद्धय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले उनलाई ६ महिना कैद तथा ३ करोड ९६ लाख रुपैयाँभन्दा बढी जरिवानाका साथै जरिवानाबराबरको सम्पत्ति जफत हुने फैसला गरेको थियो । अख्तियारले मुद्दा दायर गरेको झन्डै चार वर्षपछि अभियोग ठहर हुने फैसला भयो तर पछि ०७६ मंसिर २ गते सर्वोच्च अदालतबाट धरौटीमा रिहा भएका छन् ।