एनसेल सेयर खरिदबिक्री प्रकरण : अध्ययन तथा छानबिन समितिले काम थाल्यो, को हुन् शतिशलाल आचार्य 

एनसेलको शेयर खरिद बिक्री अध्ययन तथा छानबिन समितिले आजदेखि औपचारिक रुपमा कार्य प्रारम्भ गरेको छ । नेपाल सरकारबाट प्राप्त कार्यदेशभित्र रही तोकिएको समय सीमाभित्र अध्ययन तथा छानबिन गरी सुझावसहितको प्रतिवेदन बुझाउने गरी अध्ययन थालिएको समितिका संयोजक टङ्कमणि शर्मा दङ्गालले जानकारी दिए ।

समितिले अध्ययन तथा छानबिनका क्रममा सम्बन्धित विषय क्षेत्रका नियामक निकाय, सरकारी अधिकारी, सम्बन्धित सेवा प्रदायक कम्पनीसँग छलफल गर्ने उनले बताए । संयोजक शर्माले आवश्यक कागजात तथा जानकारी प्राप्त गर्ने तथा सम्बन्धित विषयका विज्ञ, विभिन्न सरोकारवाला सङ्घसंस्था र व्यक्तिसँग समेत छलफल गरी राय सुझाव पेस गरिने बताए ।

समितिले एनसेलको शेयर खरिदबिक्रीसँग सम्बन्धित तथ्यपरक जानकारी, सूचना वा अन्य यससँग सम्बन्धित प्रमाण भएमा समिति समक्ष उपलब्ध गराइ अनुसन्धानमा सहयोग गर्न सम्पूर्णमा आह्वान गरेको छ । समितिको सचिवालय सिंहदरबास्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा रहेको छ । सरकारले यही मङ्सिर २१ गते एनसेलको शेयर खरिदबिक्रीका सम्बन्धमा, प्रचलित कानुनको परिपालना, राजस्व र नेपालमा वैदेशिक लगानीमा पर्न सक्ने असरलगायत विषयको अध्ययन तथा छानबिन गरी ३० दिनभित्र प्रतिवेदन पेश गर्न शर्माको संयोजकत्वमा समिति गठन गरेको थियो ।

टेलिकम माफिया भन्दै एनसेल बिक्रीमा तथा कर छलिमा घोटला गर्ने शतिशलाल आचार्यको अकुत सम्पति छानबिन गर्न सरकारलाई नागरिकको दवाव आउन लागेको छ । सामाजिक सञ्जाल फेसबुक तथा एक्समा बिभिन्न पोष्टलाई सिधै टेलिकम माफिया भन्दै गालीको बर्षाद भएको छ । 

जनतालाई निशुल्क भोईस र डाटा आधा मुल्यमा दिन्छु भन्ने सिजि टेलिकम दर्ता गर्न रोक्न अरबौको चलखेल गरेको तथा एनसेलको राज्यलाई बिभिन्न कर बापतको रकम घास स्वरूप बुझेर मिलाएको आरोप लगाईएको छ ।

को हुन् शतिशलाल आचार्य 

सतीश लाल आचार्य नेपालमा जन्मेका थिए तर पछि सिंगापुर गए, जहाँ उनले आफूलाई एक सफल व्यवसायीको रूपमा स्थापित गरे। उनको जन्मको सही वर्ष सार्वजनिक रूपमा उपलब्ध छैन। उनको शैक्षिक पृष्ठभूमि सार्वजनिक रूपमा थाहा छैन, तर उनले कुटनैतिक तथा व्यापार शिक्षा प्राप्त गरेको विश्वास गरिन्छ सकीन्छ। 

दूरसञ्चार उद्योगमा आचार्यको प्रारम्भिक प्रवेश कम्बोडियाबाट सुरु भयो। मलेसियाली दूरसञ्चार कम्पनी आजियाटा र कम्बोडियन कम्पनीबीचको संयुक्त लगानी स्मार्ट एक्जियाटामा उनी लगानीकर्ता बने। दूरसञ्चार क्षेत्रमा आचार्यको थप संलग्नताको जग बसाल्दै यो उपक्रम निकै सफल साबित भयो।

डिसेम्बर २०२३ मा, आचार्यले आफ्नो कम्पनी, स्पेक्ट्रलाइट युके लिमिटेडले नेपालको सबैभन्दा ठूलो मोबाइल नेटवर्क अपरेटर एनसेलको ८०% सेयर राख्ने कम्पनी रेनोल्ड्स होल्डिङ्समा आजियाटाको १००% सेयर अधिग्रहण गर्दा हेडलाइन्स बने। यो अधिग्रहणले आचार्यलाई नेपालको दूरसञ्चार परिदृश्यमा प्रमुख खेलाडी बनायो। जस्मा कर छलिको आरोप लाग्दै सिजि टेलिकम रोकेको समेत आरोप आम नागरिक ले लगाएर विवादमा परे ।

एनसेलमा आचार्यको संलग्नता केही विवादमा परेको छ ।कतिपयले अधिग्रहण प्रक्रियाको पारदर्शितामाथि प्रश्न उठाएका छन् र खरिदका लागि खर्च भएको रकमको स्रोतबारे थप अनुसन्धान गर्न माग गरेका छन् । थप रूपमा, नेपाली दूरसञ्चार उद्योगमा आचार्यको पारिवारिक सम्बन्धका कारण सम्भावित स्वार्थको द्वन्द्वको बारेमा चिन्ता व्यक्त गरिएको छ।

सतीश लाल आचार्यको सिंगापुरका व्यापारीबाट नेपालको दूरसञ्चार उद्योगको प्रमुख खेलाडीसम्मको यात्रा चाखलाग्दो छ।हाल सतीश लाल आचार्य र उनको व्यापारिक कारोबारलाई लिएर विवाद चलिरहेको छ । हाल सरकारलाई समेत नागरिकले तिब्र दबाब दिन लागेका छन् । 

१२ ठेकेदार कम्पनी कालोसूचीमा (सुचनासहित)

काठमाडौँ । सरकारले विभिन्न १२ वटा निर्माण तथा आपूर्ति कम्पनीहरूलाई कालोसूचीमा राखेको छ ।

 प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालय मातहत रहेको सार्वजनिक खरिद तथा अनुगमन कार्यालयले १२ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयले सोमबार सूचना जारी गर्दै यी १२ कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको छ। ती कम्पनीहरु एकदेखि तीन वर्षसम्म कालोसूचीमा परेका छन्।

एउटा कम्पनी तीन वर्षसम्मका लागि, दुई कम्पनी दुई वर्षसम्मका लागि तीन, पाँच कम्पनी साढे १ वर्षसम्मका लागि र तीन कम्पनी एक वर्षसम्मका लागि कालोसूचीमा परेका छन् ।

भारतीय कांग्रेस सांसदको घरमा छापा, १ सय करोड बढी बरामद

एजेन्सी । भारतमा आयकर छापा मारेर कांग्रेस सांसदको घरबाट १०० करोड ६० लाख भन्दा बढी नगद बरामद गरेको छ । 

उनको घरमा नोटको पहाड बरामद भए पछि अहिले भारतीय मिडियामा समाचार ब्यापक भएको छ । वास्तवमा यी कांग्रेस नेता झारखण्डका राज्यसभा सांसद धीरज प्रसाद साहू हुन्।

धीरज तीन पटक राज्यसभा सांसद हुन्। कांग्रेस नेताबाट बरामद नगदको कुल रकम अझै पुष्टि भएको छैन तर स्रोतहरू विश्वास गर्ने हो भने बरामद रकम १०० करोड भारतीय रूपैयाँ भन्दा बढी छ, जुन नेपालीमा १ सय करोड ६० लाख रूपैयाँ हुन जान्छ ।

वास्तवमा, आयकर टोलीले बुधबार कांग्रेस राज्यसभा सांसद धीरज प्रसाद साहूको घरमा छापा मारेको थियो। टोलीले उनको ५ व्यवसाय र आवासीय स्थानमा छापा मारेको हो । लोहरदगा र राँची बाहेक आयकर टोलीले ओडिशाको बालांगीर, सम्बलपुर र कालाहांडीमा पनि छापा मारेको हो ।

राँचीको रेडियम रोडमा रहेको सुशीला निकेतनको घरमा छापा मारिएको हो । आयकर विभागका अधिकारीहरूले पनि राँचीको रेडियम रोडमा रहेको उनको घरमा काम गर्न आएका कामदारहरूलाई फिर्ता पठाएका छन ।

आईटी टोलीले लोहरदगाको निवासमा कागजातहरू पनि खोज्यो। यस अवधिमा कसैलाई पनि भित्र जान दिइएन । विहानदेखि बेलुकासम्म आयकर विभागको टोली कागजपत्र छानबिनमा व्यस्त रहेको जनाइएको छ ।

तत्कालीन अनुसन्धान अधिकृत बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत माधव बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

राज्यका सुरक्षा निकायहरूमा कार्यरत कर्मचारीहरूले सेवा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेकाले ती निकायहरूमा कार्यरत कर्मचारीहरूको शैक्षिक प्रमाणपत्र छानबिन गरी कारबाही हुन भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा बस्नेतले माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय, प्रयागराज, भारतबाट जारी भएको हाईस्कुल तहको नक्कली (झुट्टा) प्रमाणपत्र पेस गरेको सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिए ।

उक्त शैक्षिक प्रमाणपत्र पेस गरी उनले राष्ट्रिय अनुसन्धान विभागमा सहायक निरीक्षक पदमा नियुक्ति लिइ बढुवा समेत भइ अनुसन्धान अधिकृत पदको ओहोदा, लाभ र सुविधा प्राप्त गरेको देखिएको अख्तियारको दाबी छ ।

अरुलाइ उपदेश दिएर मात्रै भ्रस्टाचार नियन्त्रण हुदैन: प्रधानमन्त्री दाहाल

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आयोगमा पर्ने भ्रष्टाचारसम्बन्धी उजुरी, अयोगको अनुसन्धान र अभियोजनबाट देखिएको तथ्य, विशेष अदालतमा दर्ता मुद्दा, भ्रष्टाचारसम्बन्धी सर्वेक्षणहरूका नतिजा, ट्रान्सपरेन्सी इन्टरनेसनलको भ्रष्टाचारसम्बन्धी सूचकांकमा नेपालको स्थान, सरकारी कर्मचारीप्रतिको सेवाग्राहीको दृष्टिकोण तथा गुनासोलाई विष्लेशण गर्दा भ्रष्टाचार नियन्त्रणमा सरकारी प्रतिबद्धता कागजमा मात्रै सीमित भएको जनगुनासो बढ्दो छ । यसै विच

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘अरूलाई उपदेश दिएर मात्र भ्रष्टाचार नियन्त्रण हुँदैन। सोच र संस्कार नफेरिएसम्म भ्रष्टाचार नियन्त्रण नहुने बताउनुभएको छ। भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा अख्तियार दुरूपयोग अनुसन्धानले शनिबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै उहाँले सो कुरो बताउनुभएको हो।

भ्रष्टाचार गर्ने सोच, त्यसलाई प्रेरित गर्ने संस्कार परिर्वतन नभएसम्म भ्रष्टाचार नियन्त्रण गर्न ज्यादै कठिन छ ।’ प्रधानमन्त्री प्रचण्डले बताउनुभयो। तीनपटक प्रधानमन्त्री भएको अनुभवको आधारमा सुशासन र भ्रष्टाचार नियन्त्रणको काम गर्न खोज्दा अनेक चुनौती, समस्या आइपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार नियन्त्रण कार्य सहज नभई असाध्यै जटिल रहेको बताउनुभयो।

‘सरकारले भ्रष्टाचार नियन्त्रण प्रयास गर्दा अनेक तगाराहरू आउने गरेको छ। सबै मिलेर जादा यस दिशामा परिणाम ल्याउन सकिन्छ ।’ – उहा“ले भन्नुभयो । भ्रष्टाचार नियन्त्रणसम्बन्धी बलियो कानुन बनाउन सरकारले पहल गरिरहेको छ।’

भ्रष्टाचारप्रति जति आक्रोश व्यक्त भए पनि नियन्त्रणमा हार्दिक समर्थन छैन: कार्यवाहक आयुक्त सिलवाल

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त किशोरकुमार सिलवालले भ्रष्टाचार नियन्त्रणमा सरकारी प्रतिबद्धताअनुसार काम हुन नसक्दा न्यूनीकरण हुन नसकेको बताउनुभयो।

‘भ्रष्टाचारप्रति जति चासो छ, त्यति नियन्त्रणमा सक्रियता देखिँदैन । भ्रष्टाचारप्रति जति आक्रोश व्यक्त भए पनि नियन्त्रणमा हार्दिक समर्थन छैन,’ सिलवालले भने,’देशमा फैलिएको भ्रष्टाचारको जालो व्यापक छ । भ्रष्टाचार नियन्त्रण हुनुपर्छ भन्नेहरूको सञ्जालभन्दा अनैतिकहरूको सञ्जाल ठूलो छ । त्यसकारण भ्रष्टाचार नियन्त्रण जति प्रभावकारी हुनुपर्ने हो त्यति हुन् सकेको छैन ।’ भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस– २०२३ को अवसरमा शनिबार आयोगको सभाकक्षमा आयोजित सभामा कार्यवाहक प्रमुख आयुक्त सिलवालले भन्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, संवैधानिक निकायका प्रमुख, निजामती सेवाका उच्चपदस्थ कर्मचारीहरू उपस्थित रहेको सो सभामा सिलवालले पदमा रहँदा जसरी भए पनि कमाएर छाड्ने सोच र होडबाजीले सुशासनको प्रतिबद्धता भाषणमै सीमित भइरहेको बताउनुभयो।

आयोगका अनुसार आर्थिक वर्ष २०७९/०८० मा आयोगमा २० हजार ९ सय ५ वटा उजुरी दर्ता भएका थिए । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका ७ हजार १ सय ६२ उजुरी गरी जम्मा हाल आयोगमा २८ हजार ६७ उजुरीहरू छन्।

त्यसमध्ये एक सय ६२ वटा मुद्दा विशेष अदालतमा दायर गरिएको थियो । ती मुद्दाहरूमा घुस लिएको ३२, नक्कली शैक्षिक प्रमाणपत्र ८, सार्वजनिक सम्पत्ति हानीनोक्सानी २७, गैरकानुनी लाभ वा हानि ६४, गैरकानुनी सम्पत्ति आर्जन १३, राजस्व चुहावट हिनामिना ७ र विविध ११ वटा रहेका छन् ।

भ्रष्टाचारको जालो व्यापक रहेको उल्लेख गर्दै कार्यवाहक प्रमुख आयुक्त सिलवालले भन्नुभयो ‘भ्रष्टाचार नियन्त्रण हुनुपर्दछ भन्नेहरूको सञ्जालभन्दा अनैतिकहरूको सञ्जाल ठुलो छ।

कमाउ अड्डामा जानुपर्ने अर्जुनदृष्टि तथा जसरी भए पनि कमाउने कुरो सबैको आवश्यक्ताभित्र परेको छ।’ उहाँले भ्रष्टाचार नियन्त्रणको लागि विज्ञहरूले जतिसुकै उपाय सुझाए पनि नियन्त्रण प्रभावकारी हुन नसकेको बताउनुभयो।

नेपालले २० वर्षदेखि हरेक वर्ष भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउँदै आएको छ । सन् २००३ डिसेम्बर ९ मा संयुक्त राष्ट्र संघको नेतृत्वमा भएको भ्रष्टाचारविरुद्धको महासन्धिमा नेपालले हस्ताक्षर गरेदेखि सो दिवस मनाउँदै आइएको छ।

ट्रान्सपरेन्सी इन्टरनेसनलको सूचकांकमा नेपालको स्थान झन् झन् कमजोर बन्दै गएको छ। ट्रान्सपरेन्सी इन्टरनेसनलले भ्रष्टाचार, अवैध सम्पत्तिको व्यापक चलखेल, दण्डहीनता र कुशासनले देशलाई जर्जर बनाउँदै लगेको जनाएको छ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष पदमिनी प्रधानाङ्गले नेपालमा भ्रष्टाचारविरुद्ध चर्का नारा, ठूला भाषण र छिनमै सेलाउने मौसमी तत्परता देखिने गरेको र त्यस्ता प्रवृत्तिको कुनै अर्थ नरहने स्पष्ट पार्नुभयो।

अध्यक्ष प्रधानाङ्गका अनुसार भ्रष्टाचार नियन्त्रणसम्बन्धी संस्थाहरू पर्याप्त क्रियाशील नभएको, स्वार्थको द्वन्द्व, सुराकी संरक्षण, अन्तर्राष्ट्रिय संगठित अपराध, कसुरजन्य सम्पत्ति, पीडित, साक्षी तथा विशेषज्ञको संरक्षण आदिका कानुनहरू बन्न नसक्नुले भ्रष्टाचारले प्रश्रय पाइरहेको बताउनुभयो।

राष्ट्रिय ढुकुटीको रकम अनुत्पादक कार्यमा खर्च गर्ने,पर्याप्त आम्दानीको कुनै स्रोत नभएका सार्वजनिक व्यक्तिहरूको विलासितापूर्ण जीवन र अकुत सम्पत्तिबारे कहिल्यै छानबिन नहुने कारणले भ्रष्टाचार बढ्दै गएको ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदनमा औंल्याइएको छ। यही अवस्था रहेसम्म इन्टरनेसनलको सूचकांकमा नेपाल उकालो लाग्ने अवस्था आउँदैन।’ अध्यक्ष प्रधानाङ्गले भन्नुभयो।

कार्यक्रममा मुख्य सचिवः डा. अर्याल

मुख्य सचिव डा. बैकुण्ठ अर्यालले सरकारले भ्रष्टाचारविरुद्धको महासन्धिलाई हस्ताक्षर गरेदेखि त्यसलाई आत्मसात गरी कानुन बनाउने, भ्रष्टाचार नियन्त्रण गर्ने संरचनालाई बलियो र प्रभावकारी बनाउने काम गर्दै आएको बताउनुभयो।

भ्रष्टाचार नियन्त्रणको लागि अन्तर्राष्ट्रिय प्रतिबद्धता र सहकार्यको जरुरत रहेको उल्लेख गर्दै मुख्य सचिव अर्यालले भन्नुभयो– ‘भ्रष्टाचार एक बहुआयामिक विषय हो।

सरकारको एकल संस्थागत प्रयासबाट मात्र भ्रष्टाचार नियन्त्रण गर्न सम्भव छैन। सरकारी, निजी क्षेत्र एवं नागरिक समाजसँगको सहकार्य तथा सहयोगमा मात्र भ्रष्टाचार न्यूनीकरण गर्न सकिन्छ, उँहाले भन्नुभयो।’

जंगलसहिया पशुपती मन्दिरमा महादिपदान गरिँदै

रौतहट २४ मंसिर। रौतहटको गुजरा नगरपालिका स्थित पशुपती मन्दिर परिसरमा बाला चतुर्दशीको पूर्वसन्ध्यामा आज आईतवार महादीपदान गरिँने आयोजकले जनाएको छ।
पितृका नाममा प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीको सन्ध्यामा महादीपदान र चतुर्दशीका दिन बिहान शतबीज छर्ने परम्परा रहेको छ । सोही परमपरा अनुसार ​श्रद्धालु त्रयोदशीका दिन आज साँझ दीप बालेर रातभर जाग्राम बस्ने र बिहान लालबकैयामा सेलाएर स्नान गरी पाशुपती मन्दिर परिसरमा शतबीच छर्ने कार्यक्रम रहेको आयोजक समितिका अध्यक्ष उमेश कुमार शाहीले बताएका छन्।
जंगलसहिया पशुपती स्थानमा शतबीज छर्नाले पितृको मुक्ति हुने विश्वास छ। यसैगरी शतबीजको प्रत्येक दान एक रति सुवर्णदान समान हुने बताइन्छ। मेला समितिको पहलमा बाला चतुर्दशीको अवसर पारेर जंगलसहिया पशुपती मन्दिरमा सुक्रबारदेखि चारदिने मेला सुरु भएको हो ।
लामो समय देखि हरेक बर्ष लाग्दै आइरहेको मेला यस वर्ष पनि भव्यताका साथ लागि रहेकाले पशुपती मन्दिरमा लाखबत्ती बाल्न आउन भक्ताजनहरुलाई आउन आयोजकले आग्रह गरेको छ ।
भक्तजन तथा मेला भर्न आउनेहरुको मनोरञ्जनको लागि पशुपति मन्दिर परिसरमा सरसफाइ पश्चात् स्टेज निर्माण गरि शुक्रवार बेलुकी देखि सांस्कृतिक कार्यक्रम सुरुभएको समितिका अध्यक्ष शाहीले जानकारी दिएका छन्।
मन्दिरमा आउनेहरुको लागि खानेपानी, शौचालय,विद्युत तथा सुरक्षाको समेत व्यवस्थापन गरिएको मेला आयोजकले जनाएको छ ।
यसै वर्ष दिवंगत अथवा निधन भएका पित्री तथा आफन्तको परिवारका मानिसहरु रौतहट, बारा, सर्लाही, पर्सा, सिन्धुली लगायत टाढा टाढाबाट जंगलसहिया पशुपति मन्दिरमा आएर लाखबत्ती बालेर सतबिज छर्ने गर्दछन् ।
जंगलसहिया स्थित उक्त पशुपति मन्दिरमा लाखबत्ती बालेर सतबिज छर्नाले दिवंगत आत्माले शान्ति पाउने जनविश्वास रहिआएको छ । सञ्जय मिश्रा

सेवा लम्सालको नाम सचिव बढुवाका लागि सिफारिस

काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले रिक्त सचिव(विशिष्ट श्रेणी) पदका लागि एक वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा शुक्रवार सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले परराष्ट्रतर्फ रिक्त एक सचिव पदका लागि सहसचिव सेवा लम्सालको नाम सिफारिस गरेको हो ।

मन्त्रालयका सचिव भरतराज पौड्याल राजदूतका लागि सिफारिस भएपछि र गत मंगलबारदेखि उमेर हदका कारण अनिवार्य अवकाशमा गएपछि मन्त्रालयमा रिक्त हुन पुगेको सचिव पदमा मन्त्रालयमा कार्यरत सहसचिव एवम प्रवक्ता लम्सालको एकल नाम सिफारिस भएको हो ।

निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्याङ्कन ८० प्रतिशतका आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौँ पटक ज्येष्ठता २० प्रतिशतबाट एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था अनुसार सबैभन्दा ज्येष्ठ सहसचिव लम्सालको एकल नाम मात्रै सिफारिस भएको हो ।

सचिव पौड्यालको अवकाशसँगै लम्साल कायममुकायम सचिवको जिम्मेवारीमा थिइन् । तत्कालीन सचिव पौड्याल क्यानडाको लागि राजदूतमा सिफारिस भएर संसदीय सुनुवाइ समितिबाट अनुमोदन भइसकेका छन् । अब बस्ने मन्त्रिपरिषद बैठकले लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गर्नेछ । सम्भव त लम्साल परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिव बन्नेछिन् ।

१ थान पेस्तोल र २० थान गोली सहित ३ जना पक्राउ

कवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बाट १ थान पेस्तोल र २० थान गोलीसहित सोही उपमहानगरपालिका-९ बस्ने ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्रीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले उनीहरूको साथबाट नगद ५० हजार रुपैयाँ, २ सय ग्राम लागुऔषध खैरो हेरोइन‚ लागुऔषध तौल गर्ने तराजु पनि बरामद भएको प्रहरीले जनाएको छ।

सोही उपमहानगरपालिका-९ स्थित सूर्य प्रसाद पौडेलको घरमा मंसिर १८ गते गोली प्रहार भएको घटनाको अनुसन्धानको क्रममा घटनामा उनीहरूको संलग्नता खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

दाईं गर्न राखिएको एक बिगाहाको धानको भारीमा आगजनी

रौतहट २४ मंसीर। रौतहटको पश्चिमी भेग फतुवा बिजयपुर नगरपालिका २ सितलपुर स्थित दाईं गर्न खरीहानमा राखिएको एकबिगहा धानको भारीमा आगजनी गरिएको छ। दाईं गर्न तयारीमा राखिएको स्थानिय लक्षमी राय यादवको धानको भारीमा गएराति करिब ९ बजे अज्ञात समूहले आगजनी गरेका हुन्। आगलागी बाट धानको भारी पुर्ण रुपमा जलेर डेढ लाख भन्दा बढिको झण्डै ४० कुईन्टल धान जलेर नष्ट भएको पीडितले बताएको छ।
ईलाका प्रहरी कार्यालय लक्षमिनियाका प्रमुख इन्स्पेक्टर बिजय कार्कीले घटनाको पुष्टि गर्दै घटना बारे आवशयक अनुसन्धान भईरहेको जानकारी दिएका छन्।
नेकपा एमाले समर्थित यादवको धानको भारीमा राजनीतिक पूर्वाग्रहका कारण आगजनी भएको वडा २ का अध्यक्ष सञ्जय यादवले बताएका छन। राजनीतिक पूर्वाग्रहका कारण गतबर्ष वडा २ का सदस्य एमालेका भूपू सई रामानन्द यादवको डेढ बिगाहाको धानको भारीमा आगजनी भएको वडा अध्यक्ष यादवले जानकारी दिएका छन्। एकवर्ष बितिसक्दा पनि उक्त घटनाका अभियुक्त हालसम्म पक्राउ परेका छैनन्। वर्षभरिको किसानको मिहिनेत माथि राजनीतिक पूर्वाग्रह अथवा कुनै पनि कारणले प्रहार गर्ने अन्नबाली आगजनीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन स्थानीयहरूले माग गरेका छन्। सञ्जय मिश्रा

हिमालयन रि–इन्स्योरेन्सले मङ्सिर २७ गतेदेखि आईपीओ जारी गर्ने

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि प्रिमियम मूल्यमा मंसिर २७ गते आइपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि प्रिमियम मूल्य सहित आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री गरेपछि सर्वसाधारणका लागि साधारण शेयर जारी गर्न लागेको हो। कम्पनीले ३ करोड कित्ता आइपीओ निष्कासनको अनुमति पाएको थियो। त्यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १० प्रतिशतले हुन आउने ३० लाख कित्ता आइपीओ बिक्री गरिसकेको छ।

कम्पनीले कुल कित्ताको २ प्रतिशतले हुन आउने ६ लाख कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने १५ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ। अब बाँकी रहेको २ करोड ४९ लाख कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँ १०६ रुपैयाँ प्रिमियम मूल्य थप गरी २०६ रुपैयाँमा आइपीओ बिक्री खुला गर्नेछ। सर्वसाधारणले यो आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ३ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयहरु तथा सीडीएससीको मेरो सेयरबाट अनलाइन आवेदन दिन सक्नेछन्। यो आइपीओको निष्कासन बन्द छिटोमा पुस १ गते र ढिलोमा पुस ११ गते बैंकिङ समयपछि हुनेछ।

हिमालयन रिइन्स्योरेन्सको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

प्रधानमन्त्री र मधेस सरकारका प्रतिनिधिहरूबिच भेटघाट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस सरकारका प्रतिनिधिहरूबिच छलफल गरेका छन् । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा संविधानको व्यवस्थाबमोजिमका सङ्घीय कानुनहरू निर्माणको विषयमा छलफल भएको थियो।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वमा आएको टिमले संविधानमा व्यवस्था भए बमोजिमका सङ्घीय कानुनहरू छिटो निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो। भेटमा उनीहरूले एक महिनाभित्र निजामती सेवा ऐन र प्रदेश प्रहरी समायोजन गरिसक्न सङ्घीय सरकारलाई अल्टिमेटम दिएकोमा सो अवधि पूरा भएको भन्दै आफूहरू सङ्घर्षमा जाने बताएका थिए । जवाफमा प्रधानमन्त्रीले आफू र आफ्नो पार्टी माओवादी केन्द्र नै सङ्घीयताको जन्मदाता भएको स्पष्ट पार्दै सङ्घीय कानुनहरू निर्माणमा सरकार गम्भीरतापूर्वक लागिरहेको बताए।

प्रधानमन्त्रीले भने, ‘सङ्घीयताका निम्ति सबैभन्दा बढी लडेको पार्टी हाम्रै पार्टी हो। सङ्घीयताका पक्षमा लगातार सङ्घर्ष गर्ने नेता म नै हुँ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रका निम्ति मैले गरेको सङ्घर्ष र पहल तपाईँहरूले देख्नुभएकै छ। अहिले पनि सङ्घीय कानुनहरू समयमै निर्माण गर्न मैले निरन्तर पहल गरिरहेको छु। तपाईँहरू सबैले यसमा साथ दिँदै आउनुभएको छ। तपाईँहरूले आ–आफ्नो पार्टीमा पनि पहल बढाउनुस् र सङ्घीयता कार्यान्वयन प्रभावकारी बनाऊँ।’

प्रधानमन्त्रीले थप भने, ‘सरकारले सङ्घीयता सम्बन्धी विधेयकहरू अगाडि बढाइसकेको छ। तर, त्यसको अन्तिम फैसला संसद्ले गर्नुपर्छ। त्यसका लागिसमेत तपाई–हाम्रो संयुक्त पहल जरुरी छ। त्यसैले अहिले सङ्घर्षका कार्यक्रमलाई थाँती राखेर थप पहलमा केन्द्रित होऔं।’छलफलमा प्रधानमन्त्रीको आग्रहलाई आफूहरूले सकारात्मक रूपमा लिएको मुख्यमन्त्री यादवले बताए।

 साढे ६ किलो सुनसहित तीन विदेशी नागरिक पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुनसहित केही विदेशी नागरिक पक्राउ परेका छन् ।

फ्लाई दुबईको जहाज चढेर काठमाडौं आएका इजिप्ट र सुडानका नागरिकहरुलाई भन्सारबाट बाहिरिसकेपछि प्रहरीको टोलीले सुनसहित पक्राउ गरेको हो ।

भन्सारबाट बाहिरिसकेपछि प्रहरीको टोलीले उक्त सुन बरामद गरेको हो । सुनसँगै तीन जना विदेशी नागरिकलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन बोकेर आएका इजिप्टका नागरिक सेरिफ मोहम्मद ल्यासिन रहेका छन् । उनले हाफ ज्याकेटको गोजीमा सुन राखेर ल्याएका थिए ।

उनीसँगै रहेका दुई सुडानी नागरिकलाई पनि प्रहरी पक्राउ गरेको छ । अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको हो । सुराकीको आधारमा उनीहरूलाई पक्राउ गरिएको विमानस्थल प्रहरी प्रमुख डिआइजी अर्जुन चन्दले जानकारी दिए ।

फ्लाई दुबईको एफ जेड ५७३ हवाई जहाजबाट उनीहरू काठमाडौँ आएका हुन । जहाज गए राति ११ः५१ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । चेकजाँचको क्रममा भन्सार क्रस गरेपछि उनीहरू राति १२ः४५ बजे पक्राउ गरिएको चन्दले जानकारी दिए ।

कटहरिया , परोहाको चार स्थानमा चोरी लुटपाट,एकजना पक्राउ 

रौतहट । रौतहटको चर्चित बजार कटहरिया स्थित गएराति तीनवटा पसल बाट नगद र सामान सहित लाखौं बराबरको चोरी भएको छ। प्रहरी गस्ती टोलीले एकजना चोरलाई केही नगद र सामान सहित रंगेहात पक्राऊ गर्न सफल भएको छ।

कटहरिया बजारको हनुमान मन्दिर छेउ ईलाका प्रहरी कार्यालय बाट मात्र दुईसय मीटर टाढा शिवशंकर साह तेलीको गल्ला पसलको मूल गेटमा लगाईएको तीनवटा ताला फोडेर बिहीवार मध्यराति चोर भित्र पसेका थिए। पसल भित्र रहेको पैसा राख्ने गल्ला ( काठको बाक्सा) बाट झण्डै एकलाख रुपैया चोरी लागेको पीडित टोलीले बताएका छन्।

घटना बारे आफूले आज बिहान मात्र थाहा पाउने बित्तिकै प्रहरी लाई खबर गरेको उनको भनाई छ।

उता कटहरिया नगरपालिका भवन छेउ मूल सडकमा रहेको दुईवटा काठको गुम्ति फोडेर चोरले पान तथा कस्मेटिक पसल बाट नगद र बिभिन्न सामान चोरी लागेका छन्। चोरले दिनेश प्रसाद जायसवाल र अवध प्रसाद जैसवालको गुम्ति फोडेर एकजनाको नगद १५ हजार, र अर्काको नगद ३५, हजार तथा बिभिन्न सामान चोरी लागेको पीडित द्वयले बताएका छन्।

चोरीको घटना बारे उनीहरूले पनि आज बिहान मात्र थाहा पाएर प्रहरी लाई खबर गरेका थिए।

यसैबीच ईलाका प्रहरी कार्यालय कटहरिया बाट गएको गस्ती टोलीले गएराति करीब दुईबजेको समयमा चोरीको घटना भएको जैसवाल को पसल छेउ बाट भाग्दै गरेको अवस्थामा एकजना चोर लाई नगद र सामान सहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कटहरिया नगरपालिका ५ कटहरिया गाउँका नन्दलाल राय यादवको छोरा बर्ष १८!२० का रामेश्वर राय यादव रहेको ईलाका प्रहरी कार्यालयका प्रमुख सई रामछवेला यादवले बताएका छन्।

भाग्दै गरेको अवस्थामा प्रहरीले लखेटेर पक्राउ गरेको आरोपी यादवको साथ बाट करिब १५ हजार नगद र केहीथान सेन्टको प्याकेट बरामद भएको सई यादवले जानकारी दिएका छन्।

पक्राउ परेका आरोपी चोर रामेश्वर यादव लाई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय गरुडा पठाईएको प्रहरीले जनाएको छ।

आरोपी रामेश्वर यादव यस अघि पनि छोरीकै घटनामा पक्राउ परेर कारागार देखि सुधार केन्द्रमा समेत बसिसकेका छन्। पटकपटक पक्राउ पर्दा पनि नाबालक भनेर अथवा बिभिन्न कारण देखाएर कार्वाही हुन न सकेको कारण रामेश्वर पटके चोर भएको स्थानीयहरूले गुनासो गरेका छन्।

उता परोहा नगरपालिका ३ तेजापाकाड गाउँका ईस्लाम अन्सारीको घरमा गएराति हतियारधारी समूहले लुटपाट गरेका छन्। लुटेरा समूहले जानेबेला घर बाहिर आएर एक राउण्ड हवाई फायर समेत गरेको अन्सारीका छिमेकीले बताएका छन्।

उक्त घटना बारे बिस्त्रित जानकारी आउन नसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। सञ्जय मिश्रा

मौलापुर पाँचौ मधानी महोत्सव २०८० भव्यरुपमा मनाईने

रौतहट । बिगतका बर्षहरु जस्तै यसपटक पनि मौलापुर नगरपालिका स्थित पाँचौं मधानी महोत्सव भव्यताका साथ मनाईउन ६ बुन्दे महत्वपूर्ण निर्णय गरिएको छ। 

महोत्सव संगै पुरातात्त्विक महादेव मन्दिरलाई विश्व सम्पदा सुचिमा समावेश गराउन मौलापुर नगरपालिकाको सभाकक्षमा  आमजनता पार्टीका अध्यक्ष पुर्व मन्त्री प्रभु साहको प्रमुख आतिथ्यमा बैठक बसेको थियो।

प्राचीन मधानी महोत्सव अनुष्ठानलाई देश विदेशमा प्रचार प्रसार गर्न लगातार पाँचौ पटक मधानी महोत्सव २०८० को आयोजना गर्ने विषयमा बसेको बैठकमा बिभिन्न निर्णयहरु भएको छ ।

आउँदो  फाल्गुन २४,२५ र २६ गते मधानी महोत्सव २०८० भव्यरुपमा मनाउने, गुप्तकाल ( २५ सय वर्ष अघि ) का भेटिएका अवशेषहरुको संरक्षण गर्ने तथा थप उत्खननका कार्यहरू अगाडि बढाउने निर्णय गरिएको छ।  महोत्सव लाई भव्यता दिन धार्मिक तथा सांस्कृतिक प्रस्तुतिका लागि हिन्दि तथा भोजपुरी  सिने जगतका प्रख्यात कलाकारहरु(गोबिन्दा, निरहुआ,  आम्रपालि, मैथिली ठाकुर, अनुप जलोटा आदि) लाई   सहभागिताका लागि पहल गर्ने निर्णय गरिएको छ। 

त्यसैगरी कांवरियाहरुको उल्लेख्य सहभागिताका लागि आवश्यक पहल गर्ने ,अन्तर्राष्ट्रिय स्तरको कुश्ती (दंगल)प्रतियोगिताको आयोजना गर्ने , र मन्दिर वरिपरिका सडकहरुको स्तरोन्नति कार्य तुरुन्त अगाडि बढाउने निर्णय गरिएको मौलापुरका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी दिएका छन्।

बैठकमा मेयर रिनाकुमारी साह, उपमेयर नागेन्द्र यादव लगायत जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो।

मौलापुर नगरपालिका  पतौरा स्थित पुरातात्विक महादेवको मन्दिर निर्माण पछि बिगत पाँच वर्षदेखि मौलापुर नगरपालिकाले प्रत्येक बर्ष मधानी महोत्सवको आयोजना गर्दै आएको छ।

पुरातात्विक महादेवको महत्व :::::

वरिष्ठ पुरातत्त्वविद् स्वर्गिय नारानन्द मिश्रको निगरानीमा पतौरा महादेव मन्दिरको उत्खनन तथा संरक्षण गर्ने काम भएको थियो । अध्ययनको प्रारम्भिक नतिजाले मन्दिरको संरचना कर्णाटकालीन भएको देखिएको नगरपालिकाका इन्जिनियर अशोक साहले बताएका थिए।

मन्दिरलाई उत्खनन गर्दै जाँदा जमिनको सामान्य सतहदेखि करिब २२ फिट गहिरोसम्म यसको संरचना भेटिएको छ । बाराको सिम्रौनगढमा कर्णाटवंशीय शासन स्थापना हुने समयकै हाराहारीको रौतहटको ईशनाथ मन्दिर (स्थापना विसं १११४)लाई विचार गर्दा पतौराको महादेव मन्दिर अझ पुरानो भएको हुन सक्ने अनुमान गरिएको छ ।पतौरा महादेव मन्दिरको विषयमा चासो बढेपछि बेलायतको दुर्हाम विश्वविद्यालयको पुरातात्विक टोलीले स्थलगत अध्ययन थालेको छ । जमिनमुनि दुई मिटरसम्मको पुरातात्विक एक्सरे गर्न सक्ने मेसिनको सहायतासमेत लिएर रिचिइ विलिइस र एरिक नायलोरको संयुक्त टोलीले पुरातात्त्विक अध्ययन गरेको मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साहले बताएकी छन् ।

पहिले सामान्य अनुमान सेनकालीन मन्दिरको संरचनाजस्तो लागेको थियो तर प्रारम्भिक पुरातात्विक अध्ययनले कर्णाटकालीन भनेर रिपोर्ट आउँदा कर्णाटकालीन समयभन्दा पनि पुरानो मन्दिरको अवशेष देखिएपछि अध्ययन झन् चुनौतीपूर्ण बनेको मेयर साहको भनाई छ।

पहिले सामान्य अनुमान सेनकालीन मन्दिरको संरचनाजस्तो लागेको थियो तर प्रारम्भिक पुरातात्विक अध्ययनले कर्णाटकालीन भनेर रिपोर्ट आउँदा कर्णाटकालीन समयभन्दा पनि पुरानो मन्दिरको अवशेष देखिएपछि अध्ययन झन् चुनौतीपूर्ण बनेको मेयर साहको भनाई छ। सञ्जय मिश्रा 

मेयर प्रत्याशी राजनबाबु द्वारा क्रिकेट टुर्नामेन्ट उदघाटन

रौतहट २३ मंसीर। रौतहटको बौधिमाई नगरपालिकाका काँग्रेस पार्टीका मेयर प्रत्याशी राजनबाबु जायसवालले शुक्रवार वडा १ बौधा स्थित आयोजित नगर स्तरीय टी २० नक आउट क्रिकेट प्रतियोगिताको उदघाटन गरेका छन्।

कार्यक्रमका प्रमुख अतिथी जैसवालले एक समारोह बिच प्रतियोगिताको रिबन काटेर तथा ब्याटिङ गरेर उदघाटन गरेका थिए।

उक्त अवसरमा वडा ३का अध्यक्ष धर्मेन्द्र पटेल, पूर्व वडा अध्यक्ष गुदर यादव, वडा सदस्यहरु मुदालाल पटेल, रामजी पटेल लगायतको उपस्थिति रहेको थियो। पहिलो दिनको खेलमा अजगैबि टीम विजयी भएको छ। १४ ओभरको खेलमा पहिलो ब्याटिङ गरेका सन्तपुर टिमले सम्पूर्ण विकेट गुमाएर १२८ रन बनाएका थिए। १२९ रनको विजयी लक्ष्य सहित मैदानमा उत्रिएका अजगैबी टिमले मात्र १० ओभर खेल्दै तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो। शान्ति एकता युवा क्रिकेट टिम बौधा अजगैबिको आयोजनामा शुक्रवार देखि सुरु भएको नगरस्तरीय क्रिकेट प्रतियोगितामा बिभिन्न पालिकाको १६ टीम सहभागी हुने आयोजक समितिका सञ्जय यादवले जानकारी दिनुभयो।