ट्याक्टर दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु

मकवानपुर । हेटौँमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा मृत्यु हुनेमा ट्याक्टर चालक बारा निजगढ नगरपालिका वडा नम्बर–१३ बस्ने २६ वर्षीय डिलम थिङ र ट्याक्टरमा रहेका हेटौंडा उपमहानगरपालिका–१६ पानीस्वाराका ५६ वर्षीय जितबहादुर थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार मधेश प्रदेश ०३–००१ त ६९८७ नम्बरको ट्याक्टर पार्किङ गर्नका लागि ब्याक गर्ने आइतबार अपराह्न साढे ३ बजेतिर भिरबाट करिब ३ सय मिटर तल खसेको थियो ।

कांग्रेस रणनीतिले फतुवा बिजयपुरको नगरसभा पुनः अन्यौलमा

रौतहट १८ मंसीर। निर्वाचित केही जनप्रतिनिधि कै कारण फतुवा बिजयपुर नगरपालिकाको नगरसभा पुनः अन्यौल बनेको छ।
नेपाली कांग्रेस बाट निर्वाचित जनप्रतिनिधिको कारण नगरसभा पुनः अन्यौल बन्दै गएको हो। कांग्रेसकै जनप्रतिनिधिहरुको जुँगाको लड़ाईमा असार १० गतेभित्र हुनुपर्ने नगरसभा हालसम्म भएको छैन भने हुने सम्भावना पनि टाढा हुँदै गएको छ।
फतुवा बिजयपुरको मेयर अम्बेया खातुनको निर्देशनमा नगरसभा बारे छलफल गरी दिन तोक्न प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले हिजो आईतवार नगर कार्यपालिका बोर्डको बैठक बोलाएका थिए। बैठकमा २१ जना कार्यपालिका सदस्य मध्ये कार्यालय समय सम्म मात्र पाचँजना उपस्थित भएकाले गणपुरक संख्या नपुगेको भन्दै पुनः २० गतेको लागि बैठक सारिएको प्रशासकिय अधिकृत प्रधानले जानकारी दिएका छन् ।
बैठकमा नगर कार्यपालिका सदस्य मध्ये एमाले र अन्य समर्थित गरी मात्र ५ जना उपस्थित भएपनि कांग्रेस बाट निर्वाचित ८ जना वडा अध्यक्ष मध्ये सातजना र अन्य कार्यपालिका सदस्य गरी १६ जना अनुपस्थित भएकाले बाध्य भएर बैठक सारिएको फतुवा बिजयपुरको कार्वाहक मेयर खातुनले जानकारी दिएकी छिन्। फतुवा बिजयपुरमा कांग्रेस बाट निर्वाचीत वडा अध्यक्षहरुको कारण यो दोस्रो पटक नगरसभा बारे बिवाद भएको छ। यस अघि गत असार १० गते नगरसभा गर्न नगरपालिकाले सम्पूर्ण तयारी गरेको अवस्थामा पनि केही वडा अध्यक्षहरुकै गलत अडानको कारण हुनसकेको थिएन।
वडा ९ का अध्यक्ष पप्पु भन्ने राकेश कुमार यादवले आईतवार को कार्यपालिका बोर्डको बैठक बारे हामीलाई औपचारिक जानकारी दिएको छैन, कांग्रेस बाट निर्वाचीत ८ जना वडा अध्यक्ष मध्ये नगरपालिकाले कसैलाई पनि बैठक बारे पत्र पठाएको छैन,मेयरका श्रीमान महमद सेराजले मौखिक मात्र भनेकाले आफु लगायत समर्थित सबैजना वैठकमा नगएको वडा अध्यक्ष यादवले जानकारी दिएका छन् ।
उता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले कार्यपालिका बैठक बारे सम्पूर्ण जनप्रतिनिधि लाई पत्र बुझाएर भर्पाई समेत गराएको दाबी गरेका छन्।
झण्डै दुई महिनाको अन्तराल पछि खुलेको नगरपालिकामा नगरसभा बारे आईतवार बैठक बस्ने जनप्रतिनिधि लाई मात्र नभई सर्वसाधारण सबैलाई थाहा भएकै हो। जनप्रतिनिधि लाई पत्र बुझाएर बैठक बारे सामाजिक सञ्जालमा पनि सूचना राखिएको थियो। तर नियतबस नगरपालिका लाई लथालिङ्ग बनाउन उद्धत भएका केही वडा अध्यक्ष को कारण उनीहरू बैठकमा उपस्थित नभएको कार्यवाहक मेयर अम्बेया खातुनले गुनासो गरेकी छन्।
फतुवा बिजयपुरमा लालबकैया नदिको टेण्डरमा तत्कालीन मेयर गोपाल राय यादव दोषी ठहर गर्दै अख्तियारको सिफारिसमा बिशेष अदालतले तीनवर्ष कैद र १५ लाख रुपैयाँ जरिबाना गरेको थियो।
कांग्रेस बाट निर्वाचित मेयर यादवको पद धरापमा परेसंगै सोही पार्टी बाट निर्वाचित उपमेयर खातुनले कार्यवाहकको जिम्मेवारी पाएकी हुन्।
यस अघि प्रमुख प्रशासकीय अधिकृतको बिषय लिएर कांग्रेस बाट निर्वाचीत वडा अध्यक्षहरुले केही कर्मचारी लाई अघि सारेर नगरपालिकामा तालाबन्दी गराएका थिए।
कांग्रेस बाहेकका गठित संघर्ष समितिको पहलमा झण्डै दुई महिना सम्म बन्द रहेको नगरपालिका अघिल्लो सातादेखि सञ्चालनमा आएको छ। समयमा नगरसभा नभएको कारण फतुवा विजयपुरको शिक्षक कर्मचारी सहित ३५० भन्दा बढीले यस आर्थिक वर्षमा तलब पाएका छैनन् भने आर्थिक कारोबार ठप्प भएर विकास निर्माणको सम्पूर्ण काम अवरुद्ध भएको छ। मेयर खातुन र प्रमुख प्रशासकीय अधिकृत प्रधानको पहल बाट केही दिन देखि सामाजिक सुरक्षा भत्ता वितरण सुरु भएको छ।
प्रशासकीय अधिकृत प्रधानले एकमहिना भित्र नगरको सम्पूर्ण समस्या समाधान गर्ने उदेश्यले नगरसभा बारे छलफल तथा दिन तोक्न आईतवार कार्यपालिकाको बैठक आव्हान गरेका थिए। तर कांग्रेस बाट निर्वाचित कार्यवाहक मेयर अम्बेया खातुन लाई असफल बनाउन उनकै पार्टीका जनप्रतिनिधि पछि लागेको कारण फतुवा बिजयपुरको समस्या जटिल बन्दै गएको छ। नेपाली कांग्रेसका जिल्ला सभापती एवं प्रदेश सांसद सुनिल कुमार यादव जितेन्द्रको गृह नगर हो फतुवा बिजयपुर तर उनले सकारात्मक पहल नगरेको कारण समस्या भएको कतिपय को आँकलन गरेको छ। नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष अजय तिमालासिनाले फतुवा बिजयपुरमा मेयरको अर्को चुनाव नभए सम्म नगरसभा हुन नदिने कांग्रेसको नीति अनुसार समस्या भएको आरोप लगाएका छन। नेपाली कांग्रेस नगर सभापती बाबुराम अधिकारी संग यस बारे प्रतिक्रिया लिनखोज्दा उनकै शब्दमा बाबु यहाँको अवस्था बारे तपाईँ लाई सब थाहै छ भन्दै पन्छिएका छन। कांग्रेस जिल्ला सभापती जितेन्द्र सम्पर्कमा आउन चाहेनन्। फतुवा बिजयपुरमा मेयर , उपमेयर,८ वडा अध्यक्ष सहित कांग्रेस पार्टी बाट बहुमत रहेपनि पार्टीभित्रै एक अर्का लाई असफल बनाउने गलत रणनीतिको कारण त्यहाँका सैयौं कर्मचारी र हजारौँ जनता ढुख भोग्न बाध्य भएको कारण पार्टीको माथिलो संगठन र नियमनकारी निकायले ध्यान दिनु पर्ने आवश्यकता देखिन्छ।

कांग्रेस जिल्ला सभापती सुनिल कुमार यादव जितेन्द्रले तिमल्सिनाको आरोपको खण्डन गर्दै फतुवा बिजयपुरको नगरसभा गराउन आफूले प्रयास गरिरहेको बताए। कार्यवाहक मेयर अम्बेया खातुन लाई अन्य केही दलका नेताहरुले दिनरात उचालेर समस्या खडा गरेको दाबी गरेका छन्। सञ्जय मिश्रा

यस्तो छ १८ मंसिर तपाईको आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि हुनेहरुको लागि आज समय मध्यम रहन सक्छ । चन्द्रमाको गोचर राशिबाट पञ्चम रहने भएकाले पढाईमा उचित ध्यान दिंदा विद्यार्थीले राम्रो परिणाम प्राप्त गर्न सक्छन् भने प्रेम तथा पारिवारिक जीवन पनि आज राम्रो रहन सक्छ। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ। आफन्तसँग मनमुटाव हुन सक्छ । यात्रा गर्दा विशेष सतर्क हुनुपर्नेछ । राजनीति तथा समाज सेवामा जनताको आलोचना हुनेछ । शेयर बजारबाट सामान्य लाभ मात्र गर्न सकिनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) वृष राशि भएकाहरूका लागि आज समय सामान्य छ। चन्द्रमाको गोचर राशिबाट चतुर्थ स्थानमा रहने भएकाले छाती दुख्ने तथा पाचनप्रणालीमा गडबडी आउँन सक्छ। सवारी साधनबाट चोट लाग्न सक्ने सम्भावना रहेकाले प्रयोग गर्दा ध्यान दिनुहोला। प्रेम जीवनमा अविश्वास देखा पर्न सक्छ। प्रतिस्पर्धीहरु हरेक क्षेत्रमा हावी हुँदा समयमा काम सकाउन मुस्किल पर्नेछ । अध्ययन तथा अनुसन्धानको क्षेत्र कमजोर हुनाले तपाईको कमजोरीको अरुले फाईदा उठाउन सक्नेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) मिथुन राशि भएकाहरूका लागि आज समय शुभ छ । शत्रुहरु पराजित हुनेछन्। पहिले गरेको कामबाट राम्रो फाइदा हुन सक्छ। साथीभाई तथा आफन्तको आर्थिक तथा भौतिक सहयोग मिल्न सक्छ। शेयर बजारबाट पनि आज फाइदा लिन सकिने समय रहेको छ। विद्यार्थीले पढाई तथा परिक्षाबाट राम्रो नतिजा हात पार्न सक्ने समय छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कर्कट राशिका लागि आज पनि समय शुभ छ । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा सफलता मिल्नुका साथै परिक्षा उत्तीर्ण गर्न सक्ने समय छ । सानासाना कामबाट प्रशस्त आम्दानी हुने हुनाले व्यवसायमा थप लगानी गर्ने वातावरण बन्नेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिनेछ । स्वास्थ्य भने कमजोर रहन सक्छ। शेयर बजारबाट सामान्य लाभ लिन सकिनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सिंह राशि भएकाहरुका लागि आजको दिन शुभ रहेको छ । बौद्धिक कार्यमा सहभागी हुने अवसर प्राप्त हुनेछ । व्यवसाय तथा कामको लागि आजको दिन राम्रो रहेको छ। पठनपाठनमा प्रगतिका साथै आजको परिक्षा उत्तीर्ण गर्न सक्ने योग छ। मिठो भोजनका साथै पारिवारिक भेटघाटले मन प्रशन्न रहन सक्छ। प्रेम तथा पारिवारिक जीवन आज राम्रो रहन सक्छ। शेयर बजारबाट पनि लाभ लिन सक्ने समय छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) कन्या राशि भएकाहरूका लागि आज समय त्यति अनुकूल रहेको छैन। व्यापार व्यावसायमा लगानी अनुसारको नाफा कमाउन कठिन हुन सक्छ । काममा सहकर्मीबाट हुन सक्छ। स्वास्थ्य कमजोर रहनुका साथै खर्च पनि बढ्न सक्छ। विद्यार्थीले राम्रो नतिजाको लागि धेरै मेहनत गर्नुपर्ने समय छ। शेयर बजारबाट आज घाटा हुन सक्छ। प्रेम तथा पारिवारिक जीवनमा केहि असमझदारी आउन सक्ने भएकाले ध्यान दिंदा राम्रो हुन्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) तुला राशि भएकाहरूका लागि आज समय शुभ छ । समयमा काम बन्ने हुनाले अन्य क्षेत्रमा लगानी गर्ने वातावरण बन्नेछ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ भने व्यवसायिक यात्रा हुन सक्छ । अध्ययनको क्षेत्र राम्रो रहनुका साथै परिक्षा उत्तीर्ण गर्ने समय छ । स्वास्थ्य राम्रो रहनुका साथै प्रेम तथा पारिवारिक जीवन पनि सुखमय रहन सक्छ। शेयर बजारमा आज लगानी गर्दा राम्रो नाफा कमाउन सकिने समय रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) वृश्चिक राशि भएकाहरूका लागि आज समय राम्रो छ । व्यापार व्यवसाय गर्नेहरुले आज राम्रो सफलता प्राप्त गर्न सक्ने योग छ भने रोकिएका लेनदेनहरु पनि आज मिल्न सक्छ। प्रेम तथा पारिवारिक सम्बन्ध तथा स्वास्थ्य आज राम्रो रहन सक्छ। शेयर बजारबाट पनि नाफा हुन सक्छ। अध्ययन अध्यापनको क्षेत्र पनि आज राम्रो रहन सक्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) धनु राशिका लागि आज पनि समय मध्यम रहन सक्छ । आज कामको कारण यात्रा धेरै गर्नुपर्ने हुन सक्छ। स्वास्थ्यमा केहि कमजोरी देखा पर्न सक्ने भएकाले ध्यान दिनुहोला। आर्थिक तथा व्यवसायिक क्षेत्रबाट सामान्य लाभ लिन सकिन्छ। प्रेम तथा पारिवारिक जीवन राम्रो रहनेछ। विद्यार्थीले पढाईमा ध्यान केन्द्रित गर्न सक्ने नतिजा राम्रो आउनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) मकर राशि भएकाहरूका लागि आज समय सामान्य रहन सक्छ । मेहनत अनुसारको परिणाम नमिल्नाले मन खिन्न रहन सक्छ। अनावश्यक तथा विना प्रयोजनको यात्रा गर्नुपर्ने हुन सक्छ। वैदेशिक क्षेत्रबाट सामान्य लाभ लिन सकिन्छ। स्वास्थ्यमा पेट तथा टाउको दुख्ने समस्या हुन सक्छ। पढाईमा उचित ध्यान दिन नसक्दा परिणाम राम्रो नआउँन सक्ने भएकाले ध्यान दिनुहोला। आज शेयर बजारमा नयाँ लगानी नगर्दा नै राम्रो होला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) कुम्भ राशि हुनेहरुको लागि आज दिन शुभ रहेको छ। आज सुरु गरिएका कामबाट सोचेजस्तो आम्दानी हुन सक्छ । नयाँ काम पाइने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको सम्भावना छ । राजनीति तथा समाजसेवामा राम्रो पद प्राप्तिको योग रहेकोछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिएको छ । वैदेशिक कार्यको प्रारम्भ पनि आज गर्दा राम्रो हुनेछ । पठनपाठन पनि आज राम्रो हुनेछ भने शेयर बजारबाट लाभ मिल्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) मीन राशि भएकाहरूका लागि आज समय शुभ रहेको छ । नयाँ कामको सुरुवात तथा नयाँ लगानीको लागि आज समय राम्रो रहन सक्छ। अध्ययन अध्यापनमा आज उचित समय दिन सकिनेछ र त्यसबाट राम्रो परिणाम आउनेछ। प्रेम तथा पारिवारिक जीवनमा रहेका समस्याहरु समाधान हुनेछन्। शेयर बजारबाट पनि राम्रो नाफा आर्जन गर्न सक्ने समय छ।

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी (सूचनासहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले करारमा कर्मचारी नियुक्तिका लागि आवेदन माग गरेको छ ।

महानगरले आज एक सूचना जारी गर्दै गरिब घरपरिवार पहिचानका लागि तथ्याङ्क सङ्कलन गर्न दरखास्त माग गरेको हो ।

 काठमाडौं महानगरपालिकाभित्र गरिब घर परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमका लागि २३० कर्मचारीका लागि आवेदन माग गरिएको छ । बढीमा पाँच महिनाका लागि नियुक्ति दिन लागिएको महानगरले जनाएको छ । पुस ६ गतेसम्म आवेदन दिन सकिनेछ । अनलाइनबाट आवेदन दिनु पर्नेछ ।  

लहानको साइकल स्टोरमा आगलागी, करिब ६० लाखको क्षति

सिराहा । पूर्व–पश्चिम लोकमार्गसँगै रहेको सिराहाको लहान नगरपालिका– ३  स्थित एक साइकल स्टोरमा आइतबार दिउँसो आगलागी हुँदा करिब ६० लाख रुपैयाँबराबरको क्षति भएको छ।

इलाका प्रहरी कार्यालय लहानका अनुसार स्थानीय सुनीलकुमार अग्रवालले सञ्चालन गरेको नेपाल साइकल स्टोर्समा आइतबार दिउँसो भीषण आगलागी भएको हो। आगलागीमा बिक्रीका लागि राखिएका नयाँ साइकल, मोटरसाइकल, अटोरिक्साका टायर, ट्युब, पार्टपुर्जालगायत जल्दा करिब ६० लाख रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय लहानबाट पुगेको प्रहरी, स्थानीय बासिन्दा, लहान नगरपालिका तथा गोलबजार नगरपालिकाको बारुणयन्त्र र स्थानीयको प्रयासमा आगो सवा एक घण्टापछि करिब २ बजेतिर पूर्ण रूपमा निभाइएको छ।

प्रहरीका अनुसार आगलागीको कारण नखुलेको र प्रहरीले क्षतिको यकिन विवरण सङ्कलनसहित घटनाको अनुसन्धान गरिरहेको छ।

नेप्से निरन्तर ओरालो लागेपछि, कारोबार रकममा पनि गिरावत

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। गत साताको सोमबारदेखि घट्न थालेको बजारले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। आज नेप्से ७.२९ अंकले घटेर एक हजार ८ सय ५१ दशमलब २३ विन्दुमा बन्द भएको हो ।                 

त्यस्तै, आज कारोबार रकम एक अर्ब पनि पुग्न सकेको छैन । आज ९६ करोड ४० लाख १० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएकामध्ये ९४ कम्पनीको शेयरमूल्य बढेको छ भने १३६ कम्पनीको शेयरमूल्य घटेको छ । १० वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।      

नेप्सेका अनुसार थ्री स्टार हाइड्रोपावर लिमिटेड र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यस् कम्पनीको शेयरमूल्य आज ९ प्रतिशत भन्दा बढीले बढेको छ ।    

त्यस्तै, माउन्टेन इनर्जी नेपाल लिमिटेड, युनाइटेड इदिमर्दी आरबी हाइड्रोपावर लिमिटेड र एनआरएन इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ९ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड वेल्स लिमिटेडको भएको छ । आज यस बैंकको ६ करोड ९५ लाख बराबरको कारोबार भएको छ ।  

१३ उपसमूहमध्ये यस दिन लघुवित्त उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन लघुवित्त उपसमूहको परिसूचक ०.०६ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक १.२५ प्रतिशत घटेको छ।

मंसिर १७ गते आइतबार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफ्नो विद्या प्राप्तिको लागि संघर्ष गर्नु पर्ला । घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ । स्वास्थ्य बिग्रने भएछ, सचेत रहनुहोला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आजको परीक्षा सामान्य नै समय छ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । सामाजिक क्षेत्रको काम अघि बढ्नेछ र उपकारमा मन जानेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज घरपरिवारसँग रमाइलो तरिकाले समय बित्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । उन्नति एवं प्रगतिको वातावरण बन्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज मनपर्ने खानाको परिकार खान पाइनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज मानसिक चिन्तन बढ्ने र केही तनाव बढेको महसुस हुनेछ, तर नजिकका व्यक्तिबाट कार्यमा साथ र सहयोग बढ्न सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज शुभकार्यको चर्चा चल्नेछ । एकपछि अर्को अवसर र सफलताले मन प्रसन्न रहनेछ । व्यापारमा मनग्ये धनलाभ पनि हुनसक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज व्यापार र व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज विद्या र बुद्धिको विकास हुनेछ । वैदेशिक कार्यबाट लाभ मिल्नेछ र सफलता मिल्नेछ । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज सन्तान पक्षको मायामा कमी आउनसक्छ । सहकर्मीबाट विरोध आउला । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज पारिवारिक जमघटमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज आकस्मिक नयाँ कार्यको योजना बन्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । सन्तान सुख पनि मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज साथीभाइबाट बढी फाइदा लिने समय छ । नयाँ काम सुरु गर्ने र उमंग बढ्नेछ । आर्थिक कारोबारमा सफलता पाइएला । 

साईकल चढेर ३५ सय किलोमिटरको धार्मिकयात्रा

रौतहट १७ मंसीर। रौतहटको कटहरिया नगरपालिका घर भएका एकजना मानिस साईकल चढेर ३५ किलोमिटर लामो धार्मिक यात्रामा निस्केका छन्।
कटहरिया ८ पिप्रापोखरिया घरभै पछिल्लो समय गरुडा बस्दै आएका ५० बर्षीय बैधनाथ प्रसाद जयसवाल शनिबार साइकल बाट भारत जम्मू कश्मीर स्थित बैष्णोदेवी यात्राको संकल्प सहित धार्मिक यात्रामा निस्किएका हुन।
साईकल यात्री जैसवाल लाई मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहले धार्मिक यात्राको सफलताको शुभकामना दिँदै टीका तथा फुलमाला लगाई गेरु बस्त्र सँगै नगद ११ हजार ५१ रुपैया दिएर बिदा गरेकी थिइन्।
त्यस्तै साईकल यात्री जैसवाललाई गरुडा स्थित सुन चँदी व्यवसायी संघका प्रदेश अध्यक्ष रामजी साह, कांग्रेस नेता रामाभरोसी यादव, समाजबादी नेता ब्रिजकिशोर यादव लगायतकाले सम्मान सहित बिदाइ गरेका थिए। साईकल बाट हुने धार्मिक यात्राले मानव मानव बीच सदभाव बढेर समाप्रदायिक विभेद अन्त हुनमा सहयाेग पुग्ने यात्री जैसवालले विश्वास लिएका छन्। सञ्जय मिश्रा

भारतीय कन्सुलेट द्वारा दुर्गाभगवती गाउँपालिका अनुगमन

रौतहट १७ मंसीर। भारतीय महा बाणिज्य दूतावास वीरगंजका कन्सुलेट शैलेन्द्र कुमार रौतहटको दुर्गाभगवती गाउँपलिकाको स्थलगत अनुगमन निरीक्षण गरेका छन्।
गाउँपालिका अध्य्क्ष शम्भु सिंहको बिशेश आग्रहमा कॉन्सुलेट कुमार दुर्गाभगवती गाउँपलिका अनुगमन भ्रमण गरेका हुन। अध्य्क्ष शम्भू सिंह , वडा ३ का अध्य्क्ष धर्मेन्द्र कुमार झा, स्तम्भकार श्रीमननारायण मिश्र, समाजसेवी उमेश झा, हेमन्त झा, लगायतले कन्सुलेट कुमारलाई फूलको माला लगाई दोसाला ओढाएर भव्यरुपमा स्वागत गरेका थिए।
उक्त अवसरमा पालिका अध्यक्ष सिंहको बिशेष अनुरोधमा कन्सुलेट कुमारले दुर्गा भगवती ५ बड़हरवा स्थित जीर्ण अवस्थामा रहेको विधालय भवन, वडा ३ मत्सरीमा स्थित संस्कृति मावी भवन, वडा २ भलोयिहा स्थीत सरस्वती मा.वी को प्राशसनिक भवनको निरीक्षण गरेका थिए। साथै गाउँपालिकामा एम्बुलेन्स सेवा र विद्यार्थीको लागि स्कूल बस संगै पलिकामा रहेको बीभिन्न समस्याहरु बारे गाउँपलिका अध्य्क्ष सिंहले उनको ध्यानआकर्षण गराएका थिए। कॉन्सुलेट शैलेन्द्र कुमारले भारतीय सरकारको सहयोगमा दुर्गा भगवती गाउँपालिकाको समस्या समाधान गर्न सक्दो पहल गर्ने प्रतवद्धता जनाएको स्तम्भकार श्रीमान नारायण मिश्रले जानकारी दिएका छन्। सञ्जय मिश्रा

प्रहरीका २ हजार ९७८ हवलदारको सरुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीले टुलो संख्यामा हवलदारहरूको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार एकै साथ २ हजार ९७८ जना प्रहरी हवलदारको सरुवा गर्ने निर्णय गरेको हो ।

प्रहरी अतिरिक्त महानिरीक्षकको मंसिर १५ गतेको निर्णयानुसार मंसिर महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी आवश्यक निर्णय भएको सूचनामा उल्लेख छ ।

तीन वर्षमा झण्डै ६ हजार प्रहरीलाई भयो कारबाही

रौतहट १६ मंसीर। प्रहरी संगठनको आचारण विपरीत गतिविधिमा संलग्न झण्डै ६ हजार प्रहरी कारवाहीमा परेका छन्। आर्थिक प्रलोभन राजनीतिक दवाब लगायत बिभिन्न बहानामा संगठनको आचरण बिपरित गतिबिधि गर्ने नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेनाका गरि कारवाहीमा पर्नेको संख्या झण्डै ६ हजार पुगेको देखिएको छ। संगठनको आचरण बिपरित
र आपराधिक गतिविधिमा सशस्त्र प्रहरी र नेपाली सेना भन्दा नेपाल प्रहरीको संलग्नता बढी देखिएको छ । संगठनको आचरण बिपरित गरिविधी गरेर कारवाहीमा पर्ने प्रहरीका कार्यालय सहयोगीदेखि वरिष्ठ एसएसपी सम्म रहेको देखिएका छन्।
प्रहरी प्रधान कार्यालयको पछिल्लो तीन आर्थिक वर्षको तथ्यांक अनुसार, पाँच हजार ८६६ जना प्रहरी कर्मचारीमाथि कारबाही भएको छ । आर्थिक वर्ष २०७७–०७८ मा एक हजार ९८२ जना प्रहरी कर्मचारी कारबाहीमा परेका छन् । त्यस्तै, २०७८–०८९ मा एक हजार ८६० जना प्रहरी कारबाहीमा परेका छन् ।
त्यस्तै ०७९–०८० मा दुई हजार २४ जना कारबाहीमा परेका छन् । यसरी कारबाहीमा परेकामध्ये ८९ जना सिनियर प्रहरी अधिकारी नै छन् । जसमध्ये ६४ प्रहरी निरीक्षक १६ डीएसपी र १० एसपी रहेका छन् ।
आचरणविपरीत काम गर्ने प्रहरी कर्मचारीलाई कसूर हेरेर ग्रेड घटुवादेखि बर्खास्तसम्मका कारबाही भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सशस्त्र प्रहरी र सेनामा पनि कारबाहीको संख्या प्रहरीको तुलनामा कम भएपनि शुन्य भने छैन ।
किन गर्छन् बर्दीको आडमा अपराध ?
अपराधीलाई कानुनको दायरामा ल्याउने प्रहरी तथा आम नागरिकको जीउधनको सुरक्षामा खटिनुपर्ने सुरक्षाकर्मी आफैँ आपराधिक गतिविधिमा संलग्न हुँदै गएको तथ्य संवेदनशील छ । अनुशासनका लागि कठोर मानिएको सुरक्षाकर्मी व्यक्तिगत लोभ र चाँडो धनी बन्ने उच्च महत्वकांक्षाका कारण आपराधिक क्रियाकलापमा संलग्न हुने थालेको सुरक्षा अधिकारीहरु बताउँछन् । सञ्जय मिश्रा

रेडक्रस गौर शाखा द्वारा भूकम्प पीडितलाई सहयोग

रौतहट १६ मंसीर। नेपाल रेडक्रस सोसाइटी रौतहट शाखा तथा जुनियर सर्कलका युवा विद्यार्थी हरुको घुमती सहयोगबाट गौर बजारका व्यापारी, कर्मचारी, कार्यालय तथा बोर्डिंग स्कूल सहित संकलित रकम शुक्रवार हस्तानतण गरिएको छ।
जिल्ला शाखाको संयुक्त सहयोगमा संकलन भएको १ लाख १ हजार १०१ रुपैया जाजरकोट, रुकुम जिल्लाका भुकम्प पिडितहरुको राहत सहयोगको लागी नेपाल रेडक्रस सोसाईटी मधेश प्रदेशका सदस्य राम आधार राय यादव, उपमन्त्री साबिर अहमद एराज एवं मधेश प्रदेशका शाखा अधिकृत उमेश मिश्रा लाई हस्तान्तरण गरिएको रौतहट शाखा सभापती राजकिशोर यादवले जानकारी दिनुभयो।

सिराहा जिल्ला बनको प्रमुखमा झा आएदेखि उल्लेखनीय सुधार

सिराहा १६ मंसीर । जिला वन कार्यालय सिराहाले लामो समय पश्चात एउटा कुशल नेतृत्व पाएको महसुस गर्दै छु । करिब ४ महिना भयो श्री सुजीत कुमार झाजीले कमाण्ड लिनु भएको र वहाँले वन फडानी, वनको जग्गा अतिक्रमण, अवैध रुपमा वैन पैदावरको दोहन, अवैध ढुङ्गा, माटो, बलुवा उत्खनन लगायतको कार्य नियन्त्रण मात्रै होईन करिब- करिब रोकन नै सफल हुनु भएको छ।
जिलामा वन कार्यालय पनि हुन्छ भन्ने कुरा आम जनताले महसुस गर्न थालेको छ । हुनत तस्करी , अवैध उत्खनन, चूरे दोहन गर्ने कार्यमा राजनितिक दलहरु कै स्थानीय नेताहरुको संलग्नता एवं संरक्षण छ वा स्थानीय तहको नेतृत्वहरुको संरक्षण जसले गर्दा यो कार्य चुनौतीपूर्ण भएको छ।
दस वर्षे जनयुद्ध ताका सिरहा जिलाको करिब ४००० हेक्टर वनको जग्गा अतिक्रमण भएको प्रमाणित तथ्य सरकार सँग छ। अहिले सिरहा जिला कै सांसद डा. बिरेन्द्र महतो संघीय वन मन्त्री हुनु हुन्छ भने प्रदेश वन मन्त्री रमेश पटेल जी हुनुहुन्छ साथै दुबै जना मधेश आन्दोलन बाट स्थापित मधेश केन्द्रिरत पार्टीहरुको नेता भएको हुनाले अतिक्रमित जगा खाली गराउने कार्य गर्नु पर्दछ। सिरहा जिला मात्रै होइन सम्पूर्ण मधेश प्रदेश एवं तराई – मधेशको जीवन दाता चूरे संरक्षणमा बिशेष पहल गर्न आग्रह गरिन्छ।
बन अधिकृत सुजीत झाको अभियानमा सम्पूर्ण मधेशवासीको सहरोज समर्थन हुने आवाज आउन थालेको छ।

आयोग कै पत्रका आधारमा वीर अस्पतालका प्रमुख डाक्टर पौडेल मन्त्रालय तानिए

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) का निर्देशक डा. सन्तोष पौडेल स्वास्थ्य मन्त्रालय तानिएका छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले बिहिबार पौडेललाई वीर अस्पतालको निर्देशकबाट मन्त्रालय तानेका हुन्।

निर्वाचन आयोगले वीर अस्पतालका कार्यकारी निर्देशक डा. पौडेल नेपाल कम्युनिष्ट पार्टी एमालेको सदस्य र जनसंगठनको महासचिव पदमा क्रियाशील रहेको भन्दै आवश्यक कारबाहीको लागि स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्दै आयोगले कार्यकारी निर्देशक डा. पौडेल नेकपा (एमाले) को सदस्य तथा सो दल सम्बद्ध जनसङ्गठन राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालका महासचिव रहेको भन्ने उजुरी परेको जनाएको थियो।

नेपाल सरकारबाट नियुक्त डा. पौडेल दलको सदस्य र जनसङ्गठनको पदाधिकारी रहेकोले गत असारमा कारबाहीको माग गर्दै उजुरी परेकोमा आयोगले छानबिन गरेको थियो। राष्ट्रिय सतर्कता केन्द्रले पनि डा. सन्तोष पौडेललाई आवश्यक कारबाहीको लागि स्वास्थ्य मन्त्रालयमा पत्र पठाएको थियो। राष्ट्रिय सतर्कता केन्द्रले केन्द्रले ट्रेड युनियनसँगको संलग्नता स्वास्थ्य सेवा ऐन, २०५३ दफा ९२ (क) मा भएको व्यवस्था आकर्षित हुने भन्दै आवश्यक कारबाहीका लागि पत्र पठाएको थियो।

ुवीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेल ट्रेड युनियनमा आवद्ध भै कामकाज समेत गरेकोले छानबिन गरी पाउँ भनी केन्द्रमा उजुरी दर्ता भएकोमा सो विषयमा छानबिन गर्न यस केन्द्रबाट छानबिन समिति गठन भै प्राप्त प्रतिवेदन अनुसार राष्ट्रिय ट्रमा सेन्टरपछि वीर अस्पतालमा समेत कार्यकारी निर्देशकको रुपमा कार्यरत निज डा सन्तोष पौडेलको ट्रेड युनियनसँगको संलग्नता स्वास्थ्य सेवा ऐन, २०५३ दफा ९२ (क) मा भएको व्यवस्था आकर्षित हुने देखिएकोले प्रचलित कानुनमा भएको व्यवस्थालाई पूर्ण रुपमा कार्यान्वयन गर्नु अनुरोध छ।ु पत्रमा भनिएको छ। वीर अस्पतालमा जाने प्रायः जसो सबै प्रमुखहरू मन्त्रालयमा जो मन्त्री आउछ्न उनीहरुको इसारामा चल्ने भएकाले अस्पतालमा बिथिती समाली नसक्ने अवस्था पुगेको छ।अस्पतालको स्टोर शाखाले औसधि र सामाग्री खरिद गर्ने गरेको तथ्य कमिसनको टेको मै उभिएको कारण कर्मचारीको खल्ती पिच्छे संघसंगठनका उम्रन सफल भएको छ।
स्वास्थ जस्तो संबेदनसिल बिषयमा कृयाशिल हुनुपर्ने ठाउमा राजनीतिको अतिक्रमले वीर अस्पताल आफै बिरामी परेको छ।

नक्कली भूटानी शरणार्थी प्रकरण : छुटेनन् हकमा यस्तो छ आदेश (पूर्णपाठ)

काठमाडौँ । उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीससहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ । न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पासहित ८ जनालाई थुनामा राख्ने जिल्ला अदालत, काठमाडौँको आदेश सदर गरेको हो ।

शुक्रबार पाटन उच्च अदालतका न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासमा खाणलाई छाड्ने विषयमा दुईजनाबीच राय बाझिएको छ । पूर्वगृहमन्त्री खाणलाई २० लाख धरौटीमा छाड्ने जनक पाण्डेको आदेशमा प्रकाश खरेलको राय बाझिएपछि अब अर्को इजलासमा यसको सुनुवाइ हुने भएको छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्नको आरोपमा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण, एमाले नेता टोपबहादुर रायमाझी, इन्द्रजीत राई, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलगायत २० जनालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।